झलनाथ खनाल – News Polar

प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त गम्भीर, दुखद, गलत र राष्ट्र विरोधी: झलनाथ खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले ‘नेपालले समेत भारतको जग्गा मिचेको’ भनेर दिएको अभिव्यक्ति गलत र राष्ट्र विरोधी भएको बताउनु भएको छ।

खनालले बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने समेत टिप्पणी गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ ।

हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे । यो अत्यन्त गम्भीर, दुखद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति हो ।

हामी नेपाली जनता युगौँ देखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएका छौं र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ । त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्र विरोधी कार्य हो । वहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको हो?

उक्त अभिव्यक्तिले देशभित्र र बाहिर रहेका ३ करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको छ । राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन ।

साथै, यस सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र साहले माफी नमागेसम्म विरोध र भर्त्सना गर्न म सम्पूर्ण देशभक्त जनता र शक्तिहरुलाई जोडदार आग्रह गर्दछु । प्रधानमन्त्रीका यी राष्ट्रघाती अभिव्यक्तिलाई संसदको रेकर्डबाट तत्काल हटाउन पनि म सम्माननीय सभामुख समक्ष आग्रह गर्दछु ।

क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
काठमाडौँ। सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ ।

कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्ल, न्यायधीशहरू कुमार रेग्मी, डा मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजालसले आज यसअघि सुविधा पाउने गरी गरी भएको व्यवस्था खारेज हुने फैसला गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वपदाधिकारीहरूलाई विदेशमा उपचार गराउदा लागेको खर्च सरकारले व्यहोर्ने नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७३ को दफा १२ (१) को व्यवस्था खारेज गरिएको हो ।

उक्त कार्यविधिमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीश, पूर्वउपसभामुख, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, पूर्वसांसद, पूर्वसंवैधानिक निकायका पदाधिकारीको निश्चित सीमा तोकी विदेशमा गराएको उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था रहेको थियोे ।

पूर्वविशिष्ट पदाधिकारीको उपचार खर्च कटौती गर्न माग गर्दै विसं २०७९ मा अधिवक्ता राधिका चम्लागाईं र भद्रप्रसाद नेपाल (स्वागत) रिट निवेदन दायर गर्नुभएको थियोे । स्वदेशमा उपचार गर्दा भने सरकारले खर्च दिने व्यवस्था यथावत छ ।  रासस

सर्मनाक हार फगत विदेशीको चलखेलको परिणाम मात्र हो वा हाम्रा आन्तरिक कारण
नेपाली कम्युनिष्ट आन्दोलन ७७ वर्ष पार गरेर ७८ वर्षमा प्रवेश गर्दैछ । यो अवधिमा हामीहरू नेपाल र नेपाली जनताको राष्ट्रियता र सामाजिक मुक्तिका निम्ति निरन्तर संघर्ष गर्दै आएका छौं । त्यस संघर्षमा हामीले संघीय गणतन्त्र नेपालको स्थापना समेत गर्यौं । तर मुलुकको सामाजिक-आर्थिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, प्रशासन र संस्कृतिमा आमूल परिवर्तन गर्ने काम भने हुन सकेनन् ।

जनताका गाँस,बास, कपास, शिक्षा, स्वास्थ्य,रोजगारी र सुरक्षा जस्ता सवालहरू सम्वोधित हुन सकेनन । त्यसले जनतामा असन्तोष, विरोध र आक्रोश चुल्लिदै गयो । त्यसबाट दिक्क भएका जनता ठूलो संख्यामा प्रवासी बन्न पुगे । त्यो परिस्थितिबाट फाइदा उठाएर देशी विदेशी प्रतिक्रियावादीहरूले जनताका केही जायज मागहरू अघि सारेर “जेन्जी आन्दोलन” गर्न लगाए र भदौ २४ को महाविध्वंश सिर्जना गरे ।

त्यही रापतापमा २१ फागुन २०८२ को निर्वाचन भयो । त्यस निर्वाचनमा गणतन्त्रवादीका साथै वामपन्थी आन्दोलन र हाम्रो पार्टीले नराम्रो हार बेहोर्नुपर्यो । अहिले रास्वपाका अरवपति मन्त्रीहरुले बनेको सरकार छ । त्यसले ल्याउने र लागू गर्ने नीति र कार्यक्रमहरुको झलक सबैको सामु छर्लङ्ग हुँदै गइरहेको छ ।

आखिर यसपटक यति ठूलो दायराबाट र यति सर्मनाक हार किन र कसरी भयो ? २०७४ को निर्वाचनमा हामीले १७७ सिट जितेका थियौँ र ६४% मत प्राप्त भएको थियो । तर आठ वर्षको अन्तरालमा २०८२ को चुनावमा त्यही बामपन्थी शक्तिले फगत ४२ सिट प्राप्त गर्ने र १५.३% मात्र मत प्राप्त गर्ने स्थिति कसरी उत्पन्न भयो ? कुन आन्तरिक वा बाह्य अथवा कुन आधारभूत र तत्कालीन कारणले यस्तो परिणाम आयो ? यसको निम्ति जिम्मेवार को हो ?

के यो फगत विदेशीको चलखेलको परिणाम मात्र हो ? हाम्रा आन्तरिक कारणहरू छैनन ? यी यक्ष प्रश्नहरूको जवाफ नदिई कम्युनिष्ट आन्दोलन नयाँ धरातलबाट अघि बढाउन सकिएला ? सबैले गंभीर भएर सोचौँ त्यसैकारण देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी साथीहरु ! हामी सबै देशको नयाँ परिस्थिति र कम्युनिष्ट आन्दोलनको परिस्थितिका बारेमा गम्भीर बनौँ ।

हाम्रो आन्दोलनको व्यक्तिगत र सामूहिक दुवै हिसाबले गहिरो समीक्षा गरौं । यतिबेला कुनै पनि नेताले कार्यकर्ता, समर्थक, शुभेच्छुक र मतदातातिर फर्केर होइन । सबैभन्दा पहिले आफ्ना गल्ती र कमजोरीहरू खोजौँ, तिनीहरूका बारेमा आम कार्यकर्ता र जनसमक्ष आत्म आलोचना गरौं । ती कमजोरीहरू हटाउने प्रतिबद्धता अघि सारौँ ।

विकसित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको गहन विश्लेषण गरौं । २१ फागुनको निर्वाचनपछि मुलुकमा उत्पन्न नयाँ राजनीतिक शक्ति सन्तुलनको सठिक विश्लेषण गरौं । पार्टी र आन्दोलनलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक, कार्यशैलीगत र पद्धतिगत सबै हिसाबले पुनर्गठन र रूपान्तरण गर्न तत्पर बनौ । आजको ठोस स्थिति अनुरूप पार्टीका वैचारिक-राजनीतिक कार्यदिशा अघि सारौँ। त्यसका आधारमा पार्टीलाई सबै हिसाबले पुनर्गठन र रुपान्तरित गर्दै अगाडि बढौं ।

हाम्रा सामु ठूला चुनौतीहरू पैदा भएका छन् । तर त्योभन्दा ठूला औसरहरू हाम्रा सामु अहिले पनि छन् । समाजवाद प्राप्तिको यात्रा मानव मुक्तिको यात्रा हो । समाजबादको यो यात्रा कसैले रोक्न सक्क्तैन । प्रत्येक धक्का र असफलताहरु हाम्रा निम्ति शिक्षा मात्र हुन । तिनीहरूबाट प्राप्त शिक्षालाई बोकेर अझ ठूलो आँट, साहस, हिम्मत र दुरदृष्टिका साथ अघि बढौँ ।

आज उत्पन्न परिस्थिति एउटा अस्थायी परिघटना हो । समाजवाद र समाजवादी क्रान्तिको विजय अनिवार्य छ । समृद्ध नेपाल र सुखी नेपाली बनाउने हाम्रो लक्ष्य प्राप्त भएरै छाड्नेछ ।

झलनाथ खनाल पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अबसरमा खनालले व्यक्त गर्नुभएको दृष्ठिकोण उहाँको सामाजिक संञ्जालबाट

पार्टीको घोषणापत्र प्रत्येक वडा तहसम्म पुर्‍याउनुपर्छ : पूर्व प्रधानमन्त्री खनाल
काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको घोषणापत्रलाई प्रत्येक वडा तहसम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समितिद्वारा आज आयोजित चुनावी प्रतिबद्धता अन्तरसंवाद कार्यक्रममा उहाँले पार्टीले उठाउँदै आएको सुशासन, आत्मनिर्भर अर्थतन्त्र, रोजगारीका विषयमा राजनीतिक कार्यक्रम तथा प्रतिबद्धता जनतालाई राम्रोसँग बुझाउन सक्नुपर्ने बताउनुभयो ।

मुलुकमा विद्यमान सबै प्रकारका सङ्कटमा समाधान गर्न नेपाली कम्युनिष्ट पार्टी सक्षम रहेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री खनालले देश र जनताको हितमा समर्पित आफ्नो पार्टीलाई निर्वाचनमा जनताले मूल्याङ्कन गरेर अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार खोजी गर्न, भागेका बन्दी पक्राउ गर्न सरकारलाई आग्रह गर्दै उहाँले नेता तथा कार्यकर्तालाई चुनावी तयारीमा जुट्न र आफ्ना उम्मेदवारलाई जिताउन आह्वान गर्नुभयो ।

निर्वाचनका प्राविधिक विषयमा विभिन्न दलसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको बताउँदै उहाँले अन्य दल र नेताबाट निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न सकारात्मक प्रतिक्रिया पाइरहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन समाजवादीका अध्यक्ष प्राडा गोविन्द सुवेदी, पेसाकर्मी निर्वाचन मूल परिचालन समितिका संयोजक विष्णुपुकार श्रेष्ठले तारा चिह्न बाहक काठमाडौँ उपत्यकाका उम्मेदवालाई स्वागत तथा निर्वाचनमा बुद्धिजीवी एवं पेसाकर्मीको भूमिका र नेपाली कम्युनिष्ट पार्टीको नीति तथा कार्यक्रमबारे धारणा राख्नुभयो ।

निर्वाचन प्रचारप्रसारका लागि समितिबाट ‘बुद्धिजीवी पेसाकर्मीको आह्वान, तारा चिन्हमा मतदान गरौँ’ भन्ने अपिल प्रकाशित भएको छ । उक्त अपिल १६४ वटै निर्वाचन क्षेत्रमा वितरण गर्ने, प्रचारप्रसारका थप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सबै निर्वाचन क्षेत्रका बुद्धिजीवी एवं पेसाकर्मीले सामूहिक तवरबाट परिचालित हुने गरी कार्यक्रम तय गरिएको छ । रासस

लोकतान्त्रिक, प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले राष्ट्रलाई सङ्कटतिर जानबाट रोक्न आगामी निर्वाचनको सही उपयोग हुनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले चुनावमा नयाँ भनिनेसँग कुनै नयाँ नीति, कार्यक्रम वा प्रतिबद्धता नदेखिएको धारणा राख्दै पहिलेदेखि काम गर्दै आएका पार्टीहरूले आफ्ना विगतका कमजोरीहरु सच्याउँदै नयाँ सङ्कल्प लिएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभएको छ । आसन्न निर्वाचन सम्पूर्ण नेपालीका निम्ति एउटा अर्को अवसर र चुनौतीका रूपमा हेर्नुपर्ने खनालको भनाइ छ ।

नेपालको इतिहासमा निरङ्कुश तानाशाही राणा शासनविरुद्ध लोकतन्त्रको आवाज घन्काउँदै प्रजातान्त्रिक प्रक्रियाले विजय प्राप्त गरेको स्मरण गर्दै नेता खनालले यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस अवधिमा लोकतान्त्रिक क्रान्ति, संविधानसभा, नयाँ संविधान, नयाँ आम निर्वाचन र दुई तिहाइको सरकार बनाउने जस्ता ऐतिहासिक उपलब्धि प्राप्त गरेको स्मरण गर्नुभएको छ । “सहिदहरूकै बलिदानले देशमा पटक पटक परिवर्तन भएको छ ।

पछिल्लो समय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब दुई दशक पुग्न लाग्दा पनि मुलुकमा समृद्धि कायम हुन सकेको छैन । अब  मुलुकमा क्रान्तिकारी भूमि सुधार, कृषिमा आधुनिकीकरण, राष्ट्रिय औद्योगिकीकरण, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तनको आवश्यकता छ”, उहाँले भन्नुभएको छ ।रासस

झलनाथको चेतावनी: एकीकरणको काम नसक्दै बिश्रृखलतातिर जान सक्छ !
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकीकरणको काम नसक्दै बिश्रृखलतातिर जाने चेतावनी दिनु भएको छ ।

सामाजिक सञ्जाल मा सन्देश लेख्दै खनालले एकाध व्यक्तिहरूको इच्छाबमोजिम ठूला निर्णय गर्न थालिनु, कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिइकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारीसम्म नहुनु र एकैचोटी सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटना भएको जनाउनु भएको ।

उहाँले गजुरेलजस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिइकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारीसम्म नहुनु र एकैचोटी सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटना भएको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

पार्टीलाई संस्थागत बनाऔं ।

यतिवेला हाम्रा सामु आम निर्वाचन २०८२ सन्निकट आइरहेको छ । मुलुकका विरुद्ध भित्री र बाहिरी प्रतिक्रियावादीहरूको घोर षड्यन्त्र चलिरहेको छ । जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरू बीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेका छन् ।

यही कुरालाई ध्यानमा राखेर कम्युनिष्टहरू एकताबद्ध हुने प्रयत्न पनि भइरहेको छ । तर त्यो प्रयत्नलाई बल पुर्‍याउनुको सट्टा एकिकरण घोषणा भएको यति लामो समय पछि पनि नेपाली कम्युनिष्ट पार्टी भित्र नै नेतृत्वदायी कमिटी नै बन्न नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिहरूको इच्छा वमोजिम ठुलठुला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेल जस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारी सम्म पनि नहुनु र एकैचोटी सार्वजनिक संचार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन् ।

यदि यो नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क. हरिबोल गजुरेल सहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्‍यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु । अन्यथा, एकीकरण भई नसक्दै बिश्रृखलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुनेछ ।

मिति : १२ माघ, २०८२

बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउँछौँः झलनाथ खनाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउने बताउनुभएको छ ।

जेन–जी रेडफोर्सले आयोजना गरेको आईतवार आयोजना गरेको जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उहाँले पार्टीको अबको लक्ष्य निर्वाचनमा बहुमत ल्याउने रहेको बताउनु भयो ।

बहुमत ल्याएपछि नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गरेर वैज्ञानिक समाजवादको दिशातर्फ देशलाई लैजाने उहाँले बताउनु भयो । उहाँले सम्पूर्ण नेपालीको नेतृत्व अब नेपाली कम्युनिष्ट पार्टीले गर्ने पनि दाबी गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीको उम्मेद्वारलाई जिताउनको लागि देशभर तयारी थाल्न पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई करोड ९२ लाख जनतालाई एकतावद्ध गरेर हामी अब नयाँ समाजवादी क्रान्तिमा जाँदैछौँ । तर अहिले चाहीँ हामी निर्वाचनको अभियानतर्फ अगाडी बढ्दैछौँ । यो निर्वाचनमा तपाई हामीले देशव्यापी रुपमा हाम्रा उम्मेद्वारहरुलाई विजयी गराएर आउने संसदलाई परिवर्तनकारी संसदको रुपमा रुपान्तरण गर्नको लागी देशव्यापी रुपमा हाम्रो उम्मेद्वारहरुलाई विजयी गराउने र हामीले बहुमत प्राप्त गरेर यो देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गर्नु आजको हाम्रो कार्यनितिक लक्ष्य हो । त्यो बनायौँ भने मात्रै हामी वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नेछौँ ।’

उहाँले युवाहरुलाई पार्टी नेतृत्वको लागि तयार गर्ने कुरामा आफूहरु लागेको पनि जानकारी दिनुभयो । पार्टीमा ४० प्रतिशत युवाको सहभागिता रहने उहाँको भनाई छ ।

राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय अभिभावक सङ्घको २४औँ स्थापना दिवसका अवसरमा आज साउथवेस्र्टन कलेज वसुन्धरामा आयोजित कार्यक्रममा उहाँले अहिलेको युग सुहाउँदो शिक्षा मुलुकका लागि आवश्यक भएको भन्दै राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

मुलुकको हित हुने शिक्षा जरुरी रहेको र शिक्षा व्यवस्थालाई विकास गर्न धेरै कुरामा आमूल परिवर्तन गर्नुपर्नेमा उहाँको थियो ।

नेपाली कम्युनिष्ट पार्टी नेतासमेत रहनुभएका पूर्वप्रधानमन्त्री खनालले देश जलाउनेलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताउनुभयो । उहाँले जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्ति जलाउने अपराधीहरू भएको बताउनुभयो ।

नेपाल राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष कोषबहादुर जिसीले मुलुकको शिक्षालाई गुणस्तरीय बनाउनका लागि अभिभावक सङ्घले सरकारको ध्यानाकर्षण गर्दै आइरहेको बताउनुभयो । उहाँले देशभरका ८० लाख अभिभावक चाहना प्रविधिमूलक शिक्षामा जोड दिनुपर्छ भन्ने रहेको उल्लेख गर्नुभयो ।

सङ्घका उपमहासचिव हरिभक्त महर्जनले सुलभ, सस्तो र निःशुल्क शिक्षा मुलुकको आवश्यकता रहेको बताउनुभयो । उहाँले उत्पादनमूलक र रोजगारमूलक शिक्षामा राज्यले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । रासस

अब संविधान सभाबाट संविधान बन्ने कल्पना गर्न सकिँदैनः झलनाथ खनाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब संविधान सभाबाट संविधान बन्ने कल्पना गर्न नसकिने बताउनुभएको छ ।

बुधवार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २४ घण्टामा भएको जेन–जी प्रदर्शनले देश सखाप बनाएको भन्दै अब २५ वर्ष पछि देश धकेलिएको बताउनु भयो । उहाँले जेन–जी प्रदर्शन कसैलाई गर्व लागे पनि वास्तवमा संविधान सखाप बनाउने काम भएको बताउनु भयो । उहाँकाअनुसार संविधान तोडफोड गरिएको छ, अब अर्को संविधान सभा बनेर संविधान बन्ने कल्पना पनि गर्न सकिँदैन । नेपाल संवैधानिक हिसावले अग्रगामी देश भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२४ घण्टाको बीचमा त्यो प्रकारको विध्वंश भयो । त्यो निर्माण गर्न कम्तिमा २५ वर्ष भन्दा अघि निर्माण गर्न सकिँदैन । कसैलाई यो आन्दोलनमा गर्व लाग्छ होला । भयंकर ठूलो, क्रान्ति हो भन्ने लाग्छ होला । तर भएकै संविधान पनि झन्डै झन्डै समाप्त भएको । अलि अलि तोडफोड गरेर बाँकी रहेको छ । संविधानको तोडफोड भयो । सग्लो संविधान त छैन । त्यो संविधान सभाले बनाएको हो । अब अर्को संविधान बनेर अर्को संविधान बन्ने कल्पना पनि गर्न सकिँदैन । अब हुँदैन त्यो । पहिलो पटक संविधान सभाबाट बन्यो । संविधान सभाबाट बनेका संविधान ४२ वटा मात्रै छन् । त्यसअर्थमा नेपाल त संवैधानिक हिसावले अग्रगामी देश हो । अहिले हामी एउटा अफ्ठ्यारो अवस्थाबाट अघि बढ्दैछौँ ।’

नेता खनालले देश अहिले अफ्ठ्यारो स्थितिबाट अघि बढिरहेको बताउनु भयो ।

नेकपाको केन्द्रिय कमिटी पुस २९ मा घोषणा हुने
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेसँगको सहमतिअनुसार अघि बढ्ने बताउनुभएको छ।

पार्टी कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपाको केन्द्रिय कमिटीको घोषणा पुस २९ गते हुने र शपथ ग्रहण कार्यक्रम पनि सोही दिन हुने बताउनु भयो । साथै बैठकले केन्द्रिय कमिटी भित्रका संरचनाहरुको पनि निर्माण गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो,‘आजको बैठकमा आउने २९ गते केन्द्रिय कमिटीको घोषणा गर्ने कुरा भएको छ । केन्द्रिय कमिटी भित्रका संरचनाहरुको पनि निर्माण गर्ने कुरा भएको छ । राष्ट्रिय सभामा पनि सबैको सहमतिअनुसार अघि बढ्न प्रयत्न गर्ने कुरा भएको छ ।’

प्रतिनिधि सभा सदस्य निर्वाचनबारे आवश्यक तयारी गर्न बाँकी रहेकाले पुनः बैठक बसेर छलफल गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

पूर्वप्रधानमन्त्री खनाललाई पुनः नागरिकता प्रमाणपत्र
काठमाडौँ।  पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज नागरिकताको प्रमाणपत्र प्राप्त पुनः प्राप्त गर्नुभएको छ ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री खनालको निवासमा आगजनीका कारण नागरिकतासँगै महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए । नष्ट भएको नागरिकता पुनः प्राप्त गर्न उहाँ आज जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।

सो अवसरमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलको टोलीले पूर्वप्रधानमन्त्री खनाललाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । रासस

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिदाइ भेटवार्ता भएको छ ।

चिनियाँ दूतावासमा भएको शिष्टाचार भेटवार्तामा उहाँहरूबीच आपसी हित एवं चासोको विषयमा कुराकानी भएको हो ।

पूर्वप्रधानमन्त्री खनालले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा राजदूत सोङलाई बधाई दिँदै दुई मुलुकबीच सहयोग तथा सम्बन्ध विस्तार गर्न उहाँले निर्वाह गर्नुभएको भूमिका एवं योगदानको सराहना गर्नुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

सो अवसरमा राजदूत सोङले आगामी दिनमा दुवै मुलुकको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजदूत सोङ आफ्नो कार्यकाल पूरा गरी चीन फिर्ता हुन लाग्नुभएको छ । रासस

सबै पुस्ताको भावनालाई समेटेर कम्युनिष्ट एकतालाई पार्टीको प्रमुख मुद्दा बनाउछौँः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशभर वामपन्थी पार्टीको एकता प्रक्रिया प्रारम्भ भएको सन्देश प्रवाह गर्न सबै प्रदेशमा सन्देशसभा सञ्चालन गरिने बताउनुभएको छ ।

कोटेश्वरस्थित पार्टी कार्यालयमा आज बसेको पूर्वपदाधिकारीहरूको छलफलपछि उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै आगामी मङ्सिर महिनाभित्र सातै प्रदेशमा एकतासभा गरिने जानकारी दिनुभयो ।

पार्टीको सङ्गठन सुदृढ बनाउन युवा सहभागितालाई जोड दिँदै नेता खनालले सबै पुस्ताको भावनालाई समेट्न र कम्युनिष्ट एकतालाई पार्टीको प्रमुख ‘एजेन्डा’ बनाइने विचार व्यक्त गर्नुभयो । मुलुकमा सुशासन कायम गरी जनताको आर्थिक प्रगतिका लागि कम्युनिष्ट एकता अपरिहार्य रहेको धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले नेपाली विशेषताको समाजवादी व्यवस्था कार्यान्वयनका लागि आमजनतालाई सङ्गठित गर्दै समाजवादको बाटोतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।  रासस

जेन–जी आन्दोलनका घाइते प्राध्यापकमाथि सरकारको बेवास्ता, योगदानको अपमान: झलनाथ खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गर्नुभएको छ । जेन–जी आन्दोलनका क्रममा उहाँको घरमा आगजनी गरी हत्या प्रयास गरिएको थियो । चार दशकभन्दा लामो समय फिजिक्सको प्राध्यापक रहनुभएकी चित्रकार गम्भीर घाइते हुनुभएको छ र अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले सरकारले चित्रकारको अवस्थाबारे एक शब्द पनि नसोधेको भन्दै प्रश्न उठाउनु भयो ।

खनालले भन्नुभयो, “सरकारले जेन–जी आन्दोलनका हत्या र घाइतेहरूको छानबिन, शहीद घोषणा र निःशुल्क उपचारको कुरा ग¥यो । तर प्रधानमन्त्रीको घोषणामा रविलक्ष्मी चित्रकारलाई किन बिर्सियो ? उहाँ ४० वर्ष फिजिक्स पढाउने प्राध्यापक र गृहिणी हुनुहुन्छ । जल्लादहरूले चारैतिर घेरेर घरबाट बाहिर निस्कन नदिई हत्या प्रयास गरे । अन्ततः उहाँलाई बचाइयो, तर अहिले अस्पतालमा हुनुहुन्छ । म प्रश्न गर्न चाहन्छु, उहाँ घाइते हो कि होइन ?”

उहाँले यो प्रश्न व्यक्तिगत मात्र नभएको बताउनु  भयो । चार दशक देशलाई योगदान दिने प्राध्यापकको उपचारमा सरकारमाथि उहाँले प्रश्न गर्नुभयो । सरकारले जेन–जी घाइतेलाई निःशुल्क उपचारको घोषणा गरे पनि पूर्वप्रधानमन्त्रीकी श्रीमती भएकै कारण चित्रकारको उपचारमा मौन छ ।

खनालले थप्नुभयो, “तीन करोड जनताको तर्फबाट प्रधानमन्त्रीलाई सोध्छु— उहाँ घाइते हुनुहुन्छ कि हुहुनुन्न ? उपचारको दायित्व सरकारको छ कि छैन ? आजसम्म एक शब्द सोधिएको छैन, कसैलाई पठाइएको छैन, खर्चबारे पनि चासो छैन ।”

घर जल्यो, सम्पती खरानी, बैंक खाता शुन्य

घटनाको क्रुरताले खनाल परिवार मात्र होइन, धेरैलाई स्तब्ध बनाएको छ । आन्दोलनकारीले खनालको घर पूरै जलाएका छन् । सम्पती नष्ट भएको छ ।

उहाँले भन्नुभयो, “मेरो घर जलाएर खरानी बनाइयो । भित्रको सम्पती पनि खरानी भयो । देशमा यत्रा बैंक छन्, मसँग एउटा खाता छैन । दुई खाता खोलेको थिएँ तर राख्ने पैसा कहाँबाट ल्याउने ? हरेक दिन खर्च आउँछ, खर्च हुन्छ— यस्तै छ मेरो अवस्था ।”

आफूसँग धेरै सम्पती नभएको बताउँदै उहाँले ७० रोपनी जग्गामध्ये ५५ रोपनी सरकारलाई दिएको उल्लेख गर्नुभयो । त्यसैमा इलाममा सिटिइभिटीको कार्यालय बनेको छ ।

उहाँले भन्नुभयो, “सयौं रोपनी जग्गा छैन, ७० रोपनी थियो— ५५ रोपनी सरकारलाई दिएँ । इलामको सिटिइभिटी हेर्नुस्, प्रधानमन्त्रीज्यु । यस्तो व्यक्तिको श्रीमती घाइते होइनन् र ? उपचार सरकारको दायित्व होइन र ?”

सरकारको दोहोरो मापदण्डः सामान्य घाइतेलाई राहत, पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई बेवास्ता

सरकारले जेन–जीका मृतक र घाइतेलाई राहत, उपचार र शहीद घोषणा गर्ने नीति ल्याएपनि खनाल दम्पतीप्रति पूर्ण मौन छ । खनालले आमजनता, परिवार र जीवनसङ्गिनीको तर्फबाट प्रश्न गर्नुभयो ः “यो देशको सरकारलाई सोध्छु— घाइते प्राध्यापकको उपचार दायित्व हो कि होइन ?”

यो घटना राजनीतिक हमलाको शिकार बनेका पूर्वनेताको परिवारप्रतिको उपेक्षा मात्र होइन, योगदान दिएका व्यक्तिको सुरक्षा र सम्मानमा राज्यको असफलता हो । खनालको सार्वजनिक अपीलले सरकारमाथि दबाब बढाएको छ । यसबारे अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जवाफ दिनुपर्ने उहाँको आग्रह छ ।

पूर्वप्रधानमन्त्रीद्वय दाहाल र खनालबीच भेटवार्ता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

हात्तीवनस्थित संयोजक दाहालको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिष्ट एकतालगायत विषयमो छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाल तेस्रो वरियतामा
काठमाडौं । बुधबार घोषणा हुन लागेको नेपाली कम्युनिस्ट पार्टीमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियतामा स्थान पाउने भएका छन् ।

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूबीचको छलफलपछि खनाललाई तेस्रो वरियतामा राख्ने सहमति भएको स्रोतले जनाएको छ ।

यसअघि यो स्थान बामदेव गौतमका लागि तय गरिएको थियो । तर, विभिन्न घटकबीच हुन लागेको एकता प्रक्रियाप्रति खनालले असन्तुष्टि जनाउँदै आएका थिए ।

अन्ततः खनाल भृकुटीमण्डपमा आयोजित घोषणा सभामा सहभागी भएका छन् । एकता वार्तामा संलग्न एक नेताका अनुसार, बुधबार बिहान भएको अन्तिम छलफलमै खनालले तेस्रो वरियतामा बसेर नयाँ नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने सहमति जनाएका हुन् ।

नयाँ पार्टीमा वरियताको क्रम यस प्रकार रहेको छ —

पुष्पकमल दाहाल ‘प्रचण्ड’

माधवकुमार नेपाल

झलनाथ खनाल

बामदेव गौतम

नारायणकाजी श्रेष्ठ

खनालले यसअघि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । पार्टी एकताप्रति असन्तुष्ट खनालले सुरुमा पार्टी पुनर्गठनको प्रक्रियामा लाग्ने संकेत दिएका थिए, तर अन्तिम समयमा उनी प्रचण्ड–माधव समूहतर्फ उन्मुख भएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा झलनाथ खनाल पनि सहभागी
काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी हुनुभएको छ ।

नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएका पूर्वप्रधानमन्त्री खनाल पनि सो कार्यक्रममा सहभागी हुनुभएको हो । यसअघि आज बिहानै उहाँले माओवादी केन्द्रका अध्यक्ष  दाहालसँग भेट गर्नुभएको थियो ।

खनालले समाजवादी कार्यक्रममा जानुपर्ने लगायतका ४ शर्त पूरा गरे एमालेमा फर्कने धारणा राख्दै आउनुभएको छ । सम्मेलनमा दाहाल, माधवकुमार नेपालसहितको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जन समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, माओवादी कम्युनिष्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा लगायतका १० वटा कम्युनिष्ट पार्टीका नेताहरु सहभागी भएका छन् ।

झलनाथ खनाल एमालेमै फर्कन तयार, ओलीसँगको भेटमा के भयो कुरा ?
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेमै फर्कन तयार भएका छन् । गएराति खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले गुण्डुमै पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

त्यस क्रममा एकीकृत समाजवादीमा आएको विभाजनका विषयमा छलफल भएका थिए ।

एमाले अध्यक्ष ओलीले खनालसहित सबै नेता तथा कार्यकर्तालाई मूल घरमै फर्कन आग्रह गरेका थिए । दुई नेताबीच भएको छलफल सकारात्मक भएको बताइएको छ ।

नेकपा माओवादी केन्द्र सहितका घटकहरुसँग पार्टी एकता गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्णय लिएपछि खनाल सहितका नेताहरू असन्तुष्ट थिए । एकता प्रक्रिया नै अस्वीकार गरेका पूर्वप्रधानमन्त्री खनाललाई ओलीको सचिवालयले छलफलका निम्ति गुन्डु बोलाएको थियो ।

त्यसो त खनालले एमाले फर्कन चार शर्त राखेका छन् । उक्त सर्तमा ओलीले छलफल गर्न सकिने बताएपछि फेरि भेट्नेगरी खनाल डल्लु फर्किएका छन् ।

माओवादीसँग एकता गर्न तयार नभएको र घनश्याम भूसालको नेतृत्वमा हुन लागेको पुनर्गठन प्रक्रियामा समेत सामेल नभएकी रामकुमारी झाँक्री लगायत नेताहरू भने निशर्त एमाले फर्कने तयार भइसकेका छन् ।

माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ, नयाँ पार्टी निर्माण गर्ने प्रक्रियामा संकल्प लिएर अघि बढौँः झलनाथ खनाल
काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गर्नुभएको हो । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गर्नुभयो । उहाँले सम्पूर्ण नेपालीको चाहना नेपाली विशेषता सहितको सुन्दर, स्वतन्त्र नेपाल निर्माण गर्ने भएकाले अबका दिनमा त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सम्मानित नेता खनालले इतिहासमा मालेबाट एमाले बनाएको अवस्थालाई स्मरण गर्दै अबका दिनमा एकीकृत समाजवादीको क्रान्तिकारी धारको लेगेसीलाई पुनःजागृत गर्दै नयाँ पार्टी निर्माण गर्ने बताउनु भयो । कुनै अर्को पार्टीमा गएर विलय हुनेकुरा गलत भएको बताउँदै पार्टी पुनः गठनमा जुट्न आह्वान गर्नुभयो । अब आफूहरु नयाँ कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अघि बढ्ने दाबी गर्दै सबै प्रकारका हक र अधिकारले युक्त भएका नेपाल निर्माणमा जुट्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी अहिलेसम्म त यही पार्टी हो, पार्टीमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुकहरु चाहे झापामा रहेका हुनुहोस्, चाहे ताप्लेजुङमा रहेको हुनुहोस्, चाहे कञ्चनपुरमा रहेको हुनुहोस्, चाहे तपाईं दार्चुलामा रहेको हुनुहोस् । हिमाल मधेस जहाँ रहनुभएको होस् तपाईंहरुलाई म के भन्न चहन्छु भने हामी अहिले कमरेड माधवकुमार नेपालको नेतृत्वमा रहेको खोटको कारणले अहिले यो पार्टी विभाजित हुँदैछ र यो पार्टीको अर्को फ्याक्सन चाहीँ अब अर्को पार्टीमा गएर विलय हुँदैछ । त्यसो हुनाले यो विलय हुने कुरा पनि विलकुल अहिलेको अवस्थामा गलत कुरा हो र यो पार्टीलाई विभाजन गर्नेकुरा झन गलत कुरा थियो तर अब हामी चाहीँ पार्टीलाई पुनर्गठन गर्न बाध्य भएका छौँ । त्यसकारण कोही पनि साथीले आत्तिनुपर्ने जरुरी छैन । कतैतिर गएर विलय हुनुपर्ने आवश्यकता पनि छैन । कहीँ गएर निहुरिएर प्रवेश गर्नुपर्ने आवश्यकता पनि छैन । सबैलाई स्वाभिमानका साथ ठिङ्ग उभ्भिन र यो पार्टी पुनर्गठन गर्ने अभियानमा लाग्न म सबैलाई आर्दिक अनुरोध गर्दछु । हामी एउटा नयाँ कार्यदिशा नीति र सिद्धान्तको आधारमा अघि बढ्छौँ । तपाईं हामी सबैको सपना भनेको एउटा सुन्दर नेपाली विशेषता सहितको सुन्दर नेपाल, एउटा स्वतन्त्र नेपाल, एउटा स्वाधिन नेपाल, एउटा समृद्ध नेपाल, तमाम भ्रष्टाचार, बेभिचार कुशासन आदि समाप्त भएको नेपाल । वर्ग, वर्गिय भेद, जातिय भेद, विविध खालका सामाजिक भेद, अनेक प्रकारका भाषागत भेद र धार्मिक भेद छन् त्यस्ता नभएको नेपाल, साँच्चै नै सुन्दर सबै प्रकारका हक र अधिकारले युक्त भएका नेपाल निर्माण गर्ने तपाईं हामीको सपना हो । हो यो सपना पूरा गर्नका लागि हामीले अब नयाँ पार्टी निर्माण गर्नुपर्ने आवश्यकता देखियो र यो नयाँ पार्टी निर्माण गर्ने प्रक्रियाप्रति एउटा संकल्प लिएर अगाडि बढौं । कोही पनि देब्रे दाहिने नलाग्नुहोस् । अब हामी त्यो नेतृत्व गर्छौं, हामी नेतृत्व गर्छाैं तपाईलाई सहि नेतृत्व दिन्छौँ, लप्पन छप्पन गर्ने खाले चाहीँ विविध ढंगले विचैलियाका पछि लाग्ने जस्ता खालका कामहरुबाट होइन हामी सच्चा अर्थमा जनतासँग जाने, जनतालाई जागृत गर्ने, संगठित गर्ने र साचो अर्थको स्वाधिन, स्वतन्त्र, समृद्ध नेपाल निर्माण गर्नेमा हामी अगुवाइ गर्छौं र हामी साचो अर्थको सच्चा पार्टी बनाउँछौ । जसरी हामीले माले, एमाले बनाउँदा खेरि त्यो कालखण्डमा साँचो अर्थका क्रन्तिकारी पार्र्टी बनाएका थियौ त्यसलाई हामी रिभाइभ गर्छौं, पुनःजागृत गर्छौं । हामी नेकपा एकीकृत सामाजवादीको क्रान्तिकारी धारको जुन लेगेसि हो त्यसलाई हामीले निरन्तरता दिन्छौ । नेकपाको क्रान्तिकारी धारलाई जुन छ त्यसको लेगेसिलाई हामी निरन्तरता दिन्छौ र आजको विशिष्ट अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थिति बमोजिम हामी एउटा नयाँ पार्टी निर्माण गर्छौं ।’

सम्मानित नेता खनालले आजको विशिष्ट अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थिति बमोजिम नयाँ पार्टी निर्माणमा आफूहरु लाग्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण हुन्छ– नेता खनाल
काठमाडौँ । नेपालको वाम आन्दोलन फेरि एकपटक वैचारिक मोडमा उभिएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेमा फर्कने सम्भावनालाई जोड दिँदै समाजवादी क्रान्तिको बाटो अपनाउनुपर्ने शर्त राख्नुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुस्थिर चिन्तन नभएको भन्दै आलोचना गर्नुभयो। एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको उहाँको ठहर छ । माओवादी केन्द्रभित्रको पुनर्गठन प्रयाससँग निकटता सम्भव रहेको संकेत गर्नुभयो । राष्ट्रिय संकटको निकास निर्वाचन होइन, संसद पुनःस्थापना वा राष्ट्रपतिको सहजीकरणमा सर्वपक्षीय सम्मेलन रहेको उहाँले बताउनु भयो । प्रमुख पार्टी नेतृत्व यो कार्यकालमा फेल भएको ठहर गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।

एमाले फर्कने शर्तः समाजवादी क्रान्तिको प्रतिवद्धता

खनालले एमालेसँग एकताको ढोका खुला रहेको बताउनु भयो । तर यसका लागि स्पष्ट वैचारिक शर्तहरू राख्नुभएको छ । उहाँ भन्नुहुन्छ, “एमाले फर्कन तयार छौं, तर समाजवादी क्रान्तिको बाटो अवलम्वन गर्नुपर्छ । जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रुपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौं ।”

उहाँले चार आधारभुत शर्तहरू प्रश्ताव गर्नुभएको छ । जसलाई वार्ताको आधार बनाउन सकिने उल्लेख गर्नुभयो ।

“यी चार बुँदामा एकरूपता भयो भने हामी वार्ता शुरु गर्छौं,” उहाँले जोड दिनुभयो  ।

खनालले एमालेसँग एकताकालागि अगाडी सारेका शर्तहरु

माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्नेः “यो वाम आन्दोलनको आधार हो । विचारमा मात्र होइन, व्यवहारमा पनि माक्र्सवादी बन्नुपर्छ।”

समाजवादी क्रान्ति र रुपान्तरणको बाटो अपनाउनेः “नेपालले पुँजीवादी जनवादी क्रान्ति पूरा गरिसकेको छ । अब समाजवादतर्फको रुपान्तरणको चरणमा प्रवेश गर्नुपर्छ।”

नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्नेः “माक्र्सवादको ढाँचालाई नेपाली यथार्थमा रूपान्तरण गर्नुपर्छ । यहाँको कृषक, श्रमिक र युवाको मिश्रित वर्ग संरचनालाई ध्यानमा राखेर समाजवाद निर्माण गर्नुपर्छ ।”

देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्पः “यो आर्थिक निर्भरता र राष्ट्रिय स्वाभिमानको ह्रासविरुद्धको संघर्ष हो ।”

यी शर्तहरू वाम राजनीतिको पुराना मूल्यहरूको पुनरुत्थान जस्ता लाग्छन्, जसलाई विगत दशकमा बेवास्ता गरिएको खनालको भनाइ छ । “यी चार कुरामा एकरूपता हुनेबित्तिकै हामी वार्ता शुरु गरिहाल्छौं । यो राजनीतिक सहमति मात्र होइन, विचारको एकरूपता हो,” उहाँले स्पष्ट पार्नुभयो ।

एमालेप्रतिको माया र आलोचनाः सुस्थिर चिन्तनको अभाव

नेता खनालले एमालेलाई आफ्नो जीवनको वैचारिक सन्तानका रूपमा बताउनु भयो । “एकाले शुरुमा हामीले बनाएको त्यही पार्टी हो । हामीलाई त्यो पार्टीप्रति माया, ममता अहिले पनि छ,” उहाँले भावुक हुँदै भन्नुभयो । तर यो माया अन्धभक्ति होइन । उहाँ थप्नुहुन्छ, “यदि त्यो पार्टीले बीचमा उत्पन्न भएका गलत कुराहरूलाई सच्याउँछ र वैचारिक धरातलमा सही विचारमा फर्किन्छ भने, हामी पुनः एकताबद्ध भएर जान सक्छौं ।”

तर उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो । “एमाले भित्र सुस्थिर चिन्तनको हामी अपेक्षा गर्छौं । तर ओलीजीमा त्यो सुस्थिर चिन्तन विकसित हुन सकेको छैन,” उहाँले भन्नुभयो । खनालको आलोचना पार्टीको प्रचारमुखी, अवसरवादी र व्यक्तित्व–केन्द्रित प्रवृत्तितर्फ लक्षित छ । उहाँ एमालेलाई सामूहिक नेतृत्व र दीर्घकालीन समाजवादी दृष्टिकोणतर्फ फर्काउन सके सबै नेता कार्यकर्ता पार्टीमा समाहित हुन सहज बन्ने बताउनु भयो ।

नयाँ पार्टीको तयारी र वाम पुनर्गठन

एमालेसँग एकता नभए पनि खनाल नयाँ बाटोमा अघि बढ्न तयार हुनुहुन्छ । “हामी नयाँ ढंगले पुनर्गठित हुँदैछौं। नयाँ पार्टी निर्माण गर्नु अवश्यम्भावी छ,” उहाँले भन्नुभयो। हालैको एक भेलाले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “त्यसबाट नयाँ पार्टी, घोषणा पत्र, कार्यक्रम र विधान तयार पार्ने सोच सुरु गरेका छौं ।”

यो पुनर्गठन केवल समाजवादी पार्टीमा सीमित छैन । उहाँले माओवादी केन्द्रभित्र पनि पुनर्गठनको भावना देखिएको बताउनु भयो । “जो अहिले माओवादीभित्र पनि विभिन्न समूहहरूको स्थिति देखापरिरहेको छ, र उनीहरू पनि पुनर्गठनको प्रयत्न गरिरहेका छन् । यदि छलफल गर्दा एकरूपता देखियो भने, उनीहरूसँग निकटता स्वाभाविक हुन्छ ।” तर यी चार आधारभुत कुरामा मेल भएन भने न व्यक्तिगत, न समूहगत एकताको अर्थ रहँदैन ।” नेता खनालले स्पष्ट पार्नुभयो ।

राष्ट्रिय संकट र समाधानः संवैधानिक बाटोबाट

देशको वर्तमान राजनीतिक संकटबारे नेता खनाल व्यावहारिक दृष्टिकोण राख्नभयो । “मुलुकमा विद्यमान संकट समाधानका लागि निर्वाचन पहिलो विकल्प होइन । मुलुकलाई संवैधानिक बाटोबाट अघि बढाउनका लागि निर्वाचन नभए संसद पुनःस्थापनाको बाटो उपयुक्त हुन्छ,” उहाँले भन्नुभयो। उहाँले सडक आन्दोलनभन्दा संवैधानिक प्रक्रियाबाट निकाश खोज्नुपर्ने बताउनुभयो । “राष्ट्रपतिको सहजीकरणमा सर्वपक्षीय सम्मेलन गरेर राष्ट्रिय सहमति बनाएर मुलुकलाई अघि बढाउनुपर्छ।” उहाँको तर्क छ ।

उहाँले प्रमुख पार्टीहरूका नेतृत्वलाई असफल ठह¥याउँदै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने बताउनु भयो । “मेजर पार्टीहरूका नेतृत्वले यो कार्यकाल परीक्षण गरेर हेर्दा फेल खाए । यी चार नेताभन्दा तलका नेताहरू सक्षम छन्, भिजनयुक्त छन् । उनीहरूलाई नेतृत्व दिने हो भने ती पार्टीहरू पुनः गतिशील बन्छन् ।” यसमा उहाँले युवा पुस्तालाई राजनीतिमा आउन आग्रह गर्दै भन्नुभयो, “निर्वाचनमा भाग लिनका लागि जेन–जी पुस्ताले पनि दल गठन गरेर आउनुपर्छ।”

वैचारिक विचलनको उपचार र नेपाली समाजवाद

खनालले एमालेमा वैचारिक विचलन भएको स्वीकार गर्दै त्यसको उपचार आवश्यक रहेको बताउनु भयो । “एमाले भित्र विभिन्न राजनीतिक, वैचारिक, सैद्धान्तिक, संगठनात्मक सवालमा उत्पन्न भएका गलत चिन्तन, विचार, प्रवृत्तिहरु छन् । त्यो कुरा पार्टीले सच्याउनु पर्छ,” उहाँले भन्नुभयो। उहाँको लागि यो आत्मसमीक्षाको विषय हो ।

उहाँले “नेपाली विशेषताको समाजवादी कार्यक्रम”लाई जोड दिनुभयो, जसमा राज्य नियन्त्रणभन्दा समान अवसर, उत्पादनमा न्याय र वितरणमा सामाजिक उत्तरदायित्व हुन्छ । “देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने” कुरालाई आर्थिक निर्भरताविरुद्धको संघर्षका रूपमा व्याख्या गर्नुभयो । खनालको दृष्टिमा, क्रान्ति संवैधानिक दायराभित्रै सम्भव छ । “वर्तमान संविधान अनुसार नै मुलुकलाई निकास दिनुको विकल्प छैन,” उहाँले निष्कर्ष निकाल्नुभयो।