धितोपत्र बजार – News Polar

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो
काठमाडाैँ । धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ चैत मसान्तसम्म नेपालको धितोपत्र बजारमा उल्लेखनीय विस्तार देखिएको हो । अघिल्लो चैतमा धितोपत्र बजार पुँजीकरण पनि ४४ खर्ब २५ अर्ब पुगेको थियो ।  कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा बजार पुँजीकरणको अनुपात ७१.३८ प्रतिशतबाट बढेर ७३.२३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड मा सूचीकृत कम्पनीहरूको संख्या २७० बाट बढेर २९४ पुगेको छ । तीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् ।

धितोपत्र बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरूको हिस्सा सबैभन्दा बढी ५०.२ प्रतिशत रहेको छ । त्यसपछि जलविद्युत कम्पनीहरूको हिस्सा १७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.८ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, व्यापारिक संस्थाको ४.४ प्रतिशत, होटल क्षेत्रको ३.३ प्रतिशत तथा अन्य समूहको ८.५ प्रतिशत हिस्सा रहेको छ ।

०८२ चैत मसान्तसम्म नेप्सेमा सूचीकृत ९ अर्ब ४८ करोड कित्ता शेयरको चुक्ता मूल्य ९३३ अर्ब ८९ करोड पुगेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को नौ महिनामा कुल १ खर्ब ३२ अर्ब ३६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । यसमध्ये ४५ अर्ब ५४ करोड बराबरको साधारण शेयर३९ अर्ब ८९ करोड बराबरको बोनस शेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर २७ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड ३ अर्ब ४५ करोड बराबरको डिबेन्चर ९७ करोड १७ लाख बराबरको एफपीओ तथा २ करोड २९ लाख बराबरका अन्य धितोपत्र रहेका छन् ।

त्यसैगरी समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ४१ अर्ब ५३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले २७ अर्ब २३ करोड बराबरको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड बराबरको साधारण शेयर, ४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, २० करोड बराबरको डिबेन्चर तथा ५ करोड बराबरको एफपीओ निष्कासनका लागि स्वीकृति दिएको जनाएको छ ।

धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब पुग्यो
धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब  पुगेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार गत भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड कायम भएको छ । २०८१ भदौ मसान्तमा बजार पुँजीकरण ४१ खर्ब ०३ अर्ब ६२ करोड रहेको थियो । त्यतिबेला बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७१.८८ प्रतिशत रहेकोमा गत भदौमा ७३.१५ प्रतिशत रहेको छ ।

२०८१ भदौ मसान्तमा २५८०.७६ रहेको नेप्से सूचकांक गत भदौ मसान्तमा २६७२.२५ कायम भएको छ ।

गत भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७६ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १ सय ३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९४ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । अघिल्लो वर्षको भदौमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ६७ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ११.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा गत भदौ मसान्तमा सूचीकृत ८ अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ८ सय ७७ अर्ब ९७ करोड रहेको छ । आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १२ अर्ब ७८ करोड बराबरको साधारण शेयर, १ अर्ब ८३ करोड बराबरको बोनस शेयर, १ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १७ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद शेयर र ९९ करोड ४७ लाख बराबरको साधारण शेयर गरी कुल १० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम
काठमाडौँ । धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकलले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ साउन मसान्तमा धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । २०८१ साउन मसान्तमा बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रहेको थियो । २०८१ को साउन मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ८३.४८ प्रतिशत रहेकोमा २०८२ साउनमा ७६.२४ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्टले देखाएको छ ।

राष्ट्र बैंककाअनुसार २०८२ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७४ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९२ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । २०८१ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २६८ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.१ प्रतिशत रहेको छ ।

यस्तै, २०८१ साउन मसान्तमा ३०००.८१ रहेको नेप्से सूचकाङ्क २०८२ साउन मसान्तमा २७८८.३७ कायम भएको छ ।  राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ साउन मसान्तमा सूचीकृत ८ अर्व ८८ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ७५ अर्व ३३ करोड रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ५० करोड बराबरको साधारण सेयर,.७१ करोड ८५ लाख बराबरको बोनस सेयर र  २ करोड २५ लाख बरावरको हकप्रद सेयर गरी कुल ८ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद शेयर र ४७ करोड १५ लाख बराबरको साधारण शेयर गरी कुल १० अर्ब ३३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको राष्ट्र बैंकले जनाएको छ ।

धितोपत्र बजार पुँजीकरण रु. ४६ खर्ब ५६ अर्ब कायम
काठमाडौँ । धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण रु. ४६ खर्ब ५६ अर्व ९९ करोड कायम गरिएको हो ।

२०८१ असार मसान्तमा बजार पुँजीकरण रु. ३५ खर्ब ५३ अर्ब ६८ करोड रहेको थियो । ०८१ असार मसान्तमा बजार पुंजीकरण कुल गार्हस्थ्य उत्पादनको ६२.२५ प्रतिशत रहेकोमा २०८२ असार मसान्तमा ७६.२५ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा २२४०.४१ रहेको नेप्से सूचकाङ्क २०८२ असार मसान्तमा २७९४.७९ कायम भएको छ ।

२०८२ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् । २०८१ असारमा सूचीकृत कम्पनीहरूको संख्या २७० रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५४.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.८ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ असार मसान्तमा सूचीकृत ८ अर्ब ८२ करोड सेयरको चुक्ता मूल्य रु.८ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा रु.४० अर्ब २१ करोड बरावरको साधारण सेयर, रु.२४ अर्ब ४२ करोड बराबरको बोनस सेयर, रु.१३ अर्ब २३ करोड बराबरको हकप्रद सेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.११ करोड २० लाख बराबरको एफपीओ र रु.३ अर्व ९६ करोड बराबरको अन्य सेयर गरी कुल रु. ८३ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१५ अर्व ४१ करोड बराबरको हकप्रद सेयर, रु.१५ अर्ब २० करोड बरावरको म्युचुअल फण्ड, रु.१० अर्ब ६२ करोड बराबरको डिबेन्चर र रु.३ अर्ब ९३ करोड बराबरको साधारण सेयर गरी कुल रु.४५ अर्ब १६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

धितोपत्र बजार पुँजीकरणमा रेकर्ड ब्रेक, ४४ खर्ब २३ अर्ब पुग्यो
काठमाडौँ । पछिल्लो समय धितोपत्र बजारको पुँजीकरणले आफ्नो रेकर्ड ब्रेक गर्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ जेठमशान्तसम्म धितोपत्र बजार पुँजीकरण ४४ खर्ब २३ अर्ब ४ करोड कायम भएको छ । गत वर्षको जेठ मसान्तमा बजार पुँजीकरण ३३ खर्ब ४९ अर्ब ४८ करोड रहेको थियो ।

त्यसअघि २०८० माघ मसान्तको अवस्था हेर्ने हो भने धितोपत्र बजार पुँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड कायम भएको थियो । अझ त्यसअघि अर्थात २०७९ माघ मसान्तमा बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब रहेको थियो । धितोपत्र बजारमा सूचीकृत सम्पूर्ण कम्पनीका सेयरको बजार मूल्यको कुल जोडलाई बजार पुँजीकरण भनिन्छ । बजारमा सूचीकृत धितोपत्रहरूको संख्या र तिनको आ–आफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पुँजीकरण निकालिन्छ । यसले शेयर बजारको आकारलाई समेत जनाउँछ । यस्तो बजारको आकारमा रेकर्ड ब्रेक हुँदै गएको छ । राष्ट्र बैंकका अनुसार २०८१ जेठ मसान्तमा २११२.३० रहेको नेप्से सूचकांक २०८२ जेठ मसान्तमा २६५५.३९ कायम भएको देखिन्छ । यस्तै, जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ ओटा अन्य समूहका रहेका छन् । गत जेठमा सूचीकृत कम्पनीहरूको संख्या २७० रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १६.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.३ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ८० करोड सेयरको चुक्ता मूल्य रु.८ खर्ब ६७ अर्ब २९ करोड रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रु.२३ अर्ब ६३ करोड बराबरको बोनस सेयर, रु.२२ अर्ब ४० करोड बराबरको साधारण सेयर, रु.१२ अर्ब १५ करोड बराबरको हकप्रद सेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.११ करोड २० लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल रु.६३ अर्ब ५० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१४ अर्ब ९५ करोड बराबरको हकप्रद सेयर, रु.१३ अर्ब बराबरको म्युचुअल फण्ड, रु.८ अर्ब ४२ करोड बराबरको डिवेन्चर र रु.२ अर्ब ७५ करोड बराबरको साधारण सेयर गरी कुल रु.३९ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।