जयवीर – News Polar

हिल्टन होटल प्रकरणमा केसी धरौटीमा रिहा, दिलभूषणको भिडियो हेरेर लेखेको बयान
काठमाडौँ: काठमाडौँको हिल्टन होटल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीरले खरिद गरेको भनी गलत सूचनाको अफवाह फैलाएको मुद्धा खेपिरहेका युवक सुजित केसी आज काठमाडौँ जिल्ला अदालतबाट रु २५ हजार धरौटीमा रिहा भएका छन् ।

आजको बहसपछि जिल्ला अदालत काठमाडौँले उनलाई सो धरौटीमा रिहा गर्न आदेश दिएको हो । केसीले हिल्टन होटलका विषयमा फेसबुकमा स्टाटस लेखी जयवीरसँग यतिधेरै पैसा कहाँबाट आयो भनी प्रश्न उठाएका थिए । सोही अभियोगमा पीडित पक्षले काठमाडौँ जिल्ला अदालतमा मुद्धा दिएपछि सो मुद्धामा बहस जारी रहेको छ ।

अदालतमा भएको बहसकै क्रममा उनले दिएको बयानमा आफूले सो समाचार दिलभूषण पाठकले प्रसारण गरेको टफ टक नामक भिडियोमा सुनेर फेसबुकमा स्टाटस लेखेको बताएका छन् । निज केसीले सोही भिडियो सुनेर आफूले स्टाटस लेखेको तर पछि अरु कुनै ठूला सञ्चारमाध्यममा नआएको तथा अनलाइन मिडियामा पनि आएको नदेखेपछि सो भिडियोमा आएका कुराहरुप्रति आफूलाई नै विश्वास नलागेपछि आफैले पोष्ट डिलीट गरेको बयान दिएका छन् ।

तर अर्काे रमाइलो कुरा के छ भने सो भिडियो बनाउने पाठकका विरुद्ध जयवीरले प्रहरीको साइबर ब्युरोमा दिएको उजुरीमा भने प्रहरीले पक्राउ गर्न सकेन । प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि त्यसका विरुद्धमा उनी उच्च अदालत गएका थिए र पाटन उच्च अदालतले उनलाई मुद्धाको किनारा नलाग्दासम्म पक्राउ नगर्नु भनी आदेश दिएको छ ।

सोही भिडियो हेरेर फेसबुकमा लेखेका व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालत समक्ष पेश गरेपछि आज यो आदेश आएको छ भने भिडियो बनाउने दिलभूषणलाई भने अदालतले पक्राउ नगर्न भनेको छ ।