पहिरो र नदी कटान – News Polar

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ ।

सिँचाइ तथा जलस्रोत ब्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो ।

सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट दग्नाम गाउँको फेदी, कान्छीगाउँको फेदी पानाकोट र कुम्माखोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले बताउनुभयो ।

“भिरालो पाखामा रहेको दग्नाम गाउँ पहिरो र कम्माखोलाको कटान जोखिममा परेको थियो”, उहाँले भन्नुभयो, “ग्यावियन पर्खाल र तटबन्ध गरेपछि पहिरो, बाढी र कटानको जोखिममा घटेको छ ।”

एक सयभन्दा बढी घरपरिवारको बसोबास रहेको दग्नामका बासिन्दाले योजना निर्माणपछि सुरक्षित महसुस गरेका वडाध्यक्ष गर्बुजाले बताउनुभयो । रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै दर्मीजा, चिमखोला, कुइनेमङ्गले जोड्ने सडकलाई पनि सुरक्षित बनाएको छ । उक्त योजना निर्माणका लागि रु दुई करोड २५ लाख ६९ हजार ९२९ मा हिमालयन कन्ट्रक्सन÷ताण्डपेश्वर÷हिमालयन बिल्डर्स जेभीले २०८२ साल फागुन २९ गते ठेक्का सम्झौता गरेको थियो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले योजनामार्फत तीन हजार ७५३ घनमिटर ग्यावियन पर्खाल निर्माण गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । यही असार १९ गतेसम्मको ठेक्काको म्याद रहेको आयोजना निर्धारित समयअगावै सम्पन्न भएको उहाँले बताउनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद सम्झौतालगत्तै निर्माण सामग्री व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर निर्धारित समयअघि नै योजना सम्पन्न गरी जिम्मेवारी पूरा गरेको बताउनुभयो । स्थानीय जनप्रतिनिधि र समुदाय, आयोजना कार्यालयले सहजीकरण र समन्वय गरेकाले समयमै योजना सम्पन्न गर्न सफल भएको उहाँले बताउनुभयो ।

त्यसैगरी, सङ्घीय सरकारको रु दुई करोड ३९ लाख लगानीमा रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–दर्मीजा–चिमखोला–घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ९०० मिटर ढलान गरेर पक्की बनाइएको छ ।

दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मङ्गलेखानी, चौरखानी र पात्लेखर्क गाउँका बासिन्दा लाभान्वित भएका वडाध्यक्ष गर्बुजाले बताउनुभयो । रासस