ज्ञानेन्द्र शाह – News Polar

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा मनकामनाको दर्शन
गोरखा : पूर्वराजा ज्ञानेन्द्र शाहले मनकामना मन्दिरको दर्शन गर्नु भएको छ ।

उहाँ परिवारका सदस्य सहित मनकामना पुग्नुहुँदा स्थानीयले स्वागत गरेका थिए । उहाँहरू मनकामना केबलकार चढेर मनकामना मन्दिर पुग्नु भएको थियो ।

केही समयदेखि पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रहनु भएको छ । पोखरामा रहे पनि उहाँले पोखरा र वरिपरिका जिल्लामा अवस्थित मठमन्दिरको दर्शन गर्नुका साथै स्थानीयवासीसँग अन्तरक्रिया गरिरहनु भएको छ ।

तस्बिरः मनकामना केबलकार

पूर्व राजा ज्ञानेन्द्र शाहको पोखरा जाने, विभिन्न भेटघाट कार्यक्रम हुने
काठमाडौं: पूर्व राजा ज्ञानेन्द्र शाह यस साता पोखरा भ्रमणमा जाने कार्यक्रम तय भएको छ। शाहका संवाद सचिव फणि पाठकले जारी द्वारा जारी सूचनाअनुसार पूर्व राजा शाह पूर्व रानी कोमलसँगै पोखरा प्रस्थान गर्नेछन्।

भ्रमणका क्रममा पोखरामा विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा सहभागी हुने तथा शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

सबैपक्षको मागलाई सम्बोधन हुने गरि सम्बैधानिक समाधान खोज्न दृढ संकल्पित बनौं: पूर्व राजा ज्ञानेन्द्र शाह
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले सबैपक्षको मागलाई सम्बोधन हुने गरि सम्बैधानिक समाधान खोज्न दृढ संकल्पित बन्न आब्हान गर्नुभएको छ ।

नव वर्ष २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश पूर्वराजा शाहले यस्तो आव्हान गर्नुभएको हो ।

उहाँले परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन नहुने उल्लेख गर्दे जनचाहना समेतलाई मनन गरि देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगर्न अनुरोध गर्नुभएको छ ।

सन्देशको पूर्णपाठ

हामी नयाँ वर्ष दुई हजार त्रियासीमा आइपुगेका छौं । नव वर्षारम्भको यो परिवर्तनको पुनित अवसरमा देश भित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरुलाई सुख र शान्तिको मंगलमय शुभकामना । समयको प्रवाहसँगै हामीले हाम्रो देश र हाम्रो समाजलाई प्रगति पथमा अघि बढाउँदै जानुपर्दछ । विगतका कमी कमजोरी र त्रुटीलाई सच्याउँदै र बाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्य तर्फ लम्कनु

पर्दछ ।

तब नै नयाँ वर्षको नवागत समयको अर्थ रहन्छ । वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरुको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हेर्‍यौं तर त्यो कोरा परिवर्तन मात्र भयो । दल दलको खल्बलमा त हामी धेरै दगुर्‍यौं तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछाडी पर्‍यौं । सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्र हामी लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्र रह्यो ।  स्थिरता, निरन्तरता र दृढता कता कता हराएर गयो । विधी, पद्धति, व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ।

राजनीति र राज्य संचालनको गतिविधीमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधीको ज्ञान भएका उत्साही पात्रहरुको आगमनले राष्ट्रलाई फलदायी बनाउनमा मद्दत पुग्छ भन्ने हामीलाई लाग्दछ । आज हाम्रो देश चौतर्फी समस्याको चांगमा छ । यो बेला नेपाली जनताका आशा अभिलाषा पनि उत्तिकै छन् । यो स्थितिमा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरु र बाह्य मित्र शक्तिहरुको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्त नाजूक अवस्थामा परेको छ ।

नयाँ वर्षमा जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु र श्रोत साधनको संरक्षण एवं जीवन जीउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभुति दिन सुरक्षाका अंग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा हुने पीडा प्रकोप विषयमा हाम्रो आन्तरिक सुरक्षालाई चुस्त दुरुस्त बनाउनु आवश्यक देखिन्छ । आजको विषम र अशान्त विश्वमा हामीले हामीलाई जोगाउने, हाम्रा उत्पादित, आयातित वस्तुको जोगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिने तर्फ राज्यको गहिरो ध्यान पुग्नु पर्ने देखिन्छ ।

आम नागरिकले कुनै प्रकारको शारिरीक, मानसिक, भौतिक तथा जीवन यापनको मामिलामा त्रास, पीडा, अभावको अनुभव गर्न नपरोस् । हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर परनिर्भताबाट र स्वाधिन भएर पराधीनताबाट देशलाई जोगाउनु छ । देशको श्रोत शक्ति हो, सहि उपयोग भएमा नै समाजको कल्याण हुन्छ । अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको सम्बद्र्धन भयो भने नै देशको गौरव बढ्छ । त्यसैले यिनै मूलभूत काम कर्तव्य तर्फअब हाम्रो पाइला अघि बढ्नु पर्छ । निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौं ।

परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन । जनचाहना समेतलाई मनन गरि देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबैपक्षको मागलाई सम्बोधन हुने गरि सम्बैधानिक समाधान खोज्न दृढ संकल्पित

बनौं ।

नेपाल शान्तिको भूमी बनोस्, उन्नतिको मुलुक बनोस् अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचित एवं प्रतिष्ठित बनोस् । सबै सबै नेपालीले न्याय, शान्ति र सुख पाउन् । यही हाम्रो सदिच्छा हो । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल

इनिशा विक हत्या प्रकरणमा राप्रपा नेता शाहीद्वारा दोषीलाई कडा कारबाहीको माग
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछि हत्या भएको घटना  दर्दनाक र निन्दनीय भएको बताएका छन्।

शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, “निर्दोष किशोरीले न्याय पाउनुपर्छ र यस्ता अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुँदैन।” उनले दोषीलाई कानुनअनुसार कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले यस्ता जघन्य अपराधहरू हाम्रो समाजमा अझै भइरहनु ठूलो दुर्भाग्य भएको भन्दै, महिलाको सुरक्षा, न्याय र मानवताको पक्षमा सबैले आवाज उठाउनु आवश्यक भएको बताए।

शाहीको यस वक्तव्यले सरकार र समाजलाई न्याय सुनिश्चित गर्न र अपराधीलाई कारबाही गर्न सचेत बनाउने उद्देश्य राखेको छ।

चुनावको मुखैमा पूर्वराजाले किन उठाए यस्तो प्रश्न ?
काठमाडौँ । देशमा निर्वाचनको व्यापक तयारी छ । उम्मेदवारहरु मतदाताका घरघरमा पुगेका छन् भने निर्वाचन आयोगले जिल्ला जिल्लामा मतपत्र ओसारिरहेको छ । निर्वाचन प्रहरीले ड्युटी सम्हालीसकेका छन् र अब जिल्ला मतदान कार्यालयले मतदान केन्द्रहरुको रेकी सुरु गर्ने बेला हुन थालेको छ । समग्रमा भन्दा अब मतपेटिकामा मत खसाल्न मात्र बाँकी छ ।

तर, यस्तो बेलामा आज पूर्वराजा ज्ञानेन्द्र शाहको यस्तो विज्ञप्ति आएको छकि जसले सबैलाई एक पटक सोच्न बाध्य बनाएको छ । देशले निर्वाचनको अन्तिम तयारी गरिरहेको र अब मत खसाल्न दखुई सातामात्र बाँकी रहेको अवस्थामा पूर्वराजाले भने निर्वाचन अगावै देशको समस्या समाधानका लागि सबैलाई आह्वान गरेका छन् ।

यो पनि पढ्नुहोस- पहिला राष्ट्रिय सहमति, अनिमात्र निर्वाचन

उनले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा समेत आज व्यक्त गरेका छन् । ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले यतिखेर मुलुकका लागि आमनिर्वाचन भन्दा पनि देशको समस्या ठूलो रहेको धारणा राखेका हुन् ।

उनले निर्वाचनलाई गलत भनेका त छैनन्, तर पनि देशमा देखिएका यावत समस्याको समाधान विनानै आयोजना भएको निर्वाचनको अर्थ नभएको इंगित गरेका छन् । पूर्वराजाले भनेका छन्– प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्था सामान्य होइन र यो निर्वाचन पनि सामान्य होइन । त्यसैले पहिला समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुनेछ ।

भिडियो सन्देशमा उनको भनाई थियो– ‘प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वभाविक प्रक्रिया भए पनि यतिखेरको आम जनभावना यो छ कि राष्ट्रिय समस्या समाधान गरेरमात्रै निर्वाचनमा जानु उचित हुनेछ । मुलुकमा निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न समझदारी बनाएर जाँदा सही बाटो हुने थियो ।’

पूर्वराजा ज्ञानेन्द्रले सो भिडियो सन्देशमा मुलुकमा अधिकार खोज्ने तर कर्तव्य नसोच्चे अवस्था आउनु दु:खद् भएको पनि बताएका छन् । हाल देश कसैलाई खुसी पार्न वा कसैबाट निर्देशित हुन बाध्य हुने अवस्थाको जञ्जिरमा बाँधिएको भन्दै उनले जनता आफैँ सचेत र जागरुक नहुँदासम्म प्रजातन्त्र बलियो नहुने पनि बताए ।

उनको भनाई छ– ‘वर्तमान अवस्थामा अधिकार मात्रै खोज्ने तर कर्तव्य नसोच्ने दुखद् परिस्थितिमा आलोपालो भाग लगाएर खाऔं भन्ने सोचले हैन मिलेर जाऔं भन्ने सोचेले मुलुकलाई नयाँ गति दिन सकिन्छ । यतिखेरको आम जनभावना यही छ कि पहिला मुलुकका गम्भीर राष्ट्रिय समस्याको समाधान गरियोस् र त्यसपछि मात्र निर्वाचन प्रक्रियातर्फ अघि बढियोस् ।’

अहिले सिंगो मुलुक अस्वाभाविक छटपटी, अन्योलको भुमरीमा फसेको र देशको अस्तित्व नै संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको उनको भनाई थियो । विगतमा भएका विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनले वास्तवमा नेपाल र नेपालीलाई के दियो भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको पनि उनको धारणा थियो ।

निर्वाचन हुँदैन कि भन्ने आशंकाबीच अब मतदानको प्रक्रिया मात्र बाँकी रहेको अवस्था छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि यो अवस्था आएको हो । हुनत जेनजी आन्दोलन लगत्तै राजतन्त्र फर्किने अनुमान पनि धेरैले गरेका थिए, तर त्यो खोइ किन सम्भव भएन भन्ने कुरा अहिले पनि अन्यौल नै छ । त्यसपछि अहिले पनि देशमा राजतन्त्र फर्किने अनुमान सहितका विश्लेषण र भाषणहरु पनि हुँदै आएका छन् ।

तर पनि राजतन्त्र फर्किहाल्ने जस्तो परिस्थिति भने बनेको जस्तो देखिँदैन । आसन्न निर्वाचनमा होमिएका पार्टीमध्ये राप्रपाको मात्र देशमा संवैधानिक राजा र हिन्दू राज्यको माग रहेको छ, अरुको छैन । यस्तो अवस्थामा पूर्वराजाबाट यो अभिव्यक्ति आउनुलाई राजनीतिक वृत्तमा एक नयाँ संयोगका रुपमा लिइएको छ ।

साथै यसअघि पूर्वराजाले यो अवस्थामा राजनीतिक टिप्पणी गर्ने गरेका थिएनन् । साथै आसन्न निर्वाचनको घोषणा भएपछि पनि उनले निर्वाचनको विषयलाई लिएर कुनै पनि टिकाटिप्पणी गरेका थिएनन् । अझै पनि कहीँ कतै चुनाव नहुने त होइन भनी गरिएका आशंकाहरुकै बीचमा पूर्वराजाबाट आएको यो अभिव्यक्तिको राजनीतिक अर्थ गहिरो हुनसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

पूर्वराजाको यो अभिव्यक्ति आएपछि आसन्न निर्वाचन अगावै निर्वाचनका बारेमा सोच्नुपर्ने अवस्था सिर्जना भएको ती विश्लेषकहरुको भनाई छ । उनीहरु भन्छन्– यसबाट मुलुकको सबै पक्ष निर्वाचनका लागि सहमत छैन र यो निर्वाचन अगावै पूर्वराजाले भनेजस्तै एक प्रकारको गोलमेच सम्मेलनका बारेमा सोचविचार गर्नुपर्ने अवस्था आएको छ ।

पूर्वराजा शाहद्वारा प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याउनुभएको छ ।

पूर्वराजा शाहले भन्नुभएको छ, “विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ । अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ ।”

एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा पूर्वराजा शाहको जोड  छ । रासस

पहिला राष्ट्रिय सहमति, अनिमात्र निर्वाचन
जनता र राजाको संयुक्त प्रयत्नबाट ७५ वर्षअघि नेपालमा प्रजातन्त्रको मिर्मिरे घाम उदाएको सुखद दिवसको सम्झना गर्दै हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ। प्रजातन्त्र स्थापनाको निम्ति उदारता दर्साइबक्सिने हाम्रा जिजुबुवाजु राष्ट्रपिता श्री ५ त्रिभुवनको सम्झना गर्दै मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौँ। प्रजातन्त्रका निम्ति जीवनदान दिने ज्ञात–अज्ञात सहिदहरू र प्रजातन्त्रका लागि क्रियाशील रहने सबै पात्रहरूप्रति पनि हामी श्रद्धाभाव व्यक्त गर्दछौँ।

केही महिनाको झापा बसाइपश्चात् राजधानी फर्किने क्रममा हाम्रो स्वागतमा सामेल हुनुहुने उपत्यकाका आदिवासी नागरिक एवं आम जनसमुदायमा हार्दिक आभारसहित धन्यवाद अर्पण गर्दछौँ। मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा हामीप्रति दर्साएको यस्तो प्रेम र सद्भावले हाम्रो मन र मुटु मात्र छोएको नभई हाम्रा निम्ति एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको छ।

सिङ्गो मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको छ। देशको अस्मिता र अस्तित्व नै सङ्कटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्। विगतमा अनेकौँ नाममा आन्दोलन र सङ्घर्ष भए, सङ्घर्षको आडमा परिवर्तन पनि गरिए; तर सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ।

हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दियौँ, जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक स्थितिमा आइपुगेको छ। त्यसैले कठिन परिस्थितिमा परेको आजको मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्ण विराम लगाउँदै सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रबोधन गरौँ।

प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यताअनुरूप चल्नु उपयुक्त हो। प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए तापनि यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ। निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो।

वर्तमान अवस्थामा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको यस्तो दुःखद परिस्थितिमा ‘आलोपालो भाग लगाएर खाऊँ’ भन्ने सोचले होइन, ‘मिलेर काम गरौँ’ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ। प्रजातन्त्रमा जनता आफैँ जागरूक बनेर समाज र राष्ट्रसेवाको सत्कर्ममा अग्रसर हुन पाउनुपर्ने हो, तर कसैलाई खुसी पार्नुपर्ने अनि कसैबाट तोकिनुपर्ने बाध्यात्मक व्यवस्थाको जञ्जिरमा बाँधिनुपरेको छ।

देशको भू–बनोट तथा समाजको प्रकृति सुहाउँदो व्यवस्था र प्रणालीले मात्र दिगो र सकारात्मक परिणाम दिन सक्छ। आम जनताको समग्र हित हुने तथा विश्वसामु नेपालीको उच्च शिर हुने व्यवस्था नै प्रजातान्त्रिक व्यवस्था नेपाललाई सुहाउँछ। कुनै पनि व्यवस्थाका राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ। जुन व्यवस्थाका नराम्रा र खराब पक्षहरू हुन्छन्, तिनलाई फाल्नु र फ्याँक्नुपर्छ।

त्यसैले विश्वका कैयौँ राष्ट्रहरू पहिले आफ्नो देश, पहिला आफ्ना जनता र पहिला आफ्नो आवश्यकता भन्दै त्यही प्राथमिकतामा प्रजातन्त्रको पाइला बसाइरहेका छन्। हो, हामीले पनि हाम्रो धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग, परीक्षण र प्रशोधन गर्दै जानुपर्दछ। नेपालको एकीकरण, प्रजातान्त्रिकीकरण र आधुनिकीकरणसँगै जनताको बदलिँदो चाहना र आवश्यकतालाई ध्यानमा राखेर समयानुकूल परिवर्तन र परिमार्जन गर्दै आम जनताको दैनिक कामकाज सहज र सरल बनाउँदै जानुपर्ने आजको पहिलो आवश्यकता हो।

प्रजातन्त्रमा सबै थरी विचार, सबै थरी संस्कारको आधार हुनुपर्दछ। सबैले सबैलाई कदर गर्ने समन्वयकारी गुणबाट नै सामाजिक मूल्यको प्रजातन्त्र दिगो र दरिलो हुन्छ। अरूको भरमा परेर हामी अक्करमा नपरौँ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह जारी गर्नुभएको सन्देश

पूर्वराजा शाहको सन्देश: राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित हुन्छ
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाएका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताए ।

यस्तै, पूर्वराजा शाहले विषम परिस्थितिमा र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने धारणा समेत राखेका छन् । मुलुक अस्वाभाविक छटपटीको भुमरीमा फसेको टिप्पणी गर्दै उनले भनेका छन्, ‘कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ । जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्छ ।’

यतिबेलाको आम जनभावना चुनावभन्दा पहिले देशको संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने उनको भनई छ । उनले भनेका छन्, ‘मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो ।’

यस्तै, पूर्वराजाले ‘आलोपालो र भाग लगाएर खाऔँ’ भन्ने सोचले देश नबन्ने बताए । उनले अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाएको र कसैलाई खुसी पार्न वा कसैबाट तोकिन बाध्य ‘बाध्यात्मक व्यवस्थाको जञ्जिर’ मा देश बाँधिएको टिप्पणी गरे ।

त्रिभूवन विमानस्थलमा पूर्वराजा शाहलाई उत्साहपूर्ण स्वागत – तस्बिरहरु
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र  शाह झापाबाट चार महिनापछि काठमाडौं फर्कनुभएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई राजावादी तथा राष्ट्रवादी समर्थकहरूले भव्य स्वागत गरेका छन् । समर्थकहरूले विमानस्थलको मुख्य गेटदेखि बाहिर ठूलो भीड जम्मा गरी ‘राजा आउँ, देश बचाउ’ लगायतका नारा लगाएका थिए । राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) लगायतका राजावादी समूहहरूले पूर्वराजा शाहको स्वागत गरेका छन् ।

यस अवसरमा पूर्वराजा शाहलाई फूलमाला र अबिर लगाएर अभिनन्दन गरिएको छ । उहाँ गाडीमा उभिएर समर्थकहरूको अभिवादन स्वीकार गर्दै निर्मल निवासतर्फ ¥यालीसहित जानुभएको छ । प्रशासनले विमानस्थल आसपास निषेधाज्ञा जारी गरी सुरक्षा व्यवस्था कडा पारेको थियो । जसमा विमानस्थलदेखि निर्मल निवाससम्म डीएसपीहरूको कमान्डमा प्रहरी परिचालन गरिएको थियो ।यद्यपि, समर्थकहरूको उत्साहपूर्ण उपस्थितिले भव्य स्वागतको वातावरण बनेको थियो ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

पूर्वराजा शाहको स्वागतमा त्रिभूवन विमानस्थल बाहिर समर्थकहरूको भीड (तस्बिरहरु)
काठमाडौं ।  झापा भ्रमण सकेर काठमाडौं फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाहिर उहाँका समर्थकहरूको ठूलो भीड जम्मा भएको छ ।

राजावादी तथा राष्ट्रवादी समूहहरूका कार्यकर्ताहरूले राष्ट्रिय झण्डा फहराउँदै, विभिन्न नारा लगाउँदै पूर्वराजाको स्वागत गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा लगायतका व्यक्तिहरू पनि विमानस्थल पुगेर स्वागतमा सहभागी भएका छन् ।

उहाँको आगमनलाई लिएर विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गर्दै पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको भएपनि समर्थकहरूले निषेधाज्ञा छलेर भीड जम्मा गरेका छन् । प्रहरीले विमानस्थलदेखि निर्मल निवाससम्मको क्षेत्रमा उच्च शतर्कता अपनाएको छ ।

एसपीको कमान्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा लगाइरहेका छन् भने केहीले पूर्वराजाको गाडी देख्नासाथ हात हल्लाएर अभिवादन गरेका छन् ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगे राजावादीहरू, सुरक्षा व्यवस्था कडा बनाईयो
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादीहरू भेला भएका छन् ।

शाहलाई र्‍यालीसहित विमानस्थलबाट निर्मल निवास लग्ने तयारीसहित राजावादीहरू भेला भएका हुन् ।

यससँगै, विमानस्थलदेखि निर्मल निवाससम्मको सुरक्षा व्यवस्था बनाइएको छ । काठमाडौंका विभिन्न स्थानमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आइरहेका छन् । उनी केही बेरमा त्रिभुवन विमानस्थल अवतरण गर्ने भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किदै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापामा करिब तीन महिना बसेर आज काठमाडौँ फर्किदै हुनहुन्छ ।

दिउसो १२ बजे झापाको भद्रपुर बिमानस्थलबाट बुद्ध एयर मार्फत काठमाडौं आउन लाग्नु भएको हो । राजसंस्थापक्षधरले पूर्वराजाको स्वागतमा आज विमानस्थलमा र्‍याली गर्ने तयारी गरेका छन् ।

उनिहरुले बिमानस्थलबाट तिलगंगा चाबहिल चक्रपथ , महाराजगंञ्ज हुदै निर्मल निबास लैजाने तयारी गरेका छन् ।

राजसंस्थापक्षधरको प्रर्दशन तयारी पछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

एकवर्षअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौँ फर्कँदा स्वागतमा विमास्थलमा ठूलो भीड लागेको थियो। त्यस समयको भीडले काठमाडौँमा यातायात नै प्रभावित भएको थियो।

चुनावको मुखमा तराइमा देखिएका यी तीन दृश्य !
काठमाडौं ।  मानिसमा प्रायः एउटा दुविधा हुने गर्दछ— भिडको पछि लाग्ने कि भिडलाई पछि लगाउने भनेर । यस्तै दृश्य हिजोआज देखिँदैछन् चुनावको मुखमा ।

यतिखेरको प्रसंग हालैको तराई मधेशको हो । हिजोमात्र तराइमा दुई नेता छिरे नेपाली कांग्रेसका सभापति गगन थापा र यता रास्वपाका नेता बालेन साह । अनि हिजो नै मधेशको जनकपुर पुगेका थिए पूर्वराजा ज्ञानेन्द्र शाह पनि । यी तीनै जनाका पछाडि जनताको भिड उत्तिकै थियो । तर स्पष्ट थिएन— उनीहरुले भिडलाई पछि लगाइरहेका छन् या भिडको पछि आफूहरु लागेका छन् ।

बालेन हिजो कैलालीको धनगढी पुगेका थिए । उनको पछि सबैभन्दा ठूलो भिड देखिएको थियो । उनलाई सवारी चलाउन र उनको अघिपछिका मानिसहरुको व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई नै धौ धौ परेको थियो । गाडीमै पनि यस्तो देखिएको थियो कि मानिसहरु नअटेर गाडीबाटै लढेका पनि थिए । ती दृश्यहरु पनि उत्तिकै देखियो । अनि बालेनलाई छुन खोज्ने र हात मिलाउन खोज्नेहरु पनि त्यत्तिकै थिए, तर उनले त्यो भिडसँग आँखा मात्र पनि जुधाउन सम्भव थिएन ।

उता गगन थापा सर्लाली जाँदाको दृश्य पनि त्यस्तै थियो । उनलाई पनि विमानस्थलदेखि नै कार्यकर्ताहरुले घेरा हालेको देखिन्थ्यो । उनको सो दृश्यलाई केही दिन अघि झापा पुगेका बालेन साहको भिडलाई बिर्साउन खोज्नेगरी मिडियाले प्रस्तुत गरेको जस्तो पनि देखिन्थ्यो । जे होस् भिडको प्रतिस्पर्धामा उनको भिड पनि कम्ताको थिएन ।

यता फेरि पूर्वराजा ज्ञानेन्द्रको भिड उस्तै देखिन्थ्यो जनकपुरमा । जनकपुर पुगेर उनले जानकी माताको दर्शन पनि गरेका थिए । उनलाई पनि जनकपुर विमानस्थल देखि नै नाराबाजीसहित मानिसहरुले मन्दिर पुर्याएका थिए । मन्दिर पुग्दा पूर्वराजाका समर्थकहरुले राजा आउ देश बचाउ सम्मका नारा लगाएका थिए । ठूलो भिडलाई राजाले हात हल्लाएर स्वागत गरेपछि मात्र प्रहरीलाई भिड नियन्त्रण गर्न सजिलो भएको थियो ।

जे होस्, यी तिनै भिड भिन्न उद्देश्यका थिए । पूर्वराजाका समर्थक राजा फर्काउन चाहन्थे भने यता बालेन साहका भिडले पुराना पार्टी र नेताले चलाइरहेको अहिलेको गणतान्त्रिक व्यवस्थामा आमूल परिवर्तन ल्याउनका लागि एक दरिलो शक्ति खडा गर्न चाहन्थे । बालेनको पछाडिको भिड हातमा घन्टी बाकेर अहिले नयाँ शक्ति निर्माणको अभियानमा जुटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाको त्यो भिडमा बालेन मिसिएपछि अहिले भिडको आकार दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।

हालैमात्र विशेष महाधिवेशनमार्फत् पार्टीका सभापति शेरबहादुर देउवालाई फालेर सभापति बनेका गगन थापाको पछिका कांग्रेस कार्यकर्ताहरु भने यही व्यवस्थाको निरन्तरता चाहन्छन् नयाँ सभापतिको नेतृत्वमा । उनीहरुको आगामी चुनावी एजेण्डा नै पार्टी बदल्ने र त्यसपछि देश बदल्ने रहेको छ ।

तर बालेन एजेण्डाबारेमा केही बोल्दैनन् । यतिखेर उनी घन्टी हल्लाउँदै हिँड्ने भूमिकामा देखिन्छन् । हिजो गगनले मधेशलाई काठमाडौँसँग जोड्न आफू मधेश पसेको जनाइरहँदा यता बालेन भने केही बोलेनन् । उता राजा ज्ञानेन्द्र झन् बोल्ने कुरै भएन । किनभने उनी यतिखेर मधेश पुगेर मात्र होइन कि बाहिरको कुनै कार्यक्रममा पनि बोल्ने गरेका छैनन् ।

तर उनीहरुको पछिका भिडले भने बोलिरहेकै छन् । आआफ्ना नारा भट्याएकै छन् । र त पछि पछि लागिरहेका छन् । तर ती भिड र यी नेता सबैले यो कुरा बुझ्न सक्दा राम्रो हुनेछ कि— भिडको पछि लाग्ने कि भिडलाई पछि लगाएर हिँड्ने ?

पूर्वराजाद्वारा जानकी मन्दिरमा विशेष पूजा पाठ
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ।

आफ्नो धार्मिक भ्रमणका क्रममा दिउँसो मन्दिर पुग्नुभएका उहाँले जानकी माताको दर्शन गरी देशको कल्याणको कामना गर्नुभयो।

पूजापाठ सम्पन्न भएपछि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पूर्व राजा शाहलाई जानकी मन्दिरको चाँदीको प्रतिमा उपहार स्वरूप प्रदान गर्नुभयो।

सो अवसरमा महन्थ दासले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै २०४७ साल पछिका संवैधानिक व्यवस्था हटाउन पूर्व राजालाई आग्रह गर्नुभयो। उहाँले देशमा राजतन्त्रसहितको हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि देशभरका सम्पूर्ण साधुसन्तहरू आन्दोलनमा उत्रिन र साथ दिन तयार रहेको समेत उद्घोष गर्नुभयो।

मन्दिर दर्शनपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व राजा शाहले आफ्नो जनकपुर भ्रमण विशुद्ध धार्मिक मात्र रहेको बताउनुभयो।

यद्यपि, उहाँलाई हेर्न र स्वागत गर्न जनकपुरधामका साथै छिमेकी जिल्लाहरूबाट समेत हजारौँको सङ्ख्यामा सर्वसाधारण मन्दिर परिसरमा ओर्लिएका थिए। उपस्थित समर्थकहरूले ‘राजा आऊ देश बचाऊ’ र ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए।

पूर्वराजा ज्ञानेन्द्र आज जनकपुर जाँदै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आज जनकपुरधाम जादै हुनुहुन्छ ।

पूर्वराजको संवाद सचिवालयका अनुसार जनकपुरधाम पुगेर जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ। हाल झापामा रहनु भएका शाह जनकपुर बाट फेरी झापा नै फर्कने र अर्को महिना मात्र काठमाडौं फर्कने जनाईएको छ

पूर्वराजाको आगमनलाई लक्षित गर्दै राप्रपा धनुषाले स्वागत तथा व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ। पार्टीले एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गर्नुका साथै विभिन्न उपसमिति बनाएर कार्यक्रमलाई भव्य बनाउने तयारी गरेको जनाएको छ।

‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ’
नेपाल राष्ट्रका निर्माता, नेपाली समाजका समन्वयकर्ता एवं एकताका धरोहर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आम नेपालीका निम्ति श्रद्धा तथा सदा स्मृतिका व्यक्तित्व होइबक्सिन्छ । मौसुफको तीन सय चारऔं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा हामी उहाँलाई नमन गर्दै श्रद्धासुमन अर्पण गर्दछौं ।

जस्तोसुकै शक्तिसंग पनि संघर्ष गरेर राष्ट्र एकिकरणमा सबै जात, सबै धर्म र सबै क्षेत्रका नेपालीको सकृय, सबल र सफल नेतृत्व गरेको शाहवंशीय राजसंस्थाको इतिहास सबैका सामु छर्लङ्ग छ । नेपाली जनताको खुशी र समृद्धिलाई नै आफ्नो रुचि ठान्ने शाहवंशीय परम्परा रहँदै आएको छ ।

बडामहाराजाधिराजको मार्ग निर्देशनको परिधिमा रही, हामीले नेपालीजनको एकता र बृद्धिमा जोड दिंदै आएका थियौं र छौं । तर कालान्तरमा कतैबाट उत्पन्न अवान्छित भ्रमको चपेटामा देश पऱ्यो । झण्डै दुई दशक अघि शान्ति ल्याउँछौं र आर्थिक प्रगति तर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरुको चाहना अनुसार हामीले “श्रीपेच र राजदण्ड” जनताको नासो जनताकै सुरक्षित संरक्षणमा बुझाई सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ ।

यो दायित्वबाट पलायन वा निषेधित राजनीतिका निम्ति कमजोरीको अनुमोदन थिएन । न त यो भावना आमजनतामा नै थियो । नारायणहिटी राजदरवारबाट हामी बाहिरीएको करीब दुई दशक बित्दा पनि देशले सामाना गरिरहनु परेको संकटले हामीलाई चिन्तित तुल्याएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो की भन्ने निराशा पैदा भएको छ ।

बडामहाराजाधिराजबाट बाइस बर्षको युवा अवस्था मै सुरु गरिबक्सेको एकिकरणको सफलता पछि आधुनिक नेपाललाई “चारवर्ण, छत्तिस जातको साझा फुलबारी” को रुपमा चित्रण गरिबक्सेको थियो । यो मुलुक राजाको मात्र होइन जनता र राजाको समान स्वामित्वको देश हो भन्ने सन्देश पनि दिइबक्सेको थियो । भाषण अनि जादू वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि ।

सबैजात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधीका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरि “पृथ्वी पथ” मा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आव्हान पनि छ । नेपाली विश्वमा जहाँ रहेपनि नेपालीमुलको भन्ने नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठासंग नेपालीको प्रतिष्ठा पनि संगै जोडिएको हुन्छ । मुलुक स्थायी वा अस्थायी रुपले छोडदैमा देशसंगको सम्बन्ध तोडिन सक्दैन ।

देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविश्यबारे निराशाको संकेत दिइरहेको थियो । अब पुँजी र पुँजीपतिहरु तथा कर्मवीर उद्यमीहरुको समेत पलयान हुन थालेको छ । यो क्रमलाई तत्काल निरुत्साहित र नियन्त्रण गर्न सकिएन भने मुलुक असफलताको संघारमा पुग्न सक्ने सम्भावनालाई लिएर हामी आहत भएका छौं । बडामहाराजाधिराजबाट स्वदेशको पुँजी पलायनमा रोक लगाउनु पर्ने पक्षलाई महत्वका साथ जोड दिइबक्सि “जनता सक्षम र बलिया भए मात्र देश बलियो हुन्छ” भनी दिव्य उपदेशमा उल्लेख गरिबक्सेको छ ।

जब जब युवापुस्ताको भावना, चाहना र आवश्यकताको सम्बोधन गरिदैन तब तब असन्तोष पैदा हुन्छ । जसले विद्रोहको रुप पनि लिनसक्छ भन्ने सत्य, नेतृत्वले हृदयगम गर्नै पर्दछ । नेतृत्वले पटक पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानी भयो ।

जसरी भविश्यका कर्णधारहरुको ज्यान गयो त्यसले सबैलाई स्तब्ध बनाएको छ । युवाहरुमा भ्रष्टाचारप्रति असहिष्णुता र आइटी प्रतिस्पर्धामा अग्रताको जोश देखिनु उज्वल भविश्यको संकेत हुन तर उन्नतिको गन्तव्यमा राजनिती चुक्यो भने अल्छिको सपना मात्र बन्न जान्छ । स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको मित खोज्दै हिड्छ । राष्ट्रिय सहमति विना निकास खोज्नु समय खेर फाल्नु मात्र हो । सम्मुन्नतिको यात्रामा सबै मिलेर अघि बढौं ।

नेपालको सम्बेदनशील अवस्था र बदलिँदो भूराजनीतिक परिस्थितिलाई बुझ्न नसक्दा हामी मित्रराष्ट्रहरुको विश्वास र भरोसा गुमाउने अवस्थामा पुगेका छौं । असन्तुलित बन्दै गइरहेको परराष्ट्र नीति र व्यवहारले राष्ट्रिय हितमा गम्भीर असर पुगिरहेको समयमा दिव्य उपदेश र बौद्धिक दृष्टिकोणहरूको महत्व अझ बढ्दै गएको छ । कतिपय देशले स्वार्थको लागि कुनै न कुनै सुरक्षा कवज खोज्दछन्, हाम्रो देशको सही छाहरी शान्तीको कवज हुनै पर्दछ । नेपाल निर्माणमा मार्गदर्शी र सेनापति बडामहाराजाधिराजको विरासत र वंशका प्रतिनिधीका रुपमा मेरो भूमिका स्पष्ट रहेको छ ।

पृथ्वीपथले वकालत गरेको राष्ट्रिय स्वतन्त्रता, सबैतहका भ्रष्टाचारलाई दण्डनीय अपराध मान्ने र कसैप्रति “घाह” नराख्ने शान्तिक्षेत्र नेपाल नै हाम्रा अभिष्ट र मार्गचित्र हुन । जनताको चाहनाबाट “कजाई” निर्धारित हुनुपर्ने परिकल्पना पृथ्वीपथका मौलिक आकाँक्षा हुन् ।

अन्त्यमा, जनता र राजाले एकिकरण गरेर निर्माण गरेको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसाथ गर्दै सबल राष्ट्र बनाउने महान कार्यमा सबैलाई जुटाउँ र नेपाललाई फेरी उठाउँ । श्री गोरखनाथले हामी सबैलाई सत्बुद्धि दिउन् । जय नेपाल !

पूर्वराजा ज्ञानेन्द्र शाहबाट ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा व्यक्त बिचार

ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर
काठमाडौं ।  नेकपा एमालेको आज सम्पन्न ११ औँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा केपी ओली पुनः निर्वाचित भएका छन् । उनले एमालेको अध्यक्षमा ह्याट्रिक गरेका छन् । उनको जित त अपेक्षित नै थियो तर मिडियाले जेनजी आन्दोलनपछि एमालेको नेतृत्वमा उनको पुनरागमन नहुने अड्कलबाजीहरु गरिरहेका थिए । परिणाम त्यस्तो आएन, ओली अध्यक्षमा अत्यधिक बहुमतले निर्वाचित भए ।

तर मतदाताले एउटा सन्देश भने दिए कि ओलीका सहयोगी र अन्ध समर्थक ठिक छैनन् । विष्णु रिमाल हार्नु, यति सम्म हार्नु कि केन्द्रीय सदस्यमा पनि नआउनु पहिलो सन्देश हो भने महासचिवमा सुरेन्द्र पाण्डेले ल्याएको मत अर्काे सन्देश हो । रिमालसँग जत्तिकै महासचिव दोहोर्याएका शंकर पोखरलेसँग पनि कार्यकर्ता खुसी छैनन् भन्ने सन्देश पाण्डेले पाएको मतले स्पष्टसँगै दिएको छ ।

आजको ओलीको जित नयाँ ब्रेकिङ त होइन तर पनि जेनजी आन्दोलन र त्यसमा भएको जनधनको क्षतिमा जसरी जाँचबुझ आयोगले उनलाई तारो बनाउने सुर कसिरहेको छ, त्यसको पृष्ठभूमिको यो जित केही होइन भन्ने पनि होइन । किनभने देशको ठूलो राजनीतिक पार्टीबाट यसरी अनुमोदित अध्यक्षसँग बयानका नाममा हुन र गर्न सक्ने हर्कतलाई यो जितले औँला भने ठड्याएकै छ ।

आजको अर्को  समाचार हो रास्वपाका सभापति रवि लामिछानेको रिहाई । उनको रिहाई भने अनपेक्षित थियो, तर भयो । आज साँझको यो घटनालाई समाचारका रुपमा मात्र नलिएर राजनीतिक घटनाक्रमको विकाससँग जोडेर हेर्ने पनि धेरै छन् । उनीहरुको प्रश्न छ— अब के हुन्छ ?

जेनजी आन्दोलनपछि उम्रिएका नयाँ दलहरु त जनअनुमोदित हुन बाँकी नै छ, तर रास्वपाले ८४ को चुनावलाई मिसन नै बनाएको थियो । उसले पुराना दललाई ८४ मा देखाइदिन्छौँ भनी थालेको अभियान अगावै देशले चुनावको घोषणा गरिसकेकोले त्यो चुनाव र यी रविको रिहाइको अबको संयोग के होला ? त्यसलाई अबका केही दिनका दलका, सरकारका र खासगरी नवनिर्वाचित ओलीका गतिविधिले पनि नयाँ स्वरुपमा परिभाषित गर्न सक्ने अनुमान गर्न सकिन्छ ।

हिजोका दिनको भाष्य के थियो भने रविको कुनै गल्ती छैन, तर पुराना पार्टीहरुले ८४ को निर्वाचनमा रास्वपाको धम्की देखेर जेल हालेका हुन् । रवि जेलबाट मात्र निस्किएका हुन्, सफाइ पाएका होइनन् । तर पनि एक नभई तीन अदालतमा मुद्धा रहेका रवि चुनावका केही दिनमात्र अघि रिहा हुनुलाई केवल रिहाइमात्र बुझ्नु हुँदैन ।

आजैका दिन सार्वजनिक भएको अर्को समाचार हो पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमण । उनी हिजो नै स्थलमार्ग भएर भारतको सिलीगुडी पुगेका छन् । समाचार स्रोतले भनेअनुसार उनको भारत भ्रमण र नेपालको राजनीतिक घटनाक्रमसँग कुनै सम्बन्ध त छैन, तर यतिखेरको उनको यो भ्रमण र करिब एक हप्ताको बसाईलाई केबल घुमघामका रुपमा मात्र पनि लिन सकिँदैन ।

उनले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का अध्यक्ष मोहन भागवतसँग पनि भेटघाट गर्नेछन् । अनि यो भेटघाटमा हुने नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगको सम्बन्धलाई नकार्न सकिने अवस्था पनि छैन । पूर्वराजा ज्ञानेन्द्र निकट स्रोतले नै राजनीतिक कुराकानी या भेटवार्ता हुन सक्ने कुरालाई नकार्न नसकिने बताउँछ ।

आजका यी तीन घटनाक्रम केवल समाचारका विषयवस्तु मात्र नभएर राजनीतिक घटनाक्रमसँग पनि जोडेर हेर्नुपर्ने र हेर्न सकिने कुरालाई नकार्न सकिन्न ।

जनमनोभावनाको ख्याल राखेर राज्य पद्धतिको सुधार गरौं : पूर्वराजा शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य प्रवलीकरण र गतिशील व्यवस्थापनका प्रमुख परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी रहेको बताउनुभएको छ ।

२०८२ विजय दशमीको अवसरमा एक शुभकामना सन्देश दिदै पूर्वराजा शाहले आउँदो पुस्ताको लागि नयाँ समय, आशा, विश्वासका साथ अघि बढाउने जिम्मेवारी पुरा गर्ने सबैको साझा कर्तव्य भएको पनि जनाउनु भएको छ ।

सन्देशमा मुलुकले नयाँ पुस्ताको इच्छाशक्ति र जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गरिएको छ । यसैगरी विगतमा देखिएका असफलता र कमीकमजोरीलाई सच्याएर भविष्यतर्फ अघि बढ्नु आवश्यक रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।

सन्देशमा भनिएको छ -आधुनिक प्रविधि, विज्ञान र शिक्षा अपनाउँदै राष्ट्रलाई प्रतिस्पर्धी बनाउनुपर्ने आवश्यकता रहेको र युवापुस्ताले राष्ट्रिय भावना, अनुशासन, नवीन सोच र जिम्मेवारीका साथ योगदान दिनुपर्ने जनाउनु भएको छ ।

के पूर्वराजा नारायणहिटी फर्कन नमानेकै हुन् ?
काठमाडाैं । जेनजीको आन्दोलनले गरेको सत्तापलटपछि गत भदौ २७ गते प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त हुनुअघि नेपालमा राजा आउने भन्ने विषयको चर्चा उत्कर्षमा थियो ।

प्रधानमन्त्री नियुक्तिको दुई रातअघि त मानिसहरुले हामीले बिहान उठ्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दिमा फर्किएको देख्न सक्नेछौँ भनेर मिडिया, सोसल मिडियामा पनि व्यापक चर्चा गरे । कतिले पूर्वराजा ज्ञानेन्द्रलाई नभई उनका नाती हृदयेन्द्रलाई गद्दिमा राख्ने तयारी भइरहेको पनि बताएका थिए ।

यता यस्तो हल्ला पनि चल्दै थियो भने उता नारायणहिटी राजदरबारको सरसफाई पनि चल्दै थियो । त्यस्तै त्यहाँबाट संग्रहालयको बोर्ड झिकेर राखिएको र रातारात व्यापक मात्रामा सरसफाई गरिएका तस्बिरहरु पनि आइरहेका थिए । त्यसकारण पनि राजा फर्कने समाचारका सत्यताहरुमा थप बल पुगेको पनि थियो ।

तर भएको के हो त ? के आन्दोलनकारी जेनजीहरुले राजा फर्काउने विषयमा सहमित गरेका हुन् ? अर्थात् राजा फर्काउने भनिएको सो वार्तामा को को थिए र उनीहरुले खास के भने भन्ने विषयमा भने स्पष्टसँग कतै आएको छैन ।

बिहीबार पूर्व प्रधानमन्त्री माधव नेपालले एउटा नयाँ सूचना यसै विषयमा सुनाए । उनले भनेको थिए— राजालाई फर्काउने खेल भएको थियो र पूर्व राजा ज्ञानेन्द्रसँग वार्ता पनि भएको थियो । तर यही अवस्थामा अर्थात् देशका प्रमुख राजनीतिक दलहरुको सहमति बिना आफू राजगद्दिमा नफर्कने उनले बताएपछि यो एजेण्डा पास हुन नसकेको हो ।

उनको यो अभिव्यक्तिपछि भदौ २७ अघिका दुई रातसम्म चलेको होहल्लाको सत्यता केही हदसम्म पुष्टि हुन्छ । माधव नेपालपछि यो कुरा अन्यत्रबाट पनि आउन थालेकाले पूर्वराजालाई राजगद्दिमा फर्काउन गरिएका ती खेलहरुको पर्दा विस्तारै खोल्दै गएको देखिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र निकट एक समाचार स्रोतले पनि यो समाचारको पुष्टि गरेको छ । जेनजीको आन्दोलनपछि सरकार निर्माणका लागि सुरु भएका आन्तरिक खेलहरुमा यो कुराको पनि चर्चा भएको र लगभग राजालाई फर्काउनेसम्म पुगेको स्रोतले बतायो ।

यता जेनजीका तर्फबाट वार्ताका लागि गएका खटिएका व्यक्तिहरु र सेनापतिका तर्फबाट भएका वार्ताहरुमा पनि सो प्रक्रिया अघि बढाउने सहमति भएको थियो । यसमा राष्ट्रपति रामचन्द्र पौडेल भने सहमत थिएनन् । तर पनि राष्ट्रपतिको राजीनामा मागेर यो एजेण्डा अघि बढाउने पनि कुरा भयो । हुनपनि त्यसबेला प्रधानमन्त्री र राष्ट्रपतिले पनि राजीनामा दिएको हल्ला चलेकै थियो ।

वास्तविकता यो हो कि यही अवस्थामा राजा ज्ञानेन्द्र राजगद्दि फर्कन नचाहेकै हो । जेनजी प्रतिनिधि, प्रधानमन्त्री बन्न तयार भएकी सुशिला कार्कीले पूर्वराजा ज्ञानेन्द्रलाई राजगद्दि फर्कन अनुरोध गरेकै थिए । तर शाहले भने आफूले अहिलेकै अवस्थामा नजाने, प्रमुख राजनीतिक दलहरुको सहमति बिना फर्कंदा पछि फेरि राजतन्त्रकै विरुद्ध आन्दोलन नहोला भन्ने कुनै सुनिश्चितता नहुने र यो संविधानले राजालाई नचिन्ने भएकाले संविधामा संशोधन गरेर राजसंस्थासम्बन्धी व्यवस्था भएपछि मात्र जाने भन्ने कुरा शाहबाट आएको स्रोतले बतायो ।

राजाको स्थानका बारेमा संविधानमै स्पष्ट व्यवस्था गर्नुपर्ने र जेनजी सहित सबै राजनीतिक शक्तिहरुसँग सहमतिका आधारमा राजगद्दिमा फर्कने अडान पूर्वराजा ज्ञानेन्द्रले लिएपछि यसपटकको राजा फर्कने प्रक्रिया रोकिएको समाचार स्रोतले बतायो ।

यदि अहिले नै विना कुनै आधार जेनजीहरुको आन्दोलनकै आधारमा राजा फर्कने हो भने यो स्थायित्व नहुने र संवैधानिक र प्रमुख राजनीतिक दलहरुको सहमति र सुनिश्चितता नबन्ने हो भने त्यसपछि हुन सक्ने आन्दोलनले फेरि नेपालमा राजसंस्थाको पुनःस्थापनाको एजेण्डा सधैँका लागि अन्त्य पनि हुनसक्ने आँकलन पूर्वराजा ज्ञानेन्द्रले गरेपछि यो प्रक्रिया रोकिएको समाचार स्रोतको दाबी छ ।

स्रोतका अनुसार यदि यो वातावरण बनेमा एजेण्डा भने अघि बढ्न सक्छ । यस विषयमा पूर्वराजा र उनका मानिसहरु सम्पर्कमै रहेका र कुराकानी पनि भइरहेको छ ।

निर्मल निवास श्रोतका अनुसार नयाँ बर्ष २०८२ का दिन जारी भएको सन्देश नै निकासका लागि उपयुक्त गन्तव्य हो । नयाँ बर्ष २०८२ का अवसरमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले धेरै बिषयमा दृष्टिकोण सार्वजनिक गर्नुभएको थियो ।

सन्देशमा पूर्वराजा शाहले जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता रहेको बताउनुभएको थियो । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पनि उल्लेख गर्नुभएको थियो । उहाँले नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन स्तरको जागरुकता पैदा भएको छ त्यसलाई सकारात्मक रुपमा जनाउनु भएको थियो । उहाँले नयाँ बर्ष दुई हजार बयासीमा नेपाली जनताको चाहना अनुरुपको परिणाम हासिल हुने विश्वास थपिएको जनाउनु भएको थियो ।

त्यस बेला जारी सन्देशमा भनिएको छ

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुऱ्याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने वहुदलीय प्रजातन्त्र र सम्वैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रही आएको छ । वर्तमानमा बदलिंदो जनचाहनाको पनि कदर गरि राज्यशक्तिको श्रोत जनता नै हुन भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ ।

राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला रु सन्तुलित कूटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूलसार हो । यही नै राजनीतिको मूलधार हुनु पर्ने हो ।

विश्वको बदलिंदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरुलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्न परिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्म निर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनु पर्ने समय आएको छ । स्वदेशी श्रोत साधनको प्रयोगले स्वदेश मै उतपादन गरि स्वदेश मै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्र भित्रैबाट मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनु पर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरु देखा परिरहेका छन् ।

विश्व कै उत्कृष्ट यो भूमीमा, बाँच्न समेत गाह्रो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकी युवा शक्तिको श्रम र शीपलाई स्वदेश मै उच्च उपयोग गर्नु पर्दछ । युवा स्वरोजगारको निम्ति अवसरहरुको खोजी गरि नेपाल मै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नु पर्ने आजको पहिलो आवश्यकता बनेको छ। सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ ।

विश्वभरि छरिरहेका नेपालीहरु एकताको सूत्रमा बाँधिन अब ढीला गर्नु हुँदैन। आफ्ना ज्ञान, शीप र सामर्थ्य मात्र होइन, त्यहाँ आर्जेको पुँजी, श्रोत र साधन समेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबैमा जागृत गराउनु परेको छ । प्रकृतिले दिएको स्वर्ग जस्तै सुन्दर हिम्वत् खण्ड नेपाल श्रृंगार्न र विकासको विकुल फुक्न कसेर लाग्न र लगाउन ‘स्वदेश फर्क स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ ।

जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नु पर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार गरि यीनको आधुनिकरण अनिवार्य भइसकेको छ । युग प्रविधीको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्ने छ । ‘सूशासन र भ्रष्टाचारमुक्त प्रशासन’ मूल नारा हुनु पर्दछ ।

हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं। त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासहरुमा हाम्रो एकबद्धता रहने छ। मुलुकको गिर्दो अर्थ व्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्र ऋण र वेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको चिन्ताको मूल विषय हो। नागरिक पलायनसँगै पूँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थेग्नै नसक्ने स्तरमा झाँगिएको छ। यो स्थितिमा नयाँ बर्षलाई उपलब्धिमूलक बनाउन हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ ।

नेपाली नेपाली बिच द्वन्द नहोस् परस्पर अविश्वास र हिंसाको दुस्खद मनोस्थिति नबनोस्, देशवासीहरु कुनै पनि नाम र निहुँमा धुर्विकृत नबनून् भन्ने तर्फ हामी सदैब सचेत र सम्बेदनशील छौं । नेपालीको एकतामा नै नेपालको भविश्य निहित रहेको यर्थाथलाई हामीले आत्मसाथ गरेका छौं, सबैले यही वास्तविकतालाई आत्मबोध गर्नु पर्दछ भन्ने ठान्दछौं। हाम्रो आव्हान हामी कसैको निजी स्वार्थपुर्तिका निम्ति होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन समग्र राष्ट्रको स्वाधिनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो। आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो। अनि आफ्नो स्वतस् र अस्तित्व हामी आफैले उठाउने हो ।

संसार धेरै अघि बढीसक्यो तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नु पर्छ, हाम्रा कदम चल्नु पर्छ । हरेक समस्याको समाधान सम्वाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्छ ।

आगामी बर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो संझना बन्नु पर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं। नयाँ बर्षले नयाँ आशा, उमंग र उत्साह ल्याओस्, अनि नेपालीको सुनौलो भविश्यको सुनिश्चिता होस् ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल !

हिमानी कोषले ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ कार्यक्रम गर्ने, पूर्वराजा ज्ञानेन्द्र पनि कार्यक्रममा सहभागी हुने
काठमाडौं । सामाजिक क्षेत्रमा काम गर्दै आएको हिमानी कोषले इन्टरनेसनल क्लबसँगको सहकार्यमा युवालाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रम गर्ने भएको छ ।

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम भोलि सानेपास्थित इन्टरनेसनल क्लबमा हुनेछ ।

कार्यक्रमको मुख्य उद्देश्य आफ्नो मातृभूमिप्रति दायित्वबोध गरी नेपालमै केही गर्न चाहने युवाहरूलाई सल्लाह, सुझाव र अवसर प्रदान गर्नु रहेको कोषकी सदस्य–सचिव शुभेच्छा शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उहाँले विदेशबाट फर्किएका वा स्वदेशमै रहेर उद्यम, व्यवसाय गर्न चाहने नव–उद्यमीहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभएको छ ।

कार्यक्रमको महत्वपूर्ण पक्ष नयाँ उद्यमीलाई आर्थिक सहायता प्रदान गर्न ‘माइक्रो–सिडिङ रिभल्भिङ फन्ड’ (लघु–बीज घुम्ती कोष) को स्थापना गर्ने लक्ष्य राखिएको छ । यो कोषमार्फत् युवा उद्यमीहरूलाई आफ्नो व्यवसाय सुरु गर्न प्रारम्भिक पुँजी उपलब्ध गराइने कोषले जनाएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार कार्यक्रममा विभिन्न क्षेत्रका स्थापित उद्योगी–व्यवसायीहरूको सहभागिता रहनेछ । साथै, सहभागीहरूका लागि विभिन्न व्यावसायिक स्टलहरू र मनोरञ्जनात्मक खेलहरूको समेत आयोजना गरिनेछ ।

कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह, कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाह लगायत पूर्व राजपरिवारका अन्य सदस्यहरूको पनि सहभागिता रहने बताइएको छ ।