छठ – News Polar

भक्तपुरमा भव्य रूपमा मनाइयो छठ
भक्तपुर । सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यस वर्ष पनि भक्तपुरदेखि ललितपुरसम्मको स्थानीयले भक्तपुरको पोखरी तथा खोलामा सोमबार साँझ छठ पर्व भव्य रूपमा मनाएका छन् । भक्तपुरको कमलपोखरीमा छठ मनाउन यस वर्ष भक्तजनको बाक्लो उपस्थिति देखिएको छ ।

छठ पर्वका अवसरमा भक्तपुरका पोखरी र खोला सिँगारिएका छन् । तराई–मधेसबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थानीय तथा अस्थायी रूपमा बस्दै आएकाले भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा भव्य रूपमा छठ मनाएका हुन् ।

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा २०० भन्दाबढी परिवारले छठ पर्व मनाएका छन् । यसका लागि पोखरी सिँगारेर झकिझकाउ बनाइएको छ भने पोखरीमा लगाइएको बत्तीहरूले झिलीमिली बनाएको छ ।

छठीदेवीको मूर्ति ल्याएर राखिएको भन्दै उक्त मूर्तिमा पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठ मनाएको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिनुभयो । छठ पर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाएर सामाजिक सद्भव व्यक्त गरेका उहाँले बताउनुभयो ।

भक्तपुर र ललितपुरको सिमानामा रहेको गोदावरी खोलामा पनि सोमबार साँझ छठ मनाउन बाक्लो भीड लागेको जनकपुर घर बालकोट बस्दै आएका दशरथ ठाकुरले बताउनुभयो । उहाँले गोदावरी खोला सिँगारिएर झकिझकाउ बनाएको र यहाँ भक्तपुरको बालकोट, सिरुटार र ललितपुरको टीकाली, चाँगाथलीदेखि सातदोबाटो क्षेत्रमा बस्दै आएका २०० भन्दाबढी परिवारले यही खोलामा छठ मनाएका जानकारी दिनुभयो । उहाँका अनुसार गोदावरी खोलालाई सिँगारेर झकिझकाउ बनाइएको छ ।

छठ पर्वका अवसरमा सोमबार साँझ अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन गरिने अध्यक्ष रौनियारले जानकारी दिनुभयो । तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पछिल्लो समय पहाडका साथै काठमाडौँ उपत्यकामा पनि यो पर्व मनाउनेको सङ्ख्या बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

रौनियारले भन्नुभयो, “तराई–मधेसबाट बसाइँ सरेर आउनुभएका, विभिन्न पेसा, व्यवसायले भक्तपुरमै बस्दै आउनुभएका जडीबुटीदेखि भक्तपुरसम्मका २०० भन्दाबढी परिवारका लागि छठ मनाएका छौँ । पोखरी झकिझकाउ भएका छन् । स्थानीयले सहयोग गर्नुभएको छ ।”

आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइएको छ । छठको मुख्य दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी आज बिहानको उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । रासस

तिहारको दियोदेखि छठको सूर्य पूजाः नेपालीहरूको उज्यालो र प्रकृतिप्रेमी उत्सव
काठमाडौँ । नेपाल एक सांस्कृतिक र धार्मिक विविधताले भरिपूर्ण देश हो । जहाँ विभिन्न चाडपर्वहरूले मानव जीवन, प्रकृति र आध्यात्मिकताको गहिरो सम्बन्धलाई झल्काउँछन् । तिहार र छठ यस्ता दुई प्रमुख पर्व हुन् जसले नेपाली समाजको उज्यालो, एकता र प्रकृतिप्रतिको श्रद्धालाई प्रस्ट पार्छ ।  तिहारको दियोको उज्यालोदेखि छठको सूर्य पूजाले नेपालीहरूको जीवनशैली, विश्वास र सामाजिक सद्भावलाई उजागर गरेको छ ।

तिहारः उज्यालो र समृद्धिको पर्व

तिहारलाई दीपावली वा यमपञ्चक पनि भनिन्छ । नेपालको सबैभन्दा ठूलो र रमाइलो चाडहरू मध्ये एक हो तिहार । यो पर्व कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीदेखि शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिनसम्म मनाइन्छ । तिहारको प्रत्येक दिनले विशेष महत्व राख्छ र हरेक दिनको आफ्नै परम्परा हुन्छ ।

तिहारका प्रमुख दिनहरू

काग तिहारः पहिलो दिन काग (कौवा) को पूजा गरिन्छ । कागलाई यमराजको सन्देशवाहक मानिन्छ । यो दिन कागलाई खाना खुवाएर सम्मान गरिन्छ । जसले घरमा सुख र समृद्धिको सन्देश ल्याउने विश्वास गरिन्छ ।

कुकुर तिहारः दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई वफादार र घरको रक्षक मानिन्छ । यो दिन कुकुरलाई मीठो खाना र माला लगाएर सम्मान गरिन्छ ।

लक्ष्मी पूजाः तिहारको मुख्य दिन हो । जसमा धन र समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ । घरलाई झिलिमिली दियो, बत्ती र रंगोलीले सजाइन्छ । साँझ लक्ष्मीको पूजा गरी धन र सुखको कामना गरिन्छ ।

गाई तिहार र गोवद्र्धन पूजाः चौथो दिन गाईको पूजा गरिन्छ, जसलाई पवित्र र समृद्धिको प्रतीक मानिन्छ । साथै, पहाडी क्षेत्रमा गोवद्र्धन पूजा पनि गरिन्छ ।

भाइटीकाः अन्तिम दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु र समृद्धिको कामना गर्दै टीका लगाइदिन्छन् । यो दिन दाजुभाई र दिदीबहिनीबीचको प्रेम र एकताको प्रतीक हो ।

तिहारको सांस्कृतिक महत्व

तिहारले उज्यालो, प्रेम, एकता र प्रकृतिप्रतिको कृतज्ञतालाई जोड दिन्छ । दियो बालेर अन्धकारमाथि उज्यालोको विजय र नकारात्मक ऊर्जामाथि सकारात्मकताको प्रतीक मानिन्छ । साथै यो पर्वले परिवार, समुदाय र प्रकृतिका विभिन्न तत्वहरू (जस्तै काग, कुकुर, गाई) बीचको सम्बन्धलाई बलियो बनाउँछ । देउसी र भैलो गाउने परम्पराले सामाजिक एकता र रमाइलो वातावरण सिर्जना गर्छ ।

छठः सूर्य र प्रकृतिप्रति कृतज्ञताको पर्व

छठ पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा व्यापक रूपमा मनाइन्छ । यद्यपि पछिल्लो समय यो पर्व देशका अन्य भागमा पनि लोकप्रिय हुँदै गइरहेको छ । कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा मनाइने यो पर्व सूर्य देवता र छठी माताको पूजा गर्न समर्पित छ । यो पर्व चार दिनसम्म चल्छ र यसमा कठोर व्रत र अनुष्ठानहरू समावेश हुन्छन् ।

छठका प्रमुख दिनहरू

नहाय–खायः पहिलो दिन व्रतालुहरू नुहाएर शुद्ध भोजन ग्रहण गर्छन् । यो दिनले शारीरिक र मानसिक शुद्धिको प्रतीक हो ।

खरनाः दोस्रो दिन व्रतालुहरू दिनभर उपवास बस्छन् र साँझ गुड र चामलको खीर प्रसादको रूपमा ग्रहण गर्छन् ।

सँझिया अघ्र्यः तेस्रो दिन व्रतालुहरू नदी वा जलाशयमा गएर डुब्दो सूर्यलाई अघ्र्य दिन्छन् । यो दिन विशेष गरी सूर्यको पूजा गरिन्छ ।

उषा अघ्र्यः अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत समापन गरिन्छ ।

छठको सांस्कृतिक महत्व

छठ पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने एक अनुपम उत्सव हो । सूर्यलाई जीवनको ऊर्जा र शक्तिको स्रोत मानिन्छ र यो पर्वले मानव र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ । छठको कठोर अनुष्ठानहरूले आत्मानुशासन, धैर्यता र भक्तिलाई प्रोत्साहन गर्छ । यो पर्वले सामुदायिक एकता र सांस्कृतिक समृद्धिलाई पनि बलियो बनाउँछ । किनकि परिवार र समुदाय एकसाथ मिलेर पूजा र उत्सवमा सहभागी हुन्छन् ।

तिहार र छठको समानता र भिन्नता

तिहार र छठ दुवै पर्वहरू प्रकृति, उज्यालो र समृद्धिसँग जोडिएका छन् । तर यिनका परम्परा र क्षेत्रीय प्रभावमा भिन्नता छ । तिहार नेपालभर व्यापक रूपमा मनाइन्छ र यसमा दियो, रंगोली र सामुदायिक रमाइलो मुख्य हुन्छ । छठ भने विशेष गरी तराई क्षेत्रमा प्रचलित छ र यसमा सूर्य पूजा र कठोर व्रतको विशेष महत्व छ । दुवै पर्वले प्रकृतिका तत्वहरू (जस्तै सूर्य, पशुपंक्षी) लाई सम्मान गर्छन् र सामाजिक एकताको सन्देश बोकेका छन् ।

समकालीन सन्दर्भमा तिहार र छठ

आजको समयमा तिहार र छठले आधुनिक नेपाली समाजमा पनि उत्तिकै महत्व राख्छन् । तिहारको दियो र रंगोलीले शहरी क्षेत्रमा पनि घर–आँगनलाई सजाउँछन् भने छठको सूर्य पूजाले पर्यावरण संरक्षण र प्रकृतिप्रतिको सम्मानको सन्देश बोकेको छ । यी पर्वहरूले नेपाली डायस्पोरामाझ पनि लोकप्रियता कमाएका छन् । जसले विश्वभरि नेपाली संस्कृतिको पहिचानलाई फैलाएको छ । तिहार र छठ नेपाली संस्कृतिका दुई चम्किला रत्न हुन्, जसले उज्यालो, प्रकृतिप्रेम र सामुदायिक एकताको सन्देश बोकेका छन् । तिहारको दियोले अन्धकारमाथि उज्यालोको विजयलाई प्रतीक गर्छ भने छठको सूर्य पूजाले जीवनको आधारभूत ऊर्जाप्रति कृतज्ञता व्यक्त गर्छ । यी पर्वहरूले नेपालीहरूको सांस्कृतिक धरोहर, आध्यात्मिक विश्वास र प्रकृतिसँगको गहिरो सम्बन्धलाई जीवन्त राख्छन् । यी उत्सवहरूले हामीलाई एकताको महत्व, प्रकृतिप्रतिको सम्मान र जीवनको सकारात्मक दृष्टिकोण सिकाउँछन् ।

अमेरिकामा मनाइयो छठ
वाशिङ्टन डिसी । नेपालका तराई क्षेत्रमा महत्वका साथमा मनाइने छठपर्व अमेरिकामा पनि मनाइएको छ । नेपालीको बाहुल्यता रहेको अमेरिकाका न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायोलगायत राज्यमा स्थानीय मन्दिरमा गएर नेपालीले छठपर्व मनाइएका हुन् ।

मेरिल्याण्डको जर्मनटाउनमा रहेको नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टरले संयोजन गरेको छठ पर्वमा बिहीबार साँझ सन्ध्याकालमा अर्घ दिने नेपालीको बाक्लो उपस्थिति थियो । आयोजकका अनुसार स्थानीय समय अनुसार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिनेछ ।

आयोजक मोहन यादवले विभिन्न स्थानमा छठको लागि ठाउँ चयन गर्नु परेकामा विगत केही वर्षदेखि नेपालीले स्थापना गरेको मन्दिरमा मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले बिहीबार व्रर्तालुले तीन दिनसम्म उपवास बसेर छठी माताको पूजा गरेका भन्दै यसमा युवा पुस्तालाई पनि सहभागी गराइएको जानकारी दिनुभयो ।

यादवले भन्नुभयो, “हामीहरूले यो प्रवासी भूमिमा हाम्रो सनातन धर्मको मूल्य मान्यता र यसको वैज्ञानिक कारणसहित दोस्रो पुस्तालाई छठ मनाउन उत्प्रेरित गरिरहेका छौँ । अमेरिकामा नेपाली रहेको स्थानमा कतिपयले आफ्नै घरमा, समूहमा मिलेर तथा मन्दिरमा गएर छठ पर्व मनाउने गरेका छन् ।”

जनकपुरमा छठ मनाउनेहरुको भीड
जनकपुर । मिथिलाञ्चलमा छठ पर्व मनाउनेहरुको भीड लागेको छ । छठका अवसरमा जनकपुरधामको प्रमुख सरोवरहरुमा आज विहानैदेखि भीड लागेको हो ।

चार दिवसीय छठको पहिलो दिन नहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अघ्र्य तथा चौथो दिन उदाउदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ । छठ पर्वलाई ध्यानमा राखी जनकपुरधामको गंगा सागर, धनुषसागर, रुक्मीणी सागर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न सागर, भुतही पोखरी सहितका पोखरीहरुलाई पूजाको लागि विशेष रुपले सजाइएको छ ।

युवा क्लबहरुले पोखरीको सजाउने कार्यमा सहभागी भएका छन् । छठमा केरा, भुसबा, ठेकुवा, नरिवल, उखु, मुला सहित विभिन्न फलफूल लिएर भक्तजनहरुले सूर्य लाई अघ्र्य दिने गर्छन् । छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ । घर, परिवारको सुख, शान्ति र समृद्धिका लागि व्रत बसेको व्रतालु महिलाहरु बताउँछन् ।

आदिकालमा सती अनुसुयाले रोगग्रस्त पतिलाइ निको हुनको लागि भगवान सूर्य र षष्टी देवीको पूजापाठ गरेकी थिइन । त्यसैगरि महाभारत कालमा पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवलाई पराजित गर्नका लागि सूर्य देवको उपासना गरी छठ पर्व मनाएकी पौराणिक कालमा उल्लेख रहेको छ । छठको व्रत बस्नाले दुःख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासको साथ छठ पर्व मनाउने गरिन्छ ।

चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।

छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले चाड–पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताउनुभयो । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र यस पर्वका अवसरमा सभापति देउवाले तराईवासीलगायत सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

“नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो । यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । अति श्रद्धाका साथ मनाइने छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस्, हार्दिक शुभकामना व्यक्त गर्दछु”, उहाँले सन्देशमा भन्नुभएको छ ।

छठ पर्वले सामाजिक एकतालाई बलियो बनाउन सकोस् : सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका छठ धर्मावलम्बी सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले छठ पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।

“छठ पर्वले धार्मिकसँगै सामाजिक एकतालाई बलियो बनाउन मद्दत गरेको महसुस गरेको छु” सन्देशमा भनिएको छ, “यो पर्व कुनै जात, वर्ग वा धर्ममा आधारित छैनस समाजका सबै मानिसले एउटै उद्देश्यका लागि सामूहिक रूपमा पूजा गर्ने र समाजमा समानता र भाइचारा बढाउन सहयोग गरिरहेका छन् ।”

शुभकामना सन्देशमा छठ पर्व विशेष् ारूपमा सूर्य देवताको आराधना र उपासना गर्ने पर्व भएको र जसले स्वास्थ्य, सुख–समृद्धि र सन्तान सुखको आशीर्वाद दिने विश्वास गरिने उल्लेख छ । सूर्य देवतालाई रोग निवारण, शक्ति, र स्वास्थ्यका देवता मानिन्छ । यस पर्वमा सूर्य, जल र प्रकृतिको महत्वपूर्ण भूमिका हुन्छ ।

“नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, संविधानको मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकाबारे हामी सबै जानकार नै छौँ । छठ पर्वले नागरिकस्तरमा पनि विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन सहयोग गरेको छ”, सन्देशमा भनिएको छ ।

सिङ्गारिँदै सिरहाका छठ घाट, मूल्य वृद्धिको मारमा भक्तजन
सिरहा । छठ पर्वको दोस्रो दिन आज यहाँका नदी, खोला, पोखरी तथा जलाशय किनारका छठ घाट सिँगारिने क्रम जारी छ । भक्तजनहरु छठको तेस्रो दिन बिहीबारका लागि घाट निर्माणको अन्तिम तयारीमा छन् ।

लहानस्थित खुट्टीखोलामा छठ घाट निर्माण गर्न नगरपालिकाले निःशुल्क जेसिबीको व्यवस्था गरेको छ । नगरपालिकाको जेसिबीको सहयोगमा आज बिहानैदेखि छठ घाट निर्माण सुरु गरेको स्थानीय अरविन्द साहले बताउनुभयो । नगरकै सहयोगमा वर्षभरि नदी किनारमा थुप्रिएका फोहोर सफाइ गरिएको उहाँले जानकारी दिनुभयो ।

दीपावली सकिएलगत्तै छठ पर्व सुरु भएपछि नगरका नदी, जलाशय तथा पोखरी किनारमा छठ पूजा लक्षित सरसफाइमा जुटेको नगरपालिकाका सरसफाइ संयोजकसमेत रहनुभएका नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरको सरसफाइ युनिट यहाँका पोखरी, नदी तथा जलाशयको सरसफाईमा परिचालित गरिएको हो ।”

सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदी तथा सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीसहित यहाँका स्थानीय पोखरी, गागन खोला, मैनावती खोला, सर्रे खोला, कमला सिँचाइ नहर तथा शाखा नहरलगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउने काम सुरु भएको हो ।

जिल्ला सदरमुकाम सिरहासहित मुख्य बजार लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, कर्जन्हा तथा नेपाल भारत सिमाना नजिकका हुलाकी बजारहरुमा छठमा प्रयोग हुने केराको घरी तथा अन्य प्रसाद सामग्रीको किनमेल गर्ने भक्तजनको घुइँचो बढेको छ ।

छठ पूजाका सामग्रीको मूल्य उच्च

यहाँका बजारमा छठ पूजाका सामग्रीको मूल्यमा उच्च वृद्धि भएको छ । यस वर्ष उखु प्रति लाँक्रा रु २०, नरिवल प्रतिगोटा रु ६०, भोगटे रु २०, केरा प्रतिघरी रु एक हजारसम्म बिक्री भइरहेको छ । छठको विशेष सामग्री माटोको हात्तीको मूल्य रु दुई सय तोकिएको छ । गत वर्षको तुलनामा उक्त सामग्रीको मूल्य दोब्बरले वृद्धि भएको भक्तजनको गुनासो छ ।

केरा व्यापारी श्रीप्रसाद गुप्ताका अनुसार पहाडी जिल्ला र कोशी प्रदेशको मोरङ, धनकुटा, सुनसरीबाट ल्याइने केरा यसवर्ष महँगोमा खरिद गर्नुपरेको छ ।

त्यसैगरी बजारमा ढकिया, नाङ्लो, र कोनियाको मूल्य पनि बढेको छ । ढकिया प्रतिगोटा रु चार सय, नाङ्लो रु तीन सय ५० र कोनिया रु एक सय ५० पुगेको छ ।

मिथिलासहित तराई/मधेसका जिल्लाहरुमा छठको रौनक
जनकपुर । मिथिलासहित तराई/मधेसका जिल्लाहरुमा छठको तयारी अन्तिम चरणमा पुगेको छ ।

जनकपुरधामसहितका तराईका क्षेत्रमा छठ पर्वको रौनक शुरु भएको हो । जनकपुर धाममा छठका लागि फलफूल र मिठाइ किन्नेहरुको भीड देख्न सकिन्छ । साथै छठका लागि चाहिने आवश्यक सामग्री खरिद गर्नेहरुको भीड पनि त्यत्तिकै रहेको छ ।

चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

काठमाडौँ उपत्यकामा छठको रौनक
काठमाडौँ । तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । छठका लागि अहिले काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि टेण्ट राख्ने कार्य करिब करिब अन्तिम चरणमा पुगेको छ ।

छठ पूजाका लागि काठमाडौँका नदी किनार झिलिमिल बत्तीसहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण भएको छ ।

यस क्षेत्रमा पाँच सय ६७ वटा छठघाट अर्थात् पूजा स्टल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य चन्द्रकान्त झाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले पाँच सय ६७ वटा छठ घाट अर्थात् पूजा स्टल निर्माण गरेका छौँ, आज बिहान ९ बजेसम्म पाँच सय ५० वटा स्टल बुक भइसकेका छन् ।”

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाय अरबा अरबाईन भोजन गर्ने गर्दछन् । दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन गरिन्छ ।

पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा हुने छठका लागि पशुपति क्षेत्र विकास कोषले रु तीन लाख दिने जानकारी गराएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपति क्षेत्र विकास कोषले रु तीन लाख दिने आश्वासन दिएको छ, छठ सकिएपछि उहाँहरुले उक्त रकम दिनु हुन्छ ।”

यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ । उहाँले कमलपोखरीमा २६० वटा बस्ने टेन्ट बनाएको समितिले जनाएको छ । छठका लागि काठमाडौँका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा रहेका नदीहरुलाई सफाइ बनाइएको छ । छठपर्वमा श्रद्धालु भगवान श्री सूर्यनारायणको पूजा गर्ने गर्छन् । काठमाडौँ उपत्यका बाहिर रहेका विभिन्न जिल्लाका पोखरीमासमेत छठपर्वलाई लिएर सरसफाइका साथै सजाउने कार्य भइरहेको छ ।

छठको दोस्रो दिन आज ‘खरना’
महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।

आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।

श्रद्धा, निष्ठा, समर्पणभाव  र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् ।

पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।

त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदा सूर्यलाई दोश्रो अघ्र्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई मिथिलामा  ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अघ्र्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमश: पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलपूmल सूर्यदेवलाई देखाउने चलन छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पुर्‍याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।

अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेसी ९मधेशी० मूलका हिन्दूले मात्र मनाउदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत बर्तालुलाई अघ्र्यका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन् । यसले छठ पर्वलाई साझा बनाएको छ ।

यस पर्वमा सबै धर्र्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बताउनुहुन्छ ।

छठका लागि महँगो मूल्यमा केरा किन्न बाध्य छन् जनकपुरवासी
जनकपुर । मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारीमा श्रद्धालुहरु लागेका छन् । व्रतालुहरु आज नहाए खाए विधिसँगै छठ व्रतको शुभारम्भ गरेका छन् भने श्रद्धालुहरु छठ पर्वमा प्रयोग हुने पूजाका सामग्री जुटाउने तयारीमा लागेका छन् । छठ पर्वमा अनिवार्य रुपमा प्रयोग हुने पूजा सामग्रीमा केरा तथा नारिवल लगायतका फल पर्छ ।

अहिले फलफूल मण्डीमा केरा किन्न आउनेहरुको भीड बढेको छ । छठ पर्वको प्रमुख प्रसादको रुपमा प्रयोेग हुने केरा किन्नेहरुको जनकपुरधामका प्रमुख बजारहरुमा केही दिन यता भीड लागेको छ । प्रत्येक वर्ष जस्तै यसवर्ष पनि केराको विक्री छठ पर्वको पूर्वसन्ध्यामा व्यापक वृद्धि भएको छ । यद्यपि अन्य वर्षहरुभन्दा महँगो मूल्यमा श्रद्धालुहरु केरा किन्न बाध्य भइरहेका छन् । यस वर्ष पछिल्लो वर्षको तुलनामा दोब्बर मूल्य तिरेर केरा किन्न परिरहेको गुनासो उपभोक्ताहरुको छ ।

यस वर्ष भारतबाट खरिद गरेर नेपाल भित्र्याउन रोक लगाएकाले केराको अभाव भएको जनकपुरधामस्थित फलफूल व्यवसायी संघका महासचिव भूवनेश्वर पूर्वेले बताउनु भयो । उहाँकाअनुसार जनकपुरधाम बजारमा पछिल्लो वर्ष ८० ट्रक केराको आयात गरिएको थियो भने यो वर्ष भन्सारमा रोक लगाइएकाले ६० ट्रक केरा आयात गरिएको छ ।

जनकपुरधाम बजारमा भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट आयात गरिँदै आएको थियो । जबकि यस वर्ष नवलपरासीको त्रिवेणीबाट मात्रै केरा बढी मात्रामा आयात गरिएको छ ।

भारतको केरा सस्तो भएपनि नेपाल भित्र्याउन समस्या भएपछि त्यसको मार उपभोक्तामा पर्ने निश्चित रहेको फलफूल व्यवसायी दीलिप साले बताउनु भयो ।

छठका लागि केरा किन्न पुगेका उपभोक्ता पहिलेको तुलनामा छठ पर्व धेरै महँगिएको बताउँछन् । पहिला पहिला ३ सयदेखि ५ सय रुपैयाँमा केरा किन्न पुग्थ्यो । तर यस वर्ष कम्तीमा ८ सयदेखि १ हजार रुपैयाँसम्म मात्रै केरा खरिद गर्नुमा खर्चिनु परिरहेको छ ।

काठमाडौं उपत्यकामा छठको रौनक शुरु, सिंगारिँदै गौरीघाट, कमलपोखरी
काठमाडौँ । काठमाडौं उपत्यकामा छठको रौनक शुरु भएको छ ।

तिहार सकिए लगत्तै काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थनमा छठका लागि तयारी शुरु गरिएको हो ।

छठ पूजाका लागि काठमाडौंका गौरीघाट लगायतका नदी किनारहरु सिंगारिएका छन् । चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् । दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको बताउनु भयो । उाँले कमलपोखरीमा २६० वटा बस्ने टेन्टहरु बनाएको तर बुकिङ गर्न आउनेहरुको संख्या तीन सय बढी भइसकेको बताउनु भयो । साढे तीन सयको संख्यामा राख्न सकिने उहाँले बताउनु भयो । अर्का स्थानीय जितेन्द्र झाले छठ प्राकृतिक पूजा भएकाले भगवान सूर्यनारायणको पूजाअँज गरी मनाइने बताएनु भयो ।

उहाँले भन्नुभयो, ‘छठको तयारी हुँदैछ । कपडा राख्ने काम हुँदैछ । फ्रेमिङहरु भइसकेको छ । टेन्ट हाम्रो लगभग सकियो, बत्तीको काम पनि सकियो । हामीले २ सय ६० वटा घाट नम्बरिङ गरेका छौँ । तर बुकिङ गर्न आउनेहरु तीन सय बढी भइसकेको छ । साढे तीन सय जति कभर हुन्छ । पाँच दिन यता सरसफाई भइरहेको छ ।’

छठ पर्वमा श्रद्धालुहरु भगवान श्री सूर्यनारायणको पूजा गर्ने गर्छन् । गाउँगाउँमा रहेका पोखरीहरुमा समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भईरहेको छ ।

कार्तिक शुक्ल चतुर्थीः छठको मुख्य व्रतविधि सुरु
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठको व्रतविधि आजदेखि सुरु भएको छ । चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरी एक छाक खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ ।

छठको विधि कार्तिक कृष्ण प्रतिपदा अर्थात् कोजाग्रत पूर्णिमाका दिनदेखि सुरु भएपनि मुख्य व्रतविधि आजदेखि सुरु भएको हो । छठ व्रत विधिको दोस्रो अर्थात् कार्तिक शुक्ल पञ्चमीका दिन बुधबार सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यसलाई खरना गर्ने भनिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताउनुभयो । यस वर्ष कात्तिक २२ गते बिहीबार छठको मुख्य दिन हो । यस दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।

“षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ”, उहाँले भन्नुभयो । यस वर्ष कात्तिक २३ गते शुक्रबार कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । सरकारले यो पर्वका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । सूर्यको पूजा, आराधना र उपासनासँग जोडिएको यस पर्व तराईसँगै पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्ने गरेका छन् ।

छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै
राजविराज । यहाँको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि आजदेखि सजाउन थालिएको छ ।

विजयादशमी र दीपावली सकिएलगत्तै छठपर्व सुरु भएपछि जलाशय, पोखरी किनारमा पूजाघाट बनाउन बिहानदेखि स्थानीय सरसफाइमा जुटेका छन् । सदरमुकाम राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा वर्षौँदेखि थुप्रिएका फोहोर सफाइ गरी छठ मनाउन घाट निर्माण गरिरहेको राजविराज नगरपालिका–३ निवासी लालु रजकले बताउनुभयो । यहाँ सफाइ गरिएका पोखरीमा कागज, केराको थाम र असोकको पत्ता तथा विद्युतीय बत्तीबाट सजाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रका जलाशयहरुमासमेत पूजाघाट बनाइ सजाउने काम भइरहेको छ । हनुमानगर बजारमा युवाहरु आज बिहानदेखि पोखरी सफाइमा लागेको स्थानीय राजेन्द्र मिश्रले बताउनुभयो । भारदहस्थित कोशी ब्यारेजमा सफाइ तथा घाट सजाउने काम भइरहेको छ । यहाँ भारतको सुपौल जिल्लाको वीरपुर, भीमनगरलगायत विभिन्न सहरका सर्वसाधारण छठपर्व मनाउन प्रत्येक वर्ष आउने गरेका छन् । छठ सुरु भएपछि बजार तथा ग्रामीण क्षेत्रमा रेडियो र साउन्ड सिस्टमबाट छठी मैयाको महिमाका भोजपुरी र मैथिली गीत गुञ्जिन थालेका छन् ।

छठमा प्रयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाँडाकुँडाको सामानको मूल्य दोब्बर भन्दा बढीले आकाशिएको छ ।

मूल्यवृद्धिमा कुनै निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ । निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवं मानव जातिको उत्थान गर्न र आरोग्यताका लागि यो पर्व मनाइने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य रहेको पाइन्छ । रासस

सद्भावको पर्व बन्दै छठ
महेन्द्रनगर (धनुषा):  छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ । जताततै छठको रौनक छ । अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ । त्यसैले यो पर्व आस्था र विश्वास मात्र नभएर सद्भावको पर्व बन्दै गएको हो ।

अन्य पर्वहरूको मौलिकता गुम्दै गएपनि छठको मौलिकता जिवित छ । मधेशका महिलाले परिवार र सन्तानका सुख समृद्धिको कामना गर्दै छठ मनाउने गर्छन् । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भइ षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

कृषि प्रदर्शनीको पर्व

छठले किसानको परिश्रमलाई सम्मान गर्छ । कृषिउपजलाई प्रसादका रूपमा प्रयोग गरिन्छ । झन्डै ७२ प्रकारका कृषिउपजको छठ पूजामा प्रयोग गरिन्छ । यसले हराउँदै गएको कृषि उत्पादनको पहिचानलाई पुनरावृत्ति गराउँछ । छठ सुरु हुनु अघिदेखि ठेकुवाका लागि बजारमा गहुँ, चामल, सक्खरको खोजी हुने र नरिवल, बाँसका ढाकी, सुपलीको जोडजाम गरिने मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडी बताउनहुन्छ ।

गबडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, स्याउ, सुन्तला, सक्खर (मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गर्ने उहाँको भनाइ छ । छठ पर्वले कृषि पहिचानलाई जगेर्ना गरेको राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथ बनिनियाका प्रमुख मथुरा यादवले बताउनुभयो ।

स्थानीय कृषि उत्पादनलाई छठको प्रसादका रूपमा प्रयोग गरिन्छ । उखु, चामल, केरा जस्ता दर्जनौँ कृषिउपजको प्रयोग छठमा हुन्छ ।   छठमा सूर्यको पूजा हुन्छ । सूर्य शक्तिको प्रतीक हो । सारा संसार यसैको आधारमा चलिरहेको छ । कृषि उत्पादनको सबै प्रक्रिया सूर्यको प्रकाशबाट सञ्चालित रहेकोे ज्योतिष पण्डित अमित झाले बताउनुभयो । “छठ प्रकृतिको पूजा मात्र होइन शक्तिको उपासना पनि हो”, छठ पर्वका जानकार  डा राजेन्द्र विमलले भन्नुभयो ।

प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवन सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैँ प्रयोग गरिनेभन्दा फरक कृषि उत्पादन चढाउनुले पुष्टि हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्ण्ब बताउनुहुन्छ । उत्तराधिकारी महन्त रामरोशन दास बैषण्वका अनुसार छठमा प्रसादका रूपमा जे जति कृषि सामग्री प्रयोग हुन्छन् ती हाम्रा खेतबारीकै उत्पादन हुन् । यस पर्वको खानपिन वातावरणमैत्री मानिन्छ । गर्मीको बिदाइ र शरद ऋतुको स्वागतका बेला छठ पर्व मनाइन्छ ।

विभिन्न वस्तु प्रसादका रूपमा छठी मातालाई चढाइन्छ । यो पर्वले देखावटी परिपाटीलाई पूर्णरूपमा निषेध गरेको  छ । किसानले आफ्नो बारीमा फलाएका कृषि उपजको प्रदर्शनी गरिने जानकारहरु बताउँछन् । “कसको बारीमा के फलेको छ ? के उब्जिएको छ भन्ने कुरा छठीघाटमा राखिएको पूजासामग्रीबाट सबैले थाहा पाउँछन्”, किसान दीपेन्द्र साहले भन्नुभयो ।

छठले सांस्कृतिक रूपमा विशिष्ट स्थान ओगटेको छ । संस्कृति मानवीय जीवनपद्धति र मान्छेले धारण गर्ने वस्त्रसँग सम्बन्धित मानिन्छ ।  संस्कृतिविद् एवं जानकार राजर्षिजनक विश्वविद्यालाय जनकपुरधामका रजिस्ट्रार सत्यनारायण साहले संस्कृति मानव जीवन पद्धति भएको बताउनुभयो । छठले यसलाई प्रतिविम्बित गर्ने उहाँको भनाइ छ ।

डा राजेन्द्र विमलका अनुसार कृषि उत्पादन, सामाजिक रहनसहन र सभ्यताका पक्षलाई एकैसाथ छठले प्रतिविम्बित गर्ने गर्छ । “छठको गीतले सबैलाई मन्त्रमुग्ध बनाइदिन्छ । मनमनमा भक्तिभाव जगाइदिन्छ । जनजनमा ऊर्जा भरिदिन्छ”, स्थानीय पण्डित डिगम्बर झाले भन्नुभयो, “सामाजिक एकता, सद्भाव र सहिष्णुताको कसीलाई चट्टान झँै बलियो बनाइदिन्छ । अनि सबै घर र बस्तीबाट लामबद्ध हुँदै पूजा सामग्रीसहित एकाकार हुन्छन् ।”

छठका उपासकहरु जलाशयमा उभिन्छन् । पूजा सामग्री हातमा राखेर अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् र भोलिपल्ट बिहानपख उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठीमाईको महिमा गाउँदै आराधना गरिन्छ ।

सामाजिक एकता

छठ पर्व मनाउने सनातन धर्मावलम्बीबीच विविधता छ । समुदायगत, जातिगत, भाषागत भिन्नता उस्तै छ । “तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै वैमनस्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन,” जानकार नित्यान्द मण्डलले भन्नुभयो । कुनै समय हिन्दुहरूले मात्रै मनाउँदै आएको छठ अब मुस्लिमहरूले पनि मनाउन थालेका छन् ।

छठले समाजको विविधतालाई एकताको मालामा उन्ने उहाँले बताउनुभयो । छठघाटमा सबै जातजाति, धर्मावलम्बीको पूजा सामग्री राखेको दौरा, छैंटी श्रीपताको लस्करै राखिन्छन् ।

प्रकृतिको पूजा

मधेस प्रदेशसभा सदस्य एवं गङ्गाआरती अभियन्ता रामअशिष यादवले भन्नुभयो, “चुरे पानीको भण्डार हो भने तराई अन्नको भकारी हो । छठ पर्व मान्नु भनेको चुरेको संरक्षण अर्थात् प्रकृतिको पूजा पनि हो ।” मिथिला र मधेशबाट विश्वभरि छठ फैलिएको छ । पुर्खाहरूले यसैकारण पनि छठ सुरु गरेको बताइन्छ । “चुरे दोहनले छठ पर्वको अस्तित्व सङ्कटमा पर्न थालेको छ । जलाशयमा उभिएर सूर्यलाई अर्घ दिइन्छ । तर जलाशय पोखरी एवं नदीहरू सुक्न थालेको छ”, उहाँले भन्नुभयो ।

अहिंसाको पर्व

छठमा प्रसादका रूपमा शाकाहारी चीज वस्तु प्रयोग गरिन्छ । यो पर्वले बलि प्रथालाई पूर्ण रूपमा वर्जित  गरेको छ । स्वास्थ्यवर्धक खानपिनलाई मात्रै प्रोत्साहन गरिएको पण्डित रामचन्द्र झा बताउनुहुन्छ । छठको खानपिन वातावरणमैत्री छ । गर्मीको बिदाइ र शरद ऋतुको स्वागतका बेला छठ मनाइन्छ । छठको मुख्य प्रसाद ठेकुवा र केरा हो । ठेकुवा सक्खरको प्रयोग गरेर बनाइन्छ । चिसो मौसममा ठेकुवा खाँदा शरीरलाई तापक्रम प्रदान गर्छ । जसले चिसोसँग लड्ने शक्ति प्रदान गर्छ ।

लोकतान्त्रिक पर्व

लोकतन्त्रमा सबै बराबर हुन्छन् । यो भावलाई छठ पर्वले बोकेको छ । सूर्यको प्रकाशविना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहँदैन । सूर्यको प्रकाश सबैका लागि बराबर हुन्छ । प्रचण्ड घाम लाग्दा त्यसले गरिबलाई मात्र पोल्दैन, धनीलाई पनि पोल्छ । त्यसैले सूर्यको व्यवहार सबैका लागि बराबर हुन्छ । सूर्यबिना विश्वको अस्तित्वको कल्पना गर्न सकिँदैन । सूर्य ऊर्जाकै कारण विश्व जीवित र चलायमान छ, जीवन र प्रकृतिबीचको सन्तुलन कायम राखिएको विश्वास यस पर्वले फैलाउने पण्डित तपु झा बताउनुहुन्छ ।

छुवाछूतविरुद्धको पर्व

हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बाराबारको अवस्था अझै देखिन्छ । कानुनी रूपमा वर्जित छुवाछूत समाजमा अझै कायम छ । तर, छठले सामाजिक भेदभावको बाँधलाई भने परापूर्वकालदेखि भत्काएको प्राध्यापक श्यामसुन्दर शशिले बताउनुभयो । उहाँका अनुसार यस पर्वमा कुनैपनि जातजातिको विभेद गरेको छैन । समाजलाई एकताको सूत्रमा बाँध्न छठको ठूलो योगदान रहेको उहाँको भनाइ छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिने पर्व

सूर्यलाई रोग र दुःख नष्ट गर्ने शक्तिको स्रोत मानिन्छ । दैनिक घरमा पूजाआजा हुन्छ । हिन्दू परम्परामा पञ्चायन पूजा गरिन्छ । जहाँ गणेश, विष्णु, शिव,  सूर्य र कालीको पूजा गरिन्छ ।  पञ्चायनमा सूर्यको पूजा गर्दा उदाउँदा सूर्यको पूजा हुन्छ । तर, छठमा भने अस्ताउँदो सूर्यको पनि पूजा गर्ने अनौठो चलन छ । संस्कृतिका जानकार डा विमलका अनुसार उपभोग गरेको शक्तिलाई पनि आराधना गर्नुपर्छ भन्ने भाव पैदा गर्न अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । हराउँदै गएको अस्तित्वलाई स्वीकार गरेर फेरि नयाँ बिहानीको सुरुआत हुन्छ भन्ने यसको मूल सन्देश हो ।

नारी सशक्तीकरण पर्व

छठ नारी सशक्तीकरण अनुष्ठानको पर्व हो । सूर्यको उपासनाको पर्व भए पनि यसले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर एवं पवित्रता यसको मूल मान्यता रहेकोे अधिवक्ता रेखा झा बताउनुहुन्छ । सूर्यको उपासनामा कृपालु छठी माताको आशिषविना अनुष्ठान पूरा हुन सक्दैन भन्ने विश्वास छ । यो मातृशक्तिप्रतिको श्रद्धा हो । “छठ मात्र यस्तो अनुष्ठान हो,” उहाँले भन्नुभयो, “जसमा छोरीको कामना गरिन्छ ।”

निरंजनकुमार साह/रासस

दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै
महोत्तरी । दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने परम्परा रहेको छ । अहिले यहाँका बस्तीका सर्वसाधारणा घरमा रङरोगन गर्ने काममा व्यस्त छन् । घर वरिपरि सरसफाइ गरेर लिपपोत गरेका घरमा लक्ष्मी प्रवेश गर्ने विश्वासले यो बेला घर रङरोगन गन चलन बसेको गृहिणी बताउँछन् ।

“यो (दीपावली) पवनी (पर्व)सबैतिर उज्यालो छर्ने मानिन्छ, त्यसैले पवनीमा घर सिँगार्ने गरेका छौँ”, बर्दिबास–२ बारनचौडीकी सङ्गीता सहनी मलाह भन्नुहुन्छ, “अहिले गरेको लिपपोत र रङरोगन घर सजाउनुमात्र नभई रमाइलो पनि हो ।” पर्वअघि छरछिमेकका सबै घर वरपरको सरसफाइ र रङरोगनमा लाग्दा कुनै खास उत्सवको झल्को दिने गरेको सङ्गीतासहितका मैथिल गृहिणीको भनाइ छ ।

घर लिपपोत र रङरोगन गरिँदा टोलभरिका महिलाबीच आपसी सल्लाह हुन्छ । ग्रामीण महिला पालैपालो एकअर्काको घर लिपपोतमा सरिक हुन्छन् । यी चाडवाडका बेला कसको घर राम्रो लिपपोत र रङरोगन भयो भन्ने गृहिणीबीचको छलफल र सँगसँगै काम गर्दाको मन फुकाएर गरिने हाँसख्याल ठट्टा रमाइलो क्षणका रुपमा ग्रामीण महिला सम्झन्छन् ।

केही दशक पहिलेसम्म दशैँ, दीपावली र छठपर्वअघि घर लिपपोतका लागि विभिन्न रङका माटो लिन टाढाटाढा जाने गरेको बर्दिबास–९ पशुपतिनगरकी ५० वर्षीया शैल महतोको सम्झना अझै ताजै छ । तर पछिल्ला केही वर्षयता नदी किनार क्षेत्र लगातार उत्खनन गरिँदा सेतो र पहेँलो माटोका भित्ता भत्केर बगेपछि अब घर लिपपोत र रङरोगनमा बजारु रङको भर पर्नुपरेको महतोको भनाइ छ । महतोजस्तै भङ्गाहा–४ रामनगरकी सुशीला सदा पनि अब नदी डिलमा पहेँलो, कमेरे र कालो माटो पाइन छाडेको बताउनुहुन्छ ।

दशैँअघि घर लिपपोत गर्न नभ्याएका गृहिणीले अहिले दीपावलीअघि गर्दैछन् । महोत्तरीका १५ वटै स्थानीयतहका बस्तीमा अहिले घर सिँगारिने क्रम देखिँदो छ । घर सिँगार्न, लिपपोत गर्ने काममा पुरुष पनि ठाउँठाउँमा देखिन्छन् । तर धेरैजसो यो काम महिलाको मानिने पुरानो मानसिकताले अधिकांश घर लिपपोत र रङरोगन महिलाले नै गर्ने गरेका छन् ।

घर लिपपोत र शृङ्गारको काम जताततै चलेपछि अहिले चुन (सेतो रङका लागि) र विभिन्न रङका पोकाको खरिदबिक्री निकै बढेको छ । दशैँदेखि दीपावलीसम्म घर लिपपोत र शृङ्गारको काम सकिएपछि बस्तीबस्ती उजेलिने (उज्यालो देखिने, चहकिने) गरेका छन् । दीपावलीअघि लिपपोत र रङरोगन गरिएको घर छठमा सामान्य सरसफाइ गर्दा हुने मानिन्छ । रासस

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ
वीरगञ्ज । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ सकिएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिएको हो । छठ पर्वका लागि दुल्ही झैँ सिँगारिएको वीरगञ्जसहित तराई–मधेसका अधिकांश पोखरी, ताल तलाउ, खोला र नदीमा श्रद्धालुहरुको घुइँचो लागेको थियो ।

चार दिनसम्म मनाइने छठ पर्व कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु भई कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न भएको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । छठ पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइन्छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठ पर्व पनि एक मानिन्छ । जसरी दीपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ त्यसरी नै छठ पर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ ।

यो पर्वमा खासगरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दासमेत यस पर्वको परम्परालाई उक्तरुपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उँचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् ।

सूर्य देवतालाई पहिलो दिनको अर्घ्य अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ्य’ भनिन्छ । सूर्य देवतालाई खास गरी उक्त दिन अर्घ्य दिइने गरिन्छ जुन दिन उदयकालमा केहीबेरका लागि भए पनि षष्ठी तिथि परेको होस् ठीक त्यसैअनुरुप उदयकालमा दिइने अर्घ्यका लागिसमेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेकाबेला ‘भोरका अर्घ्य’ दिइन्छ ।

छठ पूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादका रुपमा अर्घ्य अर्पण गरिन्छ उक्त प्रसाद नै पुन: बिहानको समयमा अर्थात् ‘भोरका अर्घ्य’ मा दिइने परम्परा छ । सूर्य देवतालाई अर्पण गरिएको प्रसाद साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ तर केही स्थानमा नदीमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसाद घर लगिन्छ र बिहानपख सूर्य उदाउनुभन्दाअगावै पुन: त्यो प्रसाद घाटमा ल्याई छठ पर्व मनाइन्छ । छठ व्रत गर्ने सबैजना चौठी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन् ।

यही तिथिका दिनदेखि छठ पर्व औपचारिकरुपमा प्रारम्भ हुने गर्दछ । यसदिन व्रत गर्ने महिला र पुरुष नुहाई धुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् । कार्तिक शुक्ल पञ्चमी तिथिका दिनभरि पर्व गर्ने व्रतालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुलोमा नयाँ माटोको भाँडामा अर्वा चामलको खीर बनाउने गरिन्छ । सख्खर हालेर बनाइएको खीर देवी देवतालाई प्रसादका रुपमा चढाइन्छ र उक्त प्रसादस्वरुप खीर व्रतीका साथै घरका अन्य सदस्यहरुले ग्रहण गर्ने गरेको पण्डित शास्त्रीको भनाइ छ ।

कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् भने पुरुषले सूर्य देवतालाई अर्घ्य अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा हातमा नरिवल वा अन्य फलफूल लिइ उभिरहेका हुन्छन् । साँझको समयमा घण्टौँसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिंगारा, फलफूल, पान, सुपारी, धूप, दीप लगायतले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने चलन रहेको छ ।

पुराणका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ जुन की सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ । माता सृष्टी सम्पूर्ण जीवको रक्षिका देवी हुनुहुन्छ । प्रकृतिको छैठौँ अंश भएका कारण उहाँको नामसमेत षष्ठी छ ।

षष्ठी देवीको पूजनको प्रचार प्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतककालदेखि आरम्भ भएको मानिन्छ । यस कारण छठीमाता भन्ने मिथिलाञ्चलमा परम्परा रहेको छ । हुनत: केहीले सूर्यको माता भनेरसमेत षष्ठी देवीको पूजा गर्छन् । छठको पौराणिक महत्व लङ्का विजयपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान् राम र माता सीता उपवास गरेर सूर्यदेवको आराधना गरेको मान्यता छ ।

सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरेकाले छठ पर्वको आरम्भ यसैदिनदेखि भएको मानिन्छ । ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यलाई मानिन्छ । यसै कारणले गर्दा हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताका रुपमा मानिएको छ ।

अर्को मान्यताका अनुसार छठ महाभारतकालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको सुरुआत सूर्य पुत्र कर्णले गरेको मानिन्छ । कर्ण भगवान् सूर्यको परम भक्त थिए । उनी हरेक दिन जलमा उभी सूर्यलाई अर्घ्य दिने गर्दथे । सूर्यको कृपाले उहाँ महान् योद्धा बन्न सफल भएको विश्वासमा पनि आधारित छ । महाभारतमा सूर्य पूजाको अर्को वर्णनसमेत पाइन्छ । पाण्डव पत्नी द्रौपदीले आफ्नो परिजनको उत्तम स्वास्थ्यको कामना र दीर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गरेको महाभारत पुराणमा उल्लेख छ । रासस

गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु
मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिनुभयो । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गर्नुभएका पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।

महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिनुभएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते हुनुभएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ । सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो ठक्कर दिएर क्षति पुर्‍याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । रासस

सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइदै
काठमाडौँ । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ ।

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

आकर्षक रुपमा सजिए राजधानीका छठघाट
काठमाडौँ । पशुपति क्षेत्रको गुह्येश्वरी(गौरीघाट बाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गरी राखिएको छ ।

छठपर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठघाट पनि सजाइएको हो । प्रत्येक वर्ष छठपर्वका अवसरमा गुह्येश्वरी(गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भिड लागेको छ ।

यसवर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, विभिन्न स्थानका नख्खु खोला र विष्णुमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ ।

गुह्येश्वरीमा यसवर्ष विगतभन्दा बढी छठघाटको निर्माण गरिएको छ । विगतमा करिब ५०० छठघाट निर्माण गरिएकामा यसवर्ष ६०० भन्दा बढी बनाइएको छ । आज बिहानसम्म ५०० वटा छठघाट भक्तजनले रसिद काटेर लिइसकेका छन् । एउटा छठघाट रु एक हजार ५०० शुल्क लिएर भक्तजनलाई दिएको छठपूजा समितिका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिनुभयो ।

गुह्येश्वरी क्षेत्रमा छठपूजाका लागि बिहानैदेखि भक्तजनको भिड बढ्न थालेको छ । यहाँ करिब ६०० व्रतालु, तिनका परिवार एवम् अन्य दर्शन गर्ने र हेर्ने गरी करिब तीन लाख भक्तजन आउने अनुमान समितिले गरेको छ ।

२० वर्षअघिसम्म राजधानीमा हुने छठ पूजामा तराई क्षेत्रका सीमित मानिसको मात्र सहभागिता हुने गरेको थियो । अहिले तराई क्षेत्रबाट राजधानी आई बस्ने अधिकांश मानिसका साथै पहाडी समूदाय पनि छठपर्व मनाउने गरेका छन् ।

जनकपुरकी रञ्जु श्रेष्ठ विगत २५ वर्षअघिदेखि नै छठ मनाउने गरेको बताउनुहुन्छ । सुरुमा जनकपुरबाट छठ मनाउन सुरु गर्नुभएकी श्रेष्ठले हाल गुह्येश्वरीमै सूर्यको पूजाआराधना गरी पर्व मनाउने गर्नुभएको छ । आफू पहाडबाट जनकपुर झरे पनि आफूले अपनाइ आएको संस्कारसँग मिल्ने भएकाले छठ मनाउन थालेको उहाँले सुनाउनुभयो ।

छठपर्वका लागि गुह्येश्वरी गौरीघाट क्षेत्र अहिले बेहुलीझैँ सिँगारिएको छ । नदीको बीचमा छठी माताको माटाको मूर्ति स्थापना गरिएको छ । आज राष्ट्रपतिले यो मूर्तिसँगै सूर्यको पूजा आराधना गरी अघ्र्य दिनुहुने कार्यक्रम रहेको पूजामा खटिनुभएका नवोनाथ झाले बताउनुभयो ।

आज बेलुकी र भोलि बिहान पूजा गरेपछि यो मूर्तिलाई बाग्मती नदीमै बगाएर सेलाइने पनि उहाँले सुनाउनुभयो ।

छठ पूजास्थलमा उखुको लाँक्रा, केराको घरी र केराको बोट बोकेर हिँडेका भक्तजनको भिड देखिन्छ । छठ पूजास्थल वरपर व्यापार व्यवसाय गर्नेको भिड पनि देखिन थालेपछि काठमाडौँ महानगरपालिकाले पसल नराख्न यस क्षेत्रमा माइकिङ गरिरहेको छ ।

कमलपोखरीमा पानीको फोहरासहित आकर्षक सजावट

यसैगरी कमलपोखरी क्षेत्रलाई पनि बेहुलीझैँ सिँगारेर अस्ताउँदो सूर्यसहित छठ माताको पूजा आराधनाको तयारी गरिएको छ । कमलपोखरीमा सजावटका साथै बीचमा राखिएको छठी माता र पानीको फोहरा आकर्षणको केन्द्र बनेको छ ।

कमलपोखरीमा एक सय ७५ जना व्रतालुले पूजा गर्न छठघाट निर्माण गरिएको छ । कमलपोखरीमा भने छोटो औपचारिक कार्यक्रम पनि गर्न लागिएको छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिनुभयो ।

यहाँ छठ पूजा सम्पन्न गर्न सहयोग गर्नेलाई सम्मान गरिनुका साथै राष्ट्रपति, पूर्व सांसद, काठमाडौँ महानगरपालिकाका प्रमुखलगायतले मन्तव्य व्यक्त गर्ने कार्यक्रमसमेत छ ।

चार दिनसम्म मनाइने छठपर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिइन्छ । यसका लागि शनिबारदेखि नै नीराहार व्रत बसेका व्रतालुले आज रातभर छठपूजास्थलमा जाग्राम बसी उदाउँदो सूर्यको प्रतिक्षा गर्ने गरेको हेटौँडाबाट पर्व मनाउन आउनुभएका पवन अग्रवाल बताउनुहुन्छ । सोमबार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठपर्व समापन हुन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवम् छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्य पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एकवर्षे अज्ञातबास सफल भएको उल्लेख छ । रासस