प्रदीप ज्ञवाली – News Polar

मुलुक निर्वाचित अधिनायकतिर अगाडि बढ्न खोजेको एमाले नेता ज्ञवालीको टिप्पणी
काठमाडाैँ । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकत्वतिर अगाडि बढ्न खोजेको टिप्पणी गर्नुभएको छ  ।

३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आईतवार आयोजित विमर्श कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले सरकार बनेको करिव ५० दिन नपुग्दै लोकतान्त्रिक मूल्य र संस्थाहरूमाथि गम्भीर प्रश्न उठाएको पनि बताउनु भयो ।

उहाँले ट्रेड युनियन तथा स्ववियु खारेज गर्ने प्रयत्न, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास र सुकुम्बासीहरुमाथिको डोजर आतंकले मुलुक निर्वाचित अधिनायकतिर अघि बढिरहेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले संसद, राष्ट्रपति एवं संवैधानिक आयोगहरुको अवमूल्यन गरिरहेको आरोप पनि लगाउनु भयो ।

उहाँले संसदमा एमालेको उपस्थिति तुलनात्मक रूपमा कमजोर भएपनि जनता, मिडियाकर्मी र सामाजिक संघसंस्थाले संविधानको रक्षा र सामाजिक न्यायसहितको बाटोमा मुलुकलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भयो ।

संविधानका आधारभुत स्तम्भमाथि प्रहार हुनेगरी संशोधन नगर्न नेता ज्ञवालीको चेतावनी
काठमाडौँ। नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनको नाममा गणतन्त्र र लोकतन्त्रका आधारभूत स्तम्भहरूलाई कमजोर पार्न नहुने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाद्वारा आयोजित ‘संविधान संशोधन, गणतन्त्र र राष्ट्रियताको रक्षा’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान राजनीतिक शक्ति सन्तुलन लोकतान्त्रिक र वामपन्थी शक्तिहरूको प्रतिकूल रहेको भन्दै संशोधन प्रक्रियामा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभएकोहो ।

नेता ज्ञवालीले प्रतिनिधि सभाको वर्तमान अंकगणितले संविधान निर्माण गर्ने मुख्य दलहरूको सामथ्र्य कमजोर भएको उल्लेख गर्नुभयो ।

सरकारको पछिल्लो कार्यशैलीप्रति टिप्पणी गर्दै ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुन लागेको आशंका व्यक्त गर्नुभयो ।

उहाँले मौलिक हक, ट्रेड युनियन अधिकार र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भइरहेको आरोप लगाउनु भयो । ज्ञवालीले राज्यका अंगहरू, विशेष गरी न्यायपालिकामाथि राजनीतिक नियन्त्रण बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

संवैधानिक परिषद्को मर्मविपरीत प्रधानमन्त्रीको इच्छाअनुसार प्रधानन्यायाधीश नियुक्त हुने स्थिति सिर्जना हुनु लोकतन्त्रका लागि घातक हुने उहाँको तर्क छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको बहसका सन्दर्भमा ज्ञवालीले नेपाल जस्तो भूराजनीतिक अवस्थिति भएको मुलुकमा यो व्यवस्था हानिकारक हुने दाबी गर्नुभयो ।

नियन्त्रण र सन्तुलन बिनाको प्रत्यक्ष निर्वाचित कार्यकारीले अधिनायकवाद जन्माउने र राष्ट्रियतामाथि नै संकट निम्त्याउन सक्ने उहाँको भनाइ छ । उहाँले अहिलेकै संसदीय व्यवस्थालाई थप परिमार्जित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान निर्माण गर्ने मुख्य तीन दलको प्रतिनिधि सभामा उपस्थित संख्या जम्मा ७९ छ । यस्तो अवस्थामा प्रतिकूल संविधान संशोधनलाई रोक्न सक्ने सामथ्र्य पनि खस्किएको छ । स्वतन्त्र सञ्चारमाध्यमलाई निस्तेज पार्न खोजिएको छ भने सामाजिक सञ्जालमा नियन्त्रण गरेर समाजलाई सेल्फ–सेन्सरसिपतर्फ धकेलिँदै छ । मैले कतै सुन्दै थिएँ, प्रधानमन्त्रीज्यूले हिटलरको ‘म्यानेजरियल स्किल’ सिक्ने र समाजलाई एउटै सोचमा ढाल्ने इच्छा व्यक्त गर्नुभएको छ । बहुलवादी र विविधतायुक्त समाजमा यस्तो सोच राख्नु आपत्तिजनक छ ।’

संविधानलाई गतिशील दस्तावेजका रूपमा स्वीकार गर्दै ज्ञवालीले आफूहरु संशोधनको विरुद्धमा नरहेको तर सत्तारूढ दलले संविधानका आधारभूत पिलरहरू—गणतन्त्र, लोकतन्त्र, सामाजिक न्याय र समावेशिताका बारेमा आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताउनु भयो ।

उहाँले संविधान संशोधनको प्रक्रिया विश्वसनीय हुनुपर्ने र यसका लागि हिजो संविधान निर्माण गर्ने शक्तिहरू निरन्तर संवादमा रहनुपर्ने उल्लेख गर्नुभयो । संख्याको बलमा उपलब्धिहरू खोसिन नदिन गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा उहाँको जोड छ । —न्युज एजेन्सी नेपाल

प्रधानमन्त्रीलाई प्रदीप ज्ञवालीको प्रश्नः ‘वागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ ?’
काठमाडौ: नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र साहको ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने नारामाथि कटाक्ष गर्नुभएको छ ।

शनिवार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाँले प्रधानमन्त्रीको नारा सुन्दर भएपनि काम गराई असंवेदनशील भएको बताउनुभएको हो । वागमती किनारबाट विस्थापित नागरिकको आशुले नेपाल हासिँरहेको देखिन्छ कि रोइरहेको ? उहाँले प्रश्न गर्नुभयो ।

उहाँले संविधानले परिकल्पना गरेको लोककल्याणकारी र समाजवादउन्मुख राज्यको लक्ष्य हाल सरकारले गरिररहेको व्यवहारसँग मेल नखाने बताउनु भयो । आवास, खाद्य, रोजगारी र स्वच्छ वातावरणजस्ता मौलिक हकलाई राज्यले खोस्न नहुने उहाँको भनाई छ । उहाँले विकास मानवकेन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । मानवबिनाको विकासको कुनै अर्थ नहुने उहाँको भनाई छ । सुकुम्वासी क्षेत्रमा रहेका अव्यवस्थित बसोवास हटाउँदा राज्यले देखाएको रवैयाप्रति उहाँले आपत्ति जनाउनु भयो । हजारौँ सुरक्षाकर्मी परिचालन गरेर बस्ती हटाउन सक्ने सरकारले एक हप्ता प्रमाण जाँच गरेर समाधान खोज्न किन सकेन ? उहाँको प्रश्न छ ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानले राज्यलाई एउटा लोककल्याणकारी, समाजवादउन्मुख, सामाजिक न्यायसहितको राज्यको परिकल्पना गरेको छ । हामीले थुप्रै आवासको हक, खाद्यको हक, स्वच्छ वातावरणमा बाँच्न पाउने हक, रोजगारीका हक जस्ता नयाँ जेनेरेसनका मौलिक हक समेत हामीले संविधानमा जारी गरेका छौँ । तर आज जे देख्दैछौँ हामी, यी प्रिय छन् र ? प्रधानमन्त्रीज्यूको बडो राम्रो थेगो छ, ’म नेपाल हाँसेको हेर्न चाहन्छु’। कति सुन्दर छ, यो वाक्य । तर बागमतीको किनारमा बगिरहेका आँसुले नेपाल हाँसिरहेको देखिन्छ कि नेपाल रोइरहेको देखिन्छ ? खराब मान्छेहरू होलान् त्यहाँ, स्क्रिनिङ गर्न सकिने ठाउँ थियो नि त । थापाथलीमा अव्यवस्थित बसोवास हटाउँदाखेरि १ हजार भन्दा बढी नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, छक्क परियो सेना समेत त्यहाँ थियो । त्यति गर्न सक्ने सरकारले एक हप्तासम्म त्यहीँ एउटा टेबुल राखेर ‘ल आउनुहोस् तपाईंको प्रमाण के छ’ भनेर स्क्रिनिङ गरेको भएपनि त के बिग्रिन्थ्यो ? जे देखिँदै छ, राम्रो लक्षण देखिँदै छैन । मानवकेन्द्रित हो हामीले खोजेको विकास, विकास माइनस मानव ग¥यो भने त्यो विकासको के अर्थ हुन्छ ? सहरहरू सुन्दर होलान्, बाटाहरू फराकिला होलान्, पार्कहरू बन्लान्, कुकुरहरू डुल्लान् तर मान्छे हुनुपर्यो नि । हामीले खोजेको विकासको मोडल त त्यो होईन ।’

नेता ज्ञावलीले सरकार गठन भएको एक सय दिनसम्म आलोचना नगर्ने परम्परा रहेपनि सरकारको कार्यशैलीका कारण केही विषयमा मौन बस्न नसकिएको बताउनु भयो । उहाँले निरकंशु पञ्चायतसंग खोसेर दिएको स्वतन्त्र विद्यार्थी युनियनको अधिकार वर्तमान सरकारले मास्न खोजेको बताउनुभयो । ट्रेड युनियन अधिकार र मिडियामाथि नियन्त्रणका प्रयासहरू भएको उहाँको भनाई छ । उहाँले विद्यार्थी संगठन, ट्रेड युनियनमा भएका खराबीलाई सच्याउन सकिने बताउनुभयो । उहाँले वर्तमान सरकारको कार्यशैलीले निर्वाचित सर्वसत्तावादतिर जाँदैछौँ कि भन्ने संकेत देखिन थालेको बताउनु भयो । उहाँले सरकारलाई लोकतान्त्रिक मूल्य र नागरिक अधिकारप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको १०० दिनसम्म आलोचना नगरौँ भन्ने नै हुन्छ । हामी पनि त्यही बाटो हिँड्न चाहन्थ्यौँ। चाहन्छौँ । तर केही चिजहरू छन्, जसले नबोली नहुने, ती कुराहरूको रेकर्ड नगराई नहुने, त्यसको बारेमा समाजलाई सचेत नगराई नहुने स्थिति सिर्जना भएको छ । सरकार कसरी हिँड्न चाहिरहेको छ ? विस्तारै नेपाली जनताले लामो समयदेखि हासिल गरेका लोकतान्त्रिक अधिकारहरू संकुचनमा पर्ने जोखिम देखा पर्न थालेको छ । २०२१ सालमा पञ्चायतसँग नेपाली जनताले खोसेर ल्याएको सबैभन्दा पहिलो अधिकार भनेको स्वतन्त्र विद्यार्थी युनियनको अधिकार हो । दलहरू प्रतिबन्धित थिए, नेताहरू जेलमा हुनुहुन्थ्यो, तर विद्यार्थीहरूले स्वतन्त्र विद्यार्थी युनियनको अधिकार २०२१ सालमा खोसेर ल्याएको अधिकार हो । आज त्यो कटौती गर्ने घोषणा गरिएको छ । ट्रेड युनियनको अधिकार नेपालको संविधानले दिएको अधिकार हो । होला, ट्रेड युनियनमा विकृतिहरू होलान्, होला विद्यार्थी संगठनहरूमा विकृति होलान्, विकृति त दलमै पनि त छन् नि । दलमा विकृति छन् भनेर हामी दलविहीन व्यवस्थाको कल्पना गर्छौँ ? महेन्द्रले १७ सालमा त्यही त गर्या थिए , त्यस्तो त होइन होला । त्यसलाई त सुधार गर्ने होला । ट्रेड युनियन अधिकारहरू संकुचन, स्वतन्त्र मिडियाहरू बलियो नबनून् भन्नाका निमित्त उनीहरूलाई दिइने विज्ञापनहरूमा नियन्त्रण अथवा करीब करीब निषेध, सामाजिक सञ्जालको कुरा भनिरहनु परेन । सामाजिक सञ्जाल स्वतन्त्र अभिव्यक्तिको एउटा माध्यम हुनुपथ्र्यो, त्यहाँ एउटा संगठित जमात तयार गरेर अलिकति फरक विचार आयो कि त एकदमै बुलिङ गर्ने तहसम्म, ह्यारेसमेन्ट गर्ने तहसम्मको स्थिति छ । पोलिटिकली हामी एउटा निर्वाचित सर्वसत्तावादतिर, निर्वाचित एउटा अलोकतान्त्रिक रेजिमतिर जाँदै छौँ कि भन्ने प्रारम्भिक अवस्थाहरूले देखाइरहेको अवस्था छ ।’

ज्ञावलीले अध्यादेशमार्फत कानून निर्माण प्रक्रिया थालनी गर्ने सरकारको कार्यशैली प्रति पनि असन्तुष्टी जनाउनु भयो । संसद बोलाएर फेरि बन्द गरी अध्यादेश ल्याउनु लोकतान्त्रिक प्रक्रियाविपरित भएको उहाँको भनाई छ । उहाँले नियमावलीमार्फत विधेयक पास गर्ने समयसीमा तोकेर छिटो कानुन निर्माण गर्न सकिने बताउनु भयो । – न्युज एजेन्सी नेपाल

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् ।

सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरुमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथीको हस्तक्षेप भएको बताएका छन् ।

विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्तता माथी नै हस्तक्षेप भएको ज्ञवालीको भनाइ छ ।

ज्ञवालीले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यो धृष्टतामा उपकुलपतिहरुले कसरी हस्ताक्षर गरे होलान् भनी प्रश्न गरेका छन् ।

‘पञ्चायती निरङकुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूह्रुले कसरी हस्तक्षर गर्न सक्नु भयो होला ?’

विद्यार्थी आन्दोलनमा केही समस्या देखिएको,मुलमुद्धाबाट दायाँबायाँ भएको तर शैक्षिक गुणस्तर वृद्धिका लागि क्याटलिस्ट बन्नुपर्नेमा मुल मुद्धाबाट बरालिए पनि संगठनलाई निषेध गर्नु समाधान नभएको उनको तर्क छ ।

‘विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान होइन । समाधान त उनीहरुसँग संवाद,रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रुपान्तरण हो’ ज्ञवालीले लेखेका छन् ‘के तपाईं कपालमा चाया पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?’

ढल्नु भनेको सकिनु होइन, फेरि उठ्नका लागि तयारी थाल्नु हो
निर्वाचन परिणामसँगै नेकपा (एमाले) पङ्क्तिमा एकखालको अन्यौल र नैराश्य देखा परेको छ । प्रतिकूल परिणामका बिचमा यस्ता प्रतिक्रिया अस्वाभाविक होइनन् । हामीले व्यहोरेको धक्का इतिहासकै गंभीरतम मध्येको हो ।

त्यसो त, हामी असाध्यै असहज अवस्थामा निर्वाचनमा सहभागी भएका थियौँ । जुन पार्टीका ६४ भन्दा बढी कार्यालय ध्वस्त पारिएका थिए, जसका २ सय भन्दा बढी नेता कार्यकर्ताका घर खरानी बनाइएका थिए, जसका अध्यक्षलाई स्थान हद तोकेर केही दिन अगाडिसम्म काठमाडौँमै खुम्च्चाइएको थियो र जसका कार्यक्रमहरुमा बारम्बार धम्की, अवरोध र आक्रमण गरिएका थिए– त्यस पार्टीले निर्वाचनको सामना गर्नु आफैमा अदम्य साहस, लोकतन्त्रप्रतिको अविचलित निष्ठा र जनतामाथिको भरोसाको दृष्टान्त थियो ।

एकदमै उत्कृष्ट नतिजाको अपेक्षा गरेका थिएनौँ, समय प्रतिकूल छ भन्ने हामीलाई थाहा थियो ।

तर यस्तो धक्काको अनुमान भने थिएन । फेरि पनि भन्नैपर्छ– हामी इतिहासकै कठिनतम बिन्दुमा आइपुगेका छौँ ।

यसका धेरै कारणहरु छन् । आन्तरिक छन् । वाह्य पनि छन् ।

ती मध्ये कति समयमै ध्यान दिन या सच्याउने सकिने खालका थिए होलान् । कति भने काबु बाहिरका, शक्ति सन्तुलनले नभ्याउने र हामीले अनुमानै गर्न नसक्ने खालका थिए ।

कतिपय नीतिगत विषय होलान् । कतिपय संरचनागत प्रश्न छन् । शैलीगत कारणहरु छन् । नेतृत्व पङ्क्ति र व्यक्ति–व्यक्तिका भूमिकाका कारण सिर्जित पनि छन् ।

यी सबैको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनैपर्छ । हुन्छ ।

यस्तो समीक्षाले मात्रै यस कठिन समयबाट अगाडि लैजान हामीलाई मार्गदर्शन गर्ने छ ।

समीक्षा गरिएन, ‘यो यस्तै हो‘ भनियो या अरुलाई मात्रै दोषारोपण गरियो भने सङ्कट झनै गहिरिँदै जानेछ ।

तर वृहत्तर अर्थमा यो कम्युनिष्ट आन्दोलनको मात्रै होइन, सिङ्गै लोकतान्त्रिक आन्दोलनमाथिकै सङ्कट हो ।

सुधारका विभिन्न विकल्प (नेतृत्व फेरबदल, पार्टीको नाम परिवर्तन, ठुलाठुला मोर्चाबन्दी, विद्रोह मार्फत् नयाँ पार्टी निर्माण आदि) रोजेका शक्तिहरुले पनि नराम्रो धक्का खाएका छन् ।

त्यसैले वर्तमान परिणामलाई आन्दोलनको समष्टिगत र फराकिलो परिदृश्यमा राखेर विवेचना गरिनु पर्छ ठान्छु ।

यस्तो अवस्थामा हामी ‘इमोशनल‘ भन्दा बढी ‘र्यासनल‘ हुनु जरुरी हुन्छ ।

हामीले स्वीकार्नै पर्छ– हामीले स्थापित गर्न चाहेको सत्यलाई स्थापित गर्न सकिएन ।

अहिले मतदाताको बहुसङ्ख्याले हामीले असत्य र भ्रम भनेको विषयलाई सत्य ठहर्याइदियो ।

नयाँ पुस्तासँग हाम्रो संवाद हुन सकेन, विश्वास स्थापित हुन सकेन ।

यस कुराको परीक्षण हुन, भ्रमको तुवाँलो हट्न र सत्य स्थापित हुन समय लाग्ने भयो ।

हामीले धैर्य गर्नुपर्छ । तर धैर्य मात्रै गरेर पुग्दैन ।

सत्य स्थापित गर्न कष्टसाध्य प्रयत्न गरिरहनु पर्छ ।

त्यतिञ्जेल हामी अडिइरहन सक्नु पर्छ । बालकृष्ण समको कविताको यस अंशले भने जस्तै–

पृथ्वीभित्र अडे मात्र पुग्यो शिशिरमा जरा

पालुवा त्यसमा अर्कै त्यो वसन्त पलाउला ।

एउटा ऐतिहासिक आवश्यकताले नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको हो । यसका जरा नेपाली समाजमा गहिरो गरी गडेका छन् । राष्ट्रिय स्वाधीनता र स्वाभिमान, जनमुखी लोकतन्त्र, सामाजिक न्याय र सुरक्षा, समृद्धि र समानता जस्ता यसले उठाएका झण्डाहरु कहिल्यै लत्रिने छैनन् ।

ढल्नु भनेको सकिनु होइन । फेरि उठ्नका लागि तयारी थाल्नु हो ।

आउनुहोस्– फेरि उठ्ने तयारी थालौँ ।

यसका लागि समस्या र सङ्कटलाई सामूहिकतामा बोध गरौँ ।

निर्मम आत्मसमीक्षा गरौँ र समीक्षाका निष्कर्षका आधारमा उचित निर्णय गरौँ ।

सामूहिक निर्णय र जवाफदेहितालाई स्थापित गरौँ ।

आन्दोलनको हित र भविष्य नै सर्वोपरि हो ।

प्रदीप ज्ञवाली नेकपा एमालेकापूर्वउपमहासचिव तथा केन्द्रीय सदस्य हुनुहुन्छ  ।

मुलुकमा भयरहित निर्वाचन कसरी हुन्छ भन्ने यक्षप्रश्न यथावत छः प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरण बन्न नसकेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भगाईएका कैदी, लुटिएका हतियार र सुरक्षाकर्मीहरुको कमजोर मनोबलाका कारण मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत रहेको बताउनुभएको हो । नेता ज्ञवालीले फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएपनि विघटित प्रतिनिधि सभाका बहुमत सांसदहरुले विघटनविरुद्ध उठाएका प्रश्नको संवैधानिक तथा न्यायिक परीक्षण हुन पनि बाँकि रहेको अवस्था आएकाले निर्वाचन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको जिकीर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएको छ । र एकातिर प्रतिनिधि सभाका बहुसंख्यक सदस्यहरुले प्रतिनिधिसभा विघटनाका विरुद्ध उठाएका गम्भिर प्रश्नको संवैधानिक र न्यायिक परीक्षण हुन बाँकि नै छ । अर्कोतिर भगाईएका हजारौ कैदी, लुटिएका सयौं आधुनिक हतियार र सुरक्षाकर्मीहरुको कमजोर मनोबलका कारण सिर्जित सुरक्षा चुनौतिका बीचमा भयरहित निर्वाचन कसरी सम्भव हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत नै छ ।’

एमाले नेता ज्ञवालीले पपुलिजमको आधारमा मुलुकलाई अघि बढाउन नसकिने पनि स्पष्ट पार्नुभयो ।

सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउने प्रवृत्तिबाट आएका शक्तिहरू सिंहदरबार पुग्न खोज्नु सकारात्मक संकेतः ज्ञवाली
काठमाडौं, पुस १२ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक भए पनि विचार मिलेको आधार वैचारिक हो कि स्वार्थजन्य भन्ने प्रश्नको उत्तर भने समयले नै दिने बताउनुभएको छ ।

उहाँले सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउने प्रवृत्तिबाट आएका शक्तिहरू समेत लोकतान्त्रिक प्रतिस्पर्धामार्फत त्यही सिंहदरबारमा पुग्न खोज्नु आफैँमा सकारात्मक सङ्केत भएको उल्लेख गर्नुभएको छ । तर यस्ता भेटघाटलाई लिएर केही वृत्त र मिडियामा अतिरञ्जित तरङ्ग सिर्जना गर्न खोजिएकोप्रति उहाँले आपत्ति जनाउनुभएको छ । ‘सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो, तर यस्ता भेटघाटहरूलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदै छ– मानौँ, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरू नमिलेर हो, जस्तो कि दक्षिण भारतीय चलचित्रहरूमा देखिन्छ- कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरू सोत्तर हुन्छन् ! यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदै छ’, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएकाे छ ।

उहाँले यस्ता मिलनबाट कुनै चमत्कारी नेतृत्व जन्मिएर देशले तत्काल मुक्ति पाउने भन्ने भ्रान्ति फैलिनु खतरनाक भएको बताउनुभयो। तिलस्मी व्यक्तित्वको खोजीले मुलुकलाई कहीँ पनि नपुर्‍याउने उल्लेख गर्दै उहाँले देश निर्माण व्यक्तिको योगदानबिनाको विषय होइन तर अन्ततः विचार, संस्था, प्रणाली र सामूहिकताबाट मात्र सम्भव हुने स्पष्ट पार्नुभयो। ‘यस्तो तिलस्मी तत्त्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्‍याउँदैन, देश बनाउनमा व्यक्तिको भूमिका हुँदैन भन्ने होइन, तर देश बन्ने भनेको अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले हो’, उहाँले भन्नुभयो ।

नेता ज्ञवालीले देश निर्माणका मूल प्रश्नहरू अनुत्तरित रहेकोतर्फ ध्यानाकर्षण गराउनुभएको छ। कस्तो शासन प्रणाली अपनाउने, कस्तो आर्थिक नीति लिने, बहुलता र विविधताले भरिएको समाजमा सामाजिक प्रबन्ध कसरी गर्ने, तीव्र रूपमा बदलिँदो भूराजनीतिक परिवेशमा राष्ट्रिय हित कसरी जोगाउने, जलवायु परिवर्तनजस्ता चुनौतीसँग कसरी जुध्ने, संविधानका कुन पक्ष संरक्षण गर्ने र कुन परिमार्जन गर्ने भन्ने जस्ता विषयमा उनीहरूसँग ठोस वैकल्पिक दृष्टिकोण नदेखिएको उहाँको भनाइ छ। ‘कस्तो शासन प्रणाली अपनाउने ? कस्तो आर्थिक नीति लिने ? बहुलता र विविधताले भरिएको समाजमा सामाजिक प्रबन्ध कस्तो हुने ? तीव्र रूपमा बदलिइरहेको भूराजनीतिक परिदृश्यमा राष्ट्रिय हितको संरक्षण कसरी गर्ने ? जलवायु परिवर्तन जस्ता भयावह चुनौतीको सामना कसरी गर्ने ? संविधानका कुन विषय संरक्षण गर्ने र के परिमार्जन गर्ने ? यावत् प्रश्नमा कुनै विकल्प छैन’, उहाँले लेख्नु भएको छ ।

उहाँले अहिलेको राजनीतिक बहसमा विकल्पभन्दा बढी नकारात्मकता, निषेध र घृणाले स्थान पाएको टिप्पणी गर्नुभयो। केही मिडियामा देखिएको ‘युफोरिया’ ले दुई दशकअघिका घटनाहरू सम्झाइदिएको उल्लेख गर्दै उहाँले त्यसबेला ‘जनसरकार’ घोषणाको समाचार कभर गर्न हेलिकप्टर चार्टर गरी हिंसाको महिमागान गरिएको स्मरण गराउनुभयो। ‘छ त केबल नकारात्मकता, निषेध र घृणा, कतिपय मिडियामा देखा परेको ‘युफोरिया’ हेर्दा दुई दशक अगाडिका घटनाहरू याद आए, जतिबेला ‘जनसरकार’ घोषणाको समाचार कभर गर्न हेलिकप्टर चार्टर गरिन्थे, ओहो, हिंसाको त्यो महिमागान !’, ज्ञवालीले लेख्नु भएको छ ।

‘नयाँ दिन’ र ‘नयाँ नेपाल’ का सपनाहरूलाई अतिरञ्जित ढङ्गले प्रस्तुत गरिएको त्यो मिडिया हाइप आज कपुरको बास्ना झैँ विलीन भइसकेको उहाँको विश्लेषण छ। अन्ततः घोडा पानीदार हो कि होइन भन्ने निर्णय लामो दौडपछि मात्रै हुने भन्दै उहाँले समाजलाई ‘इमोशनल’ होइन ‘र्‍याशनल’ बनाउनेतर्फ सबैले सघाउनुपर्ने धारणा राख्नुभयो। ‘नयाँ दिनका ती अभ्यर्थना ! र नयाँ नेपालका ती सपना ! आज त्यो ‘मिडिया हाइप’ निर्मित बिम्ब कपुरको बास्ना झैँ विलोप भइसकेको छ, घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो त आखिर लामो दौडले नै तय गर्ने हो, साथीहरूले समाजलाई ‘इमोशनल’ होइन, ‘र्‍याशनल’ बनाउन सघाए हुने हो’, ज्ञवालीको धारणा छ ।

नेता ज्ञवालीले स्वप्नभङ्गको क्षण अत्यन्त पीडादायी हुने भएकाले अवास्तविक अपेक्षा र भ्रम सिर्जना गर्नु देश र समाज दुवैका लागि हानिकारक हुने चेतावनी पनि दिनुभयो। ‘स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ !’, उहाँले स्मरण गराउनु भएको छ ।

शान्तिसुरक्षा बारे का.बा प्रमुख निर्वाचन आयुक्तले गैरजिम्मेवारी अभिव्यक्ति दिए: प्रदीप ज्ञवाली
काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाका बारेमा दिएको अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठाउनु भएको छ। आज बिहान सामाजिक सञ्जालमार्फत उहाँले संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्तिसुरक्षाको सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्ति दिएको दाबी गर्नुभएको हो।

उपमहाचिव ज्ञवालीले एउटा राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद भएको टिप्पणी गर्नुभएको छ।

ज्ञवालीले भन्नुभयो,‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो/देखियो। एउटा राजनीतिक उद्देश्य सहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ। ’

उहाँले माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य प्रमुख आयुक्तलाई स्मरण गराउनुभयो। ज्ञवालीले यति हुँदा हुँदै पनि संविधान सभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुबैको दुरुपयोगका अनेकौँ घटना घटेको उल्लेख गर्नुभयो। ‘माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य माननीय प्रमुख आयुक्तलाई थाहै हुनुपर्ने हो। भलै संविधान सभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुबैको दुरुपयोगका अनेकौँ घटना घटित भए।’ उहाँले भन्नुभयो, ‘संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन।’

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलतः एमाले उपमहासचिव ज्ञवाली
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गर्नुभएको छ ।

बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । भदौ २३ गतेको हिंसा र २४ गतेको देशदोहनलाई आन्दोलनलाई परिवर्तनको प्रतिक ठान्नु उपयुक्त नहुने उहाँको धारणा छ । उहाँले जेन–जी पुस्ताले गरेको शान्तीपूर्ण आन्दोलनमाथि घुसपैठ भएको कारण देश दोहन हुन पुगेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको लागि हिंसा र विध्वंश एउटा नियमित आकस्मिकता जस्तो भयो । १० वर्षको पीडा २० वर्ष अगाडि मात्रै टुंगिएको हो । अहिले पनि त्यसको उत्पादन समाजमा छ । जेनजी युवाहरुले एउटा फूल पनि भाँच्दैनौं, प्रहरीसँग वादविवाद गर्दैनौं भनेर आन्दोलन शुरु गर्नुभएको थियो । तर जसरी २३ गतेको हिंसा र २४ भदौको देश दोहानलाई परिवर्तन ठानेर त्यसको महिमामण्डन गर्नुपर्छ भन्ने म बेल्कुलै ठान्दिनँ ।’

उहाँले भ्रष्टाचारविरुद्ध तत्कालीन सरकारले गरेको कारबाही प्रक्रियाको अजरअन्दाज गरेर सरकारले भ्रष्टाचारको मलजल गरिरहेको भाष्य निर्माण गरिएकोप्रति गुनासो गर्नुभयो । उहाँले २०४६ साल यताका भ्रष्टाचारका काण्डहरुको छानविन गर्न वर्तमान सरकारलाई चुनौती पनि दिनुभयो ।

पार्टीले चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दासँगसँगै अगाडि बढाउँछः उपमहासचिव ज्ञवाली
नवलपरासी। कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दासँगसँगै अगाडि बढाउने बताउनुभएको छ।

यहाँको सुनबलमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै उहाँले संसद् पुनःस्थापनाको ‘एजेन्डा’ पार्टीले नछोडेको बताउनुभयो ।

उपमहासचिव प्रदीप ज्ञवालीले ‘जेनजी’ युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि संसद् पुनःस्थापना आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले चुनाव गराउन प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र पाँच हजारभन्दा बढी कैदी अझै बाहिरै रहेकाले चुनावका लागि सुरक्षा चुनौती रहेको धारणा राख्नुभयो ।

“फेरि पनि समझदारीका साथ अगाडि बढ्न सकिन्छ । भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन, जेनजी प्रतिनिधिसँग बसेर वार्ताका माध्यमबाट न्यूनतम विषयमा समझदारीपछि संसद् पुनःस्थापनासहित निर्वाचित जनप्रतिनिधिबाट सहमतिमा चुनाव गरेर अगाडि बढ्न सकिन्छ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो। उहाँले पार्टीको महाधिवेशन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुङ्गो लगाउने बताउनुभयो । रासस

मुलुकमा संविधानको खारेजी र गणतन्त्र समाप्त पार्ने तत्वहरु क्रियाशील छन्ः प्रदीप ज्ञवाली
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा निर्वाचन हुन नदिने खेलमा केही शक्तिहरु लागि परेको बताउनुभएको छ ।

प्रगतिशील लेखक संघ, नेपालले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकमा व्यवस्था विरोधी तत्वहरुले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्नका लागि चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको बताउनुभएको हो ।

तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरुले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुने नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलको अडानको कारणमात्रै मुलुक दुर्घटना हुनबाट बचेको पनि बताउनु भयो । उपमहासचिव ज्ञवालीले जेनजी अभियन्ताहरु रनभुलमा परेको उल्लेख गर्दै मुलुकमा अरु शक्तिहरुले चलखेल गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तीको कुरा छ । म यस मानेमा धन्यवाद दिन चाहन्छु कि सम्माननीय राष्ट्रपतिज्यूलाई कि उहाँले केही केही अडान लिनु भएको हुनाले त्यसै दिन हुने कतिपय दुर्घटनाहरु बचेको पनि छ । तर अगाडिका दिनहरु कसरी जान्छन ? भन्न सकिदैन । फागुनमा चुनाव भयो भने के फरक पर्ला । ल काँग्रेस आधा होला, अहिले ८९ सिट छ । ४५ मा झर्ला । एमाले आधा होला । ८० सिट छ । ४० मा आउँला । अनि एस केही आउला, माओवादी आउला । अरु केही आउलान । पार्लियामेन्ट रहने वित्तिकै त संविधान त बाँच्यो । अहिले ट्रयाकमा आएको छ स्थिति । जजस्ले दुई तिहाई ल्याएर संविधानका आधारभूत पिलरहरु त्यो त समाप्त पारौं ।’

‘सय, सवा सय सिट संख्या संविधानका पक्षधर शक्तिहरुले कायम गर्न सके भने त स्वभाविक छ फेरी ट्रयाकमा आउँछ । यति हो त साथीहरुले खोजेको ? जो जो छन, यी सबै कुराहरुको पछाडि अव म जेनजी भन्दिन । किनभने उहाँहरु निर्णायक ठाउँमा नै हुनुहुन्न । अहिले सिनमा देखिएका साथीहरुले अभिव्यक्तिहरु हेर्नुस्त । उहाँहरु रनभूलमा पर्नु भएको छ । कहाँबाट उहाँहरुले सुरु गर्नु भयो । स्थिति कहाँबाट कहाँ पुग्यो ? उनीहरु यहाँ रोकिन चाहदैनन । या त यस्तो चुनाव गर्ने अघि नै भनेजस्तो सम्पूर्ण अहिलेका राजनीतिक दलहरुलाई किनारा लगाएर चुनाव गर्न त सम्भव होला जस्तो लाग्दैन । कोशिस त्यो नाममा पनि होला । त्यो भयो भने बेग्लै कुरा हो । मेरो विचारमा यस्तो स्थिति सृजना गर्ने कोशिस हुनेछ, जहाँ चुनाव हुन नसकोस । एउटा रिक्तता सृजना होस । वर्तमान प्रधानमन्त्रीले चुनाव गराउन सकिन भनेर हटन बाध्य बनाइयोस । एउटा भ्याकुम खडा गरेर त्यही भित्र खेल्न सकियोस । यो दिशामा लैजाने प्रयत्नहरु आगामी दिनहरुमा हुनेनै छन ।’

उपमहासचिव ज्ञवालीले राजनीतिक दलहरुलाई पेलेर निर्वाचन गराउन प्रयास भएपनि त्यो भने सम्भव नहुने बताउनु भयो ।

एमालेमा वडामा चुनाव जिताउन नसक्नेहरु पनि नेता भएः प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरुले वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताउनुभएको छ ।

सोमवार काठमाडौमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उहाँले पार्टीका केही पदाधिकारीहरुले कुरा ठूलाठूला गर्ने गरेको भएपनि वडा तहको समेत चुनाव जिताउन हैसियत राख्न नसक्ने अवस्था रहेको टिप्पणी गर्नुभएको हो ।

उपमहासचिव ज्ञवालीले पार्टीका धेरै नेता, कार्यकर्ता धागो नभएको चंगा जस्तो माथिमात्रै रहने गरेको तर जनाधार नभएको पनि औल्याउनु भयो । पार्टीका कतिपय पदाधिकारी, केन्द्रिय सदस्यहरुले कुरा ठूला गरेपनि जनाधार नहुँदा चुनाव जिताउने हैसियत गुमाएको उहाँको निष्कर्ष थियो । उपमहासचिव ज्ञवालीले पञ्चायत कालमा समेत जनमत बुझ्न राजा महेन्द्रले गाउँ फर्क अभियान चलाएको उल्लेख गर्दै पार्टीका नेता, कार्यकर्ताहरुले पनि जनाधार निर्माणमा विशेष ख्याल राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो समस्या के हो भने–हामी हाम्रा धेरै कमरेडहरु, कार्यकर्ताहरु अलिकति धागो चुँडिएको चंगा जस्तो माथिमाथि मात्रै, तल जनाधार छैन । गएको २०७९ सालको निर्वाचनमा हामीले एउटा नारा दिएको थियौं–म नै जिताउुँछु मेरो वडा । देशमा ६ हजार ७४३ वडा छन् । हाम्रो कम्तिमा पनि ८० प्रतिशत भन्दा बढी वडामा बलियो जनाधार छ । हाम्रो संगठन छ । वडा कमिटीहरु छन । प्रत्येक नेताले आफ्नो वडा जिताई दिएको भए त दीग्विजयनै हासिल गथ्र्यौं त हामीले । तर हामी कतिपय केन्द्रिय सदस्य हुँला, कतिपय पदाधिकारी हुँला, कति जिल्लाका नेताहरु हुँला–जसले आफ्नो वडा समेत जिताउन सक्दैनन् । कुरा चाहीँ ठूल्ठूला गर्दछन् । त्यसले गर्दा जनतासँग जोडिने कुरा ज्यादै महत्वपूर्ण कुरा रहेछ ।’

उपमहासचिव ज्ञवालीले नीति, विधि र व्यवहार सबै हिसावले जनतासँग एकाकार भएर मात्रै पार्टीलाई अघि बढाउन सकिने भएकाले सिंगो पार्टी पंक्ति सोहीअनुसार परिचालन हुन आवश्यक रहेको बताउनु भयो ।

मदन—आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले लिए पद तथा गोपनियताको शपथ
काठमाडौँ । मदन—आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा प्रधानमन्त्री समेत रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।

एमाले उपमहासचिव समेत रहनुभएका ज्ञवालीले शपथग्रहणपछि बोल्दै अब प्रतिष्ठानलाई कुन दिशामा अघि लैजाने र कसरी अघि बढाउने भन्नेबारेमा प्रतिष्ठानको सोमवार बस्ने बैठकमा छलफल हुने बताउनु भयो । वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारीहरु उत्पादन गर्नेगरी प्रतिष्ठानले काम गर्ने बताउनु भयो । प्राविधिक शिक्षालाई प्रतिष्ठानले प्रभावकारी बनाउने गरी अघि बढाइने बताउनु भयो । एकेडेमिक एक्सलेन्सका रुपमा प्रतिष्ठानलाई अघि बढाउने गरी आफूहरुले विचार गरिरहेको बताउनु भयो ।

उहाँले मदन—आश्रितका विचारहरु अघि बढाउने गरी नै प्रतिष्ठानले भुमिका खेल्ने दाबी गर्नुभयो । प्रतिष्ठानको सदस्यका रुमपा सुरेश चापागाईंले समेत पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई प्रतिष्ठानका अध्यक्ष ज्ञवालीले शपथ खुवाउनु भयो ।

शिक्षक साथीहरुलाई एउटै आग्रह छ– खल्तीमा जहिल्यै सलाईँको बट्टा बोकेर हिँड्ने प्रवृत्तिसँग होशियार हुनुहोस्
शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदैछ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन/सुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेशागत माग होइन, शिक्षामन्त्रीको राजिनामा या सरकार परिवर्तन मुख्य एजेण्डा लाग्न थालेको छ ।

आगोमा घिउ थप्न कसिनुभएको छ माओवादी साथीहरू, जसले नयाँ संविधान बनेपछि सबैभन्दा धेरै शिक्षा मन्त्रालय सम्हाल्नुभयो ( गिरिराजमणि, डिआर पौडेल, फेरि गिरिराजमणि र देवेन्द्र पौडेल) । तत्कालीन सरकारले ‘विद्यालय सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक’ संसदमा दर्ता गराएपछि शिक्षक साथीहरू आन्दोलनमा उत्रिनु भयो र त्यसै क्रममा २०८० असोज ५ गते सरकार र शिक्षक महासङ्घ बिच सम्झौता भयो । तर प्रस्तावित विधेयक र सम्झौताका दफाहरूमा ठुलो विरोधाभास थियो ।

नेकपा ( एमाले) का सांसदहरूले विधेयकमाथिको सैध्दान्तिक छलफलमा उक्त विधेयकलाई सम्झौताको मर्म अनुरूप पुनर्लेखन गरेर मात्र अगाडि बढाउन माग गर्नुभयो, तर सरकार सु्न्न तयारै भएन । आजको जटिलता त्यहीँबाट सिर्जना भएको हो- सम्झौता एकातिर छ, विधेयक अर्कातिर । तर साथीहरू तथ्यमा पर्दा हालेर पानीमाथि ओभानो बन्दै हुनुहुन्छ !

नयाँ विधेयकले समाधान गर्नु पर्ने धेरै विषयहरु छन्, जसमा कतिपय सर्वथा विरोधाभाषपूर्ण छन् । संविधानले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिएको छ, तर शिक्षक साथीहरुका मनमा त्यसले भोलि आफ्नो कार्यसम्पादन मूल्याङ्कन र वृत्ति विकासमा राजनीतिक प्रतिशोध हावी हुन्छ कि भन्ने चिन्ता छ । यी दुबै विषयलाई विधेयकले संवोधन गर्नु पर्नेछ । संविधानको धारा २५ ले व्यक्तिको निजी सम्पत्तिमाथिको अधिकारलाई अक्षुण्ण संवैधानिक प्रत्याभूति गरेको छ, सँगसँगै शिक्षालाई मौलिक हकका रुपमा सुनिश्चित गर्दै आधारभूत तहसम्मको शिक्षा निशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क हुने व्यवस्था गरेको छ ।

यससँग जोडिएका संस्थागत र सामुदायिक विद्यालयका सरोकारलाई संवोधन गर्नु पर्नेछ । एकातिर १८ प्रकृतिका (शिक्षक साथीहरुका शब्दमा) शिक्षकहरुलाई एउटै प्रणालीमा ल्याउनुपर्ने र स्थायी गर्नु पर्ने माग छन्, अर्कातिर विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुका आफूहरुले पनि प्रतिष्पर्धाका निम्ति समान अवसर पाउनु पर्ने जायज सरोकार छन् ।

यी सबैलाई मिलाएर विधेयकलाई अन्तिम रुप दिन सांसदहरु रातदिन लागिरहेकै देखिनुहुन्छ । तर आजै चाहियो कि भोलि चाहियो जस्तो हठले उपयुक्त कानुन नबन्ने जोखिम पनि उत्तिकै छ ।

शिक्षक साथीहरुलाई एउटै आग्रह छ– खल्तीमा जहिल्यै सलाईँको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो झोसेर रोटी सेकाउन खोज्ने प्रवृत्तिसँग होशियार हुनुहोस् । आन्दोलन सुरु गर्दाको राप र ताप सेलाउँदै गएको छ र अभिभावकहरु अधैर्य हुँदै गइरहेका छन् । यसबाट लाभान्वित भइरहेको एउटै पक्ष हो- निजी विद्यालय

। अब पनि आन्दोलनको स्वरुप नबदल्ने हो भने, ‘निर्णायक धक्का‘ को भ्रममा बसिरहने हो भने र ‘बङ्गलादेश बनाइदिन्छौँ’ भन्दै जाने हो भने थप क्षति पुग्ने निश्चित छ । शिक्षामन्त्री विद्या भट्टराईको पहलमा तयार गरिएको ७ बुँदे सहमति किन र कसरी आग्रहमा घोषणा हुन रोकियो भन्ने कुरा पनि बताइरहनु पर्छ र ?

आखिर त्यसले कसलाई फाइदा भयो ?

सरकारलाई आग्रह छ– विद्यमान सीमाभित्र जे जति घोषणा गर्न सकिने हो, तुरुन्त घोषणा गरिदिनुहोस् र यस सम्बन्धी सत्यतथ्य सर्वोच्च अदालतलाई, संसदलाई, सबै अभिभावकहरुलाई र समाजलाई जानकारी गराइदिनुहोस् । यथासंभव छिटो विधेयकलाई अन्तिम रुप दिन सांसदहरुलाई उत्प्रेरित गरिदिनुहोस् ।

अँ, माननीय माधवकुमार नेपालज्यू, शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन सडकमा जानुभन्दा पहिले आफ्नै पार्टीका माननीय सभापतिलाई विधेयक चांडै टुङ्ग्याउन निर्देशन दिने हो कि ? चाबी त त्यहीं छ होइन र ?

हरेक वर्तमान इतिहासको जगमा उभिएको हुन्छः उपमहासचिव ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हरेक वर्तमान इतिहासको जगमा उभिने बताउनुभएको छ ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले नेकपा एमाले गौरवशाली इतिहासको जगमा उभिएको पार्टी भएको बताउनुभयो । नेकपा एमाले एउटा जीवन्त इतिहास बोकेको पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो ।

‘हरेक वर्तमान इतिहासको जगमा उभिएको हुन्छ, हरेक भविष्यलाई कहीँ न कहीँ इतिहासले दिशानिर्देश गरिरहेको हुन्छ, इतिहास बिर्सियो भने न वर्तमानमा टेक्न सकिन्छ न भविष्यलाई नै सुरक्षित बनाउन सकिन्छ’, ज्ञवालीले भन्नुभयो ।

कहिलेकाहीँ मन अलमल र द्विविधा भएको बेला नेपालको कम्युनिष्ट पार्टीको इतिहास र अग्रले गरेको दुःख सम्झँदा अघि बढ्ने बाटो खुल्ने उहाँले बताउनुभयो । हिजो भूमिगत कालमा सेल्टरदाताहरूले आफ्नो ज्यानको समेत परवाह नगरी नेता र पार्टीलाई जोगाएका उहाँले स्पष्ट पार्नुभयो ।

दिनभरि ज्याला बनी गरेर कमाएर ल्याएकाले आफू भोकै बसेर कम्युनिष्ट पार्टीका नेताहरू पालेका उहाँले स्मरण गराउनुभयो । हाम्रो पार्टी जनताको आश्रयमा बजेको पार्टी हो, हाम्रो त्यो कैरवपूर्ण यात्रा अहिले सम्झँदा अहिले पनि आङ सिरिङ्ग गर्छ’, उहाँले भन्नुभयो ।

नाम ढाँटेर हिँड्नु पर्ने, कयौँ दिन वडामा बस्नु पर्ने, दिनभरि दिसा-पिसाब समेत नगरी बस्नु पर्ने नेताहरूको विगतको इतिहास भएको उहाँले बताउनुभयो । कतिपय रात बच्नकै लागि मसानघाटमा बिताउनु परेको नेताहरूको विगतको इतिहास भएको ज्ञवालीले स्पष्ट पार्नुभयो ।

स्वतन्त्र समाजमा जन्मिएकाले विततमा अग्रजहरूले कति दुःख हण्डर खाए भन्ने कुरा बुझ्नु पर्ने उहाँले बताउनुभयो । त्यो बुझियो भने यो व्यवस्था प्रतिको आस्था र विश्वास बढ्ने उहाँको धारणा छ ।

नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ: उपमहासचिव ज्ञवाली
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक रहेको बताउनुभएको छ ।

गणेशमान सिंह फाउण्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र भारत नजिकका साथी भएको कारण कुनैपनि विषयमा रहेका समस्याहरु संवादमार्फत समाधान गर्न सकिने उल्लेख गर्नुभयो ।

विश्वपरिस्थितिमा आएको गतिशीलताले नेपाल–भारतसँगै दक्षीण एशियालाई नै सहकार्य र पारस्परिक समझदारीको बाटोमा अगाडि बढ्नको लागि आह्वान गरिरहेको उहाँको भनाइ छ । उहाँले नेपालको विकास र छिटो रुपान्तरण हुने चाहनामा भारत अझै उदार भएर सहयोग बन्नुपर्नेमाी उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘नेपाल–भारत सम्बन्ध बहुआयामिक छ । हामी असाध्यै नजिकका साथीहरु हौं । नजिकको साथी भएको हुनाले कहिले कहीँ केही इस्युहरुमा समस्याहरु देखा पनि पर्नसक्छन् । त्यसमा समाधान गर्न नसकिने कुनैपनि विषय छ जस्तो मलाई लाग्दैन । विश्वपरिस्थितिमा नयाँ नयाँ डाइनामिक्सहरु आइरहेका छन् । त्यो डाइनामिक्सले नेपाल—भारत सम्बन्धलाई र दक्षीण एशियालाई अझै बढी घनिष्ट र सहकार्यको बाटोबाट, पारस्परिक समझदारीको बाटोबाट अगाडि बढ्नका निम्ति आह्वान गरिरहेको छ । भारतले जसरि तरक्कि गरिरहेको छ त्यो तरक्किसँग नेपाल पनि कुनै न कुनै हिसावले जोडिन चाहन्छ । छरछिमेकमा आइरहेका विकासहरुसँग सँगै छोटो समयमा जनतालाई एउटा सुखी जीवन दिने नेपाली राजनीतिक दलहरुको चाहना छ । नेपालको विकासको चाहनामा, विकासमा छिटो रुपान्तरण चाहने नेपालको चाहानामा भारत अझै बढी उदार भएर सहयोगि बनोस् । म यो आग्रह पनि गर्न चाहन्छु ।’

फरक प्रसंगमा बोल्दै उपमहासचिव ज्ञवालीले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्र हुनसक्ने बताउनु भयो ।

सामाजिक सञ्जाल मार्फत अनेक खालका वितण्डा मच्चाउने कामभयाे: प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण कांग्रेस र एमाले बिच सहकार्य आवश्यक भएको बताउनुभएको छ ।

बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले सुशासन कायम गरी अर्थतन्त्रलाई चलायमान बनाई नागरिकमा आशा जगाउन दुई दल मिलेर सरकार बनाएका बताउनुभयो । कांग्रेस र एमाले बिच सहज अवस्थामा प्रतिस्पर्धा हुने बताउँदै ज्ञवालीले देश र व्यवस्थालाई सङ्कट पर्दा दुई दल मिल्ने गरेको ज्ञवालीको भनाइ छ । ‘धेरैको अनुमान विपरीत नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएर राष्ट्रको समस्या सम्बोधनको प्रयास भएको छ’, उहाँले भन्नुभयो ।

सहकारीका ठगलाई कारबाही अघि बढाउँदा रास्वपाले यो रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम भनि गरेको प्रचारको ज्ञवालीले आलोचना गर्नुभयो । सहकारी ठगी प्रकरणमा रास्वपाका मात्र नभएर नेकपा एमाले लगायत अन्य दलमा आबद्ध मानिसहरू माथि पनि मुद्दा चलिरहेको उहाँले बताउनुभयो । ‘गल्ती छ भने सडक अदालतले गरेको फैसलाको अर्थ छैन’, उहाँले भन्नुभयो ।

सरकार ढल्छ भनेर बारम्बार म्याद तोक्नेहरू सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बिचको सम्बन्ध अझ बलियो भएको देखेर छटपटाएका ज्ञवालीले बताउनुभयो । ६/६ महिनामा सरकार फेर्ने बिचौलियाको प्रयास अहिले असफल भएको उहाँको भनाइ छ । यसमा विभिन्न शक्ति लागेका बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसको केन्द्रमा रहनु भएको उहाँको भनाइ छ ।

देश एकदमै राम्रो विन्दुमा पुग्यो भन्ने अवस्था अहिले नभए पनि देश सकारात्मक दिशामा अघि बढेको उहाँले बताउनुभयो । माओवादीको १० वर्षे द्वन्द्वले गरेको क्षति र त्यसलाई व्यवस्थापन गर्न लागेको अर्को १० वर्षले देशको विकास गतिलाई पछि धकेलेको उहाँको भनाइ छ ।

नेकपा एमाले सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै उहाँले लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउनु पर्ने बताउनुभयो । नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको मर्मलाई बोक्न सक्ने लोकतन्त्रको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो । निरंकुशताको जेल, नेल भोगेर आएका एमाले नेताहरूले लोकतन्त्रको मर्म राम्रोसँग बुझेका उहाँले स्पष्ट पार्नुभयो । ‘स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ, पिँजडाको सुगालाई मात्र स्वतन्त्रताको मूल्य थाहा हुन्छ’, उहाँले भन्नुभयो ।

उहाँले पत्रकारितामा विश्वसनीयता सबैभन्दा महत्पूर्ण भएको बताउनुभयो । यसमा पत्रकारले विशेष ध्यान दिनुपर्नेमा ज्ञवालीले जोड दिनुभयो । ‘लोकतन्त्रलाई मर्यादित बनायो भने मात्र लोकतन्त्र बच्छ, अराजकता र स्वच्छन्दताले लोकतन्त्रलाई कमजोर बताउँछ’, ज्ञवालीले भन्नुभयो ।

अहिले अरू सबै खराब म मात्रै ठिक भन्ने भाष्य निर्माण गरेर सामाजिक सञ्जाल मार्फत अनेक खालका वितण्डा मच्चाउने काम भएका भन्दै ज्ञवालीले त्यसलाई नियमनको लागि सरकारले ऐन ल्याउन लागेको बताउनुभयो । सो विधेयक संसदमा छलफल हुने भएकोले त्यसलाई परिमार्जन सहित व्यवस्थित बनाइने उहाँको धारणा छ । यस विषयमा सञ्चार क्षेत्रसँग पनि छलफल गरेर सुझाव लिन सुझाव दिनुभयो ।

तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने उहाँले बताउनुभयो । तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिने जस्ता कार्यलाई स्विकार्न नसकिने उहाँले स्पष्ट पार्नुभयो । मिडिया र सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । यसको लागि कहाँ योगदान दिनु पर्ने हो त्यो योगदान गर्न एमाले तयार रहेको उहाँले बताउनुभयो ।

असत्यको भिडबाट सत्यलाई किचिनबाट नजोगाउने हो भने सत्य मर्ने ज्ञवालीले बताउनुभयो । सत्यलाई जोगाउन प्रेस चौतारी नेपालले नेतृत्वदायी भूमिका खेल्ने ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो ।

एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ ।

प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गर्नुभएका एमाले महासचिव शङ्कर पोखरेलले वरिष्ट उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोक्नुभएको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गएराति महासचिव पोखरेल जापान प्रस्थान गर्नुभएको हो ।

डा अधिकारीका अनुसार नेपालको विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रमसहित मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रममा महासचिव पोखरेल सहभागी हुनुहुनेछ ।

संसद नचल्दा अध्यादेश ल्याउन मिल्छ, संसदको अधिकार कटौति गरेको होइनः उपमहासचिव ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदको अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरुको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन सुचारु नभएको बेलामा अध्यादेश ल्याउनसक्ने बताउनु भयो । उहाँले अध्यादेश ल्याउने कुरालाई संसदको अधिकार कटौति गरेको भनेर बुझ्न नहुने स्पष्ट पार्नुभयो । उहाँले सदनको पहिलो बैठकमै अध्यादेशहरु पेश हुने र पारित नभए स्वतः निष्क्रिय हुने बताउनु भयो । उहाँले कानून बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेको बेलामा र संसद पनि नचलेको समयमा अध्यादेश ल्याएको कुरालाई संसदको अवज्ञा भन्न नहुने बताउनु भयो । अध्यादेश संसदलाई अवज्ञा गर्नेगरी नभइ आवश्यकताको महशुस गरेर ल्याइएको बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरुको व्यवस्था गरेको छ । सरकारले संसदको अधिवेशन नचलिरहेको बेला अध्यादेश ल्याउनसक्छ । त्यो चाहीँ पाल्र्यामेण्टको अधिकारलाई कटौति गरेको होइन । सदनको पहिलो बैठकमै अध्यादेशहरु टेबुल हुन्छन् र यदी पाल्र्यामेण्टले रिजेक्ट ग¥यो भने त्यो विधेयक स्वतः निष्क्रिय हुन्छन् । हामी कहाँ कतिपय कानूनहरु बन्न तीन वर्ष, चार वर्ष लाग्ने गर्दछ । ५ वर्ष लाग्ने गरेको पीडादायिक अनुभव पनि व्यहोरेका छौँ । अहिले सरकारले ल्याएका दुई वटा अध्यादेश छन् । सहकारी पीडितहरु महिनौँदेखि लडिरहनुभएको छ । सडकमा हुनुहुन्छ । कतिले उपचार नपाएर ज्यान गुमाउनु परेको छ । अहिलेसम्म कमाएको पैसा सहकारीमा जम्मा गरेको हुनुहुन्छ । केही मान्छेहरुले अनियमितता गरे । रकम दुरुपयोग गरे । उहाँहरु सडकमा हुनुहुन्छ । हामीले एक वर्षपछि कानून न्याय बनाउँछौँ भनेर क्यान्सर पीडितले त पर्खिएर बस्न सक्दैन होला । त्यस्ता समस्या पर्दछन् भनेर नै संविधानले अध्यादेशको व्यवस्था गरेको होला । संसदलाई अवज्ञा गरेको भन्ने रुपमा बुझ्ने भन्दा पनि आवश्यकताले ल्याउनुपरेको हो ।’

उपमहासचिव ज्ञवालीले दलहरुमाथि हुने प्रहारले लोकतन्त्रलाई कमजोर बनाउने बताउनु भयो ।

राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्, गणतन्त्र हरेक किसिमले उत्तम छः प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था भएको बताउनुभएको छ ।

सोमवार ७४ औं मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्रमा जनताका अपेक्षाअनुसारका काम हुन नसकेको स्वीकार गर्दै गणतन्त्रको रक्षा गर्नु र अझै सशक्त बनाउनुको विकल्प नरहेको बताउनु भयो । उहाँले कतिपय पात्रहरुको कारणले गणतन्त्रमा सही शासन हुन नसकेको पनि बताउनु भयो । उहाँले नेपाली राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान नसक्ने इतिहासले पुष्टि गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली इतिहासले के देखायो भने राजतन्त्र र प्रजातन्त्र सँगसँगै जानसक्ने रहेनछन् । दुई पटक नेपाली जनताले त्यत्ति उदार मनले भागेर दिल्ली पुगेका राजालाई फर्काएर गद्दीमा राख्दा पनि र सम्पूर्ण रुपले पराजित हुने अवस्थामा भइहाल्यो नि त तिमीलाई सम्मान हुनेभयो । मदन भण्डारीको भाषामा भन्दा सेतो हात्ती पाल्न अलि बढी खर्च लाग्ला केही बात छैन तर जनताको अधिकारमाथि गिद्दे दृष्टि नलगाइयोस्, है भनेर त्यसरी सम्झौता गर्दा पनि पुरानै अवस्थामा उहाँ पुगिसकेपछि हामी यो निस्कर्षमा पुगेका हौँ की अब राजतन्त्र र प्रजातन्त्र सँगसँगै अघि बढ्न सक्दैनन् ।

राजतन्त्रका अनिवार्य नियति भनेकै कुर्सीमा बसिसकेपछि उ निरंकुश हुन खोज्छ, प्रजातन्त्रमाथि धावा बोल्न खोज्छ, एक न एकदिन उसले प्रजातन्त्र डस्छ भन्ने निस्कर्षका साथ नै हामी गणतन्त्रमा पुगेका हौँ र यसमा हामीलाई गर्व छ । हो गणतन्त्रले भने जस्तो गरी डेलिभरी दिन नसकेको होला । कतिपय पात्रहरुको कारणले जस्तो शासन व्यवस्था हुनुपर्दथ्यो, त्यो हुन नसकेको होला । जनताका अपेक्षाअनुसारका काम हुन नसकेका होलान् तर वास्तवममा गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था हो र यसलाई सफल बनाउनु, रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’

उपमहासचिव ज्ञवालीले क्रान्तिको लाभ जनताले पाउने सुनिश्चिचतासहित सरकारका काम कारबाही अघि बढाउन जरुरी रहेको बताउनु भयो ।