प्रदिप पौडेल – News Polar

क्रियाशील सदस्यता खारेज नगरिएको महामन्त्रीद्वयको स्पष्टोक्ति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने अभियान सुरु गरिएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनीहरूले पछिल्लो समय “क्रियाशील सदस्यता खारेज हुँदैछ” भन्ने भ्रम फैलिएको भन्दै त्यसलाई असत्य र भ्रामक प्रचारको संज्ञा दिएका छन्। पार्टीले सदस्यता प्रणालीलाई सुदृढ, पारदर्शी र प्रभावकारी बनाउन अद्यावधिक प्रक्रिया अघि बढाएको उनीहरूको भनाइ छ।

महामन्त्रीद्वयले यस अभियानले संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार नवीकरण प्रक्रियाले पार्टीभित्र अनुशासन, उत्तरदायित्व र एकता थप सुदृढ हुनेछ।

विगतका अनुभवबाट सिक्दै यसपटक सदस्यता व्यवस्थापनमा प्रविधिको प्रयोग र प्रक्रियागत सुधार गरिएको पनि उनीहरूले बताएका छन्।

महामन्त्रीद्वयले सम्पूर्ण क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता अद्यावधिक गर्न तथा नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्  ।

महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमा एक वक्तव्य जारी गरी जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेका घटना छानविनका लागि गठित आयोगबाट प्राप्त भएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।

“आयोगले प्रतिवेदन बुझाएको लामो समय भइसक्यो प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनु विडम्बना हो, यसले आशंका जन्माएको छ”, महामन्त्री पौडेलले भने ।

आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी भएको उनको भनाइ छ । महामन्त्री पौडेलले आइतबार सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गरे ।

स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा
वासिङ्टन डिसी, (अमेरिका) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क आइपुग्नु भएको छ ।

मन्त्री पौडेललाई संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गर्नुभयो । मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुग्नुभएको थियो ।

मन्त्री पौडेलले सोमबार र मङ्गलबार हुने उच्चस्तरीय बैठकमा भाग लिनुहुने संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोगले जनाएको छ ।

स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण
गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक भएको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आजदेखि सुरु गरिएको नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियानको आज पोखरास्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँबजारमा शुभारम्भ गर्दै उहाँले यसरी नै बिरामी बढ्दै गएको अवस्थामा राज्यले जति लगानी गरेपनि प्रतिफल प्राप्त नहुने स्थिति रहेको बताउनुुभयो ।

“जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक छ”, उहाँले भन्नुुभयो, “निरोधात्मक क्षेत्रको कामलाई प्रभावकारी बनाउनका लागि अभियान सुरु गरिएको हो ।”विशेषतः मधुमेह, उच्च रक्तचाप आदिका कारण धेरै स्वास्थ्य समस्या आउने जनाउँदै उहाँले ती समस्याको सुरुमा नै पहिचान भएमा अन्य रोग निम्तन नसक्ने बताउनुुभयो ।

सुरुमा नै समस्याको पहिचान भएमा त्यसबाट जटिलता ननिम्तने बताउँदै उहाँले ३० वर्ष माथिका सबै नागरिकको रोगको पहिचान आवश्यक भएको बताउनुुभयो । यस अभियानका लागि तीनवटै तहका सरकारबीच समन्वय आवश्यक हुने बताउँदै उहाँले फागुन महिनाभर यो अभियान सञ्चालन हुने जानकारी दिनुुभयो । यो अभियान प्रत्येक वर्ष फागुन महिनामा सञ्चालन गरिने उहाँको भनाइ छ ।

अभियानको स्वास्थ्यमन्त्रीबाट नै रक्त परीक्षण एवम् रक्तचाप परीक्षण गरी शुभारम्भ गरिको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमल्सिना, पोखरा महानगरपालिका–८ का वडा अध्यक्ष रुद्रनाथ बराल, तेजाखर लम्साललगायतले अभियानले नसर्ने रोगको पहिचानमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउनुुभयो ।

पदक विजेता रन्जितबहादुर डंगौरा सम्मानित
काठमाडौँ। टुक्या तेक्वान्डो डोजाङले तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता रन्जितबहादुर डंगौरालाई सम्मान गरेको छ ।

रन्जितलाई भारतमा भएको सातौं एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरिएको हो ।

टोखा नगर स्तरीय प्रतियोगिताको समापन कार्यक्रममा रन्जितलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले प्रशंसा पत्रसहित सम्मान गरे । रन्जित एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख पनि हुन् । यहि डोजाङ मार्फत रन्जितले तेक्वान्दो गतिविधिलाई अगाडि बढाइरहेको छन् ।

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छः स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गर्नुभएको डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री पौडेलले जापानले सो रोग नियन्त्रणका लागि खोपको व्यवस्था गरेकाले त्यसलाई नेपालमा पनि भित्र्याउनका लागि मन्त्रालयले काम गर्ने बताउनु भयो । उहाँले सरकारले सो रोग नियन्त्रणका लागि विशेष सावधानी अपनाउने पनि बताउनु भयो ।

मन्त्री पौडेलले सो रोगको नियन्त्रण तथा रोकथामको कामलाई प्रभावकारी बनाउन देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गर्ने योजना पनि सार्वजनिक गर्नुभयो । जनतामा चेतना फैल्याउन पनि सो रोगको रोकथाममा लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुका परिचालन उपयोग हुने मन्त्री पौडेलको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अब यो साउन, भदौ र असोजमा यो बढि संक्रमित हुने स्थिति भएको कारणले हामीले यसमा विशेष सावधानी अपनाउन जरुरी छ ।

माननीयज्यूहरुको पनि सचेतना अभिवृद्धि गर्ने काममा, समन्वय गर्ने काममा महत्वपूर्ण भूमिका हुनसक्छ । त्यसको निम्ति पनि म आग्रह गर्न चाहन्छु । माननीय योगेश भट्टराईले जापानले निकालेको युरोपियन युनियनले आधिकारिकता दिएको खोपको बारेमा सोधखोज गर्नका निम्ति उहाँले यहाँ उल्लेख गर्नुभएको छ । त्यसका निम्ति पनि मन्त्रालयले काम गर्ने म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

केही माननीयजीहरुले महिला स्वास्थ्य स्वयम सेविका परिचालन गर्नुपर्छ भन्नु भएको छ । हाम्रो करिव ५३ हजारको संख्यामा उहाँहरु हुनु भएकाले उहाँहरुलाई व्यापक ढंगले परिचालन गर्ने स्थिति पनि बन्न सक्छ विशेष गरी चेतना अभिवृद्धि गर्ने काममा । यी सबै कुरालाई मन्त्रालयले गम्भिरतापूर्वक लिने त्यस अनुसार कार्य योजना बनाउने यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री पौडेलले सो रोगको रोकथामका लागि चेतना अभिवृद्धि गर्ने काममा सहयोग गर्न सांसदहरुलाई पनि आग्रह गर्नुभयो ।

चुरे संरक्षका लागि विशेष योजना ल्याउन सांसद पौडेलको माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन सरकार सँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले चुरेको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुन नसक्ने भन्दै चुरे संरक्षणका लागि विरुवा रोप्ने अभियान नै शुरु गर्नुपर्ने बताउनु भयो । उहाँले चुरे मानविय अतिक्रमणको दुष्चक्रमा परेको भन्दै चुरे दोहनलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले चुरे संरक्षणको लागि निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुँदैन । चुरे दिवसको दिन एउटा बिरुवा रोपेर पनि चुरेको संरक्षण हुन सक्दैन । चुरेको संरक्षण गर्ने हो भने विरुवा रोप्ने अभियान सरकारले शुरु गर्नु जरुरी छ । सबै राजनीकि दलका कार्यकर्ताले विरुवा रोप्ने अभियान शुरु गर्नु जरुरी छ । एकै दिनमा हजारौँ बिरुवा रोप्न सक्यौँ, इलामदेखि कञ्चनपुरसम्म करोडौँ विरुवा रोप्न सक्यौँ भने मात्रै चुरेको संरक्षण हुन सक्छ । त्यसैले चुरे संरक्षणको विषयलाई सरकारले विशेष विषय बनाउनु जरुरी छ । वन तथा वातावरण मन्त्रालयले यसलाई विशेष ढंगबाट अगाडी बढाउनु जरुरी छ । चुरे संरक्षणको निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गरियोस् ।’

चुरे संरक्षणका लागि भुइँ मान्छेहरुले आवाज उठाइरहेको भएपनि सरकारको त्यसतर्फ ध्यान नगएको उहाँको भनाई छ ।

गगन र प्रदिपको बुझाई: व्यवस्थामाथि होइन केही नेतामाथिको संकट हो !
काठमाडौं । १२ बुँदे समझदारी पत्रका हस्ताक्षर पक्षधर राजनीतिक दलहरुले व्यपस्थामाथी प्रहार भएको भन्दै यस्ता गतिबिधिको मिलेर प्रतिबाद गर्ने बताईरहदा नेपाली कांग्रेसका युवानेताहरुले भने व्यवस्थामाथी नभै नेतृत्व माथी शंकट आएको जनाएका छन् ।

काग्रेस महामन्त्री गगन थापा र अर्का नेता प्रदिप पौडेलले वढ्दै गएको असन्तुष्टी र जनआक्रोश व्यवस्था माथि नभै नेतृत्व गर्ने व्यक्ति माथि भएको जनाउनु भएको छ ।

काग्रेस महामन्त्री थापाले सामाजिक संञ्जालमा लेख्नु भएको छ ।

यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईंहरू(शीर्ष नेता) ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ। इतिहासले सधैँ सम्झिने छ। तपाईंहरू फेरी भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्‍यो। मैले भन्दै आएको छु, फेरी भन्छु-‘तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।’

यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् ।इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ,सम्मान गर्नेछ। र, गणतन्त्र विरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन्। आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुनेछ।

यसैगरी नेता प्रदिप पौडेलले लेख्नुभएको छ-

बढ्दै गएको असन्तुष्टी र जनआक्रोश व्यवस्था माथि होइन नेतृत्व गर्ने व्यक्ति माथि हो । लङ्ग ड्राइभमा जानका लागि ट्रायल पास गरेर मात्र पुग्दैन, स्कील र क्यापासिटी दुवै चाहिन्छ । यो भएन भने पुरानो लाइसेन्स हुँदैमा मात्र सुरक्षित तरिकाले गन्तव्यमा पुग्न सकिँदैन । जय नेपाल !

पौडेलको प्रश्न: किन गठनबन्धन र सरकार टिकाउने ?
काठमाडौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदिप पौडेलले सरकार र गठबन्धनका बस्नुको औचित्य पुष्टि हुन नसकेको बताउनु भएको छ ।

सानेपामा जारी केन्द्रीय समितिको बैठकमा पौडेलले भन्नुभयो ‘गठबन्धन जोगाउनु मात्र ठुलो उपलब्धी हो र ? ‘उहाँले भन्नुभयो ‘सरकारमा हाम्रा साथीहरु पनि छन् तर राम्रोकाम गरे भनेर भन्ने सक्ने अबस्था छैन । ‘

उहाँले मुलुकको आर्थिक अबस्था निकै खराब भएको भन्दै यस्तो अबस्थामा पनि सरकार गम्भिर नभएको बताउनु भयो । उहाँले भन्नुभयो सरकार र गठबन्धन जोगाउने नाममा कहिले सम्म यो अबस्था भोगिरहने ।

पौडेलले भन्नुभयो ‘नेपालको ईतिहासमा यो भन्दा खराब आर्थिक अवस्था कहिल्यै थिएन तर सुधारका लागि सरकारको कुनै ठोस कदम देखिएन । केन्द्रीय समितिको बैठकमा पौडेलले अर्थतन्त्रमाथि संकट आउँदा पनि कांग्रेसले निकास दिन नसकेको बताउनु भयाे  ।

उहाँले भन्नुभयो ‘हामी आर्थिकरूपमा कमजोर अवस्थामा पुगेका छौं । रेमिटेन्स हेरी समस्या छैन भनेर ढुक्क नबनौं । बैंकमा चार खर्ब पैसा थुप्रिएको छ । तर, अथाह पैसा भए पनि बजारमा किन आउँदैन? अर्थमन्त्री हाम्रो हुनुहुन्छ, तर आर्थिक संकट छ । यसमा हामीले जवाफ दिनुपर्छ,’ पौडेलले भन्नुभयो, ‘३५ प्रतिशत सटर बन्द छन् । एक बोरा चामलमा ३ सय रुपैयाँ बढेको छ, यसैले हामी जवाफदेही र जिम्मेवार हुनैपर्छ ।’

वैदेशिक रोजगारीमा गएकाहरुको पीडालाई सम्बोधन गर्न सरकारले हेल्प डेस्कको निर्माण गर्नुपर्छ: प्रदिप पौडेल
सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले वैदेशिक रोजगारीका गएकाहरुको पीडा सम्बोधन गर्नका लागि सम्बन्धित मन्त्रालय र निकायहरुमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

वैदेशिक रोजगारीमा गएकाहरुको शव ल्याउन सक्ने अवस्था समेत राज्यले गर्न नसकिरहेको उल्लेख गर्दै उनीहरुलाई ट्रयाकिङगरी आपत परेका बेलामा सहयोग गर्नका लागि सम्बन्धित मन्त्रालय र राजदुतावासहरुमा हेल्प डेस्कको आवश्यक व्यवस्था मिलाउन उहाँले सरकारसँग माग गर्नु भएको हो ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले वैदेशिक रोजगारीमा गएका नागरिकहरुलाई विपद् पर्दा सरकार सहयोगी बन्न नसकेको उल्लेख गर्दै त्यसमा सहयोगी हुने गरी संयन्त्रहरुको निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले एयरपोर्ट देखिनै विदेशमा गएका नेपाली कामदारहरुको ट्रयाकिङ गर्न सके उनीहरुको पीडाको सुनुवाई गर्न सहज हुनेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद पौडेलले भन्नु भयो, ‘विदेशमा रहेका नेपालीहरुलाई जुन विपद पर्छ । त्यो विपदमा सरकार सहयोगी बन्न सकिरहेका छैन । यो एक हप्ता अगाडिको विषय हो । मलेसियामा रोजगारीका लागि गएका एक जना एमलाल परियारको मृत्यु भयो । उहाँको लास नेपाल ल्याउनका निम्ति परिवारले सबैतिर याचना गरिरहेको छ । यसरी यस्तो गम्भिर विषयमा सरकारले किन प्रभावकारिता बढाउन सक्दैन ? कतिपयको मृत्यु हुन्छ । तर त्यो जानकारी उसको परिवारलाई हुँदैन । कतिपयको मृत्यु भएको वर्षौ पछि मात्रै जानकारी हुने स्थिति भएको छ । त्यसैले नेपालबाट रोजगारीका लागि विदेश जाने नेपाललाई एयरपार्टदेखिनै ट्रयाकिङ गर्ने व्यवस्था गरियोस् ।’

‘ऊ कहाँ गएको हो ? गएको ठाउँमा पुग्यो कि पुगेन ? त्यहाँ गएर उसले सम्झौता अनुसार रोजागारी पायो कि पाएन ? काम गर्ने सन्दर्भमा ऊ विरामी भयो कि वा कुनै दुर्घटनामा पर्‍यो कि ? कुनै विपदमा पर्‍यो कि ? त्यसको ट्रयाकिङ गर्ने व्यवस्था सरकारले गर्न जरुरी छ । सरकारले परराष्ट्र मन्त्रालयमा, सम्बन्धित देशको दुतावासमा, श्रम मन्त्रालयमा सबैतिर यो सम्बन्धि सहयोग गर्ने डेस्क निर्माण गरोस् । यो भयावह स्थिति छ । सबैको कुरा सतहमा आएको छैन । सतहमा नआएका थुप्रै घटनाहरु छन । हामीलाई सहयोग गर्न धेरैले भनिरहनु भएको हुन्छ । त्यसैले व्यक्तिले होइन, सिष्टमले सहयोग गर्ने व्यवस्था गरौं । म यसतर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

सांसद पौडेलले धेरै नेपालीहरुले काम गर्ने क्रममा विदेशमा ठूलो पीडा भोग्नु परेको भएपनि त्यसमा सरकार गम्भिर नभएको गुनासो समेत गर्नु भयो ।

आर्थिक संकटको बेला अपारदर्शी ढंगले अयोग्य लडाकुलाई राहत दिनु अस्वभाविकः प्रदिप पौडेल
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २÷२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले आर्थिक संकट बेला सरकारले संसद छलेर सो निर्णय गरेको भन्दै आपत्ति जनाउनु भएको हो । सांसद पौडेलले यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘अयोग्य लडाकुलाई २/२ लाख रुपैयाँ निर्णय भएको भन्ने कुरा विभिन्न माध्यामबाट बाहिर आईरहेको छ । यस्तो आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढंगले संसदलाई छलेर गर्नु स्वभाविक होइन । त्यसकारण म सर्वप्रथम सभामुखमार्फत् सरकारलाई माग गर्न चाहन्छु–यो विषयमा के भएको हो ?यथार्थ जानकारी सदनलाई गराईयोस् ।’

सांसद पौडेलले आर्थिक संकटमा सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न नमिल्ने पनि बताउनु भयो ।

मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सांसद पौडेलको माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भिर समस्याहरु देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गर्नु भएको हो ।

कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्ने स्थिति पछिल्लो समय देखा परेको उल्लेख गर्दै सांसद पौडेलले सो समस्यालाई गम्भिरपूर्वक लिन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले व्यवस्थापकीय पक्षमा चुक्दा नेपालको हवाई क्षेत्रमा बढि दुर्घटना हुने गरेको उल्लेख गर्दै त्यसलाई किन गम्भिरतापूर्वक नलिएको भनि सरकारलाई प्रश्न समेत गर्नु भयो । उहाँले हवाई सुरक्षाको विषयलाई हरेक मुलुकले उच्च प्राथमिकता राख्ने गरेपनि नेपाल सरकार र सम्बन्धित निकाय त्यस मामिलामा बेखवर जस्तै बन्नु दुखद रहेको पनि बताउनु भयो ।

सांसद पौडेलले भन्नु भयो, ‘पछिल्लो समय हवाई क्षेत्रमा अत्यन्तै गम्भिर त्रुटीहरु देखिएका छन् । कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्ने स्थिति बनेको छ । हिजो मात्रै नेपाल वायु सेवा निगमको विमान दुवई बाट काठमाडौं उडनै लाग्दा पाईलटलाई पखाला चलेपछि ५४३ यात्रु अलपत्र परे । पछिल्लो रिर्पोटले प्रष्ट भन्छ: नेपालमा हवाई दुर्घटनाका पछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारण भन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढि दुर्घटनाहरु हुन्छन ।’

‘तर, सम्बन्धित निकायको नेतृत्व यस विषयमा बेखवर जस्तै छ । सभामुख महोदय, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राखेका छन । तर हाम्रोमा यस विषयलाई किन गम्भिरतापूर्वक लिईदैन ? यसै त नेपालको हवाई क्षेत्र गम्भिर सुरक्षा चासोको विषयबाट हटेको छैन । त्यसमाथि यति धेरै लापरबाही गर्दा भएको गरिमा पनि गुम्न पुग्छ । त्यसैले यस सम्मानित संसदमार्फत् म सरकारलाई आग्रह गर्न चाहन्छु–हवाई क्षेत्रमा देखिएका समस्यालाई गम्भिरपूर्वक लिइयोस् । उचित व्यवस्थापनका लागि दिगो समाधान खोजियोस् ।’

सांसद पौडेलले सरकारले मुलुकको हवाई क्षेत्रको गरिमा थप गुम्न नदिने गरी उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।