छाङ्गरु – News Polar

तिंकरमा मतदान सकियो, छाङ्गरुमा सकिदै
दार्चुला । व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो ।

तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् । तिंकरमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिनुभयो । तिंकर मतदान केन्द्रमा १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए ।

व्याँस–१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ । दिउँसोसम्म छांगरुमा २०९ ले मतदान गरेका छन् । यस केन्द्रमा ३७५ जना मतदाता छन् ।

यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छाङ्गरु तिंकर बसाई सरेका थिए । यहाँका स्थानीय छ महिना सदरमुकाम खलंगा र छ महिना छाङ्गरु तिंकर बसाई सर्ने गरेका छन् । रासस

छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाइयो
दार्चुला । आसन्न निर्वाचनका लागि व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचनमा प्रयोग हुने सामग्री, निर्वाचन अधिकृत तथा सुरक्षाकर्मी पठाइएको जानकारी दिनुभयो । तिङ्करको छायालेकमा रहेको प्रहरी चौकीका लागि आवश्यक सामग्री पनि हेलिकप्टरमार्फत लगिएको उहाँले बताउनुभयो । रासस

तिङ्करका स्थानीयवासी गाउँ पुगे, प्रहरी खलङ्गामै
दार्चुला । व्यास गाउँपालिका–१ तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन् । छ महिना गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु गाउँ पुगेका हुन् । तर तिङ्करको छायालेकमा बस्दै आएको नेपाल प्रहरी अझै सदरमुकाम खलङ्गामै छ ।

व्यासी सौका समुदाय सदरमुकाम खलङ्गाको गर्मी छल्न गाउँ पसेका हुन् । गत मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिङ्करीको ताला छ महिनापछि खुल्न थालेको छ । “पाँच परिवार तिङ्कर पुगिसकेका छन्”, स्थानीयवासी दानसिंह तिङ्करीले भन्नुभयो, “३५ परिवार खलङ्गाबाट मङ्गलबार हिँडेका छन्, उनीहरु बाटोमा छन् ।” सदरमुकाम खलङ्गाबाट पाँचदेखि छ दिनमा तिङ्कर गाउँ पुगिन्छ ।

भारतीय प्रशासनको अनुमति लिएर स्थानीयवासी हिमाल उक्लिएका हुन् । खलङ्गाबाट पहिलो दिन दोबाट, दोस्रो दिन सानो जाङ्ला, तेस्रो दिन गर्वाधार, चौथो दिन बुँदी, पाँचौँ दिन छाङ्गरु र छैठौँ दिन तिङ्कर पुगिन्छ ।

पशुचौपायासहित कुञ्चा सर्दा छ दिन लाग्छ । स्थानीयवासी अहिले पाँच/छ घण्टामै गाडीमा गाउँ पुग्छन् । भारतीय प्रशासनले अनुमति दिन ढिलाइ गर्दा यो पटक बसाइँसराइ केही ढिलो भएको स्थानीयवासी बताउँछन् । गाउँ फर्किएपछि तरकारी बाली भित्र्याउने काम हुन्छ । साथै जेठमा यार्सागुम्बा सङ्कलनको काम हुने भएपछि उनीहरु गाउँ फर्किएका हुन् ।

तिङ्कर गाउँ चीनको सीमा नजिकैको गाउँ हो । तिङ्कर गाउँभन्दा आधा घण्टामाथि नेपाल प्रहरी बस्छ । छायालेकबाट चारदेखि पाँच घण्टाको दूरीमा नेपाल–चीन १ नम्बर सीमास्तम्भ छ ।

स्थानीयवासी छ महिना सदरमुकाम खलङ्गा र छ महिना छाङ्गरु तिङ्कर बस्छन् । यहाँ बस्ने नेपाल प्रहरी पनि वर्षमा छ महिना मात्रै छायालेक बस्ने गर्छ । स्थानीयवासीको बसाइँ सरेसँगै खलङ्गा झरेका नेपाल प्रहरी स्थानीयवासी गाउँ पुग्दा पनि सदरमुकाम खलङ्गाबाट माथि उक्लिन सकेको छैन ।

निर्वाचनको समय आउन पनि आठ दिन बाँकी छ । निर्वाचनका लागि मतदान केन्द्र पनि तिङ्करमै तोकिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट हेलिकप्टरमार्फत प्रहरी तिङ्कर पठाउने तयारी भएको बताउनुहुन्छ । “हामीले प्रक्रिया बढाइसकेका छौँ”, उहाँले भन्नुभयो, “तर अझै हेलिकप्टर कहिले आउँछ भन्ने यकीन भएको छैन ।”

प्रहरीको छ महिनाको रासन, हातहतियार पनि लिनुपर्ने भएको हुँदा हेलिकप्टर माग गरिएको उपरीक्षक विष्ट बताउनुहुन्छ । विगतमा पनि हेलिकप्टरमार्फत पठाउने गरिएको छ । प्रहरीलाई वैशाख २७ गतेअगावै पठाउने गरी पहल भइरहेको छ । छाङ्गरुमा भने गत वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी वर्षभरि बस्दै आएको छ ।

यस्तै सशस्त्र प्रहरी पनि छाङ्गरुमै छ । गत वर्ष सशस्त्र प्रहरीको छायालेकमा बोर्डर आउट पोष्ट (बिओपी) भवन निर्माण गरिएको छ । तर अहिलेसम्म सशस्त्र प्रहरीलाई खटाउनेबारेमा निर्णय नभएको सशस्त्र प्रहरीले जनाएको छ । रासस