टिपताला नाका – News Polar

कोभिडकालमा बन्द भएका अरु नाका खुले, अझै खुलेन टिपताला
ताप्लेजुङ । चीनकोे तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् । कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूको व्यवसाय सङ्कटमा परेको छ भने दैनिकीसमेत असहज बनेको छ ।

तिब्बतबाटै खाद्यान्नलगायतका सामान ल्याएर उपभोग गर्ने सर्वसाधारण तथा सीमापार व्यापारमा निर्भर रहेका याङ्मा, फले, घुन्सा, ओलाङ्चुङगोलालगायतका उद्योगी, व्यवसायी मर्कामा परेको ओलाङ्चुङगोलाका टाँसी शेर्पाले बताउनुभयो । “टिपताला हुँदै तिब्बतमा लगेर बेचिने गलैँचासहितका स्थानीय उत्पादन लामो समयदेखि घरैमा थन्किएका छन्, खाद्यान्नलगायतका उपभोग्य वस्तु सदरमुकामलगायतका ठाउँबाट महँगो भाडा तिरेर ल्याउनुपरेको छ, नाका खुल्ने अत्तोपत्तो छैन”, शेर्पाले भन्नुभयो ।

सडक सञ्जालसँग नजोडिएको ओलाङ्चुङगोलामा सदरमुकाम फुङलिङमा प्रतिकिलो ३० रुपैयाँ पर्ने नुन ८० रुपैयाँ पर्छ । तिब्बततर्फबाट निर्माण भएको सडक ओलाङ्चुङगोला बस्तीमा आइपुगे पनि सदरमुकामसँग अmभै नजोडिएकाले यातायात र ढुवानीमा समस्या छ । सदरमुकाम तर्पmबाट लगिएका सामान आधा बाटोबाट भरिया वा खच्चडमार्फत ढुवानी गर्नुपर्छ । लेलेपसम्म गाडीमा र त्यसपछि भरिया वा खच्चड र चौँरीलाई बोकाएर सामान लैजानुपर्छ । लेलेपदेखि ओलाङ्चुङगोला पुर्‍याएको ढुवानी भाडा प्रतिकिलो ५० रुपैयाँ पर्ने स्थानीयवासीले बताएका छन् । सामानको खरिद र ढुवानी खर्च दुवै तुलनात्मकरूपमा तिब्बततर्फ धेरै नै सस्तो पर्छ ।

वर्षौंदेखि सीमावर्ती क्षेत्रका बासिन्दाले आफ्ना उत्पादन तिब्बतमा पुर्‍याउने र तिब्बतबाट आवश्यक सामान खरिद गरेर ल्याउने गरेका छन् । घुन्सा, याङ्मा, ओलाङ्चुङगोलामा उत्पादन हुने ८० प्रतिशतभन्दा बढी गलैँचा चीनको तिब्बतमा निर्यात हुँदै आएको थियो । गलैँचा मात्रै नभई स्थानीयरूपमा पाइने जडीबुटी, घ्यू, छुर्पीलगायतका उत्पादन तिब्बतका बजारमा बेचेर उतैबाट खाद्यान्नलगायतका सामान स्थानीयवासीले लिएर घर फर्किने गरेका थिए । सीमा नाका बन्द भएसँगै आवतजावत पूर्णरूपमा ठप्प हुँदा यहाँको उत्पादनले बजार र मूल्य नपाएको र दैनिक उपभोग्य वस्तुसमेत महँगोमा खरिद गर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

परम्परागत तानमा हातले मेहनतका साथ बनेका गलैँचा महँगो पर्ने गरेकाले नेपालतर्फका बजारमा भन्दा तिब्बतका बजारमा धेरै निर्यात भएका हुन् । तिब्बतका बजारमा भने जस्तो मूल्य पाउँदै आएको व्यवसायीले बताए । नजिकको बजार तिब्बत नै रहेकाले सीमा क्षेत्रका बासिन्दालाई आयात निर्यातमा सहज पनि छ । “नेपाली बजारमा लैजाँदा लागत मूल्य पाउन पनि मुस्किल हुन्छ, दूरदराजबाट बजार पुर्‍याउन त्यति सहज पनि छैन, लामो समयदेखि बनेका गलैँचा घरैमा थन्किएका छन्”, गलैँचा व्यवसायी यमुना सिवाँले भन्नुभयो ।

नाका बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न क्षेत्रका किसानले उत्पादन गरेको र व्यवसायीले सङ्कलन गरेको चिराइतो झापाको बिर्तामोड हुँदै भारततर्फ निकासी भइरहेको छ । नाका बन्द नहुँदासम्म तिब्बतमा समेत निर्यात हुँदै आएको थियो । एकातर्फ मात्र निर्यात हुँदा भने जस्तो बजार र मूल्य नपाउने जस्ता समस्या भोग्नुपरेको व्यवासायीले बताए । “चिराइतो अहिले भारततर्फ नै निकासी भइरहेको छ, पहिलेको तुलनामा मूल्य पनि बढेको छ, तर समय समयमा माग र मूल्य तलमाथि भइरहने समस्या छ, तिब्बततर्फ पनि निर्यात हुने हो भने सायद यो समस्या नहोला”, व्यवसायी नरेन्द्र तिवारीले भन्नुभयो ।

यसरी लामो समयदेखि नाका बन्द हुँदा स्थानीयवासीले बेहोर्नुपरेको समस्या स्मरण गर्दै सरोकारवालाले नाका खोल्न पहल गर्ने बताउँदै आएका छन् । नेकपा ९एमाले० का नेता तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले विभिन्न समयमा उक्त नाका खोल्न पहल भइरहेको बताउँदै आउनुभएको छ ।

यता केही दिनअघि गृह जिल्ला आउनुभएका डाक्टर सन्दुक रुइतले समेत उक्त नाका खोल्नुपर्नेमा जोड दिनुभएको थियो । कुनै समय चीनतर्पmका अन्य नाकामध्ये टिपताला धेरै अग्रसर रहेको स्मरण गर्दै उहाँले यो नाकासँग जोड्ने सडक मार्गको निर्माण चाँडो सम्पन्न गरेर मुलुकले फाइदा लिनुपर्ने बताउनुभएको थियो ।

बेला बेलामा नाका खुलाउन केही स्थानीयवासी विभिन्न सरोकारवाला व्यक्ति र निकायसम्म पुग्ने गरेका छन् तर सरकारले क्रमश: अन्यत्रका नाका खोल्ने निर्णय गरे पनि टिपताला नाकाबारे कुनै अत्तोपत्तो नभएकोमा स्थानीयको गुनासो छ । नेपाल–चीन सीमा व्यापार सङ्घको निर्णयअनुसार चीनले आगामी वैशाख १८ गतेदेखि तातोपानी र हिल्सा नाका खोल्ने जनाएको छ तर तीन वर्षदेखि बन्द भएको टिपतालाका सम्बन्धमा भने कुनै चर्चा भएको छैन ।

सदरमुकाम फुङलिङबाट सवारी साधन र पैदल गरेर ओलाङचुङगोला पुग्न झण्डै दुई दिनको समय लाग्छ । फुङलिङबाट साबिकको लेलेप गाविससम्म सवारी साधनमा र त्यसभन्दा माथि पैदल हिँड्नुपर्छ । ओलाङचुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन । यता याङ्मा, घुन्सा, थुदाममा पुग्नसमेत दुईदेखि तीन दिनको समय लाग्छ । ओलाङचुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन् ।रासस

तीन वर्षदेखि टिपताला नाका बन्द, सिमावर्ती क्षेत्रका बासिन्दा समस्यामा
ताप्लेजुङ । कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो ।

लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ । सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ । यहाँका बासिन्दाले खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु तिब्बतको रिउबजारबाट आयात गर्दै आएका थिए । गलैँचा, घिउ, छुर्पी, जडीबुटीलगायत उत्पादन रिउबजारमै लगेर बेच्ने गरेका थिए ।

दोहोरो व्यापार सम्बन्धसहित सर्वसुलभरूपमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान उपभोग गर्दै आएका उनीहरूलाई अहिले समस्या भएको छ । व्यवसायीले उत्पादन गरेका गलैँचाले बजार नपाएपछि घरमै थन्किएका छन् भने अन्य उत्पादन पनि सहजरूपमा बजार लैजान सकिएको छैन । खाद्यान्नसहितका सामान महँगो ढुवानी खर्चसहित सदरमुकाम फुङ्लिङबाट लैजानुपर्ने बाध्यता छ । फुङ्लिङमा प्रतिकिलो रु ३० पर्ने नुन ओलाङचुङगोलामा रु दुई सय पर्छ । अरु सामानको मूल्य पनि उत्तिकै महँगो छ ।

“नाका बन्द हुँदा चिराइतोलगायतका जडीबुटी निर्यात भएको छैन, तिब्बतको बजारमा पुग्ने गलैँचा घरैमा थन्किएका छन्, पशुपालकलगायत व्यापार व्यसायीको आम्दानी घटेको छ, दैनिक उपभोग्य वस्तु महँगोमा खरिद गरेर उपभोग गर्नुपर्ने बाध्यता छ”, ओलाङचुङगोलाका निवर्तमान वडाध्यक्ष छेतेन शेर्पाले भन्नुभयो । उहाँका अनुसार सदरमुकाम फुङ्लिङबाट इलाडाँडा भन्ने ठाउँसम्म सडक यातायात हुँदै लगिएका सामान त्यहाँदेखि भरियामार्फत ओलाङ्चुङगोला पु¥याउन प्रतिकिलो रु ६० सम्म ढुवानी भाडा लाग्छ । याङ्मा पु¥याउँदा अझ बढी लाग्छ ।

याङ्मा, घुन्स र ओलाङ्चुङगोला अझै सडक सञ्जालसित जोडिएका छैनन् । यहाँ बसोबास गर्नेको मुख्य पेसा व्यवसाय पशुपालन, जडीबुटी सङ्कलन तथा व्यापार र गलैँचा उत्पादन हो । घिउ, छुर्पीजस्ता दूधजन्य उत्पादन पशुपालकले गोठबाटै बिक्री गर्थे । गलैँचा उत्पादकले रिउबजारमा लगेर बेच्ने गरेका थिए । रिउबजार जाँदा गलैँचा साथमा लिएर जानेले महिनौँ पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरेका थिए । तर अहिले गलैँचा बेच्ने ठाउँ नहुँदा व्यवसाय नै ठप्प भएको छ । यहाँका उत्पादन नेपाली बजारमा पु¥याउन भौगोलिकरूपमा कठिनाइ हुने र ढुवानी खर्च बढी लाग्ने हुँदा समस्या भएको स्थानीयवासी बताउँछन् ।

यता ताप्लेजुङसहित इलाम, पाँचथरका किसान र व्यापारीले सङ्कलन गरेको चिराइतोलगायतका जडीबुटी पनि तिब्बततर्फ नै निर्यात हुँदै आएको थियो । अहिले झापाको विर्तामोड हुँदै अन्यत्र निर्यात हुन थालेको छ । कोभिड–१९ सँगै बन्द भएका अन्य क्षेत्रका नाका खुले पनि टिपताला नाका अझै बन्द हुँदा समस्या भएको स्थानीयवासीको भनाइ छ । सरकारले यसरी लामो सयमदेखि बन्द रहेको नाका खोल्न पहल गरिदिए जीवनयापनमा सहज हुने उनीहरु बताउँछन् ।

सदरमुकाम फुङ्लिङबाट सवारीसाधन र पैदल गरेर ओलाङ्चुङगोला पुग्न झण्डै दुई दिन लाग्छ । फुङ्लिङबाट साविकको लेलेपसम्म सवारीसाधनमा र त्यसभन्दा माथि पैदल हिँड्नुपर्छ । ओलाङ्चुङगोला यसअघि नै तिब्बतसँग सडक सञ्जालले जोडिए पनि सदरमुकामसँग भने जोडिएको छैन । यता याङ्मा, घुन्सा र थुदाम पुग्न दुईदेखि तीन दिन लाग्छ । ओलाङ्चुङगोलामा ५३ परिवारको बसोबास छ भने याङ्मामा १३ परिवार बस्छन् । रासस