नेपाली चलचित्र – News Polar

चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो ।

‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ । राजनराज र सरोज रञ्जितकारको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् ।

लोकलयको प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग भएको छ । गाउँबेसीमा प्रयोग हुने मिठासपूर्ण शब्द र लयले गीतलाई क्याची बनाएको छ ।

प्रेमी र प्रेमिकाले एकअर्कालाई गरेको तारिफ गीतमा छ । गीतमा भाग्य, मायामोह, प्रेम, आकर्षणलगायत रहेको छ ।

गीतको भिजुअलमा निर्माणपक्षले मेहनत गरेको छ ।

विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार तेज गरी, बिमला लिम्बू र बारत लिम्बूको अभिनय छ ।

महाशिवरात्रिको छोको पारेर चलचित्र ‘शिवांश’ फागुन १ गते रिलिज हुनेछ ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ । चलचित्रमा बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि अभिनय रहनेछ ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । सिनेमाको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ । संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ ।

चलचित्रमा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियो ग्राफर विक्रम चोहान रहनेछन् । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन् ।

विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् । कस्ट्युम कमल मिश्रको छ । एमयूए तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईको छ ।

बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहेको चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।

चलचित्र चौतारीले पोस्ट प्रोडक्सन रहेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।

चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
काठमाडौँ : ‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अघि बढाएको छ । स्वदेशी चलचित्रको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले बोर्डले ‘डिजिटाइजेसन’का लागि इच्छुक निर्माता वा अधिकार प्राप्त व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो ।

बोर्डले आज एक सूचना जारी गर्दै उक्त प्रक्रियामा सहभागी हुन चाहनेले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । बोर्डका अनुसार ‘डिजिटल’ स्वरूपमा रूपान्तरण भएपछि पुराना चलचित्रको गुणस्तर सुधार हुनुका साथै ती चलचित्रलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सहज हुनेछ ।

यसअघि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दुर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’, ‘शान्तिदीप’ लगायतका केही चलचित्रहरू ‘डिजिटाइजेसन’ गरिसकेको छ । ती चलचित्रमा अङ्ग्रेजी भाषामा ‘सवटाइटल’ पनि राखिएका छन् ।

बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत चलचित्रको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

गत मङ्सिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले यही पुस १२ गतेसम्म रु २८ लाख ७८ हजार ८३६ आम्दानी गरेको छ । एकता पौडेलले निर्देशन गर्नुभएको चलचित्र ‘हर्ष’ का लागि जम्मा आठ हजार ८६८ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

गत मङ्सिर १८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘अभिमन्यू ः च्याप्टर १’ ले सोही अवधिसम्म रु २१ लाख ५० हजार ४०२ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गर्नुभएको उक्त चलचित्रको छ हजार ८६१ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

मङ्सिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ ले सोहि अवधिमा रु छ लाख ७५ हजार ३३ कमाइ गरेको छ । उक्त चलचित्रको कूल दुई हजार १४१ वटा टिकट बिक्री भएका छन् । शोभित बस्नेतले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गर्नुभएको छ । मङ्सिर २६ मा प्रदर्शन भएको चलचित्र ‘लोकन्ती’ ले रु ४ लाख १२ हजार ५४० र ‘चिराग’ ले रु ६८ हजार ४५० कमाइ गरेको छ ।

यही पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पनि घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गर्नुभएको उक्त चलचित्रले सोही अवधिमा रु ६२ लाख ६९ हजार ४७५ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन् ।

भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

हाल प्रदर्शनरत चलचित्रमध्ये गत कात्तिक १४ गतेदेखि प्रदर्शन सुरू भएको ‘परान’ ले रु १७ करोड ६७ लाख ३६ हजार ८२८ कमाइ गरेको छ । दीपकप्रसाद आचार्यले निर्देशन गर्नुभएको उक्त चलचित्रले प्रदर्शनको ५१ औँ दिन पूरा गर्दा गएको शनिबारसम्म छ लाख २७ हजार ५८५ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, सुव्रत आचार्यलगायतले अभिनय गर्नुभएको छ ।

चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ । रासस

‘अभिमन्यु’ सिनेमा आजदेखि हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजदेखि प्रदर्शनमा आएको छ । उँधौली पर्वको बिदाको अवसर पारेर आज (बिहीबार) देखि यो चलचित्र रिलिज भएको हो ।

चलचित्रमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । ‘अभिमन्यु : च्याप्टर १’ले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ ।

सोमबार भएको प्रिमियरमा उपस्थित हुनेले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिएका थिए । प्रिमियरमा पाएको प्रतिक्रियाजस्तै दर्शकबाट पनि सकारात्मक वर्ड अफ माउथको अपेक्षा निर्माणपक्षले राखेको छ ।

चलचित्रले उठान गरेको विषय, मेकिङ, प्रस्तुति र अभिनयको तारिफ फिल्म मेकर र कलाकारबाट आएकाले दर्शकले पनि सिनेमा मन पराउनेमा यसका कलाकार पनि विश्वस्थ छन् ।

“हामीले केही फिल्म मेकर, कलाकार र पत्रकारलाई सिनेमा देखाएका छौँ । उहाँहरूले मुक्तकण्डले प्रशंसा गर्नु भएको छ,” कामेश्वर भन्छन्, “त्यसैले दर्शकले पनि मन पराउनु हुनेछ भन्नेमा हामी ढुक्क छौँ । दर्शकले जस्तो प्रतिक्रिया दिनु हुनेछ, त्यसलाई हामी सुझावको रूपमा लिएर अगाडि बढ्ने छौँ ।”

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । चलचित्रमा कामेश्वर र लक्ष्मीसँगै किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय छ । अतिथि भूमिकामा रेखा थापा पनि रहेकी छन् ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।

यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा रिलिज भएको छ ।

दर्शकले रुचाउन थाले नेपाली चलचित्र
काठमाडौँ । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ ।

नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रहरूले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ को तथ्याङ्क सार्वजनिक गरिएको छ, जहाँ नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ ।

गएको शनिबार अर्थात् कात्तिक २२ गतेसम्मको सार्वजनिक तथ्याङ्कअनुसार सगरमाथाको विषयमा निर्माण गरिएको चलचित्र ‘जेरी अन टप’ ले सबैभन्दा बढी कमाई गरेको छ । उक्त चलचित्रलाई तीन लाख ७५ हजार ८१ दर्शकले हेर्दा रु ११ करोड ७१ लाख ४१ हजार ४९८ कमाई (ग्रस कलेक्सन)गरेको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको विषयमा विदेशमा धेरै चलचित्र बने तापनि नेपालमा कमै बनेका छन् । उक्त चलचित्रमा सगरमाथा आरोहण र त्यस क्रमको प्रेमकथालाई देखाइएको छ । नेपालमा सुन्दर दृश्यलाई कैद गरिएको उक्त चलचित्रले पर्यटनमा समेत टेवा पु¥याउने विश्वास निर्माता सरोज न्यौपानेको छ ।

“हामीले सगरमाथाको कथा र सुन्दरतालाई चलचित्रमा प्रस्तुत गरेका छौँ, हाम्रो प्रयासलाई दर्शकले साथ दिनुभएपछि अन्य चलचित्रकर्मीलाई पनि हौसला प्राप्त भएको छ, नयाँ विषय र गुणस्तरीय चलचित्र बन्यो भने दर्शकले रुचाउनु हुन्छ भन्ने पुनः प्रमाणित भएको छ, नेपालको सुन्दरता चलचित्रको माध्यमले प्रचारप्रसार गर्नु हामी चलचित्रकर्मीको पनि दायित्व हो”, निर्माता न्यौपानेले भन्नुभयो ।

उक्त चलचित्रमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गर्नुभएको छ । गत असोज ३१ गतेदेखि प्रदर्शनरत उत्क चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्नुभएको छ ।

यस्तै भाइटीकाका अवसर पारेर गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ ले सोही अवधि ९शनिबार बेलुकी० सम्म रु दुई करोड ५६ लाख ५७ हजार ९२९ कमाएको छ । उक्त चलचित्रलाई ८५ हजार ३५६ दर्शकले हेरेका छन् । दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल लगायतका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको छ ।

यस्तै कात्तिक ६ मै प्रदर्शन भएको चलचित्र ‘सोल्टिनी’ले भने अपेक्षाभन्दा निकै कमजोर कमाई गरेको छ । उक्त चलचित्रलाई आठ हजार ९४५ दर्शकले हेर्दा रु २९ लाख पाँच हजार ९५६ मात्र कमाई गरेको छ ।

प्रकाश सपूत, परीक्षा लिम्बू लगायतका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गर्नुभएको छ । निर्देशक सुवेदीले यसअघि निर्देशन गर्नुभएको ‘रङ्गेली’ पनि घरेलु बजारमा असफल भएको थियो ।

‘तक्मे बुढा’ को उपनामले परिचित अभिनेता विल्सनविक्रम राईले निर्देशन गर्नुभएको ‘मैझारो’ ले पनि घरेलु बजारमा सफलता प्राप्त गर्न सकेन । अभिनेता राईको पहिलो निर्देशकीय चलचित्र नै असफल भयो । अभिनेता धिरज मगर, मिरुना मगर, दयाहाङ राई लगायतका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रले रु एक करोड चार लाख २९ हजार २८८ कमाएको छ । ३५ हजार १७६ दर्शकले मात्र उक्त चलचित्रलाई हेरेका थिए ।

यस्तै कात्तिक १४ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘परान’ ले दर्शकको राम्रो साथ पाएको छ । नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गर्नुभएको उक्त चलचित्रमा बुबाछोराको कथालाई देखाइएको छ । दीपकप्रसाद आचार्यले निर्देशन गर्नुभएको उक्त चलचित्र दर्शकबाट प्राप्त प्रतिक्रिया कै कारण घरेलु बजारमा राम्रो कमाई गरिरहेको छ ।

उक्त चलचित्रले तीन करोड ७१ लाख ३६ हजार ५५३ कमाई गरेको छ । उक्त चलचित्रलाई एक लाख २८ हजार ६७९ जनाले हेरेका छन् । सुरुआती व्यापार कमजोर भए तापनि चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा दर्शकको चाप चलचित्र भवनमा बढेको निर्देशक आचार्यले बताउनुभयो । “हाम्रो चलचित्रलाई दर्शकले आफैँले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौँ, बुबाछोराको कथालाई धेरै दर्शकले आफ्नो कथा रहेको प्रतिक्रिया दिनुभएको छ, मैले मेरो परिवारको कथालाई चलचित्रमा ढालेर तयार गरेको हुँ, यो कथा अहिले प्रायः घर समाजसँग जोडिन्छ भन्नेमा विश्वस्त थिएँ, अहिले दर्शकको मायाँ दिनप्रतिदिन बढ्दो छ”, निर्देशक आचार्यले भन्नुभयो ।

उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गर्नुभएको छ । यस्तै कात्तिक २१ मा प्रदर्शन भएका दुई चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन विनाको धन’ लाई दर्शकले प्रारम्भिक रुपमा साथ दिएका छन् । यद्यपि, यी दुईको व्यावसायिक रिपोर्ट अझै सार्वजनिक भइसकेको छैन ।

समग्रमा चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति बलियो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रप्रतिको आकर्षण बढेको देखिँदैछ । घरेलु बजारमा नेपाली चलचित्रले गरिरहेको कमाईले समग्र चलचित्र क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठले बताउनुभयो ।

“गएको शनिबारकै रिपोर्ट हेर्ने हो भने चलचित्र भवनमा रहेका सबै नेपाली चलचित्रमा दर्शकको उपस्थिति देखिएको छ, यसले दर्शकले नेपाली चलचित्र हेर्ने चाहेको स्पष्ट सन्देश दिएको छ, हाम्रो चाडपर्वमा अब विदेशी चलचित्र नभई स्वदेशी चलचित्र नै कमाईका हिसाबले अगाडि आउछन्, यो तथ्य स्थापित हुँदैछ, किनकि विगतका केही वर्षमा विदेशी चलचित्रका कारण स्वदेशी चलचित्रले प्रदर्शनमा कठिनाइ भोगेको हामीले सुनेका थियौँ, तर यसपटक नेपाली चलचित्रकै वर्चस्व देखिएको छ”, वितरक श्रेष्ठले भन्नुभयो ।

उहाँले दर्शकको विश्वास जित्ने चलचित्र आगामी दिनमा पनि तयार गर्न निर्माता तथा निर्देशकलाई आग्रह गर्नुभयो । अघिल्लो वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ ले ऐतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रमा दर्शकको आकर्षण बढेको पाइन्छ । दसैँ, तिहार, शिवरात्रि, नयाँवर्ष जस्ता बिदाको समयमा नेपाली चलचित्रको व्यापार उच्च हुने गरेको तथ्याङ्क बक्सअफिसमा देखिएको छ । रासस

वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम ९बक्सअफिस०मा यस चलचित्रले रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज ग¥यो । यसकारण विसं २०८१ चलचित्रका लागि स्मरण गरिने वर्ष बन्नेछ ।

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार यो वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन्भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ चैत २९ देखि प्रदर्शन हुँदैछ । यो वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले पनि अहिले एउटा अङ्क भन्न कठिन रहेको बोर्डको भनाइ छ ।

यो वर्षको सुरुआतमा वैशाख १ गते प्रदर्शन भएको ‘डिग्री माइला’ ले ठीकठाक व्यापार गरिरहँदा वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ ले आक्रामक व्यापार गर्न सफल भयो । चलचित्रमा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा प¥यो । केकी अधिकारीले अभिनय गर्नुभएको र सुलक्षण भारतीले निर्देशन गर्नुभएको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रुपमा हेरिएको थियो । तर, यसले अकल्पनीय व्यापार ग¥यो ।

‘बक्सअफिस’को तथ्याङ्कअनुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोडको हाराहारीमा व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय गीतसङ्गीत र विषयलाई जान्छ । त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ ले चलचित्र क्षेत्रलाई चलायमान बनायो ।

यी दुवै चलचित्र प्रदर्शन अगाडि सामान्य सोचिएका थिए । तर, प्रदर्शन भएपछि दर्शकले नै सिफारिस गरेका कारण सफलताको नयाँ ‘रेकर्ड’ बनाउन सफल भए । यो वर्ष दर्शकहरू कलाकारको अनुहारभन्दा पनि चलचित्रमा उठान गरिएको विषयलाई हेर्न आउनुभएको निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो वर्ष ‘स्टार’ भनिने कलाकारका चलचित्रभन्दा सामान्य रुपमा हेरिएको तर पात्रलाई पर्दामा जीवन्त बनाउन सक्ने कलाकारको चलचित्रको व्यापार धेरै भएको छ । दसैँ र तिहारमा भएको चलचित्रको व्यापारले समग्र क्षेत्रलाई चलायमान बनाउन सफल भयो । तर, समग्र वर्षको तथ्याङ्क हेर्ने हो भने समग्र बजारको आकार भने बढेको छैन ।”

उहाँले “रैयाँ चाँदीको” बोलको हिट गीतका साथ बनेको ‘पूर्णबहादुरको सारङ्गी’ ले गरेको व्यापार ऐतिहासिक भए पनि अन्य चलचित्रले उल्लेख्य व्यापार गर्न नसक्दा समग्रमा अघिल्ला वर्षकै तुलनामा बजारमा हुने व्यापारको आकार सीमित भएको बताउनुभयो ।

चलचित्र वितरक तथा निर्माण समूहको दाबीअनुसार यो वर्ष घरेलु बजारमार्फत अघिल्ला उल्लिखित चलचित्रसँगै ‘छक्का पञ्जा ५’, ‘होस्टेल ३’, ‘अन्जिला’ ले लगानी सुरक्षित गर्दै मुनाफा आर्जन गर्न सफल भए । यसबाहेक विदेशी बजारसहित ‘घर ज्वाईं’, ‘गाउँ आएको बाटो’ र ‘लाज शरणम्’ चलचित्रले निर्मातालाई घाटा गराएन । चलचित्र ‘वसन्त’ चैत २२ देखि प्रदर्शनरत रहेकाले यसको व्यावसायिक तथ्याङ्क आउन बाँकी छ ।

यस वर्ष अरू पनि चलचित्र बजारमा देखिए । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको अभिनयमा ‘महापुरुष’का साथै चलचित्र ‘राजागन्ज’ विवादका बीच प्रदर्शनमा आए ।

अभिनेता प्रदीप खड्काले नेपाली चलचित्रका लागि यो वर्षको सुरुआत राम्रो भए झैँ अन्त्य पनि सुखद हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो वर्ष भिन्नभिन्न विषयका चलचित्र प्रदर्शन भए, वर्षको सुरुआत निकै राम्रो रह्यो । इतिहास रच्ने चलचित्रदेखि नयाँ अनुहारलाई पनि दर्शकले विश्वास गरेको पाइयो । यस वर्षको अन्त्य पनि सुखद हुने विश्वास लिएको छु ।”

उहाँले वर्षको अन्त्यमा प्रदर्शन हुने चलचित्रले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । चलचित्रमा विषयवस्तु वा कथा आकर्षणको केन्द्र हुनु सुखद रहेको निर्देशक मिलन चाम्सले बताउनुभयो । “चलचित्रको कथामा दर्शक आकर्षित हुनु चलचित्रकर्मीका लागि सुखद विषय हो, किनकि कलाकारमा केन्द्रित हुँदा त्यहाँ रचनात्मक पक्ष कमजोर हुनसक्छ । यसले नयाँ चलचित्रकर्मीलाई पनि प्रेरणा दिन्छ”, निर्देशक चाम्सले भन्नुभयो ।

यो वर्षको सुरुआतमा प्रदर्शन भएका चलचित्रको व्यापारले आशावादी बनाएको थियो । तर, वर्षको अन्त्यमा बजार उही आकारमा रहनुले अघिल्ला वर्षभन्दा फरकपन ल्याउन नसकेको वितरक श्रेष्ठको बुझाइ छ । “एक दुई चलचित्रको सफलताले हामीलाई उत्साहित बनाउनु स्वाभाविक हो । तर, समग्र वर्षभरिमा भएको व्यापारको आकार नबढ्ने हो भने त्यसलाई उपलब्धि कसरी मान्न सकिन्छ रु”, वितरक श्रेष्ठले भन्नुभयो ।

बजारको आकार बढ्न र नयाँ दर्शक चलचित्र भवनसम्म ल्याउन एउटा फरक चलचित्र चाहिने उहाँको बुझाइ छ । “लुट चलचित्रले बनाएको नयाँ दर्शकलाई कबड्डी, छक्का पञ्जा, जात्राजस्ता चलचित्रले बढाए । त्यस्तै, एउटा चलचित्र अहिलेको समयमा चाहिएको छ, अनि नयाँ दर्शक थपिनाका साथै चलचित्रको नयाँ युगको सुरुआत हुन्छ,” वितरक श्रेष्ठले भन्नुभयो ।

उहाँ आफैँ आउँदो वर्ष २०८२ मा चलचित्र निर्देशन गर्ने तयारीमा हुनुहुन्छ । यो वर्ष प्रदर्शन भएका झन्डै नौवटा चलचित्रमा अभिनेता दयाहाङ राईले अभिनय गर्नुभयो । उहाँले अभिनय गर्नुभएको चलचित्र ‘डिग्री माइला’ वैशाख १ मा प्रदर्शन भएको थियो भने चैत २९ मा ‘पिताम्बर’ प्रदर्शन हुँदैछ । अर्थात् वर्षको सुरुआतदेखि अन्त्य पनि उहाँकै चलचित्रमार्फत हुँदैछ । यद्यपि उहाँले सङ्ख्या बढाउने मात्र नभई भिन्न विषयवस्तुका कारण आफूले चलचित्रमा अभिनय गरेको बताउनुभयो ।

“मैले कथामा विविधता देखेर चलचित्रमा काम गरेको हुँ । तपाईंले सङ्ख्यासँगै विषयवस्तु हेर्नुभयो भने एउटा अभिनेता त्यसलाई छाड्न सक्दैन । साथै मेरो उपस्थितिले कुनै निर्देशक र निर्मातालाई लाभ मिल्छ र मलाई विषय मन परेको छभने किन नगर्ने?” अभिनेता राईले भन्नुभयो ।

यो वर्ष प्रदर्शन भएको चलचित्र ‘छक्का पञ्जा ५’ ले १५ करोड २१ लाख, चलचित्र ‘१२ गाउँ’ ले १९ करोड ९१ लाख रूपैयाँ घरेलु बजारमा व्यापार गरेको तथ्याङ्क बक्सअफिसमा छ । यी चलचित्रको व्यापार हुनुको एउटा मुख्य कारण परिवार नै दर्शक बनेर चलचित्र भवनसम्म आउनु हो । यसअगाडि पनि व्यावसायिक रुपमा सफल भएका अधिकांश चलचित्रमा सबै उमेर समूहका दर्शकको उपस्थिति देखिएको छ । निर्देशक पुर्नेन्दु झाले चलचित्रको पर्दामा देखिने पात्रसँग दर्शक जोडिने पारिवारिक चलचित्रले घरेलु बजारमा सफलता पाउने गरेको भाष्यले यस वर्ष पनि निरन्तरता पाएको बताउनुभयो ।

“नेपालमा सफल भएका चलचित्रहरू आफ्नै मौलिक कथा बनेको पाइएको छ । यो वर्ष पनि सफल भएका चलचित्र सूची हेर्दा मौलिक कथा, सामाजिक विषयले दर्शकलाई चलचित्र भवनसम्म आकर्षित गरेको पाइयो । यद्यपि व्यापार मात्र सोचेर चलचित्र बनाउनु भने हुन्न, किनकि यसले विविधतामा असर गर्नाका साथै बजारीकरण गर्छ । चलचित्र भवनसम्म आउँदा दर्शकमा देखिएको उत्साह निस्किँदा पनि देखियोस् भन्ने सोच राखेर चलचित्र निर्माण गर्न सक्नुपर्दछ,” निर्देशक झाले भन्नुभयो ।

चलचित्र मनोरञ्जनका लागि हेर्ने गरिन्छ । यद्यपि यसले पार्ने प्रभावप्रति सोच्ने कमै हुन्छन्, यसकारण यस वर्ष भइरहेका कामले आशावादी हुने ठाउँ प्रशस्तै दिएको छ । कामको नतिजा आउँदो वर्ष देखिनेछ, जहाँ नेपाली चलचित्रले कलात्मक र व्यावसायिक दुवै पाटोमा आफूलाई अब्बल साबित गर्ने चलचित्रकर्मीको विश्वास छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आगामी वर्ष चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि बनेको ‘चलचित्र ऐन’ संशोधन हुने, बक्सअफिसमा ‘रियल डाटा’ प्राप्त हुने लगायतका बोर्डका कार्यले चलचित्रकर्मीलाई लाभान्वित बनाउने बताउनुभएको छ । एक तथ्याङ्कअनुसार हाल नेपाली चलचित्र उद्योगमा करिब १० हजार कलाकर्मी आबद्ध छन् ।

यो वर्ष चलचित्र भवनले सो सङ्ख्या नदिएको विवाद धेरै पटक उठ्यो । यही कारण निर्देशक निश्चल बस्नेतले चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रदर्शन स्थगित गरेर ‘ओभर दी टप (ओटिटी)’ मा चलचित्र प्रसारण गर्नुभयो । यद्यपि न्यून शोबाट सुरु भएको ‘पूर्णबहादुरको सारङ्गी’ले गरेको व्यापारका कारण सर्वकालीन सफल पनि बन्न पुग्यो । फलस्वरूप नेपाली चलचित्रले गरिरहेको व्यापार देखेर वितरकले विदेशी चलचित्र नेपालमा महङ्गो मूल्यमा ल्याउने सङख्या कम गरेका छन् ।

विदेशी चलचित्रकै कारण स्वदेशी चलचित्र हेपिएको प्रश्न उठिरहँदा केही नेपाली चलचित्रले विदेशी चलचित्रलाई पराजित गर्दै सफल बनेपछि नेपाली निर्मातामा साहस र ऊर्जा थपिएको छ । हाल प्रदर्शनरत चलचित्र ‘अञ्जिला’ ले राम्रो व्यापार गरेपछि भारतीय चलचित्र ‘सिकन्दर’ नेपालमा असफल बनेको छ । यी यस्तै गतिविधिले गरेको सङ्केतका कारण पनि आउँदो वर्ष विसं २०८२ नेपाली चलचित्रका लागि राम्रो हुनेमा आशावादी हुन् सकिन्छ ।

नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा
काठमाडौँ । आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ ।

पुराना निर्देशक उदय सुब्बाले निर्देशन गर्नुभएको २३औँ चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र भनिएको छ । विशेषत: यसै चलचित्रमार्फत अभिनयको सुरुआत ९डेब्यु० गर्नुभएका अभिनेता इओन लिम्बू र अभिनेत्री सिमोन गिरीकै वरपर कथा केन्द्रित छ ।

“चलचित्रमा दुवै नयाँ कलाकारले राम्रो काम गर्नुभएको छ, आउँदो समय उहाँ दुवैका लागि राम्रो हुनेछ”, निर्देशक सुब्बाले भन्नुभयो, “मैले सामाजिक ड्रामा, प्रेमकथा, हास्यलगायतका सम्पूर्ण कुरा यसमा समेटेको छु, अघिल्ला अनुभवले पनि परिपक्व बनाउँदै अगाडि बढिरहेको छु ।”

चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बूलगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा दयाराम घिमिरेले पटकथा लेखन, विक्रम डिसीले छायाँकन, रामजी लामिछाने र कविराज गहतराजले नृत्य निर्देशन, ताराप्रकाश लिम्बू, आशिष अविरल र विकास चौधरीले सङ्गीत सिर्जना, राजु किरातीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।

आजदेखि नै प्रदर्शन गरिएको चलचित्र ‘जम्प’ लाई बनिरहेको भन्दा भिन्न भनिएको छ । निर्देशक आशुतोषध्वज कार्कीले मनोवैज्ञानिक विधामा आधारित रहेर चलचित्र तयार गरिएको बताउनुभयो ।

“नियमितरूपमा आइरहेका भन्दा फरक गरौँ भन्ने लगेर नै जम्प तयार भएको हो, यसमा थ्रिल र सस्पेन्स पनि छ”, निर्देशक कार्कीले भन्नुभयो, “सफलताको खोजीमा रहेका एथ्लेटिक्स खेलाडीको जीवनमा आउने उतारचढावमा चलचित्र केन्द्रित छ ।”

यसमा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शङ्कर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रञ्जित, सुदीप भुसाल, इलिस विष्टलगायतका कलाकारले अभिनय गर्नुभएको छ । रासस

पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र
काठमाडौँ ।  विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शनपश्चात गति लियो ।

यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो । अभिनेता, पहिरन, छायाँङ्कन, लवजसँगै प्रस्तुतिका हिसाबले अन्यभन्दा फरक चलचित्र ‘लूट’ ले नयाँ अध्यायको सुरुआत गर्यो । देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ ।

सामाजिक विषय र बदलाको कथा कयौँ चलचित्रमा देखिए । किनकि ती दर्शकमार्फत अनुमोदित विषय थिए । त्यसलाई धेरै समयसम्म निर्देशक र पटकथाकारले परिवर्तन गर्न खोजेनन् । बजारकै अनुसार चलचित्र निर्माण भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताउनुभयो । “त्यो समयमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउथेनन्, गीत, द्वन्द्व र काल्पनिक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे ।

दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो । अहिले बन्ने चलचित्रमा बढी यथार्थ खोजिन्छ, त्यो समय काल्पनिक कथा रोजाइमा पथ्र्याे”, उहाँले भन्नुभयो । मौलिक विषयवस्तुले चलचित्रमा स्थान पाएसँगै निर्माण शैलीमा परिवर्तन आएको निर्देशक प्रदीप भट्टराईले बताउनुभयो । “पर्दामा हाम्रो मौलिकता र संस्कृतिले स्थान पाएका छन् ।

हामीसँग भएको कथालाई पर्दामा उतार्न पाएका छौँ, राम्रा भनिने चलचित्रले स्वदेशी बजारको मात्रै भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, चलचित्र राम्रो बनाउन सके व्यावसायिकरूपमा विदेशमा पनि प्रदर्शन गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँको निर्देशनमा तयार हुने आगामी चलचित्र ‘महाजात्रा’ निर्माणअगावै विदेशका प्रायः देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । प्रविधिझैँ निर्माणमा समेत नयाँ शैलीले मान्यता पाएको छ ।

अहिले चलचित्रका अभिनेता भन्नेबित्तिकै सुकिला वा सयौँ भिलेनलाई पिट्ने मात्र हुँदैनन्, आम मानिसझैँ शक्तिविहीन र पर्दा बाहिर देखिने पात्रले स्थान पाएका छन् । यहीँ कारण चलचित्रलाई विभिन्न धारको भन्ने पनि गरिन्छ । अधिकांश चलचित्रकर्मी भने चलचित्रको एउटै धार ‘दर्शकको मन जित्नु’ रहेको बताउने गर्छन् । यद्यपि कलात्मक र पूर्ण व्यावसायिक भनेर दुई विधामा चलचित्रलाई प्रस्तुत गर्ने गरिएको छ ।रासस