नाउपा – News Polar

नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको नेता हेरफेर गरिएको छ ।

बहुमत सांसदले केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन् ।

यसअघि प्रमुख सचेतक रहेका चौधरी दलको नेता चयन भएपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ । लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् ।

नाउपा केन्द्रमा चार सांसद छन् । ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।

आन्तरिक किचलोले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको दुईवटा ह्विप
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट पक्ष र विपक्षमा मत दिन र नदिन छुट्टाछुट्टै निर्देशन (ह्विप)जारी गरिएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहले यही चैत २२ गते बिहीबार प्रदेशसभाबाट लिन लाग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ । पार्टीका अध्यक्षद्वारा हस्ताक्षरित पत्रमा नाउपा, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको र संसदीय दलको नेताको रुपमा घनश्याम चौधरीले काम गरे पनि प्रदेशसभाको महत्वपूर्ण निर्णयमा पार्टीको केन्द्रिय अध्यक्षलाई ह्विप लगाउने अधिकार भएकाले मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरिएको उल्लेख छ ।

अध्यक्षको पत्र सार्वजनिक भएलगत्तै सुदूरपश्चिम प्रदेशसभा, नागरिक उन्मुक्ति पार्टी, संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराथारुले मुख्यमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्न प्रदेशसभाका सदस्य आज अर्को निर्देशन (ह्विप) जारी गर्नुभएको छ ।

प्रमुख सचेतक डगौराथारुले जारी गर्नुभएको पत्रमा यही चैत २२ गते दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले आफूमाथि विश्वासको मत छ भनी पेस गर्नुहुने प्रस्तावको पक्षमा अनिवार्य उपस्थित भई मतदान गर्न र तटस्थ नबस्न राजनीतिक दलसम्बन्धी ऐनबमोजिम निर्देशन ९ह्विप० जारी गरिएको उल्लेख छ । उहाँ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत हुनुहुन्छ ।

राज्यमन्त्रीलाई कारबाही

प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री एवं नाउपाकी नेत्री इन्दिरा गिरीलाई पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गर्नुभएको छ ।

पार्टील सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै प्रदेशसभा सदस्य गिरीलाई कारबाही गरिएको पार्टी अध्यक्षद्वारा जारी पत्रमा उल्लेख गरिएको छ । गिरी पार्टीका समानुपातिक सांसद हुनुहुन्छ ।

सो पार्टीका संसदीय दलका नेता एवं आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले सिधै कारबाही गर्ने अधिकार केन्द्रिय अध्यक्षलाइ नभएको बताउनुभयो । “दलको नेता आफू रहेकोले कसैलाई कारबाही गरिएको छैन”, उहाँले भन्नुभयो, “संसदीय दलको तर्फबाट जारी भएको ह्विपअनुसार मुख्यमन्त्रीको पक्षमा मतजाहेर नगर्नेलाई कारबाही हुन्छ ।” मुख्यमन्त्रीले भोलि चैत २२ गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने कार्यसूची छ ।

नाउपाभित्र पछिल्ला दिनमा चर्किएको विवादले मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस छ । सो पार्टीको सहयोगबिना नयाँ गठबन्धनका पक्षमा बहुमत जुट्दैन । पार्टीका केन्द्रिय अध्यक्ष रन्जिता पक्षधरले नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता आउन यसअघि प्रदेशसभा, संसदीय दलका नेतालाई निर्देशन दिएको थियो । सो निर्देशन कार्यान्वयन भएको छैन ।

नाउपाले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । प्रदेशसभाको यस्तो गणितमा प्रदेश सरकार गठनका लागि नागरिक उन्मुक्ति निर्णायक देखिएको छ । पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिताबीच सङ्घ र प्रदेश तहका सरकारलाई समर्थन गर्ने÷नगर्ने विषयमा उत्पन्न मतभेदले किचलो बढ्दै गएको छ ।

सोमबार मात्रै अध्यक्षले पार्टीका गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपकबहादुर योञ्जन तामाङलाई निष्काशन गर्नुभएको थियो ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सदस्य छन् । एक पद रिक्त छ । रासस

सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।

चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् ।

श्रेष्ठले पत्र लेख्दै १४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको स्मरण गराउँदै सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन दिएको र अन्यथा पार्टीको विधान आकर्षित गरिने उल्लेख गरेकी छन् ।