चौध वटा सङ्घीय अस्पताल – News Polar

चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही चैतमा सङ्घीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ ।

मन्त्रालयले चैत महिनाभरमा १४ वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । सोहीअनुरुप ती अस्पतालमा चैतभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने स्वास्थ्य सचिव डा विकास देवकोटाले बताउनुभयो ।

मन्त्रालयको तालिकाअनुसार अस्पतालमा ‘एक्सरे फिल्म’ हटाउनेदेखि ‘आइभीआर’ सेवा थाल्ने, शय्या विस्तार आदि छन् । मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत दोस्रो साता काठमाडौँ महानगरसँगको सहकार्यमा पाठेघरको मुखको  क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैतभित्र ‘एमआरआई’, ‘सीटीस्क्यान’ तथा एक्सरेमा फिल्म प्रयोग हटाएर ‘डिजिटल’ नतिजा दिने जनाइएको छ ।

त्यसैगरी भरतपुर अस्पतालमा क्याथ ल्याब चैत महिनाभित्र सञ्चालन गर्ने तयारी छ । तालिकाअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्यूरोलोजी सेवामा ‘इलेक्ट्रोमाइलोग्राफी’ तथा ‘एनसीभी’ परीक्षण थप गर्नेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी क्षमता विस्तार गर्ने योजना छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत दोस्रो साताभित्र आरम्भ गर्ने र कान्ति बाल अस्पतालले बालबालिकाका लागि ‘हेमोडायलाइसिस’ सेवा चैत तेस्रो साताभित्र आरम्भ गर्ने तालिकामा उल्लेख छ ।

यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले चैत अन्तिम साताभित्र चार शय्याको ‘पिआइसीयु’ स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ । परोपकार प्रसूति अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा ‘सिमुलेसन’ प्रयोगशाला आरम्भ गर्ने जनाइएको छ ।

त्यसैगरी तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रले चैत्र दोस्रो साताभित्र ‘हेमोडायलासिस’ सेवा थाल्नेछ । भेरी अस्पतालले भने १० आइसीयु शैय्या थपसँगै जलन वार्डमा ६ शय्या थप गर्ने तयारी गरेको छ । चैतभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । रासस