पर्यटक – News Polar

अप्रिल २०२६ मा भित्रिए एक लाख ७ हजारभन्दा बढी पर्यटक
काठमाडौं । सन् २०२६ को अप्रिलमा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन एक लाख ७ हजार ९३४ पर्यटक भित्रिएका हुन् । बोर्डको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् ।

जुन कुल आगमनको ३१ प्रतिशत हो । त्यसपछि दक्षिण एसियाबाट एसियाली राष्ट्रबाट २६ हजार ७ २६ पर्यटक भित्रिएका छन् । युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट एक हजार ६९७ र अफ्रिकी मुलुकबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन् । मुलुकगत रूपमा भारतपछि चीन प्रमुख स्रोत बजारका रूपमा देखिएको छ भने अन्य एशियाली मुलुकहरू, युरोप र अमेरिकाबाट आउने पर्यटकहरूको संख्या पनि क्रमशः बढ्दो क्रममा रहेको छ । यसले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गर्दछ ।

देशगत तथ्यांक हेर्दा सैबभन्दा बढी १५ हजार १९६ र दोस्रोमा चीनबाट ११ हजार ७२२ पर्यटक भित्रिएका छन् भने तेस्रोमा बंगलादेशबाट ५ हजार २३१ पर्यटक भित्रिएका छन् । सन् २०२५ को अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक भित्रिएका थिए भने कोरोना महामारी अघि सन् २०१९ को अप्रिलमा एक लाख ९ हजार ३९९ पर्यटक भित्रिएका थिए ।

पछिल्लो समय पश्‍चिम एसियामा चर्किँदो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध सिर्जना, अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावितलगायतका कारण अप्रिलमा पर्यटक आगमनमा केही असर परेको देखिन्छ । नेपालमा पर्यटक संख्यामा वृद्धि गर्नका लागि डिजिटल मार्केटिङ, तथा नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्ने थप योजना, कार्यक्रम र रणनीतिहरु आवश्यक छ ।

2026-April-IVAs-Format

मौसम प्रतिकूल हुँदा सिक्लेसमा घट्यो पर्यटक
काठमाडौं । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा मार्च महिनामा पर्यटक आगमनमा गिरावट आएको छ। अघिल्लो महिनाको तुलनामा मार्चमा यहाँ आउने पर्यटकको संख्या घटेको हो।

सिक्लेसस्थित पर्यटक सूचना केन्द्रका अनुसार मार्च महिनामा एक हजार ९२६ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्। मौसम अनुकूल नभएका कारण अघिल्लो महिनाको तुलनामा पर्यटक संख्या घटेको केन्द्रले जनाएको छ।

जङ्गलले घेरिएको बस्ती, ढुङ्गाले छापिएका बाटाहरू र ठाउँ–ठाउँमा देखिने परम्परागत संरचनाले सजिएको सिक्लेस प्राकृतिक सौन्दर्यसँगै गुरुङ समुदायको संस्कृति, परम्परा र इतिहासका कारण विशेष रूपमा परिचित छ। साथै, यो स्थान नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा समेत चिनिन्छ।

समुद्र सतहबाट करिब एक हजार ९५० मिटर उचाइमा अवस्थित सिक्लेस गुरुङ सम्पदा पदमार्गअन्तर्गत पर्ने प्रमुख गन्तव्य हो।

यहाँबाट कफुचे, कोरी, क्होलासोँथर र दूधपोखरीसम्म पदयात्रा गर्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र आकर्षणको केन्द्र मानिन्छ।

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन
काठमाडाैँ । सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्कअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो । तथ्याङ्कअनुसार मार्च २०२६ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् ।

यो कुल आगमनको करिब ३५ दशमलव चार प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा बढी २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलङ्काबाट १० हजार ७५९, बङ्गलादेशबाट चार हजार ६७६ तथा सार्क अन्य मुलुकबाट पनि पर्यटकले नेपाल भ्रमण गरेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जानकारी दिए।

भारतबाट आउने पर्यटकको उच्च सङ्ख्याले धार्मिक, सांस्कृतिक तथा छोटो अवधिको भ्रमण प्रवृत्ति अझै बलियो रहेको देखाएको उनहाँको भनाइ छ । अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २२०, म्यानमारबाट छ हजार २० र थाइल्याण्डबाट तीन हजार ८९७ पर्यटक नेपाल आएका छन् ।

जापान, मलेसिया र दक्षिण कोरियाबाट पनि पर्यटकको उल्लेख्य आगमन भएको छ । समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, यो कुल आगमनको करिब २७ दशमलव सात प्रतिशत हो । युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि नभए पनि स्थिर देखिएको छ । पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ ।

एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकका रूपमा उनीहरूको योगदान महत्त्वपूर्ण मानिन्छ । सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने कोभिड–१९ सुरु हुनुअघि भने सोही महिनामा एक लाख २७ हजार ३५१ आगमन भएको देखिन्छ ।

सन् २०२६ को फेब्रुअरीमा एक लाख पाँच हजार ४४१ पर्यटक भित्रिएका बोर्डले जनाएको छ । मार्च÷अप्रिललाई पर्यटकीय मौसम, ट्रेकिङ यामलगायत पक्षका कारण पर्यटकको आगमन वृद्धि हुने महिनाका रूपमा हेरिन्छ । यस वर्षको मुख्य सिजनमा नै पश्चिम एसियामा चर्किंदो युद्धले अन्तरराष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकहरूले जारी गरेको ‘ट्राभल एड्भाइजरी’ का कारण उल्लेख्य वृद्धि हुनसकेको छैन । विशेषगरी यो याममा अरु महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको सङ्ख्या बढ्ने बोर्डले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले वैश्विक द्वन्द्व र अन्तरराष्ट्रिय उडान प्रभावित हुँदा पनि पर्यटकको आगमन कम देखिएको हुनसक्ने भन्दै तथ्याङ्क निराशाजनक भने नभएको बताए। “युरोप र अमेरिकाबाट हुने आगमन केही घटे पनि भारतलगायत छिमेकी मुलुकबाट पर्यटक आगमन बढ्नु सकारात्मक सङ्केत हो । हामीले पनि छिमेकी बजारलाई ‘क्यास’ गर्नेगरी प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ”, उनले भने,“यसका साथै युरोप र अमेरिकाजस्ता बढी खर्च गर्ने पर्यटक लक्षित बजारमा हाम्रो उपस्थिति अन्तरराष्ट्रिय मार्टमार्फत सशक्त बनाउँदै लगेका छौँ ।” जोशीले हालको तथ्याङ्क हेर्दा आत्तिनुपर्ने अवस्था नभएको भन्दै ढुक्क भएर बस्ने स्थिति पनि नभएको धारणा राखे ।

जनवरीमा मुस्ताङमा पर्यटक आगमन दोब्बरले वृद्धि
मुस्ताङ । यहाँको प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षभन्दा यस वर्षको जनवरी पहिलो महिनामै यहाँ पर्यटकीय उभार आएको हो ।

मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार चालु वर्षको सन् २०२६ को जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । एक्याप प्रमुख राजेश गुप्तका अनुसार यहाँ जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट १० हजार ४५ र अन्य फरेनर विदेशी पर्यटक ७७७ जना मुस्ताङ भित्रिएका हुन् ।

यसअघि सन् २०२५ को जनवरी पहिलो महिनामा चार हजार ३४६ विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोम कार्यालयको पर्यटकीय तथ्याङ्कमा उल्लेख छ । सन् २०२५ को जनवरीमा भन्दा सन् २०२६ को जनवरीमा छ हजार ४७६ ले वृद्धि भएको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तको भनाइ छ ।

सन् २०२५ को जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट तीन हजार ८३० र अन्य फरेनर विदेशी पर्यटकको सङ्ख्या ५१६ रहेको थियो । एक्यापका अनुसार सन् २०२५ को जनवरीभन्दा सन् २०२६ को जनवरीमा सार्क राष्ट्रतर्फ छ हजार २१५ जना र अन्य राष्ट्रका फरेनर विदेशी पर्यटक २६१ जनाले वृद्धि भएको हो ।

सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १४२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । विशेषगरी मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन सङ्ख्या उल्लेख्य वृद्धि भएको कार्यालय प्रमुख गुप्तले बताउनुभयो । राष्ट्रिय गौरवको बेनी–जोमसाम सडकमार्ग बर्सेनि सहज बन्दै जान थालेकाले विदेशी पर्यटकको सङ्ख्या अप्रत्याशित रुपमा वृद्धि हुँदै जान थालेको प्रमुख गुप्तको भनाइ छ । यहाँ सन् २०२६ मा दुई लाख विदेशी पर्यटक भित्रिने अनुमान रहेको एक्यापको ठम्याइ छ ।

मुस्ताङमा हिउँदयामको प्रतिकूल मौसमकका बाबजुद पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएको पाइएको छ । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले पर्यटकीय अफसिजनको समयमा समेत विदेशी पर्यटकको आगमन बढेकाले यहाँ पर्यटन व्यवसायीहरुलाई आशा जगाएको बताउनुभयो ।

विगतका वर्षहरुमा पर्यटक अफसिजनका कारण बन्द हुने मुस्ताङका होटल सञ्चालनमा छन् । मुस्ताङमा सडकको विकाससँगै बाह्रै महिना पर्यटकको आगमन भइरहेकाले यहाँ व्यवसायीहरुलाई मौसम प्रतिकूलताले असर नपारेको अध्यक्ष गुरुङले बताउनुभयो ।

पुस लागेसँगै यहाँको मौसमी तापक्रम माथिल्लो मुस्ताङमा २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ सम्म झर्ने गरेको छ । चिसोका कारण यहाँको स्थानीय जनजीवन आंशिक रुपमा प्रभावित रहे पनि पर्यटकको आगमनमा चिसोले बाधा पुगेको छैन ।

चिसो बढेसँगै मुस्ताङमा पर्यटक आगमन पनि घट्यो
मुस्ताङ । हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम जोमसोमका होटललगायत यहाँका राष्ट्रिय राजमार्गमा सञ्चालित होटल सुनसान हुन थालेका छन् ।

हिउँदयामको मौसममा यहाँको पर्यटन व्यवसाय ठप्पै हुने गर्छ । यसैका कारण यहाँ हुन पर्यटकीय ‘अफसिजन’को छेकोमा यहाँका पर्यटन व्यवसाय जाडो छल्ने बहानामा बेँसीतर्फ झर्छन् । पछिल्लो समय बेनी–जोमसोम सडक सहज भएकाले यहाँ कतिपय पर्यटन व्यवसायी पर्यटक पर्खिएर बसेका छन् । हिउँदयामको अत्यधिक चिसो बढेसँगै पोखरा–जोमसोम हवाइसेवा एक महिनाअगावै उडान स्थगित भइसकेको छ । राष्ट्रिय राजमार्ग सडकमा पनि पर्यटक सवार सवारीसाधनको चाप निकै न्यून भइरहेको छ ।

माथिल्लो मुस्ताङमा गत कात्तिकमा यस यामको पहिलो हिमपात भएको थियो भने तल्लो मुस्ताङमा हिमपात भएको छैन । तर, यहाँ हिउँदयामसँगै अत्यधिक चिसो र उत्तरी हावाहुरीको प्रभावले जनजिवन प्रभावित बनेको छ । पुस लागेसँगै यतिबेला बिहान र बेलुकीका समयमा माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिगी सेल्सियस र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।

यहाँ हिउँदयामको उन्मादको उत्तरी हावाहुरीको प्रभावका कारण स्थानीय नागरिक सहजै घर बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन । यहाँ मध्याह्नपख मौसम खुलेर घाम लागे पनि उत्तरी हावाहुरीसँगै चिसो सिरेटो चल्न थालेपछि दैनिक जनजीवनका असर परेको छ ।

अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङका लोमान्थाङका होटल र स्थानीयका घर पुरै बन्द छन् । त्यहाँका नागरिक घरमा ताल्चा मारेर जाडो छल्न बेँसी झरिसकेकाले माथिल्लो मुस्ताङ पूरै सुनसान बनेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो । यहाँस्थित मुक्तिनाथका होटल खुले पनि पर्यटकीय चहलपहल देखिँदैन ।

होटल र घरका स्थानीय नागरिक पर्यटकीय अफसिजन भएकाले आलोपालो गरेर बेँसी झर्ने गरेका छन् भने आंशिक जनशक्तिले होटल खोलेर बसेका छन् । बर्खायाममा खचाखच पर्यटकले भरिने यहाँका अधिकांश होटलले अफसिजनका कारण खाली भएका छन् । हिउँदयामको पुस र माघ महिना अधिकांश मुस्ताङवासी जाडो छल्न बेँसी झर्छन् । माथिल्लो मुस्ताङका नागरिक भने कात्तिक नलाग्दै जाडो छल्न बेँसी झर्ने र वैशाख लागेपछि मात्रै माथि उक्लिन्छन् ।

हिउँदयाम अत्यधिक चिसोसँगै माथिल्लो मुस्ताङमा खोला, शाखा नदी, घरका धारा, सिँचाइ कुलो र घरका सेफ्टी ट्याङकी जमेर बरफ बनेपछि त्यहाँका स्थानीय नागरिकको दैनिक जनजीवन प्रभावित बनेको छ । जाडो छल्न बेँसी नझरी गाउँ कुरेर बसेका स्थानीय नागरिकको स्वास्थ्यमा चिसोले असर पु¥याउने गरेको छ । तल्लो मुस्ताङमा स्थानीय किसान अत्यधिक चिसो सहँदै स्याउ बगैँचा व्यवस्थापन कार्यमा लागेका छन् ।

हिउँदयाम लागेसँगै यहाँ पर्यटकीय चहलपहल ह्वात्तै घटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मङ्सिरको तुलनामा पुसमा विदेशी पर्यटक बढे पनि स्वदेशी पर्यटकको सङ्ख्या घटेको छ । मङ्सिरको तुलनामा पुसमा २४ हजार १० अर्थात् ५६ दशमलव ६६ प्रतिशतले स्वदेशी पर्यटकको आगमन घटेको छ ।

यस वर्षको मङ्सिरमाभन्दा पुसमा विदेशी पर्यटकको आगमन सङ्ख्या पाँच हजार ५५९ अर्थात् ५४ प्रतिशतले वृद्धि भएको छ । प्रहरी स्रोतका अनुसार बेनी–जोमसोम सडकमार्ग हुँदै अझै पनि दैनिक एक–डेढ सय पर्यटक मुस्ताङ आउने गरेको जनाइएको छ । पर्यटकीय याम जस्तो चहलपहल नभए पनि आंशिक रुपमा पर्यटक चिसोयाममा पनि आउने गरेको पाइएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयको पर्यटकीय अभिलेखअनुसार गत आवको साउनदेखि पुससम्म पर्यटकीय आगमनको तुलना गर्दा चालु आवको साउनदेखि पुस २१ गतेसम्म १० दशमलव शून्य पाँच प्रतिशतले पर्यटक आगमन घटेको देखिन्छ । गत आवको सुरुआती छ महिनामा तीन लाख १२ हजार ४७१ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । चालु आवको पुस २१ गतेसम्म हिमाली दुई लाख ८० हजार ९२९ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरीले जनाएको छ ।

चालु आवको साउनदेखि पुस २१ गतेसम्म दुई लाख २१ हजार ६५३ आन्तरिक र ६० हजार ३४७ बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । चालु आवको साउनमा एघार हजार ८३१, भदौमा १३ हजार ५५०, असोजमा ६५ हजार ७४०, कात्तिकमा ७९ हजार ८००, मङ्सिरमा ४२ हजार ३७१ र पुस २१ सम्ममा १८ हजार ३६१ जना आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।

यसैगरी, साउनमा सात हजार ९५०, भदौमा नौ हजार ६५५, असोजमा नौ हजार ८५९, कात्तिकमा १३ हजार ९६६, मङ्सिरमा छ हजार ६७९ र पुस २१ गतेसम्म १२ हजार २३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । रासस

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए
काठमाडौँ । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् ।

सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएकामा सन् २०२५ केही सङ्ख्या बढेको हो । गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका छन्, जसमा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बङ्गलादेशबाट चार हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९, थाइल्याण्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका छन् ।

यस्तै, छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८, अमेरिकाबाट एक लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए ।

पर्यटकको रोजाइमा ‘बोराबाध’
धरान, (सुनसरी) । यहाँको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । नदी किनारको मनोरम दृश्य, सूर्यास्तको आकर्षक झल्को तथा ‘क्याम्प फायर’, रिसोर्ट, ‘कफी सप’ र खाजा पसल थपिँदै गएपछि यहाँ दैनिक चहलपहलसमेत बढ्दै गएको छ ।

व्यवसायी बिकुल श्रेष्ठले केही वर्षअगाडिसम्म सुनसान रहने यो ठाउँमा हाल पर्यटकको चहलपहल बढ्दै गएको बताउनुभयो । उहाँले यही मङ्सिर १ देखि  क्याम्प फायरमा सञ्चालनमा ल्याएको र जसमा १० जना कामदार रहेका बताउनुभयो । स्थानीय परिकार, लोकल कुखुराको मासु, सेकुवा, सुकुटी तथा कोशीको ताजा माछा मुख्य रोजाइमा पर्न गरेका श्रेष्ठले बताउनुभयो ।

चार वर्ष विदेश बसेर स्वदेश फर्किनुभएका श्रेष्ठले यसअघि दूध डेरी, सफारी सञ्चालन र ग्यारेज व्यवसाय सञ्चालन गर्नुभएको थियो, हाल सबै छोडेर पर्यटन प्रवर्द्धनका लागि क्याम्प फायर सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ पर्यटकको सङ्ख्या बढेकाले हाल व्यवसाय निकै राम्रो छ । राति बस्न चाहनेका लागि पनि व्यवस्था मिलाएका छौँ । प्रतिव्यक्ति रु एक हजारमा टेन्ट र सिरक–डस्नासहित सुविधा उपलब्ध छ ।”

‘बोराबाध’ विशेषगरी सप्तकोशी नदीको वार्षिक कटान रोक्न बोरामा सिमेन्ट भरेर बनाइएको छ । यही बाँधका कारण यस स्थानलाई ‘बोराबाध’ नामले चिनिन थालिएको स्थानीय बताउँछन् । पहिले दुई–तीनवटा रूख मात्र रहेको, गर्मीमा फाटफुट मानिस आउने यस क्षेत्रमा हाल दैनिक धेरै मानिस आउन थालेका छन् । केही समयअघि यहाँ एकवटा चटपटे पसल मात्र थियो, हाल रिसोर्ट, क्याम्प फायर, खाजा पसल र कफी सप गरी आधा दर्जनभन्दा बढी व्यवसाय सञ्चालनमा छन् ।

स्थानीय भीषण राईका अनुसार दिउँसो र बिहानभन्दा सूर्य अस्ताउँदा यहाँ पर्यटकको अत्यधिक भीड लाग्छ । दैनिक दुई हजारदेखि दुई हजार ५०० पर्यटक यहाँ आउने गरेका छन् भने त्यो सङ्ख्या शनिबार पाँच हजारभन्दा बढी पुग्ने गरको छ । “पहिले सूर्य उदाउँदो हेर्न मानिसहरू इलामको श्रीअन्तु पुग्छन् भने भन्ने सुनेका थियौँ, हाल सूर्यास्त हेर्न ‘बोराबाध’ आउने गर्छन् । सूर्य अस्ताउँदा कोशीमा उज्यालो पर्ने भएकाले तस्बिर  र भिडियो खिच्नकै लागि भए पनि यहाँ पर्यटकको भीड लाग्ने गरेको छ”, उहाँले भन्नुभयो ।

हाल सुनसरीका इटहरी, धरान, इनरुवा साथै मोरङ, झापा र विराटनगरका विभिन्न ठाउँबाट दैनिक रूपमा धेरैजसो पर्यटक आउने गरेका छन् । इटहरीबाट साथीहरूसहित घुम्न आउनुभएकी सरिता श्रेष्ठ भन्नुहुन्छ, “पहिले हामी बराहक्षेत्र घुम्न आउँदा चतरापुल र मन्दिरसम्म पुग्थ्यौँ, हाल बोराबाध मुख्य आकर्षण बनेको छ । साँझपख दिनभरिको भन्दा धेरै रमाइलो हुन्छ । सूर्यास्तमा कोशीमा फोकस पर्छ । फोटो खिच्नकै लागि भए पनि हप्तामा दुई–तीनपटक आउँछौँ ।”

प्राकृतिक सौन्दर्य, सूर्यास्तको मनमोहक दृश्य, कोशी किनारको खुला भू–दृश्य, क्याम्प फायरको आकर्षण र स्थानीय खानाका कारण ‘बोराबाध’ पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । यसले स्थानीयस्तरमा रोजगार, व्यवसाय वृद्धि र आयमा सकारात्मक प्रभाव पारिरहेकाले थप पूर्वाधार विकास गरी लाभ लिनुपर्ने स्थानीयको माग छ । रासस

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरुले भ्रमण गरेका छन् । गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप भएको थियो ।

उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने ‘मौरिस हर्जोग’पदमार्ग अन्तर्गत हुमखोलामा होटल व्यवसाय गर्दै आउनुभएका पर्यटन व्यवसायि तेज गुरुङले जानकारी दिनुभयो । उहाँकाअनुसार, दसैँ–तिहार र छठ पर्व बिदाका अवसरमा अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक आएका हुन् ।

गतबर्षदेखि यस पदमार्ग अन्तर्गत हुमखोला, फुतफुते झरना, साँधिखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा पर्यटकहरुको सुविधाकालागि होटलहरु सञ्चालनमा आएका छन् । नारच्याङदेखि हुमखोलासम्म सडक सञ्जालको पहुँचपुगेको र त्यहाँबाट आधार शिविरसम्म केही पदमार्ग निर्माण भएकाले दुई दिनमै पदयात्रा पुरा गर्न सकिने भएपछि यस पदमार्ग अहिले आन्तरिक पर्यटकहरुका रोजाइमा छ ।

पदमार्ग सञ्चालनमाआएको छोटो अवधिमै यस क्षेत्रमा पर्यटकहरुको आगमन बढेपछि पर्यटन व्यवसायिहरु उत्साहित बनेका छन् । अन्नपूर्ण आधार शिविरमा रहेको मनमोहक पञ्चकुण्ड ताल, पदमार्गमा पर्ने फुतफुते लगायतका झरना, मिस्त्रीखोलाको रमणीय दृष्यहरु हेर्न देशका विभिन्न ठाउँबाट युवायुवतिहरुको यस क्षेत्रको भ्रमणमा आउनेक्रम बढेको छ ।

अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको प्राकृतिक सौन्दर्यताको प्रचार प्रसार,पूर्वाधार निर्माण र आधारभूतखाना बस्नको सुविधाले पर्यटकहरुको आगमन बढाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । उहाँकाअनुसार, अन्नपूर्ण हिमालआरोहण भएको ७५ बर्ष पूरा भएको अवसरमा गत वर्ष गाउँपालिकाको अगुवाईमा नारच्याङदेखि आधार शिविरमामनाईएको ‘अन्नपूर्ण हीरक जयन्तीमहोत्सव’ले यस क्षेत्रको प्रचार प्रसारमाव्यापकता गराएकोहो ।

उहाँले भन्नुभयो, ‘‘अहिले आधार शिविर क्षेत्रमा रहेका होटलहरुको क्षमताभन्दा बढी पर्यटकहरुको आगमनभयो, हामीले यसलाई थप व्यवस्थित गर्नेतर्फ योजना बनाएका छौँ, भुसकेट मेलादेखि पञ्चकुण्ड तालको बीचमा पनि थप एक होटल सञ्चालनमा ल्याउनका लागि एक्यापसंग समन्वयगर्न लागेका छाँै, पर्यटकहरुको बसाईलाई सहजबनाउनु हाम्रो पहिलो दायित्वहो ।’’ अन्नपूर्ण गाउँपालिकाले यस पदमार्गको आधार शिविर क्षेत्रमा सञ्चार र विद्युतको पहुँच पु¥याउन समेत आबश्यक पहल थालेको छ ।

पर्यटकहरुको आगमन बढेसंगै पदमार्ग र आधार शिविर क्षेत्रमाफोहोर बढेको कारण गाउँपालिकाले सरसफाई अभियन्ताहरुको टोलीलाई आधार शिविरमा खटाउने तयारी समेत गरेको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो । अन्नपूर्ण आरोहण दिवसलाई निरन्तर रुपमा मनाउने प्रवन्ध मिलाएको गाउँपालिकाले आधार शिविर पुग्ने पदमार्गलगायतका पूर्वाधार स्तरोन्नतीका लागि चालु आर्थिक बर्षमा विनियोजन गरेको रु २० लाख बजेट परिचालनगर्ने जनाएको छ ।

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को : व्यवसायी भन्दछन्– ‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौँ’
म्याग्दी । यहाँस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन् । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् ।

पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाका रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेको हो । स्थल मार्गबाट घुम्नेहरुका रोजाइमा ती चार जिल्लाका पर्यटकीय स्थल परेको छ ।

आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ । मुस्ताङ पुगेकाहरुले कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् । यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने जनाइएको छ ।

छोटो अवधीमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहासिक यात्रामा रुची राख्नेहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका छन् । फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङको पञ्चकुण्ड ताल हुदै चार हजार एक सय ९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा आधार शिविर पुगेर फर्कन सकिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको अन्नपूर्ण आधार शिविर नयाँ गन्तव्य पनि हो ।

म्याग्दी हुँदै सडक मार्ग भएर दैनिक आठ हजार जना मुस्ताङ भित्रिएका छन् भने अन्नपूर्ण आधार शिविर जानेको सङ्ख्या दैनिक पाँच सय जना भन्दा बढी छ । बेनीका होटल व्यवसायी हरिकृष्ण श्रेष्ठले अन्नपूर्ण आधार शिविर र मुस्ताङमा यसपाली कल्पना गरेको र भएका होटलहरुको क्षमता भन्दा धेरै सङ्ख्यामा पाहुना आएका बताउनुभयो ।

“दसैँ र तिहारमा मुक्तिनाथ र उपल्लो मुस्ताङ भ्रमण गर्नेहरुको घुइँचो विगतदेखिनै भए पनि यसपाली अन्नपूर्ण आधार शिविर जानेहरु पनि थपिदा होटल, रेष्टुरेन्ट र होमस्टेहरुले थेग्न नसकेका हुन्,” उहाँले भन्नुभयो “आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि राज्यले बनाएको नीतिको व्यवहारिक कार्यान्वयन नहुँदा घुमेर रमाउन आएका पाहुनाहरुले गोजीमा पैसा भएर पनि खाना र बस्नको लागि दु:ख पाउने अवस्था आएको हो ।”

होटलको क्षमताले नथेकेपछि म्याग्दी र मुस्ताङका प्रशासन, सुरक्षा निकाय, होटल ब्यवसायी र उद्योग वाणिज्य सङ्घले अग्रिम बुकिङ गरेर घुम्न आउन अनुरोध, कुश्मा, बागलुङ र पोखराका होटल, व्यक्तिका घर, सामुदायिक भवन र धर्मशालामा बसोबासको व्यवस्था मिलाएका छन् । म्याग्दीका होटलमा दैनिक दुई हजार र मुस्ताङमा दैनिक तीन हजार जनासम्म पाहुनालाई सहज रुपमा व्यवस्थापन गर्न सकिने क्षमता छ ।

भुरुङ–तातोपानीका होटल व्यवसायी राजु हमालका अनुसार अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग, म्याग्दी र मुस्ताङका होटलहरु यो हप्ताको अन्तिमसम्म बुक भइसकेका छन् । “छठपछि स्कुल, कलेज, कार्यालय खुल्ने हुँदा पाहुनाको आगमन दर घटेपनि अकुपेन्सी राम्रो छ,” उहाँले भन्नुभयो “जेनजी आन्दोलनका कारण सोह् श्राद्ध र प्रतिकुल मौसमले दसै लगत्तै पर्यटक आगमन नहुँदा निराश भएका व्यवसायीलाई राहत मिलेको छ ।”

सडक यातायातको सहज पहुँच र प्रचारप्रसारका कारण मुस्ताङ र अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । “मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरला नाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो,” उहाँले भन्नुभयो “ यात्रामा हिमालको फेदीमा पुग्न सकिने भएकाले युवायुवती अन्नपूर्ण आधार शिविरमा आकर्षित भएका हुन् ।”

सामाजिक सञ्जालका सामग्री र सञ्चार माध्यममा प्रकाशन भएका समाचारले पनि पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेको अध्यक्ष अध्यक्ष श्रेष्ठको भनाइ छ । पर्यटक आगमनले म्याग्दी र मुस्ताङमा होटल व्यवसायीलाई क्षमता र सुविधा वृद्धिका लागि प्रेरित, नयाँ लगानीको सम्भावना देखाउनुका साथै अन्नपूर्ण आधार शिविरको पदमार्गमा सीमित सङ्ख्याको क्षमतामा रहेका होटलहरुको क्षमता बढाउन राज्यलाई दबाब पुगेको उहाँले बताउनुभयो ।

भ्रमणमा आउने पाहुनाहरुले अग्रिम बुकिङ गरेर आएमा व्यवस्थापनमा सहज हुने उहाँले बताउनुभयो । बेनी–जोमसोम सडकका म्याग्दी खण्डको अधुरो सडक स्तरोन्नतिलाई पूर्णता दिनुपर्ने, पहिरो तथा कटान प्रभावित ठाउँको सडकलाई सुरक्षित बनाउन, होटलहरुको वर्गीकरण गरी सेवा शुल्कमा नियमित गर्नुपर्ने पर्यटकले बताएका छन् ।

अन्नपूर्ण आधार शिविर जाने पर्यटकहरुले नारच्याङ–हुमखोला सडक मर्मत, यातायात भाडादरमा एकरुपता, पदमार्गका होटलहरुको क्षमता र सुविधा थप, सञ्चार तथा विद्युत् सुविधाको व्यवस्थापनको आवश्यकता औल्याएका छन् ।

म्याग्दी १ ९क०बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तीनै तहका सरकारका निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, निजी क्षेत्र र सरोकारवालाहसँग समन्वय गरी पर्यटन क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानको पहल गर्ने बताउनुभयो ।

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण
पर्वत । साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ ।

जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुदुकमा पहिलोपटक अग्लो र लामो दूरीमा हाइलाइनको अभ्यास गरिएको हो ।

हाइलाइन मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेलका रूपमा मानिन्छ । कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटरको उचाइमा पहिलोपटक हाइलाइनको परीक्षण सफल भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।

हाल जर्मनीमा बसोबास गर्दै आउनुभएका धनकुटाको हिलेका शङ्कर कोइरालाले लामो समयदेखिको गहन योजनाका रूपमा यो कार्यक्रम गर्नुभएको हो । कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएको बताउँदै लामो प्रयासपछि पर्वतमा पनि यो सम्भव भएको उल्लेख गर्नुभयो ।

साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु पर्यटकका लागि नयाँ खेलका रूपमा स्थापित हुने क्लिफका अध्यक्ष कार्कीले विश्वास व्यक्त गर्नुभयो ।

पहिलोपटक गरिएको हाइलाइनको क्रु सदस्यमा कोइरालासहित तीन जना नेपाली र तीन विदेशी छन् । गत असोज २९ गतेदेखि सुरु भएको हाइलाइन कार्यक्रम शनिबार सकिएको छ । नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेञ्चर हब ‘द क्लिफ’को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको हो ।

क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो । “यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो ।

नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यको अनुभव र युरोपेली प्रशिक्षकको सहयोगमा यो परियोजना अघि बढाइएको कोइरालाले बताउनुभयो । उहाँका अनुसार खेल हेर्दा डरलाग्दो देखिए पनि पूर्ण रूपमा सुरक्षा मापदण्ड अपनाइएको थियो । “हाइलाइन २० मिटरबाट सयौँ मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो । सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ”, उहाँले भन्नुभयो ।

वर्षायाम सकिएसँगै पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । सोही अवसरमा गरिएको हाइलाइन हेर्न पनि सयौँ पर्यटक सहभागी भएका थिए । यसबाहेक जिपनलाइन, बञ्जी, स्वीङ, स्काइसाइक्लिङ, मेगाट्रोल, पिङ, रक क्लाइम्बिङ, र्‍याफ्टिङका लागि पर्यटकको आकर्षण बढ्दै गएको छ ।

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल
गण्डकी । दसैँलगत्तै बसातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि त्यसयता गण्डकी प्रदेशभित्रका पदमार्गहरूमा चहलपहल बढिसकेको छ । बर्सातले केही ‘बुकिङ’हरू रद्द भए पनि यतिखेर अधिकांश पदमार्गहरूमा स्वदेशी एवम् विदशी पर्यटक देखिन थालेका छन् ।

उत्तरतर्फ हिमालहरू खुलिसकेका छन् । यहाँका प्राकृतिक सौन्दर्यहरू पर्यटकको स्वागतको पर्खाइमा बसेजस्तै देखिन्छन् । दसैँ र तिहारको बीचमा अधिकांश शैक्षिक संस्थाहरू बिदा भएका कारण पछिल्ला समयमा आन्तरिक पर्यटकहरूको पनि पदयात्रा गर्न जाने क्रम बढ्दै गएको छ ।

तराईको नवलपुरदेखि हिमालपारिको जिल्ला मुस्ताङकोे लोमान्थाङ र मनाङ जिल्लासम्म समेटिएको गण्डकी प्रदेश पदयात्रा पर्यटनका लागि आकर्षक गन्तव्य हो । यहाँका अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि पदमार्ग, मर्दी हिमाल पदमार्ग, गुरुङ सम्पदा पदमार्ग, सहस्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक० लगायत लामा र छोटा गरी धेरै पदमार्गहरू रहेका छन् ।

प्रदेशभित्रका सबै पदमार्ग पदयात्राका लागि सुरक्षित रहेको र पर्यटकको आगमन पनि बढ्दै गएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुुभयो । “गण्डकी प्रदेशभित्रका सबै पदमार्ग पदयात्राका लागि खुलिसकेका छन्”, उहाँले भन्नुुभयो, “सबै पदमार्गहरू पदयात्राका लागि सुरक्षित छन् । यतीखेर यहाँका पर्यटकीयस्थलसँगै पर्यटन व्यवसायीहरू पदयात्री पर्यटक स्वागतको पर्खाइमा रहेका छन् ।”

नेपाल पर्यटन बोर्डको आयोजनामा हालै फ्रान्समा भएको प्रवद्र्धनात्मक कार्यक्रममा नेपालका पदमार्गहरू पर्यटकका लागि सुरक्षित भएको सन्देश प्रवाह गरिएको जानकारी दिनुुभयो । हिमाल आरोहणको इतिहासमा नै जेठो हिमालका रुपमा परिचय बनाएको अन्नपूर्ण हिमालसँग जोडिएको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि हिमालको नामसँग जोडिएको धवलागिरि पदमार्गलगायत प्रदेशभित्रका सबै पदमार्गहरू यतिखेर पर्यटक स्वागतको पर्खाइमा रहेको उहाँले बताउनुुभयो ।

विश्वका १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने अन्नपूर्ण चक्रीय पदमार्गसहित यस क्षेत्रका अन्य पदमार्गहरू पर्यटकले रुचाइएका पदमार्गमा पर्दछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको अन्नपूर्ण क्षेत्रको पदयात्रामा पर्यटकहरूको आगमन बढिरहेको आयोजना प्रमुख रबिन कडरियाले जानकारी दिनुुभयो । चक्रीय पदमार्गअन्तर्गत अधिकांश स्थानमा सुविधासहितका खानेबस्ने होटेलहरू सञ्चालनमा आइसकेका छन् ।

पर्यटकहरूले धेरै रुचाएको अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा चार दशकअघि सो क्षेत्र जानुपर्दा यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नु पर्दथ्यो । अहिले भने उक्त क्षेत्रमा सुविधासम्पन्न होटेल बनेका कारण पदयात्रीहरू सहज रुपमा पदयात्रा गर्न सक्छन् ।

यसअघि यस पदमार्गअन्तर्गत सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटेल सञ्चालन भएकामा हाल ती स्थानमा होटेलसहितका पूर्वाधार थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुुरुङले जानकारी दिनुुभयो । दुई–तीन दिनयता यस क्षेत्रमा पर्यटकहरूको आगमन बढ्दै गएको बताउँदै उहाँले आफूहरू पर्यटककको स्वागतका लागि तम्तयार भएर बसेको जानकारी दिनुुभयो ।

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप० द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा छका दरले १५६ वटा कोठा मात्रै रहेका थिए । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो ।

समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

अन्नपूर्ण चक्रीय पदमार्गसहित आधार शिविर जाने पदमार्ग, घारेपानी पदमार्ग, मर्दी हिमाल पदमार्ग, सिक्लेस, कपुचे पदमार्ग, नर्थ अन्नपूर्ण पदमार्ग यहाँका अन्य पदमार्ग रहेको एक्यापका प्रमुख कडरियाले जानकारी दिनुुभयो । अन्नपूर्ण क्षेत्रकै पोखराबाट नजिक रहेर पनि हिमाल छुन सकिने अर्को पदमार्ग मर्दी हिमाल पदमार्ग हो ।

छोटो समयमा हिमाल चुम्न सकिने पदमार्गका रुपमा चासो र चर्चा कमाएको यो पदमार्ग गुराँस फुल्ने जङ्गलै जङ्गल चराचुरुङ्गीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने पदमार्ग हो । सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्नसक्ने यस पदमार्गबाट चाँदी जस्तै टलक्क टल्किएका माछापुच्छ«े, मर्दी, अन्नपूर्ण साउथ, गङ्गापूर्णजस्ता हिमाललाई एक साथ अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ ।

पर्यटकीय नगरी पोखराबाट दुई दिनमा नै पुगी हिमाल चुम्न सकिने मर्दी पदमार्ग छोटो दूरीको पदयात्रा गर्न चाहने जो कोहीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि, माछापुच्छ«े, मनास्लुलगायत हिमाल एक साथ देख्न सकिन्छ । कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटेल सञ्चालनमा आइसकेका छन् ।

समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार २०० मिटर उपचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । हाइक्याम्पबाट ठाउँठाउँका साँघुरा अप्ठेरा बाटा पार गर्दै ‘भ्यू प्वाइन्ट’ र आधार शिविर पुग्न सकिन्छ । सुरुमा काँडे हुँदै पदयात्रा गर्नेहरू फर्कंदा भने माछापुच्छ«े गाउँपालिकाको सिदिङबाट आउँछन् । सिदिङसम्म जिप जाने भएकाले त्यहाँबाट झण्डै दुई घण्टाको समयावधिमा पर्यटक पोखरा पुग्दछन् ।

गण्डकी प्रदेशको धवलागिरि हिमालको फेरोमा गरिने धवलागिरि पदमार्ग अर्को महत्वपूर्ण पदमार्ग हो । टान गण्डकीका अध्यक्ष आचार्यका अनुुसार करिब १८ देखि २१ दिनसम्म पदयात्रा गर्न सकिने यस पदमार्गका अधिकांश स्थानमा होटेल लगायतका पूर्वाधार नभएका कारण क्याम्पिङ गर्नुपर्ने अवस्था रहेको छ ।

पछिल्ला समयमा जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्ग छोटिँदै गएका अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको सक्रियतामा कास्कीको मादी गाउँपालिकादेखि मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गलाई अध्ययनअनुसन्धानपछि विभिन्न चरणमा प्रवद्धनात्मक पदयात्रा सम्पन्न गरिसकिएको छ ।

प्रकृति, संस्कृति र प्राचीन इतिहासको साक्षीका रुपमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गका साथै परम्परागत भेडीगोठ जाने मार्गहरू यस पदमार्गमा समेटिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोरबजङ्ग गुरुङले जानकारी दिनुुभयो ।

खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी आवश्यकता र चाहनाअनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्गहरू पहिचान गरिएको उहाँले जानकारी दिनुुभयो । यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने उहाँको भनाइ छ । यस पदमार्गअन्तर्गत पोखराबाट मादी गाउँपालिकाका पर्यटकीय गाउँ सिक्लेसबाट कफुचे, कोरी हुँदै क्होलासोँथर एवम् ताङतिङबाट क्रपु डाँडा, तप्रो, क्होलोसोंथर, ठूलेक, थुर्जु, दूधपोखरी, गुरुङ देउराली ९नामुन पास० डाँफेखर्क हुँदै मनाङको चामे गाउँपालिकाको तिमाङसम्म पुग्न सकिन्छ ।

यो पदमार्ग कास्कीका सिक्लेस, ताङतिङका साथै याङजाकोट, नागिधार, थाकलगायत गाउँका साथै लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, सिङ्दी, पसगाउँ, गिलुङ, टक्सार, सिउरुङ  गाउँहरूबाट सुरु गरेर यिनै मध्येका विभिन्न गाउँमा आवश्यकता र चाहनाअनुसार छोटो तथा लामो लामो दूरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिन्छ ।

यस पदमार्गमा विभिन्न ‘टी–हाउस’ लगायतका पूर्वाधार विकास गर्नुु जरुरी रहेको बताउँदै गुरुङले आफूहरू त्यसको तयारीमा लागेको जानकारी दिनुुभयो । यस पदमार्ग क्षेत्रमा नै पर्ने चार हजार ५८५ मिटर उचाइको धार्मिक महत्वको दूधपोखरी यहाँको विशिष्ट धार्मिक तीर्थस्थल हो भने पदयात्रा क्रममा प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटनहरूबाट अन्नपूर्र्ण, माछापुच्छ«े, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लु जस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिन्छ ।

गण्डकी प्रदेशमा उत्तरी भेगका साथै नेपालको एक मात्र मध्यपहाडी क्षेत्रको पदमार्ग सहस्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक० पनि रहेको छ । तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने यो पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएकामा बीचका केही वर्ष सुस्ताए पनि पछिल्ला वर्षमा मिलेनियम ट्रेक व्यवस्थापन समितिको सक्रियता र स्थानीयवासीको जागरुकतामा पुनः चलायमान बनेको छ ।

पछिल्ला वर्षमा यस पदमार्गमा स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको आगमन पनि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुुभयो । पहिलोपटक आर्थिक वर्ष  २०६४/६५ मा नक्साङ्कन गरिएको यो पदमार्ग समुद्री सतहबाट ४२० मिटरदेखि एक हजार ७१५ मिटर उचाइसम्ममा रहेको छ । पछिल्लो समयमा दोस्रो नक्साङ्कनसमेत गरी पोखरा महानगरपालिकाका केही भू–भाग पनि यस पदमार्गमा समेटिएको छ ।

उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि समेत उपयुक्त मानिएको यस पदमार्गमा पछिल्ला वर्षमा पर्यटक लक्षित घरबास पनि ठाउँठाउँमा सञ्चालन भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवम् मिलेनियम भैँसेगौडा सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष बालकुमार गुुरुङले जानकारी दिनुुभयो ।

यस पदमार्गमा पूरै पदयात्रा सम्पन्न गर्न भने एक हप्ता लाग्छ । बीचबीचमा छोटो दूरीमा एकदिने हाइकिङदेखि दुई–तीन दिनका छोटो दूरीका पदयात्राका लागि पनि यो आकर्षक गन्तव्य बनिरहेको छ । कुल ७२ किलोमिटर लम्बाइमा रहेको यो पदमार्ग चरा पर्यटनका लागि पनि उपयुक्त मानिन्छ ।

महासचिव गुरुङका अनुसार दुलेगौँडाबाट सहस्राब्दी पदमार्गको पदयात्रा सुरु गर्ने पर्यटक यहाँको गाछेपानीस्थित रकगार्डेन हुँदै आफ्नो यात्रा प्रारम्भ गर्दछन् । पदमार्ग क्षेत्रमा पर्ने धार्मिक पर्यटकीयस्थल च्यवनधामदेखि ढोरबाराही मन्दिर, ढोर मूलकोट दरबार आदि यहाँका आकर्षण हुन् । त्यस्तै पदयात्रीहरू मनोरम हिमाली एवम् पहाडी दृश्य अवलोकन गर्दै यहाँका रजस्थल, घरेडी, सादीखोला, काल्खु, राइपुर, कोल्मा, भैँसेगौँडा, चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी हुँदै रामबाछा पुुगेर पोखरा फर्कन्छन् । पदयात्राको याम सुरु भैरहँदा यहाँका पर्यटकीयस्थल एवम् पर्यटन व्यवसायी पर्यटकको स्वागतको पर्खाइमा रहेको उहाँले बताउनुुभयो ।

सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक
ढोरपाटन, (बागलुङ) । अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ ।

पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँदयाममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ । ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको हो । सडक जोडिए पनि बर्खाको समयमा सवारी नचल्दा पर्यटकले सास्ती खेप्नुपरेको छ ।

ढोरपाटन उपत्यकाबाट घनाजङ्गल र ठूला जङ्घार पार गर्नुपर्ने हुँदा यस वर्ष दसैँमा पर्यटक जलजला पुग्न सकेनन् । जलजला पुग्नका लागि तीन स्थानमा गाठेसाँघु तर्नुपर्ने हुन्छ । तर यस वर्ष वर्षाका कारण अहिलेसम्म साँघु नहालिएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताउनुभयो । दुई वर्षयता जलजला जाने पर्यटकको सङ्ख्या बढ्दै गएको भन्दै यस वर्ष मौसमका कारण पर्यटक पुग्न नसकेको उहाँले सुनाउनुभयो ।

ढोरपाटन–जलजला सडकको गुरुघाटमा एउटा र दुईवटा गुर्जाघाट काठको साँघु हाल्नुपर्ने उहाँको भनाइ छ । गत वर्ष हालेको साँघु बर्खामा खोलाले बगाइदिएको भन्दै अब केही दिनमा सडक सफाइ गर्ने र साँघु हाल्ने अध्यक्ष पुनले बताउनुभयो । म्याग्दीको धवलागिरि गाउँपालिकाले मरेनी सडक सफाइ गरे पर्यटक सहज रूपमा जलजला आउने उहाँ बताउनुहुन्छ । अहिले दैनिक एक सय पर्यटक ढोरपाटनमा आउने गरेका र ढोरपाटन आएका पर्यटक जलजला जान नपाउँदा गुनासो गर्ने गरेको उहाँको भनाइ छ ।

“अघिल्लो वर्षदेखि जलजला जाने पर्यटकको भीड बढ्न थालेको छ, पहिले जलजला क्षेत्र सुनसान थियो, गोठालामात्र पुग्थे, यो ठाउँ वास्तवमै सुन्दर छ, प्रचारप्रसारले गर्दा अहिले पर्यटकको आगमन बढेको हो”, अध्यक्ष पुनले भन्नुभयो, “यस वर्ष लामो वर्षा भयो, ठाउँठाउँमा बाटो बिग्रिएकाले साँघु हाल्नुपर्ने छ, अब केही दिनमै त्यो काम गर्छौँ, तिहारसम्म पर्यटक पुग्ने छन् ।”

समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा रहेको जलजलाबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरिलगायत दुई दर्जन बढी हिमाल एकैठाउँ उभिएर नजिकै देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । तुलसीपुर दाङबाट घुम्न आउनुभएका रावल रोकायाले सडक नखुल्दा जलजला जान नपाएको गुनासो पोख्नुभयो । सामाजिक सञ्जालमा जलजलाबाट देखिने हिमशृङ्खलाले आफूलाई मोहित बनाएको भन्दै प्रत्यक्ष घुम्न आएको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “ढोरपाटन उपत्यकाबाट मोटरसाइकलमै जान सकिन्छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म सडक व्यवस्थित भइसकेको रहेनछ, ठाउँठाउँमा पहिरो र खोलाका कारण यात्रा गर्न सकिँदैन भन्ने सुनियो, त्यहीँ भएर यसपालि जलजला पुग्ने इच्छा पूरा हुन सकेन, हुन त यो साल धेरै वर्षा भयो त्यही भएर पनि होला ।” रोकायाले १२ जनाको सूमहमा घुम्न आएको सुनाउनुभयो । जलजला जान नपाए पनि बुकीपाटन गएर फर्किएको उहाँको भनाइ छ । यतिबेला जलजला पुग्नेगरी ढोरपाटन आएकाहरू उपत्यकाबाटै फर्किने गरेका छन् । रासस

अगष्टमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
काठमाडौँ । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ ।

बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन्भने चीनबाट सात हजार ५३३ अर्थात् ८.५, अमेरिकाबँट ६ हजार ६८ अर्थात् ६.८ प्रतिशत, श्रीलङ्काबाट पाँच लाख ९५६ अर्थात् ६.७ प्रतिशत र बङ्गलादेशबाट चार हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।

सन् २०२५ को जनवरीदेखि अगस्तसम्म आठ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट ४७ हजार १३७ पर्यटक अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात् १२.६ प्रतिशत र ओसनियाबाट दुई हजार ४३५ अर्थात् २।७ प्रतिशत पर्यटक भित्रिएका छन् ।

त्यसैगरी, अमेरिकाबाट सात हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात् १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट तीन हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।

कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनरुत्थानका क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट एयर इन्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको सङ्ख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौ्ँ ।”

२०३० सम्ममा वार्षिक १६ लाखको हाराहारीमा पर्यटक भित्रनसक्ने प्रक्षेपण
काठमाडौँ । पछिल्लो सयम पर्यटकहरुको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको संख्या १६ लाखको हाराहारीमा पुग्ने सरकारी अधिकारीहरु प्रक्षेपण गरेका छन् ।

उनीहरुकाअनुसार हवाई पूर्वाधारदेखि नेपाल एयरलाइन्ससम्मले गन्तव्य बढाउनसके पर्यटकको संख्यामा भारी रुपमा वृद्धि हुनेछ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रवन्धक सूर्य थपलियाकाअनुसार अहिले पर्यटक आगागमनको क्रमलाई हेर्दा सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक आगागमन भएको छ ।

उहाँले सन् २०२४ को जुलाइको आँकडा हेर्दा बढेको बताउनु भयो । यसरी पर्यटक वृद्धि २०२५ मा करिव १२ लाख पर्यटक आगागनको हाराहारीमा पुगिनेछ । त्यसो त,  नेपाल एयरलाइन्स बाहेक अन्य हवाई उडान सेवा प्रदायकको उडानका कारण पर्यटकको संख्या पनि बढ्ने हुन्छ । तर नेपाल एयरलाइन्सको गन्तव्यमा बढाउनैपर्छ । नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक नेपाल आएका छन् । जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना, तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना, बंगलादेशबाट ४ हजार ४ सय १३ जना  र बेलायतबाट ३ हजार ५ सय ४७ जना पर्यटक नेपाल आएका छन् ।

बोर्डका वरिष्ठ प्रवन्धक थपलियाले भन्नुभयो–‘भारत चीन अमेरिका श्रीलका बंगलादेशका लगायतबाट नेपालमा बढि पर्यटक आउने गरेका छन् । हवाई यात्रा हुँदै भारतबाट कम पर्यटक आएको देखिएपनि सडकमार्ग हुँदै भारतीय पर्यटक धेरै आउने गरेका छन् । २०१९ मा १२ लाखसम्म पर्यटक आएको आकडा थियो । २०२५ अहिले १२ लाखको नजिक नजिकमा छौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको हवाई विस्तार हुनुपर्छ । अन्तर्राष्ट्रिय बजारमा जुन हवाई मूल्यको प्रतिष्पर्धा हुन्छ । यसमा खरो उत्रन हाम्रो आफ्नै राष्ट्रिय ध्वजावाहक चाहिन्छ । अहिले नेपाल एयरलाइन्सको गन्तव्य ८–१० ओटा मात्रै छ, यो दोब्बर भएको खण्डमा सन् २०३० सम्ममा १५–१६ लाखको हाराहारीमा पर्यटक भित्राउन सकिनेछ ।’

भारत, चीन, श्रीलंकादेखि अमेरिकनहरु नेपाल घुम्न आउनेक्रम ह्वात्तै बढेको छ । यसले पर्यटन क्षेत्रलाई राम्रो फाइदा पु¥याएको छ भने अर्बौं लगानीमा खुलेका होटलहरु समेत चलायमान हुन पाएका छन् । पर्यटक आउनेक्रम बढ्दा मुुलुकलाई भित्रने विदेशी मुद्रामा समेत वृद्धि हुने गरेको छ ।

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
गण्डकी । अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक पर्यटक आउने क्रम निरन्तर चलेको छ । मनसुनको याम भए पनि दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले पनि अन्नपूर्ण आधार शिविर आउने गरेका छन् ।

छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका यस याममा छिटोछिटो फुल्ने। र ओइलाउने बुकी फूलका साथै विभिन्न प्रजातिका फूल एवं यहाँ देखिने हरियाली र खोलानालाले यहाँ आउने जोकोहीलाई पनि लोभ्याउने गर्छ । पदयात्रा पर्यटनका क्षेत्रमा विश्वका उत्कृष्ट पदमार्गमध्येमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गले चासो र चर्चा कमाएको छ । मनसुनका समयमा पनि पर्यटक आगमन भइरहँदा यहाँका पर्यटन व्यवसायी उत्साहित छन् ।

झण्डै साढे चार दशकअघिसम्म यस क्षेत्रमा आउनुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो । अहिले यहाँ बनेका सुविधा सम्पन्न होटेलका कारण त्यो बाध्यता हटिसकेको सचिव गुरुङ बताउनुहुन्छ ।

केही वर्ष अघिसम्म यस पदमार्गमा पर्ने सिनुवा, बाम्बो, हिमालय, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा २६ होटेल सञ्चालनमा थिए । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार यसअघि प्रत्येक होटलमा ६ का दरले एक सय ५६ कोठा थिए । तर पछिल्लो समयमा पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ होटेल स्तरोन्नतिसँगै होटेल विस्तार गरिएका छन् ।

पछिल्लो समयमा सिनुवा र यसभन्दा माथि ३४ होटेल सञ्चालनमा आइसकेका सचिव गुरुङले जानकारी दिनुुभयो । होटेलको संख्या बिस्तारसँगै यहाँ पर्यटक लक्षित सुविधा पनि बृद्धि गरिएको छ । पछिल्लो समयमा पदमार्ग अन्तर्गतका सिनुवामा चार, बाम्बोमा छ, हिमालयमा तीन, देभानमा पाँच, देउरालीमा पाँच, माछापुच्छ«े आधार शिविरमा पाँच र अन्नपूर्ण आधार शिविरमा ६ होटेल सञ्चालनमा छन् ।

“होटेलको संख्यासँगै क्षमता बिस्तार गरिएपछि अहिले यस क्षेत्रमा आउने पर्यटकलाई दैनिक पाँच सयदेखि छ सय जनासम्म राख्न सकिन्छ”, उहाँले भन्नुुभयो, “अन्नपूर्ण आधार शिविरको पदयात्रामा आउने पर्यटकलाई यहाँका होटेल व्यवसायीले राम्रो आतिथ्यता प्रदान गर्ने गरेका छन् ।”

पर्यटकको आगमनलाई लक्षित गरी यहाँका व्यवसायीले पदमार्ग नियमित रुपमा सरसफाई गर्ने गरेका छन् । सामान्यतः असार पहिलो हप्ता र साउन अन्तिम हप्ता यस पदमार्गमा नियमित सरसफाई गर्ने गरिएको छ । चैत–वैशाखको मुख्य पदयात्राको यामसँगै त्यस यता पदमार्गमा हुने गरेको फोहोरलाई असारको पहिलो हप्तामा सफा गर्ने गरिएको छ । यस वर्ष मात्रै उक्त पदमार्ग क्षेत्रबाट २९० बोरा सिसा तथा प्लाष्टिकजन्य फोहोर सङ्कलन गरी पोखरास्थित ग्रिन वेष्ट म्यानेजमेन्ट जोनमा पठाइएको सचिव गुरुङले जानकारी दिनुुभयो ।

भदौ पहिलो सातादेखि पर्यटकको चहलपहल बढ्ने पर्यटन व्यवसायी बताउँछन् । पर्यटक आगमन बढ्ने उक्त समयलाई लक्षित गरी तयारी थालिएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले प्रत्येक वर्ष अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्तराष्ट्रिय अन्नपूर्ण म्याराथन गर्दै आएको छ। अन्नपूर्ण आरोहण दिवसका अवसरमा २०७५ सालदेखि म्याराथन प्रतियोगिता गरिँदै आएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयो ।

हालसम्म पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन सम्पन्न गरिसकिएको जानकारी दिदै उहाँले यसले पनि यस क्षेत्रको पदयात्रा पर्यटनलाई स्वदेश एवम् विदेशमा प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो । उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) का अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।

समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार एक सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
काठमाडौँ । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ ।

अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् ।

बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख नौ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए । “हामीले आधिकारिक रुपमा १०६ दशमलव ५ प्रतिशत पूर्व–महामारी स्तरमा पुगेका छौँ, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ”, बोर्डले उल्लेख गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवद्र्धक रहेको बताउनुभयो । “यो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण हो”, उहाँले भन्नुभयो ।

बोर्डको विवरणमा वर्षको चार महिना (जनवरी–अप्रिल) को अवधिमा चार लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका थिए । रासस

पोखरामा मुख्य याममा नै पर्यटकको आवागमन कमी
गण्डकी । दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष यही समयमा होटलमा पाहुनाको संख्या क्षमताको झण्डै ५० प्रतिशतसम्म पुगेको थियो ।

“पदयात्रामा आउने पर्यटक र मुक्तिनाथ जाने भारतीय पर्यटक पोखरामा नबसी सिधै गन्तव्यस्थल पुग्ने गरेकाले पनि होटलको ‘अकुपेन्सी’ कम छ”, उहाँले भन्नुभयो, “नयाँ वर्ष नजिकिँएको र विद्यालय तहको परीक्षा सकिएर बिदा सुरु भएकाले आन्तरिक पर्यटकको आउजाउ अब बढ्ने देखिएको छ ।”

पोखरा घुम्ने र यहाँका होटलमा रात बिताउने विदेशी पर्यटकको संख्या भने अपेक्षाभन्दा कम रहेको अध्यक्ष सुवेदीले बताउनुभयो । होटल व्यवसायमा ठूलो लगानी गरेका पर्यटन व्यवसायीहरु मुख्य याममा नै पर्यटकको आवागमन कम हुँदा चिन्तित छन् । पोखरामा पर्यटक भित्राउने लक्ष्यसहित सङ्घले नयाँ वर्षका अवसरमा २०औँ फेवा नव वर्ष महोत्सवको आयोजनासमेत गरेको छ । नयाँ वर्षका बेला होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतभन्दा माथि पुग्ने अपेक्षा लिइएको सङ्घका अध्यक्ष सुवेदीले बताउनुभयो ।

महोत्सव अवधिमा होटलमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको उहाँको भनाइ छ । उहाँका अनुसार पोखरामा दैनिक ४० हजार पर्यटक राख्न सक्ने होटलको क्षमता छ । “अहिले दैनिक औसतमा २० हजार आन्तरिक तथा बाह्य पर्यटक पोखरामा छन्”, उहाँले भन्नुभयो, “यहाँ रहेका १२ सयभन्दा बढी होटल भरिभराउ हुन दैनिक ४० हजार पर्यटक पोखरा हुनुपर्छ ।” पोखरा र आसपासका गन्तव्यस्थल घुम्न र गर्मी छल्न भारतीय पर्यटक आउने गरेका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको पोखरा पर्यटन परिषद्ले जनाएको छ ।

पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् । हवाई मार्ग र सडकमार्ग प्रयोग गरेर पर्यटक पोखरा भित्रने गरेका छन् । यहाँको प्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण चक्रीय पदमार्गमा पनि पदयात्री पर्यटकको चहलपहल बढेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ । ट्रेकिङ एशोसिएसन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले चैत लागेसँगै पर्यटकको आउजाउ बढेको बताउनुभयो । “ट्रेकिङ रुटहरुमा यतिबेला पर्यटकीय चहलपहल बढेको छ”, उहाँले भन्नुभयो, “शरद ऋतुपछि वसन्त याममा धेरै पर्यटक पदयात्राका लागि नेपाल भित्रन्छन् ।”

अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको पनि आकर्षण बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमै डाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताउनुभयो ।

गत वर्ष पोखरालाई पर्यटनको राजधानी सहरका रुपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उहाँको भनाइ छ । पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तर्राष्ट्रिय हवाईयात्रालाई नियमित तथां व्यवस्थित बनाउन सके उल्लेख्य संख्यामा पर्यटक भित्राउन सकिने उहाँले बताउनुभयो । अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमा दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका थिए । उक्त संख्या हालसम्मकै बढी रहेको जनाइएको छ । त्यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।

सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’ले जनाएको छ । रासस

उपल्लो मुस्ताङमा पर्यटक बढे
म्याग्दी । सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगामन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को लोमान्थाङ कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख उमेश पौडेलले सन् २०२३ मा तीन हजार चार सय ८४ विदेशी पर्यटक यहाँ आएका बताउँदै सन् २०२४ मा चार हजार ६१ जना विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेका जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक सञ्जाल विस्तार, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तव्यमा समेटिनु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल सञ्चालन, अनलाइनमार्फत रुट परमिट लिने प्रणाली सुरुलगायत कारणले यहाँ पर्यटक आगमन बढेको हो ।

सन् २०२२ मा तीन हजार एक सय १२, सन् २०२१ मा तीन सय ३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका एक्याप कार्यालयले जनाएको छ । सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ विदेशी नागरिक यहाँ पुगेका कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् । बौद्ध तथा हिन्दु धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोदरकुण्ड पनि उपल्लो मुस्ताङमा अवस्थित छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ गाउँ विकास समिति र वारागुङ मुक्तिक्षेत्र–५ को साङ्तालाई सुरक्षा संवेदनशिलताका कारण सरकारले निषेधित क्षेत्र तोकेको छ । मनाङ र गोरखाका केही भूगोल पनि निषेधित क्षेत्रमा समेटिएका छन् ।

उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन थप ५० डलरका दरले शुल्क तिर्नुपर्ने एक्यापका प्रमुख पौडेलले जानकारी दिनुभयो ।

लोमान्थाङ गाउँपालिका–१ मा पर्ने नेचुङ भन्दा माथि पर्यटकलाई जान रोक लगाइएको छ । सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमतिसहित निर्धारित शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।

निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताउनुभयो । निषेधित क्षेत्रमा शुल्कमा केही छुटको व्यवस्थाका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेको भन्दै पर्यटकको आगमन बढे स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने उहाँले उल्लेख गर्नुभयो । रासस

अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।

गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा रबिन कडरियाले बताउनुभयो । “अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ”, उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा उल्लेख्य संख्यामा पर्यटक बढेका छन् ।”

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ ।

चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।रासस

सन् २०२४ मा एघार लाख ४७ हजार पर्यटक भित्रिए
काठमाडौँ । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिनुभयो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।