फोटो पत्रकारिता – News Polar

एआई प्रविधिले थपिदिएको चुनौती र अहिलेको फोटो पत्रकारिता
कुनै राम्रो तस्विर वा फोटो देख्ने बित्तिकै धेरैले आहा भनेर सकारात्मक प्रतिक्रिया दिन्छन् । राम्रो कुराले धेरैलाई आकर्षित गर्छ नै । त्यही भएर ‘एउटा तस्वीरले हजार शब्दको वर्णन गर्न सक्दछ ’ भन्ने आम मान्यता बनेको छ ।

खासमा फोटो जीवन, जगत र संस्कृतिसँग जोडिएको विषय पनि हो । इतिहास बोल्ने विषय पनि हो । प्रत्यक्ष अनुभूति गराउने माध्यम पनि हो । खासमा फोटो मानवीय संवेदनाको अर्को पाटो पनि हो । ठूला ठूला घटनाका प्रत्यक्ष साक्षी पनि हो ।

त्यसकारण फोटोप्रति आम मानिसको चासो र चर्चा उत्तिकै हुने गरेको छ । परम्परागत तवरले खिचिँदै आएको तस्वीरमा आज ठूलो परिवर्तन आउनुको पछाडि पनि सोही कारणले काम गरेको छ । विज्ञान तथा प्रविधिको विकासले ल्याएको परिवर्तनसँगै फोटो पत्रकारितामा समेत अनेकन नयाँ आयाम विकसित हुन थालेका छन् ।

सहज प्रविधिको प्रयोगले खिच्दा खिच्दै गरेको तस्वीर सम्बन्धित सञ्चारमाध्यममा पुग्ने र एकाध क्षणमा नै प्रकाशित हुने अवस्था सिर्जना गरिदिएको छ । यसले खास अर्थमा सहजता प्रदान गरिदिएको छ । जतिसुकै राम्रो समाचार सामग्री बनाइए पनि त्यसमा तस्वीर छैन भने त्यसको सान्दर्भिकता नरहने अवस्था सिर्जना भएको छ । तस्वीर जीवन्त विधा हो, यसले सत्य बोल्छ र तथ्यको उद्घाटित गर्दछ ।

पछिल्ला दिनमा विकसित अनलाइन सञ्चार माध्यममा त फोटो झनै अत्यावश्यक बनीसकेको छ । शब्द भन्दा तस्वीरको प्रभाव हजार गुणा बढी रहन्छ । शब्दले भावना बोल्छन् तर भावनालाई यर्थातामा परिवर्तन गर्ने तागत भने तस्वीरले राख्दछ । विज्ञान र प्रविधिको आविस्कारले पनि त्यसैलाई सम्मोहित गर्दछ ।

सन् १९९० को दशकपछि डिजिटल प्रविधिको प्रयोग सुरू भयो । रिलमा खिचिने तस्वीर पछिल्लो दिनमा सहजरूपमा डिजिटल प्रविधिमा खिचिन थालेको छ । त्यसले आम पाठक, दर्शक तथा जानकारलाई समेत सहज र सरल बनाइदिएको छ । फोटो पत्रकारिताको ओज र गरिमा पनि बढ्दै गएको छ । मानिसको चाहना पनि उत्तिकै बढ्दै गएको छ । यस क्षेत्रमा थप रोजगारी र अवसरहरुको सिर्जना पनि भएको छ ।

स्मार्ट फोनले हरेक घरमा फोटोग्राफर जन्माइदिएको छ । आम नागरिक पत्रकारिताको रूपमा आफूलाई मन लागेको तस्वीर खिच्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रचलन बढ्दो छ । त्यसले फोटो प्रतिको अनुराग बढाइदिएको छ । पत्रकारिता पनि आमरूपमा पुगेको छ, त्यसलाई नागरिक पत्रकारिताको रुपमा लिन सकिन्छ ।

के हामी यस्तो संसारमा प्रवेश गर्दैछौं जहाँ मेशिनहरूले टल्स्टोय र दोस्तोयेभस्की जस्ता रचनात्मक प्रतिभा प्रतिस्थापन गर्नेछ । पाब्लो पिकासो जस्ता चित्रकार र मूर्तिकारको पनि विस्थापन गरिदिन्छ । विज्ञहरुको विचार छ । मानव र एआई बीचको मुख्य भिन्नता भनेको सामान्य बुद्धिमत्ता नै हो । जबकि एआईमा केवल संकीर्ण बुद्धिमत्ता हुन्छ । सामान्य बुद्धिमत्ताले सम्पन्न, मानिसले भन्दा छिटो नयाँ कुरा बुझ्न र सिक्न सक्छ । भावनात्मक बुद्धि समानुभूति र अन्तरक्रिया गर्ने क्षमता मानिसमा छ । तर, एआईमा त्यो छैन । दुवै प्रकारको बुद्धिमा सृजनात्मक र मौलिक हुन आवश्यक छ ।

२१ औं शताब्दीमा एआई प्रविधिमा भएको प्रगतिसँगै, मानव र स्पेसशिपहरूलाई नराम्रोसँग नियन्त्रण गर्ने चरित्र देखा परेको छ । हाम्रो समयको लागि यो सन्देश हो । एआइको आगमनको नतिजा लाभदायक वा विनाशकारी दुवै हुनेछ भन्नेमा मानिसहरू विभाजित छन । न्यूरल नेटवर्क, डीप लर्निङ र एआईमा अग्रणी मानिएका जेफ्री हिन्टनले गुगल छोडे । उनी विश्वास गर्छन् कि यो एआईको अस्तित्वको खतराको सामना गर्ने समय हो किनभने बढ्दो शक्तिशाली मेसिनले मानवताको सर्वोेत्तम हितमा नहुने देखिन्छ । जसले मानवीयतालाई अब पराजित गर्ने क्षमता राख्छन्।

खासगरी बदलिदो डिजिटल पत्रकारितामा फोटोको प्रयोगले पत्रकारिताको प्रकृति परिवर्तन गरेको छ । पत्रकारिता खासमा समाजको ऐना हो । तस्बिर पत्रकारिताले झनै प्रभावकारी बनाएको छ । समाजमा भएका वा हुने हरेक कुरालाई पत्रपत्रिकामा कुनै न कुनै रूपमा अवश्य वर्णन गरिन्छ । पत्रकारले घटनालाई राम्रो तरिकाले व्याख्या गर्न फोटोहरू प्रयोग गर्छन । फोटो पत्रकारितामा तस्बिर तस्विरको भाषा हो । सबै भन्दा प्रभावकारी तस्बिर त्यो हो जसलाई कुनै पनि भाषाको सहायता बिना नै आफ्नो सम्पूर्ण सन्देश आफैं बताउन सकिन्छ

सामाजिक सञ्जाल विशेषगरी फेसबुक, ट्वीटर, ह्वाट्एस इन्टा टिकटक जस्ता सञ्जालमा दिनप्रतिनिदन फोटोको प्रयोग बढ्दै गएको छ । सहज रुपमा आम मानिसलाई जानकारी दिन मात्रै भए पनि फोटोको प्रयोग गर्ने क्रम बढेर गएको पाइन्छ । व्यवसायिक रूपमा फोटो पत्रकारिता गर्नेलाई त नयाँ खोज तथा उपायको जरुरत पर्ला तर सामाजिक सञ्जालमा पोस्ट गर्नका लागि मात्रै प्रस्तुत गर्नेका लागि भने त्यो अर्को सौखको विषय बन्न सक्छ । विश्वभर त्यस्ता जमात बढ्दै गएको छ ।

फोटो आफैमा हरेक इतिहासको साक्षी पनि हो । नेपालमा जंगवहादुर राणाको पालामा वेलायतबाट सौखको लागि पहिलोपटक नेपालमा क्यामरा भित्रयाएका थिए । विसं २००७ को क्रान्तिको खोजी गर्नुपर्दा फोटो नै खोजिन्छ । त्यसपछि मात्रै राजनीतिक दस्तावेज र अन्य राजनीतिक विषयका पाना पल्टाइन्छ ।

नेपालको इतिहास बोल्ने मात्रै नभई संसारभरकै इतिहासको खोजका लागि समेत फोटो महत्वपूर्ण र आकर्षक विधा हो । राजनीतिक, सांस्कृतिक, खेलकुद, आर्थिक तथा सामाजिक विषयमा ज्ञान र चासो राख्ने सबैलाई फोटो नै तानिरहेको हुन्छ । राजनीतिक परिवर्तनको साक्षी पनि क्यामेरा र फोटो नै हो भन्ने कुरा नेपालको आफ्नै इतिहासले पुष्टि गरेको छ ।

विसं २०४६ को राजनीतिक परिवर्तन, २०५२ सालपछिको सशस्त्र संघर्ष २०६२/६३ को जनआन्दोलन, नेपालमा गणतन्त्रको घोषणा, संविधानसभाको निर्वाचन, संविधानसभाले संविधान निर्माण गरेको क्षण नै किन नहोस् सबैको एउटै साक्षीको रुपमा फोटोपत्रकारले मेहनतले खिचेको फोटो नै अग्रस्थानमा आउँछ ।

प्रविधिले ठूलो फड्को मारेपनि नेपालमा हालसम्म पनि फोटो पत्रकारिता पूर्णरूपमा व्यवहारिक र वैज्ञानिक भने बन्न सकेको छैन । यसमा गर्नुपर्ने अझै धेरै काम बाँकी छ । केही जानेर, बुझेर वा सिकेर आउने भन्दा पनि गर्दै जाउँ, भइहाल्छ नि भन्ने मान्यताका साथ काम गर्ने प्रवृत्ति पनि हावी छ । विश्वविद्यालय तथा कलेजमा फोटोपत्रकारिताको अध्ययन अध्यापन फितलोरूपमा गराइन्छ । तर सैद्धान्तिक ज्ञान मात्रै लिने र दिने काम गरिन्छ । व्यवहारिक ज्ञान लिनेतर्फ सीमित व्यक्तिले बाहेक कोही कसैले ध्यान दिन सकेको छैन ।

सिर्जनशीलतालाई केन्द्रमा राखेर फोटोपत्रकारिता गर्दा त्यसले दिने परिमाण पनि सकारात्मक र सिर्जनात्मक नै हुन जान्छ । आम मानिसलाई पनि सिर्जनाशीलता प्रिय लाग्छ । त्यसकारण फोटोपत्रकारले इमान्दार भएर पेशामा क्रियाशील हुनुपर्छ । इमान्दार प्रयासले मात्रै सार्थक परिमाण दिन सकिन्छ । त्यसलाई ध्यान दिएर अगाडि बढ्दा मात्रै फोटो पत्रकारिताले प्रभाव र महत्व राख्दछ ।

नेपालको फोटो पत्रकारिताको इतिहासमा गोरखापत्रको नाम पनि अग्रस्थानमा रहेको छ । विसं १९८४ वैशाख १३ गते वीरगन्ज निवासी सूर्यमती श्रेष्ठले आफ्नो कपासको बगैंचामा बसी कामधेनु चर्खाबाट धागो कात्दै गरेको फोटो पहिलोपटक गोरखापत्रमा छापिएको थियो । सोही दिनलाई मानेर राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे नेपाल) द्वारा विगत २७ वर्ष देखि निरन्तररुपमा फोटो पत्रकारिता दिवस विभिन्न कार्यक्रमहरु गर्दै मनाउँदै आइरहेको छ । नेपालमा फोटोपत्रकारिताको सुरुवात गोपाल चित्रकारले गोरखापत्रबाट गरेका हुन् ।

नेपालको फोटोपत्रकारिताम ७० दशकमा धेरै अवसरसँगै चुनौतीहरू थपिँदै गए उक्त समयमा डिजिटल प्रविधिको विकाससँगै फोटो खिच्ने युवायुवतीहरूमा आकर्षण पनि धेरै नै देखियो जसका कारण युवाहरूमा डिएसएलआर क्यामराको प्रयोग बिस्तारै बढ्न थालेको छ । जसका कारण फोटोपत्रकारले पनि आफूलाई निरन्तर फोटोका लागि राम्रो क्यामरा खरिददेखि महङ्गो लगानी गर्न पनि बाध्य छन् ।

कोरोना महामारी र लकडाउनले हामीलाई इन्टरनेटको प्रयोग गरी सहजरूपमा सामाजिक सञ्जालहरूमा फोटो राख्ने अवसर दिएता पनि मुख्य सञ्चारमाध्यमहरूले पनि फोटोहरू अनलाइनमा धेरै प्रयोगमा ल्याइसकेपछि र यसको प्रयोगमा गर्न प्रोत्साहित गरे पनि फोटोपत्रकारलाई केही हदसम्म फाइदा र बेफाइदाहरू छन् । फोटोको धेरै प्रयोग गर्दा अन्य अनलाइन पत्रकारिताको माध्ययमा कपि गर्ने प्रचलनले भने नेपालमा फोटोपत्रकारलाई हानि पुर्‍याएको सजिलै अनुमान गर्न सहिन्छ । यो हुनु भनेको फोटामा कपिराइटको स्पष्ट नियम र कानुन नहुनु नै हो । भने महामारी र लकडाउनले विभिन्न मिडियामा कार्यरत फोटोपत्रकारहरूले रोजगारी गुमाउनुपर्ने र समयमानै पारिश्रमिक पाउन नसक्ने समस्या भोग्नुपर्‍यो ।

फोटो पत्रकारहरूको सबैभन्दा ठुलो चुनौती भनेको नै आफ्नो सुरक्षा चुनौतीहरूको सामना गर्नु हो जो कोहीको फोटो सजिलै खिच्न त सकिन्छ तर त्यो फोटो मिडियामा प्रकाशित भएर उसको व्यक्तित्वमा क्षति अपमानित भएमा फोटोपत्रकारलाई सजिलैसँग चिन्न सक्छन् र आक्रमण गर्नसक्ने हुन्छ भने फोटोपत्रकारले प्रयोग गर्ने महङ्गो उपकरणहरूमा क्षति पनि पुर्‍याउन सक्ने हुुन्छ । साथै कुनै पनि विरोध तथा द्वन्दको अवस्थामा फोटोपत्रकारहरू फोटो खिच्नको लागि फिल्डमा नजिक जान आवश्यक हुन्छ उक्त बेलामा पनि धेरै जोखिम मोलेर फोटो पत्रकारिताको काम गर्नुपर्ने हुन्छ । यस्ता घटनामा विश्वमा फोटोपत्रकारले सामान्य दुर्घटना लगायत ज्यानसम्म गुमाएका समाचार हामीले देखेका र भोगेका छौँ ।

हाल नेपाल लगायत विश्वमा अनलाइन पत्रकारिताका कारण फोटोपत्रकारहरूको मेहेनत र क्षमता दुवै रूपमा देखिएको छ । विभिन्न फरक फरक फोटोहरू प्रयोग हुनु चाहिँ राम्रो पक्ष पनि हो । सामान्यत: पहिला पत्रपत्रिकामा दिनभरिको मेहेनत गर्दा राम्रो फोटोहरू खिचेता पनि एउटा प्रिन्ट हुने गथ्र्यो भने अनलाइनले कला र क्षमताको चाहिँ कदर गरेका र पाठक दर्शकमा सजिलै फोटोहरू देखाउने अवसर प्रदान गरेको छ । भने सामान्य मानिसहरुले सहजै रुपमा मोवाइल मार्फत फोटो खिचेर सामाजिक सञ्जालमा राखिदिनाले पनि व्यवसायीक फोटोपत्रकारितालाई समस्या साथै चुनौतिहरु पनि थोपरी रहेको छ । हाल नेपालमा फोटोको व्यवसायीक विक्रि वितरणको लागि वजारीकरणमा पनि ठुलो समस्या रहेको छ भने लाखै खर्च गरेर कैद गरिएका फोटोहरुको उचित मुल्य नपाउदा फोटोपत्रकार तथा फोटोग्रापरहरु मनोवल उच्च हुन सकेको छैन ।

आम मानिसले क्षणिक लाभका लागि कुनै पनि फोटो वा भिडियोको गुणस्तर मापन नगरिकन प्रयोग गर्नाले पनि यस पेशालाई समस्या पारिरहेको अनुभव गर्न सकिन्छ । हाल नयाँ–नयाँ प्रविधिसँगै उपकरणहरूको मूल्यमा वृद्धि भएका कारण पनि आवश्यक पर्ने क्यामराहरू खरिद गर्न महङ्गो परेकाले लगानी पनि उत्तिकै जटिलताका रुपमाा देखा परेको छ । फोटो पत्रकारले आफ्नो ज्ञान, सीप र क्षमतालाई थप स्तरोन्नती गर्नु आवश्यक छ । विगतको संघर्षले वर्तमानको सहजता प्रदान गरेको होसमाजिक सञ्जाल र मोवाइल फोटोग्राफीले निम्त्याएको तमाम् चुनौतीलाई सामना गर्दै फोटोपत्रकारले आफूलाई बढी परिस्कृत, मेहेनती र सिर्जनशिल बन्नुपर्ने आवश्यकता छ ।

-प्रदीपराज वन्त राष्ट्रिय फोटोपत्रकार समूह, नेपालका अध्यक्ष हुनुहुन्छ ।