खेल मैदान – News Polar

‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित
गलकोट, (बागलुङ) । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन् ।

बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनेको एक दशक बित्न लागेको छ । तर यहाँ तारबार मात्र हालेको छ । नगरपालिका र सङ्घीय संरकारले बिनियोजन गरेको रु आठ करोड बजेट फिर्ता गएको छ ।

यस्तै बागलुङ नगरपालिका–९ स्थित तित्याङको आलेखर्क खेल मैदान पनि डिपिआरमै सिमिति भएको छ । बागलुङका अन्य स्थानीय तहले अघि सारेका खेल पूर्वाधार पनि बन्न सकेका छैनन् । तमान रङ्गशाला र काठेखोला गाउँपालिकाको रेशको खेल मैदान निर्माणले पनि गति लिन सकेको छैन ।

रङ्गशालाको डिपिआर स्थानीय तहको सहयोगमा तयार भए पनि खेल मैदान बन्न नसकेको बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाले बताउनुभयो । बागलुङमा वषौँदेखि बजेट अभावमा खेल मैदान बन्न नसकेका खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । बाङ्गेचौर खेल मैदानमा रहेका सल्लाका बोट हटाउन नसक्दा बजेट फ्रिज भएको छ ।

“खेल क्षेत्रमा राज्यले लगानी बढाउन सकेको छैन, खेलकूद गतिविधि ठप्प जस्तै छन्”, उहाँले भन्नुभयो, “बाङ्गेचौर खेलमैदान बनाउन रु ३० करोड लाग्ने गरी डिपिआर बनाइएको थियो, अहिले लागत बढेर रु ५० करोड पुगेको छ ।”

बागलुङ–९ तित्याङमा बजेट अभावले मैदान बनाउन नसकेको वडाध्यक्ष राजु थापाले बताउनुभयो । बागलुङ बजारबाट नजिकै रहेको तित्याङस्थित आलेखर्क खेल मैदानलाई विस्तार गरी बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा अगाडी बढाइएको हो । झण्डै २० रोपनी जग्गामा फैलिएको आलेखर्क खेल मैदानलाई बहुउदेश्यीय रङ्गशाला निर्माण गर्न  सकिने भएपनि बजेट अभावले रोकिएको छ । यसमा झण्डै रु ६ करोड खर्च लाग्ने देखिन्छ ।

तमानखोला गाउँपालिकाले तमानगाउँमा निर्माण गर्ने रङ्गाशाला समेत अधुरै छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट बिनियोजन गरेको छ । त्यो पर्याप्त नहुँदा सङ्घीय र प्रदेश सरकारको मुख ताक्नुपरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । “पालिकाको बजेटले रङ्गशाला बनाउन असम्भव छ”, उहाँले भन्नुभयो–“यसका लागि कम्तिमा रु १० करोड बजेट चाहिन्छ ।” रासस

व्यवस्थित खेल मैदान नहुँदा: ‘उत्साह छ, खेल्ने वातावरण छैन’
रामपुर । चार जिल्लाको केन्द्रीय भागमा रहेको रामपुरमा खेलकुदको प्रशस्त सम्भावना छ । यहाँ रहेका पूर्वाधारलाई व्यवस्थित गर्न सकेको खण्डमा राष्ट्रियस्तरका थुप्रै प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छ । सहरीकरणतर्फउन्मुख रामपुर नगरपालिका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरको बीच भागमा पर्छ । यहाँ रहेका खेल मैदान व्यवस्थित गर्न भने बाँकी छ । मैदानसँगै आवश्यक पूर्वाधार निर्माण गर्न सके थुप्रै खेलाडी उत्पादन गर्न सकिन्छ ।

“भविष्यमा राम्रो खेलाडी बन्ने सपना छ, तर रामपुरमा खेल्ने वातावरण अझै बनिसकेको छैन”, भलिबल खेलाडी कल्पना सिञ्जाली भन्नुहुन्छ । उहाँले बुटवल, नेपालगञ्ज, गोरखा, पोखरा, म्याग्दीलगायत ठाउँमा विभिन्न प्रतियोगिता खेलिसक्नुभएको छ । “आफ्नै गाउँ ठाउँमा राम्रो खेल मैदान छैन, अभ्यास गर्ने वातावरण नहुँदा प्रतिस्पर्धा गर्न समस्या छ, खेलाडीलाई कहिँबाट प्रोत्साहन छैन, स्थानीय सरकारले राष्ट्रियस्तरसम्म प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

रामपुर क्षेत्रमा महिला खेलाडी भलिबलमा मात्रै सीमित बनेका छन् । पुरुषका लागि भने नगरस्तरबाट विभिन्न खेल प्रतियोगिता आयोजना हुँदै आएका छन् । खेलमा महिलाको आकर्षण भए पनि नगरमा भलिबल खेलमात्रै खेलाइने गरेको नगर खेलकुद विकास समितिका सचिव सञ्जु परियारले बताउनुभयो ।

“विद्यालय तहमा हुने विभिन्न खेलमा महिलाको सक्रियता राम्रो रहेको पाइएको छ, जिल्लास्तरमा भने महिला खेलाडी प्रतिस्पर्धात्मकरुपमा पुग्न सकेका छैनन्”, उहाँले भन्नुभयो । स्थानीयस्तरमा नै बलियो आधार खडा हुनुपर्ने र पुरुषजस्तै महिलाका लागि पनि विभिन्न प्रतियोगिता आयोजना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महिला घरपरिवार, समाजबाट माथि उठेर अन्यत्र खेलमा सहभागी हुँदा समाजमा आलोचना खेप्नुपर्ने परेको परियार बताउनुहुन्छ । “खेलमा रुचि भए पनि विविध कारणले राष्ट्रियस्तरसम्म पुग्न महिला खेलाडीका लागि वातावरण बनेको छैन”, उहाँले भन्नुभयो ।

खेल खेल्ने मैदान प्रशस्त छन् । पूर्वाधार विकास नहुँदा खेलकुदको विकास हुन नसकिरहेको जिल्ला भलिबल सङ्घका सदस्य कमल राना बताउनुहुन्छ । “खेलमैदान व्यवस्थित छैन, तालिमको व्यवस्था छैन, खेलमा राम्रो गर्छु भन्ने दृढ इच्छा भए पनि वातावरण, पूर्वाधार नै व्यवस्थित नहुँदा सोंचेजति खेलाडी उत्पादन गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।

आफ्नो गाउँ ठाउँलाई चिनाउने खेलाडीले हो । यहाँ अझै पनि खेल खेलेर के हुन्छ र रु भन्ने आम नागरिकको बुझाइ छ । यहाँ फुटबलतर्फ सी डिभिजन, भलिबलमा जिल्ला तथा प्रदेश र तेक्वान्दोमा राष्ट्रियस्तरका खेलाडी उत्पादन भएका छन् । हरेक पालिकामा क्षेत्रीय र प्रदेशस्तरका खेलकुदका कार्यक्रम हुने पूर्वाधार तयार पारियो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादन हुने राना बताउनुहुन्छ ।

“प्रोत्साहन नगरिँदा भविष्यमा राम्रो सम्भावना बोकेका खेलाडीलाई खेल खेलेरै केही हुँदोरहेछ भन्ने अनुभूति भएको छ, विधागतरुपमा स्थानीय सरकारले रकम विनियोजन गर्नुपर्छ, बर्सेनि मेयर कपलाई मात्रै एकमुष्ठ रकम छुटयाएर भएन, विभिन्न खेललाई प्राथमिकता दिइयो भने खेलाडीको मनोबल बढ्छ”, उहाँले भन्नुभयो ।

विशेषगरी खेलाडी उत्पादन गर्न विद्यालय तहमा एक खेल प्रशिक्षकको व्यवस्था, खेलमैदान व्यवस्थित, विधागतरुपमा खेल आयोजना, स्थानीयस्तरमा नै खेलसम्बन्धी प्रशिक्षणको व्यवस्था, बेला बेलामा प्रोत्साहनमूलक कार्यक्रम भएमा यसप्रति घरपरिवार, समाजबाटै आफ्ना सन्नततिलाई खेलमा लाग्न उत्साह मिल्नेछ ।

यसवर्ष रामपुर नगरपालिकाले खेलकुदका लागि रु १५ लाख तथा पाँच र सात नं वडामा कभर्डहल निर्माणका लागि रु आठ लाख विनियोजन गरिएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । खेलकुदको विकासका लागि हरेक वर्ष मेयर कपमार्फत विभिन्न खेलका कार्यक्रम सञ्चालन भइरहेका छन् भने रामपुरको प्रतिनिधित्व गर्दै अन्यत्र कार्यक्रममा प्रतिस्पर्धा गर्न सहयोग गर्दैआएको नगर प्रमुख थापा बताउनुहुन्छ ।

रामपुर–५ स्थित मटेरी ठूलोटार खेल मैदानलाई क्षेत्रीय रङ्गशाला बनाउन डिपिआरको काम भइसकेको छ । रङ्गशाला निर्माणमा ठूलो रकम आवश्यक पर्ने भएपनि स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा काम अगाडि बढ्न नसकेको नगर प्रमुख थापाले बताउनुभयो । अब प्रदेश र सङ्घीय सरकारबाट बजेट माग गरेर निर्माण गर्ने सोँच बनाएको उहाँको भनाइ छ । “खेलाडीको मनोबल बढाउन र खेल क्षेत्रको विकास गर्न नगरपालिकाले बेलाबेलामा विद्यालयबीच प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

“खेललाई प्राथमिकता दिएर बर्सेनि बजेट विनियोजन गरेको छु, दक्ष प्रशिक्षक ल्याएर खेलाडीलाई प्रशिक्षण दिने तयारी भइरहेको छ, विभिन्न प्रतियोगिताका लागि सहयोग गरिरहेको छु”, थापाले भन्नुभयो ।

रामपुरका मटेरी, बेझाड, किसानबारी, विजयपुर, तिलकपुर, खयरबोट, गेझा, देविस्थानलगायतका विभिन्न स्थानमा खेलकुदका पूर्वाधार तयार गर्न सकिने प्रशस्त आधार छन् । यहाँको खेलमैदान व्यवस्थित नहुँदा खेलाडीलाई चोटपटक लाग्ने जोखिम उत्तिकै छ । स्तरीय खेल मैदानको अभावमा दर्शक पनि खेल अवलोकनबाट वञ्चित छन् ।

रामपुर नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा युवा, खेलकुद तथा मनोरञ्जनतर्फ ‘एक वडा एक खेलकुद मैदान’को अवधारणालाई अगाडि बढाइने, नगरको खेलकुद विकासलाई व्यवस्थित गरी युवावर्गको सहभागिता वृद्धि एवं खेलाडीको उत्पादन गर्न नगर खेलकुद विकास समिति गठन गरी कार्य बढाइएको उल्लेख छ । साथै मेयर कपअन्तर्गत वडास्तरीय रनिङ सिल्ड प्रतियोगितालाई निरन्तरता दिँदै राष्ट्रिय खेल समावेश गरी नगर खेलकुद महोत्सव सम्पन्न गरिने, फुटबल, भलिबल र क्रिकेट खेलका लागि प्रशिक्षकको व्यवस्था मिलाइने, विभिन्न खेलका लागि छानिएका खेलाडीलाई अन्तर जिल्ला र अन्तर पालिकास्तरीय खेलकुदमा सहभागी गराइने, समुदायको लगानीमा निर्माण हुने खेलकुद पूर्वाधारमा सहयोग गर्ने नीति नगरपालिकाको छ ।

त्यस्तै प्रदेशस्तरको खेलमैदान निर्माणको सम्भाव्यता अध्ययन गरी सम्बन्धित निकायसँग पहल गरिने, प्रोत्साहन गर्न विभिन्न विधामा खेल्ने उत्कृष्ट खेलाडीलाई सम्मान तथा पुरस्कृत गर्नेलगायत नगरको नीति तथा कार्यक्रममा उल्लेख छ । रासस