डिला संग्रौला – News Polar

माओवादीले कांग्रेसलाई भ्रष्टाचार विरोधी पार्टीको रुपमा स्थापित गर्न खोज्यो: डिला संग्रौला
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले अहिले भ्रष्टाचारका फाइल खोलेर माओवादीले मात्रै जस लिएको जस्तो देखिएको बताउनुभएको छ ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उहाँले अहिले माओवादीले नेपाली कांग्रेसलाई भ्रष्टाचार विरोधी पार्टीको रुपमा स्थापित गर्ने प्रयासमा रहेको देखिएको उल्लेख गर्दै भन्नुभयो, “हामीले भ्रष्टाचारविरुद्ध चालेका कदमहरुको बारेमा जनतालाई बुझाउनका लागि अझ बढी मेहनत र जनतासँग जोडिएर कार्यक्रम गर्नुपर्ने अवस्था आइसकेको छ ।”

नेपाली कांग्रेसभित्रको गुट उपगुट भन्ने कुरा घामजस्तै छर्लङग भएको विषय हो भन्दै उहाँले त्यसको प्रभाव जिल्ला जिल्ला र वडा तहसम्म परेकाले पनि नेपाली कांग्रेसको संगठन चलायमान हुन नसकेको बताउनुभयो। अब केन्द्रीय समितिको नियमित बैठक बस्ने र विधानअनुसार कार्यहरु अगाडि बढाउने हो भने नेपाली कांग्रेसको संगठन चलायमान बन्दा आउँदा दिनका चुनावहरु हाम्रा लागि सहज नै हुने उहाँको भनाइ छ ।

केन्द्रीय सदस्य संग्रौलाले पार्टीका भ्रातृ संस्थाहरु अहिले तदर्थवादमा चल्दा जनस्तरमा काम नै गर्न नसकेको टिप्पणी गर्दै पार्टीले समयमै ध्यान दिएर भ्रातृ संस्थाहरुको महाधिवेशनको मिति तोक्ने काम गर्न पार्टी सभापतिको ध्यानाकर्षण गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिस्पर्धाबाट आएको नेतृत्वले नेपाली कांग्रेसलाई नै फाइदा गर्छ ।”

केन्द्रीय सदस्य संग्रौलाले कांग्रेस केन्द्रीय समितिको बैठकमा राख्नुभएको भनाइ यस्तो छः

श्री सभापतिज्यु, पदाधिकारीज्युहरु तथा सम्पूर्ण केन्द्रीय सदस्य साथीहरु । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा हामी उपस्थित भएका छौं । साउन २ गतेदेखि १० गतेसम्म चलेको बैठककै समापन समारोहका बेला सभापति ज्युले यो बैठकको मिति तोक्नु भएको थियो । अहिले हामी बैठकमा छलफल गर्दै गर्दा कहाँबाट सुरु गर्ने ? विषयहरु थुप्रै छैन । मलाई दिइएको ७ मिनेटभित्र सक्ने प्रयास गर्ने छु ।

सर्वप्रथम । हामी सरकारमा छौँ, संसद्को ठूलो दल नेपाली कांग्रेसको समर्थनमा तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको भए पनि सरकारको जस अपजस हाम्रो पनि भागमा पर्ने गरेको छ । तर, जनताले सरकारको अनुभूति हुन नसकेको कुरा पटक पटक बताउने गरेका छन् भने त्यो कुरा हामीले पनि महशुस गरेका छौँ ।

कोभिड १९ पछि थिलथिलो भएको नेपाली अर्थतन्त्र अझै माथि उठ्न सकेको छैन । अझ हाम्रै पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता नै अर्थमन्त्रीको जिम्मेवारीमा रहेकाले अझ बढी दायित्व नेपाली कांग्रेसले कसरी लिएर हुन्छ यसलाई पार लगाउनु पर्ने चुनौती छ । त्यसका लागि पार्टीले सरकारले गर्नुपर्छ, मन्त्रीहरुले के काम गर्नुपर्छ त्यसको प्रष्ट खाका बनाउन जरुरी भइसकेको छ । अहिले चाडपर्वहरु आइरहेका छन् भने महँगीले जनताको ढाड सेक्ने अवस्था छ। कतिपय व्यापार हुने समयमा ब्यवसाय नै चौपट भएकाले पलायन हुने खतरा बढेको छ । व्यवसाय र अर्थतन्त्र किन माथि उठ्न सकेन यसको गम्भीर समीक्षा गर्न ढिला गर्नु हुँदैन । सरकार हाम्रो छ, सरकार हाम्रो छैन ।

केही कुराहरुमा माओवादी केन्द्र एक्लै अगाडि बढ्न खोजेको जस्तो पनि देखिन्छ । अहिले भ्रष्टाचारका फाइल खोलेर माओवादीले मात्रै जस लिएको जस्तो देखिएको छ । अहिले माओवादीले नेपाली कांग्रेसलाई भ्रष्टाचार विरोधी पार्टीको रुपमा स्थापित गर्नका लागि लागेको देखिन्छ । तर, हामीले भ्रष्टाचारविरुद्ध चालेका कदमहरुको बारेमा जनतालाई बुझाउनका लागि अझ बढी मेहनत र जनतासँग जोडिएर कार्यक्रम गर्नुपर्ने अवस्था आइसकेको छ ।

अहिले फेरि सरकार परिवर्तन, मन्त्रीहरु हेरफेर जस्ता कुराहरु आइरहेका छन् यस विषयमा पनि सभापति र पदाधिकारीहरुले प्रष्टसँग जवाफ दिनु पर्छ । हामीले साउन १० गते बैठक सकेपछि २० गतेदेखि ३० गतेसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्यौँ । यसबाट नेपाली कांग्रेसमा एक किसिमको ऊर्जा थपिएको मैले पाएकी छु ।

अभियानकै क्रममा म कोशी प्रदेशको इलाम पुगेकी थिएँ। सबै तहका साथीहरुसँग अन्तरक्रिया गरेर मैले आफ्नो रिपोर्ट केन्द्रीय कार्यालयमा बुझाइसकेकी छु। म इलामको एउटा विषयलाई भने म यहाँनेर जोड्न चाहन्छु । २०१६ सालमा जननिर्वाचित विपी कोइरालाको सरकार अपदस्त गरेर तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि देशभर आन्दोलन भयो । आन्दोलनका क्रममा सहादत भएका कतिलाई सहिद घोषणा गरिएको छ । ती सहिद घोषणा भएकाहरुप्रति उच्च सम्मान गर्दै इलामको सन्दकपुर गाउँपालिका वडा १ र ३ को सिमाना देउराली बजार सातखाल्डेमा २०१९ सालमा ७ जना योद्धाहरुले व्यवस्थाको विरुद्ध आन्दोलनका क्रममा प्राण आहुती दिनुभएको थियो ।

प्राण आहुती दिनेहरुमा तुलबहादुर राई, खड्ग राई, तेजबहादुर राई, जीतबहादुर राई, बलबहादुर गुरुङ, डाकमान राई र लाल बहादु राई हुनुहुन्छ, तर अहिलेसम्म उहाँहरुलाई सरकारले सहिद घोषणा गरेको छैन, यी सात जनालाई तत्काल सहिद घोषणा गरेर प्रतिष्ठान बनाउनका लागि हार्दिक अनुरोध गर्दछु । नेपाली कांग्रेसभित्रको गुट उपगुट भन्ने कुरा घामजस्तै छर्लङग भएको विषय हो । त्यसको प्रभाव जिल्ला जिल्ला र वडा तहसम्म परेकाले पनि नेपाली कांग्रेसको संगठन चलायमान हुन सकेको छैन ।

विगतमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई नै समयमा बैठक नगर्ने आरोप लाग्ने गरेकै हो यस पटक यो आरोपलाई चिर्ने काम भएको छ । यसका लागि सबै धन्यवादका पात्र हुनुहुन्छ । अब हामीले नियमित बैठक बस्ने र विधानअनुसार कार्यहरु अगाडि बढाउने हो भने नेपाली कांग्रेसको संगठन चलायमान बन्दा आउँदा दिनका चुनावहरु हाम्रा लागि सहज नै हुने छन् । यो केन्द्रीय कार्यसमितिको बैठक सकेर निस्कँदै गर्दा नेपाली कांग्रेसले अब हुने विभिन्न उप निर्वाचनका लागि कस्तो रणनीति लिने हो त्यसमा पनि प्रष्ट हुन जरुरी छ ।

आदरणीय सभापतिज्यु, नेपाली कांग्रेसका मेरुदण्ड भनेका भ्रातृ संस्थाहरु हुन् । तर ती भ्रातृ संस्थाहरु अहिले तदर्थवादमा चल्दा जनस्तरमा काम नै गर्न सकेका छैनन् । त्यसैले यतातर्फ पनि पार्टीले समयमै ध्यान दिएर भ्रातृ संस्थाहरुको महाधिवेशनको मिति तोक्ने काम गनुपर्छ र प्रतिस्पर्धाबाट आएको नेतृत्वले नेपाली कांग्रेसलाई नै फाइदा गर्छ । त्यसैगरी अब महासमितिको बैठकको कुरा पनि छ । त्यसलाई प्रभावकारी बनाउनका लागि समितिहरु गठन गरेर त्यसलाई पनि यो बैठकबाट अघि बढाउनुपर्छ । विभाग गठनलाई पूर्णता दिने कुरा भदौ १५ को समयसीमा थियो त्यो अहिले पनि पूरा भएको छैन । यसलाई पनि अगाडि बढाउन पर्छ ।

अहिले नेपालमा तीन तहको सरकार छ, तर कामहरुका विषयमा एकरुपता नहुँदा अप्ठेरो भइरहेको छ । योजनाहरु डुप्लिकेसन भएको छ भने जनताले सेवा छिटो छरितो र प्रभावकारी भएको महसुस गर्न सकेका छैनन् । आर्थिक संकट चुलिँदै गएकाले त्यसको समाधानका उपाय खोज्नका लागि के के गर्नुपर्छ त्यसका लागि सरकारलाई सुझाव दिनु पर्ने छ । जनताले ट्याक्स तिरे पनि मैले तिरेको ट्याक्स भनेर गर्व गर्ने अवस्था बनेको छैन । भ्रष्टाचारका जति पनि विषयहरु छन् त्यसलाई छानबिन गरेर टुंगोमा पुर्याउनका लागि नेपाली कांग्रेसले नै पहलकदमी लिनुपर्छ । युवाहरु अहिले विदेश जानेको लर्को नै लागेको छ । सरकारले रेमिट्यान्सले देशको अर्थतन्त्र चलेको छ भनेर सन्तोष माने पनि गाउँ गाउँ रित्तिसके ।

अहिले खुसी भए पनि १०–२० वर्षमा त नेपाल बूढाबूढीको आश्रयस्थल मात्रै हुने पक्का छ । त्यसैले युवाहरुलाई कसरी हुन्छ देशमै रोजगारी सिर्जना गर्ने वातावरण मिलाउनु पर्छ भने बजेटमा घोषणा गरेका आर्थिक प्याकेजहरु कार्यान्वयनका लागि पहल गर्नु पर्छ । हामीले संविधान दिवस भर्खर मनायौँ । नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाको पहलमा आएको संविधान कार्यान्वयनका लागि अझै पनि थुप्रै कानुनहरु निर्माण गर्नुपर्ने अवस्था छ । त्यसका लागि कानुन निर्माणको कुरालाई प्राथमिकताका साथ कांग्रेसले अघि बढाउनु पर्छ । अझ हाम्रै पार्टीका उपसभापति कानूनमन्त्री भएका बेला टीआरसीलगायत शान्ति प्रक्रियाका कुराहरुलाई अघि बढाएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्नेछ ।

अहिले सरकारले सदनमा पेश गरेको विद्यालय शिक्षा विधेयकका कारण शिक्षक साथीहरु आन्दोलनमा उत्रिनु भएको छ । उहाँहरुले उठाएका १८ बुँदे मागहरुको विषयमा गम्भीर समस्क्षा गरेर जायज मागहरु पूरा गरेर आन्दोलन अन्त्य गराउन पहल लिनुपर्छ । अहिले शिक्षकहरु काठमाडौँ केन्द्रीत आन्दोलन गर्दा सरकारी विद्यालयको पढाई बिग्रँदा लाखौँ विद्यार्थीको भविष्य अन्यौल हुने खतरा पनि रहेकाले त्यतातर्फ पनि ध्यान दिनु पर्नेछ । अन्त्यमा, अहिले निर्वाचन आयोगले निर्वाचन कानून बनाउँदै छ ।

यसमा महिलाहरुको विषयमा विशेष व्यवस्था गर्नुपर्छ । विगतमा ३३ प्रतिशत समानुपातिकको व्यवस्था त गर्यौँ, अब निर्वाचन क्षेत्रनै आरक्षित गरेर महिलालाई प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउँदा महिलाको योग्यता र क्षमता पनि जनताले देख्ने थिए । त्यसैले निर्वाचन प्रणालीको सुधार गर्ने बहस चलिरहेका बेला महिलाको मुद्दालाई पनि विशेष ख्याल राख्नुपर्छ । समयका लागि धन्यवाद। जय नेपाल ।

स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग
काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नगरेका कारण सरकारी अस्पतालहरुले उक्त कार्यक्रम स्थगित गरिरहेका बताउनु भयो । उहाँले बीमा कार्यक्रममा देखिएको यस प्रकारको समस्याको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले सरकारको अलमलका कारण लोकप्रिय स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमाथि प्रश्न उठेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालहरुले नै उक्त कार्यक्रम स्थगित गरेको सार्वजनिक सूचनाहरु प्रकाशित भइरहेका छन् । यो अत्यन्त गम्भिर अवस्था हो । यो समस्याको तत्काल समाधान गर्नको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सन् २०३० सम्म सर्वव्यापी स्वास्थ्यको पहुँच पु¥याउने भनि नेपाल सरकारले गरेको प्रतिवद्धता र संयुक्त राष्ट्रसंघले अगाडी सारेको दिगो विकासको लक्ष्य प्राप्त गर्न पनि स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडी बढाउनु आवश्यक छ । तर सरकारले नै अलमल गर्दा अहिले यो लोकप्रिय कार्यक्रमको भविष्यमाथि प्रश्न उठ्न थालेका छन् ।’

सांसद पन्तले कोभिड–१९ को सम्भावित अर्को लहरबाट देशको अर्थतन्त्र र जनसमुदायलाई बचाउन सरकारले बेलैमा ध्यान पु¥याउनुपर्ने बताउनु भयो । सको लागि प्रदेश र स्थानीय तहका सरकारका साथसाथै विभिन्न संघसंस्था र आम नागरिकलाई समेत परिचालन गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट सक्रिय संक्रमितहरुको संख्या देशभरी झन्डै ३ हजार पुग्न लागेको छ । कोरोनाले गरेको धनजनको क्षति बारे हामी सबै अवगत नै छौँ । कोभिडको अर्को चरणबाट हाम्रो देशको अर्थतन्त्र र जनसमुदायलाई कसरी जोगाउने भन्ने बारे सरकारको पर्याप्त ध्यान जानुपर्दछ । केन्द्रबाट मात्रै होइन, प्रदेश, स्थानीय सरकार, गैरसरकारी संघ, संस्था, आम जनसमुदायलाई परिचालित गरेर अब आउने कोरोनाको संक्रमण र नयाँ आउने भेरियन्टलाई रोक्न र जुध्न अभियान नै सञ्चालन गर्न म आग्रह गर्दछु ।’

उहाँले कोभिडविरुद्धको खोप अभियानलाई तीब्रता दिनुपर्नेमा जोड दिनुभयो । साथै विश्वमा मंकिपक्सको संक्रमण पनि बढिरहेकाले नेपाल यसतर्फपनि सचेत हुनुपर्ने उहाँले बताउनु भयो । सांसद पन्तले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्धी र आगामी चुनौतीहरु समेटेर श्वेतपत्र जारी गर्न सरकार समक्ष आग्रह गर्नुभयो ।