चितवन २ – News Polar

इपिसेन्टर चितवन–२, जोगिएला त रविको छवि ?
काठमाडौं । देशमा यही फागुन २१ गतेका लागि आह्वान गरिएको चिर्वाचनको चहलपहल सुरु भइसकेको छ । असन्न निर्वाचनका लागि उम्मेदवारी दिइसकेर अब उम्मेदबारहरु आफ्ना क्षेत्रको उम्मेदबारी पुष्टिको हतारोमा छन् । अहिले देशका १६५ निर्वाचन क्षेत्रका उम्मेदबार आफ्नो प्रचारप्रसारका लागि जुटेका छन् ।

यस निर्वाचनमा पनि पहिले पहिलेको जस्तै केही क्षेत्रहरु इपिसेन्टरका रुपमा स्थापित छन् । चुनाव त देशैभरि भइरहेको छ, तर पनि यी सीमित निर्वाचन क्षेत्रमा देशैभरिका नागरिकको चासो बढेको देखिन्छ । उनीहरु चिया पसल होस् कि कुराकानी गर्ने चौतारो होस् यी क्षेत्रका बारेमा अरुका तुलनामा निकै नै चासो दिएर सुन्ने र कुरा गर्ने गर्दछन् ।

तीमध्यको एउटा निर्वाचन क्षेत्र हो चितवन क्षेत्र नं २ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको उम्मेदबारीले गर्दा पनि बढी चासो छ । किनकि रास्वपा अबको निर्वाचनमा एउटा सम्भावित सबै भन्दा ठूलो पार्टी हुने भनिएको दलमा पर्दछ ।

जेनजी आन्दोलनपछि मुलुकले युवाको नेतृत्व खोजेको भनिएको छ । युवा मात्र नभएर राजनीतिक दल पनि नयाँलाई जनताले छान्ने नारा अहिले दिइएको छ । त्यसैले पनि अघिल्लो अर्थात् विसं २०७९ को चुनावमा नयाँ तथा वैकल्पिक शक्तिको जग बसालिसकेको रास्वपाले यस पटक त्यसको तुलनामा राम्रो परिणाम ल्याउने र आगामी सरकार पनि उसैले बनाउने अनुमानहरु अहिले यत्रतत्र सर्वत्र गरिएको छ ।

हुनत यसअघिको संसदीय निर्वाचनमा पनि रवि लामिछाने सोही निर्वाचन क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । उनी ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाएका थिए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको थियो ।

त्यसैगरी सो क्षेत्रमा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाएका थिए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए । चितवनको सो क्षेत्रमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

यो अघिल्लो निर्वाचनको अवस्था हो । अहिले यही अवस्था कायम रहला त ? अहिले नै यसै हो भन्न सकिन्न । माहौल त रविकै देखिएको छ । प्रचार प्रसारका क्रममा होस् या उनी हालैमात्र जेलमुक्त भएपछि चितवनमा गएको गरेको आमसभामा होस् । मानिसहरुको उपस्थिति राम्रै देखिएको त छ तर मतको अवस्था भने अहिले नै थाहा हुँदैन ।

यो बीचमा रवि देशका धेरै अदालतमा मुद्दा खेपेका छन् । अघिल्लो जितको जस्तो परिस्थिति नभएर अहिले धेरै नै फेरबदल भइसकेको छ । उनले आफूलाई कांग्रेस एमालेको तत्कालीन सरकारले प्रतिशोध साँधेर जेल हालेको बताएका छन् भने सरकारले आफूले नभएर संसदीय छानबिन समितिबाटै आएको निष्कर्षलाई कार्यान्वयका क्रममा अदालतमा मुद्धा लागेको बताउने गरेको छ ।

तर, अहिले उनी एक अदालतबाट जेलमुक्त भइसकेका छन् । हिजोका दिनमा आफूले मत हालेर जिताएको सांसद लामो समय नै जेल परेपछि आफूहरु जनप्रतिनिधि विहीन हुनुपरेको बताएका जनताका सामु अहिले परिस्थिति फेरिएको अवस्था छ । किनभने उनी जेलबाट मुक्त भएका छन् भने संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा राज्यले लगाएको मुद्धा फिर्ता लिएको अवस्था पनि छ । तर त्यो सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले अहिले नै यस विषयमा यहाँ कुनै पन प्रकारको धारणा प्रस्तुत गर्न सकिँदैन ।

रास्वपा आगामी निर्वाचनपछि ढुक्कसँग सरकार गठन गर्ने मनस्थितिमा छ । जनतका सामु पनि उसले आगामी सरकार रास्वपाको हुने भनेको मात्र होइन कि काठमाडौँ महानगरका पूर्वप्रमुख बालेन साहलाई अघि नै सारेको छ । यसका लागि उनीहरुकै योजनामा बालेन एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा– ५ मा पुगेका छन् ।

अबको सरकार रास्वपाकै हुने भन्ने भरोसाले पनि रविको जीतको पक्षमा काम गर्न सक्छ । किनभने जेनजी आन्दोलनपछि नयाँ र बैकल्पिक भनिएको शक्तिमा रास्वपा र रवि जत्तिको बलियो आजका दिनसम्म अर्काे कुनै देखिएको पनि छैन । यो मनोविज्ञानले पनि रविको पक्षमा काम गरिदिन सक्ने आधारहरु हुनसक्छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेल पनि कमजोर उम्मेदवार भने होइनन् । उनी यहाँकी एकजना स्थानीय र वरिष्ठ समाजसेवी हुन् । उनी चितवन जिल्लामा जानेचिनेकै नेत्रीको छवि बनाइसकेकी व्यक्ति हुन् । यसअघिका कैयौँ निर्वाचनहरुमा उनी एक प्रकारले उपेक्षित भएकी थिइन् भने यसपालि कांग्रेसले पहिलो चरणमा नै उनैलाई टिकट दिएको छ । त्यसैले उनी पनि जनताका घरदैलोमा पुगिसकेकी छिन् ।

त्यसैले रविलाई उनी एक चुनौती पनि हुन सक्छिन् । फेरि संगठित अपराधसम्बन्धी मुद्धा सर्वाेच्चमा विचाराधीन रहेकाले फेरि भोलिका दिनमा पनि रवि निर्वाचित भएलगत्तै निलम्बित हुने हो भने हिजोको जस्तो आफूहरु जनप्रतिनिधि विहीन हुनुपर्ने त्रासले जनतालाई अहिले पनि छोडेको छैन । यी र यस्तै शंकाको घेरामा रहेको भए पनि अहिलेकै अवस्थाको विश्लेषण गर्ने हो भने रवि बलियो उम्मेदवारकै रुपमा देखिएका छन् ।

चितवन–२ मा रवि लामिछाने भारी मतान्तरले विजयी
काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछाने ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन् ।

रविका प्रतिद्वन्दि नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत पाएका छन् । उनीहरुबीच ४३ हजार २५ मतान्तर रहेको छ ।

यस्तै, एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत ल्याएका छन् ।

गत मंसिर ४ गतेको चुनावमा रवि लामिछानेले ४९ हजार ३०० मत पाएर विजयी भएका थिए ।

चितवन – २ अपडेटः रविले कटाए ५० हजार मत
चितवन । चितवन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५० हजार मत कटाएका छन् । उनले ५० हजार २९ मत प्राप्त गरेका छन् ।

रविका प्रतिद्वन्दि नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६६ मत पाएका छन् । उनीहरुबीच ४० हजार ८६३ मतान्तर रहेको छ ।

यस्तै नेकपा एमालेका उम्मेद्वार रामप्रसाद न्यौपानेले ८ हजार ८७९ मत ल्याएका छन् ।

गत मंसिर ४ गतेको चुनावमा रवि लामिछानेले ४९ हजार ३०० मत पाएर विजयी भएका थिए ।

चितवन २ को मतगणना सुरु, ४०० मत गन्दा रविले २०८ पाए
काठमाडौं । चितवन–२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ।

सर्वदलीय बैठकको निर्णयबमोजिम इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु गरिएको हो ।

इच्छाकामनाका वडा नं १ र ३ को ४०० मत गन्दा रास्वपाका सभापति रवि लामिछानेले २०८ मत सहित सुरुवाति अग्रता बनाएका छन् ।

यस्तै, कांग्रेसका जितनारायण श्रेष्ठ ६६ मत ल्याउँदा एमालेका राम न्यौपानेले ५१मत पाएका छन् । ।

चितवन २ को मतगणना दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति
काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ ।

केहीबेर अघि बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले रास्वपा उम्मेदवार रवि लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारी विरुद्ध दिएको उजुरीको कारबाही टुंगो नलगाएसम्म मतगणना हुन नदिने अडान राख्दै आएको थियो ।

चितवन २ उपनिर्वाचन: सर्वदलीय बैठक ८ बजे बस्दै
चितवन । चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि आज बिहान ८ बजे सर्बदलीय बैठक बस्दै छ ।

गएराति मतपेटीका मतगणनास्थलमा आइसके पछि सर्वदलीय बैठक बस्ने भनिएको थियो । आज बिहानलाई सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । उहाँद्वारा जारी सूचनामा आज बिहान ८ बजे उम्मेदवार वा उम्मेदवारको दुई प्रतिनिधिलाई बैठकमा बोलाइएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलहरुले भने आइतबार राति प्रमुख जिल्ला अधिकारी उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका छन् । बैठकपछि मात्रै मतगणना प्रक्रिया सुरु हुने जनाइएको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्रपार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने बताउनुभएको छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । रासस

उपनिर्वाचन: चितवन–२ मा रोकिएका दुई केन्द्रमा मतदान सुरु
चितवन । चितवन–२ का दुई वटा केन्द्रमा रोकिएको मतदान सुरु भएको छ ।

भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण मावि केन्द्र र भरतपुर–७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।

नयाँकिरणमा रास्वपाका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११:३० बजेबाट मतदान स्थगित भएको थियो । नाराबाजीको क्रममा मतदानस्थल बाहिर केहीबेर झडप पनि भएको थियो ।

स्थिति नियन्त्रणमा लिन मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिई विद्यालयको मूल गेट बन्द गरेको थियो । कृष्णपुर माविमा पनि लामिछानेले भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै विरोध गरेपछि मतदान रोकिएको थियो ।

अहिले अवस्था सामान्य भएपछि पुन: मतदान सुरु भएको छ ।

चितवनको दुई केन्द्रमा मतदान रोकियो
चितवन । जारी उपनिर्वाचनमा चितवन–२ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ ।

भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण मावि केन्द्र र भरतपुर–७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

नयाँकिरणमा रास्वपाका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११:३० बजेबाट मतदान स्थगित भएको थियो । नाराबाजीको क्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो ।

प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको छ भने विद्यालयको मूल गेट बन्द गरिएको छ ।

कृष्णपुर माविमा पनि लामिछानेले भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै विरोध गरेपछि मतदान रोकिएको हो ।कृष्णपुरमा करिब एक घण्टादेखि मतदान हुन सकेको छैन ।

चितवन–२ मा रास्वपा सभापति लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

चितवनमा रवि लामिछानेमाथि हुलहुज्जत, मतदान स्थगित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि हुलहुज्जत भएपछि चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित नयाँ किरण माध्यमिक विद्यालयमा मतदान स्थगित भएको छ ।

मतदान केन्द्रको अवलोकन गर्न जाने क्रममा केही व्यक्ति लामिछानेमाथि जाइलागेको बताइएको छ । लामिछाने आफ्ना केही सहयोगीसहित उक्त विद्यालयको बुथतर्फ जाँदा त्यहाँ रहेका समर्थकहरुले उहाँको पक्षमा नाराबाजी गरेपछि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेका थिए ।

लामिछानेका समर्थकहरुले ‘रवि दाइ हाइ हाइ’ गर्दै नाराबाजी भएपछि ‘के को हाइ हाइ?अहिले नाराबाजी गर्न पाइन्छ ? आचारसंहिता लाग्दैन ?’ भन्दै केही युवाहरुले हुलहुज्जत गरेका थिए । त्यसपछि प्रहरीले लामिछानेलाई सुरक्षा दिएर लगेको थियो भने हुलहुज्जत गर्ने युवाहरु र प्रहरीबीच झडपसमेत भएको थियो ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहेराले त्यसबेला सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिरहँदा एक कार्यकर्ताले उनको मोबाइल खोसेर फ्याकिदिएको सार्वजनिक भिडियोमा देखिन्छ ।

चितवन क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका लामिछानेलाई कुनै चोटपटक नलागेको बोहोराले बताउनुभयो । उहाँले त्यहाँ पार्टीका तर्फबाट कुनै नाराजुलुससमेत नगरिएको न्युजपोलारलाई बताउनुभयो ।

“हामी हिँडिरहेकामात्र थियौँ । सभापतिज्यूले सबैलाई अभिवादन फर्काइरहनुभएको थियो । बाटोमा बसिरहेकाहरुले उहाँको समर्थनमा नारा लगाउनुभयो । हामी उहाँहरुलाई नारा नलगाउन भनिरहेका थियौंं । त्यत्तिकैमा आक्रमण भयो”, उहाँले भन्नुभयो ।

त्यहाँ अहिले तनाव भएपछि मतदान रोकिएको छ । मतदान सुचारु गर्न सर्वदलीय बैठकको आह्वान गरिएको बताइएको छ ।

रविको पक्षमा नाराबाजी गरेपछि चितवनमा तनाव
चितवन । चितवन–२ का उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि भरतपुर महानगरपालिका– ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव सिर्जना भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने मतदानस्थलमा आएलगत्तै उहाँका समर्थकहरुले लामिछानको पक्षमा नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो ।

त्यसक्रममा भागाभाग भएको थियो । तनाव थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो ।

चितवन उपनिर्वाचन: केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा
चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो । निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो । कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन् । रास्वपाले गत मङ्सिर ४ गते प्राप्त गरेको मतको सुरक्षाका लागि उपसभापतिसहितका शीर्षनेता केन्द्रित भएका छन् ।

दलहरूका लागि पेचिलो बन्दै गएको यस क्षेत्रमा कांग्रेसले आठ केन्द्रीय सदस्यसहितका प्रतिनिधिलाई जिल्लामा खटाएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले बताउनुभयो । उहाँका अनुसार केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री, प्रदेश सांसद, पूर्व जिल्ला सभापतिलाई प्रतिनिधिका रूपमा खटाएको हो ।

उहाँका अनुसार उपनिर्वाचन लक्षित गर्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दुईपटक चितवन आएर फर्कनुभएको छ । उहाँ फेरि आउने कार्यक्रम छ भने आज अर्का महामन्त्री गगनकुमार थापा चितवन आउँदै हुनुहुन्छ । सहमहामन्त्री बद्री पाण्डे कार्यक्रममा सहभागी भएर फर्कनुभएको छ । सहमहामन्त्री जीवन परियार आउँदै हुनुहुन्छ ।

केन्द्रीय सदस्य मधु आचार्य, डिला सङ्ग्रौला, नैनसिंह महर, सरिता प्रसाईँ, दिलमान पाख्रिन, रामहरि खतिवडा, चिनकाजी श्रेष्ठ र अव्दुल सतार यहाँ खटिनुभएको छ । जिल्ला सभापति राजेश्वर खनालका अनुसार बाहिरी जिल्लाबाट आएकालाई सङ्गठित गर्ने काममा समेत केन्द्रीय नेता जुट्नुभएको छ । केन्द्रीय नेता नै टोल–टोलमा पुगेर भोट माग्ने काममा खटिनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका अन्य घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) र जिल्लाका नेता पनि चुनावी अभियानमा जुटेको सभापति खनालले बताउनुभयो ।

एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटा विगत एक महिनाभन्दा बढी समयदेखि जिल्लामा खटिनुभएको छ । ‘मिसन ग्रास रुट’को जिल्लाको नेतृत्व गरेर आउनुभएका उहाँ चुनावी अभियानमा टोल–टोलमा पुग्नुभएको छ । एमाले नेता कृष्णभक्त पोख्रेलका अनुसार पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य शान्ता चौधरी, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलगायतका नेता यहाँ खटिनुभएको छ । सचिव गोकर्ण विष्ट आउँदै हुनुहुन्छ भने यही वैशाख ६ गते पार्टीका अध्यक्ष केपी शर्मा ओली चितवनमा आउने कार्यक्रममा रहेको उहाँले बताउनुभयो । अन्य नेता पनि चुनावी अभियानका लागि यहाँ आउने जानेक्रम भइरहेको छ ।

रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डिपी अर्यालसहितका केन्द्रीय नेता यहाँ चुनावी अभियानमा जुट्नुभएको छ । सभापति रवि लामिछानेका निजी सचिव प्रकाश सिग्देलका अनुसार पार्टीका नेता एवं सांसद विराजभक्त श्रेष्ठ, शिव नेपाली, सोबिता गौतम, हरि ढकाल, दीपक बोहोरा, ध्रुव गिरी, वसुमाया तामाङ, गणेश पराजुली, हरि भट्टलगायतका नेता यहाँ चुनावी अभियानमा जुट्नुभएको छ । निजी सचिव सिग्देलका अनुसार अन्य नेता पनि आउने जाने भइरहेको छ ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, उपाध्यक्ष विक्रम पाण्डेलगायतका केन्द्रीय नेताको उपस्थितिमा चुनावी कार्यक्रम भएको छ । सो पार्टीका केन्द्रीय नेतासमेत चुनावी अभियानमा रहेका छन् । उपनिर्वाचमा चितवन–२ मा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको थियो । रिक्त पदमा वैशाख १० गते निर्वाचन हुन लागेको हो । यहाँ लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका सभापति रवि लामिछानेसहित २२ उम्मेदवार रहनुभएको छ । रासस

चितवन २: एमालेबाट रामप्रसाद न्यौपानेले गरे मनोनयन दर्ता
चितवन । बैशाख १० गते हुने उपनिर्वाचनको लागि चितवन २ मा नेकपा एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

विजय सुवेदीको प्रस्तावक र कृष्णभक्त पोखरेलको समर्थकमा न्यौपानेले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएका हुन् ।

चितवन २ मा गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ र रास्वपाबाट सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् ।

चितवन–२ को परिणाम बदलिन्छ: विश्वप्रकाश शर्मा
चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाख १० गते हुने उपनिर्वाचनमार्फत चितवन–२ को परिणाम बदलिने बताउनुभएको छ ।

सोमबार चितवन–२ मा पार्टीका तर्फबाट जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गर्नुअघि आयोजित कोणसभामा उहाँले यो पटक वैशाख १० गते परिणाम बदलिने बताउनुभएको हो ।

“यो चोटी वैशाख १० गते परिणाम बदलिन्छ । किनभने हामी १८ हजार भन्दा बढि मानिसले उता पर्मा लाएका थियौँ । हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ”, उहाँले भन्नुभयो ।

म यो देशमा घाँडो नै भएको हुँ भने त मारिदिए भइहाल्यो नि: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनमा आशावादी रहेको बताएका छन् ।

चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

‘पहिले यही प्रक्रियाबाट गएको, अहिले फेरि यही प्रक्रियामा जाँदा केही अनौठो लागेको छ । राजनीतिक जीवनमा, मान्छेको जीवनमा भइरहने घटना हुन्’, रविले भने, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’

सञ्चारकर्मीहरुले अदालतमा उनी विरुद्ध दायर गर्न लागिएको पासपोर्ट दुरुपयोगको मुद्दाबारे प्रश्न गर्दा रविले आफूले हरेक न्यायिक प्रक्रियालाई स्वीकार्ने र स्वीकार्दै आइरहेको बताए । तर अनाहकमा दुख दिन खोजिएकोप्रति उनले खेद व्यक्त गरे ।

‘अदालतको पूर्ण पाठमा नै लेखिएको छ कि २०१८ मा त्यागिसकिएको भनेर लेखिएको छ । त्यसलाई पनि कसैले व्याख्या गर्छ भने , यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि’, रविले भने ।

चितवन–२ मा शम्भु थापालाई उठाउदै दुर्गा प्रसाईँले भने– रवि लामिछानेलाई हराएरै छाड्छु
काठमाडौँ । दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान र हाम्रो नेपाली पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सहकार्य गर्ने भएका छन् ।

उनीहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा सहकार्यका साथ सहभागी हुने जानकारी गराएका हुन् ।

उनीहरुले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारसमेत घोषणा गरेका छ । चितवन–२ मा कालोमोसो अभियानका संयोजक शम्भु थापा, तनहुँ–१ मा विष्णु पराजुली, बारा– २ मा चन्द्रप्रकाश सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ । उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

उम्मेदवार घोषणा कार्यक्रममा सहभागी भएका शम्भु थापालाई नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले टिकट दिँदै चुनावचिन्ह लौरौ पनि थमाए । त्यसैगरी राजनीतिको वैकल्पिक शक्ति अब आफूहरु बन्ने प्रसाईंले दाबी गरे । प्रसाईँले प्रचण्ड र केपी ओलीले नागरिकहरुलाई धेरै ढाँटेको आरोप लगाए । अब प्रचण्ड, ओली, रवि र राजेन्द्र लिङ्देनबाट देशले निकास नपाउने उनको भनाई छ । केही आशा गरिएका लामिछाने र लिङ्देनपनि ‘उही पोखरीमा गएर हाम फालेको’ उनको आरोप छ ।

‘प्रचण्डबाट पनि यो कुरा पार नलागिसकेपछि र प्रचण्डपनि त्यही ठाउँमा पुगिसकेपछि अब नयाँ पार्टी आउँछ भनेर रविजीको पर्खाइमा बसें । राजेन्द्र लिङ्देन दाईको पर्खाइमा बसेको थिएँ । उहाँहरु पनि त्यही ठाउँमा गएर हाम फालेपछि, त्यही पोखरीमा गएर हाम फालेपछि हामीले यो अभियान चलायौं । कालोमोसो दस्ता खोलेको यी भाई (शम्भु थापा) लाई लगेर थुनिदिए,’– उनले भने ।

प्रसाईँले राजनीति र व्यापार व्यवसाय आफूसँग सिक्न आउन  केपी ओलीलाई आग्रह गरे । ‘केपी ओलीजी ऋण तिर्न सक्नेगरि लिनु नि भन्दै हुनुहुन्थ्यो । उहाँले विजनेस नै गरेको छैन । उहाँलाई राजनीति पनि गर्न आएन, विजनेस पनि गर्न आएन । राजनीति गर्ने हो भने मसँग सिक्न आउन्, देश कसरी चलाउनुपर्छ । व्यापार, व्यवसाय र राजनीति कसरी गर्नुपर्छ भन्ने कुरा मसँग सिक्न आए हुन्छ । हामी राजनीतिको पाठ सिकाउँछौं,’–प्रसाईँले भने ।

चितवन २ र तनहुँ १ को उपनिर्वाचनका लागि काँग्रेसले उम्मेदवार टुंग्यायो
काठमाडौं । नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट जितनारायण श्रेष्ठ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रिय कार्यसमितिको बैठक बसेर छलफल गरी टुंग्याउने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने निर्णय गरेको छ । तनहुँ क्षेत्र नम्बर १ मा पार्टी केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन क्षेत्र नम्बर २ मा पार्टीका पूर्व चितवन सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रिय कार्यसमितिको बैठक बसेर छलफल गरी टुंग्याउने निर्णय भएको छ ।’

त्यस्तै बैठकमा मिटरब्याजीको समस्यालाई तत्काल समधान गर्नेकुरामा पनि छलफल भएको प्रवक्ता महतले बताउनु भयो । उहाँले पार्टीको गम्भीर ध्यानाकर्षण भएकाले सरकारले तत्काल समाधानको लागि तत्पराता देखाइ समाधान गर्ने विषयमा निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मिटरब्याजीको समस्या जुन छ, त्यसबाट आहात नागरिकहरुको समस्या छ, त्यस समस्याप्रति पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ । यसलाई कानूनी व्यवस्था सँगसँगै तत्काल समस्या समाधानको लागि सरकारले तत्पराता देखाउनुपर्ने र समाधान गर्नुपर्ने विषयमा पार्टीले निर्णय गरेको छ । मन्त्रीपरिषद्मा भाग लिन विषयमा पनि चर्चा भएको छ । योगदान, दक्षता, समावेशीता प्रादेशिक सन्तुलनका विषयलाई मध्यनजर गरेर मन्त्रीपरिषद्मा सदस्य पठाउने चर्चा छ ।’

प्रवक्ता महतले मन्त्रीपरिषद्मा भाग लिन विषयमा योगदान, दक्षता, समावेशीता, प्रादेशिक सन्तुलनका विषयलाई मध्यनजर गरेर मन्त्री चयन गर्ने निर्णय भएको बताउनु भयो ।

कांग्रेसको निर्णय: चितवन–२ मा जितनारायणलाई उठाउने बारा–२ मा उपेन्द्रलाई सघाउने
काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख १० गते बारा–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।

बिहीबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा–२ मा जसपाका अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको हो । सो क्षेत्रमा यसअघि जसपाकै रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको थियो । उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि खाली भएको उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेसले चितवन–२ मा भने पार्टीका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो ।

तर दोहोरो नागरिकता प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत भइसक्नुभएका लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो निर्वाचन क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

उक्त निर्वाचन क्षेत्रबाट रास्वपाले पुन: लामिछानेलाई उम्मेदवार बनाउँदैछ । उहाँविरुद्धको राहदानीसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरिसकेको छ ।

त्यसगरी कांग्रेसले तनहुँ निर्वाचन क्षेत्र नं १ मा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकाले सो क्षेत्रमा पनि उपनिर्वाचन हुनेछ ।

चितवन– २ मा सत्ता गठबन्धनले जितनारायणलाई उठाउने
काठमाडौँ । सत्ता साझेदार दलहरुले चितवन–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

गत मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको नागरिकता प्रकरणपछि सांसद पद गएपछि उक्त पद खाली भएको थियो ।

नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ का लागि ११ जनाको नाम सिफारिस गरेको थियो । देवेन्द्र गुरुङ, जितनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपिन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ सिफारिसमा परेका थिए । तर कांग्रेसको पदाधिकारी तहमा श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति जुटिसकेको बताइएको छ ।

बिहीबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने बताइएको छ । श्रेष्ठ पार्टीको पूर्व जिल्ला सभापतिसमेत हुनुहुन्छ ।

नेकपा (एमाले) ले कृष्णभक्त पोखरेल, देवी ज्ञवाली र विजय सुवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने बताइएको छ । रास्वपाबाट सभापति रवि लामिछाने उम्मेदवार बन्ने निश्चित छ ।

चितवन क्षेत्र नं २ मा थपिए मतदाता
चितवन । चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीमा दाबी विरोधका कार्यक्रम सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “पुराना मतदातामा मृत्यु भएका र दोहोरो नामावली भएका गरी दुई सयजना हाराहारी मतदाताको नामावली काटिने छ ।”

चितवन क्षेत्र नं २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् । कार्यालयले जाँचबुझपछि नामावली पठाउन लागेको हो । अन्तिम नामावली भने चैत १५ मा प्रकाशन हुने उहाँले बताउनुभयो ।

मतदाता नामावली प्रकाशनसँगै चैत १८ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । चैत २० मा उमेदवारी दर्ता, चैत २१ मा उमेदवारविरुद्ध दाबी विरोध, चैत २२ मा उम्मेदवारको नामावली प्रकाशन र चैत २३ गते उमेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्रदान गरिनेछ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन चितवन क्षेत्र नम्बर २ मा ६७ प्रतिशत मतदान भएको थियो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो । रासस

चितवन–२ उपनिर्वाचन: दलहरूलाई चिन्ह प्रदान
काठमाडौँ । आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ ।

दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको हो । सोही दफाको उपदफा (७) बमोजिम उपनिर्वाचन हुँदाका बखत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ती दलले २०७९ मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमका आधारमा उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज विज्ञप्ति जारी जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा २७१, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ को अनुसूची–१२ बमोजिम निवेदन पेस हुन आएका राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गर्ने व्यवस्था छ ।

निर्वाचनका लागि दर्ता भएका दलमा नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुन:जागरण पार्टी, नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, नेपाली कांग्रेस (बिपी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जय जन्मभूमि पार्टी नेपाल रहेका छन् । रासस