पार्क सङ्कटमा – News Polar

संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
खोटाङ। खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा स्थापना गरिएको प्रजातान्त्रिक योद्धा एवं क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क (उद्यान) सङ्कटमा परेको छ ।

तत्कालीन १ नं प्रदेश (हाल कोशी प्रदेश सरकार)को रु ३० लाख तथा खोटेहाङ गाउँपालिकाको रु ४९ लाखगरी जम्मा रु ७९ लाखमा स्थापना गरिएको क्रान्ति नायक राईको पूर्णकदको शालिक तथा स्मृति पार्क संरक्षण अभावमा सङ्कटमा परेको हो ।

क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिकस्थल टुँडीखेललाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्यका साथ तीन वर्षअघि क्रान्ति नायक राईको शालिकसहितको स्मृति पार्क निर्माण गरिएको थियो ।

विसं २०८० फागुन ८ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य (हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य) रामकुमार राई ‘पासाङ’ले क्रान्ति नायक राईको शालिकसहितको पार्क उद्घाटन गर्नुभएको हो ।

ऐतिहासिकस्थल टुँडीखेलमा क्रान्ति नायक राईको शालिक, पार्क, प्रतीक्षालय, बगैँचालगायत  भौतिक संरचना निर्माण गरिएको छ । फाइवर प्रयोग गरेर निर्माण गरिएको क्रान्ति नायक राईको पूर्णकदको शालिकसहितको स्मृति पार्क सञ्चालनमा आएको तीन वर्ष नपुग्दै अलपत्र बन्नुमा सम्बन्धित निकायको बेवास्ता देखिएको छ ।

क्रान्ति नायक राईको शालिकसहितको स्मृति पार्क संरक्षण गर्न लगाइएको घेराबार, सजावटका लागि जडान गरिएको बिजुली बत्ती, शालिक वरपर ठड्याइएको फलामे रेलिङ, बगैँचामा लगाउनेगरी पानी जम्मा गर्न राखिएको हिलटेकलगायत भौतिक संरचना भत्काइएको पाइएको छ । पार्कभित्र फोहरका डङ्गुर थुप्रिनुका साथै सिरु (एक प्रकारका घाँस), झारपातलगायत पलाएर कुरूप बनेको छ ।

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वसांसद विशाल भट्टराईको घर अगाडि स्थापना गरिएको क्रान्ति नायक राईको शालिकसहितको पार्क संरक्षणमा कसैको ध्यान नपुग्नुमा सामाजिक सञ्जाल फेसबुकमार्फत आलोचना सुरु भएको छ । इलाका प्रशासन र इलाका प्रहरी कार्यालय खोटाङबजार नजिकै स्थापना गरिएको क्रान्ति नायक राईको शालिकसहितको पार्क तोडफोडमा संलग्न दोषीको पहिचान तथा कारबाहीमा अहिलेसम्म कसैको ध्यान नजानु झनै शङ्का विषय बनेको छ ।

ऐतिहासिकस्थल टुँडीखेलमा स्थापना गरिएको पार्क संरक्षण तथा प्रवद्र्धनमा कसैले पनि अपनत्व नलिँदा अलपत्र परेको भगवती दीनानाथ माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर बस्नेतले बताउनुभयो ।

“क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क एमाले नेता विशाल भट्टराईको पहलमा स्थापना गरिएको हो । यसको संरक्षण तथा प्रवद्र्धनमा अहिले कसैले चासो दिएको छैन”, उहाँले भन्नुभयो, “ऐतिहासिकस्थल टुँडीखेललाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । अहिले बनेका संरचनासमेत भग्नावशेषमा परिणत हुनु दुःखको विषय हो । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

खोटेहाङ गाउँपालिकाका तत्कालीन गाउँपालिका प्रमुख प्रदीप राई र उपप्रमुख कविता राईको पालामा गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारेर क्रान्ति नायक राईको स्मृति पार्क निर्माणको काम अघि बढाएको थियो । पर्खाल, प्रतीक्षालय लगायतका भौतिक संरचनाहरू त्यसअघि नै निर्माण गरिएको टुँडीखेलमा क्रान्ति नायक राईको शालिकसहितको स्मृति पार्कले पूर्णता पाएको थिएन ।

खोटाङको पुरानो सदरमुकाम (विसं २०२०सम्म जिल्लाका सम्पूर्ण प्रशासनिक कार्यालय रहेको) खोटाङबजारका स्थानीय युवाले फुटबल खेल्न प्रयोग गर्दै आएका टुँडीखेलमा रामप्रसाद राई पार्क स्थापना गरेपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएका थिए । तत्कालीन जनप्रतिनिधिले निर्माणको काम सुरु गरेको क्रान्ति नायक राईको शालिकसहितको स्मृति पार्क वर्तमान गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ र उपप्रमुख रूपेश राईले निर्माणको कामलाई पूर्णता दिएर सञ्चालनमा ल्याउनुभएको हो ।

ब्रिटिस आर्मी (बेलायती सेना)को जागिर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालीन राणा सरकारले क्रान्ति नायक राईको कमाण्ड (नेतृत्व)मा खोटाङबजारमा सेना खटाएको थियो । स्थानीय पूर्खाहरू (बुढापाका)का अनुसार क्रान्ति नायक राईले आफू कमाण्डर भएको समय अर्थात् विसं २००५ तिर टुडीखेलमा समी, लाकुरी, सिमल र भगवती माविको प्राङ्गणमा करवीर फूलको बिरुवा रोप्नुभएको हो ।

क्रान्ति नायक राईले सिराहाबाट समीको बिरुवा ल्याएर टुँडीखेलको दक्षिणी किनारामा रोप्नुभएको स्थानीय पुर्खाले बताउँदै आएका छन् । क्रान्ति नायक राई राणाविरोधी सशस्त्र सङ्घर्षमा पूर्वी नेपालमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर रहनुभएको थियो ।

विसं २००७ मा क्रान्ति नायक राईकै कमान्डमा भोजपुर अड्डा कब्जा भएको इतिहासमा उल्लेख छ । नेपाल सरकारले विसं २०७५ पुस १५ क्रान्ति नायक राईको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरिसकेको छ ।

जवानबाट बढुवा हुँदै लेफ्टिनेन्ट बन्नुभएका राईले खोटाङबजारमै रहेको समयमा राणा सरकारबाट निष्कासित भएपछि घर (भोजपुर) फर्किएर राणा विरोधी गतिविधि सुरू गर्नुभएको थियो । खोटाङबजार छाड्नुअघि क्रान्ति नायक राई ‘वर्ष दिनभित्र देशमा उथलपुथल हुन्छ’ भन्दै भोजपुरतर्फ हिँडेको स्थानीय बासिन्दाले बताउँदै आएका छन् ।

क्रान्ति नायक राई छिमेकी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ बासिखोरामा बाबु धोजवीर राई र आमा रत्नमायाँ राईको कोखबाट विसं १९६५ फागुन १८ गते जन्मनुभएको थियो ।

प्रजातन्त्र स्थापनापछि विसं २००८ अन्तरिम प्रधानमन्त्री मोहनशमशेर राणाको निर्देशनमा पक्राउ पर्नुभएका क्रान्ति नायक राई हालसम्म बेपत्ता हुनुहुन्छ । रासस