डा. श्वेता नकर्मी – News Polar

बाथरोगः धेरै बिरामी उपचारको पहुँचबाट बाहिर
काठमाडौँ, २२ जेठ : मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ । नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहुँचमा पुग्ने गरेका छन् । नेपालमा बाथरोग आफैँ निको हुन्छ भन्ने सोचका कारण पनि यसका बिरामी उपचारमा नआउने गरेका  छन् ।

सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले नेपालका धेरैजसो बिरामी सही उपचारको पहुँचमा नआउने गरेका र उपचार सेवासम्म आइपुगेका करिब ४० प्रतिशत बिरामीले मात्र बाथरोगलाई आफ्नो नियन्त्रणमा राख्न सकेका देखिएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार अझै पनि नेपालमा बाथरोगका बारेमा जनचेतना जगाउनुुपर्ने खाँचो देखिएको छ । “औषधि सेवन गरेपछि बीचमा छाड्ने, आफैँ जडीबुटी गर्ने तथा आयुर्वेदलगायतका एलोपेथिक बाहेकका औषधि खाने जस्ता कारणले उपचारमा आएका सबै बिरामीको रोग नियन्त्रणमा आउन सकेको छैन” उहाँले भन्नुभयो, “बाथरोग आफैँ निको हुन्छ भनेर बीचमा नै औषधि नखाने प्रवृत्ति पनि धेरैमा देखिएको छ ।”

बाथरोग नसर्ने दीर्घरोग भएकाले नियमित औषधि सेवन गरिरहनुपर्छ । त्यसैले जनचेतनाकोस्तर अझ बढाउनुपर्ने देखिन्छ । सेन्टरले बाथरोग पहिचानका लागि विभिन्न ठाउँमा शिविर राखेर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरिरहेको उहाँले बताउनुभयो ।

औषधिले पूरै निको हुँदैन तर नियन्त्रण गर्छ

उक्त बाथरोग विशेषज्ञ डा श्वेता नकर्मीले बाथरोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिने बताउनुहुन्छ । “बाथरोग नियमित औषधिबाट निको पार्न सकिन्न” उहाँले भन्नुभयो, “रोगलाई नियन्त्रण गरेर विरामीलाई पहिल्येकै अवस्थामा लैजान भने सकिन्छ । तर पनि यो रोगको असर भने सधैँ देखिरहन्छ ।”अन्य विभिन्न रोगको असरका कारण, वंशाणुुगत र वातावरणीय प्रभावका कारण नेपालमा बाथरोग लाग्ने गरेको देखिएको छ । बाथरोग विशेषज्ञ डा नकर्मी ‘अटोइम्युन डिजिज्’ का कारणले बाथरोग लाग्ने गरेको बताउनुहुन्छ ।

रोग प्रतिरोधात्मक क्षमतामा केही गडबडी आयो भने बाहिरी जीवाणुसँग लड्ने कोषिकाले आफ्नै शरीरको जोर्नी र अङ्गलाई नष्ट गर्न थाल्दछन् र त्यसबाट उत्पत्ति हुने रोगलाई नै बाथरोग भन्ने गरिएको उहाँ बताउनुहुन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेशनल ¥युम्याटोलोजी लिग (आइलार) को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा ¥युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज् (हाडजोर्नी र मांशपेशी दुख्ने रोग) को समस्या हुने गरेको देखाएको छ । त्यसमध्ये १५ देखि २० प्रतिशतमा कम्मर तथा ढाड दुख्ने र घुँडा दुख्ने समस्या देखिएको अध्ययनमा उल्लेख गरिएको छ ।

औषधि सधैँ सेवन गर्नुपर्छ

नेपालमा बाथरोगको उपचार त्यति महँगो नभए पनि आम नेपालीका लागि भने यसको उपचार महँगो नै हुने गरेको बताइन्छ । बाथरोग पहिचानका लागि गरिने इम्युनोलोजिकल परीक्षण गर्नुपर्दछ र यो केही महँगो छ ।

बाथरोग र यसका अनेक प्रकारको पहिचानका लागि गरिने स्वास्थ्य जाँच केही महँगो हुने गरेको प्रबन्ध निर्देशक कक्षपतिले बताउनुभयो । “बाथरोगमा जीवनभर औषधि सेवन गर्नुपर्छ । यसका लागि मासिक करिब एक हजार दुई सय रुपियाँ जति खर्च हुन्छ । यसरी एकजनाको परीक्षण र औषधि समेत गरी वार्षिक रु २० हजार भन्दा केही बढी खर्च हुनसक्छ” उहाँले भन्नुभयो । धुँलो धुँवा, चुरोट पिउने, मदिरा सेवन गर्ने, युरिक एसिड हुने खानेकुरा जस्तै बढी मात्रामा माछा, मासु र धेरै चिल्लो पदार्थ खाने, बढी तौल भएका व्यक्ति, दातँको र फोक्सोको समस्या भएका व्यक्तिहरुलाई बाथरोगको जोखिम बढी हुने गरेको चिकित्सकको भनाइ छ ।

बाथरोग गर्भमा रहेका बच्चादेखि सबै उमेर समूहमा लाग्ने गर्दछ । पाँचदेखि १५ वर्ष उमेरसमूहका बच्चालाई मुटुको वाथ ज्वरो बढी हुने गर्दछ ।

दुई किसिमका बाथरोग बढी

हाडजोर्नी खिइने रोग जुन बुढेसकालमा बढी हुने र आम बाथरोग गरी दुई किसिमका बाथरोग नेपालमा बढी देखिने गरेको डा नकर्मी बताउनुहुन्छ । तीमध्ये आमबाथ कडा खालको बाथ रोग हो ।

बाथ रोग लागेकामध्ये आम बाथरोग दुई तिहाई महिला र एक तिहाई पुरुषमा देखिने गरेको छ । चालीस वर्षभन्दा माथिका महिलालाई आम बाथरोग सुरु सुरुमा हाडजोर्नी दुख्ने, सुनिने, बिहान उठ्दा शरीर कक्रक्क पर्ने, मुठ्ठी पार्न र खोल्न गा¥हो हुने समस्या हुने गरेको छ । त्यसपछि बाथरोग कडा हुन थालेपछि ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, तौल घट्ने जस्ता लक्षण देखिन्छन् । त्यसपछि बाथरोगले फोक्सो, आँखा, मुटुमा असर गर्ने गर्दछ ।

विशेषज्ञ डा नकर्मीका अनुसार समयमै औषधि खाएन भने कालान्तरमा हातखुट्टाका जोर्नी बाङ्गो हुने, काम गर्न नसक्ने जस्ता समस्या हुने गर्दछ । बाथरोग सेन्टरले विगत १० वर्षदेखि काठमाडौँको रातोपुलगायत देशका विभिन्न आठ ठाउँ (ललितपुको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङचोक, झापाको शनिश्चरे रोड, बुटवलको सुख्खा नगर, दाङको तुलसीपुर र चितवनको भरतपुर) मा बाथरोग सेन्टर सञ्चालन गरेर बाथरोगको प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको र समय समयमा ती स्थान र अन्यत्र निःशुल्क शिविरको आयोजना गरेर बाथरोग पहिचान तथा जनचेतना जागृत गर्ने काम गर्दै आएको छ ।

बाथरोगका लक्षण

बाथरोग लागेपछि हातका औँला दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात, खुट्टा र जीउ गह्रुँगो भई अप्ठेरो हुने, खुट्टाका बुढीऔँला वरिपरि रातो भएर टेक्न नहुने, गोलि गाँठो दुख्ने र सुन्निने, राति र बिहान ढाड दुख्ने र अप्ठेरो हुने, घुँडा दुख्ने र सुनिने जस्ता लक्षण देखिन्छ । बाथरोगको प्रारम्भिक लक्षण बिहान उठ्दा हातका औँला खुम्च्याउन गाह्रो हुने र दुख्ने, त्यसपछि विस्तारै सुनिने गर्दछ । यो अवस्थामा स्वास्थ्य जाँच नगराई दुखाइ कम गर्ने औषधि सेवन गरेर बस्दा रोग छिप्पिदै जाने हुनसक्छ ।

यस्तै कुर्कुचा दुख्ने (प्रायः बिहान उठ्ने बेला), पाइताला पोल्ने (प्रायः रातिको समयमा) वा झम्झमाउने, खुट्टा दुख्ने वा करकर खाने, जीउ गल्ने र छिटोछिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर अथवा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने, चिसोमा काम गर्दा हातखुट्टा निलो हुने आदि लक्षण बाथरोगका देखिन्छन् ।

बाथरोग सामान्य दुखाइदेखि डरलाग्दा किसिमका पनि हुने भएकाले बाथ लागेको शङ्का लागेपछि जतिसक्दो चाँडो परीक्षण गराउन यस रोगका विशेषज्ञ चिकित्सकहरुको सुझाव छ । सुरुमै रोगको पहिचान हुनसक्यो र औषधि सेवन गरियो भने यसको दीर्घकालीन असरबाट बच्न सकिने उनीहरु बताउँछन् ।

शरद् शर्मा / रासस

डा. श्वेता नकर्मीलाई प्रश्न: बाथबाट जोगिन बुझ्नैपर्ने विषय के हो ? – भिडियो सहित
काठमाडौँ । बाथले जोर्नीमात्रै नभएर सबै अंगमा हानि गर्नसक्छ । अरू रोगले गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ तर बाथले हड्डी बाङ्गो हुन्छ । बाथ मुख, आँखा, ढाड शरीरका कुनैपनि अंगमा हुन्छ । आँखा सुख्खा हुनु पनि बाथ रोग नै हो । मुखमा जे खाए पनि पानी पिउनुपर्ने अवस्था आउनु वा मुख सुख्खा हुनु पनि बाथ हो । जोर्नीहरूमा मात्र बाथ हुन्छ भन्ने नेपालीहरूको धारणा (कन्सेप्ट) छ तर त्यो सत्य होइन । बाथ सबै मानिसलाई एकै खालको नभएर भिन्न–भिन्न किसिमको हुन्छ ।

बाथरोगको उपचारमा चिकित्सकले बिरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन । बाथरोगको उपचारमा हाड–जोर्नी र छालाका समस्या मात्र निको पारेर हुँदैन । यो रोगले निम्त्याउने अन्य रोग र असरको उपचार बाथरोग विशेषज्ञबाट मात्रै सम्भव हुने भएकोले बिरामीहरु चनाखो हुन पनि जरुरी छ । बाथ रोगबारे  नेशनल बाथरोग सेन्टरकी बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीसँग गरिएको कुराकानीको सम्पादित अंश :

बाथ भनेको के हो ?

बाथ भनेको कुनै एउटा मात्रै रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउँछ । विशेष गरी बाथ भन्ने शब्दभित्र अटो इम्युन डिजिजहरु पर्छ । जस्तै गठिया, लुप्पस, मेरुदण्डको बाथ, स्पनेलाहरु पर्छन् । अर्को भनेको मेरुदण्ड खिइने बाथ, कुरकुरे हड्डी खिइने बाथ पर्छ । अर्को मांसपेसीको बाथ हुन्छ, मेटाबोलीक डिजिज यी सबैकुराको संकलनलाई बाथ भनिन्छ । यो भित्र मोर देन हन्ड्रेड प्रकारका बाथहरु हुन्छन् ।

बाथ भयो भनेर कसरी थाहा पाउने ?

बाथ भयो भनेर थाहा पाउन यसको लक्षणहरु केके हुन् त्यसको विषयमा संक्षिप्त जानकारी आवश्यक पर्छ । बाथ नै सयौं प्रकारको भएकाले लक्षण पनि भिन्नभिन्न प्रकारको हुन्छ । तर सामान्य लक्षण भनेको जोर्नी दुखाइ मुख्य लक्षण हो । जुन ९० प्रतिशत बाथ रोगीहरुमा हुन्छ । जोर्नी दुखाइमा हातका, खुट्टाका साना, ठूला जोर्नीहरु सुन्निने, दुख्ने, बिहानपख अररो हुने, मुठी कस्न गाह्रो हुने र बिस्तारै घाम लाग्दै गइसकेपछि वा दिन ढल्दै गइसकेपछि सहजपना आउने, यो बाथको मुख्य लक्षण हो ।

छालामा विभिन्न प्रकारको डाबर आउने, गालामा पुतली आकारको डाबर आउने, घाममा जाँदा पोल्ने, चिल्चिल्याउने, घाउ हुने, बारम्बार निको नहुने घाउहरु आइरहने, खुट्टामा विभिन्न प्रकारको डाबर आउने, चाया, पोतो आउने हुनेसक्छ । चिसो पानी चलाउँदा हातको रङ परिवर्तन हुने, हातको रङ सेतो, निलो वा पहेंलो भएर चेन्ज हुने यो पनि बाथको एउटा लक्षण हो । मेरुदण्ड बाथको कुरा गर्दा मेरुदण्ड दुख्ने, कम्मर दुख्ने, विशेष गरी राति एक निन्द्रा सुतिसकेपछि मध्यरातदेखि कम्मर दुखाई शुरु हुने, बिहानपख कम्मर अरट्ठ हुने, काम गर्न गाह्रो हुने, यो पनि मेरुदण्डको बाथको लक्षण हो ।

मांसपेसीको बाथको कुरा गर्दा मांसपेसी जताजता छ, शरीरको चारैतिर दुखाइ हुने, मांसपेसी कटकट खाने, बिहान उठेदेखि जाँगर नचल्ने, मासुहरु अरट्ठो भएर बसेको जस्तो हुने, बारम्बार टाउको दुख्ने यस्तो प्रकारको लक्षणहरु हुनसक्छ । बाथ विभिन्न प्रकारको भएकाले लक्षण पनि भिन्नभिन्नै हुनसक्छ । बाथले कुनैपनि अंग समात्नसक्ने हुनाले आँखा समात्यो भने आँखा रातो हुने, दुख्ने, आँखा सुख्खा हुने, आँखा देख्नमा कमजोर हुनसक्छ ।

मुख सुख्खा हुने, बारम्बार प्यास लाग्ने, किड्नीमा आक्रान्त गरेमा पिसावमा प्रोटिन जाने, रगत सञ्चालन गर्नेमा आक्रान्त गरे बास्कोलाइटिस हुनसक्छ । बास्कोलाइटिस भयो भने फरक अर्गेन फेलियर हुनसक्छ । हातखुट्टा झम्झमाउने, पोल्ने, नशाका विभिन्न लक्षणहरु आउने, फोक्सोमा पानी जम्यो, फोक्सोमा जाली प¥यो भने लामो समयसम्म खोकी लाग्ने, स्वाँस्वाँ हुने, दम बढ्ने, मुटुमा पानी जम्यो, मुटुमा असर ग¥यो भने छाती दुख्ने, दम हुने, खुट्टाहरु सुन्निने जस्ता विभिन्न लक्षणहरु हुनसक्छ ।

बाथरोग वंशानुगत हुन्छ की खानपानबाट हुन्छ ? बिरामीले केबाट धेरै जोगिनुपर्छ ?

बाथरोग भएका बिरामीहरुले विशेष त चिसोबाट जोगिनुपर्छ । किनभने चिसो मौसम वा चिसो वातावरणमा बाथका लक्षणहरु बढ्छन् । जोेर्नी दुखाइ बढ्छ, हातको निलोपनाहरु बढ्छ, मेरुदण्डको अरट्ठोपना बढ्छ, त्यसैले चिसोबाट जोगिनुपर्छ । धुम्रपान सेवन गर्नु हुँदैन । सुर्तीजन्य पदार्थबाट टाढा बस्नुपर्छ । लुप्पस भएका बिरामीहरु घामको किरणबाट जोगिनुपर्छ । यी तीन कुराबाट विशेष जोगिनुपर्छ । कुन बाथ हो त्यो अनुसार केके बार्नुपर्ने त्यो अलि फरक हुन्छ ।

बाथ किन हुन्छ भन्नेकुरा हो भने बाथ विभिन्न कारणले हुन्छ । जुनमा अटो इम्युन डिजिजहरुको कुरा गर्नुपर्दा गठिया, मेरुदण्डको लुप्पस यस्ता बाथहरु अटो इम्युनिटीको कारणले हुन्छ । हाम्रो शरीरमा जुन रोग प्रतिरोधात्मक क्षमता हुन्छ, त्यो क्षमतामा गडबढी आउँदा शरीरका कोषिकाहरुले आफ्नै अंगलाई बिगार्न थाल्छ । जस्तै जोर्नी, भित्रि अंगहरुलाई पनि बिगार्न थाल्छ । त्यसबाट अटो इम्युन डिजिजहरुको उत्पत्ति हुन्छ । बाथ हुनैबाट जोगिन त सकिँदैन तर भइसकेपछि केहि सावधानीहरु सर्टेन प्रिकसनहरु लिन सकिन्छ । बाथहरुमा जेनेटिक अशोसिएशनहरु हुन्छ । तर वंशानुगत हुँदैन ।

४० वर्ष उमेर पुगेका मानिसहरुमा बढी बाथ देखियो भन्नेछ, कारण के हुनसक्छ ?

बाथ हरेक उमेर समूहमा हुनसक्छ । सानो बच्चादेखि, गर्भमा भएको बच्चादेखि लिएर युवावस्था र वृद्धाअवस्था सबै उमेरमा हुनसक्छ । फरक भनेको यत्ति हो की कसलाई कुन प्रकारको बाथ हुने चान्सेस छ, त्यो रेसियो फरक हुने हो । बच्चाहरुलाई पनि गठिया बाथ, मेरुदण्डको बाथ, लुपोसहरु उत्तिकै हुन्छ । ४० कटिसकेका मानिसहरुमा प्रायःजसो देखिने भनेको हड्डि खिइने बाथ देखिन्छ । जस्तै अर्थोराइटेस, स्पाइनको डि जेनेरिटिभ डिजिजहरु बढी मात्रामा देखिने भनेको गठिया बाथ हो ।

गठिया बाथ प्रायःजसो युवावस्थामा देखिन्छ । महिलाहरुमा बढी देखिन्छ । यो ४० कटिसकेका महिलाहरुमा बढी देखिन्छ । पुरुषहरुको कुरा गर्दा ३५ वा ४० भन्दा माथिको पुरुषहरुमा युरिक एसिडको बाथ वा गाउट बढी देखिन्छ । विभिन्न प्रकारको बाथको आफ्नो आफ्नो सर्टेन एज ग्रुप हुन्छ । कुनै बाथ सानो, तन्नेरी उमेरमा बढी देखिन्छ कुनै ४० पछि र ६० पछि पनि बढी देखिन्छ । कुन प्रकारको बाथ हो त्यसमा निर्भर रहन्छ ।

बाथबाट जोगिन यो कुरा गर्नैपर्छ भनेर बुझ्नैपर्ने विषय के हो ?

उत्तरः बाथ हुनैबाट जोगिन त गाह्रो छ । किनभने अटो इम्युन डिजिज हो । तर बाथ भइसकेका बिरामीहरुले यसलाई बढ्नबाट जोगिन चिसोबाट जोगिने, चुरोटको धुवाँबाट जोगिने, समयमै उपचार शुरु गर्नुपर्छ । उपचार शुरु गरिसकेपछि त्यसलाई निरन्तरता पनि दिनुपर्छ । बाथको उपचार भनेको खालि लक्षणको उपचार होइन, बाथको उपचारले यसको जटिलताहरु यसले भित्रि अंगहरु सबै बिगार्नसक्ने भएकाले यसको जटिलताहरुलाई पनि प्रिभेन्ट गर्नुपर्ने हुन्छ । उपचारलाई निरन्तरता दिँदै अघि बढ्ने हो भने बाथ रोगबाट जोगिन सकिन्छ ।

जाडो याममा बिहानमा मर्निङ वाक कति उपयुक्त छ ?

उत्तरः जाडो मौसममा घाम लागिसकेपछि नै एक्सरसाइजहरु गरेको राम्रो हो । एक्सरसाइज बाथ रोगीको लागि धेरै नै राम्रो कुरा हो । त्यसैले हामीले सबैजनालाई एक्सरसाइज गर्न नै आग्रह गर्छौं । तर चिसोबाट बचेर । धेरै चिसो भइरहेको बेलामा बाहिर नजाने, वा जानै परेको अवस्थामा पनि पञ्जा, मोजा, डबल लेयर भएको लुगा लगाएर जाने, हावाहुरी, चिसोबाट बच्ने र सकभर अलिकति घाम लागिसकेपछि जोर्नीहरु सजिलो भइसकेपछि मात्र बाहिर निस्किएर एक्सरसाइज गर्नु उपयुक्त हुन्छ ।

युरिक एसिडबाट पीडित भएकाहरुलाई पछिल्लो समयमा समस्या देखिएको छ, यसमा कस्तो सचेतना अपनाउन जरुरी छ ?

युरिक एसिडको बाथ अथवा गाउट प्रायः जसो पुरुषमा हुन्छ । ४० भन्दा माथिको उमेरसमूहमा बढी हुन्छ । तर आजभोलि भने ४० भन्दा तलको उमेरसमूहमा पनि देखिन थालेको छ । २० वर्षको उमेरसमूहबाट नै युरिक एसिडको बाथ देखिन थालेको छ । यसको एउटा मुख्य कारण भनेको खानपिन र एक्सरसाइजको अभाव हो । खानपिनमा आजभोलि जंकफुड, कोक, कोल्ड्रिंक्सहरु बढी मात्रामा खाइन्छ, यसको कारणले पनि युरिक एसिडको बाथ बढी मात्रामा देखिन्छ ।

अर्को ल्याकअफ एक्सरसाइज, एक्सरसाइजको अभावका कारणले पनि हुन्छ । यसबाट बच्न हामीले पहिलो कुरा लाइफस्टाइलमा ध्यान दिनुपर्छ । जस्तै हेल्दी फुड खाने, अल्कोहल कम खाने, जनावरको भित्रि अंग कम खाने, हेल्दी डाइटमा अलिकति ध्यान दिने, प्रिजरबेटिभ भएको खानाहरु, बट्टामा भएको जुसहरु, कार्बोनेटेड ड्रिंक्सहरु कम प्रयोग गर्ने, निरन्तर एक्सरसाइज गर्ने, पानी प्रशस्त मात्रामा खाएको राम्रो हो । ३ लिटर । तरकारी र दुधको मात्रा अलि बढी मात्रामा सेवन गर्ने गर्नुपर्छ । युरिक एसिड बाथ सुगरको रोग, प्रेसर, कोलेस्टोरको समस्या र मोटोपना, यो ४ वटासँग पनि जोडिने भएकाले युरिक एसिडको बाथ नियन्त्रण गर्दा हामीले यो बाँकीको ४ वटा कुराहरुमा ध्यान दिनुपर्छ । बाथ कमन रोगहरुमा नै पर्छ ।

समाजमा हेर्ने हो भने ३० प्रतिशतलाई कुनै न कुनै हाडजोर्नी तथा मांसपेसीको रोग हुनसक्ने सम्भावना देखिन्छ । त्यसमध्ये पनि पूरा जनसंख्याको १० प्रतिशतमा नेपालको कुरा गर्दा ३० लाखलाई बाथ रोग हुनसक्ने सम्भावना छ । यो विश्वको तथ्यांकअनुसार हो । बाथको सही पहिचान र समयमा नै पहिचान हुनसक्यो भने र समयमा नै उपचार शुरु गर्न सकियो भने कुनै कुनै अवस्थामा बाथ निको पनि हुनसक्छ । गठिया बाथ र मेरुदण्डको बाथ तीनदेखि ६ महिना भित्रमा गर्न सकियो भने निको हुनसक्ने सम्भावना ३० प्रतिशतसम्म रहन्छ ।

बाथको समयमै र सही पहिचान गर्न जरुरी छ । पहिचान भइसकेपछि उपचार शुरु गर्नुपर्छ । उपचारलाई डाक्टरको सल्लाहअनुसार निरन्तर रुपमा औषधि खाइरहनुपर्छ । शुरुवाती चरणमा नै बिरामी आउने हो भने १ वर्ष भित्रमा बाथ निको हुनसक्छ । त्यो भनेको शरीरबाट नै बाथ गायब भएको भने होइन । तर बिना औषधि नियन्त्रणमा राख्न सकिन्छ ।