नागेश कोइराला – News Polar

महानगरको अभियान सफल, डुबानबाट विराटनगरवासीले पाए राहत
विराटनगर । बर्सेनि बर्सातका दिनहरूमा डुबानबाट आक्रान्त हुँदै आएका मोरङको विराटनगरवासी यसपटक हर्षित छन् । यस वर्ष ढिलो वर्षा शुरु भए पनि पछिल्ला केही दिनदेखि भइरहेको भारी वर्षामा पनि विराटनगर क्षेत्रमा डुबानको समस्या कहीँ कतै देखिएको छैन ।

बर्सातका दिनहरूमा सधैँ जलमग्न हुने विराटनगरलाई डुबानबाट राहत प्रदान गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले यसपटक बर्सातको मौसम शुरु हुनुअघि नै नगर क्षेत्रका ढल तथा नालाहरूलाई सफाइ गरेपछि परिवर्तनको अनुभव भएको हो ।

नगर क्षेत्रका सबैजसो ढल र नालाहरूमा नकुहिने गुट्खाका खोल र प्लाष्टिकजन्य फोहर अत्यधिक भएर नाला जाम हुने समस्या रहेको विभिन्न अध्ययनले देखाउनुका साथै स्थानीयवासीको ठहर थियो । अहिले महानगरले नगर क्षेत्रमा सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक पनि लगाइसकेको छ भने नालाहरू पनि बर्खाअघि नै सफा गरेको थियो । नगरपालिकाको यस कार्यले डुबानको समस्या भोग्नु नपरेको विराटनगर जनपथ निवासी अर्जुन सुवेदीले बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नगर क्षेत्रमा सरसफाइ, उज्यालो विराटनगर, पार्किङ व्यवस्थापन, सुर्तीजन्य पदार्थ बेचबिखन र सेवनमा रोक, फुटपाथ नियन्त्रणसहितका महत्त्वपूर्ण अभियान चलाउनुभएको छ ।

कार्यभार सम्हालेको छोटो समयमै जनताले महसुस गर्ने गरी कार्य गरेको भन्दै विराटनगरका महानगरवासीले प्रमुख कोइरालाको प्रशंसा गरेका छन् । “महानगरको अहिलेको नेतृत्वले धेरै नै काम गरेको छ”, सामाजिक अभियन्ता तथा उपभोक्ता जागरण अभियान नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले भत्रुभयो, “तर हाम्रो समाज धेरै नै नकारात्मक भइसकेको छ । जतिसुकै राम्रो काम गरे पनि विरोध नै हुन्छ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भत्रे सोचको विकास हुनु आवश्यक छ ।”

मार्सेलीले महानगरले हिउँददेखि नै व्यापकरूपमा नाला सफा गरेका कारण यसपटक मुख्य सडक डुबानमा नपरेको बताउनुभयो । महानगरले यसपटक माघदेखि नै नाला सफाइ अभियान सञ्चालन गरेको थियो । नाला बनेदेखि सफा नहुँदा पानीको सहज निकास हुन सकेको थिएन । जसका कारण सामान्य वर्षा हुँदा नै अधिकांश सडक जलमग्न हुने गरेको थियो । मार्सेलीकै शब्दमा स्थानीय सरकारले गर्ने भनेको सरसफाइ, पार्किङ, सुशासन नै हो ।

“विराटनगर विगतमा भन्दा धेरै नै सुन्दर देखिएको छ”, उहाँले भत्रुभयो, “राम्रो काम भएकोलाई राम्रो नै भत्रुपर्छ । व्यापारीले पसल अगाडि सामान राख्दा, लुगा झुण्ड्याउँदा अनि छतरीमा टाउको ठोक्किएर फुटपाथबाट हिँड्न सकिँदैनथ्यो । अहिले निर्वाधरूपमा हिँड्न सकिन्छ । पानी पर्दा व्यापारीहरूलाई एकछिनका लागि प्लाष्टिक लगाउन दिनुपर्छ । यसकै कारण महानगर कुरूप भयो भत्र मिल्दैन । पार्किङ पनि व्यवस्थित भएको छ ।” प्रमुख कोइरालासँगै उपप्रमुख शिल्पा निराला कार्कीसहित सबै जनप्रतिनिधिमा केही गरौँ भत्रे हुटहुटी आफूले पाएको मार्सेलीको भनाइ छ ।

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले पनि महानगरले पूरा गर्नुपर्ने दायित्व राम्रोसित पूरा गर्दै गएको आफूले महसुस गरेको बताउनुभयो । “जस्तो कि सरसफाइ, उज्यालो विराटनगर, पार्किङ, फुटपाथ नियन्त्रण, सुर्तीजन्य पदार्थमा प्रतिबन्धलगायतका अभियानले महानगरवासीको मन छोएको छ । त्यस्तै सुशासनसहितका जुन–जुन क्षेत्रमा महानगरले काम गरिरहेको छ त्यो जनताले महसुस गर्ने गरी गरिरहेको छ,” ढुङ्गेलले भत्रुभयो, “तर महानगर यतिमा मात्रै सीमित हुनु भएन । सुरुआत राम्रो छ ।”

महानगरको कुशल नेतृत्वमा कुशल टिमले महानगरवासीलाई भरपर्दो सेवा प्रवाह गरिरहेको र सुधारको अनुभूति हुन थालेको नागरिक समाजका अगुवा रामबाबु दाहाल बताउनुहुन्छ । “बिजुली बत्ती जडान गर्ने अभियान राम्रो छ । सरसफाइमा ध्यान पुगेको छ । मिहिन ढङ्गले काम भइरहेको छ”, दाहालले भत्रुभयो, “प्रचारात्मकभन्दा सूक्ष्म ढङ्गबाट काम गरिरहेको मैले पाएको छु । महानगर प्रमुखमा जनताका समस्यालाई तत्कालै सम्बोधन गर्ने मनस्थिति रहेको मैले पाएको छु ।”

नागरिक समाजका अगुवामात्रै होइन सर्वसाधारणले पनि विराटनगर महानगरपालिकामा प्रमुखका रूपमा कोइराला आइसकेपछि धेरै नै परिवर्तनको महसुस भएको प्रतिक्रिया दिएका छन् । महानगर मातहतका कार्यालयबाट प्रवाह हुने सेवामा समेत सुधार आएको विराटनगर–५ का गणेशप्रसाद पोखरेलको भनाइ छ ।

महानगरका जुनसुकै शाखाबाट हुने काम छ भने तुरुन्तै हुने गरेको आफूले पाएको पोखरेलले जानकारी दिनुभयो । “महानगरले दिने सेवामा विगतमा भन्दा धेरै परिवर्तन भएको मैले पाएको छु”, पोखरेलले भत्रुभयो, “नागेश कोइरालालाई जुन आशा र भरोसाले भोट दिइएको थियो अहिलेसम्म त्यसलाई गिर्न दिनुभएको छैन । आगामी दिनमा पनि दिनुहुने छैन ।” विगतमा विशेष गरी घरनक्सा शाखाबाट सेवा लिँदा धेरै नै दु:ख पाएको पोखरेलले अनुभव सुनाउनुभयो ।

विराटनगर गुद्रीका कपडा व्यापारी शङ्कर साहले सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवामा प्रतिबन्ध लगाएकोमा खुसी व्यक्त गर्नुभयो । आफूले १५ वर्षसम्म गुट्खा खाएर छाडे पनि पछिल्लो समय छोराले धेरै नै खाने गरेको उहाँको भनाइ थियो । महानगरको प्रतिबन्धपछि छोराले गुट्खा खान छाडेकाले आफू सबैभन्दा धेरै खुसी भएको प्रतिक्रिया दिनुभयो ।

प्रभातकालीन घुमाइ सकेपछि चिया पसलमा चुरोट, खैनी र गुट्खा खाने मानिसहरूको स्वभावमा पनि परिवर्तन आएको विराटनगर बसपार्क नजिकै चिया पसल गर्ने सोम मगरले जानकारी दिनुभयो ।

उहाँले प्रभातकालीन घुमाइ सकेर यहाँ चिया खान आउने मानिसले चिया खानुभन्दा पहिले चुरोट सल्काउनु हुन्थ्यो र कोहीले गुट्का खानु हुन्थ्यो तर महानगरले नगरको सार्वजनिक स्थानमा चुरोट खान तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएपछि धेरै सुधार भएको प्रतिक्रिया दिनुभयो ।

महानगरपालिकाको यही अभियानबाट प्रभावित भएर सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले उत्कृष्ट महानगरपालिका भनेर विराटनगर महानगरपालिका प्रमुख कोइरालालाई सम्मान पनि गरिसकेको छ भने अहिले नगरवासी पनि प्रमुखको यस्तो कदमलाई प्रशंसा गरिरहेका छन् । रासस

विराटनगरको साख जोगाउने छु – महानगरपालिका प्रमुख कोइराला
मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुनुहुन्छ । सादा जीवन, उच्च विचार, शालिन एवं भद्र स्वभावका धनी उहाँको यही व्यक्तित्वले यस पटकको निर्वाचनमा भारी मतले विजयी हुनुभयो । नगरप्रमुख कोइरालासँग रासस प्रदेश नं १ कार्यालय राससकर्मी मोहम्मद सदरुल र मनोज दाहालले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः

यहाँका पिताजी स्वर्गीय कृष्णप्रसाद कोइरालाले स्थापना गरेको यो विराटनगर सहर राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक एवं सामाजिक महत्व बोकेको छ, यसलाई हजुरले कसरी कायम राख्नुहुन्छ ?

हो विराटनगर शहर स्थापना गर्नेदेखि यहाँ विकासको पूर्वाधार निर्माण गर्न मेरा पिताजी कृष्णप्रसाद कोइराला र त्यसपछि गिरिजाप्रसाद कोइरालालगायत धेरै अग्रजहरुले महत्वपूणर् भूमिका निर्वाह गर्नु भएको छ । नेपालको राजनीतिमा विराटनगरको योगदान ठूलो रहेको छ । लामो समय स्थानीय निकाय निर्वाचन नहुँदा जनताको भावनाको प्रतिनिधित्व हुन सकेको थिएन । पछि जनप्रतिनिधि आइसकेपछि मुलुकमा कोरोनाको महामारीका कारण विकास निर्माणले गति लिन सकेन । विराटनगरको ऐतिहासिक महत्वलाई स्थापित गर्दै जनताको भावनाअनुसार विकासका क्रियाकलापहरु सञ्चालन गर्ने दृढता लिएको छु ।

विराटनगर औद्योगिक नगरीको रुपमा पनि परिचित छ, यस्तो अवस्थामा निजी क्षेत्रलाई नयाँ उद्योग स्थापनाप्रति आकर्षित गर्न कस्तो योजना बनाउनुभएको छ । यस क्षेत्रमा पहिले स्थापना भएका अधिकांश ठूला उद्योगहरु विस्थापित भएका छन् भने साना तथा लघु उद्योग करिब १३ हजार छन् । तीमध्ये छदेखि सात हजार सञ्चालित छन् भने बाँकी त्यत्तिकै खाली बसिरहेका छन् । ती उद्योगलाई पुनः सञ्चालन गर्ने, विस्थापित हुने अवस्थामा रहेका उद्योगीहरुको भावना बुझ्ने र सुविधा दिएर भए पनि उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्ने योजना बनाएको छु । यसबाट अर्थतन्त्र चलायमान मात्र होइन, प्रशस्त रोजगारी पनि सिर्जना गर्न सकिन्छ । विराटनगरको साखलाई बढाउन लघु उद्योगको पनि धेरै ठूलो भूमिका हुन सक्छ । विराटनगर जुट मिलको ५०० देखि ६०० बिघा जग्गा त्यत्तिकै खेर गइरहेको छ । देशकै प्रसिद्ध मानिएको यस जुट मिललाई पुनः जीवित बनाउन भन्दा पनि त्यहाँ रहेको जग्गा विशेष आर्थिक क्षेत्र बनाउन सकिन्छ र त्यहाँबाट हामीले भारतलगायत अन्य देशको लगानी भित्र्याउन सकिन्छ । यसबारेमा उद्योगीहरुसँग कुराकानी पनि भएको छ । यसो गर्न सकिएमा रोजगारी सिर्जना र महानगरपालिकाको आम्दानी बढाउन सकिन्छ ।

काठमाडौँ महानगरपालिका प्रमुखले फोहर व्यवस्थापन, धरान उममहानगरपालिकाका प्रमुखले पानीको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखे जस्तै विराटनगर महानगरपालिकाको प्रमुखको हैसियतले तपाईँ के कुरालाई पहिलो प्राथमिकतामा राख्नुभएको छ ?

यो मानवको आवश्यकताको कुरा हो, तपाईँ एउटा पसलमा जानुहुन्छ, एक गिलास पानी माग्नुहुन्छ तर पसलले मिनर वाटर किन्न भन्छ, त्यसपछि तपाई शौचालय जानु हुन्छ तपाईलाई शौचालय चाहिन्छ । अब तपाईँ खाना खानुहुन्छ वा विभिन्न वस्तु उपभोग गर्नुहुन्छ र त्यसबाट फोहर हुन्छ, फोहरलाई व्यवस्थापन गर्नुपर्छ । खाना खाएर पेट भरेपछि तपाईंलाई एकछिन हरियाली चाहिन्छ, त्यसको लागि पार्क चाहिन्छ । एकछिन आराम गरेपछि सडकमा हिँड्नुहुन्छ, सडक अस्तव्यवस्त भेट्नुहुन्छ, सिटी सफारी पनि त्यही, गाडी पनि त्यहीँ छ, रिक्सा, ट्रक, साइकल पनि त्यहीँ छ, तपाईं सडकमा सुरक्षित महसुस गर्नु हन्न, हिँड्न सक्नुहन्न । त्यसैले सडक सुरक्षित हुनुपर्‍यो, सडकपेटीमा सुरक्षा हुनुपर्‍यो । सँगसँगै गाडीमा हिँड्नेलाई दुर्घटना हुँदैन भन्ने महसुस हुनुपर्‍यो । त्यसलै विराटनगरमा तीन वटा मात्र रुट छ । ७०० किलोमिटर नेटवर्क सडकमध्ये २५० देखि ३०० मात्र कालोपत्र भएको देखिन्छ । अरु बाँकी सबै लथालिङ्ग छ । एसियाली विकास बैंकको कार्यक्रम पनि सीमित ठाउँमा मात्र लागू भएको देखिन्छ । विराटनगरमा अझै सडकको समस्या सँगै ढल वा नालीको पनि समस्या रहेको छ । अब हामीले ४५० किलोमिटर बाटो बनाउँदा अगाडि भएको २५० देखि ३०० किलोमिटर कालोपत्र सडक भत्किने अवस्थामा पुगिसक्ने हुँदा जम्मा ७०० किलोमिटर बनाउनुपर्छ । त्यसको सञ्जाल बनाउन पर्‍यो । त्यसमा पहिले डुबानको समस्या समाधान गर्नुपर्‍यो, नभए सडक भत्किने हुन्छ । जबसम्म सडकमा पानी जम्न छोड्दैन तबसम्म हाम्रो प्रयास निरर्थक हुन्छ । त्यसैले यस कुरामा हामी गम्भीर छौँ ।

विराटनगरलाई आधुनिक सहर बनाउने चुनौती छ, यसलाई कसरी तालमेल मिलाएर लैजाने योजना बनाउनुभएको छ ?

धार्मिक र पर्यटकीयस्थलहरुमा विराटनगरको नाम पाएको विराट राजाको राजधानी भएकाले नाम यहीँबाट आएको जस्तो लाग्छ । त्यसलाई विराट राजाको पहिचान र नाम देखिने सङ्ग्रहालय बनाएर धार्मिक पर्यटनमा अगाडि बढाउन सकिन्छ । विराटनगरबाट सात जना प्रधानमन्त्री बनेर जानु भएको छ । उहाँहरुको इतिहासलाई वणर्न गर्दै एउटा सङग्रहालय निर्माण गरी मुलुकभरिका नागरिकलाई पूर्वप्रधानमन्त्रीहरुले दिएको योगदानको विषयमा उजागर गराउन सकिन्छ । विराटनगरका केशलिया र सिङ्घीया नदीमा तटबन्ध बनाउने र त्यसको माथि सडक बनाउन सकिन्छ । त्यस्तो सडक बालमैत्री, अपाङ्गतामैत्री, दृुष्टिविहीनमैत्री, पैदल यात्रीमैत्री हुनसक्छ ।

विराटनगर महानगरपालिकामा २०५३ सालमा शिलान्यास भएको चक्रपथले अहिलेसम्म पूणर्ता पाएको छैन्, यसलाई पूरा गर्नुपर्नेतर्फ केही सोच्नुभएको छ कि ?

विराटनगरका लागि ‘वाइपास रोड’ को निकै आवश्यक छ, एउटै सडकमा १० थरिका गाडी सञ्चालन हुने गर्दा सडक असुरक्षित छ, क्षमताभन्दा बढी मालबाहक गाडीमा सामान ढुवानी भइरहेको छ, सडक पनि भत्किरहेको छ । त्यसैले वैकल्पिक सडक निर्माणतर्फ ध्यान दिनु जरुरी छ । झण्डै २५ वर्षअघि शिलान्यास भएको चक्रपथ के कारणले सम्पन्न हुन नसकेको यस विषयमा प्रदेश सरकारसँग पनि छलफल गर्नेछु । चक्रपथ सम्पन्न हुन्छ भने गरौँ, होइन भने पूणर् रुपमा बन्द गरौँ भन्नेछु । हामी सानो हुँदा चक्रपथ परियोजना आएको थाहा पाएका थियौंँ तर यतिका वर्षसम्म सम्पन्न नभएपछि मैले मेरो घोषणापत्रमा अर्को करिडोर सडक बनाउने उल्लेख गरेको हुँ ।

विराटनगर सहरलाई सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन एवं हेर्न लायकको ठाउँ बनाउन के–के योजना बनाउनुभएको छ ?

विराटनगर सहरलाई सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन एवं हेर्न लायकको ठाउँ बनाउन धेरै महत्वकाँक्षी योजना बनाइएको छ । विराटनगरलाई साँच्चीकै महानगर बनाउन नयाँ सिराबाट काम शुरु गर्नुपर्ने देखिन्छ । शुरुमै दातृ निकायले सहयोग पर्खेर काम हुन सक्दैन । महानगरपालिकाका पहिले आफूमा सक्षम हुनुपर्‍यो, अनि दातृ निकायले पत्याउँछ । त्यो पत्याउने परिस्थिति निर्माण गर्ने कार्य हाम्रो हो, त्यसका लागि हामी समपूणर् टोली लागिरहेका छाँै । हामी आत्मनिर्भर भएपछि कोकोसँग कुरा गर्ने, कुन परियोजनालाई आगाडि बढाउने भन्ने कुरा आउँछ । प्राचीन विराटनगरलाई संरक्षण गर्ने र आधुनिक विराटनगर बनाउने हाम्रो उद्देश्य रहेको छ ।

निर्वाचनताका तपाईंले जारी गर्नु भएको सङ्कल्प एवं घोषणापत्र भन्दा पनि जनताले चाहेका र माग के कस्तो रहेको पाउनु भयो ?

निर्वाचनको क्रममा मतदाताको घरदैलोमा पुग्दा र अहिले विजयी भएपछि अधिकांश मतदाताको मूल चाहना भनेको कर घटाउनु रहेको छ । जस्तो कि पैतृक सम्पत्तिबाट बनाएको घरको कर रु ५० कर एक्कासी वृद्धि गरेर रु पाँच हजार बनाइएको छ । त्यो फरकले गर्दा कतिपयले घरको कर नतिरेको देखिन्छ, कर घटाएर नगरवासीलाई अब कर तिर्न प्रेरित गराउनु पर्ने भएको छ । लक्ष्य अनुसार राजस्व सङ्कलन भए विराटनगरवासीले खोजेको सम्पूणर् कार्य गर्न सम्भव छ । पहिले महानगरपालिका सक्षम हुनुपर्‍यो । वर्षायाममा नगरका कतिपय स्थानमा डुबानको समस्या छ । व्यवस्थित ढल, नालीको व्यवस्था गरेर डुबानको समस्याबाट मुक्त गराउन आवश्यक छ ।

नगर क्षेत्रको शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच पुर्‍याउन कस्तो योजना बनाउनुभएको छ ?

शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम गर्नुपर्ने देखिन्छ । उच्चस्तरको अस्पतालको आवश्यकता छ, बीमा र सुकुम्वासीको समस्याको समाधान खोज्नु छ । उनीहरुलाई एकीकृत बस्तीमा राख्नुपर्ने आवश्यकता छ् । कतिपय विपन्न जनता अहिलेको कर तिर्न असमर्थ रहेकाले करको दर घटाउने र करको दायरा बढाउनु पर्ने देखिन्छ । सामुदायिक विद्यालयमा निजी विद्यालयस्तरको जस्तै स्तरीय पठनपाठनको सुनिश्चित गरी प्रत्येक वडामा त्यस्तो विद्यालय स्थापना गर्नु आवश्यक छ । त्यसपछि पनि महानगरपालिकाका गरिबका छोराछोरी जसले आर्थिक अवस्थाका कारण उच्च शिक्षा अथवा आफूले अध्ययन गर्न चाहेको विषयमा आवश्यक सहयोगको प्रबन्ध गरिनेछ । अस्पतालको रुपमा १९ वटै वडामा स्वास्थ्य चौकी भए पनि त्यो राम्ररी सञ्चालन भएको देखिंदैन । यसरी छरिएर राख्नुभन्दा एकीकृत महानगरपालिका एउटा गुणस्तरीय अस्पताल स्थापना गरी निजी अस्पताल बराबरको सेवा सहुलित दरमा विराटनगरवासीलाई उपलब्ध गराउन सकियोस् । खानेपानीको योजनामा नगरवासीलाई मिनरल वाटर सरहको पानी धाराबाट उपलब्ध गराउनेतर्फ मेरो प्रयास रहनेछ ।

सङ्घीय सरकारले विराटनगर महानगरपालिकालाई दिने अनुदान अरु महानगरपालिकाको तुलनामा निकै कम छ यसलाई कसरी लिनुभएको छ ?

केही वर्षअघिसम्म विराटनगर देशकै दोस्रो मुख्य शहरको रुपमा परिचित थियो, राजनीतिक परिवर्तनपछि विराटनगरबाट पाँचजना प्रधानमन्त्री हुनुभयो । अहिले आएर नेपालको छैठाँै सहरको रुपमा पुग्नुमा सङ्घीय सरकारले नजर यहाँ नपर्नु नै मुख्य हो । विराटनगरबाट प्रधानमन्त्री बन्नु भएका व्यक्तित्वले देश बनाउन लाग्नुभयो । आफैँ जन्मेको हुर्केको ठाउँलाई बनाउनुभन्दा देशभरिको विकासमा केन्द्रित भएकाले यस्तो भएको हो । सङ्घीय सरकारको मात्र मुख नताकी महानगरपालिका आफैँंले पनि आर्थिक स्रोत जुटाउन प्रयास गर्नुपर्छ । अब हामी रु एक अर्ब राजस्व सङ्कलन गर्ने उद्देश्यले लागि परेका छौँ । विराटनगर सफल र सक्षम बनाउन लागिरहेको छौँ । विराटनगरको साख बचाउने उद्देश्यले कार्य गरिरहेका छौँ, यसमा राजनीतिक दल, नागरिक समाज र सम्पूणर् नगरवासीको साथ र सहयोगको पनि उत्तिकै जरुरत पर्दछ ।

अन्त्यमा विराटनगरवासीलाई केही भन्न चाहनु हुन्छ ?

मलाई अत्याधिक बहुमतले प्रमुखमा विजयी गराउनु भएकामा सम्पूर्ण नगरवासीप्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु । नगरवासीले जुन विश्वासका साथ मलाई यो जिम्मेवारी सुम्पिनु भएको छ, त्यसलाई कत्ति पनि कम हुन नदिई इमान्दारपूर्वक काम गर्नेछु । एउटा व्यक्तिको प्रयासले मात्रै सम्पूणर् नगरको मुहान फेर्न सम्भव हुँदैन । सबैको साथ र सहयोगको जरुरत पर्दछ । सँगसँगै खबरदारी र सचेत गराउन पनि आग्रह गर्दछु । निर्वाचनको क्रममा मैले सार्वजनिक गरेको प्रतिबद्धताको कार्यान्वयन गर्ने कुरामा आशङ्का नगर्न पनि आश्वस्त तुल्याउन चाहन्छु ।