नयाँ वर्ष – News Polar

नयाँ वर्षमा मस्त झुम्यो पोखरा
गण्डकी। नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला मस्त झुमिरहेको छ ।

नयाँवर्षको छेको पारेर लेकसाइडमा आयोजना गरिएको फेवा नयाँवर्ष महोत्सवले बेग्लै रौनक ल्याएको छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँवर्ष मनाउन पोखरा आएका पर्यटकले यहाँका होटल भरिभराउ छन् ।

लेकसाइड क्षेत्री पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर धुनसँगै आगन्तुकहरू ओहोरदोहोर गरिरहेका देखिन्छन् । सडक छेउछाउ राखिएका व्यावसायिक कक्षमा किनमेल गर्नेको भीड छ । मौलिक झाँकी, नृत्यदेखि साङ्गीतिक ‘कन्सर्ट’मा पर्यटक झुमिरहेका छन् । आइतबारदेखि सुरु भएको महोत्सव आज मधयरातसम्म चल्नेछ । आयोजक होटल सङ्घ पोखरामा अध्यक्ष लक्ष्मण सुवेदीले २१औँ संस्करणको महोत्सव आयोजना भइरहेको बताउनुभयो ।

तीन दिनसम्म दसौँ हजार पर्यटकले महोत्सव अवलोकन गर्ने उहाँको भनाइ छ । नयाँ वर्ष मनाउने गन्तव्यका रूपमा फेवा महोत्सव स्थापित भइरहेको अध्यक्ष सुवेदीले बताउनुभयो । महोत्सवमा संस्कृति संरक्षण, मनोरञ्जनसँगै व्यवसाय प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएको उहाँको भनाइ छ । लेकसाइडको हलनचोकदेखि ड्यामसाइडसम्म करिब तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना भइरहेको हो । ‘पर्यटन, संस्कृति र खाना’ नारा दिइएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनीलगायत सडकमै राखिएको छ ।

सबै उमेर समूहका पर्यटकलाई लक्षित गरी विविध मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको छ । पर्यटकीय याम पनि चलिरहेकाले यतिबेला पोखरामा विदेशी पर्यटकहरूको पनि चहलपहल बढेको छ । महोत्सवस्थलमा नेपाली पञ्चेबाजा र गीतसङ्गीतमा विदेशीहरू पनि नाच्दै, रमाउँदै गरेका देखिन्छन् । विश्व पर्यटन बजारमा चिनिएको पोखरा पछिल्लो समय नयाँ वर्षको गन्तव्यका रूपमा स्थापित भएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यस्ता मेलामहोत्सवले पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउने बताउनुभयो । उहाँले स्थानीय अर्थतन्त्र उकास्न र व्यवसायीहरूको मनोबल बढाउन पनि मेला–महोत्सव आयोजना भइरहनुपर्ने धारणा राख्नुभयो । पोखरामा हुने यस्ता गतिविधिले यहाँको पर्यटनलाई प्रवद्र्धन गर्ने, आर्थिक अवसर सिर्जना हुने विश्वास लिइएको छ ।

नयाँ वर्षका दिन फेवातालमा रहेको ताल बाराही मन्दिरमा पनि भक्तजन र पर्यटकको भीड लागेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम शर्मा पहारीले बताउनुभयो । “नयाँ वर्षमा देवी भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुन् र वर्षभरि कुनै दुःखकष्ट नपर्ने जनविश्वास रहेको छ”, उहाँले भन्नुभयो, “आज बिहान ६ः०० बजेदेखि नै ताल बाराहीमा भक्तजनको घुइँचो लागेको छ ।” रासस

वैशाख १: विश्वभर फैलिएको नयाँ वर्षको साझा उत्सव, प्रकृति र संस्कृतिको अद्भुत संगम
काठमाडाैँ ।वैशाख १ गते केवल एउटा मिति मात्र नभएर यो एउटा विश्वव्यापी पर्वको प्रतिक हो जसले मानव जाति र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्दछ । सूर्यले मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने यस विशेष दिनलाई मेष संक्रान्ति पनि भनिन्छ । जसलाई आधार मानेर विश्वका विभिन्न भूभागमा नयाँ वर्षको स्वागत गरिन्छ । यस दिनलाई केवल उत्सवका रूपमा मात्र नलिई नयाँ संकल्प, शुद्धीकरण र समृद्धिको प्रस्थान बिन्दुको रूपमा समेत हेर्ने गरिन्छ ।

नेपालमा यो दिनलाई विक्रम संवतको पहिलो दिनका रूपमा हर्षोल्लासका साथ मनाइन्छ जहाँ विशेष गरी भक्तपुरको प्रसिद्ध बिस्केट जात्राले यसको ऐतिहासिकता र सांस्कृतिक ओजलाई झल्काउँछ । नेपाली समाजमा आजको दिनलाई वर्षभरिको सफलताको ऐना मानिने भएकाले मानिसहरू बिहानै उठेर स्नान गर्ने, मन्दिर जाने, नयाँ लुगा लगाउने र मिष्ठान्न भोजनका साथ परिवारमा खुशी बाँड्ने गर्छन्। टोलटोलमा हुने सांगीतिक कार्यक्रम र शुभकामना आदानप्रदानले नेपाली मौलिकतालाई अझ प्रगाढ बनाउँछ ।

भारतको पञ्जाव र हरियाणा क्षेत्रमा यसलाई वैशाखीका रूपमा अत्यन्तै भव्यताका साथ मनाइन्छ जुन किसानहरूका लागि पाकेको अन्नबाली भित्र्याउने खुशीको अवसर पनि हो। यसै दिन सिख समुदायका दशौँ गुरु गोविन्द सिंहले खालसा पन्थको स्थापना गरेको हुनाले यसको धार्मिक महत्त्व अझ बढी छ र गुरुद्वाराहरूमा विशेष प्रार्थनासँगै ढोलको तालमा भाङ्ग्रा नृत्यको रौनक देख्न सकिन्छ।

पश्चिम बङ्गालमा यसलाई पोइला वैशाख भनिँदै नयाँ व्यावसायिक खाता सुरु गर्ने शुभ अवसरका रूपमा मनाइन्छ भने असममा बोहाग बिहुका नाममा सात दिनसम्म नाचगान र रमाइलो गरिन्छ। दक्षिण भारतका राज्यहरू जस्तै तमिलनाडुमा पुथान्डु र केरलामा विशु भनी मनाइने यो पर्वमा बिहानै उठेर शुभ वस्तुको दर्शन गर्ने र रङ्गोली बनाएर घर सजाउने परम्पराले छुट्टै मौलिकता थपेको छ। केरलामा विशु कानी हेर्ने परम्पराअनुसार ऐना, सुन र फलफूल हेरेर दिनको सुरुवात गर्दा वर्षभरि सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ।

थाइल्याण्डमा मनाइने सङ्क्रान विश्वमै सबैभन्दा चर्चित पानीको उत्सवका रूपमा चिनिन्छ जहाँ मानिसहरूले एक–अर्कामाथि पानी छ्यापेर मन र आत्माको शुद्धीकरण गर्दछन्। उनीहरूले बुद्धका मूर्तिहरूलाई सुगन्धित जलले स्नान गराउने र ज्येष्ठ नागरिकहरूको हातमा विनम्रतापूर्वक पानी राखेर आशीर्वाद लिने कार्यलाई निकै श्रद्धाका साथ पालना गर्छन्। यो उत्सवमा सहभागी हुन विश्वभरका पर्यटकहरू थाइल्याण्डका सडकहरूमा भेला हुने गर्छन्।

म्यानमारको थिङ्ग्यान, लाओसको पि माई र कम्बोडियाको चोल छनाम थ्मेले पनि आजकै दिनको सेरोफेरोमा नयाँ वर्ष मनाउने गर्छन् जहाँ पानीको प्रयोग मुख्य आकर्षणको रूपमा रहन्छ। यी देशहरूमा पानीले विगतका पाप, ईष्र्या र अशुभ कुराहरूलाई पखालेर आगामी वर्षलाई पवित्र बनाउने विश्वास गरिन्छ । मन्दिरहरूमा गएर धर्मकर्म गर्ने र सामूहिक भोजभतेर आयोजना गर्ने कार्यले यी देशहरूमा उत्सवको वातावरण सिर्जना गर्दछ ।

श्रीलङ्कामा सिंहली र तमिल समुदायले अलुथ अबुरुद्दा भन्दै यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् जसमा ज्योतिषीय साइतको अत्यन्तै कडा पालना गरिन्छ। त्यहाँ एउटा निश्चित समयमा सबैले एकैसाथ चुल्हो बाल्ने, खाना पकाउने र परिवारका सबै सदस्य मिलेर पहिलो गाँस खाने परम्परा छ। यो अनुशासन र परम्पराले श्रीलङ्काली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्दछ ।

एशिया बाहिर पनि यो पर्वको प्रभाव उत्तिकै सशक्त देखिन्छ जहाँ विशेष गरी क्यानडा र बेलायतमा बसोबास गर्ने दक्षिण एशियाली समुदायले विशाल परेड र सांस्कृतिक मेलाहरूको आयोजना गर्छन्। क्यानडाको टोरन्टो र बेलायतको लन्डन जस्ता सहरहरूमा आजका दिन निकालिने नगर कीर्तन र सांस्कृतिक झाँकीहरूमा हजारौँ मानिस सहभागी हुन्छन्। त्यहाँका स्थानीय सरकारहरूले समेत यस दिनलाई सांस्कृतिक विविधताको सम्मानका रूपमा विशेष मान्यता दिने गरेका छन्।

संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाका विभिन्न सहरहरूमा पनि नेपाली र अन्य एशियाली डायस्पोराले यस दिनलाई आफ्नो संस्कृति जोगाउने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने माध्यम बनाएका छन्। सिड्नीको ओपेरा हाउसदेखि न्युयोर्कको टाइम्स स्क्वायरसम्म नेपाली झण्डा र परम्परागत संगीत घन्किँदा आजको दिनले भौगोलिक सीमाना भन्दा माथि उठेर भावनात्मक एकता सिर्जना गरेको पाइन्छ । अमेरिकाका धेरै राज्यहरूमा आजका दिनलाई विशेष सांस्कृतिक महोत्सवका रूपमा मनाइने गरिन्छ ।

वैज्ञानिक र ज्योतिषीय दृष्टिकोणबाट हेर्दा पनि यो समय नयाँ ऊर्जाको सञ्चार हुने बेला हो किनकि सूर्यले आफ्नो ३६५ दिनको चक्र पूरा गरी पुनः पहिलो राशिमा पाइला टेकेको हुन्छ। पश्चिमा ज्योतिष शास्त्रमा रुचि राख्नेहरूले पनि यसलाई नयाँ ज्योतिषीय वर्षको शुरुवातका रूपमा लिने गर्छन्। अतः वैशाख १ गते केवल एउटा देश वा समुदायको चाड नभएर यो प्रकृति, संस्कृति र मानव सभ्यताको एउटा साझा संगम हो जसले संसारभरिका मानिसहरूलाई आशा, उमङ्ग र उत्साहको एउटै डोरीमा बाँधिरहेको छ । अतः वैशाख १ गते केवल एउटा देश वा समुदायको चाड नभएर यो प्रकृति, संस्कृति र मानव सभ्यताको एउटा साझा संगम हो । –न्युज एजेन्सी नेपाल

नयाँ वर्षमा काठमाडौंसहित देशभर चहलपहल बढ्दो
काठमाडौँ । नयाँ वर्षको पहिलो दिन सोमवार मुलुकको राजधानी काठमाडौं लगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

सोमवार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् ।

काठमाडौंको रानी पोखरी, रत्न पार्क लगायतका ठाउँहरुमा आन्तरिक तथा बाह्य प्रर्यटकको चहलपहल बढेको छ । नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ । वसन्त ऋतुको मौसम घुमफिरका लागि प्रतिकुल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ ।

उता मिथिलाको प्राचीन राजधानी तथा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा समेत दर्शनार्थीको भीड छ ।

नयाँ वर्षः पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको चाप
काठमाडौँ । विक्रम संवत्अनुसारको नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको छ ।

नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाखौँ भक्तजनको लाम लाग्ने भएकाले बिहान ३ः३० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर राजभण्डारीले जानकारी दिनुभयो ।

नयाँ वर्षको पहिलो दिन सोमबार पनि परेकाले धेरै भक्तजन पशुपति क्षेत्रमा जम्मा भएका हुन् । आज न पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा भक्तजनको लाम लाग्ने गर्छ । पशुपति क्षेत्रमा आज भारतीय दर्शनार्थीको पनि घुइँचो लागेको उहाँले सुनाउनुभयो । प्रत्येक वर्ष चैत र वैशाख महिनामा भारतीय दर्शनार्थी पशुपतिनाथ र गुह्येश्वरीको दर्शनका लागि धेरै आउने गरेको कोषले जनाएको छ ।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरी, जयबागेश्वरी, वत्सलेश्वरी, चन्द्रविनायक, पशुपति क्षेत्र बाहिरका गोकर्णेश्वर, चामुण्डामाई, सुन्दरीमाई, नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शोभाभगवती, श्वेतकाली, रक्तकाली, बिजेश्वरीलगायत मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । नयाँ वर्षको सूर्योदयसँगै नित्य कर्म सकी मठमन्दिरमा पूजा, आराधना र दर्शन गर्न जाने बढी हुने भएकाले काठमाडौँ उपत्यकाका मठमन्दिरमा भक्तजनको घुइँचो देखिएको हो ।

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
काठमाडौँ । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन् ।

जसका कारण पूर्वको पाथीभरादेखि पश्चिमको शैलेश्वरीसम्मका धार्मिकस्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढेको छ । यसले पर्यटन प्रवद्र्धनसँगै मुलुकको अर्थतन्त्रसमेत चलायमान हुन पुगेको छ । मुलुकभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ ।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ । “मुलुकभरका होटलहरुमा न्युनतम ३५ देखि झण्डै कुनै स्थानमा शतप्रतिशतसम्म अकुपेन्सी पुगेको छ । केही समय सुस्ताएको व्यवसायमा नयाँ आशा सञ्चार भएको छ ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ ।”

देशका प्रमुख पर्यटकीय गन्तव्यस्थल पाथीभरा, इलाम, तीनजुरे, धरान, भेडेटार, वसन्तपुर, मकालु आधार शिविर, खुम्बु क्षेत्र, सगरमाथा आधारशिविर, लुक्ला, बराहक्षेत्र, बुढासुब्बा, हलेसी, दन्तकाली, केचनाकवल, छिन्नमस्ता, जनकपुरधाम र भरततालमासमेत धेरै सङ्ख्यामा पर्यटक पुगेका छन् ।

त्यस्तै, कालिञ्चोक, चरिकोट, शैलुङ, जिरी, पाँचपोखरी, हेलम्बु, पनौती, पलाञ्चोक भगवती, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, हेटाँैडास्थित मदनभण्डारी पार्क, पालुङ, दामन, लाङ्टाङ, गोसाइँकुण्ड, नुवाकोट दरबार, बन्दीपुर, पोखरा, गोरखादरबार क्षेत्र, कपिलवस्तु, तिलौराकोट, रामग्राम, बुटवल पाल्ला, लुम्बिनी पर्यटकको प्रमुख गन्तव्य मानिन्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज, ढोरपाटन, कर्णाली पुल, काँक्रे बिहार, बुलबुले ताल, शुक्लाफाँटा, दोधारा–चादनी झोलुङ्गे पुल, अपि सैपाल हिमाल, स्वर्गद्धारी, सुपादेउराली, बागलुङ कालिका, गलेश्वर, मुक्तिनाथ, लोमान्थाङ, दाङ, घोडाघोडी, धारापानी, शैलेश्वरी, बडिमालिका, राराताल, बागेश्वरी, स्वर्गद्धारी, रानीमल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेका छन् ।

पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटना लागि हिमाली क्षेत्रमा पुगिरहेका छन् । सगरमाथासहितका हिमाल आरोहण गर्न धेरै सङ्ख्यामा स्वदेशी र विदेशी आरोही आधारशिविर पुगेका छन् ।

सङ्घीय राजधानी काठमाडौँ उपत्यका मात्रै नभइ देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकहरुको भिडभाड छ । उपत्यकाको नगरकोट, धुलिखेल, लाकुरीझञ्ज्याङ, गोदावरी, चन्द्रागिरि, खुलेखानी, चित्लाङ, शिवपुरी, ककनी, जर्सिङपौवालगायत गन्तव्यमा आन्तरिक पर्यटकको भिडभाड छ । दक्षिणकाली, पशुपतिनाथ, स्वयभू, बौद्धनाथ, वसन्तपुर, पाटन र भक्तपुर दरबारक्षेत्रमा पर्यटकले भरिभराउ छन् । नगरकोटस्थित नगरकोट अलमस्ट होटलका नवीन गुरुङले आफ्नो होटलमा अकुपेन्सी शतप्रतिशत रहेको उल्लेख गर्दै अन्य होटलमा पनि राम्रो अकुपेन्सी भएको बताउनुभयो ।

व्यवसायी उत्साहित

नयाँ वर्षको अवसरमा पर्यटन राजधानी पोखराको पर्यटन चलायमान बनेको छ । तपापि आन्दोलनका कारण पर्यटकले केही बुकिङ् रद्ध गरेका छन् । नयाँ वर्षको सन्दर्भमा पोखरामा हरेक वर्ष तीनरचार दिन पर्यटक बढ्ने गरेको पोखरा पर्यटन विकास परिषद्का अध्यक्ष तारा पहरीले बताउनुभयो । “नयाँ वर्षमा पोखरामा दुईदेखि तीन दिन चहलपहल बढ्छ । विशेषगरी भारतीय र चिनियाँ पर्यटक बढी देखिएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार पोखरा आसपासका गन्तव्य पर्यटकले भरिभराउ छन् । पर्यटकीय क्षेत्र लुम्बिनीमा पर्यटकको माहोल बढेको छ । पर्यटन राजधानी पोखरामा नयाँ वर्ष तथा महोत्सवले चहलपहल बढाएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेबान०, पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार यतिबेला अकुपेन्सी ७० प्रतिशतभन्दा बढी पुगेको छ ।

भैरहवास्थित सिद्धार्थ होटल सङ्घका अध्यक्ष सिपी श्रेष्ठका अनुसार उक्त क्षेत्रमा अकुपेन्सी ३५ प्रतिशतभन्दा बढी पुगेको छ । नयाँ वर्षको आगमनले पर्यटनलाई चलायमान बनाएको उहाँको भनाइ छ । “भैरहवाका होटलमा विशेषगरी भारतीय पर्यटकले भरिभराउ छन् । आन्तरिक पर्यटक पनि बढेका छन् । होटलहरुले विभिन्न छुट र अफर दिएका छन् । सङ्घका अनुसार भैरहवामा पाँचतारेदेखि पर्यटकस्तरका डेढसय भन्दा बढी होटल सञ्चालनमा छन् ।

पर्यटकीय नगरी सौराहामा पनि नयाँ वर्षको सन्दर्भमा पर्यटकको भिडभाड बढेको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीका अनुसार सौराहामा आन्तरिक र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा पुगेका छन् । नयाँ वर्ष विभिन्न मेला महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको उहाँले बताउनुभयो ।

क्षेत्रीय होटल संघ नेपाल चितवनका निवर्तमानअध्यक्ष गङ्गा गिरीका अनुसार चितवनका होटलमा रुम पाउने अवस्था छैन । “नयाँ वर्षमा होटलहरुको अकुपेन्सी शतप्रतिशत छ, तीन दिसम्मका लागि कुनै होटलमा रुम उपलब्ध छैनन्”, उहाँले भन्नुभयो ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे पनि नयाँ वर्ष पर्यटनमा आशा जगाउने वर्ष हुने भएकाले पर्यटन व्यवसायमा सकारात्मक उत्साह थपिएको बताउनुभयो । उहाँले भन्नुभयो,“आन्तरिक मात्र होइन विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा आउने भएकाले पर्यटन व्यवसायीमा पनि हौसला बढेको छ ।”

बोर्डको सक्रियता

पर्यटन क्षेत्र चलायमान बनिरहेको र आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि बजारीकरणलाई प्राथमिकताकासाथ अगाडि बढाइएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले बोर्डले आक्रामक रुपमा अन्तरराष्ट्रिय प्रवद्र्धनको कार्य गरिरहएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो पाँच महिनामा विदेशमा १७ वटा बिटुबी कार्यक्रम गरिएको छ ।

आन्तरिकतर्फ नेपाल इन्डिया चाइना एक्स्पो सम्पन्न भएको छ भने ‘इस्ट टुरिजम मार्ट’ सकिएको छ । सुदूपश्चिम मार्टको तयारी भइरहेको छ । अन्तरराष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट घोषणा गरिएको छ । नेपालका गन्तव्यमा विदेशी इन्फ्लुएन्सर, मिडियालाई भ्रमण गराएर पर्यटन प्रवद्र्धन गरिएको छ ।

बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा ११ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ मा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ सङ्ख्यामा खुम्चियो ।

त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । हवाई पूर्वाधार र सडक सञ्जाल चुस्तदुरुस्त भएमा मात्रै यो लक्ष्य भेट्टाउन सहज हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ । तर, भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेका छैनन् । भलै ती दुई विमानस्थलमा अन्तरराष्ट्रिय उडान भने सञ्चालन भइरहेको छ ।

सडक सञ्जाल र हवाई सम्पर्क सञ्जाललाई प्रभावकारी बनाउन सकेको खण्डमा मुलुकको पर्यटनले फड्को मार्ने अध्यक्ष शाहको विश्वास छ । नेपाल एशोसिएशन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले नयाँ वर्षले पर्यटनमा सकारात्मक ऊर्जा थपिएको बताउनुभयो । वर्ष २०८१ मा पर्यटन क्षेत्रमा अपेक्षा र निरासा दुबै मिश्रित रहेपनि आगामी वर्षमा पर्यटन क्षेत्रमा उत्साह थपिने उहाँको विश्वास छ । उहाँले भन्नुभयो,“भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय उडान भएको थियो,तर वर्षको उत्तरार्धमा उडान स्थगित भएको छ । महँगो हवाई सेवा भएको वर्षको रुपमा पनि लिन सकिन्छ, समग्रमा आशा मरेको छैन, नीतिगत फड्को मारेर परिणाम ल्याउनुपर्ने अपरिहार्यता छ ।”

नयाँ वर्षको सन्दर्मा प्रमुख पर्यटकीय गन्तव्यमा भ्रमणवर्ष जस्ता कार्यक्रम आयोजना गरेर बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने योजना छ । यसैसन्दर्भमा सन् २०२५ लाई पोखराले भ्रमणवर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पोखरामा फेवा महोत्सव सुरु भएको छ । नयाँ वर्षको अवसरमा नगरकोटमा वैशाख १ गतेदेखि ‘नगरकोट भ्रमणवर्ष(२०८२ आयोजना हुदैछ । भ्रमण वर्षको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने तालिका छ ।

नगरकोट क्षेत्रको प्राकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा भ्रमणवर्ष हुन लागेको हो । समितिका अध्यक्ष नवीन गुरुङ्ले नयाँ वर्षको अवसरमा नगरकोटमा आन्तरिक र विदेशी पर्यटकको घुइँचो लागेको तथा महोत्सवले पर्यटनमा थप रौनक ल्याउने विश्वास व्यक्त गर्नुभयो । रासस

नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक
राँझा, (बाँके) । नयाँ वर्षको आगमनसँगै बाँकेका घरबास (होमस्टे)मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर सामुदायिक होमस्टे, कोहलपुरको खड्कवार र राप्तीसोनारीको नयाँगाउँ होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

गाभर मिनी भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीका अनुसार चैत लागेपछि तीन हजारभन्दा बढी आन्तरिक पर्यटक होमस्टेमा आइसकेका छन् । गाभर होमस्टे प्राकतिक सौन्दर्य र वन्यजन्तु अध्ययन तथा अवलोकनको गन्तव्यसमेत बन्दै गएको छ । यहाँ आउने पाहुनालाई गाडी र हात्तीमार्फत बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकनका लागि जङ्गल सफारीसमेत गराउने गरिएको छ ।

बाँके निकुञ्जसँगै जोडिएको कोहलपुर नगरपालिका–१३ स्थित खड्कवार होमस्टेमा पनि अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको होमस्टे व्यवस्थापन समिति अध्यक्ष लालबहादुर रानाले बताउनुभयो ।

उहाँले अरु बेला सुनसान रहे पनि अहिले नयाँ वर्षका अवसरमा नेपालगन्जलगायत बाहिरी जिल्लाबाट घुम्न आउने पाहुनाको सङ्ख्या बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले बास बस्न आउने पाहुनालाई निकुञ्जसँग समन्वय गरेर हात्तीसफारीमार्फत वन्यजन्तुको अवलोकन गराउने गरिएको बताउनुभयो ।

दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ सांस्कृतिक नाच देखाउने गरिएको छ । संस्कृति संरक्षण र स्थानीयको दिगो जीविकोपार्जनका लागि सुरु गरिएको होमस्टेले अहिले व्यावसायिक सफलता पाउँदै गएको छ । पर्यटकका लागि सुविधा थपेपछि आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको रानाको भनाइ छ ।

बाँकेको राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेमा अन्य बेलाभन्दा अहिले बाँके निकुञ्ज घुम्न आउने पर्यटकले चहलपहल बढ्दै गएको ७ नं होमस्टे सञ्चालक शोभी थारूले बताउनुभयो । होटल व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलले यतिबेला पर्यटकीय मौसम भएकाले बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताउनुभयो ।

“अहिले विद्यार्थीको परीक्षा सकिएको, कर्मचारीको बिदा कटाउने र नयाँ वर्ष पनि परेकाले प्रमुख पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन्”, उहाँले भन्नुभयो ।

नयाँ सोच र उमंगका साथ अंग्रेजी नयाँ वर्ष २०२५ सुरु
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत्  २०२५ सुरु भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । मङ्गलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।

नयाँ वर्षको स्वागतमा झुम्यो काठमाडौं, पर्यटकीय क्षेत्र झिलिमिली
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा काठमाडौंका पर्यटकीय क्षेत्रलाई झिलिमिली पारिएको छ । पर्यटकीय क्षेत्रहरुमा मानिसहरुको भीडभाड छ ।

काठमाडौंको दरबारमार्ग, ठमेललगायतका क्षेत्रमा नागरिकको बाक्लो उपस्थिति छ । ठमेलमा तस्ट्रीट फेस्टिवल पनि आयोजना गरिएको छ ।

सडक छेउमा टेन्ट राखेर अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत गर्नका लागि भेला भएका मानिसलाई तातो परिकारका साथै पेय पदार्थ पनि बिक्रीमा राखिएको छ । नयाँ वर्ष सुरु हुन केही घण्टा मात्रै बाँकी रहँदा ठमेलमा भीड पनि बढ्दै गएको छ ।

होटल तथा रेस्टुरेन्टहरु खचाखच भरिएका छन् । मानिसहरु सडकमै नाचगान गरेर रमाइलो गरिरहेका छन् ।

सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
एजेन्सी ।सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ । यो वर्षलाई आकार दिने महत्त्वपूर्ण घटनाहरू प्रतिबिम्बित गर्ने यो राम्रो समय पनि हो । सन् २०२४ मा विश्वभरका विभिन्न सङ्कटहरू देखिएको वर्ष थियो । यस वर्ष धेरै ठूला घटना र प्रकोपहरू भए र तिनीहरूको प्रभाव सम्भवतः लामो समयसम्म महसुस गरिने छ ।

सन् २०२४ मा चर्चित केही घटनाहरू यहाँ प्रस्तुत गरिएको छ:

– मध्यपूर्व द्वन्द्व –

सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणबाट भएका घटनाहरू सन् २०२४ मा मध्यपूर्वमा प्रतिध्वनित भएका छन् । इजरायलले गाजामा आफ्नो युद्ध जारी राख्यो । इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको सङ्ख्या अहिले ४५ हजार नाघेको छ र उत्तरी गाजा अनिकालको सङ्घारमा छ ।

इजरायलले हमासका नेता र अक्टोबर ७ मा मुख्य योजनाकार याह्या सिनवारको हत्यासहित धेरै रणनीतिक विजय प्राप्त ग¥यो । यद्यपि यसको रणनीतिक उद्देश्य–हमासलाई पराजित गर्नु–अधुरो नै रह्यो ।

अप्रिलमा इजरायलले दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा बम प्रहार गरेपछि इरानले इजरायलमा अभूतपूर्व मिसाइल र ड्रोन आक्रमण ग¥यो । इजरायलले अमेरिका र पश्चिमी सहयोगका साथ आक्रमणलाई पराजित गर्यो। इजरायलले इरानको हवाई रक्षामा सीमित हवाई आक्रमण गरेर जवाफ दियो ।

इजरायलले जुलाईमा तेहरानमा नयाँ इरानी राष्ट्रपतिको उद्घाटनमा सहभागी भएका हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको थियो । दुई महिनापछि इरानले इजरायलमाथि अर्को क्षेप्यास्त्र आक्रमण गरेर जवाफ दियो । अक्टोबरको अन्त्यमा इजरायलको जवाबी हवाई आक्रमणले इरानको क्षेप्यास्त्र उत्पादनलाई कमजोर बनायो र यसको हवाई सुरक्षालाई ध्वस्त बनायो ।

सेप्टेम्बरको मध्यमा इजरायलले उत्तरी इजरायल विरुद्ध मिसाइल र रकेट आक्रमण गरिरहेको हिजबुल्लाहलाई एक गोप्य अपरेसनसँगै सजाय दियो । यस घटनामा दर्जनौँ हिजबुल्लाह कार्यकर्तालाई मार्न विस्फोटक पेजरहरू प्रयोग गरिएको थियो ।

दुई हप्तापछि इजरायली हवाई आक्रमणमा लामो समयदेखिका हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिए । त्यसपछि इजरायली स्थल सेनाले दक्षिणी लेबनानमा आक्रमण गरी हिजबुल्लाह सेनालाई पछाडि धकेलेको थियो ।

हमास र हिजबुल्लाहको कमजोरीले सिरियामा टर्की समर्थित सेनाहरूलाई डिसेम्बरमा बशर अल–असदको सरकारलाई अपदस्थ गर्ने अवसर सिर्जना ग¥यो ।

दुई महिनाको खुला युद्धपछि लेबनानमा नोभेम्बर २७ मा एउटा नाजुक युद्धविराम लागु भयो ।

– बशर अल–असदको पतन –

सिरियामा इस्लामवादी विद्रोही समूह हयात ताहरिर अल–साम (एचटिएस) द्वारा नोभेम्बर २७ मा सुरु गरिएको ११ दिनको अप्रत्याशित आक्रमणपछि राष्ट्रपति बशर अल–असद देशबाट मस्को भाग्न बाध्य हुनुभयो ।

दमास्कसको पतनको एउटा प्रतीकात्मक क्षण कुख्यात सेदनया जेलबाट कैदीहरूको रिहाइ थियो । राजधानीको उत्तरमा रहेको त्यो जेल विशेष गरी २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि असद वंशको ५० वर्षको शासनअन्तर्गत यातना र मृत्युदण्डको प्रतीक थियो ।

देशको इस्लामवादी नेतृत्वको सरकारले देशमा रहेका अल्पसङ्ख्यक र विदेशमा रहेका सरकारहरूलाई सबै सिरियालीको सुरक्षा गर्ने आश्वासन दिन खोजेको देखिन्छ । यद्यपि अलकायदासँगको सम्बन्धका कारण अन्तर्राष्ट्रिय समुदायले नयाँ सरकारको गतिविधिलाई ध्यानमा राख्दै तत्काल सिरियामाथि लगाइएको प्रतिबन्ध हटाएका छैनन् ।

असदको निष्कासनपछि देशको हतियारहरू अन्तरिम सरकारको हातमा पर्नबाट रोक्न चाहेको भन्दै इजरायलले सिरियाको सैन्य स्थलहरूमा सयौँ आक्रमण गरेको छ ।

इजरायलले गोलान हाइट्समा संयुक्त राष्ट्र–नियन्त्रित बफर जोन पनि कब्जा गरेको छ ।

– रुस–युक्रेन द्वन्द्व –

सन् २०२२ फेब्रुअरी २४ मा रुसको आक्रमणपछि युक्रेनले अगस्टमा रुसको कुस्र्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु ग¥यो । यद्यपि युक्रेन पूर्वी युक्रेनमा लडाइँबाट मस्कोको सेनालाई विचलित गर्ने आफ्नो लक्ष्यमा असफल भएको छ ।

रुसले घातक आक्रमणका साथ जवाफ दियो । किएभको सेना विशेषगरी पूर्वी डोनबास क्षेत्रमा रूसी सेनाको स्थिर प्रगति रोक्न सङ्घर्ष गरिरहेको छ ।

नोभेम्बरमा युक्रेनले अमेरिका र बेलायतको स्वीकृति पाएपछि पहिलो पटक रूसी भूभागमा पश्चिमबाट आपूर्ति गरिएको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरेको थियो ।

रुसले युक्रेनलाई आणविक वारहेड बिना हाइपरसोनिक ओरेसनिक मिसाइलले प्रहार गरेर जवाफ दियो । साथै किएभले पश्चिमी हतियारले आक्रमण जारी राखे त्यस्ता आक्रमणहरू जारी राख्ने प्रतिबद्धता व्यक्त ग¥यो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनीहरूलाई हतियार उपलब्ध गराउने देशहरूमा आक्रमण गर्ने धम्की समेत दिनुभएको छ ।

नोभेम्बरको अन्त्यमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण ग¥यो । हालैका सातामा रुसले दक्षिणी युक्रेनमा आक्रमणहरू बढाउँदा यस क्षेत्रमा नयाँ रूसी आक्रमणको डरलाई बलियो बनाएको छ ।

– युरोपेली युद्धमा उत्तर कोरियाली सैनिक –

यस वर्ष ११ हजारभन्दा बढी उत्तर कोरियाली सैनिकको तैनाथीले रुस–युक्रेन युद्धलाई वास्तवमै विश्वव्यापी सङ्घर्षमा परिणत ग¥यो ।

उत्तर कोरियालीहरू पहिले भाषा सिक्न र आफ्ना नयाँ साथी सैनिकहरूको सञ्चालन कार्यप्रणाली बुझ्न रुसी अड्डाहरूमा तालिमका लागि तैनाथ भएका थिए ।

रुसको कुर्स्क प्रान्तमा युक्रेनी फौजलाई पछि धकेल्ने प्रयास गर्दै वर्षको अन्तिम साताहरूमा तिनीहरू युद्धमा होमिए । युक्रेन र अमेरिकी अधिकारीहरूका अनुसार सयौँ उत्तर कोरियाली सैनिक लडाईंमा मारिए वा घाइते भएका छन् ।

– सुडान गृहयुद्ध –

सन् २०२३ अप्रिलमा सुडानमा सुरु भएको गृहयुद्ध सन् २०२४ मा निरन्तर जारी रह्यो । लडाइँले जनरल अब्देल फताह अल–बुरहानको नेतृत्वमा सुडानी सशस्त्र बल (एसएएफ) लाई मोहम्मद हमदान ‘हेमेदी’ दागालोको नेतृत्वमा रहेको र्यापिड सपोर्ट फोर्स (आरएसएफ) मिलिशिया विरुद्ध खडा गरेको छ ।

यी दुई व्यक्तिले अक्टोबर २०२१ मा एक विद्रोहमा संयुक्त रूपमा सत्ता कब्जा गरेका थिए । दुई दशकअघि डार्फर नरसंहारका लागि जिम्मेवार कुख्यात आरएसएफले सुडानको राजधानी खार्तुम र डार्फरको धेरैजसो नियन्त्रण कब्जा ग¥यो ।

सेप्टेम्बरको अन्त्यमा एसएएफले खार्तुमलाई पुनः प्राप्त गर्न ठूलो आक्रमण सुरु ग¥यो । तिनीहरूले सहरका केही भागहरू पुनः कब्जा गरे तर आरएसएफ सेनाहरूलाई पूर्ण रूपमा हटाउन असफल भए ।

लडाइँ सुरु भएपछि सुडानी जनताले दुःख भोगेका छन् । मृत्युको सही सङ्ख्या अज्ञात छ । मृतकको सङ्ख्या २० हजार पुगेको अनुमान गरिए पनि युद्धसँग सम्बन्धित रोग र भोकमरीलाई समावेश गर्दा यो सङ्ख्या ६० हजारभन्दा बढी वा अझ बढी हुनसक्छ । डार्फरमा अनिकाल घोषणा गरिएको छ ।

द्वन्द्वले लगभग पाँच करोड कूल जनसङ्ख्यामध्ये करिब एक करोड १० लाख मानिसलाई विस्थापित गरेको छ । एसएएफ र आरएसएफ दुवैलाई लडाइँ जारी राख्न सक्षम बनाउने शक्तिशाली बाह्य समर्थकहरू रहेकाले दुवैले आफू विजयी हुने विश्वास गर्छन् ।

– ट्रम्पको पुनरागमन –

डोनाल्ड ट्रम्पले एक पटक फेरि विश्वलाई स्तब्ध पार्नुभयो । अमेरिकी राष्ट्रपति चुनाव जित्नका लागि धेरै कडा दौडको प्रक्षेपणलाई उहाँले गलत साबित गर्नुभयो ।

चुनावी अभियानबाट पछि हट्नुभएका राष्ट्रपति जो बाइडेनको स्थानमा उम्मेदवारी दिनुभएकी डेमोक्रेट कमला ह्यारिसलाई ट्रम्पले सजिलै पराजित गर्नुभयो ।

चार अभियोग र आपराधिक सजायको सामना गर्ने ७८ वर्षीय ट्रम्पमाथि दुई असफल हत्या प्रयास भएका थिए । ट्रम्प सन् २०२५ जनवरी २० मा ह्वाइट हाउस फर्कनुहुनेछ ।

अमेरिकामा ट्रम्पको विजयले ‘अमेरिका पहिलो’ को पुनरुत्थानका साथसाथै अमेरिकालाई धेरै अन्तर्राष्ट्रिय संस्थाहरूबाट फिर्ता लिने सम्भावना छ । ती संस्थाहरूलाई ट्रम्पले अमेरिकी करदाताहरूको पैसा खाएको ठान्नुहुन्छ ।

– जलवायु प्रकोप –

मौसम लगातार तातो हुँदै गइरहेको छ । वैज्ञानिकहरूले दशकौँदेखि जीवाश्म इन्धनको हाम्रो लतले जलवायु परिवर्तन गर्ने चेतावनी दिँदै आएका छन् । तथ्यहरूले तिनीहरूलाई समर्थन पनि गरेको छ ।

वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर बढ्दै गएको छ । सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा तल जानेछ । सन् २०२४ मा पहिलो पटक औसत विश्वव्यापी तापमान पूर्व–औद्योगिक समयको तुलनामा १.५ डिग्री सेल्सियस बढी थियो । सन् २०१५ को पेरिस सम्झौताले विश्वलाई स्थायी रूपमा त्यो स्तर उल्लङ्घन गर्नबाट रोक्न खोजेका बेला यो खतरनाक सङ्केत हो कि ।

बदलिँदो मौसमका केही परिणामहरू देखिएका छन् । सन् २०२४ को पहिलो १० महिनामा संयुक्त राज्य अमेरिकामा मौसम सम्बन्धी आएका २४ वटा प्राकृतिक प्रकोपले कम्तीमा एक१ अर्ब डलरको क्षति पुर्याएको थियो । रेकर्ड खडेरीले उत्तरी दक्षिण अमेरिकालाई तहसनहस पारेको छ । विश्वको सबैभन्दा ठूलो नदी प्रणाली अमेजनका केही भाग सुकेको छ ।

आप्रवासनको अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) का अनुसार पश्चिम र मध्य अफ्रिकामा असामान्य रूपमा तीव्र वर्षाको मौसममा एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।

सेप्टेम्बरमा हेलेन नामको आँधीले दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा प्रहार ग¥यो । टाइफुन क्राथन ताइवानमा ठोक्कियो र आँधी बोरिसले मध्य युरोपमा बाढी र विनाश ल्यायो ।

टाइफुन यागी र बेबिन्काले एसियामा विनाश निम्त्यायो । अक्टोबरमा विनाशकारी भूमध्यसागरीय आँधीले पूर्वी स्पेनमा प्रहार गर्दा यसले दशकहरूमा यसको सबैभन्दा खराब बाढी निम्त्यायो र दुई सय ३० भन्दा बढी मानिसको मृत्यु भयो ।

डिसेम्बरमा चक्रवात चिडोले फ्रान्सेली ओभरसिज क्षेत्र मायोट्टलाई ध्वस्त पारेको थियो ।

जलवायु सम्बन्धी वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन कोप २९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्नमा केही मात्र प्रगति गर्न सकेको छ । दिलीप अधिकारी/रासस

नयाँ वर्ष २०८१ साल हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा एक आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै छ । विदेशमा रहेका नेपालीले नयाँ वर्ष शुभकामना साटासाट गरेर मनाउँछन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

नयाँ वर्षमा एक अर्कालाई शुभकामना दिने र मिष्ठान्न भोजन खाने चलन छ ।

नयाँ वर्षका अवसरमा साँस्कृतिक उत्सव आयोजनासमेत भइरहेका छन् ।

सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परासमेत छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत् शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत्, सम्वत् ६३३ देखि मानदेव सम्वत्, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत् चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ ।

१२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासविदहरू बताउँछन् ।

सबैभन्दा पहिले न्यूजिल्याण्डमा मनाइयो नयाँ वर्ष – २०२४
एजेन्सी । संसारभर नयाँ वर्ष (२०२४) को उत्सव मनाइएको छ । नयाँ वर्ष सबैभन्दा पहिले न्यूजिल्याण्डमा मनाइएको छ । नेपाल र न्युजिल्यान्डबीच समयको अन्तर करिब ७ः४५ घण्टा छ ।

जसका कारण न्यूजिल्याण्डमा ३१ डिसेम्बरमा नेपाली समय अनुसार साँझ ४ः४५ बजे नयाँ वर्षको स्वागत गरिएको थियो ।

त्यसपछि अस्ट्रेलिया, जापान, कोरिया र चीनमा नयाँ वर्षलाई स्वागत गरिएको थियो ।

जनवरीमा नयाँ वर्ष मनाइन्छ ?

यसको पछाडिको कारण रोमन साम्राज्यका तानाशाह जुलियस सीजरलाई मानिन्छ । भ्रष्ट नेताहरुलाई पाठ सिकाउन सिजरले २०६६ साल अगाडि क्यालेन्डरमा परिवर्तन गरेका थिए । त्यसपछि जनवरी १ मा सारा विश्वले नयाँ वर्ष मनाउन थाल्यो ।

नयाँ वर्ष मनाउने सबैभन्दा प्रारम्भिक प्रमाण पुरातन मेसोपोटामियामा २००० ईसा पूर्वको हो । उत्सव ११ दिन सम्म चलेको थियो। चीनमा पनि ३५०० वर्षअघिदेखि नयाँ वर्ष मनाइँदै आएको छ । बेलायतले १७५२ मा ग्रेगोरियन क्यालेन्डरलाई अपनायो ।

आजदेखि सन् २०२३ सुरु
काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो भने हाल यसको विश्वव्यापी प्रचार छ । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइन्छ ।

मेगा बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा विशेष छुट
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।

मेगा बैंक र दराजबीच भएको सम्झौता अनुसार, मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुले २०७८ चैत्र २८ गतेदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैंयासम्म छुट पाउनेछन् । यसैगरी, क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय सम्मको छुटको व्यवस्था गरिएको छ । छुट सुविधाका लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आजै आवेदन दिन सकिने मेगा बैंकले जनाएको छ ।

नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले मेगा बैंकले यो सम्झौता गरेको हो । दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ ।

दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ । मेगा बैंकले डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राख्दै आएको छ ।