थाइराइड – News Polar

यस कारण बढ्दैछन् थाइराइडका बिरामी (भिडियोसहित)
पछिल्लो समय नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरुले सचेत गराएका छन्।थाइराइडका बिरामीहरु संसारभर नै बढीरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेरसमूहका महिलाहरुमा थाइराइडको समस्या थालेको हो ।

विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन् । हाइपो, हाइपर, गोइटर, थाइराइड क्यान्सरसहित ४ वटा हुन्छन् । त्यसैले पनि कुनै न कुनै थाइराइडबाट कोही पनि मानिस अछुतो रहन सकेका छैनन् सबैभन्दा कमन थाइराइड भनेको हाइपो थाइराइडिजम हो ।

https://youtu.be/9XV6xKr_w4Q

यसलाई नियन्त्रण गर्न नसके त्यसको असर धेरै हुने र यसले मानिसलाई गम्भीर असर पार्न सक्छ । मोटोउने खालको थाइराइड नै हाइपो थाइराइड भएको र यो सबैमा देखिन सक्ने भएकोले यसको बेलैमा उपचार गर्नुपर्छ । समयमा उपचार पाए निको हुने सम्भावना हुन्छ ।

थाइराइडका कारण कपाल झर्ने,आँखा सुक्खा भएजस्तो हुने, घाँटीमा केही कुरा अड्किएको जस्तो हुने, थुक निल्न अफ्ठ्यारो हुने, हातखुट्टा फतक्क गलेको जस्तो हुने, तौल बढ्दै जाने, प्रेसर बढ्ने, कोलस्टोर बढ्ने, मुटुको धड्कन कम हुने, महिलाहरुमा महिनावारी गडबढी हुने, गर्भ नरहने, गर्भ भए पनि तुहिने, गर्भावस्थामा थाइराइड नियन्त्रण गर्न सकेन भने सुस्त मनस्थितिको बच्चा जन्मिने लगायतका समस्या हुन्छ ।

त्यस्तै बढ्दो उमेरको बच्चामा थाइराइड देखियो भने बच्चाको उचाइ नबढ्ने पनि हुनसक्छ ।  भर्खर जन्मिएको बच्चामा पनि यो देखिनसक्ने र बुढेसकालमा पनि थाइराइडको जोखिम त्यत्तिकै रहेकोले बेलाबेलामा स्वास्थ्य चेकजाँच गराउनु पर्दछ ।

थाइराइडको ४ प्रकारको समस्या हुन्छ । सबैभन्दा कमन थाइराइड भनेको मोटाउने खालको थाइराइडको हो । जसलाई हामी हाइपो थाइराइडिजम भन्छाै। हाइपो थाइराइडिजम भनेको थाइराइडले जति काम गर्नुपर्ने हो । जति फङ्सन गर्नुपर्ने हो, जति हर्मन उत्पादन गर्नुपर्ने हो त्यो गर्न नसक्ने स्थिति हो । जो हामीले साधारण भाषामा भन्दा मोटाउने खालको थाइराइड हो ।

थाइराइड ग्रन्थीले जति काम गर्नुपर्ने हो, जति हर्मन उत्पादन गर्नुपर्ने हो त्यो गर्न नसक्ने । दोस्रो थाइराइड ग्रन्थीले धेरै काम गर्नु हो । त्यसलाई हामी हाइपर थाइराइडिजम भन्छौँ । हाइपर भनेको बढी काम गर्ने हो । यसलाई हामी दुब्लाउने खालको थाइराइड भन्छौँ । यो १०० जनामा थाइराइडको रोग देखिँदा ४/५ जनामा मात्रै देखिन्छ ।

तेस्रो भनेको थाइराइडको साइज नै ठूलो हुने हो । जसलाई हामी गलगाँण भन्छौँ । चौथो कुरा भनेको यही थाइराइड ग्रन्थीमा कहिले काहीँ गाँठागुँठी आउँछ । त्यो बेलामा कहिले के हुनसक्छ भने थाइराइडको क्यान्सर हुनसक्छ । थाइराइडको प्रमुख रोग भनेको ४ वटा हुन्छ । हाइपो, हाइपर, गोइटर, थाइराइड क्यान्सरसहित ४ वटा हुन्छ ।

सबैभन्दा कमन भनेको हाइपो थाइराइडिजम हो । त्यो भनेको थाइराइडले काम नै गरेन भने त्यसलाई हामी हाइपो थाइराइड भन्छौँ । यसको कमी भयो भने टाउकोदेखि खुट्टासम्म असर गर्दछ । कपाल झार्न सक्छ । आँखा सुक्खा भएजस्तो हुने, घाँटीमा केही कुरा अड्किएको जस्तो हुने । थुक निल्न अफ्ठ्यारो हुने, हातखुट्टा फतक्क गलेको जस्तो हुने ।

वेट बढ्दै जाने, टायरनिस फिल हुने, प्रेसर बढ्ने, कोलस्टोर बढ्ने, मुटुको धड्कन कम हुने, महिलाहरुमा महिनावारी गडबढी हुने, गर्भ नरहने, गर्भ भए पनि तुहिने, प्रेग्नेन्सीमा छ र थाइराइड कन्ट्रोल गर्न सकेन भने सुस्त मनस्थितिको बच्चा जन्मिने, बढ्दो उमेरको बच्चामा थाइराइड देखियो भने बच्चाको हाइट नबढ्ने यो सबै समस्या हर्मन कम भयो भने हुन्छ । यो रोगबाट कोही पनि अछुत रहन सक्दैन । भर्खर जन्मिएको बच्चामा पनि यो देखिनसक्छ भने बुढेसकालमा पनि यो देखिन सक्छ ।

धेरैजसो यो फिमेलहरुमा हुन्छ । मिडिल एजमा हुन्छ । २० देखि ४० वर्षको उमेरमा बढी हुन्छ । यो हाइपो थाइराइडिजम, मोटाउने खालको हो । अर्को भनेको हाइपर, जुन दुब्लाउने खालको थाइराइड । त्यसमा यसको अपोजिट हुन्छ । बिरामी दुब्लाउँदै जाने, मुटु भ्याट भ्याटजस्तो तेज भएको जस्तो हुने, डाइरियाजस्तो हुने, आँखा बाहिर निस्किएको जस्तो हुने, घाँटी सुन्निने, हातखुट्टाहरु सुक्ने यो सबै समस्या हाइपर थाइराइडमा हुन्छ ।’

पछिल्लो समय नेपालमा थाइराइडका कारण सुस्तमनस्थितिको बच्चा जन्मिने कुरामा भने कमी आएको छ । पछिल्लो समय नेपालमा आयोडिनयुक्त नुन खाने बानीले पनि यसमा कमी आएको हो । अन्य देशमा आयोडिनको मात्रा कम गर्दै लगिएको र नेपालमा पनि आयोडिनको मात्रा कम नगर्ने हो भने पुनः यसले मानव स्वास्थ्यमा असर पार्छ ।

बच्चामा थाइराइड देखियो भने त्यसले बच्चाको वृद्धिविकासमा, ब्रेन डेभलपमेण्टमा, अन्य कुरामा पनि असर पार्छ । नेपालमा बच्चा जन्मिने बित्तिकै थाइराइड परीक्षण गराउने पद्धसतको विकास केही अस्पतालहरुमा शुरु भइसकेको र यो पद्धती सबै अस्पतालमा हुन आवश्यक छ । आयोडिनको मात्रा कमी हुँदा पनि थाइराइड रोग धेरै देखिन्छ ।

आयोडिनको मात्रा बढी भयो भने पनि यो रोग धेरै देखिने सम्भावना रहन्छ । नेपालमा पनि आयोडिनको मात्रा बढी भइसकेको र यसले क्रमिक रुपमा मानव स्वास्थयमा गम्भीर असर पार्न थालेको बताउनु भयो ।

नेपालमा पहिलाको यातायातको आवतजावत र देशका कुनाकुनामा पुग्ने सवारी साधनको समयसीमाको आधारमा बढी आयोडिन राखेर पठाइएको भएपनि अहिले भने समयमै सवारीसाधनहरु पुग्ने भएकोले आयोडिनको मात्रा कम गरेर लैजानु पर्छ । थाइराइडका साधारण बिरामीले सामान्य जीवनशैली बिताउने, बालबालिकाहरुलाई धेरै नुन खान नदिने र थाइराइडको लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य चौकीमा जाँच गराउनु पर्दछ ।

हामी पहिला पनि क्रेटोनिजम भन्थ्यौँ । जस्तो सुस्त मनस्थितिको बच्चा । जुन आयोडिनको कमीले हुने गर्दथ्यो । नेपालमा यो पहिलादेखि नै थियो । अहिले त्यस्तो बिरामी धेरै कम देखिन्छ । अहिले प्रत्येक प्रेग्नेन्सीले धेरैजसो थाइराइडको जाँच गराउँछन्, विदेशतिरको तथ्यांक हेर्दा प्रत्येक दुईदेखि ३ हजार बच्चा जन्मिदा एक जनामा थाइराइड देखिन्थ्यो ।

विदेशतिर प्रत्येक बच्चा जन्मिनेबित्तिकै थाइराइड टेस्ट हुन्छ । बच्चामा थाइराइड देखिए त्यसले बच्चाको वृद्धिविकासमा, ब्रेन डेभलपमेण्टमा, अन्य अग्र्यानहरुको डेभलपमेण्टमा ठूलो असर गर्दछ । त्यसैले सबैभन्दा चाँडो थाहा पाउन सके यसको असर कम हुन्छ । नेपालमा पनि धेरै अस्पतालमा शुरु भइसकेको छ, जन्मिने बित्तिकै बच्चाको थाइराइड टेस्ट गर्ने । प्रत्येक दुईदेखि ३ हजार बच्चामा एक जनालाई हुनु भनेको कमन हो । यो उपचार गर्न सकिने खालको रोग हो । समयमै उपचार पाए बच्चाले उसको ग्रोथको लागि केही पनि समस्या हुँदैन ।’

आयोडिनको मात्रा कमी हुँदा पनि थाइराइड रोग धेरै देखिन्छ । आयोडिनको मात्रा बढी भयो भने पनि यो रोग धेरै देखिने सम्भावना रहन्छ । नेपालमा पनि आयोडिनको मात्रा बढी भइसकेको र यसले क्रमिक रुपमा मानव स्वास्थयमा गम्भीर असर पार्न थालेको बताउनु भयो । नेपालमा पहिलाको यातायातको आवतजावत र देशका कुनाकुनामा पुग्ने सवारी साधनको समयसीमाको आधारमा बढी आयोडिन राखेर पठाइएको भएपनि अहिले भने समयमै सवारीसाधनहरु पुग्ने भएकोले आयोडिनको मात्रा कम गरेर लैजानु पर्छ ।

थाइराइडका साधारण बिरामीले सामान्य जीवनशैली बिताउने, बालबालिकाहरुलाई धेरै नुन खान नदिने र थाइराइडको लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य चौकीमा जाँच गराउनु पर्दछ ।

-अल्का अस्पताल जावलाखेलमा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञको रुपमा कार्यरत डा. पोखरेलसंग न्युज एजेन्सी नेपालले गरेको कुराकानीमा आधारित