नारायणगढ–मुग्लिन सडक – News Polar

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै
काठमाडाैँ । नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको काम गरिने भएको छ । डिभिजन सडक कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ । सो सडकखण्डका नाम्सिखोला, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रणका काम गर्न लागिएको हो । कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नाम्सिखोलाको दुवै तर्फको भित्तोमा पहिरो रोकथामको काम गरिँदै छ ।

नारायणगढबाट ३२ दशमलव एक किलोमिटर मुग्लिनतर्फ खोलो पर्दछ । जसको नारायणगढ तर्फको डाँडोको उचाइ १२० मिटर र मुग्लिन तर्फको उचाइ ९० मिटर रहेको छ । यसैगरी, कालिखोलाको दायाँबायाँको भित्तोको पहिरो रोकथामको काम गरिने छ । नाम्सिखोलाबाट ५०० मिटर मुग्लिनतर्फ पर्ने यो खोलामा नारायणगढ तर्फको भित्ताको उचाइ ६० मिटर र मुग्लिनतर्फको उचाइ ५० मिटर छ । सोही सडकको तुइन खोलामा नारायणगढतर्फ रहेको १०५ मिटर अग्लो भित्तोको पहिरो रोकथामको कार्य अगाडि बढाइने भएको छ । यो ठाउँ नारायणगढबाट ३३ दशमलव नौ किलोमिटर टाढा रहेको छ ।

इन्जिनियर घिमिरेका अनुसार यी तिनै ठाउँमा भित्तामा चार मिटर ड्रिल गरेर रड भित्र छिराएर बाहिरबाट तारा जालीले बाँधिने छ । यो प्रविधिलाई ‘रक नेटिङ’ भनिन्छ । भित्र रहेको रडले जाली अढ्याउने र जालीले ढुङ्गामाटो भित्र अढ्याउँछ । घिमिरेका अनुसार जाली लगाएपछि बायोइन्जिनियरिङ विधिको प्रयोग गरी पुरै डाँडो हरियाली बनाइने छ । यो सडक खण्डमा रहेका ४३ वटा पहिरोको जोखिम ठाउँमध्ये तीन उच्च जोखिमका ठाउँलाई मात्र पहिरो रोकथामका लागि बजेट पुगेको हो । क्रमशः बजेट सुनिश्चित भएसँगै अन्य ठाउँको पहिरो रोकथामको काम गरिने छ ।

ती तीन वटा पुललाई दुईवटा प्याकेज बनाएर सडक कार्यालयले बोलपत्र आह्वान गरेको हो । इन्जिनियर घिमिरेका अनुसार पहिलो प्याकेज तुइनखोला र नाम्सिखोलाको मुग्लिनतर्फ पर्दछ । यसको वैशाख २५ गते बोलपत्र आह्वान गरिएको छ । दोस्रो कालिखोलाको दुवैतर्फ र नाम्सिखोलाको नारायणगढतर्फको वैशाख २९ गते बोलपत्र आह्वान गरिएको हो । यी दुवै प्याकेजको बजेट रु ४२ करोड ४० लाख रहेको छ ।

खरिद प्रक्रिया पूरा गरी काम गर्दा असारको अन्तिम साता पुग्ने अनुमान छ । ठेक्का लागेसँगै सुरुमा झर्न लागेका माटाका ढिस्का र ढुङ्गा झारिने घिमिरेले जानकारी दिनुभयो । बर्सातको समयमा पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गर्दछ । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवतजावत गर्दछन् । राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य सडकका रूपमा यो रहेको छ ।

नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर। सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।रासस

खुल्यो नारायणगढ–मुग्लिन सडक
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ ।

अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । रासस

नारायणगढ–मुग्लिन सडक आज १ः०० देखि ३ बजेसम्म बन्द गरिने
चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड आज दिउँसो १ः०० देखि ३ः०० बजेसम्म बन्द गरिने भएको छ ।

यस सडक खण्डको तुइन खोलामा गएको पहिरो पूर्ण रूपमा पन्छाउनका लागि दिउँसो सडक बन्द गर्न लागिएको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार एकतर्फी सञ्चालनमा रहेको सडक दिउँसो बन्द गरेर सफाइ गरेसँगै दुईतर्फी सञ्चालनमा ल्याउन सकिने छ । इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा पहिरो खस्दा गत शुक्रबारदेखि सडक अवरुद्ध भएको थियो । आइतबार साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको भए पनि रातको समयमा सडक बन्द गरिएको थियो ।

पहिरोका कारण सडक रोकिएपछि अलपत्र परेका यात्रुहरूलाई जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा खाद्यान्न वितरण र स्वास्थ्य परीक्षण गरिएको थियो ।

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ ।

दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन ।

रातको समयमा जोखिम हुने भएकाले अहिले  ९ बजेबाट बिहान ५ बजेसम्म आवागमन रोक्नका लागि प्रशासनले सूचना जारी गरेको थियो । त्यसअघि नै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

शुक्रबार साँझ इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेको थियो । सोही स्थानमा पुनः पहिरो खसेको हो । यो सडकमा  दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्दछन् । अब यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

दुई दिनदेखि सडकमा अलपत्र परेका केही यात्रु गन्तव्यमा गए पनि पहिरो खसेपछि अन्य त्यही रोकिएका छन् ।

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो । माथिबाट पहिरो आउने जोखिम कायमै रहेको उहाँको भनाइ छ ।

आज दिउँसोदेखि पहिरो खस्ने र पन्छाउने काम गरिरहेको शर्माले बताउनुभयो । यहाँका अनुसार साँझपख आएको पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ ।

पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ । रासस

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
मुग्लिन । पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ः०० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो ।

वर्षाको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।

व्यस्त नाराणगढ–मुग्लिन सडकमा पुलको रेलिङ नै चोरियो !
काठमाडौं । नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलको रेलिङ चोरी भएको छ ।

अति व्यस्त रहने सडकमै रहेको रेलिङ चोरी भएको हो ।

भरतपुरको डिभिजन सडक कार्यालयका अनुसार सोमबार बिहान सडक अनुगमनमा जाँदा पुलको रेलिङ नै गायब थियो । आइतबार राति रेलिङ चोरी भएको अनुमान छ ।

कार्यालयले हाल पुलमा सुरक्षाका लागि रातको समयमा पनि देखिने पाइपहरू राखेको जनाएको छ ।

नयाँ पुलको आडैमा रहेको पुरानो पुलको फलामका रेलिङ चोरी भएका हुन् ।

चितवन जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा जानकारी गराई चोरी भएका सामान र चोरी गर्ने व्यक्तिको खोजी सुरू भएको छ ।

नारायणगढदेखि झन्डै ३२ किलोमिटर पर मुग्लिनतर्फ कालीखोला नजिकै नाम्सी पुल छ ।

नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई जोड्ने मुख्य मार्ग हो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्छन् ।

नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ ।

इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै आज बिहान ९ः३० बजे आसपासमा पहिरो खस्दा पूर्ण रुपमा अवरुद्ध भएको हो ।

आज बिहान ४ः२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो । त्यसलगत्तै सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने काम भइरहेको उहाँको भनाइ छ ।

नारायणढ–मुग्लिन सडक खण्ड अवरुद्ध
मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

उहाँका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ ।

नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
चितवन । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि नै सञ्चालनमा आएको हो भने नाम्चे र तुइनखोला पुल कात्तिक मसान्तसम्ममा सञ्चालनमा आउनेगरी काम भइरहेको छ । ती दुवै पुलको कालोपत्रको अन्तिम काम र रङ्गरोगनका काम मात्र बाँकी छ ।

आचार्यले भन्नुभयो, “दसैँमा कामदार घर गएकाले केही ढिला भयो, यो महिनाको मसान्तसम्ममा काम सकिन्छ ।” पहरो काटेर निर्माण भइरहेको खहरे खोलाको पुलमा पहुँच सडकका लागि धेरै तलबाट पर्खाल लगाउनुपर्ने भएकाले थप दुई महिना लाग्ने उहाँले बताउनुभयो । पुस मसान्तसम्ममा यो सडकका १९ वटै पुल नयाँ निर्माण सम्पन्न हुने आचार्यको भनाइ छ ।

यस सडकमा १९ वटा पुल छन् । त्यसमध्ये विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि चार नयाँ पुल निर्माण गरिएको थियो । विश्व बैङ्कको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलसमेत ११ मिटर फराकिला बनाइएको छ ।

पुल निर्माण  अनक कन्स्ट्रक्सनले गरेको हो । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।

तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । यो सडक राजधानी छिर्ने र बाहिरिने मुख्य सडक हो । विगतका वर्षमा पहिरोका कारण वर्षायाममा धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिलो भएसँगै केही सहज हुँदै आएको छ । यही क्रममा पहिरो रोक्नका लागि कामसमेत गरिएको छ । रासस

दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले
चितवन : तीन दिनको अविरल वर्षाले देशका धेरै ठाउँका सडक क्षतविक्षत भए, तर सधैँ चर्चामा रहने नारायणगढ–मुग्लिन सडकले भने यसपटक ठूलो विपत्ति झेल्नु परेन । वर्षाको पूर्व चेतावनी सँगै गत शुक्रबार साँझदेखि आइतबार बिहानसम्म स्थानीय प्रशासनले यो सडकखण्डमा आवतजावत बन्द ग¥यो । विगतमा एकै पटक पहिराले दुई वटा बस त्रिशूलीमा खसालेको घटनाबाट पाठ सिकेर प्रशासनले समयमै सावधानी अपनायो ।

तीन दिनसम्मको वर्षाले नौ किलोमा सडक भासिएको थियो भने केराबारी, टोपीखोला, घुमाउने र सिमलतालमा माथिबाट खसेको पहिरो समयमै पन्छाएर आइतबारदेखि सडक नियमित सञ्चालनमा आयो । सडक बन्द गरिएको समयमा अत्यावश्यक सवारीसाधन आधा घण्टाभन्दा बढी रोकिनु परेको थिएन ।

राजधानी काठमाडौँ आवतजावत बन्द भए पनि यो सडकखण्ड आइतबार बिहानबाटै नियमित सञ्चालनमा छ । सोमबार यो सडकखण्ड यात्रा गर्दा सवारीसाधनहरु बिना अवरोध सरर हुइँकिरहेका देखिन्थे ।

दिउँसो ३ बजेर ५ मिनेट जाँदा नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटमा भेटिनु भएका बा प्र.०३–००१च ०३४२ नम्बरका बोलेरो चालक नवीन गुरुङ मुग्लिन कटेपछि आनन्दको श्वास फेरेको बताउँदै हुनुहुन्थ्यो । काठमाण्डौँबाट आज बिहान सबेरै हिँड्नुभएका गुरुङले काठमाडौँको सितापाइलाबाट रामकोट हुँदै धार्के निस्केर आएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो सडक छिरेपछि खासै दुःख छैन ।”

सोही सडक हुँदै नारायणगढतर्फ आउँदै गर्नुभएका बा.प्र.०३–२६ च ४१६१ नम्बरको बोलेरो चालक आशिष गुरुङ काठमाडौँबाट आउँदा पृथ्वी राजमार्गले निकै दुःख दिएको गुनासो गर्नुभयो । बिगत समयमा नारायणगढ–मुग्लिन सडकखण्डले दुःख दिने गरेको भन्दै अहिले भने निकै सहज भएको बताउनुभयो ।

गोरखाबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ७५७ नम्बरको बसका चालक श्यामबहादुर हुमागाईं नारायणगढ–मुग्लिन सडकखण्ड सहज भएको बताउँदै आजै गोरखा फर्किने बताउनुभयो । दासढुङ्गामा भेटिनुभएका उहाँले अन्यत्र ठूलो क्षति भए पनि यो सडकखण्डमा पहिरोले धेरै समस्या नदिएको बताउनुभयो ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा ०१०२९ च ४५९४ नम्बरको विद्युतीय (इभी) माइक्रो गाडीका चालक नकुल पराजुली मुग्लिन कट्दासम्म कुनै समस्या नभएको बताउनुहुन्छ । लेवाटारमा गाडी चार्ज गरिरहनुभएका पराजुलीले ठूलो वर्षा भएपनि सडकमा दुःख नपाएको बताउनुभयो ।

यो सडक पूर्ण रुपमा सञ्चालनमा आएपनि काठमाडौँ प्रवेश गर्ने सडकमा अझै समस्या हुँदा यहाँ सवारीको चाप निकै कम देखिन्छ । पोखरा, बेसीशहर, गोरखा, बाग्लुङ लगायतका ठाउँबाट आएका सवारीसाधन धेरै भए पनि काठमाडौँबाट आएका सवारीसाधन निकै कम छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्मा यो वर्षातमा नारायणगढ–मुग्लिन सडकले दुःख नदिएको बताउनुहुन्छ । उहाँको भनाइमा एक ठाउँमा सडक धसिएको र केही ठाउँमा साना पहिरा खसेको बताउनुहुन्छ । नौ किलोमा दुई फिट सडक भासिएको थियो । झण्डै १० मिटर लामो भागको आधा सडक भासिएपछि एकतर्फी सडक सञ्चालनमा आएको थियो । त्यसलाई ग्राभेल हालेर मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।

सडक खण्डको केराबारी, टोपेखोला, घुमाउने र सिमलतालमा साना पहिरा खसेको भए पनि धेरै दुःख नदिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नारायणगढ–मुग्लिन सडक बढीमा आधा घण्टाभन्दा धेरै रोकिनु परेन ।” अहिले पनि उच्च सावधानीका साथ काम गरिरहेको शर्माको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समयमै आवागमन बन्द गराएर हुन सक्ने जोखिमबाट बच्न सकिएको बताउनुहुन्छ । नारायणगढ–मुग्लिन सडकमा यो वर्षामा खासै पहिरो खसेको छैन । रातको समयमा कुनै अप्रिय घटना नहोस् भन्नका लागि समयमै सावधानी अपनाइएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चालक र यात्रुको उच्च दबाबका बाबजुद हामीले सवारी रोकेर सावधानी अपनायौँ ।”

सो सडकमा द्रुत उद्धार टोली तयारी अवस्थामा राखेर काम भइरहेको उहाँ बताउनुहुन्छ । डिभिजन सडक कार्यालय, जिल्ला प्रहरी, जिल्ला ट्राफिक, सशस्त्र प्रहरी लगायत सबै तम्तयार अवस्थामा रहेर सडक सहज सञ्चालनमा जुटेको उहाँको भनाइ छ ।

सवारीसाधनलाई नियमन कडाइका साथ गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०० र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ५१ मा उल्लेख भएअनुसार यात्रुवाहक सवारी चालकले चलानीमा यात्रुको पूरा विवरण भरेर प्रहरी पोष्टमा बुझाउनुपर्ने हुन्छ । यो व्यवस्था भए पूर्ण रुपमा लागू नभएकोमा मङ्गलबारबाट कडाइका साथ लागू गर्न लागिएको छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार चालकलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएर ट्राफिक नियम पालना गर्न लगाइँदै छ ।

चाडपर्वको क्रममा सवारी चाप निकै बढ्ने भएकाले खाद्यान्न बाहेकका सामग्री बोकेका १४ चक्काभन्दा बढीका सवारीलाई प्रस्थान बिन्दुमै रोक्न पत्राचार गरिएको छ । यो सडक हुँदै यसरी सामग्री बोकेर आउने सवारीसाधन भैरहवा र वीरगञ्जबाट आउने गर्दछन् ।

यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्दछन् । राजधानीको लाइफलाइनका रुपमा नारायणगढ–मुग्लिन सडकखण्डलाई लिने गरिन्छ । गएको असार २८ गते यसै खण्डको सिमलतालमा दुई वटा बस पहिराले बगाउँदा धेरैले ज्यान गुमाउनुपरेको थियो । कतिपय अझै बेपत्ता छन् । बस अझै फेला परेको छैन । त्यतिबेला पनि पहिले पहिरो नखसेको ठाउँमा अकस्मान लेदो बगेर दुर्घटना भएको थियो ।

नारायण अधिकारी/रासस

नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने
काठमाडौँ । बिहीबारदेखिको लगातार पानी परिरेकोले आज रातिको समयमा नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएको छ ।

जिल्ला सुरक्षा समितिले लगातारको पानीले रातिको समयमा पहिरोक‍ो जोखिम हुने भन्दै गाडी चल्न रोक लगाएको हो ।

समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइनेछ ।

नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने छ ।

नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ ।

आइतबार राती करिब ७:२० बजे ईच्छाकामना गाउँपालिका(६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो ।

सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०:४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन
भरतपुर । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरुभएको बताइएको छ । रासस

जितेन्द्रको सपना त्रिशूलीमै बग्यो
बरहथवा । गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोे खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुपर्‍यो । नदीमा बससँगै धेरैकोे जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरुका परिवारले सदस्य मात्रै गुमाएनन्, बाँच्ने आधार पनि सधैँको लागि अन्त्य भएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–३, का जितेन्द्र रामको विदेशमा कमाएर परिवारको पेट पाल्ने सपना पनि सोही घटनामा विलीन भयो । परिवारका अनुसार जितेन्द्र गाउँकै अर्का (हाल बेपत्ता) साथी रामा दाससँगै वैदेशिक रोजगारको तयारीमा थिए । उनी म्यानपावर कम्पनीले विदेश जानुपूर्व गरिने स्वास्थ्य परीक्षण गर्न बोलाएपछि असार २४ गते मात्र काठमाडौँ पुगेका थिए । स्वास्थ्य परीक्षण गरी घर फर्कंदै गर्दा असार २८ गते झिसमिसेमा उनी सवार बस पहिरोमा परेर त्रिशूलीमा खसेको थियो ।

जितेन्द्रले २७ गते साँझ ७ बजेतिर आफू घर आउँदै गरेको परिवारलाई जानकारी गराएका थिए । परिवारसँगको त्यही संवाद जितेन्द्रको अन्तिम संवाद बन्यो । करिब आठ वर्ष पहिला पनि उनी वैदेशिक रोजगारीका क्रममा तीन वर्ष मलेसिया बसेर फर्किएका हुन् । २८ वर्षका उनको श्रीमती दुई छोरी र एक छोरा छन् ।

आर्थिक सङ्कटबाट गुज्रिरहेको जितेन्द्रको परिवारमा यस घटनाले ठूलो बज्रपात गराएको छ । पाँच धुर घडेरीमा बनेको फुसको घरमा उनका बुबा, ठूलोबुबा र आफ्नो समेत गरी १७ जनाको परिवारले मुस्किलले ओत लागेको छ । भतिजोले विदेशबाट कमाएर परिवार पाल्छु भनेको ठूलो बुबा सरपलाल महरा सम्झन्छन् ।

पीडित परिवार अझै उनीहरु फर्किने आशमा बसिरेका छन् । बेपत्तामध्ये बरहथवा नगरपालिका–३, माझी टोलाका १८ वर्षका रमित कुशवार माझी र जितेन्द्र रामको मात्र शव फेला परेको हो । रामनगर गाउँपालिका–३, का रामा दास र कविलासी नगरपालिका–८, का रवीन्द्र साहको अझै अत्तोपत्तो छैन् । यतिका दिन भइसक्दासमेत फेला नपरेका उनीहरु जीवित फेला पर्ने परिवारले आश मारिसकेका छन् ।

बेपत्ता रामा दासको बुबा शुक्रबार मात्र मलेसियाबाट चितवन आएर छोराको लास भेटिने आशमा कुरिरहेका छन् । उनी १० वर्षदेखि मलेसियामा रोजगारीको सिलसिलामा हुनुहुन्थ्यो भने उनका दाजुसमेत वैदेशिक रोजगारीको लागि मलेसियामै छन् । गाउँघरमा ट्र्याक्टर जोत्ने लगाएको काम गर्ने रामा पनि पछिल्लो समय राम्रो कमाईको लागि भन्दै वैदेशिक रोजगारीको तयारीमा थिए ।

उनलाई मेनपावर कम्पनीले कागजात मिलाउन भन्दै काठमाडौँ बोलाएको आमा बताउनुभयो । घटनाको जानकारी पाए लगत्तैबाट मुर्छा पर्नुभएकी उहाँले मलीन अनुहारमा छोराको लासमात्र भए पनि खोजी दिन आग्रह गर्नुभयो । दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्दै आएको परिवार जितेन्द्रको मृत्युपछि थप सङ्कटमा परेको छ ।

बरहथवा नगरपालिका–३, रमित कुश्वार माझीको परिवारमा पनि आँखा ओभानो छैन । परिवारका जेठा छोरा गुमाउनु पर्दा असह्य पीडा भएको बुबा रवीन्द्र कुश्वार माझीले बताउनुभयो । गाउँमा मेलापात गरेर बसिरहेका रमित गत तिहार पछिमात्र साथीको पछि लागेर काठमाडौँ गएका थिए । त्यसपछि पनि उनी धेरै पटक घर आउनेजाने गरेका थिए । त्यस दिन पनि गाउँमा आफन्त पर्नेको विवाहमा सरिक हुन भनेर रमित बस चढेका थिए ।

सुरुमा सर्लाहीका लागि टिकट काटेका कविलासी नगरपालिका–८, निवासी २४ वर्षका रवीन्द्र साहलाई पनि काउन्टरवालाले रौतहटको बसमा चढाई दिएका थिए । रवीन्द्रका परिवार अझै बेहोसमै बरबराइरहेका छन् । परिवारका केही सदस्यले चितवनको अस्पताल कुरेको हप्तादिन बढी भइसक्यो । यता सास वा लासको अत्तोपत्तो नहुँदा परिवारमा थप पीडा भएको छ ।

गत असार २८ गते झिसमिसेदेखि एकनासले सामाजिक सञ्जालमा पहिरोसँगै त्रिशूलीमा बस खसेको समाचार आइरह्यो । जितेन्द्रको परिवारको कानमा पनि उक्त घटनाको सूचना पर्‍यो । पहिले उनीहरु अन्योलमा परे । पछि सोधीखोजी गर्दा जितेन्द्र सवार बस पनि खसेको पुष्टि भयो ।

घरमा रुवावासी सुरु भयो । के गर्ने न कसो गर्ने अन्योलबीच जितेन्द्रका ठूलोबुबा सरपलाल महरा चितवन दुर्घटनास्थलतर्फ लागे । घटनाको दोस्रो दिन जितेन्द्रको शव त्रिशूलीमा फेला परेको खबर उनले पाए । लगत्तै उनीहरु लास राखेको भरतपुर अस्पताल पुगे । दुई दिनसम्म पानीले ढाडिएको लास चिन्न गाह्रो हुने अवस्था भइसकेको थियो ।

जितेन्द्रको हुलियासँग मिल्दोजुल्दो हुलियाको रौतहटकै एक युवकको समेत ‘रेकर्ड’ भएपछि प्रहरीलाई समेत शव चिन्न गाह्र्रो भयो । त्यसपछि उताको समेत परिवारलाई प्रहरीले अस्पताल झिकायो । त्यसबेला जितेन्द्रका ठूलोबुबाले आफ्नो भतिजो र रामा दासले २७ गते राति बनाएको अन्तिम टिकटक भिडियो प्रमाणका रुपमा पेस गरे ।

प्रहरीले समेत भिडियोमा भएको कपडा तथा जुत्ताबाट जितेन्द्रको शवको यकिन सनाखत गर्‍यो । प्रहरीले शव दिएपछि उनलाई अर्को आपत् आइलाग्यो । भतिजोको शव ल्याउन शववाहनले रु १७ हजार मागेपछि उनी छाँगोबाट खसेजस्तै भए । गोजीमा एक बोतल पानी किन्ने पैसा नभएका उनका लागि त्यति ठूलो रकम पहाड बनेर उभियो । शवसँगै बसेर रुँदै गुहार मागेको सरपलाल बताउनुहुन्छ । एक व्यक्तिले शववाहनलाई सर्लाहीसम्म आइपुग्नका लागि तेल हाल्न भनेर रु आठ हजार दिएपछि उनी रातारात भतिजोको शव लिएर सर्लाही पुगेका थिए । अब काजक्रिया कसरी गर्ने चिन्ताले परिवारलाई सताएको छ ।  रासस

यस्तो छ नारायणगढ-मुग्लिन खण्डमा २ वटा बस पुरिएको स्थान- तस्बीरहरू
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजी कार्यजारी रहेको छ ।

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस आज बिहान ३:३० बजे पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएको थियो । ती बसमा चालकसहित ६३ रहेका बताइएको छ ।

घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए ।

उहाँले भन्नुभयो, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।”

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता
चितवन: नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ रहेका बताइएको छ ।

घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उहाँका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार जानकारीअनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उहाँले भन्नुभयो, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।”

उहाँले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो ।रासस

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण
चितवन । नारायणगढ–मुग्लिन सडकमा सम्भावित पहिरो पन्छाउन दुई ठाउँमा उपकरण तयारी अवस्थामा राखिएको छ । बर्सातसँगै जुनसुकै बेला पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने भएकाले पूर्वतयारी गरिएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पाँच किलोभन्ने ठाउँमा लोडर तयारी अवस्थामा राखिएको छ । नारायणगढबाट २१ किलोमिटर मुग्लिनतर्फ मौरी पुलमा स्काभेटर र लोडर राखिएको छ । यो सडकखण्ड ३६ किलोमिटर लामो छ ।

पौडेलले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले उपकरण तम्तयार अवस्थामा राखिएको जानकारी दिनुभयो । थप उपकरण आवश्यक परेमा हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट प्रबन्ध गरिने उहाँले बताउनुभयो ।

सो सडकखण्डमा १५ वटा पुल बनाउँदै गरेको अनक कन्स्ट्रक्सनले पुल बनाइरहेको ठाउँमा पहिरो खसेमा पन्छाउने जनाएको छ । ती ठाउँमा ठूलो पहिरो खसेमा डिभिजन सडक कार्यालयका उपकरणसमेत प्रयोग गरिने छ । अन्य ठाउँमा खसेका पहिरो पन्छाउन सो कम्पनीले तयारी अवस्थामा राखेका उपकरणलाई प्रयोगमा ल्याइने छ । पौडेलले भन्नुभयो, “पहिरो खसेलगत्तै पन्छाउने गरी तयारीमा छौँ ।”

सडक कार्यालयले गरेको अध्ययन अनुसार यो सडकको २५ ठाउँ पहिरोको जोखिममा छन् । तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्र पहिरोको उच्च जोखिममा छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ ।

यसैगरी, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा सडक अवरुद्ध भएको थियो ।

यो सडक हुँदै नारायणगढबाट सवारीसाधन राजधानी काठमाडौँ, पोखरातर्फ जाने आउने गर्दछन् । रासस

नारायणगढ –मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ ।

हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उहाँले बताउनुभयो । रासस