दार्चुला – News Polar

दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ
दार्चुला । जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन साढे चार वर्ष पुग्नै लाग्दासमेत जम्मा ५५ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बैतडीबाट निर्माण भइरहेको उक्त अस्पताल भवन २०७८ असार २४ गते श्याम सुन्दर गोर्खा वाइआर जेभीसँग रु २६ करोड ४८ लाख २७ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । विसं २०८१ असार २३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्म सो लक्ष्य पूरा हुन सकेको छैन ।

निर्माण कम्पनीका सब–इन्जिनियर गोकर्ण जोशीका अनुसार हाल अस्पताल भवनको तेस्रो तला ढलानको काम भइरहेको छ । “काम निरन्तर भइरहे जस्तो देखिए पनि उल्लेख्य भौतिक प्रगति देखिएको छैन”, उहाँले भन्नुभयो । गत वर्ष २०८२ मङ्सिर मसान्तसम्म म्याद थप गरिएको भए पनि उक्त म्यादसमेत सकिएको उहाँको भनाइ छ । अहिले पनि काम जारी छ । भवनको तेस्रो तला ढलान गरिएको छ । भवन निर्माणका लागि म्याद थपको प्रक्रिया चलिरहेको निर्माण कम्पनीले जनाएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना बैतडीका इन्जिनियर विशाल श्रेष्ठ भवन निर्माणको लागि दोस्रोपटक म्याद थपका लागि प्रक्रिया अघि बढेको सुनाउनुहुन्छ । निर्माण कम्पनीबाट विभागमा म्याद थपका लागि फाइल गएको छ । “अहिलेको मितिमा म्याद थप गरिएको पत्र हामी कहाँ आइपुगेको छैन”, इन्जिनियर श्रेष्ठले भन्नुभयो ।

अस्पताल भवन निर्माणमा भएको ढिलाइका कारण सेवा प्रवाहमा समेत समस्या देखिएको अस्पताल प्रशासने जनाएको छ । जिल्ला अस्पताल दार्चुलाका डा रवीन्द्र भट्टराईका अनुसार भवन नहुँदा सेवा अझै व्यवस्थित रूपमा सञ्चालन गर्न कठिन भइरहेको छ । “यदि भवन समयमै निर्माण भएको भए सेवा सञ्चालन धेरै सहज हुने थियो”, उहाँले भन्नुभयो, “अहिले अस्थायी संरचनामै बिरामीको उपचार गर्नुपरेको छ ।”

डा भट्टराईका अनुसार एकै ठाउँमा व्यवस्थित भवन नहुँदा रेखदेख गर्नसमेत समस्या भइरहेको छ । चिसो मौसममा पक्की भवन नहुँदा बिरामीको उपचार प्रभावित भइरहेको छ भने जटिल अप्रेसन तथा आवश्यक जाँचमा समेत कठिनाइ हुने गरेको छ ।

दैनिक दुई सयभन्दा बढी सेवाग्राहीलाई सेवा दिँदै आएको जिल्ला अस्पतालमा भवन नहुँदा अन्तरङ्ग ९इन्डोर० सेवा सञ्चालनमा समस्या देखिएको छ । अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार भवन अभावका कारण प्रसूति सेवा, आइसियू, भिडियो एक्स–रे र अल्ट्रासाउन्ड जस्ता सेवा सञ्चालनमा कठिनाइ छ । अहिलेकै अवस्थामा भवन निर्माण हुने हो भने अझै तीन वर्ष समय लाग्ने देखिएको छ ।

अहिलेको अस्पताल काम चलाउ भवनमा सञ्चालन भइरहेको हो । चाँडै भवन निर्माण सकिएको भए जिल्ला अस्पतालको सेवा अझै प्रभावकारी हुने सूचना अधिकारी भट्टको भनाइ छ । साँघुरो कोठामा सञ्चालन भइरहेका अन्तरङ्ग सेवाका कारण बिरामीमा सङ्क्रमणजन्य रोग फैलिने जोखिमसमेत बढेको अस्पताल प्रशासनको भनाइ छ ।

सरोकारवालाहरूले निर्माण कार्य शीघ्र सम्पन्न गरी सेवाको गुणस्तर सुधार गर्न माग गरेका छन् । अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति नागरिक समाजले पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ । नागरिक समाजका संयोजक महेश भट्टका अनुसार निर्माण व्यवसायी फिल्डमा नै नदेखिने र काम गरेको जस्तो मात्र देखाउने प्रवृत्ति हाबी छ । अस्पताल जस्तो संवदेनशील ठाउँमा निर्माण कम्पनीले समेत लापरबाही गरेको प्रस्टै छ ।

“भवन जस्ताको त्यस्तै हुँदा जिल्लाबासीले उपचारमा समस्या भोग्नुपरेको छ”, उहाँले भन्नुभयो, “समयमै कामन गर्ने निर्माण कम्पनीलाई कारबाही गरी कालो सूचीमा राख्न दबाब दिनुपर्ने अवस्था आइसकेको छ ।” स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा निर्माण व्यवसायी र आयोजना कार्यालयले गम्भीर लापरबाही गरेको उहाँको आरोप छ ।

उन्नचालिस वर्षदेखि अस्पताल निमित्तकै भरमा

जिल्ला अस्पताल स्थापनाको ३९ वर्ष बितिसक्दा पनि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को दरबन्दी रिक्त छ । विसं २०४३ मा स्थापना भएको अस्पताल अहिलेसम्म निमित्तकै भरमा सञ्चालन हुँदै आएको हो । अस्पतालका निमित्त कार्यालय प्रमुख डा भट्टराईकाअनुसार अस्पतालमा दरबन्दीको जनशक्ति अभाव अझै छ ।

बाइस स्थायी दरबन्दीमध्ये हाल १३ जना मात्रै पदपूर्ति भएका छन् । मेडिकल सुपरिटेन्डेन्टदेखि रेडियोग्राफर, एचए, कार्यालय सहयोगीसम्मका पद रिक्त छन् । बिरामीको चापका कारण स्वीकृत १५ शय्याको जिल्ला अस्पताललाई हाल ३५ शय्यामा सञ्चालन गर्नुपरेको छ । भवन नहुँदा पनि जेनतेन काम चलाउ व्यवस्थापन गरिएको छ ।

अहिले अस्पताल छात्रवृत्ति, करार, प्रदेश करार तथा विभिन्न संस्थाको सहयोगमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । हाल अस्पतालमा ६३ दरबन्दीका लागि ९५ जना कार्यरत छन् । अहिलेको अवस्थामा हेर्दा एक जना डाक्टरले औसतमा २१५ बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ । भारतसँग सीमा जोडिएको दार्चुलाको अस्पताल सुदृढीकरणका लागि सबै पक्षको सहयोग र समन्वय भयो भने अझै व्यवस्थित रुपमा सञ्चालनगर्न कुनै समस्या नहुने डा भट्टराईको भनाइ छ । रासस

दार्चुलामा भूकम्पको धक्का
खलङ्गा । दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । यसअघि गत बिहीबार राति नेपाल–भारत सीमा क्षेत्र भारतको पिथौरागढ जिल्लाको तावाघाट क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

लिपुलेकमुनिका गाउँका पीडाः ‘न बाटो छ, न सञ्चार ’
दार्चुला । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका । त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ ।  तर त्यहीँ नेपालको अधिनमा रहेको छाङ्गरु र तिङ्कर पुग्न न पैदल बाटो छ न फोन गर्न सञ्चार सुविधा नै । अहिले पनि यहाँका दुई गाउँका नागरिक भारतीय सडक हुँदै गाउँ पुग्छन् । पैदल बाटो अवरुद्ध भएको र सञ्चार सेवा नहुँदा यहाँको जनजीवन कष्टकर बनेको छ ।

छाङ्गरुबाट तिङ्कर गाउँ पुग्न १० किलोमिटर दूरी छ । छाङ्गरुबाट तिङ्कर गाउँ पुग्नै अहिले पैदल बाटो अवरुद्ध भएको छ । गत साउन २८ गतेको बाढीले छाङ्गरु र तिङ्करको सम्पर्कविच्छेद भएको हो । छाङ्गरुदेखि तिङ्कर गाउँ पुग्ने ठाउँ ठाउँमा बाटो बाढीले बगाएको छ । मङ्सिरमा तिङ्करवासीको बसाइँसराइ खलङ्गा झर्ने बेला कसरी फर्किने भन्ने चिन्ता भएको छ ।

बाटो बाढीले बगाएकै कारण गाउँमा खाद्यान्नसमेत ढुवानी गर्न असहज भएको वडा नम्बर १ का वडासचिव विनोदसिंह बुढाथोकी बताउनुहुन्छ । अहिले स्थानीयले पुरानै मौज्दात खाद्यान्न खाइरहेका छन् । यस्तै बाटोको अवस्था रहने हो भने गाउँमा खाद्यान्न अभाव हुने अवस्था छ ।

“बाटोका लागि कुनै क्षेत्रबाट तत्कालै बजेट आउने सक्ने अवस्था छैन, बाटो निर्माण नहुने हो भने यहाँका नागरिकलाई मात्र नभई सुरक्षाकर्मीलाई समेत आवतजावतमा कठिनाइ हुन्छ, बिरामी भयो भने ल्याउन सक्ने अवस्था छैन”, सचिव बुढाथोकीले भन्नुभयो ।

स्थानीय आस्तिक तिङ्करीका अनुसार तिङ्कर गाउँमा सञ्चार नभएको तीन साता बढी भयो । गाउँ नेटवर्कविहिन छ । स्थानीयले अहिले आफन्तसम्म खबर गर्न सुरक्षाकर्मीको सेट प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ । तिङ्करबाट छाङ्गरु गाउँ आउन तीन घण्टा एकतर्फी हिँड्नुपर्छ । छाङ्गरुमा नेपाल टेलिकमको नमस्ते फोनले काम गरे पनि तिङ्करवासीले भने सञ्चारबाट वञ्चित हुनुपरेको स्थानीय वीरेन्द्र तिङ्करी बताउनुहुन्छ ।

ब्यास–१ को तिङ्करमा ७० परिवारको बसोबास छ । यहाँका नागरिक गत जेठमा कुञ्चा सरेका थिए । तिङ्करभन्दा छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरी बसेका छन् । टेलिकमको सेवा अवरुद्ध भएसँगै सुरक्षाकर्मीले समेत आफन्त परिवारसँग कुराकानी गर्न पाएका छैनन् ।

गत वर्ष सङ्घीय सरकारको विशेष अनुदानमा ब्यास–२ दुम्लीङदेखि तम्बाकु, माल्पा, घाटीबगड, बयली, दोपखे, पोला, गिरकिस्से, बुदी अपिखोला र कुन्तीसाउसम्म २० किलोमिटर बाटो निर्माण तथा मर्मत गरेको छ । त्योभन्दा अहिले पनि नागरिकको लागि हिँड्डुल गर्न पैदल बाटो राम्रो छैन ।

गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार तिङ्कर सडकमा तुरुन्त आवश्यक बजेट, स्थानीय र सुरक्षाकर्मीलाई नेपालकै खाद्यान्न, आफ्नो भूमि भएर जाने बाटो बनाउनुपर्छ । “नभए यहाँका नागरिकको लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नागरिकका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्न नसक्ने तर जहिल्यै सीमाको विषय बल्झाइ रहँदा नागरिकले सास्ती खेप्नुपरेको छ ।”

पर्यटन अभियानकर्मी हिमालय भट्ट नेपालले ओमपर्वतदेखि लिम्पियाधुरासम्मको भू–भाग हाम्रो नै हो भन्ने दाबीलाई व्यवहारिक बनाउन छाङ्गरु तिङ्करसम्म तीव्र गतिमा विकास निर्माण कार्य अघि बढाउनु अत्यावश्यक रहेको बताउनुहुन्छ । उहाँका अनुसार विकास निर्माणको कामले गति लिएमात्रै ती भूभाग हाम्रो उपस्थिति प्रमाणित हुनेछ ।

अहिले गाउँपालिकाको छाङ्गरुदेखि तिङ्कर गाउँ जाने तीन काठे पुल सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले श्रमदानमा निर्माण गरेको वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । बोहराका अनुसार नाम्पा खोला, तिङ्कर खोलामा बगाएको काठे पुल अहिले लगाएर आवतजावत गर्न सुरु गरिएको छ । उहाँले केही ठाउँमा हिँड्डुल गर्न सक्ने गरी बाटो पनि खोलेको तर पशुचौपायासहित हिँड्डुल गर्न भने अझै बाटो नबनेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाटो निर्माणका लागि ठूलो रकमको आवश्यकत्ता छ, दुई वर्षअघि गाउँपालिकाले ठेक्का आब्ह्वान गरेर पैदलबाटो निर्माण गरेको थियो, तर त्यो पूरै बाढीले कटान गरेपछि तिङ्करबासीलाई समस्या भएको छ ।” रासस

अटोरिक्सा दुर्घटनाः एक बालिकाको मृत्यु, दुईजना बेपत्ता
खलङ्गा । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।

नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । उक्त दुर्घटनामा अन्य दुईजना बेपत्ता भएका उहाँले बताउनुभयो ।

होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेको हो । प्रहरी निरीक्षक रावतका अनुसार अटोरिक्सामा पाँचजना सवार थिए । चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक मनिरामका छोरा १७ वर्षीय आयुस सो दुर्घटनामा घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक रावतले बताउनुभयो । बेपत्ताको खोजी गर्न धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ ।

दार्चुलामा जिप दुर्घटनाः ११ जना घाइते, चारको अवस्था गम्भीर
खलङ्गा । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ११ जना घाइते भएकामध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका उहाँले जानकारी दिनुभयो ।

चालकसहित ११ जना सवार उक्त जिप चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको बताउँदै प्रहरी निरीक्षक रावतले यसबारे विस्तृत अनुसन्धान सुरु गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएका जिपचालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

दार्चुलामा स्यालले टोक्दा तीनजना घाइते
खलङ्गा । दार्चुलामा स्यालले टोक्दा तीनजना घाइते भएका छन् ।

स्यालले टोक्दा व्याँस गाउँपालिका–६ बसेडीका ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी घाइते भएका हुन् । घाइतेको व्याँस–६ खातीगाउँस्थित ग्रामिण स्वास्थ एकाइ केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल खलङ्गा ल्याइएको थियो ।

जिल्ला अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध नभएपछि तीनै जनालाई उपचारका लागि धनगढी ‘रेफर’ गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिनुभयो । आइतबार साँझ घरनजिकै घाँस काट्ने क्रममा स्यालले उनीहरुलाई टोकेको स्थानीय केशरसिंह खातीले बताउनुभयो ।

नेपाल-भारत सीमानाका बन्द हुने
बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ ।

यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दार्चुलाको पुलघाट नाका जुलाई २१ (आगामी साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन ८ गते) बिहानसम्म बन्द हुनेछन् । यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उहाँले जानकारी दिनुभयो । उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।

बाटोमा ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक घाइते
खलङ्गा । दार्चुलामा बाटोमा ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहनुभएका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै मृत्यु भएको हो ।बाटोमा हिँडिरहेका उहाँमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।

ढुङ्गाले लागेर नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते हुनुभएको छ । उहाँलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन् । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द गरिएका हुन् ।

गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिँह साउदले यार्सा सङ्कलनको ‘सिजन’ सुरु भएकाले जेठ ४ गतेदेखि पालिकाभरिका विद्यालय २० दिनका लागि बन्द गरिएको जानकारी दिनुभयो । बर्खे बिदाबाट मिलान गर्ने गरी हाल विद्यालय बन्द गरिएका र यही जेठ २४ गते खुला गरिने उहाँले बताउनुभयो ।

जडीबुटी सङ्कलन गरिने भएकाले यहाँ हरेक वर्ष यही समयमा अधिकांश विद्यालय बन्द हुने गरेका छन् । गाउँपालिकाभरिका २४ सामुदायिक विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी सङ्कलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् ।

अपी हिमाल गाउँपालिका–२ का स्थानीय गगनसिँह लोथ्यालले यार्सागुम्बा सङ्कलन गरेर केटाकेटी पढाउन र अन्य आवश्यकता पूर्तिका लागि आर्थिक जोहो गर्न हरेक वर्ष लेक जानुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वर्षभरिको कमाई यही यार्सागुम्बा हो । बालबालिकालाई लिएरै जानुपर्ने अवस्था छ, नभए के खानु, कसरी पढाइ खर्च जुटाउनु १” अन्न उत्पादन कम हुने भएकाले स्थानीयले जेठ–असारमा सङ्कलन गरिएको जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् । त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेका छन् । यहाँ वर्षौदेखि यसरी नै यार्सागुम्बा खोज्ने गरिन्छ । खेतबाट उत्पादन हुने अन्नबाली तीन महिना पनि राम्रोसँग खान नपुग्ने भएकाले आफूहरूले यस्तो काम गर्नु परेको लोथ्यालको भनाइ छ ।

गाउँपालिका–३ का कमलसिँह धामी पनि वर्षभरिका अत्यावश्यक आवश्यकता पूर्तिका लागि यार्साको जोहो गर्नुपरिरहेको बताउनुहुन्छ । “अधिकांश ठाउँ भिरालो पाखो जमिन हो । दुई महिना यार्सागुम्बा सङ्कलन गरेर वर्षभरिको जोहो चलाउन ठिक्क हुन्छ । हामी अभिभावकभन्दा बालबालिकाले यार्सागुम्बा बढी भेट्टाउँछन्”, उहाँले भन्नुभयो,“यार्सा खोज्न निकै कष्टकर भए पनि जीविका चलाउनका लागि यसैको भर पर्नुपर्छ”, उहाँले भन्नुभयो ।

यार्सागुम्बा सङ्कलनकै लागि काठमाडौँ, धनगढी, दार्चुला सदरमुकाम खलङ्गामा अध्ययन गर्न गएका विद्यार्थीसमेत पाटन क्षेत्रमा पुग्ने गरेको छन् । काठमाडौँमा अध्ययन गर्दै आएका जय धामीले भन्नुभयो, “यार्सागुम्बा सङ्कलनका लागि वैशाख अन्तिमसाता अघि नै गाउँ पुगेको हो । एक महिना यहाँ बस्छु, अनि काठमाडौँ फकिने १” उहाँ दैनिक २० देखि ३० ओटा यार्सागुम्बा भेट्टाउने गरेको सुनाउनुुहुन्छ । “यार्सागुम्बा भेटिएको वर्ष त आम्दानी राम्रै हुन्छ । सधैँ धेरै भेटिन्छ भन्ने पनि हुँदैन । हिउँ परेका बेला चिसो र हिउँ पहिरोको त्रास हुन्छ । यो वर्ष गत वर्षको भन्दा अलि राम्रो यार्सागुम्बा छ, राम्रै आम्दानी हुने अपेक्षा छ”, धामीको भनाइ छ ।

यहाँका स्थानीय वैशाख अन्तिमसाता नै यार्सागुम्बा सङ्कलनका लागि पाटन गइसकेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने मुख्य स्रोत भएकाले पनि यहाँका हरेक घरघरबाट पाटन जाने गरिएको छ ।दार्चुला बहुमुखी क्याम्पस खलङ्गामा अध्ययरत नौगाड गाउँपालिकाका खडकसिँह धामी जेठ पहिलो साता यार्सागुम्बा खोज्न अपी पुगिसक्नुभएको छ । “एक महिना यार्सागुम्बा खोजेर कलेजको पढाइलाई निरन्तरता दिन्छु,” उहाँले भन्नुभयो, “हाल पढाइ मात्रै भनेर हुँदैन, पैसा पनि कमाउनु प¥यो । वर्षमा दुई बाली मात्र हुने अपी हिमालका खेतबाट उत्पादित अन्नले वर्षभरि पुग्दैन । घरमा जागिर नहुनेका लागि यही विकल्प छ ।”

आम्दानी मात्रै होइन यहाँ जोखिम पनि उत्तिकै हुन्छ । पटकपटक असिना पानी आउने, हिमपहिरो खस्ने डरका बीच यार्सागुम्बा सङ्कलन गर्नु परेको सङ्कलक मानसिँह धामी बताउनुहुन्छ । उहाँका अुनसार घरको उत्पादनले खान नपुगेपछि लालाबालासहित अधिकांश स्थानीय जोखिम मोलेर पाटन जान्छन् । १२ देखि ५० वर्षसम्मका सबै मानिसहरू पाटनमा जाने गरेका छन् । यार्सा सिजन सुरु भएसँगै जिल्लाको मार्मा, नौगाड, व्याँस गाउँपालिकाका बासिन्दा पनि लेक उक्लिएपछि यहाँका कतिपय घरमा ताला लागेका छन् ।

जिल्लामा सबैभन्दा बढी अपी हिमालको लोलु, रिङ्देपानी, सतगङ्गा कालीढुङ्गा, काटै, घट्टेखोला, धरमघर, क्षति, सातगङ्गा, चाइमटेलालगायत क्षेत्रमा सयौँ सङ्कलकहरू पुगेका छन् । यस्तै, व्याँस गाउँपालिकाको अपिफेद, दोपाखे, दुधिवनलगायतका ठाउँमा यार्सागुम्बा सङ्कलन हुने गर्छ ।

जिल्लामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि हरेक वर्ष अनुमतिपत्र जारी गर्ने गर्छ, तर सङ्कलकहरू लेक पुगिसक्दा पनि सो कार्यालयबाट हालसम्म करिब ७०० जतिले मात्रै अनुमति लिएका छन् । कार्यालयले जिल्लाका १० वटा ठाउँबाट सङ्कलन अनुमतिपत्र जारी गरिरहेको कार्यालय प्रमुख संरक्षण अधिकृत विनयकुमार झाले बताउनुभयो ।

सबैले अनिवार्य रूपमा परिचयपत्र लिएर मात्रै सङ्कलन गर्नुपर्ने कानुनी प्रावधान छ तर त्यसको पूर्ण पालना भएको देखिँदैन । जिल्लाबाट हरेक वर्ष पाँचदेखि सात क्विन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको संरक्षण क्षेत्र कार्याले बताउने गरेको छ । रासस

दार्चुलामा उकु महलको उत्खननसँगै अनुसन्धान सुरु
दार्चुला । मालिकार्जुन गाउँपालिका–७ उकुमा रहेको ऐतिहासिक उकु महलको उत्खननसँगै अनुसन्धान सुरु गरिएको छ । पुरातत्व विभागको टोलीले उकु पुगेर उत्खनन र भग्नावशेषको अनुसन्धान सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष हिरासिंह धामीको अध्यक्षतामा कार्यक्रम गर्दै पुरातत्व विभागको टोलीले उत्खनन कार्य थालनी गरेको छ । लामो समयदेखि संरक्षण र पुनर्निर्माणको पर्खाइमा रहेको उकु महलको उत्खनन र अनुसन्धान थालिएसँगै संरक्षणमा समेत ध्यान पुग्ने स्थानीयको अपेक्षा छ ।

उकु महलको सम्भावनाबारे उत्खनन गर्न पुरातत्व विभागका पुरातत्व अधिकृत हरि भुसाल, लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमालकुमार उप्रेती र पुरातत्व विभागकै अधिकृत राकेश परिवारले कामको थालनी गर्नुभएको छ । उकु महलले जिल्लामा धार्मिक तथा सांस्कृति पर्यटनको ठूलो सम्भावना बोकेको पुरात्व अधिकृत उप्रेती बताउनुहुन्छ । महलको भग्नावशेषमा अहिले पनि शिलालेखमा लेखिएका चट्टान स्पष्ट देख्न सकिन्छ । चट्टानमा शिलालेख लेखिएको र ढुङ्गा कोरेर आकर्षक मूर्ति बनाएका भेटिएका छन् ।

गत वर्ष पनि केही काम भएको थियो । यस वर्ष थप एक महिना काम गर्नेगरी पुरातत्व विभागको टोली आएको भुसालले जानकारी दिनुभयो । आगामी फागुन ११ गतेसम्म उत्खनन र अनुसन्धान गर्नेगरी विभागको टोली पुगेको छ । उकु भग्नावशेष वरिपरि, मन्दिर क्षेत्र, घर खेत सबैतिरका चट्टानसमेत सङ्कलन गर्ने काम भइरहेको छ । अहिले पनि भग्नावशेष क्षेत्रका भेटिएका सबै शिलालेख सुरक्षित स्थानमा सार्ने काम भइरहेको भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै प्रकारका अभिलेख सुरक्षित राख्ने काम भइरहेको छ, सुरक्षित तवरले अभिलेख राखेर अनुसन्धान गर्छौं ।” प्रारम्भिक रुपमा हेर्दा थुप्रै शिलालेखहरु भेटिँदै छन् । उकु महलको संरक्षण र अनुसन्धानका लागि पटक पटक ताकेता भएसँगै पुरातत्व विभागले काम थालनी गरेको हो ।

अहिले भइरहेको उत्खनन र अनुसन्धानबारे जिल्ला प्रशासन कार्यालय तथा सरोकारवालाई जानकारी गराउने तयारी भएको भुसालको भनाइ छ । यो अवधिमा उकु भग्नावशेष क्षेत्रमा फोटो खिच्न, भिडियोग्राफी र टिकटक बनाउन पुरातत्व विभागको अनुमति बिना नलिन भनिएको छ ।

“यो ऐतिहासिक अनुसन्धान कार्य गर्दैछौँ”, भुसाल भन्नुहुन्छ, “यो खोजबाट यहाँको वास्तविकता पत्ता लगाएर संरचना कस्तो बनाउने भन्ने विषयमा निर्णयमा पुगिन्छ, गत वर्ष उत्खननका क्रममा एउटा मन्दिर भेटिएको थियो, प्रारम्भमा हेर्दा यहाँ निकै धेरै शिलालेख भेटिने अवस्था छ, यसको पूरै उत्खनन भएपछि यहाँको सांस्कृति, धार्मिक पर्यटकीय महत्व झनै बढ्छ ।”

स्थानीय सरकारले चासो देखाएसँगै पुरातत्व विभागले काम थालनी गरेको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । उकुमा भएको भग्नावशेषको अभिलेखीकरण र व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने गरी टोली आएको छ । गत वर्ष सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले समेत उकु महलका बारेमा चासो दिँदै ज्ञापन बुझाउनुभएको थियो ।

सबै क्षेत्रको सहयोगमा अहिले उकु महलको उत्खनन र अनुसन्धानसम्म पुगेको अध्यक्ष धामीको भनाइ छ । “हामीले यसको प्रचार–प्रसारमा ल्याउन तथा संरचना निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गरेका थियौं”, उहाँले भन्नुभयो, “यहाँको इतिहासलाई फेरि एक पटक बिताउने प्रयास गरिएको छ ।”

परापूर्वकालको पुरानो दरबारको भग्नावशेषका रुपमा रहेको ठाउँको अध्ययन तथा अन्वेषण र संरक्षणको काम सुरु भएपछि स्थानीय पनि खुसी भएका छन् । स्थानीय धनबहादुर पालले ओझेलमा परेको उकु महलको काम अघि बढेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “थोेरै भए पनि संरक्षणका लागि सरकारले ध्यान दिएको छ, यो निरन्तर हुनुपर्छ, महलको उत्खनन र संरक्षण नहुँदा थुप्रै मूर्ति तथा शिलालेख चोरी हुुनाका साथै टुटफुट भएका छन् ।”

उकु महलको भग्नावशेषस्थलमा विभिन्न शिलालेख लेखिएका चट्टान छरिएर रहेका अवस्थामा जीर्ण बन्दै गएका थिए । परापूर्वकालमा कत्युरी राजाको राजधानीका रुपमा यसलाई निर्माण सुरु गरिएको किंवदन्ती छ । कतुडी राजवंशको अन्त्यपश्चात् १२औँ शताब्दीमा पाल राजा भारतको अस्कोट क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको हुनसक्ने इतिहासका जानकारको भनाइ छ ।

हालसम्म पनि उकु, लाली क्षेत्र र उकुसँग सीमा जोडिएको भारतको अस्कोटमा पनि पालको बसोबास रहँदै आएको छ । इतिहासबारे जानकार प्रकाशचन्द्र मिश्र उकु भग्नावशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेख जम्मा गरेको बताउनुहुन्छ । उक्त क्षेत्रमा ऐतिहासिक किल्ला, ढुङ्गामा कुँदिएका विभिन्न भगवान्का मूर्ति देख्न सकिन्छ । अस्कोटको इतिहासअनुसार परापूर्वकालमा अभयपाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएको इतिहास छ ।

मिश्रले भन्नुभयो, “यो ऐतिहासिक महत्वको स्थल हो, यहाँ भेटिने कोटघर, देवस्थल, दरबारका किल्ला र विभिन्न आकृतिका ढुङ्गाले इतिहास र संस्कृति दर्शाइरहेको देखिन्छ ।” दार्चुला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजले पुष्टि गरेको बताइन्छ । रासस

दार्चुलामा खोला तर्ने क्रममा बगेर दुई जना बेपत्ता
खलङ्गा । दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुईजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । दुवैजना नातामा काकी भतिजा पर्छन् ।

अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवैजनालाई बगाएको मार्मा गाउँपालिका–५ का वडाअध्यक्ष सुरेन्द्र महताले जानकारी दिनुभयो । बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घट्नास्थलमा खटिएको छ । रासस

फरार थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु
धनगढी । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा लडेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

थुनुवा कक्षबाट भागेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवरलाई पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको हो ।

भीरबाट लडेर गम्भीर घाइते भएका चौधरीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

जबर्जस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा प्रहरीले कुँवरलाई पक्राउ गरेको थियो । भागेर भारत पुगेका उनलाई भारतीय गोरखा रेजिमेन्ट (जीआर) को सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दार्चुलामा सडकबाट खसेर युवकको मृत्यु
पुस । दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ । अपि हिमाल गाउँपालिका–६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार सिप्टी–तपोवन सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको बा३क ४१९८ नं को स्काभेटरमा सहयोगीका रुपमा काम गदैँ आएका धामी सोही सडकखण्डको सिप्टीमा सडकबाट खसेका हुन् ।

सडकमा हिँडिरहेका बेला अचानक खस्दा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । उनी सडकबाट पाँच सय मिटर तल खसेका थिए । अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक मानसिँह ऐरीको टोली घटनास्थलमा पुगेको छ । रासस

दार्चुलाबाट सर्यो महाकाली नदी नियन्त्रण आयोजना
खलङ्गा । दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजना बैतडीको पाटन सरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको यो आयोजना नाम परिवर्तन भएर बैतडी सरेको हो ।

सोमबार आयोजना प्रमुखसहित कर्मचारी बैतडीको पाटन हिँडेका छन् भने दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयका खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकेर हाललाई खटाइएको आयोजना प्रमुख दिनेशप्रसाद आचार्यले बताउनुभयो ।

गत वैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले दार्चुला सदरमुकाम खलङ्गामा रहेको महाकाली नदी नियन्त्रण आयोजनालाई बैतडीको पाटनमा सार्ने निर्णय गरेको थियो । सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको छ । त्यहाँको कार्यालयको क्षेत्राधिकार सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला हेर्ने गरी बनाइएको छ । नदी नियन्त्रणका लागि १९ वटा प्याकेजमा काम भइरहेको र अझै दुई वटा प्याकेजको काम बाँकी रहेको छ ।

यस्तै गतवर्ष लास्कु खोलामा आएको बाढीले करिब एक किलोमिटर तटबन्धमा क्षति पुर्‍याएको थियो । काम बाँकी छँदै कार्यालय सार्ने निर्णयप्रति दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले पटक(पटक प्रधानमन्त्री र मन्त्रीलाई भेटेर लिखित तथा मौखिक असन्तुष्टी जनाएको उहाँले बताउनुभयो । रासस

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ ।

नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ । रासस

मिनिट्रक दुर्घटनामा परी एक जनाको मृत्यु
खलङ्गा । दार्चुलाको दुहु गाउँपालिका–३ राताकाठा भिरमा मिनिट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

आज बिहान महाकाली नगरपालिकाको खलङ्गाबाट दुहुको हिकिलातर्फ जाँदै गरेको से १ ख १२५२ नंको मालवाहक मिनिट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा दुहु–३ ब्रहमदेवका अन्दाजी ४५ वर्षका करनसिंह बोहराको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चालकको खोजी गर्दा नभेटिएपछि फरार रहेको हुन सक्ने आशङ्का गरिएको छ । उक्त मिनिट्रकमा मृतक बोहराको खाद्यान्न चामल थियो ।” घटनास्थलमा इलाका प्रहरी कार्यालय हिकिलाबाट प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालको नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

उक्त मिनिट्रक सडकदेखि करिब तीन सय ५० मिटर तल महाकाली नदी किनारामा खसेको थियो । रासस

चरेससहित दुई जना पक्राउ
खलङ्गा । दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट आज उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौँडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालयको टोलीले जाँच गर्दा दुवैजनाको साथबाट गरी आठ किलो आठ सय ५० ग्राम चरेस बरामद भएको हो ।

धामीको साथबाट ६ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । दुवै जनालार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

दार्चुलामा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै
खलङ्गा । दार्चुला जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको एक महिनामा उक्त रहेका सम्बन्धविच्छेदका मुद्दाको तथ्याङ्कले त्यस्ता मुद्दाको सङ्ख्या बढ्दै गएको देखाएको हो । गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका मुद्दाहरुमध्ये २४ दशमलव ८७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदसम्बन्धी थिए भने चालु आर्थिक वर्षको एक महिनामा यस्ता मुद्दाको प्रतिशत ३६ दशमलव ३६ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षमा दर्ता भएका दुई सय पाँचमध्ये ५१ मुद्दा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा रहेको अदालतका सूचना अधिकारी गणेशबहादुर बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा ४६ मुद्दा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका हुन् भने पाँच मुद्दा नयाँ रहेका छन् । त्यस्तै चालु आर्थिक वर्षको दुई महिनामै आठ नयाँ मुद्दा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको दुई महिनामा आठ नयाँ र १३ गत वर्षबाट जिम्मवारी सरी आएका गरी २१ सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको सूचना अधिकारी विष्टले बताउनुभयो । आव २०७८/७९ मा भने सम्बन्धविच्छेदसम्बन्धी ४७ मुद्दा थिए । गत वर्ष एकजोडीले मुद्दा फिर्ता लिएकै दोस्रो दिन पुन: सम्बन्धविच्छेदका लागि निवेदन दिएर सम्बन्धविच्छेद गराएका थिए । सम्बन्धविच्छेदका लागि पुरुषभन्दा महिलाहरुले बढी मुद्दा दिएको पाइएको छ ।

अदालतका अनुसार आव २०७९/८० मा अभिलेख कायम गरिएका ४९ सम्बन्धविच्छेदका मुद्दाहरुमध्ये ६५ प्रतिशतभन्दा बढी (३३जना)महिलाहरुका तर्फबाट उजुरी परेका थिए भने पुरुषहरुको सङ्ख्या १६ मात्रै रहेको थियो । रासस

दार्चुलाबाट चरेससहित दुईजना पक्राउ
खलङ्गा । दार्चुलामा चरेससहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ खलङ्गाका ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुवै जना गए राति शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले छ किलो एक सय ग्राम चरेस बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक वीरेन्द्र थापा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रासस

चितुवा मृत फेला
खलङ्गा । दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज चितुवा मृत फेला परेको छ ।

स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी दिनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । रासस