जेनजी आन्दोलनका सहिद – News Polar

जेनजी आन्दोलनका सहिदः माल्टा जाने तयारीमा हुनुहुन्थ्यो योगबहादुर
चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ गाउँमै उच्च माध्यमिक तहको अध्ययन सकेर तीन वर्षअघि आत्मनिर्भर बन्ने सिलसिलामा काठमाडौँ जानुभएको थियो । स्नातक तहमा अध्ययनरत श्रेष्ठ पछिल्लो समय माल्टा जाने तयारी गर्दै हुनुहुन्थ्यो ।

योगबहादुरका दाजु रामकृष्ण श्रेष्ठ अभिभावकका रुपमा प्रत्येक दिनजसो भाइलाई फोन गरिरहनुहुन्थ्यो । दाजुभाइबीच पारिवारिक समृद्धिका विषयमा भलाकुसारी हुन्थे । गत भदौ २३ गते काठमाडौँमा जेनजी पुस्ताको आयोजनामा सरकारलाई खबरदारी गरिएको थियो । सो क्रममा प्रहरी र विद्यार्थी झडप भयो । त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर ठूलो सङ्ख्यामा आन्दोलनकारी युवा विद्यार्थीको निधन भयो । सोही घटनाका विषयलाई लिएर भोलिपल्ट काठमाडौँसहित देशभर विरोध प्रदर्शन भयो ।

योगबहादुर त्यसदिनको विरोध प्रदर्शनमा सामेल हुनुभयो । गौशालाचोक नजिक गोली लागेर योगबहादुरको निधन भइसकेको रहेछ । भदौ २४ गते दिउँसो २ बजेतिर रामकृष्णले काठमाडौँको हालखबर बुझ्न भाइ योगबहादुरलाई फोन गर्नुभयो । फोन उठे पनि तर त्यो आवाज भाइको थिएन । “भाइ आन्दोलनस्थलमै गोली लागेर ढलिसकेका रहेछन्, अर्को एक जनाले फोन उठाएर तपाईंको मान्छेलाई एम्बुलेन्समा लगेको छ भनेपछि हामी अत्तालियौँ, उनलाई रातभर काठमाडौँका अस्पतालमा खोज्यौँ, पछि बुझ्दै जाँदा त्रिवि शिक्षण अस्पतालमा भाइको शव फेला पर्यो,” गहभरि आँशु पार्दै रामकृष्णले भन्नुभयो ।

योगबहादुरलाई आन्दोलनका क्रममा कोखामा गोली लागेको रहेछ । “भ्रष्टाचारमुक्त देश माग्दा भाइले गोली खाएर ज्यान गुमाउनुप¥यो, जसले सिङ्गो परिवार मर्माहत त भएको छ, त्यससँगै बलिदानी खेर जाला भन्ने चिन्ताले पिरोलेको छ,” दाजु रामकृष्णले भन्नुभयो । योगबहादुर जेन जी आन्दोलनमा सहभागी भएका बारेमा परिवारजनलाई थाहै थिएन । परिवारजनलाई भाइ कोठामै बसेको होला भन्ने लागेको थियो । “उ आन्दोलनमा गएको हामीलाईपछि मात्रै थाहा भयो, यस्तो घटना घट्ला भन्ने कल्पना पनि थिएन,” रामकृष्णले भन्नुभयो ।

गाउँमै हुँदा पनि योगबहादुर दुःखी गरिबको सेवामा तल्लिन हुनुहुन्थ्यो । विपन्न र उपचार नपाएर नागरिकको मृत्यु भएका घटनाले उहाँलाई घोचिरहने गथ्र्यो । योगबहादुर पुतलीसडकमा फूपुको घरमा बस्नुहुन्थ्यो । योगबहादुरको निधनको खबर सुनेपछि कामका सिलसिलामा बाह्रबिसे बजार झर्नुभएका दाजु रामकृष्ण सबै काम छाडेर हत्तपत्त घर फर्किनुभयो । काठमाडौँमा भएका आफन्तलाई फोन गरेर भाइका बारेमा बुझ्न आग्रह गर्नुभयो । तर, भाइको बारेमा केही जानकारी पत्ता लागेन । त्यो दिन सम्झदै दाजु रामकृष्ण भन्नुहुन्छ, “त्यो दिन भाइको अवस्था पत्ता लगाउनै सकिएन ।”

भाइको मोबाइल, कलेजको परिचयपत्र केही नहुँदा अस्पतालले समेत पहिचान गरेर जानकारी दिन सकेनन् । रातिसम्मै आफन्त र साथीसँग सोधपुछ चलिरह्यो । कतै समाचार वा सामाजिक सञ्जालमा गोली लागेर मृत्यु भएको भन्ने सुन्दा पनि उहाँको परिवार आत्तिन्थ्यो । रातभर जागै बसे पनि परिवारले योगबहादुरको खबर पाएन । भदौ २५ गते बिहानै बुबा तिलकबहादुर र आमा देवीमायासहित परिवारजन काठमाडौँ पुग्नुभयो ।

“त्यहाँ गएर खोजबिन गर्दा धेरै घाइतेलाई सिभिल अस्पतालमा राखिएको थाहा पाएँ । त्यहाँ गएँ तर योगबहादुर भेटिएनन् । अस्पताल–अस्पताल चहार्दै गएँ । घाइते र शव दुवै हेर्न थाले । जब शिक्षण अस्पतालको शवघर पुगेँ, त्यहाँ योगबहादुरको शव भेटियो”, दाजु रामकृष्णले भन्नुभयो ।

घरका कान्छो छोरा योगबहादुरको सानैदेखि आमाबुबालाई खुसी र सुखी राख्ने सपना थियो । रामकृष्णका अनुसार योगबहादुर कुनै राजनीतिक दलमा आबद्ध हुनुहुन्थेन । जेनजी आन्दोलनमा जानेबारे घरपरिवार कसैलाई जानकारी पनि थिएन । भदौ २३ गते काममा व्यस्त भएकाले रामकृष्णले दिउँसो मात्र फोन भाइलाई फोन गर्नुभएको थियो । उहाँलाई योगबहादुर कोठामै छ होला भन्ने लाग्थ्यो । “तर अब उ त गइसक्यो । भाइको बलिदान खेर नजाओस् भन्ने परिवारको चाहना छ”, दाजु रामकृष्णले भन्नुभयो ।

सहिद परिवार व्यक्तिगत भन्दा पनि सामूहिक रूपमै अगाडि बढ्नुपर्ने रामकृष्णको धारणा छ । जेनजी आन्दोलनले चाहेजस्तो परिवर्तन हुनुपर्ने उहाँ बताउनुहुन्छ । “यति ठूलो बलिदान, पुरानै नेता र दललाई प्राथामिकता दिन भएको होइन, निर्वाचनबाट नयाँ शक्ति आउनैपर्छ”, उहाँले भन्नुभयो ।

जेनजी आन्दोलनको बलमा गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ । निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारले राजनीतिक दल, जेनजी पुस्तासँग निरन्तर छलफल र संवादलाई अघि बढाइरहेको छ । जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ । जेनजी सहिद परिवारलाई सरकारले राहतस्वरुप रु १५ लाख आर्थिक सहयोग गसिकेको छ । सहिद परिवारलाई रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ । रासस

जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान
त्रिशूली । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलास निवासी ९० वर्षीया मानकुमारी राईको अन्तिम आशा यही छ, ‘देशका लागि छोराले गरेको बलिदानीले सबैको राम्रो होस् ।’ कठेरीस्थित आफ्नै सन्तानका आठ–दश घरले भरिएको बस्तीको बीचमा भूकम्पपछिको सरकारी अनुदानमा निर्माण भएको सानो एककोठे घरमा उहाँको बसोबास छ । १५ सन्तान र ४१ नाति–नातिनाको अभिभावक भए पनि मानकुमारीको जीवन बाँच्ने सहारा भने कान्छा छोरा लच्छुमान नै हुनुहुन्थ्यो ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीति र अर्थतन्त्रमा देखिएको असमानता, अन्याय र अपारदर्शिताका विरुद्ध जेनेरेसन–जेड ९जेनजी० युवाको आह्वानमा काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनमा ३९ वर्षीय लच्छुमान राई सहिद हुनुुभयो । आठ छोरा र सात छोरीमध्येका कान्छा लच्छुमानले राष्ट्रका लागि दिनुभएको बलिदानलाई पत्याउन नसक्नुभएका आमाको मनमा अझै पनि छोरा घर फर्कने आशा मरेको छैन । घरमा पुग्ने जो कोहीलाई ‘लच्छु आयो कि १’ भन्ने आशामा मन तानिन्छ । अनि टक्क रोकिएर सम्हाल्न पुग्नुहुन्छ, ‘बाबु त देशका लागि बोल्दाबोल्दै कहिल्यै नबोल्ने भइसक्यो ।’

गत भदौ २३ मा काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनमा राज्यबाट गरिएको बर्बर दमनको भोलिपल्ट भदौ २४ गतेको विरोधमा लच्छुमान गम्भीर घाइते हुनुभयो । टाउकोमा गोली लागेर ढल्नुभएका उहाँलाई कस्ले ट्रमा सेन्टर पु¥यायो थाहा छैन । अस्पताल पुग्दा उहाँको होस नै थिएन । अन्तिम बोली कति बेला अवरुद्ध भयो थाहै भएन । त्यही कारण घरपरिवारमा खबर आउन चार दिन लाग्यो ।

उहाँ घाइते भएको अपुष्ट खबर घरमा २७ गते साँझ आयो । भोलिपल्टै अस्पताल पुग्नुभएका आमाले छेदविच्छेद बनेको छोराको अनुहार हेर्न सक्ने अवस्था नै थिएन । च्याप्प खुट्टा समातेर भन्नुभयो ‘यो त लच्छु हो ।’ सुम्सुमाउँदै छोरालाई अँगाल्न खोज्नुभएका मानकुमारीलाई रोक्दै चिकित्सकले आश्वस्त पार्दै भन्नुभयो, “आमा, तपाईंको छोरालाई केही दिनमा ठीक हुन्छ ।” यही आश्वासनका कारण उहाँले आजसम्म छोराको मृत्युलाई पत्याउन सक्नुभएको छैन । छोरा ठीक हुने त्यो ‘केही दिन’ कहिल्यै आएन । अन्ततः असोज १३ गते फूलपातीका दिन लच्छुमानले यो संसार सधैँका लागि छाड्नुभयो ।

साधारण लेखपढ मात्रै गर्नुभएका लच्छुमान सानै उमेरदेखि अन्याय र अत्याचारविरुद्ध असाधारण साहसका साथ उभिनुहुन्थ्यो । न्याय, समानता र परिवर्तनप्रतिको उहाँको चेतना गहिरो थियो । घरको कमजोर आर्थिक अवस्था, आम्दानीको स्थायी स्रोतको अभावपछि उहाँ आठ वर्षअघि राजधानी काठमाडौँ जानुभयो । उमेरले ९० वर्ष पार तर, नागरिकतामा ८२ वर्ष उल्लेख गरिएको आमा मानकुमारीलाई छोराले काठमाडौँ किन गएको भन्ने प्रश्नको उत्तर कहिल्यै दिनुभएन ।

सात–सात जना छोराछोरी पछि अर्थात् पन्ध्रौँ सन्तानका रूपमा जन्मनुभएका लच्छुमान परिवारको सबैभन्दा कान्छा सदस्य हुनुहुन्थ्यो । मेलापर्म र ज्यालामजदुरी गरेर घर चलाउँदै आउनुभएका लच्छुमान २०७२ सालको भूकम्पको पुनर्निर्माण कार्य सम्पन्नपछि गाउँघरमा गुम्दै गएको रोजगारी र विवाहपश्चात् थपिएको आर्थिक जिम्मेवारीले विदेशको यात्राको तयारी हुनुहुन्थ्यो । बाध्यताले विदेशको बाटो देखाए पनि मनले पनि मानिरहेको थिएन । दाजुभाइसँगको सल्लाहमा उहाँले परिवारको उज्ज्वल भविष्य र रोजगारीको खोजीमा श्रीमती र छोरीसहित काठमाडौँ पसेर ज्याला–मजदुरी गर्न थाल्नुभयो ।

निर्माण क्षेत्रमा ज्यालामजदुरी गरेर पाउने आम्दानीले घरखर्च चलाउनु उहाँको बाध्यता थियो । बुबाआमाको दुःखमा हुर्कनुभएका उहाँले जति गर्नुपर्ने दुःख आफू गरेर हुर्कंदै गरेको आफ्नो छोरी र अनि यो देशका सन्ततिले भने त्यस्तो दुःख कहिल्यै पाउन नपरोस् भन्ने चाहनुहुन्थ्यो । यही सपना पूरा गर्न पारिवारिक जिम्मेवारीको आर्थिक भारले थिचिए पनि अन्यायको विरुद्ध आवाज उठाउन समय मिल्नासाथ उहाँ यस्तै अवसरको खोजीमा लाग्नुहुन्थ्यो । जेनजी आन्दोलन उहाँको ती लक्ष्य र सपनाका लागि योगदान गर्ने अवसर बन्यो । परिवर्तनका लागि उहाँको बलिदानीमा राष्ट्रले गर्व गरेको छ ।

दैनिक ज्यालादारीबाट भएको सामान्य आम्दानीले लच्छुमानको दैनिकी त चल्थ्यो तर उहाँको मनको पीडा भने कहिल्यै स्थिर हुन सकेन । उहाँका आँखामा सपनाहरू धेरै थिए । त्यसमध्ये ती सपनाको मूल केन्द्रमा श्रीमतीको साथ र छोरीको उज्ज्वल भविष्य थियो । दुर्भाग्यवश, काठमाडौँ पसेको दुई वर्ष नपुग्दै श्रीमती छोरीसहित अर्कैसँग विवाह गरेर गइन् । त्यसपछिका दिनमा पनि लच्छुमानमा छोरीप्रतिको माया भने कहिल्यै कम भएन । वृद्ध आमाको सेवा र पालनपोषणको जिम्मेवारी पूरा गर्दै जीवनलाई नयाँ आशा र परिकल्पनामा अघि बढाउँदै उहाँले आफ्ना सम्पूर्ण दुःखहरू मौन रूपमा दैनिक ज्यालामजदुरीमा पोख्दै आउनुभएको थियो । पीडामाथि संयम र सपनामाथि विश्वास राख्दै जीवन बाँच्नुभएका लच्छुमानको जीवन आज परिवर्तनको आन्दोलनमा समर्पित एउटा बलिदान बनेको छ ।

वृद्ध आमाले लच्छुमानलाई अर्को विवाहका लागि बारम्बार आग्रह गर्दै आउनुभएको थियो । साथीभाइले पनि दबाब दिइरहेका थिए तर उहाँले ती सबै प्रस्ताव अस्वीकार गर्दै आफू, परिवार र देशमा न्याय र परिवर्तनको पक्षमा अडिग रहने निर्णय लिनुभयो । “श्रीमती त गइन्, तर छोरी त मेरो रगत हो,” भन्ने भावनाले भरिएको उहाँको मनमा छोरीलाई आफैँ हुर्काएर असल मान्छे बनाउने दृढ चाहना थियो । उहाँको त्यही अधुरो सपना पूरा गर्नुपर्ने जिम्मेवारी आएको छ । उहाँको बलिदानीले आम युवाको भावना र देशप्रतिको जिम्मेवारीलाई एक मूर्तरूप दिएको छ । परिवर्तनको पक्षमा उभिएका हजारौँ युवाको आवाजसँगै आन्दोलनबाट गठन भएको वर्तमान सरकार र सचेत युवा पुस्ताको काँधमा अहिले त्यो अधुरो सपना पूरा गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ ।

जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नेलाई सरकारले गत कात्तिक १७ मा सहिद घोषणा गर्दै परिवारलाई रु १५ लाख क्षतिपूर्ति दिने निर्णय भएको दुई महिना बित्यो । उहाँको नाममा परिवारले पाउने क्षतिपूर्ति रकम जिल्ला प्रशासन कार्यालय नुवाकोटको बैङ्क खातामा छ । उक्त रकम निकाल्न श्रीमती र छोरी पहिलो हकदार हुने कानुन छ । श्रीमती अरूसँग गए पनि क्षतिपूर्ति रकमसहित पाउने अन्य सेवासुविधामा छोरीको हक हुने कानुनी व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागार्इंले जानकारी दिनुभयो । उक्त सुविधाका लागि परिवारले छोरीको खोजी गर्न प्रहरीको सहयोगमा पुग्दा लच्छुमानको श्रीमती अर्कैसँग गएको र छोरीलाई पनि अर्कै व्यक्तिलाई बुबा बनाएर जन्मदर्तासहितका कागजात बनाएको बताइएको छ ।

सहादत प्राप्त गर्नुअघि झण्डै १९ दिनसम्म लच्छुमान राईको ट्रमा सेन्टरको सघन उपचार कक्ष ९आइसियू०मा उपचार भएको थियो, जसको मुख्य खर्च सरकारले व्यहोरेको थियो । तर, अस्पताल बाहिरबाट खरिद गरिएका औषधि, परीक्षणलगायत अन्य व्यवस्थापनको खर्च जुटाउने क्रममा ऋणमाथि ऋण थपिँदै गयो । लच्छुमानका दाजु राजु राईले दुःख पोख्दै भन्नुभयो, “सरकारी उपचार बाहेकका खर्च आफैँ जुटाउनुप¥यो, भाइको उपचारका क्रममा लागेको ऋण अझै तिर्न बाँकी छ ।”

सामाजिक अभियन्ता आशिका तामाङले अन्त्येष्टिका लागि अभाव भएको खर्च टार्न थप दिनुभएको रु एक लाख नगदले उहाँहरुलाई ठूलो राहत मिलेको छ । “सहिद परिवारको एकजना सदस्यले रोजगारी पाउने भन्ने सुनेका छौँ,” लच्छुमानका अर्का दाजु चन्द्रबहादुर भन्नुहुन्छ, “परिवारका केहीले गाडी चलाएर खर्च पु¥याउँदै आएका छौँ । बाँकी खेती किसानी र ज्यालामजदुरी गर्छौं । जानेको सीप केही छैन । पढाइ कसैको छैन । राज्यले जे गरिदिए पनि हाम्रो लागि त्यो नै राम्रो हुनेछ ।”

देशमा जेनजी युवाहरुको बलिदानीबाट सुरु भएको परिवर्तनका थुप्रै आयाममध्ये आगामी फागुन २१ गतेको आमनिर्वाचन पनि एक महत्वपूर्ण हो । तर चुनावी माहोलले सहिद लच्छुमानको परिवारलाई भने छोएको छैन । उहाँको वृद्ध आमा, दाजुभाइहरु अहिले पनि कमजोर आर्थिक अवस्थाबीच जीवन गुजारिरहनुभएको छ । साहुबाट लिएको ऋण र त्यसको ब्याजको भारी बोकेर बस्नुपरेको छ । खानेपानीको चरम अभाव छ । सडक सुविधा छैन । बालबच्चालाई विद्यालय पठाउनु त परै जाओस्, जीविकोपार्जनका लागि उनीहरूलाई समेत ज्यालामजदुरीमा लगाउनुपर्ने बाध्यता रहेको लच्छुमानका दाजु चन्द्रबहादुर राईले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्नो जग्गाको खेतीको आम्दानीले तीन महिना पनि पुग्दैन । बाँकी समय ज्यालामजदुरी गरेर बाँच्नुपरेको छ ।” अबको निर्वाचनका उम्मेदवारले आफ्ना कुरा बुझ्छन् कि भन्ने आशा उनीहरुको छ । रासस

जेनजी आन्दोलनका सहिद: ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?
काठमाडौँ । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद अनिश पराजुलीका बुबा भीमबहादुर भन्नुहुन्छ, “अब हामीले पाउने सान्त्वना के होला ?” गोरखा पालुङ्टार नगरपालिका-३ का अनिश आफ्नै देशमा केही गर्नुपर्छ भन्ने दृढ सोच राख्ने व्यक्ति हुनुहुन्थयो ।

भीमबहादुर छोरो सम्झिँदै भन्नुहन्छ, “म केही गर्छु, व्यावसायिक हिसाबकिताब मिलाएर परिवारलाई सुख दिन्छु भन्ने उनको सोच थियो ।” व्यवहारमा अलि कडा देखिए पनि कुराकानी सुरु गरेपछि सबैलाई छोइहाल्ने अनिश देशको अवस्थाबारे छरछिमेक र साथीभाइमा सधैँजसो गम्भीर भएर कुरा गर्नुहुन्थ्यो । “यसरी बिग्रँदै गयो भने देश भिखारी हुन्छ, जनता पनि अप्ठ्यारोमा पर्छन्” उहाँको यो चिन्ता परिवारले पटक–पटक सुनेको थियो ।

जेनजीले शान्तिपूर्ण प्रदर्शन भन्दै गत भदौ २३ गते आह्वान गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको दमन र निर्दोष युवाहरूको मृत्युले अनिशलाई गहिरो पीडा दिएको थियो । उहाँ जेनजी आन्दोलनका औपचारिक सदस्य हुनुहुन्थेन तर अघिल्लो दिनको घटनाले उहाँलाई चुप बस्न नसक्ने बनायो । देशमा भ्रष्टाचार बढ्यो भनेर आन्दोलनमा गएका स्कुले पोसाक लगाएका बच्चा मारिएको देखेर उनलाई झन् आक्रोशित बनायो ।

भदौ २४ गते बिहान बाबुछोरासँगै हुनुहुन्थ्यो । करिब ११ बजेतिर अनिश ‘एकछिन विरोध प्रदर्शन भएको ठाउँमा पुगेर आउँछु’ भन्दै घरबाट निस्किनुभयो । ५–७ वटा मोटरसाइकलमा साथीहरूसँगै उहाँ गोङ्बुतर्फ लाग्नुभयो । “अनिशले भिडको दृश्य मोबाइलबाट लाइभ देखाइरहेका थिए भन्ने सुनेको थिएँ,” भीमबहादुर भन्नुहुन्छ, “तर मैले त्यो लाइभ हेरिनँ ।”  करिब दिउँसो २ बजेतिर ‘बाबुलाई पाखुरामा गोली लाग्यो’ भन्ने खबर आयो । “छोरो घाइते भयो भनेपछि बुहारीलाई नजानु, म जान्छु भनेर मेट्रो अस्पताल महाराजगञ्ज पुगेँ,” उहाँ सम्झनुहुन्छ, “त्यहाँ पुग्दा थाहा पाएँ—उनी त घटनास्थलमै बितिसकेका रहेछन् ।”

त्यो दृश्य सम्झिँदा उहाँ अझै सम्हालिन सक्नुहुन्न । “हामीले छोरा गुमायौँ, दुई जना नातिहरूले बुबा गुमाए, बुहारीको सिन्दुर पुछियो, आमाको काख रित्तियो,” गला अवरुद्ध पार्दै भीमबहादुरले भन्नुभयो, “हाम्रो परिवारको मियो नै उखेलियो ।” अनिशलाई सरकारले सहिद घोषणा गरिसकेको छ । तर सहिद घोषणाले मात्रै पीडा कम नभएको भीमबहादुरको भनाइ छ ।

“देशका लागि छोराले बलिदानी दिए” उहाँ भन्नुहुन्छ, “तर हामी सामान्य परिवार हौँ । एक पेट खान जसोतसो पुगेको थियो, अबको भविष्य झन् अनिश्चित देखिएको छ ।”

अनिशकी श्रीमती मञ्जु पौडेलको लागि जीवन एकाएक अवरुद्ध बनेको छ । “मेरो दुई साना छोरा छन्, अब उनीहरुको भविष्यले सधैँ चिन्तित बनाएको छ” उहाँ भन्नुहुन्छ । अनिश–मञ्जुका जेठो छोरा निकोलस १४ वर्ष र कान्छो मेल्सन दुई वर्षका छन् । निकोलस अहिले कक्षा आठमा पढ्दै छन् । करिब १५ वर्षको वैवाहिक जीवनमा अनिश लामो समय वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । विसं २०४० मङ्सिर १९ गते गोरखाको पालुङ्टारमा जन्मनुभएका अनिस कोरोना महामारीपछि दुबई र कतारको लामो बसाइँ अन्त्य गर्दै स्वदेशकै केही इलम गर्ने लक्ष्य लिएर फर्कनुभएको थियो ।

काठमाडौँको बसुन्धारामा साझेदारीमा कार्पेट व्यवसाय सुरु गर्नुभयो । व्यवसायले गति लिन नपाउँदै कोरोना महामारी फैलियो । कोरोनाका कारण साझेदार र उनकी श्रीमती दुबैको निधन भएसँगै व्यवसाय पनि चौपट भयो । कार्पेट व्यवसाय बन्द भएपछि पराजुलीले काठमाडौँकै रमाइलोडाँडामा जस्ताको टहरा बनाएर सानो किराना पसल सञ्चालन गर्नुभयो । विदेशबाट कमाएको पैसाले एकतले घर निर्माण गर्नुभएको थियो ।

पछि कोरोनाको समय र व्यवसायको असफलताले त्यो पनि बेच्ने अवस्था आयो ।  “उहाँ अरूलाई परेको अन्याय सहन नसक्ने मान्छे हुनुहुन्थ्यो,” मञ्जु भन्नुहुन्छ, “अघिल्लो दिन विद्यार्थीमाथि गोली चलेको घटना अन्याय हो, यसको विरोध गर्नुपर्छ भनेर उहाँ जानु भएको, फर्कनुभएन ।” त्यसदिन दिउँसो २ः३० बजेतिर गोली लागेको खबर छिमेकीबाट मञ्जुले थाहा पाउनुभयो । उहाँलाई अस्पताल पु¥याउँदा ढिला भइसकेछ । पतिको निधनपछि मञ्जुलाई अब के गर्ने, कसरी बच्चा हुर्काउने ? भन्ने प्रश्नले सताएको छ ।

अनिश पछिल्लो समय आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्थ्यो । किराना पसल भए पनि ग्राहकका घरघरमा दैनिक उपभोग्य सामान पु¥याउन लैजाने गर्नुहुन्थ्यो । पसल रामै्र चल्दै थियो । अब यो कसरी के गर्ने र घर परिवार धान्ने ? भन्ने छटपटी मञ्जुलाई भएको छ । अनिशका नजिकका साथी सन्दीप खत्री जेनजी सुशासन योद्धा अनिशलाई समाजसेवी स्वभावका व्यक्तिका रुपमा सम्झिनुहुन्छ । “आफ्नो काम जतिसुकै भए पनि अरूलाई समस्या प¥यो भने पहिला सहयोग गर्ने मान्छे थिए अनिश,” उहाँ भन्नुहुन्छ, “पछिल्लो समय देशमै केही गर्नुपर्छ भन्ने सोच उनमा थियो ।”

भदौ २३ गते नयाँ बानेश्वरमा स्कुले विद्यार्थीमाथि भएको गोली प्रहारको घटनाबारे उहाँहरूबीच लामो कुराकानी भएको थियो । “निर्दोष बच्चाहरू मारिनु देशका लागि दुर्भाग्य हो भनेर उनी निकै चिन्तित थिए,” सन्दीप सम्झनुहुन्छ । घटना भएको दिन त्रिवि शिक्षण अस्पतालमा रहेका सन्दीपले मेट्रो अस्पतालमा आफ्नो हितैषी अनिशको निधन भएको थाहा पाउनुभयो । “सरकारबाट सहिद परिवारले पाउने रु १५ लाख सहयोग पाएका छन् तर पीडा त्यतिले मेटिँदैन सन्दीप भन्नुहुन्छ “दोषीलाई कारबाही र सुशासनको अनुभूति नभएसम्म न्याय भएको महसुस हुँदैन ।” सन्दीप र अनिशको वडा फरक भए पनि मित्रता एकदम निकट थियो । उहाँहरुबीच पारिवारिक नाता सम्बन्ध पनि थियो । अहिले आत्मिय साथी गुमाउनु पर्दा सन्दीपलगायत धेरैलाई एक्लो महसुस भएको छ । रासस

जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’
काठमाडौँ । बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा रहेन भन्ने खबर सुन्दा एउटी आमालाई कति दुःख लाग्यो होला रु आन्दोलनमा जान्छु भन्दा ‘नजाऊ’ भन्नुहोला भनेर हुनुपर्छ जेनजी आन्दोलनका सहिद शुभराम बलामीले आमा भगवती बलामीलाई आन्दोलनमा जानेबारे केही भन्नुभएन । घुँडाको बिरामी आमा भगवती अहिले पनि एक्लो छोरा शुभरामलाई सम्झिएर पीर गर्नुहुन्छ ।

नुवाकोटको ककनी गाउँपालिका–१, सिमटार (कागती गाउँ) निवासी २७ वर्षीय शुभराम विगतमा सवारी चालकको काम गर्नुहुन्थ्यो । केही वर्षयता त्यो काम छाडेर वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रियामा हुनुहुन्थ्यो । त्यसका लागि ‘मेनपावर’ कम्पनीलाई राहदानीसमेत बुझाइसक्नुभएको थियो । त्यसको प्रक्रियाका लागि गाउँबाटै काठमाडौँ आवतजावत गर्नुहुन्थ्यो ।

‘मेडिकल’ गर्ने, कागजपत्र मिलाउनेलगायत काममा लागि लागिरहेका एक युवा शुभरामको भौतिक चोला गत भदौ २३ गतेको जेनजी आन्दोलनमा क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर दुःखद् अन्त्य भएको थियो । निधनको खबर ‘टिकटिक’ मा देखेपछि साथीभाइ र छिमेकीले आमा भगवतीलाई देखाए । आमा भगवती बलामी ‘मेरै छोरो हो’ भन्दै रून थाल्नुभयो । सहिद शुभरामकी बहिनी सुनिता बलामीलाई पनि तुरुन्तै माइतीघर बोलाइयो । शुभरामको खप्परमा गोली लागेर वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सोही दिन राति पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिएको थियो ।

बिहान आफैँले खाना पकाएर खुवाएको छोरा शुभराम बेलुका फर्कनेमा आमा भगवती बलामी ढुक्क नहुने कुरै भएन । बेलुका पनि खाना पकाएर कुरेर बसेको तर त्यहीबेला मृत्युको भिडियो हेर्नुपरेको आमा भगवतीले बताउनुभयो । छोराका सम्झना गराउँदा झन् पीडा हुने त हुन्छ नै तर पनि ४५ वर्षीय आमा भगवती बलामीसँग राससका लागि संवाद गर्दै भन्नुभयो, “साथीहरुसँग लागेर आन्दोलनमा गएको रहेछ । मलाई केही भनेको थिएन । ‘म्यानपावर’ जान्छु भनेको थियो । अरु साथीहरु लुकेर बाँचेछन् । ऊ कता कसरी गोली खान पुग्यो थाहै भएन ।”

उहाँले आफूलाई छोरा शुभरामको बेस्सरी सम्झना आइरहने बताउँदै भन्नुहुन्छ, “सम्झना त कति आउँछ । आउँछ । बेलुकाबेलुका भएपछि छोरा घर आउँला कि जस्तो लाग्छ।।।। बुबाले लगाएको ऋण जसरी पनि तिर्न विदेश गएर कमाउने उसको धोको थियो । त्यो अधुरै रह्यो ।” विदेश गएर केही कमाएर फर्किएपछि छोराको विवाह गरेर बुहारी भित्र्याउने आमाको चाहनामा पनि गहिरो चोट पर्न गएको छ । नेपाल सरकारले जेनजी आन्दोलनका सहिदलाई दिने निर्णय गरेको क्षतिपूर्तिबापत रु १० लाख अन्य खर्च रु पाँच लाख गरी रु १५ लाख शुभरामको परिवारले पनि पाएको छ । त्यो राहतले ऋण तिर्न र घर खर्च चलाउन मद्दत नै भएको शुभरामको परिवारको भनाइ छ ।

शुभरामका पिता रामकृष्ण बलामी वित्तीय संस्थामा धरौटी राखिएको घर जग्गाको ऋण तिर्न नसकेर पारिवारिक बेमेलका कारण विदेशमा गएर बस्नुभएको पनि ११ वर्ष भइसकेको थियो । पिता रामकृष्णले घरपरिवारसँग नियमित सम्पर्क नगर्दा उहाँहरुको परिवारलाई एकप्रकारको समस्या भइरहेको थियो । अविवाहित शुभराम ऋण तिर्ने र राम्रो आम्दानी गर्ने सोचका लागि मलेसिया जाने तयारीमा हुनुहुन्थ्यो । शुभरामका पिताका तीन भाइको गाउँमा सगोलमा नौ÷दश रोपनी जग्गा छ । त्यहीमध्येको केही जमिनमा भगवतीले खेती गर्ने गर्नुहुन्छ । मल हाल्न र पानी लगाउनसके धान, गुहुँको उत्पादन ठिकै हुन्छ ।

कलिलै उमेरमा विवाहबन्धनमा बाँधिनुभएकी भगवती बलामी अहिले कान्छी छोरीलाई साथमा लिएर घरखेत गरेर बस्नुभएको छ । श्रीमान् रामकृष्ण बलामी ‘विनासकारी भूकम्पपछि ऋण लगाएर कहाँ जाने, के गर्ने केही सल्लाह नगरी फुत्त घरबाट निस्किएको र छोरा बित्नुअघिसम्म सम्पर्कमा नआएको’ भगवती बलामीको गुनासो रहेको छ । छिमेकी जिल्ला काठमाडौँको धारापानी माइत भएकी भगवतीको १६÷१७ वर्षकै उमेरमा रामकृष्ण बलामीसँग विवाह भएको थियो । शुभरामकी बहिनी सुनिता बलामी दुःख मान्दै भन्नुहुन्छ, “मेरो एउटा मात्र दाइ हुनुहुन्थ्यो । बेलाबेलामा फोन गरिरहनुहुन्थ्यो । मलाई माया गर्नुहुन्थ्यो । त्यही पनि यस्तो दुःखद् घटनामा परेर बित्नुभयो…।”

शुभरामको निधनपछि घरमा आमा भगवती र एक बहिनी मात्रै भएकाले अब खेतीपाती गर्न पनि कठिन भएको र बेला बेलामा हेरचाहका लागि आफू माइती जाने गरेको शुभरामकी बहिनी सुनिता बलामीले राससलाई बताउनुभयो । बहिनी सुनितासँग अन्तिम पटक दाई शुभरामको घटना हुनुभन्दा तीन दिनअघि भेट भएको थियो । विदेश जाने तयारीका कुराकानी भएका थिए । अब केबल सम्झनामा मात्रै दाई शुभराम रहेको सुनिताको भनाइ छ । शुभरामको मृत्युपछि भने पिता रामकृष्ण अहिले परिवारको सम्पर्कमा आउनुभएको छ । कक्षा ९ सम्म पढेका शुभराम लामो समय ज्याला मजदुरीमा रहनुभएको थियो । त्यसले मात्रै आफ्नो र परिवारका लागि खर्च धान्न धौधौ हुन्थ्यो । भएको खेतीपातीमा सामान्य उत्पादन भए पनि त्यसबाट खासै आर्थिक उपार्जन हुँदैनथ्यो ।

नातामा शुभरामका मामा राजेश बलामी शुभरामलाई राजनीतिमा खासै चासो नहुने र कुनै दलमा पनि सक्रियतापूर्वक आबद्ध नभएको व्यक्ति कसरी आन्दोलनमा पुगे भन्ने आफूहरुलाई पनि थाहा हुन नसकेको बताउनुहुन्छ । “ऊ त्यस्तो राजनीतिमा चासो राख्ने मान्छे होइन । साधारण मजदुरी गरेर खाने मान्छे हो”, कागती गाउँका स्थानीय राजनीतिक कार्यकर्ता राजेश बलामीले भन्नुभयो, “छोरो काम गर्नसक्ने भएपछि आफूलाई सुःख हुन्छ भन्ने दिदी भगवतीको चाहनामा गम्भीर ठेस लागेको छ । साह्रै दुःखद् घटना भयो ।” परिवारका अरु सदस्यका लागि राज्यका तर्फबाट कुनै रोजगारी वा अरु सहयोग भए आफूहरुलाई सहज हुने भनाइ पनि राजेश बलामीको रहेको छ ।

विगतमा बालविवाहको गाउँका रुपमा चिनिने कागती गाउँमा अहिले पनि बालविवाहका क्रममा सुधार आएको छ । साविकको ओखरपौवा गाविसमा पर्ने कागती गाउँ राजधानी काठमाडौँबाट १५ किलोमिटर पश्चिममा पर्छ । यहाँ बलामी जातिको मुख्य बसोबास रहेको छ । यहाँका बलामी समुदायमा वर्षमा एक दिन मात्र श्रीपञ्चमीका दिन बालविवाह गर्ने पुरानो परम्पराका कारण बालविवाहले यो गाउँ चर्चित भए पनि हाल त्यो प्रथा हटिसकेको छ ।

काठमाडौँको फोहर विसर्जन स्थल ओखरपौवा डम्पिङसाइटको बाटो निर्माणपश्चात् कागती गाउँको मुहार पनि फेरिएको छ । अहिले सडक वरपर घर बनाउने, व्यापार गर्ने मानिसको सङ्ख्या बढ्दो छ, जसका कारण स्थानीयवासीको जीवनस्तरमा क्रमशः परिवर्तन आएको छ । यसले भविष्यमा गाउँको बसाइँ सहर जस्तै सुविधा सम्पन्न हुने स्थिति हुँदै थियो, शुभराम बलामीहरु कामकै लागि विदेश जानुपर्ने अवस्था हुँदैनथ्यो । तर जेनजी आन्दोलनमा शुभराम सहिद हुन पुगेपछि स्थानीहरु गाउँ, सहर वा विदेश कहाँ के गर्दा राम्रो भन्नेबारेमा ढुक्कले भन्नसक्ने अवस्थामा छैनन् । आन्दोलन र घटनाबाट पाठ सिकेर मुलुक हाँक्ने नेतृत्व र सरोकार भएका पक्षले जनताको जीवनस्तर सुधार र मुलुकका सुशासन तथा शान्ति कायमका लागि मिलेर काम गरिदिएमा सायद सहिदको सपना पनि पूरा हुने स्थानीयवासीको बुझाइ रहेको छ । रासस

जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–१० चुनवाङ फलामेटोलका ६४ वर्षीया छत्रमान कुथुमी (पारुहाङ) राईका लागि देशमा मौलाइरहेको भ्रष्टाचारको अन्त्य भई सुशासनयुक्त राज्य प्रणाली भएको देख्ने ठूलो सपना थियो । त्यसैका लागि भएको आन्दोलनमा उहाँले शहादत मात्र प्राप्त गर्नुभएन, नयाँ पुस्तालाई भ्रष्टाचारमुक्त समाज निर्माणमा लाग्न प्रेरित गर्नुभयो ।

विसं २०१८ मा जन्मिएर स्थानीय भारती माविमा कक्षा ८ सम्म अध्ययन गरी धरान पब्लिक स्कुलबाट एसएलसी दिनुभएका कुथुमी जीवनपर्यन्त कुशासनको अन्तय गर्ने अठोटका साथ निरन्तर डटिरहनुभएको थियो । तीस वर्षअघि गाउँ छोड्नुभएका उहाँ पछिल्लो समय काठमाडौँमा बसेर भ्रटाचार विरुद्धका विभिन्न आन्दोलनमा सहभागी हुँदै आउनुभएको थियो । “समाजमा व्याप्त बेथिती र भ्रष्टाचार विरुद्ध लड्नुमा उहाँको आक्रोश मात्र नभई एक प्रकारको सङ्घर्ष नै थियो” उहाँका कान्छा भाइ डिम्पल कुथुमी राईले भन्नुभयो ।

भ्रटाचार विरुद्धको अभियान भन्ने बित्तिकै आफ्ना सबैकुरा भुलेर हरेक आन्दोलनमा उहाँ अग्रमोर्चामा उभिनुहुन्थ्यो । ६४ वर्षको उमेरमा पनि उहाँ अन्य युवाभन्दा कम जोसिलो हुनु हुन्थेन । उहाँ भन्नुहुन्छ, “आफ्नो सबै चिज खर्चेर भ्रष्टाचारबिरुद्धको आन्दोलनमा लागेर आफू र परिवारका लागि दाइले केही गर्नुभएन ।” आन्दोलनको घोषणासँगै उहाँ पटक–पटक भ्रष्टाचारको विरुद्ध आन्दोलनमा होमिंदा छात्तीमा गोली खान पनि आफू तयार रहेको बताउनुभएको भाइ डिम्पल सम्झनुहुन्छ ।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनले उहाँभित्र रहेको विद्रोहको आगोलाई झन सल्किने अवसर मिल्यो । नभन्दै भदौ २३ गते भएको १८ जनाको गोली लागेर मृत्यु हुनेमा उहाँ पनि पर्नुभयो । दाजुलगायत जेन्जी आन्दोलनमा शहिद भएकाले देखेको सपना र बलिदान त्यसै खेर जान नदिन सरकारले उनीहरुको माग पूरा गर्नुपर्ने डिम्पलको माग छ ।

पारिवारिक रूपमा उहाँको जीवन त्यति सहज नभएको भाइ डिम्पल बताउनुहुन्छ । पटकपटक बैबाहिक जीवन असफल भएका कारण उहाँले चार वटी श्रीमती बिहे गर्नुभएको थियो । बिहे गरेपछि परिवारमा अपेक्षा हुने र त्यो अपेक्षा पूरा नभएपछि परिवारमा फुट भएकै कारण दाइले धेरै जनासँग बिहे गरेको उहाँको भनाइ छ । चार श्रीमतीबाट तीन छोरा र तीन छोरी छन् । उहाँ कान्छी श्रीमती दीपा श्रेष्ठसँंग २५ वर्षदेखि काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२, बलम्बुमा मजदूरी गरेर जीविकोपार्जन गर्दै आउनुभएको थियो ।

बुबा स्व बेलबहादुर कुथुमी तथा जेठी आमा कृष्णकुमारी राई र कान्छी आमा रामकुमारी राईका पाँच छोरामध्ये जेठो छोराको रूपमा जन्मनुभएका कुथुमीले २०५२ सालबाट घर छाडेर बेलाबखत मात्र गाउँ आउने गरेका थिए । छत्रमानको निधनको खबरले ८७ वर्षीया आमा रामकुमारीलाई गहिरो शोक परेको छ । बेलाबखत घरमा आएर आफूसँग ठट्यौली र रमाइलो गरिरहने छोराले ‘आमा म प्रधानमन्त्री नभई तिम्रो प्राण जाँदैन’ भन्ने गरेको र ‘आँ त हुन्छस्’ भनेको याद आमालाई आज पनि ताजै छ । “यसपालि पनि आउँछ होला जस्तो लागिराथ्यो तर एकैचोटी लास पो आयो”आमाले भावुक हुँदै भन्नुभयो ।

हाल साइँला छोरा किशोर कुथुमी राईसँग गाउँमै बस्दै आउनुभएका आमा कृष्णकुमारीले छोरा मरेर फिर्ता नआए पनि छोराले देखेको सपना पूरा होस् र अरुले यस्तो पीडा भोग्न भपरोस् भन्ने चाहना राख्नुभएको छ । जेन्जी आन्दोलनमा शहिद भएका कुथुमीको शव नेपाली सेनाको हेलिकप्टरमार्फत् भदौ ३१ गते जन्मथलो पाख्रिवास नगरपालिका–१० चुङमाङ ल्याएर अन्त्यष्ठी गरिएको थियो । छत्रमानलाई सरकारले कात्तिक १८ गते शहिद घोषणा गरेर राहतस्वरुप नगद १५ लाख रकम सहयोग गरेको परिवार स्रोतले जानकारी दिएको छ ।

नियमित घर नआउने श्रीमान् कहाँ गएका भन्ने थाहा नहुने भएकाले अचानक उहाँको मृत्युको खबरले आफू मर्माहत र छाँगाबाट खसेजस्तो भएको माइली श्रीमती रामकुमारी राईले सुनाउनुभयो । देशमा आमुल परिवर्तन भए पनि गाउँ फर्कन्छु भन्ने दाइ कहिल्यै नफर्कने गरी काठको बाकसमा फर्कनु हुँदा परिवार मर्माहत भएको माइला भाइ खण्डमान बताउनुहुन्छ । परिवर्तनका लागि लागिरहने दाइको परिवारको हाल कुनै दिगो आर्थिक स्रोत नभएकाले राज्यले अभिभावकत्व लिनुपर्ने उहाँको भनाइ छ । घटनापछि भाउजु र नानीहरु गाउँमा फर्किनुभएकाले दाइको परिवार तथा बच्चाको अध्यापनका लागिसरकारसँग उहाँको आग्रह छ । रासस

जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस्
कीर्तिपुर । सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए । भर्खर कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्ने सपना बोक्नुभएका कीर्तिपुर नगरपालिका–२ मा पर्ने मैत्रीनगरका पासाङ तामाङलाई पनि साथीभाइसँग भलाकुसारी गरिरहने माध्यम फेसबुक आदि सामाजिक सञ्जाल बन्द भएपछि आक्रोश जाग्नु स्वभाविक नै थियो ।

बौद्धमा क्याफे चलाएर बसेका उहाँका बाबु बुद्धबहादुर पनि सरकारको सो निर्णयप्रति आक्रोषित बन्नुभएको थियो । उहाँलाई पनि गत भदौ २३ गते आफ्ना छोरासरहका युवाहरुले गरेको आन्दोलनमा एक्यबद्धता नजनाई रहन सक्नुभएन । उहाँ बानेश्वर केन्द्रित आन्दोलनमा सरिक हुनुभयो । दिन जति बढ्दै थियो, आन्दोलन पनि उति नै चर्किरहेको थियो । जुलुस अन्तरराष्ट्रिय सम्मेलन केन्द्रतर्फ लागेको थियो, प्रहरी र प्रदर्शनकारीबीच मुठभेड सुरु भएको खबर आउन थालेका थिए । पासाङ आफ्नी हजुरआमा लक्ष्मीलाई आन्दोलनको खबर बेलाबोलामा दिइरहनुहुन्थ्यो र मोबाइलमा फोटो पनि देखाउँदै हुनुहुन्थ्यो ।

अपराह्नतिर आन्दोलनमा जब गोली चल्न थाल्यो, घाइते र मृतकका फोटोहरु पनि धमाधम आउन थाले । एकपछि अर्को मानवीय क्षतिको समाचार आउन थाले । त्यसपछि आमा लक्ष्मीको मनमा छोरा बुद्धिबहादुर बौद्धको क्याफेमै छन् कि आन्दोलनमा गए भन्ने कुराले खुल्दुली मच्चियो । लक्ष्मी र पासाङले आ–आफ्ना मोबाइलबाट धेरै पटक बुद्धिबहादुरलाई फोन गर्नुभयो तर फोन उठेन । फोन गर्नासाथ उठाइहाल्ने वा केही बेरैमै कल फर्काउने बुद्धिबहादुरको फोन नउठेपछि परिवारमा चिन्ताको बादल मडरिनु स्वभाविक थियो ।

आन्दोलन चर्किएसँगै सरकारले कफ्र्युको घोषणा गरिसकेको थियो । हिँडडुल गर्न सहज थिएन । कसलाई कहाँ भनेर बाबासँग सम्पर्क गर्ने भन्ने छटपटीमा हुनुहुन्थयो पासाङ । बाबु विष्णुबहादुर, पत्नी मीरा, भाइबुहारी सुनितालगायतका सबै परिवार सदस्यले यताउता फोन गरेर सम्पर्क गर्न खोजे तर पत्ता लागेन ।

छोरासँग सम्पर्क हुन नसकेको चिन्त बीच अबेर राति कोठातर्फ गएका तामाङ दम्पतीलाई निद्रा पर्ने त कुरै भएन । बरु ११ः०० बजेतिर नाति पासाङले ढोका ढक्ढक्याउँदै मोबाइलमा आन्दोलनको एउटा फोटो देखाएर ‘यो त बाबाको फोटोजस्तो छ’ भनेर देखाउन आइपुगे । नभन्दै त्यो फोटो बुद्धिबहादुरकै थियो । त्यसपछि बल्ल तामाङ परिवारले आफ्नो जेठा छोरा दिउँसै आन्दोलनमा गोली लागेर सहिद भएको थाहा पाए । रातभर रुवावासी चल्यो । वल्लोपल्लो घरका मानिसहरु सान्त्वना दिन आए । अकस्मात् आइपरेको यस्तो बज्रपात सहनुबाहेक परिवारमा अर्को विकल्प थिएन ।

बुबा विष्णुबहादुर कफ्र्युका बीच छिमेकीलाई बोलाएर ट्रमा सेन्टरतर्फ दौडिनुभयो । छोराको शव भेटेपछि उहाँ धेरैबेर रुनुभयो, कराउनुभयो । उहाँजस्तै परिवारको सदस्य गुमाएका अरु मानिसहरुलाई पनि त्यहाँ देखेपछि उहाँ विस्तारै सम्म्हालिनुभयो । परिस्थतिलाई सम्हाल्नु नै पर्ने थियो । बुद्धिबहादुरको शरीरका विभिन्न भागमा छ वटा गोली लागेको थियो । “हामी कसैले पनि दाइ९जेठाजु०को शव हेर्न सकेनौँ । बुबाले नै परिस्थितिलाई सम्हाल्नुभयो”, विष्णुकी कान्छी बुहारी सुनिता भन्नुुहुन्छ ।

आमा लक्ष्मी भने अझै पनि छोराको कुरा कसैले उप्काउने बित्तिकै भावुक बन्नुहुन्छ । पुत्र वियोग सहनु कुनै पनि आमाका लागि सामान्य घटना हुँदैन । “केही वर्ष विदेश बसेर घर फर्की अब देशमै बसेर आफ्नै काम गर्छु भनेर बौद्धमा क्याफे खोलेर बसेको थियो । भर्खरैको अल्लारे केटो पनि होइन । किन जानुपरेको होला त्यो आन्दोलनमा रु” उहाँको प्रश्नको उत्तर कसैसँग छैन ।

विष्णुको परिवार धेरै वर्षअघि टिस्टुङबाट कीर्तिपुर नपा–२ स्थित मैत्रीनगरमा बसोबास गर्दै आएको थियो । परिवारमा पत्नी र दुई छोरा हुनुहुन्थ्यो । खासगरी पर्यटक ओसार्ने सवारीसाधन चलाएर दशकौँ बिताउनुभएका उहाँले जसोतसो परिवार चलाउँदै आउनुभएको थियो । बूढेसकालमा पुत्रशोक बोक्नुपर्ला भन्ने विष्णु दम्पतीले कल्पना पनि गरेको थिएन । ४१ वर्षका बुद्धिबहादुरले बौद्धमा क्याफे खोलेर छ÷सात जना युवालाई रोजगारी दिइरहनुभएको थियो । क्याफेमै काम गर्ने तिनै युवाहरुको उक्साहटमा उहाँ भदौ २३ गते क्याफे बन्द गरेर बानेश्वरतर्फ लाग्नुभएको थियो ।

बुद्धिबहादुरको निधनपछि आमा लक्ष्मी र पत्नी मीरा, जेठा छोरा पासाङ र कक्षा ८ पढ्दै गरेका कान्छा छोरासहितको परिवारको खम्बा ढलेको छ । खासगरी पत्नी मीराको काँधमा बुद्धिले सम्हालेका सबै जिम्मेवारी र दायित्व आइलागेको छ । बुद्धिबहादुरले बौद्ध र तीनथानामा चलाएको क्याफेको व्यवस्थापन, भर्खरै १२ कक्षा सकेका जेठा छोरा र कक्षा आठमा पढ्दै गरेका कान्छा छोराको पढाइ तथा सासूससुराको लालनपालन गर्नुपर्ने मीराको दायित्व छ ।

छोरा बितेपछि बौद्ध परम्पराअनुसार काजकिरियामा व्यस्त रहेकै बेला नयाँ सरकार बन्यो । बुद्धिबहादुरलगायत आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरियो । परिवारलाई समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की स्वयम् मैत्रीनगर पुग्नुभएको भयो । प्रम कार्कीले परिवारलाई सान्वना मात्र दिनुभएन, बुद्धिका दुई छोराहरुको शिक्षादीक्षा, पत्नी मीराको जीविकोपार्जन लागि सरकारले पहल गरिदिनेसमेत बताउनुभएपछि शोकाकूल परिवारलाई ठूलो आत्मबल मिलेको थियो । साथै, दोषीलाई कारबाहीको दायरामा ल्याउने र न्यायका लागि आफूले कुनै सम्झौता नगर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले सहिद परिवारलाई आश्वासन मिलेको थियो ।

सरकारका अर्का मन्त्री कुलमान घिसिङ दुई पटकसम्म पुग्नुभएको थियो । उहाँले पनि सहिद परिवारलाई सहयोग गर्न र न्याय दिन लागिपर्ने बताउनुभयो । कीर्तिपुरका नगरप्रमुख कृष्णमान डङ्गोलले छोराछोरीको शिक्षादीक्षा र रोजगारीका लागिसमेत नगरपालिकामार्फत सहयोग गर्ने वचन दिनुभएको थियो ।

यस्तै विभिन्न सामाजिक र व्यावसायिक सङ्घसंस्थाले समेत तामाङ परिवारलाई आवश्यक सहयोग दिने तत्परता देखाएका छन् । कान्छा छोरालाई गोल्यान समूहले कक्षा १२ सम्म पढाइदिने भएको छ भने जेठो छोरालाई कीर्तिपुर नगरपालिका प्रमुख डङ्गोलले कीर्तिपुरकै सहिद स्मारक कलेजमा पढाइदिने र नगरले सम्पूर्ण खर्च ब्यहोर्ने आश्वासन दिनुभएको थियो । गृहिणीको भूमिकामा मात्र रहेकी मीरालाई पतिको व्यवसाय अघि बढाउन वा कुनै रोजगारी गर्न सजिलो छैन भन्ने थाहा छ । त्यसैले आफूलाई भन्दा छोराको भविष्य सुनिश्चित हुने व्यवस्था होस् भन्ने चाहनुहुन्छ । “हामीलाई चाहीँ राज्यले सहयोग गर्छ गर्दैन भन्दा पनि महत्वपूर्ण प्र्रश्न न्याय छिटो पाइन्छ कि पाइँदैन भन्ने हो”, बुबा विष्णुबहादुर भन्नुहुन्छ । घटनाको राम्रोसँग छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्नेमा उहाँको जोड छ । उहाँले अहिले पनि जेन्जी आन्दोलनमा सहिद हुनेका परिवारको सम्पर्कमा हुनुहुन्छ । उहाँहरुले एउटा संंयोजन समिति पनि बनाउनुभएको छ । रासस

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
काठमाडौँ । आफूलाई बिहान शनिश्चरे अस्पताल पु¥याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो । जेनजी आन्दोलनका सहिद ज्ञानिन्द्र (गोपाल) सेढाईंका पिता धनपति सेढाईंलाई त्यो दिनको घटना सम्झँदा मन भारी हुन्छ । बोलाउने नाम गोपाल रहेका ज्ञानिन्द्र सेढार्इं एक साहस, सरलता र मित्रताका समर्पण भावका युवाका रुपमा स्थानीय रुपमा लोकप्रिय हुनुहुन्थ्यो ।

मुटुको टुक्राजस्तो छोरो गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मारिएपछि पिता धनपति र ७७ वर्षीया आमा गुनमाया सेढाईंका आँखा रसाउन थालिहाल्छ । पुत्र शोकले आमा गुनमायाका आँखा ओभाएका छैनन् । झापाको अर्जुनधारा नगरपालिका–११, विर्तामोडका सहिद गोपाल सेढाइँका आमा गुनमायाकोमा रासस प्रतिनिधि पुगेर घटनाका बारेका कुराकानी गर्न थालेपछि छोराको फोटो छातीमा राखेर उहाँले बिलौना गर्नुभयो, “मेरो गोपाल कहिले फर्कन्छ ?” सहिद गोपाललाई आन्दोलनका क्रममा बिर्तामोडमा गोली लागेको थियो । गोली लागेपछि नजिकैको बिएण्ड सी मेडिकल कलेजमा उपचारार्थ लगिएको थियो । अन्य घाइतेसँगै उपचार भइरहेका बेला गम्भीर घाइते गोपालको दुःखद् निधन भएको थियो ।

गत भदौ २४ गते बिहान रक्तदान गरेका गोपाल सेढाइले दिउँसो घर फर्किएर बुबालाई औषधि लिन शनिश्चरे अस्पताल पु¥याउनुभएको थियो । बुबासँगै घर फर्किएर आमा र बुबासँगै बसेर खाना खाएर गोपाल बाहिर निस्किनुभएको थियो । त्यसदिन गोपाल जागिरमा नगएर साथीहरूसँग बिर्तामोड बजारमा निस्कनुभएको थियो । त्यही क्रममा उहाँको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । करिब २ः३० बजे गोली लागेको थियो भने ४ः०० बजे अस्पतालले गोपाललाई मृत्यु घोषणा गरेको थियो । छातीमा गोली लागेका कारण गोपालको मृत्यु घटनास्थलमै भएको उहाँका साथी रामचन्द्र भण्डारीको भनाइ छ । अहिले पनि गोपालको गाउँ शोकमा छ । गाउँका सबै युवा शोकमा छन्, गोपालको परिवारमा छाएको शोकले बुबाआमाका आँखाबाट आँसुहरू अझै पनि रोकिएका छैनन् ।

योग गुरु गोपालका आमा गुनमाया मात्रै होइन, परिवारका सदस्य र स्थानीयवासी पनि शोकमा परे । विर्तामोडको एक साधारण परिवारलाई यस्तो कहिल्यै नसोचेको दुःख प¥यो भनेर छरछिमेकले पनि दुःख व्यक्त गर्न छाडेका छैनन् । गोपालको निधनले अर्जुनधारा नगरको सामाजिक उत्तरदायित्व, युवाको मनोबल, राजनीतिप्रतिको दृष्टिकोण र स्थानीय नेतृत्वको भूमिकालाई झक्झक्याइदिएको छ । गाउँ–सहरका चोकमा उठ्ने प्रश्नहरू, आमाबुबाको आक्रोश, दिदीको पीडा र साथीहरूको मौनता–सबै मिसिएर शोकमा चुर्लुम्म डुबेको थियो ।

नेपालभर असुरक्षा, भय र पश्चाताप फैलिएको त्यो समयमा अर्जुनधारा–११ को यो बस्ती भने शोकमा डुबेको थियो । दुःखद् घटनाको दिन सम्झँदै आमा गुनमाया भक्कानिँदै भन्नुहुन्छ, “ऊ बिहानै चिया खाएर निस्कन्थ्यो, गाईलाई घाँस हाल्थ्यो । आफ्ना घरायसी काम सकेर घर नजिकैको आयुर्वेदिक अस्पतालमा जागिरमा जान्थ्यो । बेलुका फर्किन्थ्यो । मलाई आमा के खानुभयो भनेर सोध्यो । अब यसरी मलाई सोध्ने गोपाल नफर्कने भयो…। बुढेसकालको हाम्रो सहारा सधैँका लागि अन्त्य भयो ।”

आमाको कुरा सुन्दा गोपालले बोक्ने सामाजिक चेतना, न्यायप्रतिको आकाङ्क्षा र युवाको भूमिकामा उहाँले दिएको महत्व स्पष्ट झल्किन्छ । अहिले आमा गुनमायाको मनमा पनि सहिदको चाहनाबमोजिम अब राजनीतिक नेतृत्वले मुलुकको निकासमा काम गरोस् भन्ने गहिरो अपेक्षा रहेको छ । नेपाल सरकारले जेनजी आन्दोलनमा मारिएका झापाका ज्ञानिन्द्रसहित ४५ जनालाई सहिद घोषणा गरेको छ ।

गोपालका ८३ वर्षीय बुबा धनपति सेढाईंको भने “मेरो छोरा दोषी नहुँदा उनलाई गोली किन हानियो ?” भन्ने प्रश्नको जवाफ खोजिरहनुभएको छ । गोपालका बुबा धनपतिले पुरानो घर देखाउँदै भन्नुभयो, “ऊ सेन्टी बेराको घरमा बसेर पढ्यो । यही घरबाट कलेज गयो अनि काठमाडौँमा पढाइसकेर घर फर्कियो र आफू बस्नको लागि चार वर्षअघि पक्की घरमा बस्ने रहर पालेर दाजुलाई सहयोग माग्यो र घर बनायो । हामी बुढेसकालका साहारा भएर उसकै आश्रयमा बसेका थियौँ । अब यही घरबाट उसको मङ्सिरमा बिहे गर्ने तयारी हुँदै थियो । सबै चकनाचुर भयो ।”

गोली लागेर छोरो कहिले नफर्कने गरी आफूहरुलाई छाडेर गएपछि धनपतिको सबै सपना सपनामै सीमित भएको छ । छोराको नाम लिनासाथ स्वर भारी हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “उ त भीडको बीच नारा लगाउँदै हिँडेको रहेछ । प्रहरीले हानेको गोलीले छातीमा लागेर पुर्लुक्कै ढल्यो रे । सँगै भएका साथीहरुले बिएनसी अस्पताल पु¥याएछन् तर गोपाल फर्किएन…”

यो आन्दोलनले राजनीतिक दलहरूलाई भन्दा बढी सर्वसाधारण युवालाई जोखिममा पारेको उहाँको बुझाइ रहेको छ । “हामीले राज्यलाई कर तिरेका छौँ, सुरक्षा मागेका छौँ, गोलीकै सामना गर्न होइन ।” बुबाको यो पीडा केबल व्यक्तिगत भावनामा मात्रै सीमित छैन, यसले स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मका संयन्त्र–प्रशासन र सुरक्षा निकायहरूलाई नै सुशासनको प्रश्नमा ध्यान दिन प्रेरित गरेको छ ।

गोपालकी दिदी तुलसा उहाँलाई भाइभन्दा बढी साथीका रुपमा सम्झनुहुन्छ । “म रिसाउँदा हाँसेर सम्झाउँथे । म भन्थेँ, समाज बदल्नुपर्छ । संसार यस्तै हो । तर उनी भन्ने गर्थे, ‘‘हामीले नै बदल्नुपर्छ, अरुलाई पर्खेर हुँदैन ।” आज उनी समाज बदल्ने हिम्मत गरेर सदाका लागि हामीबाट टाढा भएका छन् ।” अर्जुनधाराका नगर प्रमुख बलदेव गोमदेन पनि प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिने धेरै उपाय हुँदाहुँदै सुरक्षाकर्मीले यसरी गोली चलाउँदा गोपालजस्ता निर्दोष युवाको ज्यान गएकामा असन्तोष जनाउनुहुन्छ । उहाँले भन्नुभयो, “गोपाल जस्तो शान्त स्वभावको युवकको ज्यान जानु केबल एक शोक मात्र होइन, हाम्रो पालिकाको विश्वास र सुरक्षाको विषय हो । हामी झापालीले दिनेश राजवंशी र गोपाललाई गुमाएका छौँ, हामीले समाजलाई फेरि सुरक्षित महसुस गराउने वातावरण बनाउनैपर्छ ।”

सहिद गोपालका साथी सुजन सेवाकोटी गोपाल नहुँदा आफूहरुको समूह नै भत्किएको बताउनुहुन्छ । गोपालका सबैभन्दा नजिकका साथी शिवाकोटी आफ्नो अति मिल्ने साथी गुमाउँदा स्तब्ध भएको बताउनुहुन्छ । “हामी  साथीभाइहरु सधैँ विर्तामोडका चिया र कफी पसलमा भेट्थ्यौँ । अनि सचेत युवा समाज र आगामी आन्दोलनकाबारेमा कुरा गथ्र्यौं । गोपाल सधैँ भन्ने गर्थे, “हिंसा नगरौँ, आवाज बुलन्द गरौँ । तर विडम्बना उनैले हिंसाको प्रत्यक्ष शिकार भएर ज्यान गुमाउनुप¥योे ।”

सुजनका अनुसार गोपाल इमान्दार, सरल र मिलनसार हुनुहुन्थ्यो । आफ्नो धारणा स्पष्ट राख्ने र साथीहरूलाई देशको पछिल्लो अवस्थाबारे सम्झाउने उहाँको आदत थियो । अर्का साथी माधव झा गोपालको मृत्युले युवापुस्तालाई डर होइन अझ दृढ भएर लाग्न प्रेरणा मिलेको बताउनुहुन्छ । ‘मिसन विर्तामोड’ अभियान चलाउने झा गोपालसँग धेरै नजिकमा नभए पनि भेटघाटमा देश बनाउने अभियानकै कुरा गरेको सुनाउनुहुन्छ  । “उनको मृत्युपछि  विर्तामोड र अर्जुनधारा शोकमा डुबेको छ । आवाज दमन गर्ने कि आवाज उठाउने भन्ने उनको मृत्युले अब हाम्रो पुस्तालाई सशक्त रुपमा आवाज उठाउन बल दिएको छ ।”

माधवका अनुसार गोपालको मृत्युले झापाका युवाबीच एक किसिमको राजनीतिक चेतना बढाएको छ । अधिकारका लागि जिम्मेवार भएर उठ्नुपर्छ भन्ने चेतना वृद्धि भएको छ । अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनाम यो घटना केबल एक परिवारको दुःख होइन,  आफ्नो सिङ्गो वडाको दुःख भएको बताउनुहुन्छ । पहाड आठराइदेखि नै पारिवारिक सम्बन्धमा भएको यो सेढाईं परिवार झापा आजदेखि पनि आफूहरूकै आत्मीय सम्बन्धमा सहकार्य गर्दै अघि बढेको र यो घटनाले आफूलाई स्तब्ध बनाएको उहाँको भनाइ छ । रासस

जेनजी आन्दोलनका सहिदः अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै
बाजुरा । जिल्लाको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटामा २३ वर्षीय ओब्जन बुढाको खरले छाएको घर छ । जेनजी आन्दोलनका क्रममा गोली लागेर निधन हुनुभएका उहाँका बुबा–आमा पुत्र वियोगको पीडा सहेर त्यही घरमा बस्नुहुन्छ । सामान्य कृषि पेशा गरेर जीविकोपार्जन गर्दै आएको यो परिवारमा अहिले छोराको अल्पायुमै निधनसँगै परिवारमा भविष्यको अँध्यारोले ढाकेको छ ।

सामान्य साक्षर ओब्जनका बुबा मणिपाल बुढाले भन्नुभयो, “आन्दोलनअघि छोराले फोन गरेर अब दुई वर्षपछि घर फर्किने कुरा सुनाएको थियो, कानुन पढेर अधिवक्ता बन्ने छोराको सपना थियो तर कहिल्यै नफर्किने गरी गयो । छोरालाई वकिल बनेको देख्ने सपना पनि सदाका लागि समाप्त भयो ।” ओब्जन उहाँको दोस्रो सन्तान हुनुहुन्छ ।

गाउँमै रहेको रुपाली आधारभूत विद्यालयमा कक्षा ३ सम्म अध्ययन गर्नुभएका ओब्जनले गाउँमा माध्यामिक तहको विद्यालय नभएपछि बाजुराकै कोल्टी पुगेर कक्षा ८ सम्म अध्ययन गर्नुभयो । कोल्टीमा बसाइको समयमा कोठा भाडासमेत तीर्नसक्ने आर्थिक अवस्था नभएपछि छिमेकी जिल्ला मुगुकी शिक्षिका शारदा शाहीको घरमा सहारा लिएर पढ्न थाल्नुभयो ।

शिक्षिका शाहीको घरमा बिहान–बेलुका घरायसी काम सघाउने र दिउँसो विद्यालय जाने गर्नुहुन्थ्यो बुढाले । घरमा आश्रय दिएर राख्नुहुने शिक्षिका शाहीको बसाइ काठमाडौँ हुन थालेपछि बुढा पनि उहाँसँगै छ वर्षअघि माध्यमिक र उच्च शिक्षा हासिलका लागि काठमाडौँ पुग्नुभयो ।

ओब्जनका दाजु कपुर बुढाले भन्नुभयो, “भाइले एसइई र कक्षा १२ सम्मको अध्ययन अर्काको सहारामा पढ्न पाएपछि आफैँ काठमाडौँमा अलग कोठा भाडामा लिएर उच्च शिक्षा अध्ययन गरिरहेको छ महिना भएको थियो, जेनजी आन्दोलनमा निधन भयो ।” उहाँलाई आश्रय दिनुभएका शिक्षिका शाहीको परिवारिक र अन्य कारणले उहाँको घरमा बस्न असजिलो भएपछि बुढा अलग्गै बसेर अध्ययन गर्दै हुनुहुन्थ्यो । अरुको सहाराबाट अलग भएपछि बुढालाई आर्थिक समस्या थपिन थालेको थियो ।

क्याम्पसको पढाइ शुल्क, कोठा भाडा र खाना खर्चको भार थपिन थालेपछि उहाँले घरमा फोन गरेर आमा बुबा र दाजुलाई आफ्नो विदेश जाने योजना सुनाउनुभएको थियो । उच्च शिक्षा हासिल गरेर देशमै रोजगारी गर्ने इच्छा भएर पनि कमजोर आर्थिक अवस्थाका कारण काठमाडौँको बसाइ थप कठिनाई हुन थालेपछि उहाँको विदेश जाने योजना बनेको थियो ।

पहिले देशमै रोजगारी गर्ने र गाउँमै बसेर समाज सेवा गर्ने सोच पनि उहाँको थियो । पढाइपछि अधिवक्ता बनेर न्याय नपाएर पीडित भएकालाई न्याय दिलाउने योजना बनाएका बुढाले आन्दोलनको दुई दिनअघि भदौ २१ गते घरमा फोन गरेर विदेश जाने खबर सुनाउनुभयो । उहाँको विदेश जाने योजना सुनेर छिमेकी र आफन्तजनमा पनि चिन्ता थपियो । गाउँमा मिजासिलो स्वभाव र हरेक सामाजिककार्यमा सक्रिय भएर लाग्ने बुढाको विदेश जाने योजनाले उहाँका बुबाआमा त्यति खुशी हुनुभएको थिएन । पढाइ सकेपछि सरकारी जागिर खाएर घरको आर्थिक जिम्मेवारी बहन गर्ने आशमा बसेका घरपरिवारका सदस्यलाई उहाँको विदेश जाने योजनाले थप चिन्तित बनायो ।

परिवारका सदस्यले विदेश नजान सल्लाह दिए पनि बुढाले देशमै रोजागरी नभएपछि विदेश जानैपर्ने बाध्यता सुनाउनुभयो । भदौ २३ गते जेनजी समूहले भ्रष्टाचार नियन्त्रण र बेथितिविरुद्ध गरेको प्रदर्शनमा बुढा चावहिलतर्फबाट आन्दोलनमा सहभागी हुनु भएको थियो । शान्तिपूर्ण प्रदर्शनको अग्रपङ्तिमा रहेका बुढा नारा लगाइरहनु भएको थियो । प्रदर्शनका क्रममा चलेको गोली लागेर घाइते हुनुभएका बुढाको अस्पतालमा उपचारकै क्रममा दोस्रो दिन मृत्यु भएको थियो । जेनजी आन्दोलन बारेको सूचना पाउनु भएका घरपरिवारका सदस्यले ओब्जनलाई फोनमा कुरा गर्न खोजे पनि सम्पर्क नभएपछि अत्तालिनुभयो ।  आन्दोलनको चार दिनपछि मात्र घरपरिवारका सदस्यलाई बुढाको निधनको खबर सुनाइएको थियो ।

निधनको खबर पाउँदा बुढाको परिवार शोकमा डुब्यो, छरछिमेकमा सन्नाटा छायो । बाजुरा जस्तो भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा बसिरहेका उहाँका बुवाआमालाई छोराको लाशको मुख हेर्न काठमाडौँ जाने कुरा भयो तर काठमाडौँ जानसमेत उहाँहरुलाई आर्थिक अभाव थियो । आर्थिक समस्या भएर पनि बुढाका बुवाआमा अरुसँग सहयोग मागेर नेपालगञ्ज पुगे पनि नेपालगञ्जमा जहाजको टिकट काट्न नपाउँदा रोकिनुप¥यो । सहयोगी हातले हवाइजहाजको टिकट काटेर आफूहरुलाई काठमाडौँ पु¥याइदिएको ओब्जनकी आमा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “छोरा आन्दोलनमा गोली लागेर मरे पनि मलाई शोकाकुलको अवस्थामा सान्त्वना दिने अरु थुप्रै छोरा जन्मिएको पाएँ, आफू शोकमा परे पनि हजारौँ छोराले सान्त्वना दिँदा चित्त बुझाएर बसेकी  छु ।”

जेनजी आन्दोलनमा मृत्यु भएका ओब्जन बुढासहितलाई सरकारले शहिद घोषणा गरेर रु १५ लाख राहत दिएको छ । बुबा मणिपालले पीडा पोख्दै थप्नुभयो, “पढाइपछि अधिवक्ता बनेर पीडितलाई न्यायदिने छोराको सपना अधुरै रह्यो ।” पहिले मणिपाल घरको कृषिको काम सकाएर छ महिनाका लागि कामको खोजीमा भारत पुगेर पनि कमाइ गर्नुहुन्थ्यो । ओब्जनको निधनपछि उहाँका बुबालाई सरकारले चितवनको आयल निगममा नोकरी पनि दिएको छ ।

तीन भाइ र आमा बुवालाई आर्थिक अभावले कुनै समस्या आउन नदिने बाचा गरेको भाइको निधनपछि आफूहरुको आस पनि मरेको ओब्जनका दाजु कपुरराज बताउनुहुन्छ । भाइ प्रज्वललाई देशकै अब्बल खेलाडी बनाउने ओब्जनको योजना पनि अब सपना भएको छ । प्रज्वलले भन्नुभयो, “दाइले विदेशमा पुगेर हुने कमाइपछि काठमाडौँँमा आफूलाई खेलकुद सिकाउन लगानी गरेर देशकै खेलाडी बनाउने योजना पनि थियो, फुटबल र क्रिकेटमा रुचि भएकाले दाइले एसइई पास गरेपछि काठमाडौँमा खेलको प्रशिक्षण लिनुपर्छ भन्नुभएको थियो तर निधनपछि अब आस र भरोसा टुट्यो ।”

आफूलाई पढ्न प्रेरित गर्ने दाइको माया भने अब कहिल्यै नपाउने गरी सकिएको उहाँ बताउनुहुन्छ । जेनजी आन्दोलनको प्रदर्शनमा सहभागी हुनुभएका यहाँको बुढीनन्दा नगरपालिकाको पाण्डुसैनका साजन रोकाया पनि घाइते हुनुभएको थियो । उहाँ पनि पढाइको सिलसिलामा काठमाडौँमा हुनुहुन्थ्यो । रासस

जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो
पर्सा। जेनजी आन्दोलनमा आफ्नो २४ वर्षे छोरा असहाब आलम ठकुराई गुमाएकी आमा नजला खातुन र आफ्नो पति गुमाएकी रोक्सिता खातुनको आँखा अहिले पनि ओभाएका छैनन् ।

काठमाडौँमा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका छोरा र पतिको यादले दुबै जना अहिलेसम्म पनि सम्हालिन सकिरहनुभएको छैन ।

उहाँहरु मात्रै होइन, परिवारका अन्य सदस्यहरुको पनि पीडा कम भएको छैन । आफ्नो घरको सदस्य गुमाउनु पर्दा परिवारमा निराशा र छटपटी भने उस्तै छ । “जेनजी आन्दोलनमा भएको अप्रिय घटनाले मेरो मुटु नै चुँडेर लगेजस्तै भइरहेको छ,” गहँभरि आँशु झार्दै आमा नजला खातुनले भन्नुभयो, “आफ्नो सन्तान गुमाउनु पर्दा म जस्तो आमालाई परेको दुःख अरु कसैलाई नपरोस् ?”

सहिद ठकुराईकी आमा नजलाले आफ्नो साइलो छोरा गुमाएपछि आफ्नो परिवार बिछिप्त अवस्थामा रहेको बताउनुभयो । “घरपरिवारको सहारा रहेको छोरालाई मात्रै गुमाएका छैनौँ । कतारमा सुरक्षा गार्डको रुपमा काम गर्दै आउनुभएका श्रीमानको समेत जागिर गुमेको छ,”, उहाँले भन्नुभयो,“जग्गाको नाममा एउटा घरसहितको नौ धुर जग्गा मात्रै छ । चार छोरा र बुहारीको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ ।”

ठकुराईका बुबा अमरुद्धिन वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत रहनुहुन्थ्यो । जेनजी आन्दोलनमा छोरा बितेसँगै उहाँले जागिर छाडेर छोराको अन्तिम संस्कारको कर्म गर्न भन्दै नेपाल फर्किनुभएका थियो । अहिले बुबा अमरुदिन भने कामविहीन हुनुभएको छ । छोराको मुस्लिम धार्मिक संस्कार अनुसारको कर्म गर्न भन्दै भारतको नयाँदिल्लीमा इस्मालिम जमाती गर्नका लागि जानुभएको छ ।

मुस्लिम समुदायमा आफ्नो परिवारको सदस्यको निधनपछि चार महिने संस्कार हुने बताइन्छ । आमा नजलाले आफ्नो परिवारको खम्बा नै ढलेकाले पनि सरकारले आफ्नो परिवारको एक जना सदस्यलाई स्थायी रोजगारीको व्यवस्था गर्नका लागि जोडदार माग गर्नुभएको छ । “कलकलाउँदो नौजवान छोरा गुमाएका छौँ ।

छोराको मृत्युको पूर्ति त जे दिए पनि हुन सक्दैन तर परिवारका सदस्यको गुजारा चलाउनको लागि पनि सरकारले एक सन्तानलाई स्थायी जागिरको व्यवस्था गरिदिए केही हदसम्म भए पनि मलमपट्टी हुने थियो ।”

जेनजी आन्दोलनमा सहिद भएका ठकुराईकी पत्नी रोक्सिता खातुनको अवस्था पनि नाजुक भएको नजलाले बताउनुभयो । “बिहे गरेको दुई महिना बित्न नपाउँदै छोरा गुमाउनुप¥यो ।

अब बुहारीले कसको मुख हेरेर बाँच्लिन् जस्तै भएको छ । हाम्रो त परिवारमा पीडामाथि पीडा थपिएको छ”, उहाँले भन्नुभयो,“छोरा बितेसँगै बुहारीको मुहार कतिबेला पनि उज्यालो भएको छैन । बुहारी अहिले कोठाभन्दा बाहिर पनि निस्किएकी छैनन् ।” घटना हुनुभन्दा दुई महिना अघि मात्रै २४ वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सितासँग विवाह बैवाहिक जीवनमा बाँधिनुभएको थियो ।

जेनजी आन्दोलनका सहिद भएका ठुकराईका भाइ मुराद आलमले जेनजी आन्दोलन जुन उद्देश्यले गरिएको थियो, त्यसअनुसार परिवर्तन हुनुपर्ने माग गर्नुहुन्छ ।

“मेरा दाइ जस्तै धेरै नेपालीले भ्रष्टाचारको विरुद्धको जेनजी आन्दोलनमा आफ्नो ज्यानको प्राण आहूति दिनुभयो । उहाँको योगदानलाई संस्थागत गर्नका मुलुकमा सुशासन र विधिको शासन हुनुप¥यो नि !”

जेनजी आन्दोलनमा बित्नु भएका ठकुराई वीरगञ्जमा कक्षा १२ उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययन गर्नका लागि काठमाडौंँ जानुभएको थियो । “उहाँ फुर्सदको समयमा केही घण्टा पठाओ बाइक चलाएर खर्च जुटाउने गर्नुहुन्थ्यो” भाइ मुरादले भन्नुभयो ।

असहाब भदौ २४ गतेको जेनजी आन्दोलनमा सक्रिय रुपमा सरिक हुनुभएको थियो । उहाँको फोटो तथा भिडियोले पनि उहाँ आन्दोलनमा सहभागी हुनुभएको पुष्टि गर्दछ ।

कोटेश्वर आसपासको सडकमा प्रहरीको गोली लागेर दाजुको सहादत प्राप्त गरेको मुरादले बताउनुभयो । “दाजुको छातीमा दुई गोली लागेपछि नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गर्न लागिएको रहेछ,” उहाँले भन्नुभयो,“सिभिल अस्पतालमा मृत्यु भएपछि पोष्टमार्टम गर्नका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पु¥याइएको भन्ने सुनियो । हामीले दाजुको शव शिक्षण अस्पतालबाट बुझिलिएका हौँ ।”

मन्त्रिपरिषद्को गत कात्तिक १७ गते बसेको बैठकले भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार वीरगञ्जका असहाब पनि सहिदको सूचीमा पर्नुभएको छ ।

परिवारका सदस्य भने सहिदको सूचीमा राखेर मात्रै नपुग्ने बताउनुहुन्छ । मुरादले सरकारले आफ्नो दाजुलाई सहिद घोषणा गरेर मात्रै नपुग्ने बताउनुभयो । “हाम्रो दाइलाई सहिद घोषणा गरेर मात्रै हुँदैन ।

जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीको राज्यले उच्च सम्मान गरी उहाँहरुलाई सधैँ सम्झिने वातावरण बनाउन जरुरत छ,” उहाँले भन्नुभयो, “जेनजी आन्दोलनका उद्देश्य अनुरुप मुलुकमा भ्रष्टाचाररहित सुशासन र समृद्धि आउन जरुरत भएको छ ।”

सहिद असहाब नजला र अमरुदिनको पाँच सन्तानमध्येका तेस्रो छोरा हुनुहुन्छ । असहाब वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट व्यवस्थापन सङकायमा कक्षा १२ पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौँ जानु भएको थियो ।

असहाबका जेठा दाजु राजाबाबु र माइला दाजु आरिफ सिलाइकटाईको काम गर्दै आउनुभएको छ । अर्का भाइ मुराद कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ भने कान्छो भाइ मुनाफ कक्षा नौमा अध्ययनरत छन् ।

वीरगञ्ज महानगरपालिका–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीले वीरगञ्जले एक असल युवा गुमाउनु पर्दा मर्माहत भएको बताउनुभयो । “असहाब भाइ निकै असल व्यक्ति हुनुहुन्थ्यो । उहाँको निधनले अपूरणीय क्षति भएको छ”, उहाँले भन्नुभयोे, “जेनजी आन्दालनको उद्देश्यले सार्थकता पाएको खण्डमा ठकुराई जस्ता युवाको उच्च सम्मान हुनेछ ।”

मुराद आफ्नो जेनजी आन्दोलनमा सरिक भएका युवा विद्यार्थीमा दमन गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुहुन्छ । “जेनजी आन्दोलनमा अत्याचार गर्नेलाई तत्कालै कानूनी दायरामा ल्याउन जरुरी छ,” उहाँले भन्नुभयो,“दोषीलाई कडाभन्दा कडा कारवाही भएको खण्डमा मात्रै सहिदप्रति सच्चा सम्मान हुनेछ ।” जेनजी आन्दोलनमा सहिद भएका प्रत्येक परिवारका सदस्यलाई सरकारी जागिरको सुनिश्चित गर्नुपर्ने मुरादको माग छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी समुनकुमार कार्कीले जेनजी आन्दोलनको क्रममा मृत्यु भएका असहाबका परिवारलाई सङ्घीय सरकारले घोषणा गरे बमोजिमको क्षतिपूर्ति उपलब्ध गराइसकेको बताउनुभयो ।

“सङ्घीय सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई घोषणा गरेको क्षतिपूर्ति उपलब्ध गराइसकेका छौँ,” उहाँले भन्नुभयो । गत भदौ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई रु १५ लाख क्षतिपूर्ति दिने र मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । रासस