गण्डकी प्रदेश विद्यालय – News Polar

गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो
कास्की।  नेपाली क्रिकेटमा नयाँ पुस्ताका प्रतिभा खोज्ने लक्ष्यसहित पोखरामा सञ्चालन भएको गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको उपाधि नवलपुरको भीमसेन आदर्श माध्यमिक विद्यालयले जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा स्याङ्जाको भगवती माध्यमिक विद्यालयलाई ६८ रनले पराजित गर्दै भीमसेन च्याम्पियन बन्न सफल भयो ।

खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको भीमसेनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६४ रन बनाएको थियो ।

टोलीका लागि पंकज यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा पाँच चौका र चार छक्काको मद्दतले ६७ रन बनाए ।

उनले ‘प्लेयर अफ द म्याच’ को उपाधिसमेत जिते । शैलेश काफ्ले अविजित ३० रन तथा सुशील भुसालले २० रनको योगदान दिए ।

भगवती माध्यमिक विद्यालयका लागि स्वपनिल भट्टराईले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिए भने आयुष पाण्डेले एक विकेट हात पारे। जितका लागि १६५ रनको लक्ष्य पछ्याएको भगवती १९ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनाउन सक्यो ।

भुवन डुम्रेले सर्वाधिक ४९ रन बनाए । भीमसेन आदर्शका बलरहरू खेलमा प्रभावशाली देखिए र जितका लागि महत्वपूर्ण योगदान दिए । आयान भुर्तेलले चार विकेट लिए भने सुशील भुसाल र शैलेश काफ्ले समान दुई÷दुई विकेट लिए ।

यस्तै रिदम रिजालले एक विकेट हात पारे । च्याम्पियन नवलपुरको भीमसेन आदर्श माध्यमिक विद्यालय राष्ट्रिय प्रतियोगिताका लागि छनोट समेत भएको छ ।

विजयी टिम तथा खेलाडीहरुलाई आयोजक प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

यही जेठ २२ गतेबाट सुरु भएको प्रतियोगिताले विद्यालय तहबाटै क्रिकेटको जग बलियो बनाउने, ग्रामीण तथा जिल्लास्तरमा लुकेका प्रतिभालाई राष्ट्रिय मञ्चसम्म पु¥याउने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुगेको आयोजक संस्थाका अध्यक्ष सिग्देलले बताउनुभयो ।

प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका उत्कृष्ट विद्यालय टोलीको सहभागिता थियो ।जिल्लास्तरीय छनोट प्रतियोगिताको विजेता विद्यालयहरु प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगितामा कास्कीबाट डायमण्ड सेकेन्डरी स्कूल, नवलपुरबाट भीमसेन आदर्श माध्यमिक विद्यालय, स्याङ्जाबाट भगवती माध्यमिक विद्यालय तथा पर्वतबाट मङ्गलोदय माध्यमिक विद्यालयले प्रतिस्पर्धा गरेका थिए । रासस