प्रकाशमान सिंह – News Polar

पार्टीभित्र विधिको शासन र एकता आवश्यक छः प्रकाशमान सिंह
काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले निर्दिष्ट गरेको मूल्य–मान्यता र आदर्शअनुरूप अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति स्वर्गीय श्यामनिधि यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता सिंहले पार्टीभित्र विधिको शासन स्थापित गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको हो ।

नेता सिंहले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको वर्तमान संविधानको रक्षा गर्दै जनताका इच्छा र आकाङ्क्षाहरू पूरा गर्न पार्टीले आफ्ना कमी–कमजोरीहरू सुधार गर्नुपर्ने बताउनु भयो ।

पार्टीको आन्तरिक विवाद र आसन्न १५ औँ महाधिवेशनका विषयमा चर्चा गर्दै नेता सिंहले हाल पार्टी दुई धारमा विभाजित देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर गरी दुई समूह देखिएकाले १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसका लागि दुवै पक्षलाई विश्वासमा लिने गरी एउटा साझा र भरपर्दो संयन्त्र निर्माण गरेर मात्र महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्ने उहाँको सुझाव छ ।

उहाँले प्रविधिको प्रयोगको नाममा विधि र प्रक्रिया मिचेर आफ्ना पक्षकालाई मात्र स्थान दिने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने चेतावनी समेत दिनुभयो । देशको वर्तमान राजनीतिक परिस्थिति र लोकतान्त्रिक प्रणालीमाथि आइलागेका चुनौतीहरूको सामना गर्न कांग्रेस एकढिक्का हुनुपर्ने उहाँको तर्क छ ।

नेता सिंहले सत्ता र शक्तिको आडमा पार्टीको विधान र पद्धति मिच्ने कार्य रोकिनुपर्ने भन्दै विधिको शासनका लागि लडेको पार्टीभित्रै विधिको उल्लंघन हुनु विडम्बनापूर्ण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा आदरणीय संस्थापक नेताहरूले जुन संस्कार र मूल्य–मान्यताका आधारमा कांग्रेस स्थापना गर्नुभयो, त्यसलाई जीवन्त राख्नु आजको मुख्य चुनौती हो । १५ औँ महाधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ वितरण भइसकेको अवस्थामा फेरि अद्यावधिक गर्ने नाममा कार्यकर्तामाझ डर र त्रास सिर्जना गर्नु उचित हुँदैन ।’

स्वर्गीय क्षेत्रीय सभापति यादवले पार्टी सङ्गठन र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गर्दै नेता सिंहले उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न पनि पार्टीलाई सही मार्गमा ल्याउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले काँग्रेस बलियो भए मात्र लोकतन्त्र र राष्ट्रियता मजबुत हुने भएकाले व्यक्तिगत स्वार्थ त्यागेर पार्टी हितमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।–न्युज एजेन्सी नेपाल

काँग्रेस सभापति थापालक्षित प्रकाशमानको टिप्पणी– ‘नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न पाइन्नँ’
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै पार्टी नेतृत्वमा पुग्न हतार गर्ने नाममा विधि र विधान उल्लङ्घन गर्न नहुने बताएका छन् ।

बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको आन्तरिक प्रक्रियालाई कमजोर बनाउने प्रयास भइरहेको आरोपसमेत लगाएका छन् । उनले पार्टीको १४औँ महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्ने प्रयास भएको दाबी गर्दै त्यसप्रति गम्भीर आपत्ति जनाए ।

नेता सिंहले नेपाली कांग्रेस ऐतिहासिक रूपमा लोकतन्त्र र जनअधिकारका लागि अग्रणी भूमिका खेल्दै आएको उल्लेख गर्दै सो उपलब्धि र योगदानलाई बिर्सन नहुने धारणा राखे । उनले पार्टीभित्र निर्णय प्रक्रिया विधान र स्थापित विधिअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिए ।

उनका अनुसार पार्टीभित्रको छलफल र बहस लोकतान्त्रिक अभ्यास भए पनि नियमभन्दा बाहिर गएर कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने स्पष्ट संकेत दिए । उनले पार्टीलाई कमजोर बनाउने कुनै पनि कदमप्रति नेतृत्व र अग्रजहरू चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।

सिंहले सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध गर्दै नियमित महाधिवेशनमार्फत पार्टीलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह
काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ महाधिवेशन विधि र प्रक्रियाअनुसार नै हुनुपर्ने बताउनुभएको छ ।

कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको महाधिवेशन तथा निर्वाचनलक्षित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले विधि–प्रक्रिया पूरा गरेर महाधिवेशन गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

सिंहले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आन्तरिक निर्वाचन, पारदर्शिता र विधिको पालना अनिवार्य रहेको उल्लेख गर्नुभयो ।रासस

सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरुले मिलेर मुलुकलाई संकटबाट पार लगाउनुपर्ने बताउनुभएको छ ।

गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको राष्ट्रियता र लोकतन्त्रमाथि आएको संकट समाधानका लागि सबै दलहरुले एकतावद्ध भएर काम गर्ने बेला आएको बताउनुभएको हो । नेता सिंहले काँग्रेसले विगतमा पनि संकटमा बेला मुलुकलाई निकास दिन भुमिका खेल्दै आएको उल्लेख गर्दै अहिले पनि त्यो भुमिका उभिनुपर्ने आवश्यतकता औँल्याउनु भयो ।

उहाँले भन्नुभयो,‘यो पर्शनल प्रपर्टी र नेश्नल प्रपर्टी जसरी यसले अट्याक गरेको छ । यो राम्रो संकेत होइन । अब हामी कसरी अघि बढने भन्ने कुरा हो । यसमा पुराना दलहरु यसमा पनि नेपाली काँग्रेस विशेष रुपमा हाम्रो जिम्मेवारी भनेको नेशन क्राईसेसमा पर्दा जहिले पनि नेपाली काँग्रेसकै नेतृत्वमा वे आउट वा मुलुकलाई निकास दिन विगतमा क्राईसेस आउँदा पनि काँग्रेसले भूमिका खेलेको छ । अहिले पनि यो क्राईसेसलाई पार लगाउनका लागि नेपाली काँग्रेसको भनाई के हो भन्दाखेरी काँग्रेस एकतावद्ध हुनैप¥यो । अरु दलहरुले पनि राष्ट्रियतामाथि आएको जुन संकट छ, लोकतन्त्रमाथि आएको जुन संकट छ । त्यसलाई पार लगाउनका लागि सबैले मिलेर काम गर्नुपर्छ भन्ने हामी सबैले ध्यान दिनुछ ।’

नेता सिंहले जेनजी आन्दोलनमा राष्ट्रिय तथा व्यक्तिगत सम्पत्ति माथि भएको आक्रमण सैह्य नभएको पनि बताउनु भयो ।

कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताउनुभएको छ ।

आज शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौँ, देशको यो सङ्कट कांग्रेसले पार लगाउनेछ ।” सिंहले पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे टिप्पणी गर्दै भन्नुभयो, “नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य छैन, अहिलेको प्राथमिकता देशलाई सङ्कटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो ।”

उहाँले जेनजीका माग सम्बोधनका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको र नयाँ पुस्ताको विचार, ऊर्जा तथा आकाङ्क्षालाई पार्टी संरचनामा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र स्थानीय बासिन्दाले गणेशमान सिंहको लोकतान्त्रिक योगदानको स्मरण गर्दै उहाँको सालिकमा माल्याार्पण गरेका थिए ।

सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति उपप्रधानमन्त्री सिंहको चिन्ता
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव समारोहलाई शुक्रवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले सामुदायिक विद्यालयमा बसाईंसराई लगायतका विभिन्न कारणले विद्यार्थीको अभाव हुँदै गइरहेको बताउनु भयो । उहाँले अब विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै उचित सदुपयोग गर्न जरुरी रहेको बताउनु भयो । राजनीतिमा आएको परिवर्तनका कारणले नै अहिले नेपालमै विद्यार्थीले आफूले चाहेका विषयहरु रोजेर पढ्न सक्ने बताउनु भयो । अध्ययनका लागि विदेश जानेहरुलाई रोक्न नसकिने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको समयमा सामुदायिक विद्यालयमा कस्तो भइरहेको छ भने बसाईंसराई लगायतका कारणले पहिला विद्यार्थीको चाप भएको सामुदायिक स्कुलहरु अहिले विद्यार्थीको अभाव हुँदै गइरहेको छ । विद्यालयका भौतिक पूर्वाधारहरु छन् । अब त्यसलाई समयको मागअनुसार सदुपयोग गर्न सक्नुपर्छ । समयअनुसार विद्यालय सञ्चालन गर्न सक्नुपर्छ । नेपालको विद्यार्थीको स्टाटस जुन छ त्यसको तुलना गर्दा पहिला र अहिलेको धेरै अन्तर भइसकेको छ । राजनीतिमा आएको परिवर्तनका कारणले तपाईंहरुले आफ्ना इच्छा बमोजिम पढ्न सक्नुहुन्छ । पढ्न विदेश जानु पर्दैन । विदेश जानु नै छ भने त्यसमा रोक्न मिल्दैन । क्वालिटी एजुकेसन हाम्रै क्याम्पस र स्क्लुहरुमा छ ।’

उपप्रधानमन्त्री सिंहले विद्यार्थी अनुशासित हुनुपर्ने र प्राप्त अवसरको महत्वलाई बुझेर अघि बढ्नुपर्ने जरुरी रहेको बताउनु भयो ।

कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंक र मन्त्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ ।

बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौँमा सहरी भौतिक पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, नदी स्वच्छतालगायत विषयमा छलफल भएको छ । भेटमा उपाध्यक्ष जुटले मन्त्रालयले दुई स्थानमा केन्द्रित भएर योजना अघि बढाउन खोज्नु राम्रो भएको भन्दै सहकार्यका लागि विश्व बैंक सकारात्मक रहेको बताउनुभयो ।

विश्व बैंकले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वधार, वातावरणीय प्रदूषण न्यूनीकरण तथा नदी र वायु स्वच्छताको क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । यस भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबीचको साझेदारीलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका आयोजनामा विश्व बैंकसँग भइरहेको सहकार्यका लागि आभार व्यक्त गर्दै नयाँ योजनाहरूमा पनि थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

विद्यार्थीमैत्री शिक्षा ऐन लागू गर्न माग गर्दै विद्यार्थी संगठनहरुको कार्यवाहक प्रधानमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौँ । विद्यार्थीमैत्री शिक्षा ऐन लागू गर्न माग गर्दै विद्यार्थी संगठनहरुले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।

मंगलवार बिहान मन्त्रालयमा विद्यार्थी संगठनहरुले ज्ञापन पत्र कार्यवाहक प्रधानमन्त्री सिंहलाई बुझाएका हुन् ।

विधेयकले शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाहरुको विदेश पलायनलाई प्रोत्साहन गर्ने गरी आएको विद्यार्थी संगठनहरुको आरोप छ । विश्वव्यापी कानूनी एवं नैतिक मूल्यको जगमा शिक्षाको अभिभावकत्व एवं अभिभावकविहीन बालबालिकाको शिक्षादिक्षा एवं भरणपोषणको मूल दायित्व राज्यको हुनेगरी व्यावसायिक, नैतिक, प्रतिष्पर्धी, पहुँचयुक्त, राष्ट्रिय हितप्रति समर्पित हुने जनशक्ति निमार्ण गर्ने शिक्षाको व्यवस्था गर्न माग गरेको छ ।

ऐनमा समावेश गरी अविलम्व विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । संविधानमा व्यवस्था भए बमोजिम आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा पूर्ण निःशुल्क पाउने व्यवस्था अविलम्व अक्षरशः कार्यान्वयन गर्न माग गरेका छन् ।

समाजलाई अगाडि बढाउन महिलाकोे विशेष भूमिका : उपप्रधानमन्त्री सिंह
काठमाडौँ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई अगाडि बढाउन महिलाको विशेष भूमिका रहेको बताउनुभएको छ ।

कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घ काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको ‘तीज विशेष’ कार्यक्रममा उहाँले मुलुकको राजनीतिक परिवर्तनमा महिलाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

उहाँले तीजको मान्यतालाई तलमाथि नपर्ने गरी, मौलिकता नविर्सिकन मनाउनुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री सिंहले चेलीबेटीले तीजमा गीत र नृत्यमार्फत सुखदुःख अभिव्यक्त गर्ने परम्परा रहेकाले तीज मनाउँदा यसको मौलिकता विर्सन नहुने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले तीज मनाउँदै गर्दा यसरी भेला भएर गाउन पाउने, नाच्न पाउने अधिकारका लागि विशेष गरी नेपाल महिला सङ्घ र त्यसको संस्थापक मङ्गलादेवी सिंहको योगदानको स्मरण गर्नुभयो ।

“पुरुषसरह सम्पूर्ण अधिकार प्राप्त गर्ने मात्र होइन की अधिकारसँगै आफूले पूरा गर्नुपर्ने जिम्मेवारीमा पनि महिला सजग हुनुपर्छ”, उहाँले भन्नुभयो । रासस

संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन
काठमाडौँ। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमै बोलाएर निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।

सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको भन्दै उहाँले कुनै पनि अवस्थामा समयमै काम हुनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो,“समन्वयात्मक रूपमा अघि बढुनुहोस् । कार्यतालिका बमोजिम काम गर्नुहोस् । संसद् भवनकै कारण मन्त्रालयमाथि प्रश्न उठेको छ । केही समस्या परे मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्छ, तर काममा आलटल स्वीकार्य हुँदैन ।”

उहाँले निर्माण कम्पनीलाई नियमित प्रगति विवरण पेस गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न निर्देशन पनि दिनुभयो ।

छलफलमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता रहेको थियो । बैठकमा विशेष भवन आयोजना प्रमुख सहसचिव सुनिल ठाकुरले निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अवस्थाबारेमा जानकारी गराउनुभयो । अब भवन वरिपरी बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटरीको काम, आन्तरिक सजावटलगायत काम बाँकी रहेको उहाले बताउनुभयो ।

निर्माण व्यवसायीले अधिकांश काम सम्पन्न भइसकेको भन्दै तालिकाअनुसार बाँकी काम अघि बढाउने प्रतिबद्धता जनाएका थिए । अगामी पुस मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने कार्यतालिका छ । रासस

फोहोर व्यवस्थापनको लागि सिसडोल–बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिल साइटको विकल्पको अध्ययन गर्दैछौंः उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उहाँले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि निर्माण गरिएको सेनेटरी ल्याण्डफिल साइटसहितको पूर्वाधार कार्य महानगरलाई हस्तान्तरण गरिएको समेत बताउनु भयो । उहाँका शहरी विकास तथा भवन निर्माण विभागमार्फत करिव ४० मिटर उचाईको बारमध्ये हाल २५ मिटर उचाईको बारसहित सम्पूर्ण भौतिक संरचना निर्माण कार्य पूरा भई सञ्चालनको लागि महानगरलाई उपलब्ध गराइएको छ ।

त्यसको उचाई बढाउन खरिद प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ । उहाँले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोगमा रहेका सिसडोल र बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिल साइटका विकल्पको अध्ययन गर्ने, सिसडोल क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र स्थानीय माग सम्बोधन गर्नेतर्फ मन्त्रालय निरन्तर सक्रिय रहेको दाबी गर्नुभयो । उहाँले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनलाई वैज्ञानिक ढंगले अघि बढाउन महानगरपालिकासँग सहकार्य भइरहेको समेत बताउनु भयो । उहाँल फोहोरबाट उत्पन्न ब्याक्टेरियाको नियन्त्रण, कुहिने–नकुहिने फोहोरको वर्गीकरण, विद्युत उत्पादन, कम्पोस्ट मल निर्माण र कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने कार्यसमेत योजनाबद्ध ढंगले अघि बढाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरमा फोहोरमैलाको दीर्घकालिन व्यवस्थापनका लागि बञ्चरेडाँडामा सेनेटरी ल्याण्डफिलसाइट लगायतको पूर्वाधार निर्माण गर्ने जिम्मेवारी शहरी विकास मन्त्रालयलाई तोकिएकोमा शहरी विकास तथा भवन निर्माण विभागमार्फत उक्त ल्याण्डफिल्डसहितको करिब ४० मिटर उचाई को बारमध्ये हाल २५ मिटर उचाईको बारसहितको सम्पूर्ण भौतिक पूर्वाधार निर्माण सम्पन्न गरी सञ्चालनको लागि काठमाडौं महानगरपालिकालाई उपलब्ध गराएको छ । हाल त्यसको उचाई बढाउनको लागि खरिद प्रक्रिया अगाडि बढेको छ । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनमा प्रयोग भएको स्थानीय सिडोल र बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिलसाइटका विकल्पहरु तथा सिसडोल क्षेत्रमा फोहोबाट उत्पन्न समस्या समाधान तथा स्थानीयका मागहरु सम्बोधन हुने कार्यहरु समेत यस मन्त्रालयबाट हुँदै आइरहेका छन् । बञ्चरेडाँडामा काठमाडौंमा महानगरको फोहोर व्यवस्थित ढंगले बिसर्जन गर्ने फोहोरबाट उत्पन्न ब्याक्टेरियाको नियन्त्रण गर्ने, कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी विद्युत उत्पादन गर्ने, कमपोस्ट मल बनाउने तथा कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने तथा स्थानीयवासीको समस्या समाधान गर्ने जस्ता विषयहरुमा काठमाडौं महानगरपालिका र अन्य सम्बन्धीत निकायहरुसँग समन्वय र सहकार्य हुँदै आएको छ ।’

उपप्रधानमन्त्री सिंहले स्वस्थ र सफा शहर निर्माणका लागि सबै तहको सरकारसँग समन्वय र सहकार्यका साथ काम गरिरहेको बताउनु भयो ।

सामाजिक सञ्जालमा फैलाइएको झुटो कुरा छुट्याउन विवेक प्रयोग गरौँः उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले हाल सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार हुने गरेको बताउनुभएको छ ।

सोमवार राजधानीमा आयोजित नेपाली विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनीमा उहाँले सामाजिक सञ्जालमा आएका हरेक कुरा सही नहुने बताउनुभएको हो ।

उहाँले कुन सही, कुन झुटो कुरा हो भनेर तथ्य पत्ता लगाउने बानी विकास गर्न समेत आग्रह गर्नुभयो । कतिपयले सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागी म्यासेजहरु पठाउने गरेको उल्लेख गर्नुहुँदै उहाँले यो ठिक छैन भनेर फिल्टर गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता कुरामा आफ्नो बुद्धि विवेकलाई  प्रयोग गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अहिले जुन सोशल मिडियाको जमाना छ । यसमा तपाई हामीले एउटा राम्रोसँग बुझ्नुपर्ने कुरा के हो भन्दाखेरी के झुटो समाचार हो, कुन चाँहीमा कत्तिको तथ्य छ भन्ने कुरा त हामी धर्तीमा जन्मेपछि भगवानले सबैलाई हामीलाई बुद्धि दिएको छ, विवेक दिएको छ । हामीले बुझ्नु त प¥यो नी छ । सामाजिक संजालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागी पठाएका म्यासेजहरुलाई यो ठिक छैन भन्ने कुरालाई फिल्टर गर्ने क्षमता त हामीले पनि विकास गर्नुप¥यो नी । कसैले लेखिदियो भन्दैमा सबै कुरा शत प्रतिशत सही हो भन्न भएन । हामी संग भएका वुद्धि विवेकलाई पनि हामी प्रयोग गरौँ ।’

उहाँले देशमा बिस्तारै परिवर्तन आइरहेको बताउनु भयो । हाल समाजमा सरकारले यो गरेन, त्यो गरेन भन्ने प्रचलन बढेको उल्लेख गर्नुहुँदै उहाँले सरकारले नियम कानूनअनुसार प्रक्रिया मिलाएर काम गर्ने बताउनु भयो । हुकुमी शासन जस्तो नहुने उहाँको भनाई छ ।

मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंह रुष्ट
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति असन्तुष्टी जनाउनुभएको छ ।

सोमवार मन्त्रालयमा आयोजित शहरी विकासमन्त्री सिंह र सचिव गोपालप्रसाद सिग्देलबीचको कार्यसम्पादन सम्झौता कार्यक्रममा उहाँले कर्मचारीहरुले काम गर्नमा ढिलासुस्ती गर्ने गरेको बताउनुभएको हो ।

संस्थागत स्वामित्व लिएर कर्मचारीहरुले काम नगरिदिँदा धेरैजसो काममा ढिलासुस्ती हुने गरेको बताउनु भयो । ऐन, नियम, कानून, नियमावलीअनुसार गर्नुपर्ने निर्णय गर्न पनि कर्मचारीहरुले समयमा नै नगरिदिने गरेको उहाँको भनाई छ । कर्मचारीहरुकै कारण कतिपय कामहरु ३ वर्षमा सक्नुपर्नेमा ६ वर्ष लाग्ने, २ वर्षमा हुने काम ४ वर्षमा समेत नहुने गरेको उहाँले बताउनु भयो । कानूनअनुसार गर्नुपर्नेमा काममा ढिलासुस्ती गर्ने, आलटाल गर्ने काम नर्गन कर्मचारहरुलाई निर्देशन समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ मैले के देखिरहेको छु भने हाम्रो जुन संस्थागत रुपमा स्वामित्व लिएर संस्थालाई अगाडी बढाउने काममा चाहीँ तपाईंहरुको त्यसमा कमीकमजोरी देखिएको छ । मन्त्रालयबाट हामीले काम गर्ने भनेको जनताको सेवाको लागी हो । जनताको सेवा गर्नको लागी मन्त्रालय गठन भएको हो । सेवामा नै हामीले अनावश्यक रुपमा ढिलासुस्ती गर्न थालेपछि गाह्रो त हुने भयो नी । यहाँ मैले देखेको तपाईहरुको जुन जुन यो प्रोजेक्टमा नेतृत्व गरिरहेकाहरु होस् या विभागको या सबै ठाउँमा निर्णय गर्नुपर्ने ठाउँमा समयमा नै निर्णय गर्नुप¥यो नी । निर्णय गर्दाखेरी ऐन छ, नियम छ, निर्देशिका छ, सबै छ नी । त्यसैका आधारमा काम त गर्नुप¥यो नि । तर यहाँ त के देखियो भने अलि ढिलो गर्ने, यहाँ मैले गरेपछि केही हुन्छ की भनेर । खाली आफ्नो मात्रै कुरा गरेर हुन्छ, यहाँ ।’

‘यहाँ कर्मचारीहरुले पनि निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्नुप¥यो नी । कहीँ आपत छ भने के मा अष्पष्ट छ, आफु भन्दा माथीकोलाई खबर गर्ने, सहकार्य त हुनुप¥यो नी । फेरि यो नेपालको विकास निर्माणसंग सम्बन्धित मन्त्रालय पनि भएको कारणले गर्दा सबैले हेरिरहेका हुन्छन् । ३ वर्षमा सक्नुपर्ने ५÷६ वर्ष भइसक्यो भएको छैन । २ वर्षमा सक्नुपर्ने ३/४ वर्ष भइसक्यो भएको छैन । भनेपछि त कामै यो सरकारले गर्न नसक्ने हो की भन्ने खालको किन भईरहेको छ भने सबैले सरकारको कर्मचारी भएपछि आफ्नो जिम्मेवारीअनुसार ऐन कानुन, नियम, निर्देशिकाअनुसार गर्नुपर्ने निर्णय गर्नप¥यो नी त्यो नगरेर आलटाल गर्ने, ढिलासुस्ती गर्ने, त्यहाँबाट सरुवा भएर अरुलाई थुर्पादिर्ने त्यसो गरेर हुँदैन है । सबैले गनुपर्ने काम त गनुप¥यो नी त ।’

उहाँले जनतालाई परिणाम दिनेगरी काम गर्ने निर्देशन दिनुभयो । गएको एक वर्षमा राम्रो काम नभएको भन्दै उहाँले चालु आर्थिक वर्षमा जनतालाई महसुस हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमम मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतका शहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पूर्वाधार विकास विभाग, वाग्मतीसँग सम्बन्धित काठमाडौं उपत्यका विकास प्राधिकरणसँग सम्बन्धित कार्यलयहरुको सम्पूर्ण कार्य लक्ष्यलाई समष्टिगत गरेर कार्य सम्पादन सम्झौता गरिएको जानकारी दिनुभयो । सम्झौताअनुसार हरेक महिना भएको उपलब्धिलाई मन्त्री समक्ष रिपोर्टिङ गर्नुपर्ने उहाँको भनाई छ । प्रत्येक महिनाको मासिक विवरणमा प्रगतिमा हाँसिल भएको कुराहरुको लेखाजोखा हुने उहाँले बताउनु भयो । हाँसिल गर्न नसकेको विषयलाई भने स्पष्ट कारण र प्रमाणसहित अर्को महिना गर्नेगरी कार्ययोजना पेश गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतका शहरी विकास तथा भवन निर्माण विभाग, स्थानिय पूर्वाधार विकास विभाग, वाग्मतीसँग सम्बन्धित काठमाडौं उपत्यका विकास प्राधिकरणसँग सम्बन्धित कार्यलयहरुको सम्पुर्ण कार्य लक्ष्यलाई समष्टिगत गरेर माननिय उपप्रधानमन्त्रीज्यु र मन्त्रालयका सचिवबीचको कार्य सम्पादन सम्झौता भएको हो । यस सम्झौता अनुसार हामीले हरेक महिना भएको उपलब्धीलाई रिपोर्टिङ गर्नुपर्ने हुन्छ, माननिय उपप्रधानमन्त्रीज्युलाई । प्रत्येक महिनाको मासिक विवरण बुझाउनुपर्ने हुन्छ, त्यसमा चाहीँ मासिक प्रगतिमा हाँसिल भएको कुराहरुको लेखाजोखा हुन्छ । हाँसिल गर्न नसकेको भने स्पष्ट कारण र प्रमाणसहित पेश गर्नुपर्छ र अर्को महिना सक्नेगरी कार्ययोजना पेश गर्नुपर्छ ।’

शहरी विकास मन्त्रालयको कार्यक्रम तथा बजेट, सरकारको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक निति तथा कार्यक्रममा उल्लेख भएका मन्त्रालय अन्तर्गतको कार्यक्रमहरु निर्धारित समय, लागत र गुणस्तर अनुरुप सम्पन्न गर्नेगरी शहरी विकासमन्त्री सिंह र सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता भएको हो ।

उपत्यकाका नदीमा शुद्धता ल्याउने प्रयास भइरहेको छः उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाका नदीमा शुद्धता ल्याउनको लागि प्रयास भइरहेको बताउनुभएको छ ।

काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । वागमती, विष्णुमती लगायतका नदीलाई शुद्ध गर्नको लागि ढलको व्यवस्थापनको लागि बजेट पनि छुट्याइएको उहाँले जानकारी दिनुभयो । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष छनोटको काम भइरहेको जानकारी दिनुहुँदै उहाँले अध्यक्ष छनोटपछि बाँकी काम अगाडी बढाइने बताउनु भयो ।

उहाँले यसवर्ष सिधैै नदीमा गईरहेको ढल जाँच गर्नको लागी विशेष कार्यक्रम बनाएको जानकारी दिनुभयो । उहाँले नदीबाट निस्किने गन्ध रोक्ने गरी काम अगाडी बढाउने उल्लेख गर्नुभयो । पहिला लेआउट गरिसकेको ढललाई काम लाग्ने गरी सञ्चालनमा ल्याउनको लागि प्राविधिक तरिकाले अगाडी बढीरहेको उहाँको भनाई छ । धोवीखोलामा, वागमती, विष्णुमती लगायत सबै खोलाहरुमा के गर्दा राम्रो हुन्छ, त्यहीअनुसार शुद्धता ल्याउनको लागी प्रयास भइरहेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘यस पटकको बजेट, निति तथा कार्यक्रममा यहाँका वागमती, विष्णुमती लगायतका नदीनालालाई शुद्ध गर्नको लागी ढलको व्यवस्थापन गर्नदेखि लिएर व्यवस्थापन गर्नको लागि हामीले विशेष गरेर बजेट पनि राखेको छु । खास गरेर अहिले चाहीँ तपाईंहरुले भन्नुभएको छ, वागमती सभ्यतादेखि लिएर विशेष संरचनाको लागी त्यहाँ अध्यक्ष र सिईओको लागि अहिले प्रतिष्पर्धाको काम भइरहेको छ । अब त्यसमा चाहीँ जाँच भईरहेको छ । हेरौँ त्यसमा चाहीँ अब को आउँछ, आइसकेपछि अनि यो वागमती सभ्यताको अहिले जुन कार्यक्रमहरु छ । त्यसलाई हामी अगाडी बढाउनेछौँ । र यसपटक महिले अरु केही गर्न नसकेपनि यो जुन ढल नदीमा सिधै गइरहेको छ । त्यसलाई जाँच गर्नको लागि यस वर्ष विशेष कार्यक्रम बनाएको छु । पहिला लेआउट गरिसकेको जुन ढल छ, त्यसलाई चाहीँ काम लाग्ने गरिकन सञ्चालनमा ल्याउनको लागि के गर्नुपर्छ, प्राविधिक तरिकाले गरेर गन्ध चाहीँ रोक्नुपर्छ भन्ने कुरामा म अगाडी बढीरहेको छु । त्यहीअनुसार अहिले हामीले जोड दिइरहेका छौँ । धोवीखोलामा, वागमती, विष्णुमति लगायत सबै खोलाहरुमा के गर्दा राम्रो हुन्छ । शुद्धता ल्याउनको लागि प्रयास भइरहेको छ ।’

उहाँले काठमाडांैको समस्याकाकै रुपमा अव्यवस्थित बस्ती देखिँदै आएपनि यसलाई तत्काल हटाउन नसकिने बताउनु भयो । यो अति संवेदनशील भएकोले ईच्छा गर्दैमा सबै सुकुम्वासी हट्छ, भन्ने नसोच्न पनि उहाँले आग्रह गर्नुभयो ।

२०७२ सालको संंविधान आइसकेपछि मात्रै आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित भएको होः कार्यवाहक प्रधानमन्त्री सिंह
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले २०७२ सालको संंविधान आइसकेपछि मात्रै आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्राप्त अधिकारहरुको महत्व बुझेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले नेपालका बहुलजाती, बहुभाषी, बहुधार्मी भन्नेकुरा बहुदलीय व्यवस्था आइसकेपछि मात्रै आएको दाबी गर्नुभयो । नीति निर्माण गर्ने थलोमा अहिले आदिवासी जनजातिहरुको उपस्थिति उल्लेख्य रहेको तर यत्तिमै चित्त बुझाएर बस्ने अवस्था नरहेको बताउनु भयो ।

कार्यवाहक प्रधानमन्त्री सिंहले भन्नुभयो, ‘यो समय नै कस्तो छ भने हामीले जुन प्राप्त गरेका अधिकारहरु हुन्,ति अधिकारहरुको महत्वलाई बुझ्नुपर्छ । २०१७ सालको कु हुँदा र निर्दलीय पञ्चायती व्यवस्थामा के भएको थियो ? नेपालका बहुलजाती, बहुभाषी, बहुधार्मी भन्नेकुरा थियो र ? यसमा हामीले सोच्नुपर्छ । बहुदलीय व्यवस्था आइसकेपछि न त्यसमा पनि २०७२ को संविधान, नेपाली काँग्रेसको नेतृत्वमा जारी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गरिसकेपछि नेपालका तमाम आदिवासी जनजातिहरुले आफ्ना अधिकार प्राप्त गरेर ति अधिकारको सीमाभित्र बसेर संवेदनशील भएर आफ्ना अधिकारहरु प्रयोग गरेर अघि बढेका छाँै । नीति निर्माण गर्ने थलोमा संसदमा त्यहाँ उल्लेखनिय रुपमा आदिवासी जनजातिहरुको प्रतिनिधित्व छ । यतिमै चित्त बुझाएर बस्ने अवस्था छैन । अझ बढी संयमित भएर पाएको अधिकारको महत्वलाई बुझेर जिम्मेवारीवोध गरेर आफ्ना गतिविधि अघि बढाउँदा राम्रो हुन्छ ।’

कार्यवाहक प्रधानमन्त्री सिंहले प्राप्त अधिकारको महत्व बुझेर अघि बढ्न पनि आग्रह गर्नुभयो । संस्कार, संस्कृति, परम्पराहरु आदिकालदेखि नै आदिवासीहरुले बोक्दै आएको बताउनु भयो ।

भेरी र बबई नदीको जलस्तर खतराको तह भन्दा माथिः सुरक्षाकर्मी परिचालन गर्न कावाहक प्रधानमन्त्री सिंहको निर्देशन
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्ती र बबई नदीमा जलस्तरले खतराको तह पार गरेको भन्दै जोखिमयुक्त स्थानहरुमा सुरक्षाकर्मीहरु परिचालन गर्न निर्देशन दिनुभएको छ ।

नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको र भेरी र बबई नदीमा जलस्तर खतराको तह भन्दा माथि गएकाले जनधनको क्षति हुन नदिन सुरक्षाकर्मीहरु परिचालन गर्न निर्देशन दिनुभएको हो ।

कार्यवाहक प्रधानमन्त्री सिंहको भनाइ उद्धृत गर्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले बबई र भेरीमा जलस्तरले खतराको तह पार गरेको अवस्थामा त्यहाँको स्थितिबारे जानकारी लिनुभएको बताउनु भयो । उहाँले जनधनको क्षति हुन नदिन समयमै शतर्कता अपनाइ सुरक्षाकर्मीहरु जोखिमयुक्त स्थानमा तैनाथ गर्न निर्देशन दिनुभउको बताउनु भयो । साथै मंगलावर (आज) महाकाली र कर्णालीमा पनि जलस्तर बढ्ने पूर्वानुमान रहेकाले त्यहाँ पनि सचेत हुन आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘राप्ती र बबई नदीमा जलस्तर बढेको स्थितिमा आकस्मिक बैठक बोलाउनुभएको हो । त्यो बाहेक देशभर विपद्मा के भइरहेको छ र कहाँ पानी कति परेको छ भन्ने सन्दर्भमा छलफल गरेका छौँ । आजका लागि राप्ती, बबई, कर्णाली र महाकाली क्षेत्रमा अलि बढी पानी पर्ने भएकाले र जलस्तर बढेकाले सचेत हुन सबै सम्बन्धित जिल्लाका सिडिओहरुलाई र सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिनुभयो । राप्ती र बबईमा जलस्तर खतराको तह पार गरेको हुनाले सूचना जारी गरिसकेका छौँ । त्यही क्षेत्रमा कर्णाली र महकाली रहेकाले जलस्तर बढ्नसक्ने आँकलन छ । त्यो क्षेत्रका सबै नदीहरुमा सचेत रहन सूचना जारी गरिएको हो ।’

कार्यकारी प्रमुख भट्टकाअनुसार कार्यवाहक प्रधानमन्त्री सिंहले मधेस प्रदेशमा वर्षाको अवस्थाबारे पनि चासो लिनुभएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यहाँको वस्तुस्थिति बारेमा पनि कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराउनुभएको छ ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड
कास्की। कार्यवाहक प्रधानमन्त्री एव शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानअनुसार सङ्घीयता कार्यान्वयनमा जोड दिनुभएको छ ।

आज पोखरामा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ठूला योजना सङ्घले, मध्यम योजना प्रदेश र साना योजना स्थानीय सरकारले बनाउने हो । तर सो अनुसार अहिले कार्यान्वयन हुन सकिरहेको छैन ।”

उहाँले आगामी दिनमा सङ्घीयताको अभ्यास हुँदै जाँदा व्यावहारिक रुपमै कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री सिंहले विकास निर्माणका काम सम्झौताअनुरुप समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले भौतिक निर्माणलाई समयमै सम्पन्न गर्न कडाइका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । मन्त्री सिंहले संविधानले परिकल्पना गरेअनुसार अधिकारहरु प्रदेश र स्थानीय तहमा पु¥याउन नसकेको स्वीकार गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उस्तै योजना कार्यान्वयन गर्दा सङ्घीयताको मर्मविपरीत भएको बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सङ्घीय सरकारले निर्माण गरेका पूर्वाधारहरुको पनि महानगरबाट पूरा गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

नवनिर्मित सो कार्यालयको भवन रु चार करोड १७ लाख ३३ हजार ६८६ मा निर्माण गरिएको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख (सिडिई) सुनिता श्रेष्ठले जानकारी दिनुभयो ।

भवन निर्माणको जिम्मा सूर्य कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो । सो कम्पनीले तोकिएको मितिभन्दा अगावै भवन निर्माण गरेको हो । रासस

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू -एलएलडिसी_को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनु भयो । वर्तमान सरकारले ६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर अघि बढेको बताउनु भयो । गत निर्वाचन सकिनासाथ सरकारमा नहुँदा काँग्रेसीजनमा कस्तो भएको थियो भन्ने विचार गर्न पनि सचेत गराउनु भयो । आफूहरु मन्त्री, उपप्रधानमन्त्री र सांसद बन्छु भनेर त्यसबेला पार्टीमा आवद्ध भइ आन्दोलनमा नहोमिएको बताउनु भयो । आन्दोलनमार्फत आफूहरुले जनताको अधिकार पुनःवहाली गरेको बताउनु भयो । उहाँले अबको काम प्राप्त अधिकारलाई सुरक्षित गर्नु रहेको पनि बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘हामी जनतालाई अधिकार दिनका लागि राजनीतिमा आएको हो । केही प्राप्त होला, उपप्रधानमन्त्री, मन्त्री, सांसद बनौँला भनेर पार्टीमा लागेको होइन । जनताको अधिकार खोसिएको छ, त्यसको पुनःवहाली गर्न ज्यान समर्पण गर्नपरे पनि गर्ने भनेर राजनीतिमा लागेका हौँ । हामीले पार्टीलाई अझ व्यवस्थित गर्नको लागि के नै गुमाउनुपरेको छ र ? जेल जानुपर्छ ? पहिला त जेल जानुपर्ने, पुलिसको लाठी खानुपर्ने, निर्वासित जीवन बिताउनुपर्ने, परिवारसँग अलग भएर बस्नुपर्ने, परिवारको अवस्था नाजुक हुने थियो । त्यो सबै चुनौतिको सामना गरेर हामीले अधिकारका लागि लडेका हौँ । अब तपाईं हाम्रो काँधमा प्राप्त अधिकारलाई सुरक्षित गर्न नेपाल्ी काँग्रेस पार्टीको नेतृत्व अघि बढ्दा राम्रो हुन्छ । सरकारमा गएर के न भयो भन्छ । सरकारमा निर्वाचन सकिनासाथ काँग्रेस सरकारमा जान नपाउँदा के भएको थियो भन्ने ति दिनहरु सम्झना गरौँ । सरकारमा खालि सत्तामा जान, मन्त्री, उपप्रधानमन्त्री हुन मात्रै गएका होइनौँ । सात बुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आँकलन नगरौँ । राजनीतिक स्थिरता ल्याउनका लागि देशको ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर अरु दलहरुलाई पनि समेटेर यो वर्तमान गठबन्धन सरकार चलिरहेको छ । नत्र ६ महिनामा त सरकार परिवर्तन भइरहन्थ्यो । जनताले के भन्न थाले भने सरकारको बनेदेखि दिनगन्ती शुरु हुन्छ । जनताका विषयमा सरकारले के काम गर्दछ ? भन्न थाले । स्थिरता र स्थायित्व चाहियो भनेपछि अहिलेको गबठन्धनको आवश्यकता भएर बनेको हो । ’

उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताउनु भयो । काँग्रेसलाई विधि, नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने बताउनु भयो । काँग्रेसलाई चुनौतिको सामना गर्नसक्ने बनाउनु बाहेकको उद्देश्य आफूमा नरहेको बताउनु भयो ।

गीत, संगीतले समाजलाई उन्नत बनाउँछः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा गीतकार देवी पराजुलीका गीतहरु सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रतिभाशाली व्यक्तिहरुलाई आफूले सकेको मद्दत गर्नुले उसको मनोबल माथि उठाउन मद्दत पुग्ने बताउनु भयो । उहाँले आफू संगीत प्रेमी भएको बताउँदै समाजमा भएका कुरालाई यथार्थ रुपमा गीत संगीतका माध्यमबाट उतारेर हृदयस्पर्शी बनाउनुपर्ने बताउनु भयो । गीत, संगीतका लागि संविधानले दिएको अधिकार कार्यान्वयन गर्न आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘प्रतिभाशाली व्यक्तिलाई थोरै भएपनि हौसला बढाउनसके त्यो पनि उपलब्धि हुन्छ । गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम हो । म म्युजिक लभर हो । म सुन्छु । सुन्न पनि त चाहियो नि त । गीतले समाजमा भएका कुरालाई हृदयमा छुनेगरी गीतकारले रचना गरेपछि र गायकले पनि त्यही अनुसार गाएपछि गीत पूरा हुन्छ । संविधानमा भएका अधिकार कानून बनाएर कार्यान्वयनमा ल्याउनुपर्छ भन्नुभएको छ । त्यसमा मैले खेल्नुपर्ने भुमिका म खेल्नेछु ।’

उपप्रधानमन्त्री सिंहले संविधानमा भएका कुराहरुलाई कार्यान्वयन गराउन सबैको पहल जरुरी रहेको बताउनु भयो ।