चामे गाउँपालिका – News Polar

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला परेको छ । योसँगै गाउँपालिकाले मौसम अनुकूल अवधिमा दोस्रो चरणको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको हो ।

सरोकार भएका निकायको सहभागितामा उक्त सर्वेक्षण गरिने गाउँपालिका कार्यालयले जनाएको छ । सर्वेक्षणमा भूउपग्रह मापन, जलविज्ञान परीक्षण, वातावरणीय जोखिम मूल्याङ्कन तथा अध्ययन गर्ने तयारी गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । सर्वेक्षणपछि संरक्षण, विपद् न्यूनीकरण तथा स्थानीय समुदायसँगको समन्वयमा दीर्घकालीन व्यवस्थापनका योजना लागू गर्ने उद्देश्यले अध्ययन गरिने उहाँले बताउनुभयो ।

प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठूलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावना भएकाले राष्ट्रियस्तरमै सर्वेक्षण प्रक्रिया अघि बढाइएको अध्यक्ष घलेले उल्लेख गर्नुभयो ।

स्थानीयबासिन्दा तथा गोठालाले दिएका जानकारीका आधारमा चामे गाउँपालिका, नेपाल प्रहरी र स्थानीय प्रतिनिधि तथा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलसहितको संयुक्त टोलीले उक्त तालको सतह समुद्री सतहबाट करिब पाँच हजार २०० मिटरमा रहेको प्रारम्भिक अनुमान गरिएको अध्यक्ष घलेले बताउनुभयो ।

“तालको विस्तृत अध्ययन आवश्यक छ । यदी सबैभन्दा अग्लो स्थानमा भएको पुष्टि भएमा विश्वमा प्रचारप्रसारका साथै दाबी गर्ने योजना बनाउनु पर्ने हुन्छ । यसलाई आधिकारिक रूपमा पुष्टि गर्ने तयारीमा हामीले कदम चाल्नेका छौँ”, अध्यक्ष घलेले भन्नुभयो ।

टोलीका अनुसार ताल अत्यन्तै दुर्गम क्षेत्रमा हिमाली भू–भागको बीचमा अवस्थित छ । पहुँचमार्ग कठोर, मौसम, उचाइ र जोखिमपूर्ण भौगोलिक संरचनाका कारण तालसम्म पुग्न कठिन भए पनि प्राप्त प्रारम्भिक विवरणले काजिनसारा ताललाई मनाङको मात्र नभई देशकै महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा प्रचारप्रसार गर्नुपर्ने उहाँले बताउनुभयो ।

तालको उचाइ, क्षेत्रफल तथा गहिराइको औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी रहेको गाउँपालिकाले जनाएको छ । काजिनसारा तालले मनाङको पर्यटन क्षेत्रमा नयाँ अध्याय थप्ने विश्वास पालिका अध्यक्ष घलेले व्यक्त गर्नुभयो । उहाँका अनुसार तालसम्म सुरक्षित पदमार्ग निर्माण, आवतजावतका वैकल्पिक मार्ग पहिचान, पर्यटकमैत्री पूर्वाधार विकास तथा वातावरण संरक्षणलाई प्राथमिकता दिएर दीर्घकालीन योजना तयार पार्ने काम भइरहेको छ ।

अध्यक्ष घलेले सो क्षेत्र जैविक तथा भौगोलिक रूपमा संवेदनशील भएकाले योजनाबद्ध विकासमा पर्यावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य हुने बताउनुभयो । “स्थानीय गोठाला सिङ्गरखर्क क्षेत्रका पहाड र चौरमा चौँरी, भेडाच्याङ्ग्रा चराउन जाँदा टाढाबाट निलो जलाशयको दृश्य देख्ने गरेको बताउँदै आएका थिए”, उहाँले भन्नुभयो, “उनीहरूको सूचनालाई आधार मानेर चामे गाउँपालिकाले विसं २०७८ मा सुरुआत गरेको अन्वेषणका क्रममा तालको लम्बाइ करिब एक किलोमिटर र चौडाइ करिब ६०० मिटर रहेको अनुमान गरिएको छ ।”

ताल मापन गर्ने उद्देश्यले तत्कालीन प्रमुख जिल्ला अधिकारी ढुङ्गेल हेलिकोप्टरमार्फत त्यसतर्फ सर्वेक्षणमा पुग्नुभएको थियो । अध्यक्ष घलेका अनुसार तालको गहिराइको मापन हालसम्म उपलब्ध भएको छैन । प्रारम्भिक प्रतिवेदनमा ताललाई हिम नदीको जलस्रोतबाट बनेको उच्च हिमाली ‘ग्लेसियर’ (हिउँ र बरफबाट बनेको नदी) का रूपमा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।

ताल अवस्थित क्षेत्र चारैतिर प्रसिद्ध हिमशृङ्खलाले घेरेको प्राकृतिक महत्त्वपूर्ण क्षेत्र हो । पूर्वमा मनास्लु हिमाल, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल, पश्चिममा दामोदर हिमाल र उत्तरतर्फ तिब्बतस्थित पेरी हिमाल पर्ने हुँदा दृश्यावलोकनका दृष्टिले काजिनसारा ताल अत्यन्त आकर्षक छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार यस ताललाई तिलिचो ताल, अन्नपूर्ण पदमार्ग तथा नार–फू क्षेत्रसँग समन्वय गरी पर्यटकीय सम्भावनाको रूपमा विकास गर्न सकिने देखिएको छ ।

हाल विश्वकै उच्च स्थानमा अवस्थित तिलिचो ताललाई चुनौती दिने तालका रूपमा काजिनसारा ताल रहेको छ । तिलिचो ताल (४,९१९ मिटर) भन्दा काजिनसारा ताल करिब ३०० मिटरमाथि रहेको प्रारम्भिक मापनले देखाएको छ । भौगोलिक उत्थान, हिमनदीको विस्तार तथा जलस्रोतको क्रमिक परिवर्तनका कारण विगतमा पहिचान गर्न नसकिएका उच्च हिमताल भेटिनु स्वाभाविक रहेको विज्ञहरूको भनाइ छ ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले नेपालकै अग्लो स्थानमा रहेको गाउँपालिका नार्पाभूमि भए पनि आधिकारिक रूपमा नापी विभागको अध्ययन टोलीले मापन नगरेको अवस्थामा काजिनसाराको विषयमा यसै भन्न नसकिने बताउनुभयो । काजिनसारा विश्वकै अग्लो स्थानमा पर्ने तालको सूचीमा रहनु सबै मनाङीका लागि खुसी तथा गौरवको विषय बन्ने उहाँको भनाइ छ ।

यस तालको विषयमा अध्ययन तथा सर्वेक्षणमा सरकारको चासो हुनुपर्ने स्थानीयको भनाइ छ । यस तालको अध्ययन तथा सर्वेक्षण एवं मान्यताले पूर्ण भएमा नेपालले कजिनसारा ताल विश्वकै अग्लो स्थानमा अवस्थित भनेर दाबी गर्नुपर्ने देखिन्छ । रासस

फलामको पुल राखेपछि यातायात सञ्चालन
मनाङ । बाढीका कारण पूर्ण रुपमा अवरुद्ध मनाङ प्रवेशको एक मात्र सडक सञ्चालनमा आएको छ । चामे गाउँपालिका–१ तिमाङस्थित स्याक्र्यु झरनामा फलामको पुल राखेपछि यातायात सञ्चालनमा आएको हो ।

वर्षा भइरहेकाले केही कठिनाइ भएको भन्दै लामो समयको प्रयासपछि पुल राख्ने काम पूरा भएसँगै यातायात नियमित सञ्चालनमा आएका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । निरन्तरको वर्षासँगै गत असार १८ गते झरनाको बाढीसँगै आएको ढुङ्गासहितको गेग्र्यानले मोटरेवल पुलमा क्षति पुर्‍याएपछि आवतजावत रोकिएको थियो । उक्त स्थानमा फलामको पुल राखेपछि आजदेखि यातायातका साधन सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।

प्रजिअ लामिछानेले भन्नुभयो, “पानी पर्ने क्रम केही कम भए पनि मनसुन कायम रहेकाले काम केही ढिलाइ भएको हो । आजदेखि सञ्चालनमा आएको पुलबाट पैदलयात्रीका साथै सवारीसाधन आवतजावत गर्न सक्छन् ।”

गत असार १८ गते तिमाङ खोलाको बाढीले काठेपुल पनि बगाएको थियो । तिमाङ खोलामा बाढीले डुम्रे–चामे–बेँसीसहर खण्डअन्तर्गत दानाक्यु, तिमाङ सडक अवरुद्ध भएको थियो । तिमाङ खोलामा पनि काठेपुल राखेर यातायात सञ्चालन गरिएको प्रजिअ लामिछानेले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले पटकपटकको बाढीपहिराको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गतको मनाङ क्षेत्रमा मोटरेबल राख्न पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लावासीलाई सहज यात्रा गर्ने वातावरण बनाउन यहाँका विभिन्न आठ स्थानमा मोटरेबल पुल राख्न पहल भइरहेको छ ।

सांसद गुरुङले भन्नुभयो, “यहाँका नागरिकले सधैँ जोखिम र सास्ती भोगेर गर्नुपर्ने यात्रामा सहज बनाउने प्रयासमा छौँ । चालु आर्थिक वर्षमा समावेश हुनेगरी आठवटा पुल निर्माण गर्न माग गरिएको छ ।” पर्यटकीय क्षेत्र भएकाले पनि मनाङको यात्रा सहज बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले आवतजावत रोकिएपछि प्राथमिकताका साथ स्थलगत रुपमा खटिएर फलामको पुल राखी यातायात सञ्चालनमा ल्याइएको बताउनुभयो । मनाङवासीको सास्तीलाई सहज बनाउने प्रयासमा प्रदेश रहेको उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनाङका इन्चार्ज कपिल लामाले यात्रा कठिन भइरहेको अवस्थामा पुल पुन:निर्माण भई सञ्चालनमा आएपछि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री ढुवानीमा सहज भएको बताउनुभयो । झरनामा फलामको पुल राख्ने क्रममा कामदारले जोखिमपूर्ण अवस्थामा काम गरेका प्रजिअ लामिछानेले बताउनुभयो । “झरनाको पानी कम भएपछि मात्रै काम थालिएको थियो”, उहाँले भन्नुभयो, “यहाँ पुल निर्माण भएसँगै यात्रा सहज भएको छ ।” पुल बनेसँगै विच्छेद भएको तल्लो र माथिल्लो मनाङ आवतजावत सहज हुँदा स्थानीय खुसी भएका छन् । रासस

मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी
काठमाडौंं । मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेले लोकेन्द्रबहादुर घले विजयी हुनु भएको छ । घले ३२० महितसहित विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाउनु भएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेकी आशाकुमारी गुरूङले २७४ मत प्राप्त गर्नुभयो ।