चतुरबहादुर चन्द – News Polar

क्यान अध्यक्ष चन्दले गरे बैतडीमा मनोनयन दर्ता
बैतडी। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैतडीबाट मनोनयन दर्ता गराउनुभएको छ ।

नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत रहनुभएका चन्दले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयमा मनोनयन दर्ता गराउनुभएको हो ।

बैतडीमा नेपाली कांग्रेस आठ वर्षपछि प्रत्यक्ष जनतामाझ जाँदै छ । विसं २०७४ को निर्वाचनमा कांग्रेसबाट नरबहादुर चन्द उम्मेदवार थिए भने २०७९ मा माओवादीसँगको गठबन्धनका कारण उम्मेदवार उठाएको थिएन । रासस

चतुरबहादुर चन्दः तीन दशकअघि एकेडेमी हाँक्दै अहिले क्यानको सफल नेतृत्वकर्ता
काठमाडौँ । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी । बैतडी, सहिद दशरथ चन्दको जन्मभूमि हुँदै उहाँका नामबाट तीन दशकअघि नै यहाँ दशरथ चन्द एकेडेमी सञ्चालनमा आयो । सहिद भूमि तर क्रिकेटलगायतका खेल संरचना र पूर्वाधार नभएको दशकौैँअघिको एडेकेमीको परिकल्पनाले बैतडीलाई आज सहिद भूमि मात्रै नभएर क्रिकेट चलायमान बनाउने जिल्लाका रुपमा पनि परिचय बनाएको छ ।

बैतडीसँगै सुदूरपश्चिमको क्रिकेट खेललाई चलायमान बनाउन त्यो बेला दशरथ चन्द एकेडेमीको नेतृत्व गरेका चतुरबहादुर चन्द अहिले नेपाल क्रिकेट सङ्घ ९क्यान० को केन्द्रीय अध्यक्ष हुनुहुन्छ । तीन दशकदेखि क्रिकेटको विकासमा योजनाबद्ध रुपमा अघि बढ्दै आएका चतुरबहादुर नेतृत्वको क्रिकेट सङ्घ नेपाली खेलकुदको इतिहासमा एनपिएलमार्फत आमनेपालीको मन मष्तिकमा राम्रो छाप छोड्न सफल भएको छ । नेपाली खेलकुद इतिहासकै सर्वाधिक धनराशीको दोस्रो संस्करणको  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल ) काठमाडौँमा जारी रहँदा त्यसको उमङ्ग सुदूरपश्चिमको सिमान्त सहर महेन्द्रनगरदेखि पूर्वको झापासम्म छ ।

एनपिएलका कारण विष्फोटक रुपमा चर्चामा आएको क्रिकेट अहिले हरेक चियापसलदेखि गाउँघरका चौतारीसम्म चर्चा र चासोको विषय बन्नुमा क्यान र त्यसको नेतृत्व गरेका अध्यक्ष चतुरबहादुरसहितको टोलीलाई जान्छ । चन्द बैतडीमा ३० वर्ष पहिला स्थापना भएको दशरथचन्द एकेडेमीका संस्थापक हुनुहुन्छ । एकेडेमी स्थापनापश्चात् जिल्लामा उमेर समूहका प्रतियोगिता सञ्चालन गरिँदै आएका छन् । प्रतियोगिता सँगसँगै जिल्ला क्रिकेट सङ्घलाई आधिकारिकता प्रदान क्लब दर्तालगायतका काम बैतडीमा भएका थिए । भौगोलिक विकटता भए पनि अन्यत्रको तुलनामा बैतडीमा क्रिकेटको क्रेज विगतदेखि नै थियो ।

बैतडी जिल्ला दशरथचन्द नगरपालिका–५ घर भएका अध्यक्ष चन्दको यो सफलताको पछाडि उहाँले गर्नुभएको ठूलो सङ्घर्ष रहेको छ । सुदूरपश्चिम प्रदेशबाट नेपाली क्रिकेट जगतमा खेलाडीको उपस्थिती अत्यधिक हुनुमा पनि अध्यक्ष चन्दलाई नै श्रेय जान्छ ।

बैतडी जिल्ला क्रिकेट सङ्घका संस्थापक अध्यक्ष हुँदै प्रदेश र केन्द्रीय अध्यक्ष पुग्दासम्म क्रिकेटको विकासमा चन्दको योगदान अतुलनीय छ । विकास क्षेत्र रहँदा सुदूरपश्चिमका खेलाडीले नेपालगञ्ज पुगेर खेल्नुपर्ने बाध्यता अन्त्य गर्दै क्षेत्र नम्बर ६ बैतडी स्थापना गरेर सुदूरपश्चिममा उहाँले क्रिकेटको विकास थाल्नुभयो । त्यसपछि नै सुदूरपश्चिमका खेलाडीको राष्ट्रियस्तरमा आफ्नो उपस्थिति बढाउँदै लगको इतिहास छ । उक्त विषयले अझै निरन्तरता पाउँदै गएको छ ।

चतुरबहादुरकै जगले गर्दा हाल पनि बैतडीसहित सुदूरपश्चिम प्रदेश क्रिकेटको उर्बरभूमिका रुपमा चिनिन सफल भएको छ । अनुपातमा बैतडी र महेन्द्रनगर क्रिकेट खेलाडी उत्पादनका हिसाबले अग्रस्थानमा देखिन्छन् । विश्व क्रिकेटको नजरमा हाल रहेको एनपिएलको उचाइ बढ्नुमा उहाँकै नेतृत्वदायी भूमिका छ ।

ठूलो सङ्ख्यामा विदेशी क्रिकेटरको आगमन, करोडौँको लगानी, विश्वकै अग्रणी स्पोट्र्स च्यानल स्टार स्पोट्र्समा प्रत्यक्ष प्रसारण, त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका साथ नेपालमा क्रिकेटको क्रेजले गर्दा एनपिएलले अधिक चर्चा पाएको हो । एनपिएल सफल हुन र विश्वकै ध्यान तानिनुको श्रेय नेपाली क्रिकेटको सर्वोच्च संस्था आयोजक क्यानलाई जान्छ । दोस्रो संस्करणसम्म पु¥याउन अहम् भूमिका क्यानका अध्यक्ष चतुरबहादुरको रहेको छ । नेपालमा स्तरीय क्रिकेट प्रतियोगिता एनपिएल गर्ने चन्दको सपना पूरा भएको छ ।

सन् २०१९ मा अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले गराएको निर्वाचनमार्फत पहिलो पटक वैधानिक रूपमा अध्यक्ष चुनिएपछि दोस्रो बैठकमै अध्यक्ष चन्दले नेपाल क्रिकेट सङ्घको आफ्नै फ्रेन्चाइज लिग हुनुपर्छ भन्दै एनपिएलको आयोजना गर्ने निर्णय गर्नुभएको थियो । सो समय सञ्चालनमा रहेका तीन फ्रेन्चाइज क्रिकेट एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगलाई क्षेत्रीय लिगका रूपमा मान्यता दिनुका साथै एनपिएल गर्ने एजेन्डा समेत अघि बढाउने निर्णय गरिएको थियो ।

क्यानले सोही अवधारणा अनुसार तीन वर्ष अगाडि नेपाल टि–२० लिगको आयोजना गरेको थियो । पहिलोपटक विभिन्न बाधा अवरोधका बीच  नेपाल टी–२० लिग सम्पन्न भयो । तर सोचेअनुसार  प्रतियोगिता सम्पन्न हुन नसके पनि सिकाइका रुपमा लियो । सोही सिकाइपश्चात् अध्यक्ष चन्दले  आफ्नो नयाँ कार्यकालमा नेपाल प्रिमियर लिग९एनपिएल० को आवधारणा अगाडि बढाउनुभयो ।

अध्यक्ष चन्दले एनपिएल सफल पार्न सचिव पारस खड्काको संयोजकत्वमा तीन सदस्यीय गभर्निङ काउन्सिल समिति गठन गर्नुभयो । खड्कालाई अध्यक्ष चन्दले एनपिएल गराउन पूर्ण अधिकार र जिम्मेवारी दिनुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान) अध्यक्षात्मक प्रणालीमा सञ्चालन हुने संस्था हो, जहाँ अध्यक्षको नेतृत्व र निर्देशनमा सङ्घका सबै गतिविधि र निर्णयहरू अगाडि बढाइन्छन् । क्यानले आफ्नो संस्थागत संरचनाभित्र सबै सदस्यहरूको भूमिकालाई स्पष्ट रूपमा परिभाषित गर्दै, सामूहिक सहकार्य र जिम्मेवारीको बोधमार्फत लक्ष्य प्राप्तिका लागि काम गर्ने संस्था हो  ।

एनपिएलको सफल आयोजना यसको उत्कृष्ट उदाहरण हो । अध्यक्ष चन्दको कुशल नेतृत्वमा, गभर्निङ काउन्सिलका संयोजक एवं सचिव  खड्काको महत्वपूर्ण योगदान र सङ्घका सम्पूर्ण साथीहरूको सामूहिक प्रयासले पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएर दोस्रो सिजन चलिरहेको छ । अध्यक्षात्मक प्रणालीले नेतृत्वलाई प्रभावकारी बनाउन र संस्थागत संरचनालाई बलियो राख्न मद्दत गर्दछ । यही प्रणालीभित्र सबै सदस्यहरूको आ–आफ्नो जिम्मेवारीप्रतिको समर्पणले नेपाली क्रिकेटलाई अझै उचाइमा पु¥याउने मार्ग प्रशस्त गरेको छ ।

जिल्ला, प्रदेश हुँदै केन्द्रीय अध्यक्ष बन्न सफल, आलोचनादेखि निलम्बनजस्ता बाधा, अवरोधलाई छिचोल्दै विभिन्न खेमालाई समेत साथमा लिई नेपाली क्रिकेट क्षेत्रलाई विश्वसामु उत्कृष्ट प्रमाणित गर्न सफल तथा पहिलो संस्करणको नेपाल प्रिमियर लिगलाई भव्यता साथ सम्पन्न गर्न चन्दको अहम भूमिका निर्वाह गर्नुभएको छ ।

एनपिएललाई ठूलो ब्राण्डको रुपमा स्थापित बनाउँदै क्रिकेट प्रेमीमा क्यानप्रति थप विश्वास बढाउन सफल भएको छ । अध्यक्ष चन्दले एनपिएलले नेपाली घरेलु क्रिकेटलाई लोकप्रियताको शिखरमा पु¥याउने काम गरेको बताउनुभयो ।

“एनपिएलले देशको पहिचान गराएको छ । देशभरका होटेल चलायमान भए, यातायात क्षेत्र व्यस्त बन्यो । यसले खेल पर्यटनलाई बलियो बनाएर देशकै अर्थ व्यवस्थामा ठूलो टेवा दिएको छ”, अध्यक्ष चन्दले भन्नुभयो, “पहिलो संस्करणमा क्रिकेटका हस्ती ब्रायन लारा नेपालमा आएपछि नेपालबारे विश्वकै चासो बढ्यो ।”

पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भए पछि सरकारको ध्यान क्रिकेटतर्फ तानियो । त्यसपछि सरकारले कीर्तिपुरमा फ्लडलाइट जडान र प्यारापिट निर्माण ग¥यो । कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष एवं क्रिकेट सङ्घका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले सुदूरपश्चिमको क्रिकेटको इतिहासमा चतुरबहादुरको ठूलो योगदान रहेको बताउनुभयो ।

“सुदूरपश्चिमका आठ जिल्लामा क्रिकेट सङ्घ आधिकारिक रुपमा गठन उहाँले नै गर्नुभएको हो”, उहाँले भन्नुभयो, “अहिले पनि सुदूरपश्चिममा क्रिकेट खेल मैदानका लागि उहाँ लागिपर्नुभएको छ ।” केन्द्रीय सदस्य चन्दले क्यान नेतृत्वमा पुगेर चतुरबहादुरले नेपाली क्रिकेटलाई यो उचाइमा पु¥याउन निकै मेहनत गर्नुभएको बताउनुभयो । “समग्रमा क्यान सफल र सबल बन्दै जानुमा पूरै टोलीको योगदान छ”, उहाँले भन्नुभयो ।  रासस

क्रिकेटको स्वर्णिम युग सुरु भयोः अध्यक्ष चन्द
भजनी । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको बताउनुभएको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रुपमा क्रिकेट उदाएको बताउनुभयो ।

“यो क्रिकेटको स्वर्णिम युग हो । यसभन्दा पहिले नेपाली क्रिकेट यो उचाइमा कहिल्यै पुगेको थिएन,” उहाँले भन्नुभयो, “यो अवस्थासम्म पुग्नका लागि नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको महत्वपूर्ण हात छ ।” नेपाललाई विश्वमा चिनाउनका लागि क्रिकेटले विशेष भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष चन्दले विश्वभरबाट माया र सहानुभूति पाइरहेको बताउनुभयो । नेपाल प्रिमियर लिग (एनपिएल)ले क्रिकेटलाई थप बलियो बनाएको भन्दै उहाँले खेलाडीहरुलाई व्यावसायिक बनाउनमा मद्दत गर्दै गएको उल्लेख गर्नुभयो ।

“अहिले क्रिकेट सबैभन्दा बढी लोकप्रिय खेल बनेको छ । यसमा हामीलाई गर्व महसुस हुन्छ,” अध्यक्ष चन्द भन्नुहुन्छ, “एनपिएल सुरु भएपछि झन् क्रिकेट खेलाडी उत्पादन हुने क्रम बढ्दै गएको पाइन्छ । यो खुसीको कुरा हो ।”

खेलकुदका क्षेत्रमा सधैँ सुदूरपश्चिम अग्रपङ्क्तिमा देखिने गरेको बताउँदै अध्यक्ष चन्दले हरेक खेलमा सुदूरपश्चिमका खेलाडीको प्रतिनिधित्व सबैभन्दा बढी देख्न पाइने गरेको बताउनुभयो ।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारूले एनपिएलको सुदूरपश्चिम ट्रफी टुर सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित टीकापुर उद्यानबाट सुरु गर्नु ऐतिहासिक कदम भएको बताउनुभयो । उहाँले ट्रफी टुरले टीकापुर उद्यानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन थप मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहले २०२७ सालमा तत्कालिन राजा महेन्द्र शाहले एक महिना देशको शासन व्यवस्था चलाएको ऐतिहासिक उद्यानको महेन्द्र विश्रामगृहको भवनअगाडि बाट एनपिएल ट्रफी टुरको शुभारम्भ गरिएको बताउँदै उहाँले यसैगरी छिट्टै पुनः ट्रफी जितेर विजयोत्सव मनाउन फर्किने विश्वास व्यक्त गर्नुभयो । क्रिकेटप्रति युवाहरूको आकर्षण बढ्दै गएको भन्दै उहाँले आवश्यकता योजनासहित क्रिकेट मैदानका लागि स्थानीय सरकारले काम थालनी गर्दा त्यसमा आफ्नोतर्फबाट लगानी गर्न तयार रहेको बताउनुभयो ।

“खेलाडी उत्पादन हुने थलो स्थानीय तह हो । स्थानीय सरकारले मैदानका लागि आवश्यक व्यवस्था गर्न सक्यो भने त्यसमा हामी लगानी गर्न तयार छौँ,” उहाँले भन्नुभयो । टुर ट्रफी कैलालीलगायतका सुदूरपश्चिमका विभिन्न स्थानमा पु¥याइने बताइएको छ ।

भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति
काठमाडौँ । नेकपा (एमाले)का सांसद भिम आचार्यले संसद बैठकमा बोलेको कुरालाई लिएर नेपाल क्रिकेट संघ (क्यान) ले आपत्ति जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एक वक्तव्य जारी गर्दै आपत्ति जनाएका हुन् ।

आंशिक सत्यता समेत नरहेको झुटो र कपोलकल्पित कुरा बोलेर सांसदले भ्रम फैलाउन खोजेको उनको आरोप छ ।

संसद बैठकमा आचार्यले गत बुधबार क्यानमाथि आर्थिक अनयिमितताको आरोप लगाउँदै छानबिनको माग गरेका थिए । यस्तै, क्रिकेटर सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको दाबी गरेका थिए ।

वेस्ट इन्डिजमा रहेका क्यान अध्यक्ष चन्दले यसै विषयलाई लिएर विज्ञप्ति जारी गरेका हन् ।

यस्तो क्यानको विज्ञप्तीः

नेपाल खेलकुद महासंघले माग्यो क्यान अध्यक्ष चन्दको राजीनामा, पारसमाथि छानबिन गर्न माग
काठमाडौँ । नेपाल खेलकुद महासंघले नेपाल त्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा मागेको हो । क्यान अध्यक्ष चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) ले नेपाललाई विश्वकपको लागि प्रदान गर्ने १५ खेलाडी र १० सपोर्टिङ स्टाफमध्ये प्रशिक्षण समयदेखि अनिवार्य रुपमा हुनुपर्ने टिम डाक्टरलाई टिममा नराखी उक्त स्थानमा आफू र श्रीमतीसहित अमेरिका पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा गर्न र राजीनामा नगरे कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

खेलाडीहरुलाई अमेरिकामा अध्यक्ष चन्दले चन्दा उठाउने हेतुले राति—राति होटलमा खेलाडीहरूलाई उभ्याएको र फोटो खिचाउने काममा लागाएको आरोप लगाउँदै यसबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै महासंघका केन्द्रिय सचिव विप्लव घोषले विश्वकप अगाडि क्यान अध्यक्ष चन्दको मिलेमतोमा क्यानका सचिव पारस खड्का अमेरिका पुगेर नेपाली खेलाडीले हस्ताक्षर गरेको ब्याट र टिसर्ट अक्सनमा राखेर बेचेको, अमेरिकामा बसोवास गर्ने नेपालीहरूले चन्दा उठाएर उपलब्ध गराएको रकम हालसम्म क्यानको बैंक खातामा दाखिला नभएको क्यानका स्वयं पदाधिकारी एंव केन्द्रिय सदस्यहरूले कुरा उठाएको बताउनु भयो ।

यसबारे अविलम्व छानविन गरी दोषीमाथि कार्यवाही गर्न माग गर्नुभयो । सन्दीप लामिछाने नेपालका सर्वोत्कृष्ट खेलाडी भएपनि नेपालको १५ सदस्यीय टोलीमा समेटिन नसकेको बारेमा पनि अविलम्व छानबिन गर्न माग गर्नुभयो ।

अमेरिकामा फेम नेपाल नामक संस्थाले क्यानका अध्यक्ष चन्द र उहाँको श्रीमतीलाई ट्याङ्ग आउट स्पोर्ट्स बार, इर्भिङमा ख्वाएवापत र खेलाडीलाई एकछिन बसाएबापत खेलाडीलाई भेट्न गएका व्यक्तिहरूसँग टिकटको मूल्य ३५ डलर गैरकानूनी रुपमा उठाएको, ८० डलरको गेमको टिकटलाई १३५ डलर लिएर नेपाली दर्शकलाई ठगेको आरोप पनि महासंघले लगाएको छ ।

विश्वकपको सन्दर्भमा विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भन्दै भिसा प्रकियाको लागि प्रधानमन्त्री कार्यालयको लेटरप्याड प्रयोग गरेर ती व्यक्तिहरुबाट रकम उठाई मानव तस्करी गर्न लागेको र यस कार्य क्यानका पदाधिकारीको मिलेमतो विना असम्भव रहेको भन्दै छानबिनको माग गरेको छ ।

क्यानको लेटरप्याडमा नागर्जुन नगरपालिकाका मेयरसहित पूर्व वडाअध्यक्षलाई क्यानका सचिवले विश्वकप अवलोकन गर्नका लागी अनुरोध गरेको पत्र मेयर आफैँले सामाजिक सञ्जालमा प्रकासित गरेकोबारेमा छानबिन गर्न माग महासंघले गरेको छ । सत्यतथ्य पूर्ण रुपमा सार्वजनिक नगरेसम्म महासंघले क्रमवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सन्दीपले भिसा नपाउनुमा क्यानको दोष छैन: अध्यक्ष चन्द
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिनुमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीको कमजोरी नरहेको भन्दै अध्यक्ष चतुरबहादुर चन्दले स्पष्टिकरण दिएका छन् ।

१५ सदस्यीय स्क्वाडमा सन्दीपलाई समावेश नगरेका कारण अमेरिकाले भिसा नदिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेपछि अध्यक्ष चन्दले त्यसको खण्डन गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै सन्दीपले सफाइ पाएलगत्तै आइसीसीसँग समन्वय गरेर उनलाई स्क्वाडमा समावेश गरिएको बताए । सन्दीपलाई विश्वकपका लागि भिसा दिन आईसीसीले पठाएको पत्र सार्वजनिक गर्दै उनले सन्दीपलाई टीममै नराखिएको भन्ने कुरामा सत्यता नरहेको बताए ।

चन्दले सन्दीपसहित १५ सदस्यीय स्क्वाड पहिल्यै पठाएकोमा उनको स्थानमा सम्भावित प्रतिस्थापन हुने खेलाडीको मनोबल कमजोर हुन नदिन यो कुरा गोप्य राखेको बताए ।

अमेरिकी दुतावासले दोस्रो पटक पनि भिसा अस्वीकृत गरेपछि सन्दीपका प्रशंसकहरु आक्रोशित भएका छन् । उनीहरुले सन्दीपलाई भिसा नदिनुमा क्यानको व्यवस्थापनमाथि प्रश्न उठाईरहेका छन् ।

यी कुराहरुको खण्डन गर्दै चन्दले क्यान पदाधिकारीमाथि झुठो र अनुमानका आधारमा तथ्यहिन कुरा गरेर क्रिकेटप्रेमीलाई भ्रममा नपार्न समेत आग्रह गरेका छन् ।

https://www.facebook.com/chaturbahadur.chand/posts/2142537376122722?ref=embed_post

अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह निर्विरोध चयन हुनुभएको छ ।

शुक्रवार राति अध्यक्षमा चन्द निर्विरोध चयन हुनुभएको हो भने शनिवार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन हुनुभएको हो । त्यस्तै अन्य पदाधिकारी चयनका लागि भने शनिवार दिउँसोबाट मतदान शुरु भएको छ । चन्दकै प्यानलबाट कोषाध्यक्षमा उठेका पदमबहादुर खड्का पनि निर्विरोध हुनुभएको छ । सचिवमा भने पूर्व क्रिकेटर पारस खड्का र प्रशान्तविक्रम मल्ल प्रतिष्पर्धामा हुनुहुन्छ ।

निर्विरोध अध्यक्षमा चयन भएसँगै अध्यक्ष चन्दले आफ्नो यो कार्यकालको तीन महिना भित्र नै घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले भारत र पाकिस्तान जस्तै नेपाली टोलीलाई पनि त्यो स्तरसम्म पु¥याउनुपर्ने चुनौति रहेको बताउनु भयो । उहाँले सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न आवश्यक बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिलो तीन महिना भित्रै आन्तरिक स्ट्रक्चरलाई हामीले प्लानसहित अघि बढ्नेछौँ । भारत र पाकिस्तानसँग खेल्यौँ अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशिला खडा गर्नुछ । त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नु छ, र सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी छ ।’

उहाँले पद पाएसँगै जिम्मेवारी बढेको महशुस भएको बताउनु भयो । उहाँले अघिल्लो कार्यकाल भन्दा यस पटक केही नयाँ किसिमबाट राम्रो गर्ने प्रतिवद्धता जनाउनु भयो ।

क्यानको अध्यक्षमा दोहोरिए चन्द
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् ।

आज भएको निर्वाचन पक्रियाबाट यसअघि पनि अध्यक्ष रहेका चन्द दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै, उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए ।

साथै, कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध चयन भएका छन् ।

नेपाली क्रिकेट एक तह माथि: क्यान अध्यक्ष चन्द
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै शुक्रवार अध्यक्ष चन्दले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वकप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह माथि पुगेको रुपमा क्यानले लिएको बताउनु भयो । उहाँले क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले राज्यले क्रिकेटलाई प्राथमिकतामा मात्रै नभइ खेलकुद क्षेत्रकै पहिलो प्राथमिकताका रुपमा क्रिकेटलाई राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो विजयबाट नेपाली क्रिकेट एक तह माथि पुगेको भन्ने नेपाल क्रिकेट संघले महशुस गरेको छ । क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित हुँदैन, राज्यको यसमा ध्यान जान जरुरी छ । राज्यको प्राथमिकतमा मात्रै होइन, पहिलो प्राथमिकतमा खेलकुद क्षेत्रमा पर्नुपर्छ । खेलाडीहरुको भविष्य सुनिश्चित गर्न आग्रह गर्छु । ठूलो प्रतियोगिताको तयारी हामी गर्दैछौँ, त्यसका लागि पूर्वाधार छैन । हिजो ३० हजार बढी दर्शक उपस्थित हुनुहुन्थ्यो, लाइटहरु छैन ।’

अध्यक्ष चन्दले सरकारले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनु भयो । आगामी दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले बिहीवार युएईसँगको खेलमा कीर्तिपुरमा ३० हजार बढी दर्शकहरु पुगेको बतउनु भयो ।

क्रिकेट संघको बैठक: अध्यक्ष चन्दको लिखितरुपमै राजीनामा माग
पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरिएको छ । मंगलबार सुरु भएको कार्यसमितिको बैठकको सुरुमै सात जना केन्द्रीय सदस्यले लिखितरुपमै अध्यक्ष चन्दको राजीनामा माग गरेका हुन् ।

बैठकमा सात जनाको तर्फबाट ऋषिराज गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र बुझाउनुभयो । पत्रमा नेपाल टि–२० लिगमा स्पट फिक्सिङमा मुछिएपछि अध्यक्ष चन्दको राजीनामा माग गरेको उल्लेख गरिएको छ । राजीनामा माग गर्नेहरुमा केन्द्रीय सदस्य गौतमसँगै करण महतरा क्षेत्री, सञ्जयराज सिंह, दाउद अन्सारी, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहनुभएको छ ।

पोखरामा जारी बैठकमा राजीनामा माग गर्नेमध्ये छ जना बैठकस्थलमा हुनुहुन्छ । एकजना पाण्डे अस्वस्थताका कारण बैठकमा उपस्थित नभए पनि पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

क्यान अध्यक्ष चन्दसहित ५ पदाधिकारीको राजीनामा माग
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग गरिएको छ ।

नेपाल टी–२० लिग आयोजनाको जिम्मेबारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएर गल्ती गरेको भन्दै उनीहरुको राजीनामा मागिएको हो ।

कार्यसम्पादन समितिमा अध्यक्ष चन्द, सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह तथा सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागरिएको हो । राजीनामा माग गर्ने केन्द्रीय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुनुहुन्छ ।

उहाँहरुले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी फिक्सिङमा आयोजक कम्पनी सेभेन थ्री स्पोर्ट्सकै संलग्नता भएको पाइएको र यसको मुख्य जिम्मेबार क्यान नेतृत्व भएको आरोप लगाउनुभएको छ ।

उहाँहरुका अनुसार स्पट फिक्सिङ हुँदा संस्था बिरलै संलग्न हुने गरे पनि नेपालमा भने साझेदार कम्पनी नै संलग्न भएको छ । क्यानले त्यस्तो कम्पनीसँग सम्झौता गरेर गल्ती गरेको राजीनामा माग गर्नेहरुको भनाइ छ । यस्तो अवस्थामा क्यान नेतृत्व र कार्यसम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न नमिल्ने उहाँहरुले बताउनुभयो ।

क्यान अध्यक्ष चन्दले पनि पत्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकार गर्नुभएको थियो । यद्यपि आफूहरुले बारम्बार सचेत गराउँदखा पनि अध्यक्ष र कार्यसम्पादन समितिले जानाजान गलत निर्णय गरेको राजीनामा माग गर्ने ७ जना केन्द्रीय सदस्यले आरोप लगाउनुभएको छ ।

दक्षिण एशियामा सरकार चलाउन भन्दा गाह्रो क्रिकेट चलाउन छः अध्यक्ष चन्द(भिडियोसहित)
काठमाडौँ । पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराएको हो । प्रतियोगिताको उपविजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।

प्रतियोगिताको प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने क्यानले जनाएको छ । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउनेछन् । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता शनिवारबाट शुरु हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरुलाई आत्मनिर्भर बनाउने नियतबाट नेपाल टि २० को आयोजना गरिएकाले लिग पूर्ण रुपमा सफल हुने बताउनु भयो । उहाँले दक्षिण एशियाका देशहरुले लिग सञ्चालन गर्दा धेरै कठिनाइ भोग्नुपर्ने अनुभव आफूले गरेको पनि बताउनु भयो ।

उहाँले व्यक्तिवादी स्वार्थका लागि क्रिकेटमा असर पर्नु दिनु नहुने बताउनु भयो । उहाँले नेपाली क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्व लागेकाले त्यसलाई सफल बन्न दिनु नहुने बताउनु भयो । अध्यक्ष चन्दले दक्षिण एशियामा सरकार चलाउनु भन्दा गाह्रो कुरा क्रिकेट संघ चलाउन छ भन्नेकुरा आफूले अनुभव गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेलाडीहरुलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर सही नियतले नेपाल टि २० लिग सञ्चालन गर्न भनेर घोषणा गरिएको थियो । एशोसिएट देशले धेरै कठिनाइ भोग्नुपर्ने रहेछ । सबै विदेशी खेलाडी आइसकेका छन्, क्यान तयार छ, यो लिग रोक्नु ठिक छैन, क्रिकेट शुभचिन्तकका लागि । व्यक्तिवादी स्वार्थका लागि क्रिकेटमा असर पर्नु हुँदैन । प्रतियोगिता भोलिदेखि शुरु हुन्छ नै । क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्व लागेको छ, उनीहरुले कुनै निकाय छोडेका छैनन् । दक्षिण एशियामा सरकार चलाउनु भन्दा गाह्रो क्रिकेट चलाउन छ । हो पनि मैले देखिरहेको पनि छु । गुट, उपगुट चिरेर अघि बढ्नुपर्छ ।’

नेपाल टि २० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी रहनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा शनिवार पोखरा एभेन्जर्स र काठमाडौं नाइटसँग प्रतिष्पर्धा गर्नेछ । शनिवार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ ।