पुछ्रेतारा – News Polar

पुछ्रेतारा: कहाँबाट कसरी हेर्ने?
नाम पुछ्रेतारा भएपनि वास्तबमा पुछ्रेतारा तारा नभएर ब्रह्माण्डमा भएको बरफ, धुलो तथा पानीको खगोलिय पिण्ड हो । सुर्येको नजिक आउदा सुर्येको तापले गर्दा उक्त पिण्डबाट ग्यास बन्दै जान्छ जुन हामीले पुच्छर को रुपमा देख्ने गर्छौं भने बाकी पिण्ड पनि सुर्येको प्रकाशले गर्दा चम्किलो देखिन्छ ।

पुछ्रेताराको आकार-प्रकार, पुच्छरको लम्बाई, रंग, चम्किलोपना, परिक्रमा अवधि आदि कुराहरु पुछ्रेताराको बनोट र परिक्रमाको बाटो मा भर पर्दछ । बिभिन्न समयमा विभिन्न नाम गरेका पुछ्रेताराहरु पृथ्वीको नजिकबाट जाने गर्छन । ति मध्ये कति नाङ्गो आखाले पनि सजिलै देख्न सकिन्छ भने कति दुरबिन तथा अत्याधुनिक यन्त्रको सहयोग ले मात्र देख्न सकिन्छ ।

यस्तै पुछ्रेताराहरु मध्ये हाल आकाशमा रहेको एउटा पुछ्रे तारा हो “लेमन” पुछ्रेतारा । करिब १३५० वर्ष पछी देखिएको यो पुछ्रेतारा वास्तविक बैज्ञानिक नाम भने “सी/२०२५ ए ६ लेमन” (C/2025 A6 (Lemmon) हो र यसको नाम यसरी रहन गएको हो ।

सी = यो पुछ्रेतारा ‘नन् पिरियोडिक’ पुछ्रेतारा हो मतलब यसको परिक्रमा अवधि २०० वर्ष भन्दा बढी छ (१ हजार ३ सय ५० वर्ष) ।

२०२५ = यो सम्बत २०२५ मा पहिलो पटक पत्ता लागेको हो ।

ए = यो जनवरी महिनाको पहिलो पन्ध्र दिनमा भेटिएको हो ।

( अंग्रेजी बर्ण अनुसार जनवरी को पहिलो पन्ध्र दिन ‘ए’ अनि जनवरीको बाकी पन्ध्र दिन ‘बि’ तेस्तै फेब्रुअरीको पहिलो पन्ध्र दिन ‘सी’ अनि फेब्रुअरीको बाकी पन्ध्र दिन ‘डी’ लगतै मार्चको पन्ध्र दिन ‘ई’ )

६ = यो उक्त समयमा भेटिएको छैठौं पुछ्रेतारा हो ।

लेमन = ‘माउन्ट लेमन सर्भे’ ले यो पुछ्रेतारा पत्ता लगाएको हो ।

यसको मुख्य भाग हरियो देखिएकाले यसलाई हरियो पुछ्रेतारा पनि भनिएको हो ।

कुनै पनि खागोलिय पिण्ड नांगो आखाले देख्न सकिन्छ कि सकिदैन भन्ने कुरा धेरै कुरामा निर्भर गर्छ । जस्तो कि उक्त पिण्ड उत्तरी गोलार्ध तर्फ छ कि दक्षिणी ? उक्त पिण्डको चम्किलोपना, आकाशमा जुनको प्रकाश, हेर्ने मानिस भएको ठाउँमा भएको प्रकाश प्रदूषणको स्थर आदि । हाल हाम्रो आकाशमा रहेको पुछ्रेतारा हामी भएको उत्तरी गोलार्ध तर्फ छ भने यसको अनुमानित चम्किलोपना (म्यागनिच्युड स्केल) ६ को आसपास रहेको छ । जुन नाङ्गो आखाले देख्न सकिने सिमाना पनि हो । ६ भन्दा कम चम्किलोपना भएको खागोलिय पिण्ड हामीले नाङ्गो आखाले देख्न सक्छौ भने ६ भन्दा माथिका बस्तुहरु हेर्नको लागि हामीलाई अन्य यन्त्रको सहयोगको आवस्यकता पर्दछ । उदहारणको लागि सुर्यको म्यागनिच्युड स्केल माइनस २६.७४ , पूर्ण चन्द्रको माइनस १२.५ , हाम्रो आकाशमा घाम र जुन पछिको सबैभन्दा चम्किलो पिण्ड शुक्र ग्रहको माइनस ४.४ , सबैभन्दा भन्दा चम्किलो तारा सिरियस को माइनस १.४६ , तथा धुर्बतारा (पोलारिस) को प्लस २ हो ।

हाम्रो आकाशहरु बिस्तारै तारा बिहिन हुदै छन् । प्रकाश प्रदूषण को कारणले गर्दा हामीले सहरी भेग बाट आकाश धमिलो देख्छौ भने ताराहरु निकै कम देख्ने गर्छौं । तुलनात्मक रुप मा गाउँमा भने आकाश अलिक अध्यारो र धेरै ताराहरु देख्न सकिन्छ । आकाशको प्रकाश प्रदूषण ब्रोटल स्केलमा नाप्ने गरिन्छ । जसमा एक देखि नौ सम्म को अंक हुन्छ । १ भनेको पृथ्वीमा भएको सबैभन्दा अध्यारो आकाश तथा ९ भनेको एकदमै प्रदुषित भित्रि सहरी आकाश ।

हामी जति अध्यारो आकाशमुनि हुन्छौ त्यति धेरै आकाशका तारा तथा अन्य बस्तुहरु राम्रोसंग देख्ने सक्छौ । नेपालका केही प्रमुख ठाउँहरुको हालको ब्रोटल स्केलहरु करिब यस प्रकार छ । काठमाण्डौको ब्रोटल स्केल ४, बीरगंजको ब्रोटल स्केल ५, बुटवलको ब्रोटल स्केल ४ तेस्तै उच्च पहाडी तथा हिमाली ठाउँमा ब्रोटल स्केल १ को आकाशहरु पनि रहेको छ ।

कहाँबाट कसरी हेर्ने?

अक्टोबर २१ मा पृथ्वीको सबैभन्दा नजिक हुदा म्यागनिच्युड प्लस ५.४७ को आसपास भएको रहेको छ जुन नाङ्गो आखाले देख्ने उच्चतम सिमाना भन्दा केहि कम हो ।

हाल ( २०८२/७/४) गते पुछ्रेताराको चम्किलोपना ५.४७ को आसपासमा रहेको छ । साथै औंसी को रात भएकोले चन्द्रमाको प्रकाशले असर गर्ने छैन ।

शहर भन्दा टाढा प्रकाश प्रदूषण कम भएको ठाउँमा सुर्य अस्ताई सकेपछी उत्तर पश्चिमी आकाशमा सुर्य अस्ताएको ठाउँ भन्दा केही उत्तर तिर क्षितिज भन्दा केही माथि हेर्दा यो सानो प्रकाशको धमिलो डल्लो जस्तो देख्न सकिने सम्भावना छ ।

सामान्य दुरबिन अथवा क्यामेराको सहयोगले भने सजिलै देख्न सकिन्छ । चमिक्लोपना ५ को आसपास भएको, क्षितिजबाट थोरैमात्र माथि भएको साथै पुछ्रेताराको बारेमा अनुमान गर्न एकदमै ग्राहो हुने भएकाले नाङ्गो आखाले देखिन्छ नै भन्न सकिने अवस्था भने छैन तर देख्न सकिने सम्भावना छ ।

फोटोको बारेमा

माथिको फोटो ५६ वटा लाईट फ्रेम लाई ‘सिरिल’ मा स्ट्याक गरेर ‘लाईटरूम’ तथा ‘फोटोसपको’ सहयोगमा तयार गरिएको हो । करिब १८ मिनेट बराबरको डाटा डीएसयालआर क्यामेराले २०८२/०७/०२ गते साझ जन्तिलुङ्ग बाट साझ साढे ६ बजे देखि साढे ७ बजेको बिचमा लिईएको हो ।

(EXIF: 56 light frames of ISO 400 f/2.8 20sec each stacked without calibration frame in siril and processed in PS

date taken 2082/7/02

(Equipment Used: canon 6d mk ii

Tamron 70-200mm f/2.8 Di VC USD G2

Skywatcher Star Adventurer GTi GoTo Mount