जाजरकोट – News Polar

जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
काँक्रेविहार । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना भएको छ ।

दुर्घटनामा एम्बुलेन्सका चालक भेरी–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार भेरी–१  डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।

उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो । चालक चनाराको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

जाजरकोटमा बाख्रा चराउँन जाँदा लडेर मृत्यु
काँक्रेविहार । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ ।

घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए ।

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिनुभयो ।

घाँस काट्दै गर्दा लडेर मृत्यु
काँक्रेविहार । जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ ।

आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिनुभयो ।

जाजरकोटको कुशे–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर वादीको मृत्यु भएको हो । रासस

जाजरकोटमा सुन्तला बिक्रीबाट २२ करोड बढी आम्दानी
काँक्रेविहार । जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले रु २२ करोडभन्दा बढी आम्दानी गरेका छन् । जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले रु २२ करोड दुई लाख ७१ हजार पाँच सय आठ आम्दानी गरेका हुन् ।

जिल्लाबाट दुई हजार सात सय ५३ मेट्रिक टन सुन्तला अन्य जिल्ला खपत भएको कार्यालयका सूचना अधिकारी नवीनराज आचार्यले जानकारी दिनुभयो । जिल्लामा छ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आइएको छ । गत वर्षको तुलनामा किसानले बोटबाट मनग्य मूल्य पाएकाले बजारीकरणमा समस्या नपरेको उहाँले बताउनुभयो ।

“यस वर्ष बोटबाट रु ५० देखि रु ८० प्रतिकिलो सुन्तला बिक्री भएको छ । किसानले सुरुमा रु ५० मा बिक्री गरेकामा अन्तिम समयसम्म प्रतिकिलो रु ८० सम्म मूल्य पाएका हुन्”, आचार्यले भन्नुभयो । उहाँका अनुसार जिल्लाको कुसे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, बारेकोट गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको छ ।

किसानको खेतबारीमा पुगेर मल प्रयोग, काँटछाँट तथा औषधि दिनेसम्मको प्राविधिक सहायता दिएर सहयोग गरिरहेको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

कुसे–५ दम्दालाका किसान रामबहादुर मल्लले पछिल्लो समय सुन्तलाखेतीबाट मनग्य आम्दानी हुनुका साथै बजारीकरणको समस्या नरहेको बताउनुभयो । पहिले सुन्तलाका लागि बजारको समस्या भए पनि अहिले सुर्खेत, नेपालगञ्जबाट व्यापारी बारीमा पुग्ने खरिद गरेका उहाँको भनाइ छ ।

पहिले अन्नबाली लगाउने खेतबारीलाई किसानले आजभालि सुन्तला बारी बनाउन लागेका कुसे–५ दम्दालाकी जानुका मल्लले बताउनुभयो । उहाँका अनुसार खेतीपातीभन्दा सुन्तलाबाट आम्दानी बढी हुने भएकाले यसतर्फ आकर्षित भएका हुन् ।

पछिल्लो समय जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय, पालिकाका कृषि शाखाले किसानका लागि प्राविधिक तथा यान्त्रिकीकरणमा सहयोग गर्दै आएका छन् ।

जाजरकोटको बाउसे खोलामा दुर्घटना, ३ जना घाइते
सुर्खेत । जाजरकोटको बाउसे खोलामा जिप दुर्घटना भएको छ ।

सोमबार बिहान ११ बजेको आसपास बारेकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जना घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ ।उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

यस्तै केही बेरअघि जाजरकोटकै भेरि नगरपालिका वडा नं १३ स्थित जिरो पोइन्ट नजिकै बा ५ ख १८९२ नम्बरको फोर्स गाडि सडक भन्दा करिब ३०/३५ मिटर तल झरेर दुरघटना भएको थियो ।

हावाहुरीले मकैबालीमा क्षति
काँक्रेविहार । घोगा लाग्न थालेका मकैबालीमा हावाहुरीले क्षति पुर्‍याउँदा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका किसान चिन्तित भएका छन् । घोगा लाग्न थालेका मकै नष्ट भएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।

मुख्यबालीका रुपमा रहेको मकैबालीमा हावाहुरीले बोट भाँचिदिएपछि समस्या उत्पन्न भएको किसान हरिबहादुर खत्रीले बताउनुभयो । यहाँका चार सय भन्दाबढी परिवारले लगाएका सयौँ रोपनी मकैबालीमा क्षति भएपछि खाद्यान्न सङ्कट पर्ने उहाँले उल्लेख गर्नुभयो ।

बुधबार आएको हावाहुरीले भएको क्षतिबारे प्रहरीले विवरण सङ्कलन गरिरहेको किसान विष्णु खत्रीले जानकारी दिनुभयो । भूकम्पबाट प्रभावित भएको ठाउँमा फेरि हावाहुरीले अन्नबाली नष्ट गरेपछि समस्या भएको उहाँको भनाइ छ ।

नलगाड–८ का वडाध्यक्ष तेजबहादुर सिंहले ठूलो मात्रामा किसानका मकैबाली नष्ट भएको बताउनुभयो । वडामा सहयोग गर्न रकम नभएकाले सरोकार भएका अन्य निकायसँग क्षतिपूर्तिका लागि पहल गर्ने उहाँले उल्लेख गर्नुभयो । रासस

जाजरकोटमा भीरबाट लडेर १४ वर्षीया बालिकाको मृत्यु
काँक्रेविहार । जाजरकोटको छेडागाड नगरपालिका–१ जाल्माकी १४ वर्षीया मनिषा विकको भीरबाट लडेर मृत्यु भएको छ ।

बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी विकको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जुनीचाँदै गाउँपालिका– ११ स्थित खानाखोला तर्दै गर्दा तीन दिन अघि चिप्लिएर खोलामा बेपत्ता भएका जुनीचाँदे गाउँपालिका–१० का २१ वर्षिय तेजबहादुर रोकायको खोजी भइरहेको र हालसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । रासस

भूकम्प पीडितको टहरामा पहिरो जाँदा तीन जना गम्भीर घाइते
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकास्थित भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् ।

गएराति करिब १० बजे गएको पहिरोमा परी कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा घाईते भएका छन् ।

घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार नेपालगञ्ज लैजाने तयारी भइरहेको कुशे गाउँपालिका–८, वडाध्यक्ष डिल्लीबहादर सिंहले जानकारी दिए ।

गत वर्ष कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो । राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १६ जिल्लाका विभिन्न ठाउँलाई मनसुनजन्य विपद्को जोखिम क्षेत्र घोषणा गरेको छ।

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
काँक्रेविहार । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते हुनुभएकी अधिकारीको आज बिहान मृत्यु भएको उहाँले जानकारी दिनुभयो । रासस

जाजरकोटमा बढ्यो सुन्तला उत्पादन
जाजरकोट । सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण, परियोजना कार्यान्वयन इकाइ कार्यालय जाजरकोटले जनाएको छ ।

छ सय २५ हेक्टरमा सुन्तलाखेती हुँदै आएको कार्यालयका प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष प्रतिहेक्टरमा १०.७ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष १३.१ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाभरी यस आवमा आठ हजार एक सय २० मेट्रिक टन सुन्तला उत्पादन भएको जनाउँदै उक्त सुन्तलाको मूल्य रू ३२ करोड ४८ लाख बराबरको रहेको पोखरेलले बताउनुभयो । करिब रू २७ करोडको सुन्तला बजारमा बिक्री भएको तथ्याङ्क परियोजना कार्यान्वयन इकाइ कार्यालयमा आएको उहाँले जानकारी दिनुभयो ।

अघिल्लो आवभन्दा यस आवमा १५ हेक्टर बढी क्षेत्रफलमा सुन्तलाखेती गरिएको जनाइएको छ । तीन हजार दुई सय मेट्रिक टन बाहिर जिल्ला निर्यात भएको इकाइले कार्यालयले जनाएको छ । प्रतिकेजी रू ८० सम्ममा बिक्री हुने गरेको छ । जिल्लामा चार पालिकामा सुन्तला जोन लागू भएको थियो ।

कुशे गाउँपालिकाको वडा नं १ देखि ९ सम्म, भेरी नगरपालिकाको वडा नं १ देखि १० सम्म, नलगाड नगरपालिकाको वडा नं १ देखि ६ सम्म र छेडागाड नगरपालिकाको वडा नं १०, ११ र १२ लाई सुन्तला जोनका रुपमा छुट्याइएको परियोजनाका प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

आव २०७४र७५ मा लागू भएको यो कार्यक्रमबाट यहाँका किसानले लाभ लिँदै आएका छन् । उहाँका अनुसार २१ समूह, ११ सहकारी, एक सय ३१ निजी क्षेत्र इकाइ कार्यालयमा सूचीकृत भएर काम गरिरहेका छन् । बर्सेनि सुन्तलाखेती हुने जमिनको मात्रा बढ्दै जाँदा उत्पादनमा पनि वृद्धि हुँदै गएको पोखरेलको भनाइ थियो ।

किसानको खेतबारीमा गएर प्राविधिकद्वारा विभिन्न तालिम, खेतीबारे जानकारी, आवश्यक उपकरणका साथै समयसमयमा गरिने छलफलले किसानलाई सुन्तला खेतीमा थप प्रोत्साहन मिलेको किसान शक्तिबहादुर ओलीले बताउनुभयो । यसरी गरिएको छलफल प्रभावकारी बन्दै गएको उहाँको भनाइ थियो ।

अधिकांश सुन्तला बगैँचा रहेका स्थानसम्म सडक विस्तार भएकाले पनि किसानलाई बिक्रीवितरणमा सहजता भएको ओलीले बताउनुभयो । परियोजनाले ढुवानीका सवारीसाधन खरिदमा अनुदान दिएकाले किसानलाई थप फाइदा भएको उहाँले जनाउनुभयो ।

नलगाड–३ का अगुवा किसान कमल पुनले भन्नुभयो, “गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य स्रोत बन्दै गएको छ । खाली जमिनभरि लगाइएको सुन्तलाका बोटले यतिबेला गाउँलाई नै सुन्तलामय बनाएको छ । यहाँका किसान अब व्यापारी भएका छन् ।” उहाँका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले किसानलाई सुन्तला हुर्काउन, बढाउन र स्वस्थ राख्नका लागि विभिन्न व्यावसायिक सीप सिकाउँदै आएको छ ।

परियोजना कार्यान्वयन इकाइले नौ सदस्यीय सुन्तला तथा फलफूल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ । परियोजना कार्यान्वयन कार्यविधि, २०७७ मा व्यवस्था भएबमोजिम जोन विकास कार्यक्रम सञ्चालनमा सहजीकरण गर्न समिति गठन गरिएको इकाइ प्रमुख पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार लाभग्राहीकोसमेत प्रतिनिधित्व हुने गरी नौ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।

समितले विद्यमान प्रविधि र पूर्वाधारको अभिलेख तयार गर्ने, किसान समूह, सहकारी, उद्यमीदगायतको विवरण अध्यावधिक गर्ने, किसानको माग सङ्कलन गर्ने, कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, परियोजनाअन्तर्गत सरोकारवालासँग समन्वय र सहकार्य गर्ने, पूर्वाधारको विकास, प्रयोग र सम्वद्र्धन गर्न सहयोग गर्नेछ । त्यस्तै योजना तर्जुमामा सहकार्य गर्ने, कार्यक्रम अनुगमन एवं पृष्ठपोषणमा सहजीकरण गर्नेलगायत काम गर्ने प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

विभिन्न ठाउँमा सुन्तलालाई सुरक्षित राख्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाको आर्थिक सहयोगमा ‘सेलार स्टोर’ स्थापना गरिएको पोखरेलले जानकारी दिनुभयो । यसले सुन्तला जोगाएर पछिसम्म बिक्री गर्न सकिने उहाँको भनाइ थियो ।

किसानलाई सुन्तलाबाट प्रशस्त आम्दानी गरी आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले जिल्लाका विभिन्न छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ । सुन्तला सेलार स्टोरमा राखेर फागुनदेखि चैतसम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड–१० का नरेश विक्रम शाहले बताउनुभयो । सेलार स्टोरमा सुन्तला जम्मा गरी सुरक्षित राख्न सकेमा चैतको गर्मीयाममा राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ थियो ।

गर्मी मौसममा सुन्तलाको माग उच्च हुने भएकाले किसानले सेलार स्टोरबाट फाइदा लिन सक्नेछन् । सुन्तलालाई उचित तापक्रममा सुरक्षित राखेर मूल्य पाउने समयमा बिक्री गर्ने उद्देश्यका साथ स्टोर स्थापना गरिएको परियोजना प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

कुशे–५, ७ र ८, छेडागाड–१० र १२ र नलगाड– ३ मा सेलार स्थापना भएका हुन् । यी क्षेत्रमा सबै भन्दाबढी सुन्तला उत्पादन हुने गर्दछ । बेमौसममा पनि सुन्तला तथा अन्य तरकारी बजारमा ल्याई बिक्री वितरण गरी आर्थिक रुपमा सक्षम हुन यो प्रभावकारी हुने परियोजनाको भनाइ छ । सिजनमा सस्तोमा बिक्री हुने तथा कुहिएर खेर जाने समस्याको समाधानका सेलार स्थापना गर्न थालिएको पोखरेलले बताउनुभयो । उहाँका अनुसार प्रतिसेलार रू १५ लाख ८५ हजारमा निर्माण गरिएका छन् । यसका लागि परियोजनाले रू १० लाख ३३ हजार तीन सय ३३ र किसानले रू पाँच लाख ६१ हजार छ सय ६७ खर्च गरेका छन् ।

पाँच मेट्रिक टन क्षमता रहेका सेलारमा छ महिनासम्म सुन्तला सुरक्षित राख्न सकिन्छ । विद्युत् पुगेका ठाउँमा विद्युत्बाट र अन्य ठाउँमा सोलार सिस्टमबाट चार्ज गरेर सुन्तला राख्ने व्यवस्था मिलाएको परियोजनाका धरम चन्दले जानकारी दिनुभयो ।

परियोजनाका अनुसार किसानको मागअनुसार आगामी वर्ष नयाँ ठाउँमा सेलार स्थापना गर्दै जाने योजना रहेको छ । किसानका खेतबारीमा पुगेर मल प्रयोग गर्ने विधि, काँटछाट तथा औषधि दिनेलगायत प्राविधिक काममा किसानलाई सहयोग गरिरहेको चन्दले बताउनुभयो । सेलार स्थापनाका साथै परियोजनाको सहयोगले व्यवसायिक सुन्तलाखेती गर्न सहज भएको यहाँका किसान बताउँछन् । रासस

जाजरकोटमा चिसोबाट एक महिने शिशुको निधन
जाजरकोट । चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो ।

भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ ।

गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । रासस

आवास निर्माणलाई तीव्र बनाउन राज्यव्यवस्था समितिको सुझाव
काठमाडौँ : जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएको छ ।

समितिका सभापति रामहरि खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दहालसँग भेट गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिएको हो ।

भेटमा समितिका सभापति खतिवडाले भन्नुभयो, “हामीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तक्र्रिया गर्यौं, उद्धार र उपचारमा प्रधानमन्त्री दाहाल स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो, त्यसको सबैले प्रशंसा गरेका छन् । १३ घण्टाभित्र उद्धारको काम सकिनुमा प्रधानमन्त्रीको सक्रियताले नै काम गरेको हामीले पायौँ । यसका लागि समितिका तर्फबाट सरकारलाई विशेष धन्यवाद छ । अब सरकारले राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ ।”

समिति सदस्य एवं नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले सरकारको भूमिका र प्रधानमन्त्री दाहालको सक्रियताप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले एकाबिहानै प्रभावित क्षेत्र पुगेर जसरी उद्धारको काम गर्नुभयो, यो निकै प्रेरणादायी छ । देशमा सरकार छ भन्ने कुराको गहिरो गरी अनुभूति गराउनुभयो । म यसको उच्च प्रशंसा गर्दछु ।”

भेटमा समितिका सदस्यहरुले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सांसदबाट प्राप्त सुझाव राम्रोसँग अध्ययन गरेर कार्यान्वयन गरिने बताउनुभयो । रासस

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा जे देखियो
तस्बिरः हेमन्त केसी-रासस

जाजरकोट । गएको कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेट जाँदा कर्णाली प्रदेशको जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकप्पमा परि अहिले सम्म १५३ जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ।

भूकम्पका कारण घाईते हुनेहरुको संख्या दुइ हजार माथि छ। जाजरकोटमा ३४ हजार जति घरहरु पूर्ण एवं आशिंंक क्षति भएका छन् भने रुकुम पश्चिममा १७ हजार जति। यस्तै भूकम्पका कारण अन्य ११ जिल्लाहरुमापनि असर पुर्याएको छ।

भूकम्प गए लगत्तै सेना, प्रहरी लगाएत स्थानीय निकायका संयन्त्रहरु परिचालित भए। जस्का कारण केहीको जिवितै उद्धार गर्न पनि सम्भव भयो। भूकम्प गएको भोली पल्टबाटै थप उद्धार टोलीहरु एवं राहत सामाग्रीहरु आउन शुरु भयो। भूकम्पको पर्सी पल्ट सम्म त ठुलो मात्रामा राहत सामाग्रीहरु भूकम्पले बढी प्रभावित दुबै जिल्लाहरुका जिल्ला प्रशासन कार्यालय सम्म पुगिसकेका थिए।

भूकम्प पिडितहरुको लागि भन्दै देशै भरी बाट राहत सामाग्रीहरु आउन शुरु भयो। भूकम्पको पर्सी पल्ट विहानै जाजरकोटको सदरमुकाम पुगेको यस लेखक सहितका साथीहरुको समुहले त्यहाँ ठूलो मात्रमा राहत सामाग्रीहरु पुगी सकेको देखेको थियो। हामीले पनि राहत सामाग्रीहरु प्रदान गर्यौं।

हाम्रो टोली भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका दुर्गम ठाउँहरु सम्म पुग्यो। ति ठाउँहरुमा पुग्दा भूकम्प पिडितहरुको विचल्ली थियो। कसैले आफ्नो परिवारका सदस्य गुमाएका थिए, कोही घाईते र कसैका घर पूर्ण तथा आशिंक क्षति भएका थिए। धेरैले आफ्ना बस्तुभाउहरु जस्तै गाइ, भैसीं, भेडा, बाख्राहरु गुमााउनु परेको थियो। गरिब किसानहरुका लागि बस्तुभाउहरु गुमाउनु पनि ठूलो क्षति नै मानिन्छ। भूकम्प प्रभावित दुर्गम ठाउँहरु पुग्दा मानिसहरुमा त्रास र आक्रोस दुवै देखिन्थ्यो।

भूकम्पले बनाएको बिचल्लीका कारण त्रास थियो भने राहत वितरणमा सरकारी संयन्त्रहरुको लाचारी देख्दा भूकम्प पिडितहरु आक्रोसित थिय। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछाने भूकम्प प्रभावित अति दुर्गम ठाउँहरुमा पुग्दा भूकम्प पिडितहरुले सरकारी संयन्त्रहरुको लाचारी बारे जानकारी गराएका थिए। सभापति लामिछानेले ति ठाउहरुवाटै प्रमुख जिल्ला अधिकारीलाई फोन गरी जसरी पनि आजै यी ठाउहरुमा राहत पुर्याउन आग्रह गरेका थिए।

के देखियो भने भूकम्प पिडितहरुलाई राहत प्रदान गर्ने सन्दर्भमा स्थानीय निकायहरुपनि निकम्मा जस्ता देखिए। कति वडाहरुमा त भूकम्प पिडितहरुको आक्रोस थेग्न नसकी वडा अध्यक्ष तथा सदस्यहरु गाउँ छोडी भागेको सम्म सुनियो। चिसो बढ्न लागेको मौसममा पिडितहरुले खाद्यान्न लगाएत त्रिपाल, कम्बल, औषोधिउपचार समयमै नपाउदा बृद्ध तथा बालबच्चाहरु अझ बढी प्रभावित भएका छन्। उनीहरुको बिचल्ली नै छ। भूकम्पका कारण मर्ने त मरे, अब हाम्रो अवस्था पनि के हुने हो गाउँलेहरुले भन्थे। जजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्र बहादुर घर्ती हुन् वा रुकुम पश्चिमको आठविसकोट नगरपालिका प्रमुख रवी केसी दुवैले भूकम्प पिडितहरुको विचल्ली भएको त स्विकार गर्दछन् तर कसरी राहत विवतरणलाई तत्काल प्रभावकारी बनाउने भन्ने सन्दर्भमा चाहिँ अस्पस्टता र अन्योलता प्रकट गर्दछन्।

भूकम्प पिडितहरुको उद्धार तथा राहत वितरणमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी लगाएतका पुराना राजनीतिक दलहरुको लाचारीपनि प्रस्ट देखिन्थ्यो। उनीहरु प्रति भूकम्प पिडितहरुको आक्रोस चर्को थियो। तर रास्वपा लगाएतका नया दलहरुको अग्रसरता र सक्रियताले भूकम्प पिडितहरुको प्रशंसा पाएको थियो। मुख्य गरी रास्वपाको सक्रियताले भूकम्प पिडितहरुको आवश्यकताहरु सम्बोधन गर्न सरकारी संयन्त्रहरुलाई दवाव परिरहेको हामीले देखेका थियौं।

प्राकृतिक विपत्ति कुनै पनि बेला आउन सक्छ। यस्को यर्थाथ भविष्यवाणि गर्ने वैज्ञानिक संयन्त्रहरु अहिलेसम्म आविष्कार भयका छैनन्। तर यर्थाथ के हो भने यस्तो विपत्ति कुनै पनि बेला आउन सक्छ भनेर पूर्वानुमान गर्ने र तत्अनुसार तयारी अवस्थामा रहनु जरुरी हुन्छ। तर हामी कहाँ पटक पटकका प्राकृतिक विपत्तीहरुको भयानक क्षति पश्चातपनि सरकारी निकायहरुले पाठ सिकेको देखिएन्। यहि समस्या जाजरकोट र रुकुम पश्चिममा देखिएको छ। अरु त छाडौं पुगिसकेका राहत सामाग्रीहरु समेत उचित वितरण गर्न नसक्ने र प्राथमिकतामा रहेर काम गर्न नसक्ने जस्तो अर्कमण्ड्यता र नालायकीपनि सरकारी संयन्त्रहरुमा देखियो।

अर्को दुखद पक्ष त यस्तो भयानक विपत्तिमा पनि केन्द्रीय सरकार र स्थानीय सरकारी संयन्त्रहरु बीच सहि समन्वयको स्पष्ट अभाव देखिनु लज्जास्पद छ। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु लगाएतको लावालस्कर पुग्ने तर उद्धार तथा राहतलाई प्रभावकारी बनाउनु पर्नेमा सिन्को समेत नभाच्ने प्रवृत्तिले नागरिकमा थप आक्रोस सिर्जना भएको छ।

यर्थाथ के हो भने अझै सम्म पनि भूकम्प पीडितहरुको विचल्ली छ। त्यस माथि अति दुर्गम ठाउँहरुका भूकम्प पीडितहरुको अवस्था त झन कष्टकर छ। केन्द्र र स्थानीय निकाय दुबै संयन्त्र निकम्मा सावित भएका छन् भने केन्द्र र प्रदेशका सत्तासिन दलहरु राहत वितरणमा समेत राजनीतिक अभिष्ट खोजिरहेको अवस्था छ। यस्तो अवस्थामा स्वभावत: नागरिक आक्रोस बढेर जान्छ। यस भूकम्पले प्राकृतिक विपत्तीहरुको क्षति व्यवस्थान, पूर्व तयारी र समन्वय तर्फ सरकारी संयन्त्रहरुको पूर्ण असफलता र कत्ति पनि सिक्न नसकेको स्पष्ट देखाउछ।

जाजरकोट भूकम्पः बहिनीको शोक सम्झेर झस्किन्छिन् जुनी
जानकी (बाँके) ।  “मलाई बहिनीले दिदी बचाउनूस् भनिरहिन् । म आफैँ भूकम्पमा पुरिएकी थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै र हलचल गर्न सकिरहेकी थिइनँ ।

मैले टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिनँ । मैले उनलाई बचाउन सकिनँ । मैले बहिनीलाई मेरै कारणले गुमाएँ” भन्दै चित्कारिएको आवाजले मङ्गलबार नेपालगञ्जस्थित भेरी अस्पतालको वार्ड स्तब्ध थियो ।

आफ्नो साथीजस्तै बहिनी गुमाएको पीडामा होस फर्किएदेखि छट्पटाउने गर्नुहुन्छ जाजरकोट भेरी नगरपालिका–१ की जुनी विष्ट । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दुु भएर गएको भूकम्पमा जुनीले बहिनी मात्रै गुमाउनुु भएन, आफैँ पनि घाइते बन्नुभएको छ ।

जुनीको देब्रे हातको नशामा बढी चोट लागेकाले देब्रे हात चल्दैन । खुट्टा उपचार भएको चौथो दिनदेखि बिस्तारै चल्न थालेको छ तर हिँड्डुल गर्न सक्नु हुन्न । उहाँलाई  अहिले शय्याबाट झर्न र चढ्न सहारा दिनुपर्छ । सुतेकै अवस्थामा पनि शय्यामा फर्कनसमेत नसक्ने जुनीलाई बहिनीको शोकले झन् थलाउँदै लगेको छ ।

भूकम्पमा परेर अर्को जीवन पाउनुभएकी १७ वर्षीया जुनी बहिनीलाई बचाउन नसकेकामा आत्मग्लानी भइरहेको छ । शनिबारदेखि भेरी अस्पतालमा उपचाररत जुनीले ‘बहिनी बचाउन सकिनँ’ भन्दै डाँको छाडेर रोइरहनुहुन्छ ।

अस्पतालका मनोसामाजिक परामर्शकर्ता कमला डाँगीका अनुसार जुनी उहाँको रेखदेखमा आउनुभएको आफन्तसँग पनि बोल्नु हुँदैन । “दिनभरि कि सलले मुख छोपेर सुत्नुहुन्छ कि त बहिनी बचाउन नसकेको गुनासो आफैँसँग गर्दै भक्कानिएर रुनुहुन्छ”, उहाँले भन्नुभयो, “जुनीलाई शारीरिक चोटभन्दा बढी बहिनीलाई आँखै अगाडि गुमाउनु पर्दाको मानसिक चोट धेरै छ ।”

जुनीलाई भूकम्प केवल आफ्नो घरमा मात्र आएको र भूकम्पमा बहिनी मात्रै पुरिएको भन्ने लागिरहेको मनोसामाजिक परामर्शकर्ता डाँगीले बताउनुभयो । अस्पतालमा भर्ना भएदेखि आजसम्म तीन चरणमा जुनीसँग कुरा गरिसकेको जनाउँदै उहाँले पहिलो र दोस्रो चरणमा उहाँ बोल्दै नबोलेको र तेस्रो चरण सामान्य चिनाजानमा मात्रै केन्द्रित रहेको बताउनुभयो ।

डाँगीले भन्नुभयो, “कुराकानी गर्न लागेको आज तेस्रो दिनमा मात्रै उहाँले मसँग मनमा गुम्सिएका पीडालाई भक्कानिँदै खोल्नुभयो । उहाँलाई आफूलाई लागेको चोटभन्दा पनि धेरै माया गरेर सँगै हुर्किएकी बहिनीलाई गुमाएकामा लागेको रहेछ ।”

भूकम्प जानुअघि शुक्रबार रातिसँगै खाना खाएर दुई बहिनी एउटै ओछ्यानमा भुइँतलामा सुतेका कुराकानीका क्रममा जुनीले बताउनुभएको डाँगीले उल्लेख गर्नुभयो । सुत्ने बेला शनिबार गाउँमा लागेको मेला हेर्न जाने र मेलामा जाँदा दिदीको नयाँ कुर्तासुरुवाल बहिनीको लगाउने सल्लाह भएकामा बहिनीको त्यो चाहना अधुरै रहेको भन्दै जुनी अस्पतालको शय्यामा भक्कानिने गरेको उहाँले बताउनुभयो ।

“जुनी नबोल्दा कसैसँग पनि बोल्नुहुन्न । उहाँलाई जति नै बोलाए पनि केही जवाफ दिनुहुन्न । तर आफ्नै सुुरमा एकोहोरो बहिनीलाई सम्झिएर डाँको छोडेर रुनुहुन्छ”, मनोसामाजिक परामर्शकर्ता डाँगीले भन्नुभयो, “उहाँको शरीरमा लागेको चोट औषधीले बिस्तारै निको हुँदै जान्छ । तर उहाँमा मनोसामाजिक समस्या बढी देखिएकाले यो समस्याबाट बाहिर निकाल्न अति नै संवेदनशील भएर कुरा गर्नुपर्ने हुन्छ ।”

परामर्शको चार दिनपछि डाँगीसँग मात्रै मनका कुरा बताउँदै जुनीको बुबा रोजगारीको सिलसिलामा विदेश गएको, आमा र भाइलाई सामान्य चोट लागेको बताउनुभयो । जुनीले आफूले पनि स्टाफ नर्सको पिसिएलमा नाम निकालेको कुराकानीका क्रममा बताउनुभएको डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार जुनीले बहिनी गुमाएको शोकमा खाना, पानी, औषधीलगायत केही पनि नखाइदिनाले उहाँको शारीरिक चोट निको हुन समय लागेको छ । “जुनीको मन र मस्तिष्कमा लागेको आघात निको पार्न उहाँसँग परमर्श र कुराकानी गर्नु नै उत्तम उपाय हो”, डाँगीले भन्नुभयो ।

भेरी अस्पतालमा अहिले ४९ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा भूकम्पमा परी घाइते भएका ५३ जनालाई उपचारका लागि ल्याइएको थियो ।

“तीनजना निको भई घर फर्कनुभएको छभने एकजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो”, प्रजिअ पोखरेलले भन्नुभयो, “उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त छ । धेरैको स्वास्थ्य सोधारोन्मुख हुँदै गइरहेको छ ।”

रुपनी जि एम/रासस

त्रिपालको सहारामा भूकम्पपीडित
जाजरकोट । जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ ।

पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश घर भत्किएपछि विस्थापितलाई चिसोबाट जोगाउन र सुरक्षितरूपमा राख्न सशस्त्र प्रहरीले त्रिपालको व्यवस्था गरेको छ ।

सशस्त्र प्रहरीले त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा समेत त्रिपालको व्यवस्था गरी सर्वसाधारणलाई भूकम्पबाट जोगाउने अभियान थालेको छ । पटक–पटक आउने पराकम्पका कारण घरभित्र बस्ने अवस्था छैन । पीडितीले त्रिभुवन माध्यमिक विद्यालयमा निर्माण गरिएका त्रिपालमुनि रात कटाउने गरेका छन् । भेरी नगरपालिका–२ का प्रदीप खड्काले विद्यालयमा बनाएको टेन्टमा बस्दा सुरक्षित रहेको अनुभूति भएको बताउनुभयो ।

सशस्त्र प्रहरीको टोली राहत वितरण भइरहेको पालिकाका विभिन्न वडामा पुगेको छ । उनीहरु राहत सामग्री वितरणमा सहयोग गर्ने, भूकम्पबाट पीडितलाई सम्झाइबुझाई गर्नेदेखि टेन्ट निर्माणमा सघाइरहेका छन् । नलगाड नगरपालिका–२ रिजामा सशस्त्र प्रहरी बलको टोलीले त्यहाँ राहत वितरणमा सहयोग गर्दैछ । मानसिकरूपमा तनाबमा रहेका सर्वसाधारणलाई सम्झाइबुझाई गर्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ ।

सदरमुकामभन्दा बाहिरका पालिकामा सबै निकायको ध्यान कम पुगेको छ । पटक–पटक पराकम्प गइरहेकाले भूकम्पबाट कसरी जोगिने भन्ने विषयमा स्थानीयवासीलाई पर्याप्त जानकारी छैन । स्थानीय तहले ओढ्ने ओछ्याउने व्यवस्था पर्याप्तरुपमा गर्न नसक्दा त्रिपालभित्र बस्ने पीडितले हैरानी खेप्नुपरिरहेको बताइएको छ । भेरी नगरपालिका–३ का गणेश थापाले न्यानो कपडा नपाएको गुनासो गर्नुभयो ।

सदरमुकामभन्दा बाहिर अधिकांश ठाउँमा राहत सामग्री पुग्न सकेको छैन । राहत वितरणमा मापदण्ड निर्माण नगरी जथाभावी बाँड्दा समस्या भइरहेको छ । गाउँ–गाउँमा पुगेका सङ्घसंस्थाका प्रतिनिधिले आफूअनूकुल राहत सामग्री तथा खाद्यान्न वितरण गर्दा समस्या भएको छ । बारेकोट गाउँपालिकामा सोमबार दिउँसो राहत सामग्री पुगेको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार सर्वसाधारण खुला आकाशमुनि बसिरहेका छन् । उनीहरूलाई अब चिसोबाट जोगाउनु मुख्य समस्या भएको उहाँले बताउनुभयो ।

परकम्पबाट १३ जना घाइते

सोमबार गएको परकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १३ जना घाइते भएका छन् । सोमबार अपराह्न साढे ४ बजे रामीडाँडा केन्द्रबिन्दु भएर गएको परकम्पबाट जाजरकोटमा दुई तथा रुकुम पश्चिममा ११ जना घाइते भएका जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।

भूकम्पबाट बालबालिकाले बढी ज्यान गुमाए

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्यामा बालबालिका रहेका छन् । प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ज्यान गुमाउनेमा एक सय ५७ मध्ये ७८ बालबालिका छन् । जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ बालबालिकाको भूकम्पमा परी मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।

यस्तै रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिका रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिनुभयो । भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका छन् ।

हेमन्त केसी/रासस

मन्त्रिपरिषद् बैठक सुरु, भूकम्पपीडितको राहतबारे छलफल
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ ।

भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

तस्बिर: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

पूर्वराजाद्धारा भूकम्पबाट भएको क्षतिको दुःख व्यक्त
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जाजरकोट ,रुकुमपश्चिममा गएको भूकम्पबाट भएको क्षतिको दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वराजा शाहले भूकम्पमा परी जीवन गुमाएका सबैप्रति श्रद्धाभाव प्रकट गर्दै परिवाजनप्रति गहिरो सहानुभूति र समवेदना प्रकट गर्नुभएको छ । पूर्वराजा शाहले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

एक सन्देश जारी गर्दे उहाँले अहिलेको राजनीति र राज्य व्यवस्था लोकहितकारी तथा विकास, राहत, उद्धार, उत्थान जस्ता राष्ट्रिय भावमा केन्द्रित हुनुपर्ने जनाउनु भएको छ ।

उहाँले यस्तो प्रकोपको घडीमा हुनु पर्ने उद्दार , राहत तथा स्वास्थ्य उपचार तथा पुन निर्माणको काममा लोककल्याणकारी भाब राखेर सबै कार्यव्यवस्था तदारुकताका साथ हुनु पर्नेमा तर त्यस्तो हुन नसकेको गुनासो सुनिएको पनि जनाउनु भएको छ ।

जङ्गली च्याउ खाँदा एकको मृत्यु
जाजरकोट । जङ्गली च्याउ खाँदा यहाँ एकको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन् ।

विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो । मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ् ।

आमा, छोराले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो ।

आमा किविलीको स्थानीय लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उहाँलाई थप उचारका लागि दल्ली अस्पताल लैजाने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताउनुभयो । जङ्गलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभावी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह गर्नुभएको छ ।

वर्षामा बन्द जाजरकोटका सडक
जाजरकोट । लगातारको वर्षाका कारण यहाँका ग्रामीण क्षेत्रका सडक बन्द हुन थालेका छन् । खलङ्गा–बारेकोट, खलङ्गा–कुशे, पश्चिम जुनिचाँदेलगायत अन्य दर्जन बढी सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् ।

हिउँदयाममा जथाभावी खनिएका सडक वर्षायाममा पानी पर्न थालेपछि भत्किएर ग्रामीण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका हुन् । सदरमुकामदेखि भेरी करिडोरअन्तर्गत पर्ने डोल्पाको दुनैसम्मको सडक ठाउँ–ठाउँमा अवरुद्ध हुँदा गाडी बदलेर यात्रा गर्नुपरेको यात्रु मोहन शाहीले बताउनुभयो ।

जिल्लाभित्रका अधिकांश सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या आएको बारेकोट गाउँपालिका–५ का विवेक सिंहले बताउनुभयो । उहाँका अनुसार आन्तरिक तथा लामो दुरीका लागि सञ्चालन भएका सडकमा पुल निर्माण नभएकाले खोला बढ्दा यातायात सेवा अवरुद्ध भएका हुन् ।

नयाँ खनिएका २८ र पुराना गरी ५६ सडक बन्द भएका सिंहले बताउनुभयो । यातायातका साधन नचल्दा सदरमुकामसम्म आवागमनमा सास्ती हुने गरेको उहाँको भनाइ थियो । “सडक अवरुद्ध भएकाले यातायातका साधन सञ्चालनमा समस्या छ । सदरमुकामसम्म यात्रा गर्न धेरै दिन लाग्ने गरेको छ”, उहाँले भन्नुभयो, “बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन पनि सास्ती भइरहेको छ ।”

हिउँदमा निर्माण गरिएकासडक वर्षाको पानीले बगाउँदा क्षतिसमेत भएको सिंहको भनाइ छ । निरन्तरको वर्षाले हवाई सेवासमेत प्रभावित भएको छ । नेपालगन्ज–डोल्पाको हवाई सेवा अवरुद्ध भएको छ ।

टेलिफोन सेवा अवरुद्ध

लगातार परेको पानीका कारण बारेकोट गाउँपालिका–५ मा रहेको टेलिफोनको टावरमा समस्या आएपछि गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि यहाँका सर्वसाधाण सञ्चार सेवाबाट वञ्चित भएका वीरेन्द्र एश्वर्य माविका प्रधानाध्यापक गोखरबहादुर सिंहले जानकारी दिनुभयो । नेपाल टेलिकम जाजरकोटले टावरमा समस्या आएकाले मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको जनाएको छ । रासस

ठेक्का लिएको सात वर्ष बितिसक्दा पनि भेरी नदीमा बनेन पुल
जाजरकोट । ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन ।

विसं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँले भेरी नदीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो । पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म सकिएको छैन ।

सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन प्रमुख आशुतोष कर्णले बताउनुभयो । मौखिक तथा लिखित पटक–पटक ताकेता गर्दा पनि जेभीले सम्झौता अनुसारको काम नगर्दा आफूहरु हैरान भएर अन्तिम पटक पत्र लेखेको प्रमुख कर्णको भनाइ छ । तोकिएको समयमा स्पस्टिकरण पेस नभएमा सार्वजानिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ ।

यस अवधिमा केही काम भए पनि मजदूरले ज्यालासमेत नपाएको नलगाड नगरपालिका –१० का सुरेन्द्र थापाले बताउनुभयो । रुकुम पश्चिम आठबीसकोट नगरपालिका– ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गर्नुभयो ।

गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदूरले १० लाख नपाएको बताएका छन् । स्थानीय मजदूर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदूरले रु ६ लाख रकम नपाएको बताउनुभयो ।

मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँको नामबाट आफूले काम गर्ने भन्दै छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्का बैंक ग्यारेन्टी समेत राखी काम सुरु गरेका थिए । तर सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की रकम कार्यालयले फिर्ता लिएपछि काम नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए । कूल रू नौ करोडमा उक्त पुल निर्माण गर्ने सम्झौता भएको थियो ।