डोनाल्ड ट्रम्प – News Polar

इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, इरानसँगको वार्ता जारी रहेको ट्रम्पको दाबी
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हिजबुल्लाहबीच युद्धविरामका लागि सहमति भएको घोषणा गर्नुभएको छ । सा

माजिक सञ्जालमार्फत जानकारी दिँदै ट्रम्पले इरानसँगको वार्ता पनि तिब्र गतिमा अगाडि बढिरहेको बताउनुभएको हो । लेबनानमा इजरायली सैन्य कारबाहीको विरोध गर्दै तेहरानले मध्यस्थकर्ताहरूमार्फत वासिङ्टनसँग भइरहेको सन्देश आदानप्रदान प्रक्रिया स्थगित गरेको बताएको केही घण्टापछि ट्रम्पको यो टिप्पणी सार्वजनिक भएको हो ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेख्नुभएको छ,‘इरानसँगको वार्ता तीव्र गतिमा जारी छ।’ उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोन वार्ता भएको र हिजबुल्लाहका प्रतिनिधिहरूले पनि सन्देश पठाएको उल्लेख गर्दै दुवै पक्ष शत्रुतापूर्ण सैन्य गतिविधि रोक्न सहमत भएको दाबी गर्नुभयो ।

इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको संवाद अत्यन्तै फलदायी रहेको उल्लेख गर्दै ट्रम्पले इजरायलले लेबनानको राजधानी बेरुतमा सेना नपठाउने समेत स्पष्ट पार्नुभयो ।

यसअघि आईतवार इजरायलले दक्षिण लेबनानको रणनीतिक महत्त्वको ब्युफोर्ट रिज र त्यसको टाकुरामा रहेको ऐतिहासिक किल्ला कब्जा गरेको दाबी गरेको थियो । यो क्षेत्र युद्धविराम सम्झौतापछि इजरायलले कायम राखेको सुरक्षा क्षेत्र भन्दा बाहिर पर्दछ ।

सञ्चारमाध्यमहरूका अनुसार २० वर्षभन्दा बढीको अवधिमा लेबनानमा इजरायलको यो सबैभन्दा गहिरो सैन्य प्रवेश हो । इजरायलको यस कदमको अरब राष्ट्रहरूका साथै फ्रान्स, जर्मनी र संयुक्त अधिराज्य (यूके) ले निन्दा गरेका छन् ।  सिन्ह्वा/ न्युज एजेन्सी नेपाल

चिकित्सकको राष्ट्रपति ट्रम्पलाई सुझाब : स्वास्थ्य राम्रो छ, तौल घटाउनुपर्छ
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चिकित्सकले उहाँको स्वास्थ्य ‘राम्रो’ भएको तर उहाले तौल घटाउनु उचित हुने सुझाब उहाँको ८० औँ जन्मदिनको केही हप्ताअघि गरिएको वार्षिक स्वास्थ्य परीक्षणपछि ह्वाइट हाउसले शुक्रबार जानकारी दिएको छ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनको तुलनामा आफ्नो मानसिक र शारीरिक शक्तिको बारेमा बारम्बार गौरब गर्नेगर्नुभएको छ ।

उहाँको निद्रा र हातमा चोटको बारेमा पत्रकारद्वारा सोधिएका प्रश्नहरूको जवाफपछि मङ्गलबार वासिङ्टन नजिकैको वाल्टर रीड सैन्य अस्पतालमा ट्रम्पको मेडिकल र दन्त परीक्षणपछि यो रिपोर्ट सार्वजनिक गरिएको हो ।

ह्वाइट हाउसमा प्रकाशित एक जानकारीमा राष्ट्रपति ट्रम्पका निजी चिकित्सक सिन बार्बाबेलाले भन्नुभएको छ, “राष्ट्रपति ट्रम्पको स्वास्थ्य राम्रो छ, उहाँको हृदय, फोक्सो, न्यूरोलोजिकल र समग्र शारीरिक कार्य तगडा देखिएको छ ।”

तीन पृष्ठको स्वास्थ्य जानकारीमा ट्रम्पको शारीरिक परीक्षण र निचोड रहेको छ, “पत्रमा बार्बाबेलाले राष्ट्रपति ट्रम्प ‘कमान्डर–इन–चीफ’ र राष्ट्र प्रमुखको सबै कर्तव्यहरू पूरा गर्न पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ ।

परीक्षणपछि चिकित्सकको परामर्शमा राष्ट्रपति ट्रम्पलाई ‘आहारको बारेमा मार्गदर्शन, कम खुराक लिन, शारीरिक गतिविधिमा वृद्धि र निरन्तर वजन घटाउने सहित रोकथामका लागि’ सुझाब दिइएको थियो ।

पत्रमा भनिएको छ, “छ फिट तीन इन्च (१९१ सेन्टिमिटर) उचाइ भएका ट्रम्पको तौल २३८ किलोग्राम (१०८ किलोग्राम) छ, जुन गत वर्षको अप्रिलमा उहाँको अन्तिम पूर्ण वार्षिक मेडिकल परीक्षणका समयभन्दा १४ पाउन्ड (करिब ६.४ किलोग्राम) बढी हो।

ट्रम्पको मुटुको उमेरको अवस्था उहाँको मुटुको वास्तविक उमेरभन्दा १४ वर्ष कम उमेरका मानिसको जस्तो स्वस्थ रहेको अनुमान गरिएको छ ।

ट्रम्पले संज्ञानात्मक मूल्याङ्कनमा ‘३० पूर्णाङ्कमा ३० नै’ अङ्क दिइएको छ।

राष्ट्रपति ट्रम्पले दर्जनौँ पटक संज्ञानात्मक परीक्षणको बारेमा बोल्नुभएको छ जसबारे उहाँका पूर्ववर्तीहरूले यो नलिएका उहाँले दाबी गर्नुभएको छ ।

जुन १४ मा ८० वर्ष पुगेका ट्रम्पले तीनवटा औषधि सेवन गरिरहनुभएको छ, जसमध्ये दुई कोलेस्ट्रोल नियन्त्रणका लागि र तेस्रो एस्पिरिन मुटु रोकथामका लागि तोकिएको छ ।

कार्यालयमा फर्किएपछि रिपब्लिकन नेताको प्रायः दाहिने हातमा चोटपटक लागेका जस्तोे देखिन्छ, जुन सामान्यतया ‘मेकअप’ले ढाकिएको हुन्छ ।

“हातहरूको पछाडिको परीक्षणमा एउटा घाउ ( एक्काइमोसिस) पत्ता लागेको र यो हृदय रोग रोकथामको लागि एस्पिरिनको प्रयोगको कारण भएको हुनसक्ने र यो उहाँले बारम्बार हात मिलाउँदा भएको हुनसक्ने र उक्त घाउ सानो जलनसँग मिल्दोजुल्दो भएको पाइएको छ,” रिपोर्टबारे सार्वजनिक जानकारीमा ट्रम्पको चोटग्रस्त हातको बारेमा भनिएको छ।

ह्वाइट हाउसका धेरै कार्यक्रमहरूमा राष्ट्रपतिले केही सेकेन्डका लागि आँखा बन्द गरेको पनि देखिएको छ, यद्यपि उहाँले बारम्बार निदाउने गरेको कुरा अस्वीकार गर्नुभएको छ।

सन् २०२४ मा पेन्सिल्भेनियाको बटलरमा भएको र्यालीको क्रममा ट्रम्प हत्याको प्रयासको निशाना बनेका राष्ट्रपति ट्रम्पको कानमा हल्का चोट देखिएको छ।  (रासस/एएफपी)

इरानको संवद्र्धित युरेनियम नष्ट गर्ने विकल्पबारे अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको संवद्र्धित युरेनियम नष्ट गर्ने विभिन्न विकल्पहरूका बारेमा जानकारी दिनुभएके छ ।

पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानले उक्त युरेनियम अमेरिकालाई हस्तान्तरण गरेपछि, सोही स्थानमा वा अन्य कुनै ‘स्वीकार्य स्थान’मा त्यसलाई नष्ट गरिने बताउनु भयो ।

यद्यपि, ट्रम्पले कति परिमाणको युरेनियम नष्ट गरिने हो भन्नेबारे कुनै स्पष्ट जानकारी दिनुभएको छैन । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) ले यसअघि नै विभिन्न निरीक्षण संयन्त्रमार्फत इरानको आणविक गतिविधिहरूको नियमित अनुगमन गर्दै आएको छ ।

यसै सन्दर्भमा, इरानको अर्ध–सरकारी समाचार संस्था तस्निमले तेहरान आफ्नो संवद्र्धित युरेनियम विदेश पठाउन सहमत भएको भन्ने दाबीको खण्डन गरेको छ ।

साउदी अरबको ‘अल हदथ’ टेलिभिजनले इरान आफ्नो क्षेत्रबाट उच्च संवर्धित युरेनियम हटाउन तयार रहेको भनी समाचार प्रशारण गरेपछि तस्निमले त्यसको कडा शब्दमा प्रतिवाद गरेको हो । तस्निमले तेहरान र वासिङ्टनबीच हुनसक्ने सम्भावित समझदारी पत्रका बारेमा सार्वजनिक विवरणहरू असत्य भएको उल्लेख गरेको छ ।

अर्कोतर्फ, द वासिङ्टन पोस्टले एक इरानी अधिकारीलाई उद्धृत गर्दै सम्भावित सम्झौताका केही शर्तहरू उल्लेख गरेको छ ।

जसअनुसार प्रस्तावित सम्झौताको पहिलो चरणमा अमेरिकाले रोक्का राखेको इरानको १२ अर्ब अमेरिकी डलर बराबरको सम्पती फुकुवा गर्ने, हर्मज जलडमरूमध्यमा बिछ्याइएका सुरुङ हटाउने कार्य शुरु गर्ने र अमेरिकी नाकाबन्दी अन्त्य गर्ने विषय रहेका छन् ।

यद्यपि यो सम्झौता आणविक सम्झौताको हिस्सा भने नभएको ती इरानी अधिकारीले स्पष्ट पारेका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल

इरानसँग अमेरिका हतारमा सम्झौता नगर्ने राष्ट्रपति ट्रम्पको भनाइ
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानका बीच आइतबार आफूले अमेरिकी वार्ताकारहरुलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ भनेको बताउनुभएको छ।

“वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र मैले मेरा प्रतिनिधिहरूलाई कुनै पनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको छु,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्नुभएको छ।

उहाँले सम्झौता गर्न हतार नगर्न भनेपछि अगाडि लेख्नुहुन्छ, “सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहनेछ।”

गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा तेहरानले आर्थिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको घोषणा गरेको छ ।

राष्ट्रपति ट्रम्पको टिप्पणी यस्तो समयमा आएको छ जतिवेला अमेरिका र इरानबीच नयाँ युद्धविराम सम्झौताका लागि खाका तयार भइरहेको समाचार बाहिरिएको छ ।

इरानसँग सम्झौताको तयारी भइरहँदा वाशिङ्गटनमा रातारात द्विदलीय विरोध बढेको बताइएको छ र धेरै वर्तमान तथा पूर्व सांसद र अधिकारीहरूले सम्झौताको कथित पक्षहरूको आलोचना गरिरहेका सूचना बाहिरिएको छ ।

पूर्व राष्ट्रपति बाराक ओबामाले इरानसँग सहमति गरेको सन् २०१५ को आणविक सम्झौताको आलोचना गर्दै ट्रम्पले ट्रुथ सोसलमा लेख्नुभएको छ, “दुवै पक्षले आफ्नो समय लिनुपर्छ र यसलाई सही बनाउनुपर्छ ।”

ह्वाइट हाउसले सम्झौताका पक्षहरू सार्वजनिक नगरेको भए पनि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार सरकारी टेलिभिजनमा भन्नुभयो, “दुई पक्ष १४ धाराहरू मिलेर बनेको एक प्रकारको सम्झौताको ढाँचा ‘समझदारी पत्र’ को अन्तिम तयारी नजिक पुगेका छन्।”  (रासस/एएफपी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पैचिङमा
काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विशेष विमानमार्फत पैचिङ पुग्नुभएको छ । राष्ट्रपति ट्रम्पलाई चीनका उप(राष्ट्राध्यक्ष हान चङले विमानस्थालमा उहाँलाई स्वागत गर्नुभएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा, अमेरिकी राष्ट्रपति ट्रम्प मे १३ देखि १५ सम्म चीनको औपचारिक राजकीय भ्रमणमा हुनहुन्छ ।

यो चीन-अमेरिका दुई देशका राष्ट्रप्रमुखहरूको गत वर्ष अक्टोबरमा बुशानमा भएको भेटपछि फेरि आमनेसामने भेट हो। साथै अमेरिकी राष्ट्रपति ९ वर्षपछि चीन भ्रमणमा आउनु भएको हो।

चिनियाँ राष्ट्राध्यक्ष सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग चीन-अमेरिका सम्बन्ध, विश्व शान्ति तथा विकाससँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा गहन रुपमा वैचारिक आदानप्रदान गर्नुहुने चिनियाँ संञ्चारसंस्था सिजीटिएनले जनाएको छ ।

ट्रम्प सहभागी कार्यक्रममा गोली चल्यो, ट्रम्पलाई सुरक्षित स्थानमा लगियो
काठमाडौं। अमेरिकाको वासिङ्टन डीसीस्थित हिल्टन होटलमा शनिबार आयोजना गरिएको ‘व्हाइट हाउस संवाददाता संघ’ को एक डिनर कार्यक्रममा गोली चलेको छ सो होटलमा एक संदिग्ध बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ । सो घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सीक्रेट सर्भिसले तत्काल मञ्चबाट सुरक्षित स्थानतर्फ लगेको थियो ।

राष्ट्रपति ट्रम्प र उनका मन्त्रिपरिषद्का सदस्यहरू पनि सो कार्यक्रममा सहभागी रहेका थिए । तर उनीहरु भने सुरक्षित रहेको पनि जनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बन्दुकधारीले सहभागी हलभन्दा बाहिर गोली चलाएको दाबी गरिएको छ । तर त्यो संदिग्ध व्यक्ति गोली हान्दै कार्यक्रम हलभित्र प्रवेश गर्ने प्रयास गरेपछि उसलाई नियन्त्रणमा लिइएको थियो ।

एक वरिष्ठ अमेरिकी प्रशासन अधिकारीले राष्ट्रपति ट्रम्प अहिले सुरक्षित स्थानमा रहेका र उनले पुनः डिनर कार्यक्रममा फर्किने इच्छा व्यक्त गरेका पनि बताइएको छ । केही बेरमा सो डिनर कार्यक्रम सुरु हुन लागेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले राष्ट्रपति ट्रम्पलाई मञ्चबाट हतारमा हटाइएको थियो । करिब ४० वर्षअघि अर्का अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाइ गोली हानिएको होटल पनि त्यही रहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

सन् १९८१ मार्च ३० मा जोहन हिनक्ली जुनियरले सोही होटलबाट राष्ट्रपति रेगन बाहिरिँदै गरेको अवस्थामा गोली चलाएका थिए । सोही गोली लागेर उनको मृत्यु भएको थियो ।

पत्रकारहरुको सो कार्यक्रममा पुगेका पत्रकार तथा अन्य सहभागीहरुले ‘गोली चल्यो’ भन्दै चिच्याएका थिए । त्यसपछि एकैछिनमा अमेरिकी विशेष सुरक्षा एजेन्सीका एकजना अधिकारीले रेडियोमार्फत सो गाली हान्ने आक्रमणकारी पक्राउ परिसकेको जानकारी गराएका थिए ।

फोटो- एफपी /रासस

ट्रम्पद्वारा इजरायल र लेबनान बीचको युद्धविराम ३ हप्ताका लागि थपिएको घोषणा
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार इजरायल र लेबनान बीचको हालको १० दिने युद्धविरामलाई तीन हप्ताका लागि थप गरिने घोषणा गर्नुभएको छ ।

वाशिंगटनमा बिहीवार दिउँसो दुई देशबीच राजदूतस्तरीय वार्ता भएलगत्तै यो घोषणा सार्वजनिक भएको हो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै संयुक्त राज्य अमेरिकाले लेबनान सरकारलाई हिजबुल्लाहबाट सुरक्षा प्रदान गर्न मद्दत गर्ने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले ओभल अफिसमा इजरायल र लेबनानका प्रतिनिधिहरूसँग भेट गर्नुभएको थियो । उक्त बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्स, विदेश सचिव मार्को रुबियो र इजरायल तथा लेबनानका लागि अमेरिकी राजदुतहरूको पनि उपस्थिति रहेको थियो ।

गत हप्ता ट्रम्पले नेतान्याहू र आउनलाई अर्को एक वा दुई हप्तामा ह्वाइट हाउसमा भेट्ने अपेक्षा गरेको बताउनुभएको थियो । उहाँले दुवै पक्षले शान्ति सम्झौता गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ ।

जसले हिजबुल्लाहको मुद्दालाई पनि सम्बोधन गर्नेछ । इजरायल र लेबनानबीचको १० दिने युद्धविराम अप्रिल १६ देखि लागू भएको थियो । यो इरानविरुद्धको अमेरिकी–इजरायली द्वन्द्वका बीच हप्ताौँसम्म चलेको सीमापार लडाइँपछि भएको हो ।

वर्तमान युद्धविरामका क्रममा लेबनानको दक्षिणी सीमामा तनाव जारी रहेकाले यो युद्धविराम अझै नाजुक अवस्थामा छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल

हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’मा बारुदी सुरुङ राख्ने कुनै पनि जहाज वा डुङ्गालाई आक्रमण गर्न अमेरिकी नौसेनालाई निर्देशन दिनुभएको छ ।

“मैले संयुक्त राज्य अमेरिकाको नौसेनालाई ‘स्ट्रेट अफ हर्मुज’को जलमार्गमा बारुदी सुरुङ बिच्छ्याइरहेका कुनै पनि डुङ्गा (साना डुङ्गाहरू भए पनि) आक्रमण गर्न आदेश दिएको छु,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशल प्लेटफर्ममा लेख्नुभएको छ।

उहाँले थप्नुभयो, “त्यहाँ कुनै थप हिचकिचाहट छैन। हाम्रो बारूदी सुरूङ सफा गर्ने जिम्मेवारी पाएका (माइन स्वीपरहरू) अहिले हर्मुज घाँटी सफा गर्दैछन्।”

इरानले ट्रम्पको मागलाई बेवास्ता गर्दै संयुक्त राज्य अमेरिकाले आफ्नो बन्दरगाहमा नाकाबन्दी गरेसम्म स्वीकृत जहाजहरूमध्ये सिमितबाहेक सबैका लागि रणनीतिक जलमार्ग बन्द राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

इस्लामावादमा शान्ति वार्ता रोकिएको छ, “इरानले आफ्नो सहभागिताको पुष्टि गरेको छैन र गतिरोधले विश्व अर्थतन्त्रलाई धक्का दिइरहेको छ।”

“इरानलाई उनीहरूको नेता को हो भनेर पत्ता लगाउन धेरै गाह्रो भइरहेको छ!” ट्रम्पले बिहीबार भन्नुभयो ।

उहाँले हर्मुजमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको र इरानले शान्ति सम्झौता गर्न सहमति जनाएपछि मात्र हर्मुज खोल्ने दाबी गर्नुभयो ।  (रासस/एएफपी)

इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोलाई कडा चेतावनी दिनुभएको छ । साथै उहाँले ग्रिनल्यान्डको विषयमा आफ्नो धम्की दोहो¥याउनुभएको छ ।

ट्रम्पको उक्त चेतावनीले अमेरिका भविष्यमा सात दशक पुरानो सुरक्षा सङ्गठनबाट बाहिर जान सक्ने डर नाटो गठबन्धनका केही सदस्यहरूमा उत्पन्न गराएको छ ।

बैठकपछि नाटो महासचिव मार्क रुटसँगको छलफलमा ट्रम्पले इरानसँगको युद्धमा नाटोले आवश्यक सहयोग नदिएको अवस्थामा गठबन्धनमा भरोसा गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले ट्रुथ सोशलमा पोस्ट गर्दै भन्नुभयो, “नाटो त्यहाँ थिएन जब हामीलाई उनीहरूको आवश्यकता थियो, र यदि हामीलाई तिनीहरूलाई फेरि आवश्यक पर्छ भने तिनीहरू त्यहाँ हुने छैनन् ।”

उहाँले ग्रिनल्यान्डको बारेमा ‘ठूलो, खराब दौड, आइसको पिस’ भनेर टिप्पणी गर्नुभयो, तर यसले के अर्थ राख्छ भन्ने स्पष्ट पार्नुभएन ।

पूर्व डच प्रधानमन्त्री रुटले बैठकको वातावरणलाई खुला र स्पष्ट छलफल भएको बताउनुभयो, तर ट्रम्पले नाटो छोड्ने योजना स्पष्ट भने गर्न सक्नुभएन । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति र महासचिवबीच छलफल जारी रहेको र आवश्यक निर्णय केही घण्टाभित्रै सार्वजनिक हुन सक्ने बताउनुभयो ।

वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले केही नाटो सदस्यहरूलाई असहयोगी ठानेर अमेरिकी सेनालाई तिनीहरूको देशबाट बाहिर सार्ने योजना पनि छलफल गर्न खोज्नुभएको थियो । उहाँले यस अघिका र हालका कदमहरूद्वारा नाटो गठबन्धनमा अस्थिरता सिर्जना गर्दै आएका छन् र यो अझ संवेदनशील बनेको छ किनभने अमेरिकाले इरानसँग हालै दुई हप्ताको युद्धविराम हासिल गरेको छ ।

ट्रम्पले नाटो सदस्यहरूको क्षमतामा प्रश्न उठाउँदै बेलायतका प्रधानमन्त्री किर स्टार्मरलाई ‘विन्स्टन चर्चिल जस्तो साहसी नेता होइन’ भनेर आलोचना गर्नुभयो र बेलायतको विमानवाहक जहाजलाई सानो र प्रभावहीन, अर्थात् ‘खेलौना’ जस्तो भन्दै उपहास गर्नुभयो । यस प्रकारका धम्कीहरूले संयुक्त राज्य अमेरिकाको परम्परागत मित्र राष्ट्रहरूमाथि असन्तोष सिर्जना गरेको छ ।

रुट अमेरिकी राष्ट्रपति ट्रम्पलाई शान्त र सहज महसुस गराउने र उहाँसँग मित्रतापूर्ण व्यवहार कायम राख्ने मुख्य व्यक्ति बन्नुभएको छ । उहाँले पेन्टागन प्रमुखसँग पनि भेट्ने अपेक्षा राख्नुभएको छ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग इरान, युक्रेन र नाटो जिम्मेवारीबारे छलफल गरिसक्नुभएको छ ।

ट्रम्प पुनः सत्ता फर्किएपछि, उनका कदमहरूले नेटोमा तनाव बढाएको छ । विशेष गरी ग्रिनल्यान्ड कब्जा गर्ने धम्की, युक्रेन–रूस युद्धमा सदस्य राष्ट्रहरूको सक्रियता नदिने निर्णय र मित्र राष्ट्रहरूले पर्याप्त रक्षा खर्च नगरेको खण्डमा सहयोग रोक्ने चेतावनीले गठबन्धनलाई चुनौती दिइरहेको छ । ट्रम्पको रणनीति र व्यक्तिगत शैलीले अमेरिका र अन्य शक्ति राष्ट्रहरूबीच अस्थिरता सिर्जना गर्ने अवस्था बढाएको छ

। (रासस\एएफपी)

इरानलाई ध्वस्त पार्ने ट्रम्पको धम्की, विदेशमन्त्री भन्छन्– केही राम्रो खबर आउन सक्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजै राति इरानको सभ्यतालाई ध्वस्त पार्ने बताएका छन् । उनले केही बेर अघि सामाजिक सञ्जाल एक्समा सो कुरा लेखेका छन् । उनको लेखेका छन्– मानवीय सभ्यताकै इतिहासमा एउटा नराम्रो घटना हुँदैछ, इरान सभ्यताको अन्त्य सम्म पनि हुन सक्छ ।

यो सँगै उनले इरानका जनतालाई भगवानले आशीर्वाद दिउन् भनेर पनि लेखेका छन् । उनले विनाशर्त युद्धविरामको प्रस्तावमा आउन गरेको आह्वानलाई इरानले स्वीकार नगरेपछि नेपाली समय अनुसार आजै राति इरानमाथि ठूलो हमला गर्ने र इरानको सभ्यता नै ध्वस्त पार्ने बताएका थिए ।

सोही बमोजिम शक्तिशाली हमला गर्ने र इरानलाई ध्वस्त बनाइदिने उनले बताएका हुन् । उनको यो ट्वीटपछि यतिखेर विश्व समुदायमा नै नै एक नयाँ तरंग पैदा भएको छ । एकातिर मानिसहरु इरानमा अब के हुने हो र कति मानिस मर्ने हुन् भन्ने चिन्ता गरिरहेका छन् भने अर्कातर्फ यो घटनाले विश्वयुद्ध पनि हुने हो कि भन्ने चिन्तामा पनि देखिएका छन् ।

इसैबीच राष्ट्रपति ट्रम्पको यो धम्की आइरहेका बेला तथा इरानमाथि आक्रमण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम समयसीमा नजिकिँदै गर्दा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आजै कुनै खास महत्वपूर्ण समाचार आउन सक्ने बताएका छन् ।

मंगलबार स्टेट डिपार्टमेन्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विदेशमन्त्री रुबियोले इरानसँग वार्ताका माध्यमबाट सहमति हुन पनि सक्ने बताएका हुन् । उनले इरान टेबुलमा आउने सम्भावना अझै रहेको र सहमतिको सम्भावना कायमै रहेको बताएका हुन् ।

उनको भनाइलाई धेरैले अमेरिका र इरानबीच कुनै गोप्य वार्ता वा सहमतिको प्रयास भइरहेको विश्लेषण गरेको सीएनएनले समाचारमा उल्लेख गरेको छ ।

महान्यायाधिवक्ता पाम बोन्डीले पद त्याग गर्ने ट्रम्पको घोषणा
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता पाम बोन्डीले आफ्नो पदबाट राजीनामा दिने र उप–महान्यायाधिवक्ता टोड ब्ल्यान्चले कार्यवाहक महान्यायाधिवक्ताको रूपमा जिम्मेवारी सम्हाल्ने जानकारी दिनुभएको छ ।

ट्रम्पको यो पछिल्लो भनाइ अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपतिले बोन्डीलाई बर्खास्त गरेको खबर सार्वजनिक गरेलगत्तै आएको हो ।

न्यूयोर्क टाइम्सले बुधवार पहिलो पटक रिपोर्ट गरेको थियो कि ट्रम्पले न्याय विभागमा बोन्डीको नेतृत्व र जेफ्री एपस्टीनका फाइलहरू व्यवस्थापन गर्ने तरिकाप्रति असन्तुष्टि जनाउँदै उनलाई बर्खास्त गर्ने विषयमा छलफल गर्नुभएको थियो ।

बिहीवार सोही पत्रिकाले उक्त निर्णयबारे जानकार एक व्यक्तिलाई उद्धृत गर्दै ट्रम्पले बोन्डीलाई बर्खास्त गरेको उल्लेख गरेको छ ।

सीएनएनले बिहीबारको एक रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार ट्रम्पले हालैका दिनहरूमा आफ्ना सहयोगीहरूसँग बोन्डीलाई हटाउने सम्भावनाबारे कुरा गर्नुभएको थियो र बुधवार उहाँले बोन्डीसँग व्यक्तिगत रूपमा नै यस विषयमा छलफल गर्नुभएको थियो । रिपोर्टका अनुसार ट्रम्प बोन्डीसँग विभिन्न पक्षहरूमा असन्तुष्ट हुनुहुन्थ्यो ।

विशेष गरी जेफ्री एपस्टीनका फाइलहरूको व्यवस्थापन र बोन्डीले ट्रम्पका राजनीतिक विरोधीहरूमाथि पर्याप्त अनुसन्धान वा कानुनी कारबाही अघि नबढाएकोमा उहाँ रुष्ट हुनुहुन्थ्यो ।

बोन्डीको बहिर्गमन ट्रम्पको दोस्रो कार्यकाल शुरु भएयता मन्त्रिपरिषद् (क्याबिनेट) स्तरको दोस्रो बर्खास्तगी हुनेछ । यसअघि मार्च महिनामा, ट्रम्पले होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमलाई उनको नेतृत्वप्रति दुवै पक्ष (डेमोक्र्याट र रिपब्लिकन) बाट आलोचना बढेपछि पदबाट हटाउनुभएको थियो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल

नेटो प्रमुख रुटले ट्रम्पसँग वासिङ्टनमा भेटवार्ता गर्ने
ब्रसेल्स। नेटोका प्रमुख मार्क रुटले अर्को हप्ता वासिङ्टन भ्रमणमा डोनाल्ड ट्रम्पलाई भेट्नुहुने भएको छ।

ट्रम्पले युरोपेली राष्ट्रहरूले आफ्नो युद्धको प्रतिक्रियाका कारण ७७ वर्ष पुरानो सैन्य गठबन्धन छोड्ने विचार गरिरहेको बताउनुभएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेटो सदस्यहरूले अमेरिकी सेनालाई उनीहरूको भूमिमा बेसहरूमा पहुँच सीमित गरेको र स्ट्रेट अफ हर्मुज खोल्ने प्रयासहरूको नेतृत्व गर्न अस्वीकार गरेको भन्दै आलोचना गरेको समाचार आइरहेका समय यो भेटवार्ता तय भएको हो ।

नेटोका अनुसार रुटले अप्रिल ८ मा ट्रम्पसँग भेट गर्नुहुनेछ र विदेशमन्त्री मार्को रुबियो र रक्षा प्रमुख पिट हेगसेथलाई पनि भेट्ने कार्यक्रम छ ।

नेटो गठबन्धन प्रमुख रूटलेले अप्रिल ९ मा रोनाल्ड रेगन प्रेसिडेन्सियल फाउन्डेसन इन्स्टिच्यूटमा सम्बोधन गर्नुहुनेछ ।

गत वर्ष राष्ट्रपति पदमा फर्केदेखि सङ्कटको श्रृङ्खलाबिच अमेरिकी राष्ट्रपतिलाई सँगै राख्न सक्ने क्षमताका लागि नेदरल्यान्ड्सका पूर्व प्रधानमन्त्री रुटलाई ट्रम्पका निकटस्थ भएको बताउने गरिएको छ।

ट्रम्पले युरोपेली देशहरूलाई रक्षा खर्च बढाउन सहमत गराएर नेटोलाई बलियो बनाएको दाबी रुटले गर्ने गर्नुभएको छ। (रासस/एएफपी) :

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरान युद्धबारे जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेभएको छ।

इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण सुरु भएयता घट्दो अनुमोदन दर र बढ्दो आर्थिक चिन्ताले देशमा राजनीतिक दबाबलाई गहिरो बनाएका समय राष्ट्रका नाममा पहिलो सम्बोधन गर्नुहुने भएको हो ।

ह्वाइट हाउसले सम्बोधनको बारेमा कुनै विवरण दिएको छैन, तर यो सम्बोधनको मिति राष्ट्रपति ट्रम्पले इरानले युद्ध रोक्न चाहेको दाबी गरेको केही घण्टापछि आएको हो ।

“इरानका राष्ट्रपतिले अमेरिकासँग युद्धविरामका लागि आग्रह गर्नुभएको छ,” राष्ट्रपति ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेख्नुभएको छ।

“स्वतन्त्र आवागमनका लागि हर्मुज घाँटी खुला गर्न इरान तयार हुनुपर्नेमा हामी जोड दिन्छौँ । त्यसो भएमा युद्ध रोक्ने बिषयमा हामी विचार गर्नेछौँ । त्यतिबेलासम्म, हामी इरानलाई अस्तव्यस्त अवस्थामा धकेल्नेछौँ वा उनीहरूले चाहेजस्तो ढुङ्गे युगमा फर्कनेछन् ।”

राष्ट्रपति ट्रम्पको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको एक महिनाभन्दा बढी समयपछि राष्ट्रपति ट्रम्पले वासिङ्टन समय अनुसार बुधबार राति ९ः०० बजे सम्बोधन गर्नुहुनेछ ।

उहाँको टिप्पणी एक अनिश्चित राजनीतिक क्षणमा आएको हो। पछिल्लो सर्वेक्षणले ट्रम्पको ख्याति अनुमोदन दर ४० प्रतिशतभन्दा तल झरेको देखाएको छ । युद्ध र यसको प्रभावले पारेको आर्थिक गिरावटले अमेरिकी मतदाताहरू रूष्ट छन् । त्यसैले उहाँलाई अनुमोदन गर्नेको प्रतिशत ५० को दशकको मध्यतिरभन्दा माथि चढेको छ ।

इरान अभियानको समर्थन आफैँमा अस्पष्ट छ, बहुसंख्यकले आक्रमणको विरोध गरिरहेका छन् र स्वतन्त्रहरू यसको विपक्षमा छन् ।

आर्थिक चित्रले समस्यालाई झनै जटिल बनाएको छ । पेट्रोलको मूल्य वर्षौंमा पहिलो पटक प्रति लिटर एक डलरभन्दा माथि बढेको छ, भने उपभोक्ताको विश्वास कमजोर भएको छ । यसले अर्थव्यवस्थामा ट्रम्पको पहिले नै देखिको कमजोर अडानलाई थप तल तान्छ।

यसैबिच, राष्ट्रपतिको सन्देश वृद्धि र फिर्ताको बीचमा मोडिएको छ। हालैका दिनहरूमा ट्रम्पले दुई वा तीन हप्ताभित्र युद्ध अन्त्य हुन सक्ने बताउँदै अमेरिकाले आफ्नो उद्देश्य हासिल गरेको कुरामा जोड दिनुभएको छ ।

यद्यपि उहाँले इरानको ऊर्जा पूर्वाधारमा विस्तारित आक्रमणको चेतावनी पनि दिनुभएको छ र स्थल कारबाहीको सम्भावनालाई पनि अघि सार्नुभएको छ । सहयोगीहरूले निजी रूपमा प्रशासनको दीर्घकालीन रणनीतिको बारेमा अनिश्चितता स्वीकार गरेका छन् । (रासस/एएफपी)

मध्यपूर्व युद्धबारे वार्तामा इरान गम्भीर हुनुपर्ने ट्रम्पको भनाइ
तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानलाई मध्यपूर्व युद्ध अन्त्य गर्ने उद्देश्यले वार्तामा संलग्न हुन आग्रह गर्नुभएको छ।

इजरायलले इरानी रिभोलुसनरी गाड्र्सको नौसेनाका कमान्डरलाई मारेको भन्दै युद्धको सुरुवातदेखि नै ‘स्ट्रेट अफ हर्मुज’ को जलमार्ग अवरूद्ध गरिएको थियो । यो परिस्थितिका लागि अमेरिका र इजरायल ’प्रत्यक्ष जिम्मेवार’ रहेको इरानले बताएको छ भने हर्मुज जलमार्गको अवरूद्धताले विश्वव्यापीरूपमा आर्थिक प्रभाव पार्ने भएपछि राष्ट्रपति ट्रम्पले वार्तामा संलग्न हुन इरानलाई सुझाव दिनुभएको हो ।

हर्मुज क्षेत्रको अधिकांश भाग रहेको इरानसँग अमेरिकाले शान्ति योजना प्रस्ताव गरेको बताइएको छ तर इरानले यसका लागि सहमत नभएको बताइरहेको छ।

पाकिस्तानका शीर्ष कूटनीतिज्ञले बिहीबार वार्ताको पुष्टि गर्दै इस्लामाबादले ‘अमेरिका–इरान अप्रत्यक्ष वार्ता’ को मध्यस्थता गरिरहेको र तेहरानले १५ बुँदे अमेरिकी योजनालाई ‘छलफल’ गरिरहेको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “धेरै ढिलो नगरिकन उनीहरू चाँडै गम्भीर हुनु राम्रो हुन्छ ।” अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा इरानको ‘सैन्य संरचना नष्ट गरिएको र फेरि यो अवस्थामा फर्कने कुनै सम्भावना नभएको’ चेतावनी दिनुभएको छ।

इरानका उच्च कूटनीतिज्ञले बुधबार ट्रम्प प्रशासनसँग ‘वार्ता’ भएको कुरा ठाडै अस्वीकार गरे पनि ‘मित्र देशहरू’ मार्फत सन्देशहरू आदानप्रदान भइरहेको स्वीकार गरे।

“अहिले हाम्रो नीति नै प्रतिरोधको निरन्तरता हो,” विदेशमन्त्री अब्बास अराघचीले सरकारी टेलिभिजनसँग कुरा गर्दै भन्नुभएको छ।

इस्लामाबादलाई छिमेकी इरान र संयुक्त राज्य अमेरिका दुवैसँग लामो समयदेखिको सम्बन्ध र क्षेत्रीय सम्पर्कको नेटवर्कका कारण मध्यस्थकर्ताको रूपमा हेरिएको छ।

पाकिस्तानका विदेशमन्त्री इशाक दारले ‘भाइचारा राष्ट्रहरू’ टर्की, इजिप्ट र अन्य देशहरूले पनि यस प्रक्रियालाई सहयोग गरिरहेको बताएका छन् ।  (रासस/एएफपी)

इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गर्नुभएको छ ।

यद्यपि तेहरानले भने दुई पक्षबीच कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता भइरहेको कुरालाई अस्वीकार गरेको छ।

ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स, विदेशमन्त्री मार्को रुबियो, ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफ र उहाँका ज्वाइँ जेरेड कुशनर संलग्न रहेको बताउनु भयो ।

उहाँले तेहरान सम्झौता गर्न इच्छुक रहेको समेत बताउनु भयो । इरानसँग कुटनीतिक पहल गर्नुको कारणबारे सोधिएको प्रश्नमा उहाँले उनीहरू अमेरिकासँग संवाद गरिरहेका र उनीहरूका कुराहरू तर्कसंगत रहेको बताउनु भयो ।

ट्रम्पले इरानले वासिङ्टनलाई ठूलो धनराशि बराबरको अत्यन्तै महत्वपूर्ण उपहार दिएको समेत दाबी गर्नुभयो । तर उहाँले त्यो उपहार ठ्याक्कै के हो भन्नेबारे खुलाउन चाहनुभएन । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल

अमेरिका–इरानबीच वार्ता सकारात्मक, ५ दिनसम्म सैन्य कारबाही स्थगित
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच भएको वार्ता फलदायी बनेको र इरानविरुद्ध हुने अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय सार्वजनिक गर्नुभएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा दुई दिनदेखि भएका वार्ताहरू “धेरै राम्रो र उत्पादनमूलक” भएको जनाउनु भएको छ ।

ट्रम्पका अनुसार यी वार्ताहरू मध्यपूर्वमा जारी तनावलाई पूर्ण रूपमा समाधान गर्ने दिशामा केन्द्रित छन् र यस हप्ताभरि निरन्तर जारी रहनेछन्।

वक्तव्यमा भनिएको छ- वार्ताको सकारात्मक वातावरणलाई ध्यानमा राख्दै अमेरिकाले इरानका विद्युत् केन्द्र र ऊर्जा पूर्वाधारमाथि गरिने सबै प्रकारका सैन्य आक्रमणहरू ५ दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ। यो निर्णय जारी छलफलको सफलतामा निर्भर रहने बताइएको छ।

यस कदमलाई क्षेत्रीय तनाव कम गर्ने प्रयासका रूपमा हेरिएको छ, र आगामी वार्ताहरूले स्थायी समाधानतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

ट्रम्पको १०८ मिनेटको सम्बोधनः जितको दाबी, विवादको छायाँ
एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको दाबी गर्दै आफ्नो प्रशासनको आर्थिक र विदेश नीतिलाई सफल सावित गर्न प्रयास गर्नुभएको छ । घट्दो अनुमोदन दर र आगामी मध्यावधि चुनावको सन्दर्भमा आएको यो भाषण उहाँको पहिलो कार्यकालकै सबैभन्दा लामो सम्बोधन बनेको छ ।

काङ्ग्रेसको संयुक्त सत्रअघि बोल्दै राष्ट्रपति ट्रम्पले अर्थतन्त्र अपेक्षाभन्दा बलियो रहेको र मतदाताले रिपब्लिकनलाई समर्थन गरे अझ प्रगति हुने बताउनुभयो । “हाम्रो देश फेरि जित्दैछ”, उहाँले भन्नुभयो, “हामी यति धेरै जित्दैछौँ कि कहिलेकाहीँ के गर्ने भन्ने नै थाहा हुँदैन ।”

भाषणमा उहाँले सैन्य कारबाही, व्यापार नीति र आप्रवासन नियन्त्रणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो । आयात शुल्कसम्बन्धी सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै उहाँले वैकल्पिक कानूनी प्रावधान प्रयोग गरेर अगाडि बढ्ने सङ्केत गर्नुभयो । “काङ्ग्रेसको कार्य आवश्यक नपर्न सक्छ”, उहाँले भन्नुभयो । उहाँले उपभोक्ताले मूल्य चुकाउने आलोचनाबीच पनि शुल्क विदेशी देशले तिर्ने दाबी दोहोर्‍याउनुभयो ।

सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन रोबट्र्ससहित केही न्यायाधीश काङ्ग्रेसको संयुक्त सत्रमा भइरहेको स्टेट अफ द युनियन सम्बोधनका क्रममा प्रतिनिधिसभा कक्षमै उपस्थित हुनुहुन्थ्यो । भाषण चलिरहेकै बेला शुल्कसम्बन्धी निर्णयको प्रसङ्ग उठ्दा डेमोक्रेट सांसदहरूले स्वागत जनाए पनि अन्य विषयमा तीव्र विरोध देखियो । क्यालिफोर्नियाका मार्क टाकानो र मिशिगनकी रशिदा तलैबले खुला रूपमा आलोचना गर्नुभयो भने अल ग्रीनलाई सम्बोधन सुरु भएको केहीबेरमै विरोध प्रदर्शनपछि कक्षबाट बाहिर निकालियो ।

राष्ट्रपतिले आप्रवासनविरुद्ध कडा सन्देश दिँदै ‘अवैध विदेशी होइन, अमेरिकी नागरिकको रक्षा’ गर्नुपर्ने बताउनुभयो । उहाँले मेल–इन मतपत्र सीमित गर्ने र मतदाता परिचय कडा पार्ने प्रस्तावसमेत अघि सार्नुभयो । तर जीवनयापनको बढ्दो लागत र अर्थतन्त्रको सुस्त वृद्धि जस्ता विषयले अपेक्षाकृत कम समय पाए । उच्च मूल्य र स्वास्थ्य खर्चबारे डेमोक्रेटलाई दोष दिँदै उहाँले ‘त्यो समस्या तपाईँहरूले सिर्जना गर्नुभयो’ भन्नुभयो ।

भाषणका भावनात्मक क्षणहरूमा ओलम्पिक स्वर्ण विजेता अमेरिकी पुरुष हक्की टोलीलाई सम्मान गरिएको थियो । गोलकिपर कनर हेलेब्यूकलाई प्रेसिडेन्सियल मेडल अफ फ्रिडम दिने घोषणा र नेसनल गार्ड सदस्य एन्ड्र्यु वोल्फलाई पर्पल हार्ट प्रदान गरिँदा दुवै दलका सांसदहरूले उभिएर अभिवादन गरेका थिए । सन् २०२० मा रेडियो होस्ट रस लिम्बगलाई दिइएको सम्मानको स्मरण पनि गराइयो ।

विदेश नीतिमा राष्ट्रपति ट्रम्पले इरानलाई ‘आणविक हतियार कहिल्यै राख्न नदिने’ चेतावनी दोहोर्‍याउनुभयो । मध्यपूर्वमा दुई अमेरिकी विमानवाहक पठाइएको पृष्ठभूमिमा उहाँले कूटनीतिक समाधान प्राथमिकता रहेको तर आवश्यक परे कठोर कदम चाल्ने बताउनुभयो । उहाँले तेहरानमाथिको हवाई आक्रमण र भेनेजुएलामा निकोलस मदुरोलाई अपदस्थ गरिएको कारबाहीको प्रशंसा गर्नुभयो ।

डेमोक्रेटिक प्रतिक्रिया दिँदै भर्जिनियाकी गभर्नर एबिगेल स्प्यानबर्गरले शुल्क नीति, आप्रवासन कदम र सङ्घीय खर्च कटौतीको आलोचना गर्नुभयो । “सर्वोच्च अदालतले शुल्क खारेज गरे पनि क्षति भइसकेको छ”, उहाँले भन्नुभयो ।

मध्यावधि चुनाव नजिकिँदै गर्दा आएको यो लामो सम्बोधनले राष्ट्रपति ट्रम्पको राजनीतिक सन्देश स्पष्ट बनाएको छ—उहाँ उपलब्धि प्रस्तुत गर्दै मतदातालाई विश्वास दिलाउन चाहनुहुन्छ, तर कङ्ग्रेसभित्रको विभाजन र आर्थिक चिन्ताले त्यसलाई चुनौती दिइरहेको छ ।

अमेरिकी ‘सीमित आक्रमण’ पनि आक्रामकता : इरान
तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘सीमित आक्रमण’ गर्ने विकल्प विचाराधीन रहेको सङ्केत दिनुभएपछि तेहरानले कुनै पनि प्रकारको अमेरिकी सैन्य कारबाहीलाई प्रत्यक्ष आक्रामकता मानिने चेतावनी दिएको छ । इरानले यस्तो कदमको कठोर प्रतिकार गरिने स्पष्ट पारेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा सीमित आक्रमण भन्ने अवधारणा नै अस्वीकार्य रहेको बताउनुभयो । “सीमित आक्रमण भन्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “आक्रामकताको कार्य भनेको आक्रामकताको कार्य नै हो । कुनै पनि राज्यले आफ्नो आत्मरक्षाको अन्तर्निहित अधिकार प्रयोग गरेर त्यसको कडा प्रतिक्रिया दिन्छ, र हामी पनि त्यही गर्नेछौँ ।”

शुक्रबार ट्रम्पले तेहरानसँग सहमति हुन नसके ‘सीमित आक्रमण’ गर्न सकिने सम्भावना विचार गरिरहेको बताउनुभएको थियो । पत्रकारहरूको प्रश्नको जवाफमा उहाँले ‘मैले त्यसबारे विचार गरिरहेको छु’ भन्नुभएको थियो । उक्त अभिव्यक्तिपछि क्षेत्रीय तनाव थप चर्किएको छ ।

यसैबीच, ओमानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिका बीच स्विट्जरल्यान्डमा दोस्रो चरणको अप्रत्यक्ष वार्ता सम्पन्न भएको छ । दुवै देशले वार्ता जारी रहेको जनाएका छन्, यद्यपि अमेरिकी पक्षले आगामी चरणको मितिबारे औपचारिक पुष्टि गरेको छैन । इरान र ओमानका अनुसार थप वार्ता बिहीबारका लागि तय गरिएको छ ।

वार्तामा इरानका तर्फबाट विदेशमन्त्री अब्बास अराघचीले नेतृत्व गरिरहनुभएको छ भने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राजदूत स्टिभ विटकफले गर्नुभएको छ । वार्तामा ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि संलग्न हुनुहुन्छ ।

अमेरिकाले क्षेत्रमा सैन्य उपस्थिति बढाइरहेका बेला इरानले किन ‘आत्मसमर्पण’ नगरेको भन्ने ट्रम्पको जिज्ञासाबारे विटकफले आइतबार फक्स न्युजसँगको अन्तर्वार्तामा टिप्पणी गर्नुभएको थियो । त्यसको जवाफ दिँदै प्रवक्ता बाकाईले ‘इरानीहरूले आफ्नो इतिहासमा कहिल्यै आत्मसमर्पण गरेका छैनन्’ भन्नुभयो । (रासस/एएफपी)

अमेरिकी राष्ट्रपति ट्रम्पको जमिनमा जबरजस्ती प्रवेश गर्न खोज्ने व्यक्तिको सुरक्षाकर्मीको गोली लागी मृत्यु
फ्लोरिडा। संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पको लगानी रहेको जमिनमा जबरजस्ती प्रवेश गर्ने एक व्यक्तिको गोली लागी मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ ।

राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्ट परिसरमा गैरकानुनी रुपमा प्रवेश गरेका एक हतियारधारी व्यक्तिलाई गोली हानी हत्या गरेको आइतबार अमेरिकी गुप्तचर सेवाले जनाएको छ ।

अधिकारीहरुका अनुसार घटना वासिङ्टन समय अनुसार बिहान १ः३० बजे भएको थियो ।

एजेन्सीका प्रवक्ता एन्थोनी गुग्लिल्मीले एक्समा एक पोस्टमा लेख्नुभएको छ, “अमेरिकी गुप्तचर सेवाका कर्मचारीहरू र पिबिसी काउन्टी सेरिफद्वारा एक सशस्त्र व्यक्तिलाई गोली लाग्दा मृत्यु भएको छ।”

एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, “संदिग्ध २० वर्षको उमेरका एक व्यक्तिलाई मार–ए–लागो रिसर्टको उत्तरी गेटमा बन्दूक र इन्धन क्यान बोकेको अवस्थामा सुरक्षा कारबाही गरिएको थियो ।”

एजेन्टहरूले ती व्यक्तिको सामना गर्दै गोली चलाएका छन् कुनै पनि अमेरिकी अधिकारी घाइते भएका छैनन् ।

ती व्यक्तिले ट्रम्पसहित कैयौँ व्यक्तिको हत्याको षड्यन्त्र वा प्रयासको निशाना रचेको बताइएको छ।

अमेरिकी चुनावको दुई महिनाअघि सन् २०२४ सेप्टेम्बरमा फ्लोरिडाको ‘गल्फ कोर्स’मा राष्ट्रपतिको हत्याको षड्यन्त्र रचेका ५९ वर्षीय रायन राउथलाई आजीवन कारावासको सजाय सुनाइएको थियो।

पेन्सिल्भेनियामा रिपब्लिकन नेतामाथि हत्याको प्रयास गरेको दुई महिनापछि राउथको योजनामा ट्रम्पमाथि आक्रमण भएको थियो । घटनामा २० वर्षीय म्याथ्यू क्रुक्सले एक र्यालीका क्रममा धेरै गोली चलाएका थिए, जसमध्ये एकले ट्रम्पको दाहिने कानमा हल्का लागेको थियो।

त्यो आक्रमणमा एक र्यालीका सहभागी मारिएका थिए, जुन घटना ट्रम्पको सत्तामा फिर्ताको लागि पछि एक महत्वपूर्ण मोड साबित भयो। क्रुक्सलाई सुरक्षा बलले तुरुन्तै गोली हानेर मारेको थियो र उनको उद्देश्य अज्ञात छ। (रासस/एएफपी)

ट्रम्पको प्रश्नः इरान किन झुकेको छैन ?
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन सम्झौतामा झुकेको छैन भन्ने प्रश्न उठाउनुभएको अमेरिकी दूत स्टिभ विटकफले बताउनुभएको छ । आणविक सम्झौताबारे दबाब बढाइरहेका ट्रम्पले इरानले वासिङ्टनको चेतावनीलाई गम्भीर रूपमा किन नलिएको भन्ने जिज्ञासा व्यक्त गर्नुभएको उहाँले खुलासा गर्नुभयो ।

ओमानको मध्यस्थतामा संयुक्त राज्य अमेरिका र इरानबीच जेनेभामा वार्ता पुनः सुरु भइरहेका बेला वासिङ्टनले क्षेत्रमा दुई विमानवाहक पोत, लडाकू जेट र अतिरिक्त हतियार पठाएर आफ्नो चेतावनीलाई बलियो बनाएको छ । यसै सन्दर्भमा फक्स न्युजमा ट्रम्पकी बुहारी लारासँगको अन्तर्वार्तामा विटकफले राष्ट्रपति इरानको अडानप्रति ‘उत्सुक’ रहेको बताउनुभयो ।

“म ‘निराश’ शब्द प्रयोग गर्न चाहन्नँ, किनकि उहाँसँग धेरै विकल्प छन् भन्ने उहाँ बुझ्नुहुन्छ”, विटकफले भन्नुभयो, “तर उहाँ उत्सुक हुनुहुन्छ—उनीहरूले किन आत्मसमर्पण गरेनन् ?” उहाँले ‘आत्मसमर्पण’ शब्द प्रयोग गर्न हिच्किचाए पनि तीव्र सैन्य उपस्थिति र समुद्री शक्तिको दबाबका बीच इरान किन वार्तामा निर्णायक रूपमा अघि नबढेको भन्ने प्रश्न राष्ट्रपति उठाइरहनुभएको उल्लेख गर्नुभयो । “किन उनीहरू हामीकहाँ आएर ‘हामीलाई हतियार चाहिँदैन, हामी यस्तो गर्न तयार छौँ’ भनेर भन्दैनन् रु” उहाँले प्रश्न गर्नुभयो ।

अन्तर्वार्तामा विटकफले सन् १९७९ को इस्लामिक क्रान्तिपछि देश फर्कन नपाउनुभएका पूर्वयुवराज रेजा पहलवीसँग राष्ट्रपतिको निर्देशनमा भेट गरेको पुष्टि गर्नुभयो, तर विस्तृत विवरण दिनुभएन । गत साता अमेरिकास्थित पहलवीले म्युनिखमा ट्रम्पद्वारा शासन परिवर्तन इरानका लागि उपयुक्त हुनसक्ने चर्चा भइरहेका बेला आफू ‘धर्मनिरपेक्ष लोकतान्त्रिक भविष्य’ का लागि देशको नेतृत्व गर्न तयार रहेको बताउनुभएको थियो ।

विटकफको टिप्पणी इरानी विदेशमन्त्री अब्बास अराघचीले वासिङ्टनसँग सम्भावित सम्झौताको मस्यौदा प्रस्ताव केही दिनभित्र तयार हुने सङ्केत दिनुभएको पृष्ठभूमिमा आएको हो । ट्रम्पले बिहीबार इरानलाई आफ्नो आणविक कार्यक्रमसम्बन्धी चिन्ताहरूमा सहमति जनाउन अधिकतम १५ दिनको समयसीमा दिनुभएको थियो ।

जेनेभामा वार्ता जारी रहँदा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले मङ्गलबार ट्रम्प इस्लामिक गणतन्त्रलाई नष्ट गर्न सफल नहुने बताउनुभएको थियो । पश्चिमी मुलुकहरूले इरानमाथि आणविक हतियार विकास गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन्, जसलाई तेहरानले अस्वीकार गर्दै नागरिक प्रयोजनका लागि युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार रहेको दाबी गर्दै आएको छ ।

इरानले आर्थिक प्रतिबन्धका कारण अर्थतन्त्रमा परेको ठूलो दबाब अन्त्य गर्न वार्ता चाहेको बताउँदै आएको छ । तेहरानले डिसेम्बरमा भएको सरकारविरोधी प्रदर्शनमा बाह्य शक्तिको भूमिका रहेको आरोप लगाउँदै आएको छ । यी सबै घटनाक्रमबीच ट्रम्प प्रशासनको कडा अडान र इरानको प्रतिरोधी प्रतिक्रिया आगामी दिनमा वार्ताको दिशानिर्देशन गर्ने निर्णायक तत्व बन्न सक्ने देखिएको छ ।