देउसी – News Polar

मौलिकता गुमाउँदै देउसी र भैलोः बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी
ढोरपाटन । तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ ।

तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अंगाल्दा मौलिकता भने गुमाउँदै गएको छ ।

देउसी र भैलोमा बज्नुपर्ने मादल, खैजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र ¥याप गीत बज्न थालेका छन् । साथै, सोरठी र मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ ।

यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोकचोकमा देउसी, भैलो खेल्नेको भिड छ । तर उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता देखिन्न । बागलुङ बजारका ७८ वर्षे देवबहादुर श्रेष्ठ परम्परागत देउसी र भैलोलाई आधुनिकताले प्रभावित पारेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।

पश्चिमा संस्कृतिले नेपालको मौलिकता मेटाउन लागेको भन्दै उहाँले भन्नुभयो, “अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन, मादल, बाँसुरी र खैजडी बजाएर गरिने मारुनी र सोरठीको नाच अब कहाँ हेर्न पाउनु रु” आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उहाँको बुझाइ छ ।

“हामीमा मौलिकता जोगाउने भन्ने भावना विकास नै भएन, अरुको देखासिकी गर्ने बानीले कैयौँ संस्कृतिहरु लोप भइरहेका छन्” उहाँले भन्नुभयो ।

स्थानीय ६५ वर्षीय भूदर्शप्रसाद श्रेष्ठले आधुनिक शैलीको देउसी र भैलोका कारण नेपालीको पहिचान नै गुम्ने अवस्था आउन लागेको बताउनुभयो । उहाँले मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो बढ्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले रेकर्ड गरिएका गीतले मौलिक सोरठी, मारुनी, थाली, कौरा, सिरफुले, सालैजो जस्ता गीत र नृत्य ओझेलमा परेको बताउनुभयो । श्रेष्ठले विदेशी संस्कृतिको अनुशरण गरे पनि मौलिक देउसी, भैलोको खास, महत्व र मर्म भने हराउन दिन नहुने बताउनुहुन्छ । तर पछिल्ला वर्षमा पैसा सङ्कलन गर्नका लागि विदेशी गीत, सङ्गीत र नाचको प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

“प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो, तर आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई सङ्कटमा पार्नु हो, नयाँ पनि सिकौँ, अनुशरण गरौँ र पुरानोलाई पनि संरक्षण गरौँ भन्ने भवना युवापुस्तामा भएन भने भोलि विदेशी र हामीमा केही भिन्नता हुने छैन”, श्रेष्ठले भन्नुभयो, “नेपालीको पहिचान विश्वभर छ, त्यसैले विदेशी जस्तो नभई हाम्रो मौलिकतामा पनि रमाउन सक्नुपर्छ ।”

स्थानीय ३० वर्षीय लक्षु पुनमगरले मौलिकतालाई जोगाउन युवापुस्ता नै लाग्नुपर्ने बताउनुभयो । उहाँले बुढापाका मौलिकताको खानी भएको भन्दै उनीहरुबाट युवापुस्ताले ग्रहण गर्नुपर्ने बताउनुहुन्छ ।

पुनमगर भन्नुहुन्छ, “अग्रजलाई सधैँ सम्मान गर्न पर्छ, उहाँहरुमा संस्कृतिका बारेमा धेरै ज्ञान छ, हामीले सिक्न सकिरहेका छैनौँ, धेरैलाई पुराना संस्कृतिका बारेमा थाहा नहुँदा पश्चिमा संस्कृतिको सिको गरेका हुन् ।”

पुनले अहिले देउसी, भैलोमा अधिकांश आधुनिकता मिसिए पनि थोरै मौलिकता भने रहिरहेको दाबी गर्नुहुन्छ । बढ्दो प्रविधिको विकासले गर्दा नयाँपुस्ताले मौलिक परम्पराको संरक्षण गर्न नसकेको बताउनुहुन्छ ।

राति ९ बजेपछि देउसी भैलो खेल्न रोक
नेपालगञ्ज । बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

“अन्य जिल्लामा लागू गरेको समयलाई हामीले पनि लागू गर्न खोजेका छौँ”, उहाँले भन्नुभयो । प्रहरी उपरीक्षक अधिकारीले चाडपर्वका बेला हुने चोरी र सम्भावित अपराध तथा दुर्घटना रोक्न एकीकृत सुरक्षा योजना लागू गरिएको उल्लेख गर्दै त्यसका लागि प्रहरी परिचालन भएको बताउनुभयो । उहाँले ‘रातभर देउसी, भैलो खेल्दा सार्वजनिक शान्ति भङ्ग हुने खतरा हुनसक्ने भएकाले गम्भीर प्रकृतिका घटना हुनसक्ने भन्दै शान्तिसुरक्षा कायम गर्न देउसी, भैलोमा समय निर्धारण गरिएको उल्लेख गर्नुभयो ।

तिहारको समयमा दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटना घट्नसक्ने भएकाले सोतर्फसमेत सचेत रहन प्रहरीले अनुरोध गरेको छ । जिल्लाभर पटाकालगायत प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा पड्काउनसमेत प्रहरीले रोक लगाएको छ ।

गर्धन र खुकुरी–एकै ठाम, गठबन्धन अरे– त्यसको नाम
काठमाडौं ।कोरोना कहरका कारण दुई बर्ष रोकिएको ‘प्रज्ञा सिस्नुपानी देउसी’यस पटक आयोजना गरिएको छ ।

शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा ‘प्रज्ञा सिस्नुपानी देउसीको आयोजना गरिएको थियो।

देउसीमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल रचक्र दुवाडीले बर्तमान राजनीतिक बिसंगतिका बारेमा व्यग्यात्मक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा यसैगरी कवि अर्जुन पराजुलीले आधा दर्जन कविता मार्फत समसामयिक विषयमा व्यग्यात्मक प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा बरिष्ठ तवलाबाधक अच्युतराम भन्डारीको नेतृत्वमा रहेको ३८ जनाटोलीले तवला मार्फत प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा सिस्नुपानिको टोलीका टंक आचार्य , धिरेन्द्र प्रेमर्षि , लक्ष्मण गाम्नागे लगायतका कलाकारहरुले देउसी मार्फत समसामयिक राजनीती, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसांगतीविरुद्द व्यङ्ग्यात्मक प्रस्तुती दिनु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्व ९प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व९प्रधानमन्त्री डा।बाबुराम भट्टराई , मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरू,विभिन्न राजनीतिक दलका नेता, काठमाडौ तथा ललितपुर महानगरका प्रमुख,सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए।

प्रज्ञा-सिस्नुपानी देउसी २०७९ महत्वपूर्ण अंश

वीर शहीद हाम्रा – देउसिरे

अमर रहून – देउसिरे

कुनै बेला हाम्रो – देशैमा

सत्ता चलाउने – केसैमा

दुई तिहाइ सरकार – आको थ्यो

केही होला जस्तो – भाको थ्यो

सुँगुर स्वर्ग – के जान्थ्यो

ऊ नखा भन्दा – के मान्थ्यो

दुई चार थान भाले – भिडेर

जनादेशको टाउको – गिँडेर

दुई तिहाई हुँदै – फुईँ तिहाई

फुइँ तिहाई हुँदै – भुइँ तिहाई

फेरि नि बहुमत – भन्दैछन्

दिउँसै तारा – गन्दैछन्

गर्धन र खुकुरी – एकै ठाम

गठबन्धन अरे – त्यसको नाम

रुख र हँसिया – छाता र घाम

सबैले गर्ने – एउटै काम

समृद्ध नेपाल – ठण्डाराम

शहीदका सपना – परमधाम ।

००

देउसी हाम्रो दुई वर्ष लकडाउनले तोड्दियो

कोरोनाले लान खोज्यो बिचमै छोड्दियो ।

यात्रा सिस्नुपानीको, पच्चीस वर्ष धानेको

जनताको बोली टिपी गोली हानेको ।

आगो पेवा मुढाको, पार्टी पेवा बुढाको

मोटर हाँक्न नसक्नेले पिलेन उडाकोे π

यो सरकारलाई पनि हाम्ले व्यङ्ग्य गर्नु पर्ला कि

डर लाग्छ व्यङ्ग्य गर्दा व्यङ्ग्यै मर्ला कि ।

देशमा सरकार छ कि छैन छाम छाम जनता

नेपालको प्रधानमन्त्री को छ भन त ।

के गर्दैछन् देउवाजी यो पाँचौ कार्यकालैमा

घरमै बस्छन् कि उता ससुरालैमा ।

तेइस सिटे झोलीतुम्बी थाप्दै थिए देउ वा

को खाइ-को खाइ-को खाइ हाम्म पिएम खाउ बा ।

कोहीले सरकार पड्काउँछन् कोहीले पार्टी फर्काउँछन्

पर्मादेशले पर्मादेशलाई लास्टै थर्काउँछन् ।

यसले उसलाई गलाउने, उसले यसलाई गलाउने

गठबन्धनको एउटै लक्ष्य ओली ढलाउने

कोही बाँडीचुँडी खान गठबन्धन बनाउँछन्

कोही एक्लै खान आफ्नै खाडल खनाउँछन् ।

००

नेपाली कांग्रेस – जिन्दावाद

भोट केमा – हथौडामा

माओवादी केन्द्र – जिन्दावाद

भोट केमा – रुखमा

यो जीत कस्को – था छैन

आफ्नालाई भोट हाल्न – पा छैन

कलमलाई पनि – गाउँ दे

साइकललाई पनि – ठाउँ ले

नेकपा एमाले – जिन्दावाद

भोट के मा – हलोमा

यो जीत कसको – छाताको

सूर्य चिन्ह कमल – थापाको

गठबन्धन पिरती – गाँसी दे

अर्कैको पोस्टर – टाँसी दे

मन रोए पनि – हाँसी दे

सिद्धान्तलाई – फाँसी दे ।

००

कम्निस्ट नामको हाम्निस्ट-पार्टी सिद्धान्त नै छाँटी छाँटी नि लैलै

दुई पार्टी जुट्दछन्, दर्जन भई फुट्दछन्

ठूलो मै हुँ भन्दै उफ्रन्छन्

साँढे

बाली खान नपाए डुक्रन्छन् ।

कांग्रेस नामको हांग्रेस पार्टी .रुखका हाँगा काटी काटी नि लैलै

केही गर्न नपर्ने, हेर्दा हेर्दै झर्ने

के अचम्म ज्याकल जिल पर्ने

ए दाइ

रामचन्द्रले भन के गर्ने π

००

चुनावको मुखैमा दल फेर्नेको लर्को छ

त्यागी नेता सेन्टिफ्ल्याँट चैते चर्को छ ।

बासी हड्डी सुँघाएर जुन पार्टीले बोलाउँछन्

तिनकै चप्पल चाटेर पुच्छर डोलाउँछन् ।

टिकट नपाई भड्केका आत्माहरू बढे झन्

अझै केही तह थपौँ तीनटा मात्रै छन् ।

प्रदेश एकमा पचास मन्त्री मुख्यमन्त्री तीनजना

नामै राख्न नसकेर चले पाइखाना ।

बाटो छैन खोलो छैन करोडौंको बन्यो पुल

हो एसरी फुटाउने हो विकासको मूल ।

कर्णालीमा मान्छे बग्छ तुइनबाट झरेर

दूरबीनबाट हेर्छन् नेता टावर चढेर ।

काँ छौ नेपाल काँ छौ खनाल कुन फिलिमको रोलमा

चोक्टा खान पाउने हौ कि डुब्छौ झोलमा π

अपमान भयो भन्थ्यौ, भन्थ्यौ बाले पेलेका

आखिरमा साथीभाइले भिरमा ठेलेका

सोध्नुहोला बामदेवलाई यहाँ किन ल्याइएन

बृहत् कम्निष्ट एकताको एड्रेस पाइएन ।

कहिले मधेश लर्किने कहिले पहाड फर्किने

बाबुरामका डेरा गन्दा पानी सर्किने ।

००

हाम्रा दलका ठूला साहू, .छेपाराका पनि बाउ नि लैलै

सत्ता बाहिर राता, सत्ताभित्र काला

एमसीसीमा टल्क्यो छाला ।

छ्याङ्ङै

एसपीपीमा देख्यो चाला ।

कोइले भने पार्टी छाड्छु, कोइले भने कानै काट्छु नि लैलै

जनतालाई उचाले, तुरुप एउटा फाले

व्याख्या भन्दै लुगै फुकाले

नाङ्गै

आखिरीमा सुराल फुकाले ।

००

jony jony  !      – no papa

gagan thapa !   – yes papa

passing MCC ?            – yes papa

cutting thankot ?         – no papa

telling lies ?                 – no papa

open your MASK       – ha ha ha.

००

बालेन्द्रले काठमाण्डूमा म्याराथुन थालेन्द्र

ए बालेन्द्र भुईँमा हेरी पाइला चालेन्द्र ।

घर त हैन डेरै छ मूल सडकको नेरै छ

घरबेटीलाई बुल्डोजरले हेर्‍याहेर्‍यै छ ।

ढुंगा बोक्छ गिटी फोर्छ दलमा अझै गएन

हर्क भयो हर्कको मुख भएन ।

मध्यरातमा सुब्बासाबले करको दर फेरेछन्

सचिवज्यूले रातैभरि फिलिम हेरेछन् ।

जुँगा भाको मुसाले सिसिटिभी काटेको

भूपू मूसाहरूले कुट्न आँटेको ।

सीसीटिभी फुटेज र एम अधिकारी सर

साटासाट गरेपछि हिसाब बराबर ।

००

छयालिसमा पन्चायत ढाल्दा हामी थियौँ तन्नेरी

अहिले पो बूढो भइयो हा…

६३ मा राजा फाल्न हामी सबै जुटेका

अहिले सिसा जस्तै फुटेका…..

क्रान्तिकारी थियौँ पहिला भाटा हान्थ्यौँ धामीलाई

अहिले त आफेँं धामी भइयो हा…..

टाउकाको मोल तोकेर आमने सामने भिडेथ्यौँ

अहिले एउटै टाउके भइयो हा…

उहिले उहिले जन्ता थियौँ बिरोध गथ्यौँ राजाका

अहिले त आफैँ राजा भइयो हा…..

००

चुनावपछि सडकमा जान्छु भन्छन् प्रचण्ड

प्रधानमन्त्री पनि खान्छु भन्छन् प्रचण्ड

भोट नदिउँ प्रधानमन्त्री खान यिनले नपाउने

भोट दिउँ त सडकमा जान नपाउने ।

काठमाण्डूलाई भ्याएपछि सिराहातिर झरेका

चितौन खाएपछि गोर्खा डेरा सरेका ।

भोट दिनोस् बाआमा पाँच वर्ष खान्छु म

फेरि माग्न आउँदिन अन्तै जान्छु म ।

भिडमा बस्छौ भिडमा हिँड्छौ भन्छौ एक्लो भएँ म

कहाँ गए त्यत्रा साथी के भो त्यस्तो हँ ?

००

बादल छैनन् – वर्षालाई

वैद्य छैनन् – विमारलाई

रायमाझी छैनन् – रायलाई

लेखराज छैनन् – लेख्नलाई

विप्लब छैनन् – बोल्नलाई

त्यै भर एक्लो – हुनु भो

एक्लिएँ भन्दै – रुनु भो

नारायणकाजी – अडेकै छन्

जनार्दन अघि – बढेकै छन

झलनाथ माधव – साथी छन्

देउवा र आरजू – माथि छन्

बाबुराम आउँदैछन्- बाझ्नलाई

हिसिला आउँदैछिन् – हाँस्नलाई

नातागोता वरिपरि – झुम्दै छन्

ठेकेदार व्यापारी – घुम्दै छन्

गठबन्धन सिङ्गो – हातमै छ

नटुटुन्जेललाई – साथमै छ ।

००

आफ्ना जागिर पेशा छाडी, राजनीतिमा दलको बाढी नि लैलै

चोरले पनि दल खोल्ने, पाकेटमारले सघाउने

भेडा बाख्रा पछि लगाउने

हामी π

छँदैछौं नि भ्या भ्या कराउने ।

एत्रा धेरै हाम्रा दलमा यति धेरै नेतै नेता नि लै लै

आफ्नासँग बाङ्गे, सबै नेता नाङ्गे,

सर्वसम्मत दीपक मनाङ्गे

नाङ्गे π

सबै दलको नेता मनाङ्गे ।

००

हाम्रो देशको दुई तिहाइ एउटै दाइले खसाउँछन्

फेरि दु ई तिहाइ भन्दै दाइले हँसाउँछन् ।

कोरोनामा के के खाको हाम्ले पनि सुन्या हम्

हाच्छ्यू साच्छयूँ गरेर कान थुन्या हम्

ओलीसँग मधेशी, हैन रैछन् ठुस्केका

दुई क्विन्टलको माला लाउँदा झण्डै खुस्केका ।

राम्रा पाखा हाम्रा काखा गर्न कसले सिकायो

प्रभुलाई काँधमा बोक्दा काँधै भिजायो ।

कमल थापा कमरेडलाई बार्दलीमा बसाको

भीम रावल र घनश्यामलाई डाँडा कटाको ।

०००

देउराली उकाली चढेर

विजयपुर खोला तरेर

सानीलाई बोलाउँदा बोल्दिन

पर्नु पीर पर्‍यो ज्यानलाई पर्नु पिर पर्‍यो ।

साथीलाई खसाएँ भनेर

आफैंले खाल्टो खनेर

बाटोमा ढुकेर बसेको

आफैं खसेको, खाल्टोमा आफैं खसेको ।

दुई तिहाइ जिम्मा पाएँथेँ,

संसदमा आगो लाएथेँ

अदालतले थाहा पाइहाल्यो,

ठेगान लाइहाल्यो, ज्यानलाई ठेगान लाइहाल्यो ।

००

नाम मेरो चोलेन्द्र काम मेरो पोलेन्द्र

पोलेन्द्रले बोलेन्द्र कि पोल खोलेन्द्र ।

ठाउँठाउँमा न्यायाधीशका मुद्दा बेच्ने पसल छन्

होम डेलिभरी दिने वकील असल झन्

कालाकोटे कुस्तीले भाँडभैलो भो न्यायालय

अदालतमै आत्महत्या गर्‍यो न्यायले ।

संविधानको धाराबाट राति पानी झार्दिन्छन्

संसदलाई दिउँसै हेर्‍याहेर्‍यै पार्दिन्छन् ।

दिल्ली बेइजिङ किला ठोक्न नेपालको छाती नाप्दैछन्

वासिङ्टन र इयू मिली धराप थाप्दैछन् ।

कुनै जासुुस आयो भने हजूरबा झैं मानेर

लाइन बसी ढोग्छौँ उसको खुट्टै तानेर ।

कर्मचारी काम गर्दैन मन्त्रीलाई लाउँछ दोष्

मन्त्री भन्छ कर्मचारी तँ नै उस्तो होस् ।

न विद्यार्थी पढ्न मान्छन् न प्रोफेसर पढाउँछन्

भोलि नेता बन्न आज किताव डढाउँछन्

प्राध्यापकको ढाड भाँचेर ताला लाउँछन् कलेजमा

के छिराए नेताले यिनका नलेजमा ।

संविधानमा चिप्लिएर समानुपातिक भाको हो

खसोखासमा हुनुपर्ने श्रीमतीपातिक हो ।

श्रीमतीपातिक छनोटमा श्रीमती आउँछन् पहिला

श्रीमती बाहेक देशमा कोही छैनन् महिला ।

००

श्री श्रीमतीपातिक टिकट वितरण स्वोस्थानी कथा प्रारम्भ ।

श्री बहुदलयाय नमः, श्री संघीयताय नमः श्री गण्तन्त्राय नमः श्री ठूलो गठबन्नाय नमः श्री सानो गठबन्धनाय नमः ।

श्री दलबहादुरजी आज्ञा गर्नुहुन्छ, हे सिस्नुपानी मुनि

हाम्रा समस्त दलका दलबहादुरहरूले पाँचै वर्षसम्म एक मिनेट पनि पेट खालि नराखी, खाइपिई, चुनाव जित्नु बाहेक केही पनि नगरी, अर्को चुनाव कसरी जितिएला, कहाँबाट जितिएला, कसकसलाई आफ्ना वरिपरि राख्दा तिनीहरूले हस् हजूस् हजूर मात्र भनिरहलान्, भनी बिचार गरी, गाउँ बिर्सी, वाचाबन्धन बिर्सी, खोलानाला, भेलवाढी, पहिरो, खडेरी केही नहेरी, आँखा चिम्म गरी, एक ध्यान गरी, सबैतिर विकासै विकास मात्र देख्ने रङ्गीन चश्मा धारण गरी, आफ्नो पूरा कार्यकाल सर्व-आहारी ब्रत बसी अन्तमा टिककरुपि प्रसादको वितरण के कसरी गर्ने भनी सोध्नुभएको हुँदा यस बारेमा बताउन लागिरहेको छु । सम्पूणर् सिस्नुपानी गणले शुद्ध गाईको घिउमा फुराएको काजु चपाउँदै श्री श्रीमतीपातिक स्वस्थानी कथा ध्यान दिई एक चित्तले सुन्नहोला ।

श्री दलबहादुरका मुखियाले चुनावको टिकट प्रथमतः आफैंले लिनू । अर्को एक टिकट श्रीमतीलाई दिनूू, श्रीमती भए श्रीमान्लाई दिनू । दुई श्रीमती भए कान्छीलाई पहिले दिनू । गोप्य रुपमा कतै अर्की भए तिनलाई पनि दिनू । श्रीमान् श्रीमतीलाई पुगेपछि -छोरालाई दिनू । छोरालाई दिएपछि बुहारीलाई दिनू । बुहारी पछि छोरीज्वाइँलाई दिनू । त्यसपछि ससुुराली जानू । ससुरालीमा पुगेपछि सालासाली, ससुरा र सासूलाई दिनू । पूणर् विराम ।

पूणर् विराम पछि श्रीमतीपातिक स्वस्थानी कथाको नियमानुसार छोरो नहुनेले मित छोरालाई टिकट दिनू । मितछोरापछि गुन्डालाई दिनू । आफ्नै दलमा गुण्डा नभए अरु दलको गुण्डा भाडामा ल्याएर दिनू । अर्को गुटलाई दिँदै नदिनू । बरु टिकटलाई लिलाम बढाबढमा राखिदिनू । बढाबढमा जसले धेरै मूल्य दिन्छ, उसैलाई दिनू । अर्को गूटकालाई नदिई भएन भने ।

-टिकट दिनू

-जित्न नदिनू ।

श्री श्रीमतीपातिक स्वस्थानी माताको – जय

श्री दलबहादुरेश्वरको – जय ।

००

नामूद नामूद अपराधी जेलभित्रै बसीबसी नि लै लै

कानूनलाई चड्काउँछन्, दलको टिकट पड्काउँछन्

राजनीतिको हलो अड्काउँछन्

हत्तेरी …

क्विन्टल क्विन्टल माला लर्काउँछन् ।

मधेशवादी हाम्रा पार्टी भ्यागुताकै धार्नी जस्ता नि लै लै

कहिले यता टाँसिन्छन्, कहिले उता गाँसिन्छन्

जति उफ्रयाे उति भासिन्छन्

सत्ते …

हेर्दा हेर्दै कुन दिन मासिन्छन् ।

००

जय मधेशके मन्तर हेरा गेलै दिया गे

बीचे बाट पार्टिए फेरा गेलै दैया गे

साइकिलसऽ छाता ल’क’ गाछीपर जे चढ़लै

सूर्यदिस बढैलै आ सेरा गेलै दैया गे

कोनो गेलै सम्धीमे तऽ कोनो दाजु-भौजीमे

कोनो एके जातीमे घेरा गेलै दैया गे

अपनामे बंटलै आ दोसरा से सटलै

तेसरा से पटलै घिना गेलै दैया गे

००

आशिषः

यो रुख कस्को – आलेको

कार्बनडाइअक्साइड – फालेको

त्यै रुखमुनि – बसेर

आशिक दिन – थालेको

व्याख्यात्मक घोषणा – आइरहून्

दिल्ली र बेइजिङ – धाइरहून

हाम्रा सुगाले – खाइरहून्

गोपिकृष्ण – गाइरहून्

जनताभन्दा नेता – धेरै हुन्

सत्तामा सधैंँ – मेरै हुन्

स्वतन्त्र छुँदा – दलको होस्

श्री ५ को जस्तो – झल्को होस्

नेताका सन्तान – राडीमा हुन्

जनताका सन्तान -खाडीमा हुन्

देवरहरू नाचून – पाउजूले

टिकट पस्कून – भाउजूले

खुल जा सिमसिम – खुली रहोस्

बिपिको आत्मा – डुली रहोस्

डाँडाकाँडा ढाकून – टावरले

फैसला किनून् – पावरले

रामचन्द्रको झैँ – आशा होस्

वीरबलको खिचडी – खासा होस्

देउवाको जस्तो – कुण्डली होस्

ओलीको जस्तो – मण्डली होस्

प्रचण्डको जस्तो – पासा होस्

बाबुरामको जस्तो – तमासा होस्

निष्ठाको राजनीति – मार्दै जाउन्

सन्तानमा सत्ता – सार्दै जाउन् ।।

००

(बिदाइ गीत, शिशिर योगी, बीबी अनुरागी)

बरु लेख्नै छोडौँला….

कलमले मकै गोडौँला

धारेहात कसैलाई नि लाउनु नपरोस्

यस्तो देउसी फेरिफेरि गाउनु नपरोस्

००

सिस्नुपानी देउसी प्रस्तुतिमा संलग्न कलाकारहरूः

लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, टंक आचार्य, धीरेन्द्र प्रेमर्षि, मनोज गजुरेल, नरनाथ लुइँटेल, देवी घिमिरे, शिशिर योगी, सराेज घिमिरे, बीबी अनुरागी, चक्र दवाडी, हरिकला उप्रेती, रुपा झा, माणिकरत्न शाक्य, थरेन्द्र बराल, रेजिना आप्गाइँ, रुपा न्याैपाने, सविता बराल आदि ।

प्रज्ञा भवनमा प्रज्ञा सिस्नुपानी देउसीको झटारो- फोटो फिचर
काठमाडौं ।कोरोना कहरका कारण दुई बर्ष रोकिएको ‘प्रज्ञा सिस्नुपानी देउसी’यस पटक आयोजना गरिएको छ ।

शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा ‘प्रज्ञा सिस्नुपानी देउसीको आयोजना गरिएको थियो।

देउसीमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलले बर्तमान राजनीतिक बिसंगतिका बारेमा व्यग्यात्मक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा यसैगरी कवि अर्जुन पराजुलीले आधा दर्जन कविता मार्फत समसामयिक विषयमा व्यग्यात्मक प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा बरिष्ठ तवलाबाधक अच्युतराम भन्डारीको नेतृत्वमा रहेको ३८ जनाटोलीले तवला मार्फत प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा सिस्नुपानिको टोलीका टंक आचार्य , धिरेन्द्र प्रेमर्षि , लक्ष्मण गाम्नागे लगायतका कलाकारहरुले देउसी मार्फत समसामयिक राजनीती, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसांगतीविरुद्द व्यङ्ग्यात्मक प्रस्तुती दिनु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्व (प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व(प्रधानमन्त्री डा.बाबुराम भट्टराई , मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरू,विभिन्न राजनीतिक दलका नेता, काठमाडौ तथा ललितपुर महानगरका प्रमुख,सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए।

फोटो- नारद बास्तोला