त्रिभुवन विमानस्थल – News Polar

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था
काठमाडौँ, १७ फागुनः मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ ।

कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी सङ्घले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो । सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा अलपत्र परेका हवाई यात्रुलाई खाना र बस्नका लागि सङ्घले व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

“कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यअनुसार पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीले उक्त निर्णय गरेर खाना र बस्नको व्यवस्था मिलाएका हौँ”, उहाँले भन्नुभयो ।

सङ्घले अप्ठ्यारोमा पर्नुभएका यात्रुलाई सङ्घमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।रासस

बर्दि छोडेर विदेशिएका सहकर्मीलाई बिदाइ गर्दा…
काठमाडौं । हिजोदेखि सामाजिक सञ्जालमा एउटा घटनाका दृश्य भाइरल भइरहेका छन् ।

दृश्य हो काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छ । नेपाल प्रहरीका एक कर्मचारीले जागिर छाडेर विदेशिन लागेपछि सहकर्मी भावुक बनेकी छन् ।

यसअघि उनीहरु दुवै जना विमानस्थलकै सुरक्षामा खटिएका थिए । तर अप्रत्यासित रुपमा एक जना सहकर्मीले जागिर त्यागेर विदेशीने निर्णय गरेपछि अर्की सहकर्मी भावुक बनेकी हुन् ।

नेपाल प्रहरीमा राजीनामा दिएर बाहिरिने र विदेश पलाउने क्रम क्रम बढ्दो छ । गत आर्थिक वर्ष २०८१/०८२ मा मात्र २ हजार ३ सय ६९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् ।

फोटो : नवराज परियार

सिनियर दर्जाका १९ जनाले राजीनामा दिएका छन् । यस्तै जुनियर अधिकृत ४ सय १ जना जागिर छाडेर जाँदा जवान र हवल्दार १ हजार ९ सय ४९ जनाले राजीनामा दिएका छन् ।

यस्तै अनिवार्य अवकाशमा ५२३ जना गएका छन् ।

गत आर्थिक वर्षमा २ हजार ७१७ जना प्रहरीमा भर्ना भएका छन् । जवान, सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा गरी त्यति नयाँ प्रहरी भर्ती भएका हुन्।

नेपाल प्रहरीमा ७९ हजार ५४१ जनाको दरबन्दी रहेको छ । त्यसमध्ये हाल ९४.०५ प्रतिशत अर्थात् ७४ हजार ८०६ जना कार्यरत छन् । यसमध्ये पनि ६५ हजार ५२० जना पुरुष र ९ हजार २८६ जना महिला प्रहरी छन् ।

अहिले प्रहरीमा ४ हजार ७३५ जनाको दरबन्दी खाली छ ।

अवरुद्ध त्रिभुवन विमानस्थलको उडान सञ्चालन
काठमाडौँ। आन्तरिक तथा वाह्य उडान अवरुद्ध भएको त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थलमा अहिले नियमित उडान सञ्चालन भएको छ ।

विमानस्थल आसपासका क्षेत्रमा पूर्वराजाका सर्मथकहरूले सवारीसाधन, कार्यालयलगायत भौतिक संरचनामा आगजनी गरेकाले अवरुद्ध बनेको विमानस्थलको उडान अहिले सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगजनीका कारण उडान अवतरण करिब ४५ मिनेट अवरुद्ध भएको थियो । अहिले सामान्य भएपछि आन्तरिक तथा बाह्य उडान नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै जहाज उडान तथा अवतरण रोकिएको थियो । उडान अवतरण अवरुद्ध भएको समयमा आएका जहाजहरू भैरहवा, पोखरा र विराटनगरका विमानस्थलमा ‘डाइभर्ड’ गरिएको बताउँदै निरौलाले अहिले सबै जहाजहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेका जानकारी दिनुभयो । रासस

दैनिक १० घण्टा उडान बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिँदै
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न करिब रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ । “विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुन्छ”, महानिर्देशक अधिकारीले भन्नुभयो ।

स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले स्पष्ट पारेको छ । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गर्नुभयो ।

नेपाल र सम्बन्धित मुलुकबीचका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यता बमोजिम विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक उडान सङ्ख्या व्यवस्थापन गरिएको जनाउँदै प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई विशेष अनुरोध गरेको छ । प्रचलित कानुनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरीत उड्डयन क्रियाकलाप नगर्न/नगराउन सम्बद्ध पक्षलाई प्राधिकरणले आग्रह पनि गरेको छ ।

नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

टीआइए भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एकसय हाराहारी उडान हुने गरेका छन् ।

पटक–पटक विमानस्थल विस्तार र मर्मत

देशकै जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटक–पटक मर्मत र क्षमता अभिवृद्धि गरिदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो ।

विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत (कालोपत्रे)  गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो । रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गर्न दैनिक १० घण्टा उडान तथा अवतरण बन्द हुने भएको छ । आगामी कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच महिनासम्म उडान बन्द गरेर धावन मार्ग विस्तार गरिने जनाएको छ । चैत १८ गतेसम्म रातिको समयमा कुनै उडान नहुने प्राधिकरणको भनाइ छ ।

यो पाँच महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हरेक दिन बिहान ८ बजेपछिमात्रै खुला हुने छ । अहिले काठमडौं विमानस्थल बिहान ६ बजे खुलेर राती २ बजेसम्म सेवा दिँदै आएको छ । काठमाडौं विमानस्थलको धावनमार्ग र त्यससँग जोडिएको ट्याक्सी वे प्रणालीका विभिन्न निर्माण गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले विमानस्थल सञ्चालन अवधि घटाउन लागिएको अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी नियमअनुसार प्राधिकरणद्वारा जारी एआईपीमा उल्लेख छ ।

प्राधिकरणको यो सूचना प्रकाशित भएसँगै अब अन्तर्राष्ट्रिय वायुसेवाले आफ्ना उडानको समय तालिका फेरबदल गर्नुपर्छ । यसैका आधारमा वायुसेवाहरुले जारी भइसकेका टिकटको उडान समय फेरबदल भइसकेको जानकारी यात्रुलाई दिनुपर्छ ।

विमानस्थलबाट हुने उडान रोकिएको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निर्माणको काम गर्दै आइरहेका तीनवटा निर्माण व्यवसायीहरुले धावनमार्गको उत्तर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायतका काम गर्नेछन् ।

धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल ४५ मिनेटको लागि बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि ४५ मिनेटका लागि सबै उडान बन्द गरिएको छ।

धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान अवतरण बन्द गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

अहिले धानवमार्गको मर्मत भईरहेको र त्यसको लागि ४५ मिनेट सबै उडान अवतरण रोकिएको प्रवक्ता झाले बताए ।

धानवमार्गको मर्मत भईरहेकोले जहाजहरु आकाश मै होल्ड गरिएको छ ।

गृहमन्त्री रवि लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गर्नुभएको छ ।

गृहमन्त्री लामिछानले विमानस्थलको प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गर्नुभएको हो ।

गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएका थिए ।

मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशिलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युडी रोष्टर प्रणालीबारे विशेष चासो व्यक्त गर्नुभएको थियो । उहाँले विदाई गर्न जानेका कारण विमानस्थल क्षेत्रमा बढेको घुइँचो न्यूनीकरणबारे पनि चासो राख्नुभयो ।

मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा पनि ध्यान दिन निर्देशन दिनुभयो । उहाँले विमानस्थललाई उच्चतम् प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिँदै त्यसतर्फ ध्यान दिइने पनि बताउनुभयो ।

त्रिभुवन विमानस्थलमा आजदेखि उत्तरबाट जहाज अवतरण बन्द
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी बिन्दूबाट जहाज अवतरण गर्न नपाइने भएको छ ।

एक मात्र धावनमार्ग रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि दुवै बिन्दूबाट जहाज अवतरण हुँदै आएकोमा अब तीन महिनाका लागि उत्तरी बिन्दूबाट अवतरण गर्न नपाइने भएको हो । विमानस्थलभित्र पूर्वाधार निर्माणका काम भइरहेकाले उत्तरबाट जहाज अतरण रोकिएको हो ।

उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको विस्तार भइरहेको हो । तीन महिनाभित्र यो काम सकिने लक्ष्य विमानस्थल राखेको छ । त्यसपछि काठमाडौं विमानस्थलको धावनमार्गको क्षमता थप वृद्धि हुने भएको छ ।

काठमाडौं विमानस्थलको धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर छ । उत्तरबाट अवतरण/उडान गर्न नपाइने र पूर्वाधार विस्तार गर्नुपर्ने भएकाले चालकदलले जहाजलाई उत्तरतर्फको अल्फा ट्याक्सी–वेबाट माथि जहाज लैजान पाउने छैनन् ।

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस बरामद गरेको छ ।

विदेश लैजाँदै गरेको सो चरेस मङ्गलबार बरामद गरेर आज सार्वजनिक गरिएको हो ।

विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई–छिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको पदार्थ मङ्गलबार फेला पारी बरामद गरिएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरामद गरिएको उक्त पदार्थको थप आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको छ । रासस

विमानस्थल अध्यागमन प्रमुखमाथि प्रहरीको हातपात
काठमाडौं । त्रिभुवन विमानस्थलका अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेको छ ।

शुक्रबार अराइभलतर्फ रहेका प्रहरीले अध्यागमनका कर्मचारीको शरीर खानतलासी गर्ने क्रममा असभ्य बोलेको भन्दै कुटपिट गरेका हुन् ।

बिहान कर्मचारीमाथि प्रहरीले कुटपिट भएपछि दुवै पक्षबिच छलफल भएको हमालले बताए । छलफलको क्रममा सीसीटीभी हेर्दा कर्मचारी र प्रहरीबिच भनाभन भएको देखिएको र भनाभनपछि प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि आक्रमण भएको देखिएको थियो । त्यही क्रममा कार्यालय प्रमुख हमालमाथि पनि आक्रमण भएको हो ।

पछिल्लो समय भिजिट भिषा सेटिङमा प्रहरी र अध्यागमन कर्मचारीबीच दूरी बढ्दै गएको देखिन्छ । अध्यागमनका कर्मचारीले अमेरिकी डलर तस्करी गर्ने गरेको प्रहरीको आरोप छ ।

अन्तरराष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी
काठमाडौँ । मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कूल यात्रु आवागमन (आन्तरिक र अन्तरराष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ ।

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए । विमानस्थलबाट एक वर्षको अवधिमा अन्तरराष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाईयात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो । यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

महाप्रबन्धक तिवारीले अन्तरराष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कूल यात्रु आगमन पनि बढेको जानकारी दिनुभयो । कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा नौ दशमलव दुई प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ ।

सन् २०२३ मा अन्तरराष्ट्रिय उडान अवतरण ३१ हजार चार सय ६० (गत वर्षको तुलनामा २९ दशमलव ४० प्रतिशतले) वृद्धि भएको छ । जुन कोभिडअघि सन् २०१८ को भन्दा १० दशमलव ७६ प्रतिशतले घटेको छ । उक्त अवधिमा कार्गो आवागमन २२ हजार नौ सय ४६ टन भएको छ । जुन गत वर्षको तुलनामा १३ दशमलव ९८ प्रतिशतले घटेको छ ।

आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार तीन सय २६ पुगेको छ । जुन गत वर्षको तुलनामा सात दशमलव ०७ प्रतिशत कम हो । उक्त अवधिमा आन्तरिकतर्फ ९६ हजार नौ सय ८९ उडान अवतरण भएका छन् । उडान पनि गत वर्षको तुलनामा १० दशमलव ८७ प्रतिशतले घटेको छ ।

आन्तरिकमा कार्गो आगमन गत वर्षको तुलनामा १० दशमलव ३६ प्रतिशतले वृद्धि भई तीन हजार ४२६.८६१ टन पुगेको महाप्रबन्धक तिवारीले बताउनुभयो । उहाँका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन्भने अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् ।

नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लो पटक गत मङ्सिर १९ गते नेपाल र रुवाण्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । रासस

त्रिभुवन विमानस्थलको सिसिटिभी फुटेज स्टोरेज क्षमता ६१ दिन पुर्‍याइयो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सिसिटिभी फुटेजको स्टोरेज क्षमता ६१ दिन पुर्‍याइएको छ ।

विमानस्थल प्रशासनले विमानस्थलभित्र रहेका ५ सय वटा सीसीटीभी क्यामेरा ६१ दिनको पुर्‍याइएको जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यसअघि बढीमा २९ दिनसम्म स्टोरेज क्षमता मात्र रहने गरेकोमा आवबाट क्षमता ३ महिनासम्मको हुने गरी काम थालिएको बताएका छन् । जसको लागि १६ टीबी क्षमताको ३६ वटा हार्डडिस्क जडान गरिएको छ ।

यो २७ असोज २०८० मा सरोकारवालाको बैठक बसी कार्य अगाडि बढाइएको उनले बताएका छन् । यसअघि विमानस्थलले आव २०७८/७९ मै ३ महिना स्टोरेज क्षमता बढाउन माग गरेपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड(१९ का कारण देखाउँदै बजेट नदिएको उनले बताए।

विमानस्थल भित्रका सीसीटीभीको अपरेशन र सर्वेलेन्सको काम नेपाल प्रहरीले गर्दै आएको प्रशासनले जनाएको छ । विमानस्थल भित्र १७० भन्दा बढी निकाय कार्यरत छन् ।

त्रिभुवन विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगलागी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा अचानक धुवाँ निस्किएपछि केहीबेर खलबली भएको छ ।

चिनियाँ नागरिक जियान जिङ्गले बोकेको ह्याण्ड ब्यागमा आगो लागेको विमानस्थल सुरक्षार्थमा खटिएका प्रहरीले बताए ।

आज बिहान चिनियाँ एयरबाट चीनको ताइफु जान लागेकी जियान यात्रु बोर्डिङ पास लिएर प्रतीक्षा हलमा बसेकी थिइन् । ब्यागमा एक्कासी धुवाँ देखिएपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए ।

स्टेरलाइज हलमा झोलामा रहेको पावर बैंक पड्केर आगो लागेको प्रहरीले बतायो । आगलागीबाट पावर बैंक र साथमा रहेको ल्यापटपमा क्षति पुगेको छ ।

त्रिभुवन विमानस्थलबाट सुनजस्तो पहेँलो धातुसहित एक जना पक्राउ
काठमाडौँ । सुनजस्तो देखिने पहेँलो धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् ।

आगमन गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेँलो धातु करिब २७२.३७ ग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठ रहेका छन् । उनको साथमा प्रहरीले ३ थान बेरुवा औँठी ५४.९७ ग्राम र प्लास्टिकले बेरेको ल्याएको सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब २१७.४० ग्राम बरामत गरेको छ ।

प्रहरीले बरामद सुनसहित उनलाई भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।

त्रिभुवन विमानस्थलबाट दैनिक एक सय तेह्र अन्तर्राष्ट्रिय उडान
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् ।

सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एकसय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आज पनि अन्तर्राष्ट्रियतर्फ एक सय १० उडान हुँदैछ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

नेपालमा पर्यटकीय याम सुरु भएको र दसैँलगायत महत्त्वपूर्ण चाडपर्व पनि प्रारम्भ भएकाले विदेशबाट नेपाल आउनेको सङ्ख्या बढेको छ । आन्तरिकतर्फ पनि उडान चाप रहेको छ । दैनिक दुईतर्फी तीन सय उडानबाट करिब १५ हजार यात्री आवतजावत गरिरहेका विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् । रासस

त्रिभुवन विमानस्थलबाट ३२० ग्राम सुनसहित २ भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरुलाई विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् ।

उनीहरुको साथबाट ३ सय २० ग्राम तौल भएको सुन जस्तो देखिने धातुको बाला १ थान तथा सिक्री १ थान र जबेरी बरामत गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीको लागि उनीहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ ।

पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी
काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणपछि यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई मन्त्रालयले हटाइएको बताइएको छ ।

पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका हुन् ।

विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीमा पोखरेल भए पनि उनी २ महिना विदामा रहेका थिए ।

विसं २०७९ पुस १० गते विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बसेका थिए ।

पोखरेल विदामा रहेको बेला राजश्व अनुसन्धान विभागले यही साउन २ गते विमानस्थलबाट पार भइसकेको करिब एक क्विन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुई कर्मचारी निलम्बित
काठमाडौँ । करिब सय किलो सुन तस्करीबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई निलम्बन गरेको छ ।

भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

विमानस्थल र भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर ट्याक्सीमा लैजाँदै गर्दा सिनामंगल सडकबाट सुन बरामद गरिएको थियो। पास अधिकृत चन्द र ढकालले सुन जडित ‘ब्रेक सु’ को भन्सार जाँचपास बुधबार दिउँसो ४:११ मा गरेका थिए।

हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत आएको उक्त सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

श्रम स्वीकृति लिएर कुवेत हिडेका ११७ श्रमिकलाई विमानस्थलबाटै फर्काईयो
काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिडेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ ।

सलाम एयर र कुवेत एयरमार्फत कुवेत जान लागेका उनीहरुको भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काएको हो । कार्यालयले बुधबार साँझ सलाम एयरबाट जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेत जान लगेका १६ जना श्रमिकलाई फिर्ता पठाएकोे हो ।

उनीहरूले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको भन्दै फर्काइदिएको हो । फर्काइएकामध्ये करिब आधा महिला रहेका छन् ।

श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि उनीहरुलाई फर्काइएको अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए । ‘घरेलु श्रमिकका रुपमा नेपालबाट कुवेतमा जान मिल्दैन, तर फरक–फरक भिसाका कागज बनाएर म्यानपावर कम्पनीले लागेको पुष्टि भएपछि उहाँहरुलाई प्रस्थान अनुमति नदिएका हौं,’ उनले भने।

इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति लिएका बताईएको छ ।

अध्यागमन कार्यालयले आइतबार पनि श्रम स्वीकृति लिएर जोर्डन हिंडेका १५ जनालाई विमानस्थलबाट फर्काएको थियो । एससीसी म्यानपावर कम्पनीबाट जोर्डनमा काम गर्न अनुमति पाएका महिला श्रमिकहरुलाई शंकास्पद भिसा भन्दै फर्काएको थियो ।

त्रिभुवन विमानस्थलबाट ७ किलो चरेससहित जर्मन नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब ७ किलो चरेससहित एकजना जर्मन नागरिक पक्राउ परेका छन् ।

सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरेको छ । पउलले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजाने क्रममा बरामद भएको प्रहरीले जनाएको छ।