पारिजात – News Polar

औषधीय गुणले भरिपूर्ण रातकी रानी अर्थात् पारिजात
काठमाडौं । नेपालमा प्राय: सबै जिल्लामा पाइने पारिजात फूल सजावटका रुपमा मात्र नभएर औषधिका रुपमा समेत प्रयोग गरिन्छ । यो फूल लोकप्रिय छ ।

पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

यसको जातीय नाम (वैज्ञानिक) निक्टान्थस अर्थात् निशा–पुष्प हो । यो जाई परिवारको वनस्पति हो, तर यसको पात भने कमलो र मुलायम नभई झन्डै खाक्सी जस्तै खस्रो हुन्छ ।

पारिजात फूलका बारे पनि रोचक पौराणिक कथाहरू सुन्न पाइन्छ । यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भन्ने चलन छ ।

पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ । फुलीको नली भने सुन्तले रंगमा अलि पहेँलो पहेँलो हुन्छ । यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएका शास्त्रोक्तिहरू भेटिन्छन् । तर पारिजातको दुखान्तकथा पनि कम मार्मिक छैन ।

पारिजातकी एक राजपुत्री थिइन् । तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ । पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन् । प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन्। दाहसंस्कार हुन्छ । त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ । त्यही हो, पारिजात । यो फुल चकमन्न रातमा बोटै भरी फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन् । शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू ।

अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ । बोटबाट फूल टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै प्रबल छ । यस वनस्पतिको प्रजातीय नाम आर्वोट्रिस्टिसले पनि दु:खित वृक्ष भन्ने नै अर्थ जनाउँछ । पारिजातको पूरा नाम निक्टान्थस आर्वोट्रिस्टिस को अर्थ लगाउन थाल्यौँ भने ’रातमा फुल्ने दु:खित वृक्ष’ भन्ने कुरा खुल्न आउँछ । ग्रीक भाषाको शाब्दिक संयोजनले यही भन्छ ।

पारिजात आऊँ, महिनाबारीका बखत धेरै रगत बग्ने, घाउ, दीर्घ खालको ज्वरो, दम, कफ, कब्जियत, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झर्नेमा पातको रस खाने चलन छ । पातलाई पानीमा हाली मधुरो आगोमा पकाएर खानुपर्छ । पात र फूललाई तातो पानीमा हाली सुत्केरी महिलालाई ख्वाउँदा छिटो साल–नाल झर्छ । अनुहारलाई चम्किलो बनाउन यसको फूलको लेदो दलिन्छ । तालु खुइलिंदा र स्कर्भीमा बीउको धूलो दलिन्छ । आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

घरमा लगाउनुस् यी चार फूल, बदल्नेछ तपाईको भाग्य
एजेन्सी । फूल फुल्ने रुख र बिरुवा रोप्दा घरको सौन्दर्य बढ्छ । यसका साथै घरमा सकारात्मक उर्जा पनि रहन्छ । वास्तुशास्त्रमा यस्ता केही फूलहरूको उल्लेख गरिएको छ, जसलाई रोप्दा घरमा सुख–समृद्धि आउँछ । आउनुहोस् हामी यस्ता केही बिरुवाहरूको बारेमा जानौं ।

धेरैजसो मानिसको घरमा गुलाबको फूल पाइन्छ । यसको सौन्दर्य र सुगन्धका कारण यसलाई फूलको राजा पनि भनिन्छ । वास्तुशास्त्रका अनुसार घरमा रातो गुलाबको फूल लगाउँदा घरबाट नकारात्मक ऊर्जा टाढा रहन्छ । र परिवारका सदस्यहरूमा प्रेम कायम रहन्छ ।

वास्तु शास्त्रमा हरसिङ्गारको बिरुवा रोप्नु घरको लागि धेरै शुभ मानिन्छ । यसलाई पारिजात पनि भनिन्छ । मान्यता अनुसार यो बिरुवा घरमा लगाउनाले देवी लक्ष्मीको कृपा सदैव रहन्छ ।

चमेली फूल धेरै सुगन्धित फूलहरू मध्ये एक हो । वास्तुशास्त्र अनुसार घरमा चमेलीको बिरुवा रोप्दा सकारात्मक उर्जा प्राप्त हुन्छ । चमेलीको फूलले शिवको पूजा गर्नाले सुख, शान्ति र उन्नति हुन्छ । यसका साथै परिवारबीचको मनमुटाव पनि कम हुन्छ ।

वास्तुशास्त्र अनुसार घरमा चम्पाको बिरुवा रोप्दा सौभाग्य प्राप्त हुन्छ । यो प्रयोग गर्नाले सबै प्रकारका दुःखबाट मुक्ति मिल्छ । यो सुगन्धित फूलले घरमा सकारात्मक उर्जा कायम राख्छ । र यसलाई लागू गर्नु धेरै शुभ मानिन्छ । यो बिरुवा उत्तर–पश्चिम दिशामा रोप्नु पर्छ ।