जापान – News Polar

टाइफुन जाङ्मी जापानमा अवतरण, बाढीको चेतावनी कायमै
काठमाडाैँ । पश्चिमी जापानको वाकायामा प्रान्तको दक्षिणी भागमा बुधबार टाइफुन जाङ्मीले अवतरण गरेको जनाउदै जापनपीज मौसम विभागले देश भर अस्थायी रूपमा विभिन्न पाँच स्तरका बाढीका चेतावनी जारी गर्न निर्देशन दिएको छ ।

जापानी मौसम विज्ञान विभाग (जेएमए) ले वाकायामा प्रान्त हुँदै बग्ने कोजा नदीको बाढीका लागि उच्च स्तरको आपतकालीन चेतावनी जारी गरेको छ । यसैबीच अधिकारीहरूले स्थानीय बासिन्दालाई बढ्दो नदीको सतह र सम्भावीत बाढी जन्य खतराका लागि सतर्क रहन आग्रह गरका छन् ।

जेएमएले जापानका पश्चिमी र पूर्वी प्रशान्तका क्षेत्रमा अत्यधिक भारी वर्षाको पूर्वानुमान गरेको छ भने वर्षा सँग सम्बन्धित विभिन्न प्रकोपको जोखिम बारे जनतालाई सतर्क रहन चेतावनी दिएको छ । आगामी २४ घण्टामा कान्टो–कोशिन र टोकाई क्षेत्रहरूमा २०० मिलिमिटर र तोहोकुमा १२० मिलिमिटर सम्म वर्षा हुने पूर्वानुमान गरिएको छ । हाल टोकियोका विभिन्न नदीहरूका लागि बाढीको चेतावनी जारी गरिएको छ ।

जपानमा भालु आक्रमण तिव्र पछिल्लो आक्रमणमा चार जना घाइते
काठमाडाैँ । उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मङ्गलबार भालुले आक्रमण गर्दा चार जना घाइते भएको उल्लेख गर्दै घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय मिडियाले जनाएको छ ।

स्थानीय समय अनुसार विहान लगभग ६ः३० मा, फुकुसिमा शहरको एक निर्माण कम्पनीका दुई पुरुष कर्मचारीलाई एउटा भालुले आक्रमण गरेको स्थानीय प्रहरी र अग्नि नियन्त्रक विभागलाई उद्धृत गर्दै क्योडो न्यूजले रिपोर्ट गरेको छ ।

आक्रमण पछि भालु छिमेकी आवासीय क्षेत्रमा भागेर एउटा पसी घरमा ८० वर्षकी एउटी महिलालाई र अर्को कार्यालय भवनमा पसी ६० वर्षका पुरुष कर्मचारीलाई आक्रमण गरेको जनाइएको छ । प्रहरीले गत हप्ता देखि फुकुसिमा शहरको वरपर भालु देखिएको बताएको छ ।

भालु अझै पनि त्यस क्षेत्रमा रहेको बताउदै प्रहरी अधिकारीहरूले जनावरलाई गोली हान्ने अनुमति दिन र आपतकाल घोषणा गर्ने बारे विचार गरिरहेको जनाएका छन् ।

फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो
काठमाडाैँ । जापानको मुख्य उपभोक्ता मूल्य गत वर्षको तुलनामा फेब्रुअरी महिनामा १.६ प्रतिशतले बढेको छ । मार्च २०२२ यता पहिलो पटक यो आँकडा २ प्रतिशतभन्दा तल झरेको सरकारी तथ्याङ्कले मंगलबार देखाएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार उतारचढाव भइरहने ताजा खाद्यवस्तुको मूल्य बाहेकको मुख्य उपभोक्ता मूल्य सूचकांक जनवरीको २ प्रतिशतको वृद्धिको तुलनामा फेब्रुअरीमा केही सुस्त देखिएको छ । जनवरीमा ५.२ प्रतिशतले घटेको ऊर्जाको लागत फेब्रुअरीमा ९.१ प्रतिशतले घटेको छ । विशेष गरी पेट्रोलको मूल्यमा १४.९ प्रतिशत र बिजुलीको महशुलमा ८ प्रतिशतले गिरावट आएपछि समग्र ऊर्जा लागत घटेको हो ।

ताजा सामग्री बाहेकका खाद्यवस्तुको मूल्य फेब्रुअरीमा ५.७ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको ६.२ प्रतिशतको वृद्धिको तुलनामा केही कम हो । यसैबीच, फेब्रुअरीको अन्त्यमा इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणपछि कच्चा तेलको मूल्यमा आएको उछालका कारण आगामी महिनाहरूमा मूल्य वृद्धिको गति पुनः तिब्र हुने आँकलन गरिएको छ ।

जापानद्वारा तेहरानमा हिरासतमा रहेका जापानी नागरिकलाई रिहा गर्न माग
काठमाडाैँ । जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई तत्काल रिहा गर्न इरानी अधिकारीहरूसँग आग्रह गरेको छ ।

जापानको उप प्रमुख क्याबिनेट सचिव मसानाओ ओजाकीले बुधबार विदेशी मिडियासँगको कुराकानीमा ती नागरिकलाई जनवरी २० मा हिरासतमा लिइएको मात्र पुष्टि गर्नुभयो । उहाँले गोपनीयता र सुरक्षा कारण देखाउँदै थप विवरण दिन अस्वीकार गर्नुभयो । ओजाकीले भन्नुभयो, “सरकारले आवश्यक सहयोग प्रदान गर्दै बन्दी र उनको परिवारसँग सम्पर्कमा रहेको छ ।”

विदेश मन्त्रालयका अधिकारीहरूका अनुसार जापानी अधिकारीहरूले बन्दीसँग व्यक्तिगत रूपमा भेट्न अनुमति पाएका छैनन् तर स्वास्थ्य राम्रो रहेको विश्वास गरिएको छ । मन्त्रालयले पनि बन्दीको पक्राउ कहिले र कुन अभियोगमा गरिएको भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

इरानमा करिब २०० जना जापानी नागरिक बसोबास गर्दै आएको छन् । तिनमा १५० जना राजधानी तेहरानमा छन् । जापान सरकारले यसको सुरक्षा र संरक्षण सुनिश्चित गर्न निरन्तर पहल गर्दै आएको जनाएको छ ।

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा
एजेन्सी । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन पर्याप्त जनसमर्थन प्राप्त हुने आशा व्यक्त गर्दै आइतबार संसदीय निर्वाचनको मतदान सुरु भएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० ले आर्थिक सहयोग र धार्मिक घोटालाका कारण दबाब झेले पनि ताकाइचीले त्यसलाई उल्ट्याउने विश्वाससहित मध्यावधि निर्वाचनको आह्वान गर्नुभएको हो ।

ताकाइची लोकप्रिय नेताका रूपमा चिनिनुहुन्छ । विगत सात दशकदेखि जापानमा शासन गर्दै आएको एलडिपी हाल विश्वासको सङ्कटमा परे पनि उहाँले दक्षिणपन्थी एजेन्डामार्फत अर्थतन्त्र र सैन्य क्षमता बलियो बनाउने लक्ष्य राख्नुभएको छ । चीनसँग बढ्दो तनावका बीच जापानको सुरक्षा क्षमता विस्तार गर्नु र प्रमुख अमेरिकी सहयोगीसँगको सम्बन्ध थप सुदृढ बनाउनु उहाँका प्रमुख प्राथमिकता हुन् ।

अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकी अल्ट्राकन्जरभेटिभ ताकाइचीले ‘काम गर्ने, काम गर्ने, काम गर्ने’ भन्ने नारासहित सक्रिय नेतृत्वको प्रतिज्ञा गर्नुभएको छ । उहाँको स्पष्ट र कडा शैलीले युवा मतदातामाझ पनि समर्थन पाएको देखिन्छ ।

हालैका सर्वेक्षणले तल्लो सदनमा एलडिपीको उल्लेखनीय जित हुनसक्ने सङ्केत गरेका छन् । नयाँ मध्यमार्गी गठबन्धन र बढ्दो अति–दक्षिणपन्थी समूहहरू उदाए पनि विपक्षीले ठोस चुनौती दिन सक्ने अवस्था कमजोर देखिएको छ । ताकाइचीले आफ्नो दल एलडिपीले नयाँ साझेदार जापान इनोभेसन पार्टीसँग मिलेर ४६५ सिटको तल्लो सदनमा बहुमत हासिल गर्ने अपेक्षा गर्नुभएको छ ।

प्रमुख जापानी अखबारहरूको सर्वेक्षणअनुसार एलडिपीले एक्लै साधारण बहुमत ल्याउन सक्ने सम्भावना छ भने गठबन्धनले करिब ३०० सिट जित्न सक्छ । यदि बहुमत प्राप्त गर्न असफल भए आफूले राजीनामा दिने ताकाइचीको चेतावनी छ ।

ताकाइचीको सम्भावित ठूलो जितले जापानको सुरक्षा, आप्रवासन र अन्य नीतिहरूलाई दक्षिणतर्फ उल्लेखनीय रूपमा मोड्न सक्ने अनुमान गरिएको छ । उहाँले सैन्य क्षमता विस्तार, हतियार निर्यातसम्बन्धी प्रतिबन्ध हटाउने र युद्धपछिको शान्तिवादी नीतिबाट क्रमशः टाढा जाने वाचा गर्नुभएको छ । साथै विदेशीहरूमाथि कडा नीति, जासुसीविरोधी उपाय र रक्षा खर्च वृद्धि गर्ने योजना पनि प्रस्तुत गर्नुभएको छ, जसबारे नागरिक अधिकार कमजोर पर्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् ।

आइतबारको मतदान टोकियोसहित देशभर ताजा हिमपातका बीच सुरु भएको हो । पछिल्ला हप्ताहरूमा उत्तरी जापानमा परेको भारी हिमपातले सडक अवरुद्ध हुनुका साथै जनजीवन प्रभावित भएको छ, जसका कारण केही क्षेत्रमा मतदान र मतगणनामा ढिलाइ हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

ताकाइचीद्वारा संसद् विघटन, जापानमा मध्यावधि चुनाव
टोकियो । जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग प्रशस्त गर्नुभएको छ । यो निर्णय हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहोरेको शासक दललाई पुनः सुदृढ बनाउने उद्देश्यले उहाँको उच्च लोकप्रियताको सदुपयोग गर्ने प्रयासका रूपमा हेरिएको छ । यद्यपि, यस कदमका कारण सङ्घर्षरत अर्थतन्त्रलाई गति दिने र बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्यसहितको बजेटमाथि छलफल र मतदान केही समय ढिलाइ हुने देखिएको छ ।

गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकी ताकाइचीले पदभार सम्हालेको तीन महिना मात्र भएको छ । तर यस छोटो अवधिमै उहाँले करिब ७० प्रतिशतको बलियो अनुमोदन दर कायम गर्न सफल हुनुभएको छ, जसलाई राजनीतिक रूपमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

प्रधानमन्त्री ताकाइचीले ताइवानसमर्थक टिप्पणी गरेपछि चीनसँग जापानको सम्बन्धमा चिसोपन बढ्दै गएको छ । साथै, वासिङ्टन र बेइजिङ दुवैले यस क्षेत्रमै सैन्य श्रेष्ठता कायम गर्न खोजिरहेका बेला संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको समीकरणका बीच उहाँले रक्षा क्षेत्रमा खर्च बढाउने चाहना व्यक्त गर्नुभएको छ ।

चार सय ६५ सदस्यीय तल्लो सदन विघटनसँगै मङ्गलबारदेखि औपचारिक रूपमा १२ दिने चुनावी अभियान सुरु हुनेछ । सदनका अध्यक्ष फुकुशिरो नुकागाले विघटनको घोषणा गर्नासाथ उपस्थित सांसदहरू उभिएर ‘बान्जाइ’ अर्थात् ‘दीर्घायु’ भन्ने नारा तीन पटक लगाउँदै चुनावी तयारीका लागि तात्कालिक रूपमा सक्रिय भएका थिए ।

बहुमत विस्तार गर्ने ताकाइचीको आशा

प्रारम्भिक चुनावको योजना बनाउनुको मूल उद्देश्य दुई सदनात्मक संसद्को तुलनात्मक रूपमा बढी शक्तिशाली तल्लो सदनमा शासक गठबन्धनको बहुमत विस्तार गर्नु रहेको प्रधानमन्त्री ताकाइचीले स्पष्ट पार्नुभएको छ । उहाँको लोकप्रियताले यस प्रयासलाई बल पुग्ने विश्वास लिइएको छ ।

सन् २०२४ मा चुनाव पराजय व्यहोरेपछि भ्रष्टाचारसम्बन्धी काण्डले बदनाम बनेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र यसको गठबन्धनसँग तल्लो सदनमा केवल झिनो बहुमत मात्र छ । माथिल्लो सदनमा भने गठबन्धनसँग बहुमत नहुँदा आफ्ना नीति तथा कार्यक्रम पारित गर्न विपक्षी दलका सांसदहरूको समर्थनमा निर्भर रहनुपरेको अवस्था छ ।

प्रमुख आर्थिक कार्यक्रमका लागि आवश्यक बजेट पारित गर्न ढिलाइ गरेको भन्दै विपक्षी नेताहरूले प्रधानमन्त्री ताकाइचीको कडा आलोचना गरेका छन् । यसबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “म विश्वास गर्छु कि सार्वभौम नागरिकका रूपमा जनताले साने ताकाइची प्रधानमन्त्री हुनुपर्छ कि हुँदैन भन्ने निर्णय गर्ने यही एक मात्र विकल्प हो, म प्रधानमन्त्रीका रूपमा मेरो सम्पूर्ण करियर यस निर्णयसँग जोड्दैछु ।”

कट्टर रूढीवादी धारणा राख्नुहुने प्रधानमन्त्री ताकाइचीले आफ्ना मध्यमार्गी पूर्ववर्ती शिगेरु इसिबासँगको वैचारिक भिन्नता प्रस्ट रूपमा देखाउन चाहनुभएको छ । उहाँका अनुसार जापानलाई ‘बलियो र समृद्ध’ राष्ट्र बनाउन वित्तीय खर्च विस्तार, सैन्य संरचना सुदृढीकरण तथा कडा आप्रवासन नीतिहरू आवश्यक छन् र यी विषयमा मतदाताले निष्पक्ष मूल्याङ्कन गर्नुपर्नेछ ।

उत्साही र निर्णायक नेतृत्व छविका कारण विशेषगरी युवा पुस्तामाझ उहाँको अनुमोदन दर बलियो देखिएको छ । यद्यपि, राजनीतिक कोषसम्बन्धी घोटालाबाट एलडिपी अझै पूर्ण रूपमा मुक्त हुन नसकेकाले परम्परागत समर्थक मतदातामध्ये केही विश्वव्यापीकरणविरोधी सान्सेइतो जस्ता उदीयमान अति–दक्षिणपन्थी लोकप्रिय विपक्षी दलतर्फ आकर्षित भएका छन् ।

जापान–दक्षिण कोरिया शिखर सम्मेलन: अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मङ्गलबार पश्चिमी जापानको ऐतिहासिक सहर नारामा जापानी प्रधानमन्त्री साने ताकाइचीसँग शिखर सम्मेलनका लागि भेटवार्ता गर्नुभएको छ ।

कहिलेकाहीँ तनावपूर्ण रहने द्विपक्षीय सम्बन्ध सुधार गर्ने लक्ष्यसहित आयोजित यस भेटमा व्यापार, क्षेत्रीय सुरक्षा तथा चीन र उत्तर कोरियाबाट उत्पन्न चुनौतीहरू प्रमुख एजेन्डा बनेका छन् । टोकियोले चीनसँग गहिरिँदो व्यापारिक र राजनीतिक विवादको सामना गरिरहेको पृष्ठभूमिमा यो भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री ताकाइचीले पदभार ग्रहण गरेको केही महिनामै बलियो अनुमोदन मूल्याङ्कन प्राप्त गर्न सफल हुनुभएको छ, यद्यपि उहाँको दलसँग संसद्का दुई सदनमध्ये एउटामा मात्र बहुमत छ । त्यसैले यो शिखर सम्मेलनलाई उहाँका लागि राजनीतिक रूपमा पनि लाभदायक मानिएको छ । विश्लेषकहरूका अनुसार आगामी दिनमा थप सिट जित्ने उद्देश्यले उहाँले तुरुन्त चुनावको सम्भावना पनि केलाइरहनुभएको छ ।

प्रधानमन्त्री ताकाइचीले राष्ट्रपति लीलाई आफ्नै गृहनगर नारामा आतिथ्य दिनुभएको हो । हरिण र शताब्दीयौँ पुराना बौद्ध मन्दिरहरूका कारण चिनिने नारा जापानको प्राचीन राजधानी हो । बुधबार प्रधानमन्त्री ताकाइचीले राष्ट्रपति लीलाई होरु मन्दिरको भ्रमण गराउने कार्यक्रम छ, जहाँ सातौँ शताब्दीको अन्त्य वा आठौँ शताब्दीको सुरुआतताका निर्माण भएका भवनहरू रहेका छन् । ती भवनहरू विश्वकै सबैभन्दा पुराना जीवित काठका संरचना मानिन्छन् र कोरियाली प्रायद्वीप हुँदै जापानमा बौद्ध धर्म प्रवेश गरेको ऐतिहासिक सन्दर्भलाई उजागर गर्छन् । सोही दिन राष्ट्रपति लीले जापानमा रहेका दक्षिण कोरियाली समुदायसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

जापान र कोरियाली प्रायद्वीपबीच सांस्कृतिक, धार्मिक र राजनीतिक सम्बन्ध पुरातन कालदेखि रहँदै आएको छ । तर आधुनिक इतिहासमा सन् १९१० देखि १९४५ सम्मको जापानी औपनिवेशिक शासनका कारण उत्पन्न विवादले दुवै देशको सम्बन्ध पटक–पटक तनावग्रस्त बनाएको छ । सोमबार नारामा पुगेकी प्रधानमन्त्री ताकाइचीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै एक हजार ३०० वर्षभन्दा लामो साझा इतिहास र सांस्कृतिक आदानप्रदान रहेको प्राचीन राजधानी नारामा भेट हुँदा दक्षिण कोरियासँगको सम्बन्धलाई अगाडि बढाउने अपेक्षा व्यक्त गर्नुभएको थियो ।

मङ्गलबारको वार्तामा दुई देशबीचको व्यापार, चीन र उत्तर कोरियाबाट देखिएका चुनौती तथा आपसी विश्वास सुदृढ गर्ने विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ । जापान र दक्षिण कोरिया दुवै संयुक्त राज्य अमेरिकाका प्रमुख सहयोगी राष्ट्र भएकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रत्याशित कूटनीतिसँग कसरी अघि बढ्ने भन्ने विषय पनि छलफलमा पर्नेछ । साथै, दुवै देश रक्षा खर्च बढाउन अमेरिकाको दबाबमा रहेका छन् ।

राष्ट्रपति ली गत साता चिनियाँ नेता सी जिनपिङसँग भेटवार्ता गर्न बेइजिङ जानुभएको थियो । त्यही बेला चीनले जापानमाथि आर्थिक र राजनीतिक दबाब बढाउँदै सियोललाई नजिक्याउने प्रयास गरिरहेको बताइएको छ । उक्त भ्रमणका क्रममा उहाँले जापानसँगको सम्बन्ध चीनसँगको सम्बन्ध जत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै दक्षिण कोरियाको मेलमिलाप क्षमतामा सीमितता रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

जापानको एनएचके टेलिभिजनसँगको अन्तर्वार्तामा राष्ट्रपति लीले दक्षिण कोरियाको ट्रान्स–प्यासिफिक पार्टनरसिपअन्तर्गत १२ सदस्यीय व्यापक तथा प्रगतिशील सम्झौतामा सहभागिताका लागि जापानी समर्थन चाहेको बताउनुभयो । साथै, फुकुसिमा दाइची आणविक दुर्घटनापछि प्रभावित जापानी क्षेत्रबाट आयातमा लगाइएको प्रतिबन्ध हटाइने भए पनि दक्षिण कोरियाली जनताबीच स्वास्थ्यसम्बन्धी चिन्ताका कारण समय लाग्न सक्ने उहाँको भनाइ छ । उहाँले जापान र अमेरिकासहित त्रिपक्षीय सुरक्षा सहकार्यप्रति पनि चासो देखाउँदै गहिरो आपसी विश्वास नै सबैभन्दा महत्त्वपूर्ण विषय भएको स्पष्ट पार्नुभयो ।

बढ्दो अमेरिका–चीन प्रतिस्पर्धा र उत्तर कोरियाको तीव्र रूपमा अघि बढिरहेको आणविक कार्यक्रमजस्ता साझा चुनौतीका कारण हालका वर्षहरूमा सियोल र टोकियोबीचको सम्बन्ध सुधार हुँदै आएको छ । सुरुमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा–बाज छविका कारण राष्ट्रपति लीसँग सहकार्यमा आशङ्का गरिएको थियो । तर हालसम्म दुवै नेताले ऐतिहासिक मतभेदलाई अलग राख्दै व्यावहारिक सहकार्यमा जोड दिँदै आउनुभएको छ ।

मिडिया रिपोर्टहरूका अनुसार ऐतिहासिक विवादमा प्रत्यक्ष छलफल नहुने सम्भावना भए पनि सन् १९४२ मा दुर्घटनामा परी प्रायः कोरियाली जबरजस्ती मजदुरसहित १८० कामदारको ज्यान गएको पश्चिमी जापानको एक पुरानो अन्डरसी खानी क्षेत्रबाट अवशेष पुनः प्राप्त गर्ने विषयमा सम्भावित मानवीय सहयोगबारे छलफल हुनसक्ने बताइएको छ ।

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प
एजेन्सी । पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको भूकम्प आएपछि धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ ।

भूकम्प स्थानीय समय अनुसार बिहान १०ः१८ मा पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटरको गहिराइमा आएको उल्लेख गर्दै, मौसम विज्ञान विभागले भूकम्पले जापानको शिमाने र टोटोरी प्रान्तहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।

विभागका खनुसार भूकम्पको केन्द्र ३५.३ डिग्री उत्तरी अक्षांश र १३३.२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । जेएमएका अनुसार ५.१ र ५.४ म्याग्निच्युड मापन गरिएका दुईवटा पराकम्पले समान क्षेत्रलाई स्थानीय समय अनुसार क्रमशः १०ः२८ र १०ः३७ मा प्रहार गरेको थियो ।

भूकम्पको समयमा खसेको र अन्य घाइते भएका कारण सिमाने प्रान्तको माट्सु सिटीका चार जनालाई अस्पताल लगिएको थियो । भूकम्पले सहरका धेरै घरहरूको छतमा क्षति पुगेको सार्वजनिक प्रसारणकर्ता एन. एच. के. ले जनाएको छ ।

छिमेकी टोट्टोरी प्रान्तको सकाइमिनाटो सहरमा स्थानीय प्रहरीले सडकमा दरार परेको खबर प्राप्त गरेको जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट दक्षिणमा रहेको हिरोसिमा प्रान्तको फुकुयामा सहरमा भूकम्पका कारण दुई जना घाइते भएको रिपोर्टमा उल्लेख छ ।

भूकम्प परिमाण ६.२ म्याग्निच्युड रहेको उल्लेख गर्दै जेएमएले पश्चिमी टोटोरी प्रान्तमो लामो अवधिको भू–गति अवलोकन गरिएको बताएको छ । लामो अवधिको भू–गतिले ठूला भूकम्पहरूबाट तीव्र, ढिलो र निरन्तर भूकम्पीय छालहरूलाई जनाउँछ, जसले उच्च–वृद्धि भवनहरूलाई हल्लाइ माथिल्लो तलामा रहेका मानिसहरूलाई असर गर्न सक्छ ।

दक्षिणपश्चिमी जापानमा भीषण आगलागी: १७० घर नष्ट, सयौँ विस्थापित
एजेन्सी । दक्षिणपश्चिमी जापानको एक बस्तीमा लागेको भीषण आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म–रक्षा फौजका हेलिकप्टरहरूले १७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य हुनुपरेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

जापानको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार कम्तीमा १७० घर पूर्ण रूपमा जलेका वा क्षतिग्रस्त भएका छन् । साथै, ७० वर्ष उमेरका एक पुरुष बेपत्ता भएपछि उद्धार टोली थप सतर्कताका साथ खोजीकार्यमा जुटिरहेको जनाइएको छ ।

आगलागी मङ्गलबार साँझ ओइटा सहरको माछा मार्ने बन्दरगाह नजिकै सुरु भएको थियो । तीव्र हावाका कारण आगो तीव्र गतिमा फैलिँदै वरपरका घरहरू र नजिकको जङ्गलमा समेत पुगेको थियो । ओइटा दक्षिणी मुख्य टापु क्युशोमा अवस्थित सहर हो । यहाँ यो दुर्लभ स्तरको आगलागीले स्थानीयहरूलाई गम्भीर विपत्तिमा पारेको छ ।

दिउँसो प्रसारित जापानी टेलिभिजन दृश्यहरूमा विस्तृत क्षेत्रभरि जलेका र क्षतिग्रस्त घरहरूबाट बाक्लो धुवाँ उठिरहेको देखिन्थ्यो । यद्यपि प्रत्यक्ष ज्वाला भने धेरैजसो निभिसकेको देखिन्थ्यो ।

एक स्थानीय बासिन्दाले क्योदो न्युजसँग कुरा गर्दै भने, “आगो आँखा झिम्क्याउँदा फैलियो । मलाई केही उठाउने फुर्सदै भएन, जीवन बचाउन मात्रै भाग्न सकेँ ।”

आगो नियन्त्रणमा लिन दर्जनौँ फायर इन्जिन प्रयोग गरिएको छ र २०० भन्दा बढी अग्निनियन्त्रक खटिइरहेका छन् । तर आगलागी सुरु भएको करिब २० घण्टा बितिसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको अधिकारीहरूले बताएका छन् ।

ग्राउन्ड सेल्फ–डिफेन्स फोर्स (जिएसडिएफ) ले पनि सहयोगस्वरूप दुई वटा युएच–१ सैन्य हेलिकप्टर परिचालन गरेको छ । ती हेलिकप्टरले आकाशबाट निरन्तर पानी छर्केर आगो निभाउने प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्री साने ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया व्यक्त गर्दै आगलागीबाट पीडित भएका सबैप्रति हार्दिक सहानुभूति प्रकट गर्नुभयो । उहाँले प्रभावित नागरिकहरूलाई आवश्यक सबै प्रकारका राहत तथा सहयोग ‘अधिकतम रूपमै उपलब्ध गराइने’ आश्वासन दिनुभएको छ ।

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी
एजेन्सी । जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको छ ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प साँझ ५ः०३ बजे (०८०३ जिएमटी) इवाटे प्रान्तको समुद्री क्षेत्रमा केन्द्रित थियो । एजेन्सीले करिब एक मिटर (तीन फिट) उचाइको सम्भावित सुनामी आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन अनुरोध गरेको छ ।

संयुक्त राज्य अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (युएसजिएस) ले भने भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड मापन गरेको जनाएको छ ।

जेएमएले इवाटे तटका लागि ‘सुनामी सल्लाह जारी गरिएको’ बताउँदै कुनै पनि क्षण समुद्री छालहरू तटीय क्षेत्रमा पुग्न सक्ने चेतावनी दिएको छ । यसैबीच, राष्ट्रिय प्रसारणकर्ता एनएचकेले अपतटीय क्षेत्रमा सानो सुनामी छालहरू देखिएको पुष्टि गर्दै जनतालाई समुद्र तटबाट टाढा रहन र उच्च स्थानमा सर्न आग्रह गरेको छ ।

जापानी टेलिभिजनहरूले प्रत्यक्ष प्रसारणमार्फत समुद्र अपेक्षाकृत शान्त देखिएको भए पनि अधिकारीहरूले सावधानी अपनाउन आग्रह गरेका छन् ।

यो क्षेत्र सन् २०११ को विनाशकारी ९।० म्याग्निच्युडको समुद्रमुनिको भूकम्पको पीडादायी स्मृतिले अझै त्रसित छ । उक्त भूकम्पले विशाल सुनामी निम्त्याएको थियो । त्यस विनाशकारी विपद्ले करिब १८ हजार ५०० मानिसको ज्यान लिएको वा बेपत्ता बनाएको थियो ।

सोही सुनामीका कारण फुकुसिमा आणविक ऊर्जा संयन्त्रका तीन रिएक्टर पग्लिएको थियो, जसले जापानको इतिहासमा सबैभन्दा ठूलो प्रकोप र चेर्नोबिलपछिको विश्वकै दोस्रो ठूलो आणविक दुर्घटना निम्त्याएको थियो ।

जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ भनिने क्षेत्रको पश्चिमी किनारमा अवस्थित छ, जहाँ चार प्रमुख टेक्टोनिक प्लेटहरू एकआपसमा ठोक्किन्छन् । यस कारण जापान विश्वका सबैभन्दा भूकम्पीय रूपमा सक्रिय राष्ट्रहरू मध्ये एक हो ।

झन्डै १२ करोड ५० लाख जनसङ्ख्या रहेको यो द्वीपसमूहमा प्रत्येक वर्ष करिब एक हजार ५०० भन्दा बढी भूकम्पीय धक्का अनुभव हुने गरेको छ । तीमध्ये अधिकांश हल्का प्रकृतिका भए पनि तिनीहरूको क्षतिको स्तर भूकम्पको गहिराइ र केन्द्रविन्दु नजिकका बस्तीहरूमा निर्भर हुने गर्दछ ।

जापानमा घातक भालु आक्रमणपछि सेना तैनाथ
एजेन्सी । यस वर्ष रेकर्ड स्तरमा पुगेको घातक भालु आक्रमणहरूबाट प्रभावित जापानको उत्तरी क्षेत्रमा जापानी सरकारले बुधबारदेखि सेना तैनाथ गर्न थालेको छ । प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा रहेको नयाँ सरकारले यो सङ्कटलाई नियन्त्रणमा ल्याउन विशेष नीतिगत प्याकेजको मस्यौदा तयार गर्ने तयारीसमेत थालेको जनाएको छ ।

अप्रिलयता भालु आक्रमणका घटनामा कम्तीमा १२ जनाको ज्यान गइसकेको छ भने सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । यो अवस्थालाई अत्यन्त गम्भीर रूपमा लिँदै सरकारले स्थानीय बासिन्दाहरूको सुरक्षालाई प्रमुख प्राथमिकता दिएको छ ।

जापानमा कडा बन्दुकसम्बन्धी कानून रहेको हुँदा सैनिकहरूले बन्दुक बोकेर जनावरहरूको सिकार गर्ने अनुमति पाएका छैनन् । त्यसैले आत्मरक्षा बलका सदस्यहरूलाई भालु स्प्रे, स्टिक, ढाल, सुरक्षात्मक चश्मा, बुलेटप्रुफ ज्याकेट र नेट लन्चरजस्ता उपकरणले सुसज्जित गरिने रक्षा मन्त्रालयले जनाएको छ । यस उपायले आतङ्कित समुदायमा सुरक्षाको भावना पुनःस्थापित गर्ने विश्वास गरिएको छ ।

विज्ञहरूका अनुसार यस वर्ष जापानमा एकोर्न ९ओकको फल० को खराब उत्पादनका कारण भालुहरू सहरतर्फ आकर्षित भएका हुन् । विशेषगरी अकिता र इवाटेजस्ता उत्तरी प्रान्तहरूमा भालुहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । ग्रामीण जनसङ्ख्याको तीव्र ह्रासका कारण परम्परागत मानव–वन्यजन्तु सीमाहरू धमिलो बन्दै गएको र त्यसले भालुहरूलाई आवासीय क्षेत्रमा प्रवेश गर्न उत्प्रेरित गरेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

जापानको आत्मरक्षा बलले ग्रामीण क्षेत्रमा भालु नियन्त्रणका लागि आवश्यक लजिस्टिक सहयोग पुर्‍याउने निर्णय गरेको छ । यसमा जाल सार्ने, शिकारीहरूलाई सहयोग गर्ने र समातिएका भालुहरूको व्यवस्थापनमा सहभागी हुने कार्यहरू समावेश छन् ।

अति प्रभावित अकिता प्रान्तको काजुनो सहरमा बुधबार १५ जना सैनिकको विशेष टोली पठाइएको छ, जसले भालु जाल सार्न सहयोग गर्नेछ । उप–मुख्य क्याबिनेट सचिव केई साइतोले सेनाको मुख्य दायित्व राष्ट्रिय सुरक्षा भए पनि नागरिक सुरक्षाका लागि सम्भव सहयोग गर्न उनीहरू तत्पर रहेको बताउनुभयो ।

प्रधानमन्त्री ताकाइचीको मन्त्रिपरिषद्ले गत हप्ता विशेष बैठक बोलाई यो सङ्कटलाई प्राथमिकतामा राख्दै नोभेम्बरको मध्यसम्ममा नीति प्याकेज प्रस्तुत गर्ने प्रतिवद्धता जनाएको थियो । उक्त प्याकेजले विशेष अवस्थामा, जस्तै आवासीय क्षेत्रमा भालु देखा परेमा, तत्काल प्रतिक्रिया दिन सक्ने शिकारीहरूको सङ्ख्या बढाउने सम्भावना रहेको छ ।

अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले आफ्नो क्षेत्रमा वन्यजन्तु नियन्त्रणका लागि सीमित स्रोत रहेको भन्दै सेनाको सहयोगप्रति आभार प्रकट गर्नुभयो । “स्थानीय निकायहरूसँगको समन्वयमार्फत आत्मरक्षा बलका सदस्यहरूले प्रभावकारी रूपमा सहयोग पुर्‍याउनेमा म विश्वस्त छु”, गभर्नर सुजुकीले अकितामा सेनासँगको हस्ताक्षर समारोहमा भन्नुभयो ।

जापानमा विदेशी बासिन्दाको सङ्ख्या करिब ४० लाख पुग्यो
एजेन्सी । जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको सङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । देशमा श्रम शक्ति अभावका कारण पछिल्ला वर्षहरूमा विदेशी कामदारहरूलाई ठूलो सङ्ख्यामा स्वीकार गरिँदै आएको छ ।

सरकारी तथ्याङ्क अनुसार सन् २०२५ को जुन महिनाको अन्त्यसम्म जापानमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने विदेशी बासिन्दाहरूको सङ्ख्या ३९ लाख ५६ हजार पुगेको हो ।

अध्यागमन सेवा एजेन्सीले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो सङ्ख्या सन् २०२४ को अन्त्यको तुलनामा करिब पाँच प्रतिशत अर्थात् एक लाख ८७ हजारले वृद्धि भएको हो । हाल जापानको कुल जनसङ्ख्याको तीन दशमलव २१ प्रतिशत हिस्सा विदेशी बासिन्दाहरूले ओगटेका छन्, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो ।

आवासीय स्थितिको आधारमा हेर्दा स्थायी बासिन्दाहरूको सङ्ख्या एक दशमलव पाँच प्रतिशतले बढ्दै नौ लाख ३२ हजार ९० पुगेको छ, जसले सबैभन्दा ठूलो समूह प्रतिनिधित्व गर्छ । त्यसपछि दोभाषे र अन्य पेशागत कामदारहरू समेत समावेश इन्जिनियर, मानविकी तथा अन्तर्राष्ट्रिय सेवाका विशेषज्ञहरूको भिसा कोटीमा रहेका व्यक्तिहरूको सङ्ख्या नौ दशमलव चार प्रतिशतले बढेर चार लाख ५८ हजार १०९ पुगेको छ ।

अध्यागमन एजेन्सीका अनुसार हालको वृद्धिदर निरन्तर रहँदा सन् २०२५ को अन्त्यसम्म जापानमा विदेशी बासिन्दाहरूको सङ्ख्या करिब ४१ लाख ५० हजार पुग्ने अपेक्षा गरिएको छ ।

यसै अवधिमा सन् २०२५ को पहिलो अर्धवार्षिकमा जापानमा प्रवेश गर्ने विदेशी आगन्तुकहरूको सङ्ख्या समेत तीव्र रूपमा बढ्दै दुई करोड १३ लाख मिलियन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो । एजेन्सीको अनुमानअनुसार यस वर्षभर जापान प्रवेश गर्ने विदेशीहरूको कुल सङ्ख्या करिब चार करोड ५० लाख पुग्ने सम्भावना रहेको छ ।

अमेरिकी अटो र अन्य सामानमा कम भन्सार शुल्क लागू गर्ने ट्रम्पको आदेशलाई जापानद्वारा स्वागत
एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अटोमोबाइल र अन्य जापानी आयातमा कम भन्सार शुल्क लागू गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई स्वागत गर्नुभएको छ ।

उहाँले यसलाई प्रमुख उद्योगहरूले भोगिरहेको अनिश्चितता हटाउने कदमका रूपमा व्याख्या गर्नुभयो ।

अघिल्लो २५ प्रतिशतबाट १५ प्रतिशतमा भन्सार शुल्क कटौती गर्ने सम्झौता जुलाई २२ मा दुवै पक्षबीच भएको थियो ।

“जापान र संयुक्त राज्य अमेरिकाबीचको कर वार्ता सरकारको शीर्ष प्राथमिकता थियो । हामीले सकेसम्म चाँडो र उत्तम तरिकाले सम्झौता हासिल गर्न सबै प्रयास गरेका थियौँ”, प्रधानमन्त्री इशिबाले शुक्रबार भन्नुभयो, “यो परिणाम उत्कृष्ट छ ।”

यो कदम जापानी प्रधानमन्त्रीले आफ्नै पार्टीभित्रका दक्षिणपन्थी प्रतिद्वन्द्वीहरूबाट दबाब खेपिरहेको बेला आएको हो । जुलाईमा भएको निर्वाचनमा हार खाएपछि उहाँमाथि राजीनामाको माग बढ्दै गएको छ ।

वासिङ्टनमा जापानका शीर्ष कर वार्ताकार रियोसी अकाजावा र अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले पनि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै अमेरिकी परियोजनामा पाँच खर्ब ५० अर्ब डलरको जापानी लगानी पुष्टि गर्नुभएको छ ।

अकाजावाले ट्रम्पको आदेशले अटोमोबाइल र अटो पाट्र्समा भन्सार शुल्क १५ प्रतिशतमा सीमित गर्ने र विद्यमान दरमा कुनै थप वृद्धि नहुने स्पष्ट पार्नुभयो ।

अन्य धेरै सामानमा पनि यस्तै ‘पारस्परिक भन्सार शुल्क’ लागू हुने भए पनि विमान र विमानका पाट्र्स भने यसबाट बाहिर रहनेछन् ।

जुलाईमा सम्झौता भए पनि जापानी अधिकारीहरूले केही दिनपछि प्रारम्भिक प्रतिलिपामा त्रुटि भेट्टाएका थिए । त्यसले विद्यमान दरमाथि १५ प्रतिशत थपिएको देखाएपछि जापानले आपत्ति जनायो । वासिङ्टनले गल्ती स्वीकार गर्दै अतिरिक्त भुक्तान भएका भन्सार शुल्क फिर्ता गर्नेमा सहमति जनायो ।

अकाजावाका अनुसार आदेश दुई साताभित्र कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री इशिबाले ट्रम्पलाई आफ्नो पत्र पठाउँदै ‘जापान–अमेरिका सम्बन्धको स्वर्णिम युग निर्माण गर्ने’ इच्छा प्रकट गर्नुभयो र राष्ट्रपतिलाई जापान भ्रमणको निम्तो दिनुभयो ।

अकाजावाले सम्झौतालाई निरन्तर लगानीमै केन्द्रित आफ्नो प्रयासको नतिजा भएको उल्लेख गर्दै भन्नुभयो, “सम्झौतालाई विश्वासपूर्वक र तुरुन्त कार्यान्वयन गर्नु अत्यन्तै महत्त्वपूर्ण छ ।”

द्वितीय विश्वयुद्धको ८० वर्षपछि जापानी सम्राटद्वारा ‘गहिरो पश्चात्ताप’ व्यक्त
एजेन्सी । द्वितीय विश्वयुद्धमा जापानको आत्मसमर्पणको ८०औँ वार्षिकोत्सवको अवसरमा सम्राट नारुहितोले शुक्रबार ‘गहिरो पश्चात्ताप’ व्यक्त गर्दै युद्धमा ज्यान गुमाएका लाखौँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

टोकियोको यासुकुनी मन्दिरमा हजारौँ मानिसले चर्को गर्मीको बीचमा श्रद्धाञ्जलि दिए । यो मन्दिरले १९औँ शताब्दीको अन्त्यदेखि मृत्यु भएका मुख्यतया २५ लाख जापानी सैनिकलाई सम्मान गर्छ, तर केही युद्ध अपराधीहरूलाई पनि सम्मान भाव प्रकट गर्ने भएकाले विवादास्पद मानिन्छ ।

यहाँ जापानी मन्त्रीहरूको उपस्थितिले चीन र दक्षिण कोरियालगायत युद्धपीडित देशहरूलाई क्रोधित बनाउँदै आएको छ ।

सहरको केन्द्रमा आयोजित समारोहमा सम्राट नारुहितोले महारानी मासाकोसँग सहभागिता जनाउँदै भन्नुभयो, “अन्तिम युद्धमा आफ्नो बहुमूल्य जीवन गुमाएका असङ्ख्य व्यक्ति र तिनीहरूका शोकाकुल परिवारहरूसँग मेरा विचारहरू छन् । हाम्रो विगतप्रति चिन्तन गर्दै र गहिरो पश्चात्तापको भावनालाई दिमागमा राख्दै म इमानदारीपूर्वक यस्तो विनाश फेरि कहिल्यै नदोहोरियोस् भन्ने आशा गर्छु ।”

प्रधानमन्त्री शिगेरु इशिबाले पनि शान्तिका लागि काम गर्ने वाचा गर्नुभयो । यद्यपि उहाँले यासुकुनी मन्दिरमा परम्परागत भेटी पठाउनुभयो, जसले फेरि विवाद जन्माएको छ । पूर्व प्रधानमन्त्री शिन्जो आबेको भ्रमणले अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नुपरेकाले सन् २०१३ यता कुनै पनि प्रधानमन्त्रीले मन्दिर भ्रमण गरेका छैनन् ।

उक्त दिन कृषिमन्त्री शिन्जिरो कोइजुमी, विपक्षी नेत्री सानाए ताकाइची र राष्ट्रवादी सानसेइतो पार्टीका सदस्यहरू पनि मन्दिर पुग्नुभएको थियो ।

मन्दिर परिसरमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा बढी थियो । धेरैले छाताहरू प्रयोग गरी घामबाट बच्ने प्रयास गरेका थिए । केही बिरामी समेत परे ।

स्थानीय नागरिकहरू युद्धका पाटाहरू सम्झन र आत्मचिन्तन गर्न मन्दिर पुगेका थिए । एक आगन्तुक ताकाशी इगुचीले भन्नुभयो, “हामी युद्धको सम्भावना रहेको समयमा बाँचेका छौँ । जापानको इतिहास सम्झनु अहिले झन् महत्त्वपूर्ण छ ।”

सम्राट नारुहितो, महारानी मासाको र राजकुमारी ऐकोले अर्को महिना नागासाकी भ्रमण गर्नुहुनेछ । त्यहाँ उहाँहरूले परमाणु बमबाट बाँचेकाहरूलाई भेट्ने र युद्धपीडितलाई श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । यो सम्राटको सिंहासनमा आरोहणपछिको पहिलो नागासाकी भ्रमण हुनेछ ।

जापान र चीनले फरक मितिमा दोस्रो विश्वयुद्धको वार्षिकोत्सव मनाउँछन्
एजेन्सी । दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षपछि, जापान र चीनले वार्षिकोत्सवलाई प्रमुख कार्यक्रमहरूसहित मनाइरहेका छन्, तर फरक मितिमा र फरक तरिकाले ।

जापानले अगस्ट १५ मा एक गम्भीर समारोहमा पीडितहरूलाई सम्झना गर्छ । उक्त दिन तत्कालीन सम्राट हिरोहितोले सरकारले आत्मसमर्पण गरेको रेडियो सन्देशमा घोषणा गर्नुभएको थियो ।

अर्कोतर्फ चीनले सेप्टेम्बर ३ मा टोकियो खाडीमा अमेरिकी युद्धपोतमा औपचारिक आत्मसमर्पण गरेको भोलिपल्ट परेडका साथ आफ्नो सैन्य शक्ति प्रदर्शन गर्दछ ।

जापानले दोस्रो विश्वयुद्ध अघि र त्यस समयमा विनाशकारी र क्रूर आक्रमणमा चीनको धेरै भाग कब्जा गरेको थियो, जसमा केही अनुमान अनुसार दुई करोड मानिस मारिएका थिए । युद्धकालको अनुभवले आज पनि दुई देशबीचको सम्बन्धलाई समस्यामा राखेको छ ।

चिनियाँ सहर बेन्क्सीको एउटा सङ्ग्रहालयले जापान विरोधी प्रतिरोध लडाकूहरूको सङ्घर्षलाई उजागर गर्छ । तिनीहरूले उत्तरपूर्वी भू–भाग ९तत्कालीन मन्चुरिया भनिने० मा कठोर जाडोमा काठको झुप्रोमा लुकेर बसे र त्यसपछि रूसमा गएर शरण लिएका थिए ।

सोभियत सङ्घले जापानविरुद्ध युद्धको घोषणा गरेपछि र सन् १९४५ अगस्ट ९ मा मन्चुरियामा आक्रमण सुरु गरेपछि मात्र तिनीहरू फर्किए । त्यही दिन अमेरिकाले नागासाकीमा आणविक बम खसाल्यो– जसले जापानलाई आत्मसमर्पण गर्न थप दबाब दियो ।

आजकल, चीनको सेना नै चिन्ताको कारण बनेको छ किनभने यसले प्रशान्त महासागरमा सरकारका क्षेत्रीय दाबीहरूलाई लागू गर्न खोजिरहेको छ । जब जापानले खतराको सामना गर्न आफ्नो रक्षा निर्माण गर्ने कुरा गर्छ, यसको सैन्यवादी विगतले चीनलाई सुविधाजनक जवाफ दिन्छ ।

“हामी जापानलाई आफ्नो ऐतिहासिक अपराधमा गहिरो चिन्तन गर्न, इतिहासबाट इमानदारीपूर्वक पाठ सिक्न र क्षेत्रीय तनाव र चीन सम्बन्धी मुद्दाहरूको हल्ला मच्चाएर आफ्नो सैन्य विस्तारको वास्तविक उद्देश्य लुकाउन बन्द गर्न आग्रह गर्दछौँ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले गत महिना भन्नुभयो ।

जापानको आत्मसमर्पण प्रसारण

हिरोहितोको सन् १९४५ अगस्ट १५ मा पूर्व रेकर्ड गरिएको आत्मसमर्पण प्रसारण धेरै जापानीका लागि बुझिन नसक्ने थियो । उहाँले रहस्यमय भाषा प्रयोग गर्नुभयो र ध्वनिको गुणस्तर खराब थियो ।

इतिहासकारहरूका अनुसार सन्देश सम्राट आफैँबाट आएको थियो भन्ने महत्त्वपूर्ण कुरा थियो । हिरोहितोलाई जीवित देवता मानिन्थ्यो र युद्ध उहाँकै नाममा लडिएको थियो । धेरै जापानीले पहिले कहिल्यै उहाँको आवाज सुनेका थिएनन् ।

“यो भाषणले गलत युद्धको अन्त्य गर्न के आवश्यक थियो भन्ने कुराको सम्झना गराउँछ”, निहोन विश्वविद्यालयका प्राध्यापक ताकाहिसा फुरुकावाले सन् २०१५ मा एपीलाई भन्नुभयो ।

वर्तमान सम्राट, हिरोहितोका नाति नारुहितो र प्रधानमन्त्रीले अगस्ट १५ मा टोकियोमा हुने वार्षिक समारोहमा सार्वजनिक प्रसारण एनएचकेद्वारा प्रत्यक्ष प्रसारण गरी टिप्पणी गर्ने तयारी गर्नुभएको छ ।

गत वर्षको कार्यक्रममा, नारुहितोले युद्धको समयमा जापानको कार्यहरूप्रति गहिरो खेद व्यक्त गर्नुभयो । तर सोही दिन, जापानी मन्त्रिपरिषद्का तीनजना मन्त्रीले टोकियोको यासुकुनी मन्दिरको भ्रमण गर्नुभयो । जसको चीन र दक्षिण कोरियाले आलोचना गरे । चीन र दक्षिण कोरियाले यस मन्दिरलाई सैन्यवादको प्रतीकका रूपमा हेर्छन् ।

चीनले विजय दिवस मनाउँछ

जापानले सन् १९४५ सेप्टेम्बर २ मा अमेरिकी युद्धपोत युएसएस मिसौरीमा भएको समारोहमा आत्मसमर्पण गर्‍यो ।

विदेशमन्त्रीले शीर्ष टोपी र पुच्छर लगाएर र सेनाका प्रमुखले हिरोहितोको तर्फबाट हस्ताक्षर गरे । अर्कोतर्फका हस्ताक्षरकर्ताहरू अमेरिकी जनरल डगलस म्याकआर्थर र जापानसँग लडेका चीन र अन्य राष्ट्रहरूका प्रतिनिधिहरू थिए ।

चीनले अर्को दिन, सेप्टेम्बर ३ लाई विजय दिवसका रूपमा तोक्यो ।

एघार वर्षअघि कम्युनिष्ट पार्टीले चीनले वार्षिकोत्सव कसरी मनाउँछ भन्ने कुरालाई अगाडि बढाएको थियो । राष्ट्रपति सी जिनपिङ सहित चीनका सबै शीर्ष नेताहरूले सेप्टेम्बर ३ मा स्मारक कार्यक्रममा भाग लिनुभयो ।

युद्धकालीन इतिहासको परस्पर विरोधी व्याख्या र पूर्वी चीन सागरमा अझै पनि जारी क्षेत्रीय विवादलाई लिएर जापानसँग बढ्दो तनावको समयमा यो नयाँ ध्यान केन्द्रित गरिएको थियो ।

अर्को वर्ष चीनले युद्ध समाप्तिको ७०औँ वार्षिकोत्सवमा सैन्य परेड आयोजना गर्‍यो ।

एक दशकपछि, मिसाइल, ट्याङ्क र माथि लडाकू विमानहरूसहित अर्को भव्य परेडको तयारी भइरहेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित हुने अपेक्षा गरिएकाहरूमध्थे एक हुनुहुन्छ ।

दक्षिणी जापानमा भारी वर्षाले बाढी र हिलो पहिरो, धेरै व्यक्ति बेपत्ता
एजेन्सी । जापानको दक्षिणी मुख्य टापु क्युशुमा भारी वर्षाले बाढी र हिलो पहिरो निम्त्याएको छ, जसले धेरै व्यक्तिलाई घाइते बनाएको छ र बौद्ध छुट्टीको हप्तामा यातायातमा असर पारेको छ । धेरै जना बेपत्ता भएको बताइएको छ ।

गत हप्ताको अन्त्यतिर सुरु भएको भारी वर्षाले कागोसिमाको दक्षिणी प्रान्तमा एक जना बेपत्ता र अन्य चार जना घाइते भएका छन् । यस क्षेत्रमा अड्किएको न्यून चापीय प्रणालीले क्युशुको उत्तरी भागहरूमा थप वर्षा ल्याएको छ ।

जापान मौसम विज्ञान एजेन्सीले सोमबार बिहान कुमामोटोमा उच्च–स्तरको चेतावनी जारी गरेको छ अग्नि र विपद् व्यवस्थापन एजेन्सीले कुमामोटो र यस क्षेत्रका अन्य छ प्रान्तमा दशौँ हजार मानिसलाई निकासी सल्लाह जारी गरेको छ ।

यस क्षेत्रका उद्धारकर्मीहरूले धेरै मानिसको खोजी गरिरहेका छन् ।

कुमामोटोमा, तिनीहरूले तीन व्यक्तिलाई खोजी गरिरहेका थिए । निकासी केन्द्रतर्फ गाडी चलाउने क्रममा तीन जनाको परिवार भूस्खलनको चपेटामा परेको थियो । दुई जनालाई जिउँदै निकालियो तर तेस्रो व्यक्ति अझै बेपत्ता छन् । प्रान्तमा अन्य दुई जना बेपत्ता भएका छन् ।

कुमामोटो र नजिकैको फुकुओका प्रान्तमा बढेको नदीमा खसेर अन्य धेरै मानिस बेपत्ता भएको पनि रिपोर्ट गरिएको छ ।

टेलिभिजन फुटेजले हिलो पानी बगिरहेको, भाँचिएका रुख र हाँगाहरू बगाएको र बासिन्दाहरू घुँडासम्म बाढीको पानीमा हिँडिरहेको देखाएको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सरकारले बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यमा सहयोग गरिरहेको र प्रभावित क्षेत्रका अन्य व्यक्तिहरूलाई सहायता गरिरहेको बताउनुभयो । उहाँले बासिन्दाहरूलाई ‘आफ्नो जीवन बचाउनका लागि कार्यहरूलाई प्राथमिकता दिन’ प्रोत्साहित गर्दै ‘अधिकतम सावधानी अपनाउन’ आग्रह गर्नुभयो ।

भारी वर्षाले जापानको बौद्ध ‘बोन’ छुट्टी हप्तामा यात्रा गर्ने मानिसहरूलाई पनि असर पारेको छ ।

उत्तरी क्युशुमा काकोशिमा र हाकाटा जोड्ने बुलेट रेलहरू र स्थानीय रेल सेवाहरू सोमबार बिहान स्थगित गरिएको छ । वर्षा कम भएका क्षेत्रहरूमा सेवाहरू आंशिक रूपमा पुनः सुरु गरिएको थियो । क्युशु इलेक्ट्रिक पावर कम्पनीका अनुसार कुमामोटोमा करिब छ हजार घरपरिवार विद्युत्विहीन भएका छन् ।

रुसमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
एजेन्सी । अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एउटा रुसको कम जनसङ्ख्या भएको सुदूर पूर्वमा बुधबार बिहान गएको छ । भूकम्पका कारण प्रशान्त महासागरमा चार मिटर (१२ फिट) सम्म सुनामी आएको थियो र हवाईदेखि जापानसम्मका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार रुसको दुर्गम कामचटका प्रायद्वीपमा पेट्रोपाभ्लोभस्कबाट बिहान ८:२४ बजे (२३०४ जिएमटी मङ्गलबार) ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो र यो रेकर्ड गरिएको १० मध्ये सबैभन्दा ठूलो थियो ।

रूसी अधिकारीहरूले सेभेरो–कुरिल्स्क बन्दरगाह सहरमा सुनामीले बाढी ल्याएको बताएका छन् भने स्थानीय मिडियाले कामचटकाको एलिजोभ्स्की जिल्लामा तीनदेखि चार मिटर अग्लो सुनामी रेकर्ड गरिएको बताएको छ ।

रुसी सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा सहरका भवनहरू समुद्री पानीमा डुबेको देखाइएको छ । अधिकारीहरूले लगभग दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको बतएका छन् ।

भूकम्पबाट रुसमा धेरै मानिस घाइते भएका तर तिनीहरूमध्ये कसैको पनि गम्भीर अवस्था नभएको राज्य मिडियाले रिपोर्ट गरेको छ ।

“भित्ताहरू हल्लिरहेका थिए”, एलिजोभ्स्कीकी एक बासिन्दाले राज्य मिडिया ज्वेज्दालाई भन्नुभयो, “राम्रो कुरा के हो भने हामीले सुटकेस तयार पारेका थियौँ, ढोकानजिकै पानी र लुगाफाटासहितको एउटा सुटकेस थियो । हामीले तुरुन्तै त्यो उठायौँ र बाहिर भाग्यौँ… यो धेरै डरलाग्दो थियो ।”

संयुक्त राज्य अमेरिका, मेक्सिको र इक्वेडर लगायत उत्तर र दक्षिण अमेरिकाका प्रशान्त तटवर्ती देशहरूका अधिकारीहरूले प्रभावित समुद्री किनारहरूबाट टाढा रहन चेतावनी दिएका छन् ।

जापानमा मानिसहरूलाई कार वा पैदल उच्च भूमिमा निकालिएको छ । होक्काइडोमा ३० सेन्टिमिटर मापन गरिएको पहिलो लहर अवलोकन गरिएको थियो ।

दिउँसो .०३०० जिएमटींसम्म जापानमा कुनै घाइते वा क्षति भएको रिपोर्ट गरिएको छैन ।

हवाईमा होनोलुलुका मेयर रिक ब्लान्गियार्डीले बासिन्दाहरू र हजारौँ आगन्तुकहरूलाई भवनहरूको माथिल्लो तलामा वा उच्च ठाउँमा सुरक्षित रहन भन्नुभयो ।

“मानिसहरूले समुद्री किनारमा बस्नु हुँदैन, र म फेरि एक पटक भन्छु, हुँदैन, जस्तो हामीले विगतमा देखेका छौँ, सुनामी कस्तो देखिन्छ भनेर हेर्नका लागि आफ्नो जीवन जोखिममा पार्नुहुँदैन”, गभर्नर जोश ग्रिनले भन्नुभयो, “यो सामान्य छाल होइन । यदि तपाईँ सुनामीको चपेटामा पर्नुभयो भने यसले वास्तवमा तपाईँलाई मार्नेछ ।”

प्रशान्त महासागरमा चेतावनी

बुधबारको भूकम्प कामचटका क्षेत्रमा सन् १९५२ पछि सबैभन्दा शक्तिशाली थियो । क्षेत्रीय भूकम्प निगरानी सेवाले ७.५ म्याग्निच्युडको परकम्पनको चेतावनी दिएको छ ।

युएसजिएसका अनुसार भूकम्पको केन्द्रविन्दु त्यही वर्षको विशाल ९.० म्याग्निच्युडको भूकम्पको लगभग समान ठाउँमा छ । त्यस वर्षको भूकम्पले प्रशान्त–व्यापी सुनामी निम्त्याएको थियो ।

कम्तीमा छ वटा परकम्पनले यस क्षेत्रलाई थप हल्लाएको छ । यसमा ६.९ म्याग्निच्युडको एउटा र अर्को ६.३ मा सूचीबद्ध छ ।

अमेरिकी सुनामी चेतावनी केन्द्रहरूले इक्वेडर, उत्तरपश्चिमी हावाइयन टापुहरू र रुसका केही तटहरूमा ज्वारभाटाको स्तरभन्दा तीन मिटरभन्दा माथिका छालहरू आउन सक्ने बताएका छन् ।

चिली, कोस्टारिका, फ्रेन्च पोलिनेसिया, गुआम, हवाई, जापान र प्रशान्त महासागरका अन्य टापु र टापु समूहहरूका केही तटहरूमा एकदेखि तीन मिटरको छालहरू आउन सक्ने बताइएको छ ।

अस्ट्रेलिया, कोलम्बिया, मेक्सिको, न्युजिल्यान्ड, टोङ्गा र ताइवानसहित अन्य ठाउँमा एक मिटरसम्मको लहर आउन सक्ने सम्भावना छ ।

यसले सम्भावित अवस्थाहरूलाई ‘खतरनाक’ भनेर वर्णन गरेको छ ।

जापानको चिबा प्रान्तको इनेज बिचमा एक सुरक्षा परिधि स्थापना गरिएको थियो र एक उद्धारकर्मीले अर्को सूचना नआएसम्म समुद्री किनार प्रतिबन्धित रहेको बताए ।

“मैले त्यहाँ सुनामी आउने आशा गरेको थिइनँ । हामीले (चेतावनी) सुनेपछि मैले वास्तवमा यसको बारेमा मजाक गरेँ”, क्यानाडाली पर्यटक १७ वर्षीया लिना लुसियरले भन्नुभयो ।

“हामी यहाँ पौडी खेल्ने आशामा आएका थियौँ, तर सुनामीको चेतावनी जारी भएको सुनेपछि हामी भित्र जान सकेनौँ, पानीको नजिक पनि जान सकेनौँ”, स्थानीय ३५ वर्षीया टोमोयो फुजिताले आफ्नी छोरीलाई लिएर त्यस क्षेत्रबाट निस्किँदा भन्नुभयो ।

टेलिभिजन फुटेजमा समुद्र तटमा धेरै ह्वेलहरू बगाएको देखाइएको छ ।

सन् २०११ मा ठूलो भूकम्प र सुनामीले ध्वस्त पारेको उत्तरपूर्वी जापानको फुकुसिमा आणविक संयन्त्रमा कामदारहरूलाई सुरक्षित स्थानमा सारिएको यसका सञ्चालकले बताए ।

स्थानीय एएफपी पत्रकारहरूका अनुसार क्यालिफोर्नियामा मोबाइल फोनहरूमा सुनामी अलर्टहरू पठाइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा भन्नुभयो, “बलियो रहनुहोस् र सुरक्षित रहनुहोस् १”

हवाईको लोकप्रिय वाइकिकी सर्फ समुद्री किनार नजिकै सुनामी साइरन बज्यो । त्यहाँ एएफपी फोटोग्राफरले हवाईवासीहरू उच्च भूमिमा भाग्दा ट्राफिक जाम भएको अवलोकन गरे ।

अमेरिकी सुनामी चेतावनी केन्द्रहरूले सम्पूर्ण अमेरिकी राज्य हवाईका लागि यसको सर्वोच्च स्तरको अलर्ट सुनामी चेतावनी जारी गर्‍यो । यहाँ पहिलो छालहरू स्थानीय समय साँझ ७:१७ बजे (०५१७ जिएमटी) मा आउने अपेक्षा गरिएको छ ।

“मानिसहरूलाई समुद्री किनारबाट टाढा रहन र तटमा नजान सल्लाह दिइएको छ”, भूकम्पीय केन्द्रले चेतावनीमा भन्यो ।

जहाजहरूलाई दुई मिटरसम्म छालहरूको अपेक्षित आगमन अघि खुला पानीमा जान आदेश दिइएको थियो भने होनोलुलुका सरकारी कर्मचारीहरूलाई चाँडै घर पठाइएको थियो ।

दोस्रो विश्वयुद्धको जापानी युद्धपोत सोलोमन टापुबाट फेला
एजेन्सी । एक अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले युद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा सोलोमन टापुहरूको गहिरो समुद्री सतहमा दोस्रो विश्वयुद्धको जापानी विध्वंसक पोत फेला पारेको छ ।

अमेरिकी गैर–नाफामुखी ओसियन एक्सप्लोरेसन ट्रस्टको टोलीले अस्ट्रेलियाको उत्तरपूर्वमा रहेको सानो टापु राष्ट्रको नजिक आठ सय मिटर (दुई हजार छ सय २५ फिट) भन्दा बढी गहिराइमा इम्पेरियल जापानी नौसेनाको विध्वंसक तेरुजुकी फेला पारेको छ ।

भग्नावशेषको भिडियो तस्बिरले सन् १९४२ मा अमेरिकी सेनाले टारपिडो प्रहार गरेको एक सय ३४ मिटर ९चार सय ४० फिट० तेरुजुकीका केही भागहरू देखाउँदछ । यसलाई अनुसन्धान टोलीको पानीमुनि ड्रोनको बत्तीले उज्यालो पारिएको थियो ।

फुटेजमा जहाजको संरचनामा रातो रङ, क्षय भएका बन्दुकका नालहरू र युद्धपोतको विशाल पछाडिको भाग देखाइएको छ ।

सन् १९४२ मा कमिसन गरिएको तेरुजुकीलाई हवाई आक्रमणहरूबाट विमानवाहक पोतहरूलाई सुरक्षा प्रदान गर्नका लागि डिजाइन गरिएको अन्वेषण समूहले बताएको छ ।

यद्यपि तेरुजुकीलाई सेवामा आएको केही महिनामै अमेरिकी टारपिडोले प्रहार गरेको थियो । तेरुजिकीको अर्थ जापानी भाषामा ‘चम्किलो चन्द्रमा’ हो ।

ओसन एक्सप्लोरेसन ट्रस्टका अनुसार टारपिडोको आक्रमणबाट नौ नाविकको मृत्यु भए पनि अधिकांश चालक दलका सदस्यहरू बाँचेका थिए ।

तेरुजुकीको पछाडिको भाग हलबाट दुई सय मिटर (छ सय ६० फिट) भन्दा बढी टाढा फेला परेको थियो र उच्च–रिजोल्युसन सोनार स्क्यानद्वारा पत्ता लगाइएको थियो ।

अज्ञात जहाज भग्नावशेष वा अन्य वस्तुहरू फेला पार्ने आशामा टोलीले क्षेत्रको सर्वेक्षण गर्न ड्रोन प्रयोग गर्दा यो खोज गरिएको थियो ।

जापानमा चामलको मूल्य दोब्बर, प्रधानमन्त्रीमाथि दबाब
एजेन्सी । जापानमा चामलको मूल्य जुनमा गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यसले यो सप्ताहन्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब सिर्जना गरेको छ ।

इशिबाको प्रशासनको सार्वजनिक समर्थन गत वर्ष पदभार सम्हालेदेखि सबैभन्दा तल्लो स्तरमा खसेको छ । यसको आंशिक कारण जीवनयापनको लागतलाई लिएर भएको निराशा हो ।

निराशाको एउटा मुख्य स्रोत मुद्रास्फीति र विशेष गरी चामलको बढ्दो मूल्यका साथै सत्ताधारी दलभित्रका घोटालाहरू रहेका छन् ।

चामलको मूल्य पहिले नै मे महिनामा एक सय एक प्रतिशतले बढेको थियो । यो अप्रिलमा ९८ दशमलव चार प्रतिशत र मार्चमा ९२ दशमलव पाँच प्रतिशतभन्दा बढी बढेको थियो । समग्रमा जापानको मूल मुद्रास्फीति दर गत महिना मेको तीन दशमलव सात प्रतिशतबाट घटेर तीन दशमलव तीन प्रतिशत भएको गृह मन्त्रालयलको तथ्याङ्कले देखाएको छ ।

अस्थिर ताजा खाद्यान्न मूल्यहरूलाई नहेर्ने यो अध्ययन बजारको तीन दशमलव चार प्रतिशतको अपेक्षाभन्दा थोरै कम थियो । ऊर्जा र ताजा खाना बाहेक उपभोक्ता मूल्य तीन दशमलव चार प्रतिशतले बढेको छ । यो मे महिनामा तीन दशमलव तीन प्रतिशत थियो ।

आइतबारको निर्वाचनअघि गरिएको जनमत सर्वेक्षणले माथिल्लो सदनमा सत्तारूढ गठबन्धनले आफ्नो बहुमत गुमाउन सक्ने सङ्केत गरेको छ । यसले इशिबालाई एक वर्षभन्दा कम समयमा राजीनामा दिन बाध्य पार्न सक्छ । अक्टोबरमा उहाँको गठबन्धनले शक्तिशाली तल्लो सदनमा बहुमत गुमाएको थियो ।

यो सन् १९५५ देखि लगभग निरन्तर जापानमा शासन गर्दै आएको लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० का लागि १५ वर्षयताकै सबैभन्दा खराब निर्वाचन परिणाम थियो ।

शुल्क दबाब

इशिबा अगस्ट १ मा २५ प्रतिशतको नयाँ भन्सार शुल्क लागू हुनुअघि संयुक्त राज्य अमेरिकासँग व्यापारिक सम्झौता गर्न थप दबाबमा हुनुहुन्छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा जापानको महत्त्वपूर्ण अटो आयात पहिले नै स्टिल र एल्युमिनियम जस्तै पीडादायी भन्सार शुल्कको अधीनमा छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली पावरहाउससँग ७० अर्ब डलरको व्यापार घाटा कम गर्न जापानी कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा धेरै उत्पादन गरुन् र टोकियोले ग्यास, तेल, कार र चामलजस्ता धेरै सामान अमेरिकाबाट खरिद गरोस् भन्ने चाहनुहुन्छ ।

इशिबाले आफ्ना व्यापारिक दूत रियोसेई अकाजावालाई सात पटक वासिङ्टनमा सम्झौताको मध्यस्थता गर्न पठाउनुभएको छ र शुक्रबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको स्वागत गर्ने कार्यक्रममा हुनुहुन्थ्यो । अकाजावा पनि वार्तामा सामेल हुने र बेसेन्टसँग शनिबार ओसाकामा विश्व एक्सपो हेर्न जाने निर्धारण गरिएको जापानी सरकारले बताएको छ ।

मुद्रास्फीति बढेका कारण गत वर्षदेखि बैंक अफ जापानले मौद्रिक नीति कडा बनाउँदै आएको छ तर विश्वको चौथो नम्बरको अर्थतन्त्रमा अमेरिकी करको प्रभावको चिन्ताले यसलाई सुस्त दृष्टिकोण अपनाउन बाध्य पारेको छ ।

चामलको बढ्दो मूल्यका कारकहरूमा दुई वर्षअघि अत्यधिक तातो र सुक्खा गर्मीले राष्ट्रव्यापी फसल नोक्सान गरेको कारण हुने अभावहरू समावेश छन् त्यसबेलादेखि केही व्यापारीहरूले आफ्नो नाफा बढाउनका लागि चामल भण्डारण गरिरहेको विज्ञहरू बताउँछन् ।

यो समस्या गत वर्ष सम्भावित ‘मेगाक्वेक’ का बारेमा सरकारी चेतावनीले प्रेरित आतङ्कित खरिदारीले अझ खराब बनाएको थियो । यद्यपि महाभूकम्प आएन ।

सरकारले फेब्रुअरीदेखि आफ्नो आपत्कालीन भण्डार जारी गर्ने दुर्लभ कदम चालेको छ । सरकारले यस्तो कदम सामान्यतया प्रकोपको समयमा मात्र चाल्ने गरेको थियो ।

“नीतिगत उलट–पुलट, उत्पादकबाट उपभोक्ता मूल्यहरूमा ढिलो पास–थ्रु, र येनको अवमूल्यनले निकट अवधिमा मूल्य दबाब उच्च राख्नेछ”, मुडिज एनालिटिक्सका स्टेफान एङ्ग्रिकले भन्नुभयो, “नाममात्रको तलब वृद्धि अड्किएसँगै, वास्तविक तलबले चाँडै आवश्यक वृद्धि पाउनेछैन । र अमेरिकी भन्सार शुल्क र भन्सार शुल्क धम्कीहरूले उत्पादन र रोजगारको अवस्थालाई प्रभावित गर्दा तलब वृद्धि सम्भवतः अझ सुस्त हुनेछ ।”

उहाँले भन्नुभयो, “यसले बैंक अफ जापानलाई बन्धनमा राख्छ…हामी अपेक्षा गर्छौं कि बैंक अफ जापान अहिलेका लागि होल्डमा बस्नेछ, तर लामो समयसम्म होइन । जनवरीसम्म दर वृद्धि सम्भावित छ र डिसेम्बरमा नै आउन सक्छ ।”

जापानमा ९०० भन्दा बढी भूकम्पका झड्कापछि टापुवासीको निद्रा भङ्ग
एजेन्सी । जापानको दक्षिणी भागमा रहेको एक टापुमा गएको दुई सातामा ९०० भन्दा बढी भूकम्पीय झड्काको महसुस गरिएको छ ।

भूकम्पका कारण कुनै ठूलो क्षति भएको खबर प्राप्त भएको छैन तर जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको दक्षिणमा रहेको तोकारा टापु शृङ्खलामा अपराह्न ३ः३० बजे ५.५ म्याग्निच्यूडको भूकम्प गएपछि आपतकालीन पत्रकार सम्मेलन गरेको थियो ।

भूकम्प तथा सुनामी अवलोकन विभागका निर्देशक आयताका एबिताले भन्नुभयो, “जुन २१ देखि टोकारा टापु श्रृङ्खला वरपरका समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय छ ।

“आज अपरान्ह ४ बजेसम्ममा यो सङ्ख्या ९०० नाघेको छ”, उहाँले भन्नुभयो, “यसको अन्त्य कहिले हुन्छ अनुमान गर्न कठिन भएको छ ।”

टोकारा गाउँ प्रशासनले आफ्नो वेबसाइटमा भनेको छ, “लगातारको भूकम्पीय गतिविधिका कारण त्यहाँका बासिन्दाहरूमा ठुलो भूकम्पको त्रास बढेको छ । उनीहरू केही दिनदेखि राम्ररी सुत्नसम्म सकेका छैनन् । थकित भएका छन् ।”

एक स्थानीयले क्षेत्रीय प्रसारक एमबीसीसँग भने, “यो टापु निरन्तर हल्लिएको जस्तो महसुस भइरहेको छ। निदाउन पनि धेरै डरलाग्दो अवस्था छ।”

“यो सबै कहिले अन्त्य हुन्छ भन्ने स्पष्ट छैन। मैले आफ्ना बच्चाहरूलाई अन्यत्र सार्ने वा घर खाली गर्ने कि नगर्ने भनेर सोच्नुपर्ने भएको छ,” अर्का एक बासिन्दाले भने।

जेएमएका अनुसार यसअघि, सेप्टेम्बर २०२३ मा टोकारा क्षेत्रमा तीव्र भूकम्पीय गतिविधि देखिएको र ३४६ वटा भूकम्प रेकर्ड गरिएको थियो ।

दूरदराजका १२ वटा टोकारा टापुमध्ये सातवटामा करिब ७०० जना बसोबास गर्छन्।

प्रशान्त महासागरको ’रिङ अफ फायर’ को पश्चिमी किनारामा चारवटा प्रमुख टेक्टोनिक प्लेटको टुप्पोमा रहेको जापान भूकम्पीय दृष्टिले विश्वको सबैभन्दा बढी जोखिमयुक्त देशमध्ये एक हो ।

करिब १२ करोड ५० लाख मानिसको बसोबास रहेको यस द्वीपसमूहमा हरेक वर्ष करिब एक हजार ५०० झट्काहरू आउने गर्दछन् र विश्वका १८ प्रतिशत भूकम्पहरू जाने गरेका छन् ।

तिनीहरूले निम्त्याउने क्षति तिनीहरूको स्थान र तिनीहरूले प्रहार गर्ने गहिराइअनुसार फरक–फरक हुन्छन्।

सन् २०२४ को नयाँ वर्षको दिन मध्य जापानको नोटो प्रायद्वीपमा गएको शक्तिशाली भूकम्पमा परी करिब ६०० जनाको मृत्यु भएको थियो ।