चुनावी गठबन्धन – News Polar

चुनावी गठबन्धन रोकी थ्रेसहोल्ड बढाउने गरी कानुन संशोधनको तयारी
काठमाडौं । दलहरुबीच चुनावी गठबन्धन रोक्ने गरी कानुन संशोधनको तयारी सुरु भएको छ । साता राजनीतिक दल धेरै हुँदा राजनीतिक अस्थिरता बढेको निष्कर्षका साथ नेपाली कांग्रेस र नेकपा एमाले कानुन नै संशोधन गर्न लागेका हुन् ।

निर्वाचनमा गठबन्धन गरेर जान नपाइने व्यवस्था कानुनमा गरिने भएको हो । साना दललाई अंकुश लगाउने गरी निर्वाचन दल सम्बन्धी ऐनमा व्यापक संशोधन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । त्यसैगरी दलहरुलाई राष्ट्रिय र क्षेत्रीय रुपमा विभाजन गर्ने तयारीसमेत गरिएको छ ।

राष्ट्रिय दल हुनको लागि ७७ वटै जिल्ला, ७ प्रदेश र ७ सय ५३ वटै स्थानीय तहमा संगठन संरचना हुनुपर्ने, गठबन्धन गर्न नपाइनेजस्ता व्यवस्था ऐनमा गर्न लागिएको हो ।

निर्वाचन आयोगको एउटा कार्यदलले राजनीतिक दल सम्बन्धी ऐन संशोधनको मसौदा नै तयार पारिरहेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गरेर प्रदेश र प्रतिनिधि सभामा थोरै दलको प्रतिनिधित्व गराउने, समानुपातिक प्रणाली हटाएर प्रतिनिधि र प्रदेश सभालाई प्रत्यक्ष मात्र बनाउने समझदारी गरेका छन् । तर, त्यसका लागि संविधान संशोधन गर्नुपर्छ ।

सो प्रक्रिया जटिल र विवादास्पद हुने भएपछि संविधान संशोधन नै गर्न नपर्नेगरी राजनीतिक दल सम्बन्धी ऐनमै व्यापक फेरबदल गर्ने कोसिस सुरु भएको हो । त्यसका लागि पहिलो चरणको मसौदा तयार भएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

मसौदामा दलहरूलाई गठबन्धन गर्न निरुत्साहित गरिएको छ भने राष्ट्रिय दल बन्न कठिन व्यवस्था प्रस्ताव गरिएको छ ।

विद्यमान व्यवस्था अनुसार तीन प्रतिशत मत ल्याउने दलले राष्ट्रिय दलको मान्यता पाउँछन् । दलको संगठन संरचनाबारे पनि उल्लेख गरिएको थिएन ।

तर, प्रस्तावित मस्याैदाअनुसार देशव्यापी संगठन संरचना हुनुपर्ने, कुनै पनि दलले प्रतिनिधि सभाको चुनावमा कम्तीमा ८० प्रतिशत सिटमा उम्मेदवार उठाउनुपर्ने, प्रदेश र स्थानीय तहमा पनि सोही अनुपातमा उम्मेदवार उठाएको हुनुपर्नेजस्ता व्यवस्था उल्लेख छ ।

मसौदामा दलहरूलाई वर्गीकरण गर्ने प्रस्ताव छ । जसमा राष्ट्रिय र क्षेत्रीय वा प्रादेशिक भनेर छुट्याउन सुझाव छ ।

राष्ट्रिय पार्टी हुन राष्ट्रभरिको हुनुपर्ने व्यवस्था हुनुपर्छ । यसले गठबन्धन गर्न खोज्ने दललाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ ।

झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासित गठबन्धन
झापा । पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् ।

नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी गठबन्धन गरेका छन् । यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ । “अन्यत्र प्रतिस्पर्धा गरिरहेका एमाले र कांग्रेसबीच यहाँ चुनावी तालमेल हुँदा आश्चर्य लाग्नु स्वाभाविक हो”, प्रदेशसभा सदस्य वसन्त बानियाँ भन्नुहुन्छ, “स्थानीय आवश्यकताका आधारमा गठबन्धन भएको हो ।”

कचनकबलमा कांग्रेसबाट अध्यक्षमा कालेन्द्रप्रसादसिंह राजवंशी र उपाध्यक्षमा एमालेबाट नवराज भट्टराई उम्मेदवार बन्नुभएको छ । दुवै उम्मेदवार संयुक्तरूपमा चुनावी प्रचारका लागि घरदैलोमा हिँडिरहेका छन् । सो पालिकामा राप्रपाबाट अध्यक्षमा अन्जरा आलम र उपाध्यक्षमा निमसरी राजवंशी उम्मेदवार बन्नुभएको छ ।

यसैगरी कनकाई नगरपालिकामा कांग्रेस र एमालेबाहेकका दलको चुनावी गठबन्धन बनेको छ । कांग्रेस र एमाले एक्लाएक्लै चुनावी मैदानमा छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा कनकाईमा प्रमुख र उपप्रमुखमा एमालेका राजेन्द्र पोखरेल र मञ्जु प्रसाईँ विजयी भएका थिए । एमालेले दुवैैलाई सोही पदमा दोहो-याएको छ । कांग्रेसले प्रमुखमा रुद्रप्रसाद चिमरिया र उपप्रमुखमा आशा शर्मा शिवाकोटीलाई उम्मेदवार बनाएको छ । कांग्रेसका बागी उम्मेदवार शेरबहादुर थापाले कांग्रेस र एमालेबाहेकका चार दलको गठबन्धन बनाउनुभएको छ ।

थापाको गठबन्धनमा नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र र जनता समाजवादी पार्टी सामेल छ । गठबन्धनबाट प्रमुखमा थापा र उपप्रमुखमा एकीकृत समाजवादीकी अम्बिका उप्रेती उम्मेदवार हुनुहुन्छ । विवेकशील साझा पार्टीले भीम अधिकारीलाई उम्मेदवार बनाएको छ ।

यस्तै दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा बृहत् गठबन्धन बनेको छ । एमाले एक्लै चुनावी मैदानमा छ । दमकमा नगरप्रमुखमा राप्रपाका राम थापा र उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई उम्मेदवार हुनुहुन्छ । एमालेले गीता अधिकारीलाई प्रमुख र अम्बिका खनाललाई उपप्रमुखमा उम्मेदवार बनाएको छ । राप्रपासहितको गठबन्धनमा कांग्रेस र माओवादी केन्द्र संलग्न छ । जनता समाजवादी पार्टीले अलग्गै उम्मेदवार खडा गरेको छ । रासस

गठबन्धनमा दम्भ देखियो,यसको हिसाब मिलान हुन्छ: रामकुमारी झाँक्री
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले चुनावी गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताउनु भएकोृ छ । सत्तागठबन्धनमा रहेका दलहरु बीच सम्मानजनक सिट बाडफाँड नभएको तर्फ ईगित गर्दे नेता झाँक्रीले एक दिन यसको हिसाव मिलान गर्ने जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ –

‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्घनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ I हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो बीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस !’

अधिकासं जिल्लामा एकीकृत समाजवादीविनै काग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल भएपछि उहाँको यस्तो अभिव्यक्ति आएको हो ।

सत्तागठबन्धनको शीर्ष बैठक बस्दै
काठमाडौं ।स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनको बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो बोलाइएको बैठक बोलाईएको छ । बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले गरेका कामका बारेमा जानकारी गराउनुका साथै बिभिन्न जिल्लामा भएका गठबन्धन सयन्त्रले गरेका कामका बारेमा पनि समिक्षा हुने जनाईएको छ ।