तराईबाट सख्खर ल्याएर – News Polar

तराईबाट सख्खर ल्याएर परम्परा धान्दै टोखाका चाकु व्यवसायी
काठमाडौँ। काठमाडौँको टोखाका चाकु व्यवसायीले तराईबाट सख्खर ल्याएर व्यवसाय धान्दै आएका छन्। माघे सङ्क्रान्ति आउन डेढ महिना बाँकी हुँदा टोखाका उद्योगीहरूले चाकु बनाउन सुरु गरेका छन् ।

टोखा नगरपालिका–२ र ३ मा चाकु बनाउने नेवार समुदायको पुरानो बस्ती छ । टोखा चाकुका लागि प्रख्यात ठाउँ हो । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । कुनैबेला टोखा उखुखेती तथा चाकु उत्पादनका लागि देशमै प्रसिद्ध थियो । तर हाल उक्त ठाउँमा उखुखेती छैन ।

बढ्दो सहरीकरणले टोखा वरपर उखुखेती मासिएको छ । उखुखेती मासिएसँगै उद्योगीले तराईबाट सख्खर ल्याएर चाकु बनाउने पेसालाई निरन्तरता दिएका छन् ।

टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठ हाल कपिलवस्तुको चन्द्रौटा बजारबाट सख्खर ल्याएर चाकु बनाउँदै आएको बताउनुहुन्छ । टोखामा हाल १८ कम्पनीले चाकु उत्पादन गर्दै आएका छन् । विगतमा १४ कम्पनी रहेपनि हाल चाकु उद्योगको सङ्ख्या बढेको हो ।

टोखा परम्परागत चाकु संरक्षण समाजले नयाँ युवालाई चाकु उत्पादनमा प्रोत्साहन गर्नुका साथै विश्वव्यापी बजारीकरणका लागि तीनै तहका सरकारसँग सहकार्य गरिरहेको छ । टोखाको परम्परागत उखु खेतीलाई प्रवर्द्धन गर्न उखुखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम अगाडि सारेको छ ।

टोखामा उत्पादित चाकु असन, इन्द्रचोक, मनमैजु, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिर नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । संस्थापक अध्यक्ष श्रेष्ठ टोखामा उत्पादित चाकु नेपालसहित विदेशमासमेत धेरै माग हुँदै आएको बताउनुहुन्छ । टोखामा उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा बिक्री हुँदै आएको छ ।

टोखाका चाकु उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखामा चाकु स्तम्भ निर्माणका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो । “टोखा नगरपालिका–२ गलेमा चाकु स्तम्भका लागि डिपिआर निर्माण भइसकेको छ,” उहाँले भन्नुभयो ।

उहाँले चाकुलाई नगरपालिकाले अन्तरराष्ट्रियस्तरमा ‘ब्राण्डिङ’ गर्ने बताउनुभयो । टोखामा उत्पादित चाकु हाल प्रतिकिलो रु १४० देखि १५० सम्ममा बिक्री हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खाने चलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ ।

चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ । चाकु खाँदा शरीरलाई फाइदा हुनाका साथै रोगसँग लड्ने क्षमता विकास हुने र बालबालिकादेखि बुढाबुढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । रासस