कोरोना महामारी – News Polar

कोरोनाको बन्दाबन्दीमा चित्रकार बनेकी कृपा
पोखरा। कोरोना महामारीले विश्व आक्रान्त थियो । बन्दाबन्दी (लकडाउन)का कारण विश्वको अर्थतन्त्र सुस्ताउँदो थियो भने अवसरहरु खुम्चिँदै थिए ।

विदेशी पर्यटकले सधै गुल्जार हुने पर्यटकीय नगरी पोखरा सुनसान बनेको थियो । लम्बिँदै गएको लकडाउनका कारण मानिसहरुमा निराशा बढ्दो थियो ।

त्यही समयमा पोखरा-१३, कुँडहरकी कृपा श्रेष्ठको जीवन नयाँ अध्यायमा प्रवेश गर्‍यो । लकडाउनले बनाएको फुसर्दिलो दैनिकीमा उहाँ रहरले क्यानमासमा खेल्न थाल्नुभयो । मनमा दबिएका भावनालाई ब्रसमार्फत क्यानभासमा पोख्ने रहर यतिबेला उहाँको पहिचान बनेको छ ।

वर्षौदेखि मनको कुनामा थन्किएका उहाँका सिर्जना जब सबैको आँखामा देखिन थाले, उहाँको जीवनले सफलताको नयाँ रङ देख्न थाल्यो । “लामो समयसम्म सेतो कागजमा रङ्गविहीन सपना कोरेरै चित्त बुझाएकी थिएँ”, श्रेष्ठले भन्नुभयो, “कोभिडले मलाई आफैँभित्रको कलाकारसँग भेट गराइदियो, यो आफूलाई चिन्ने एउटा सुनौलो अवसर थियो ।”

डेनमार्कमा लिडरसीप विषयमा स्नातक सकेर सात वर्ष पश्चात सन् २०१७ मा नेपाल फर्किएपछिको उहाँको दैनिकी सामान्य अवस्थामै चलिरहेको थियो । पारिवारिक जिम्मेवारी पूरा गर्दै दिन बितिरहेका थिए । सन् २०२० मा जब कोभिड महामारीले सबैलाई घरभित्रै सीमित बनायो, उहाँ पनि अरु जस्तै लकडाउनको बन्दी हुनुभयो ।

एक दिन बच्चालाई पढाउने बहानामासँगै टेबलमा बस्नुभयो । त्यो अप्रिलको महिना थियो, उहाँलाई अझै याद छ । त्यही समयमा उहाँले एउटा कागजमा मण्डला कोर्नुभयो ।

रहरमा कोरिएको चित्र यति सुन्दर बन्यो कि उहाँ आफैँ अचम्ममा पर्नुभयो । “आहा ! मैले यति राम्रो मण्डला बनाएँ भन्नुभयो”, उहाँले कोरोनाकाल सम्झनुभयो । त्यही दिनदेखि उहाँको जीवनमा नयाँ अध्याय सुरु भएको हो भन्नुहुन्छ उहाँ । त्यसअघिका दिनमा अरुका कला हेरेर दङ्ग पर्ने उहाँ आफूभित्र नै कला कोर्ने अद्भूत क्षमता छ भन्ने कहिल्यै लागेन । यसपछिका दिनमा उहाँले आफूलाई एक कलाकारको रूपमा नयाँ परिचय दिनुभएको छ ।

दिउँसो घरको जिम्मेवारी र रातको सुनसान समय उहाँको क्यानभास बन्यो । सुरुमा कालो–सेतो (मोनोक्रोम) चित्र बनाउँदै गर्दा रङसँग खेल्दै क्यानभासमा हराउने उहाँको बानी भयो । उहाँलाई आकाशको नीलो र धर्तीको हरियो रङ्गसँगको सामिप्यता निकै मनपर्छ ।

“मेरा सिर्जनाहरू केवल चित्र मात्र होइनन्, भावना र विचारका अभिव्यक्ति हुन्, स्वतन्त्रता, महिला सशक्तीकरण, विद्रोह, शान्ति, प्रकृति र संस्कृति जस्ता विषय मैले बनाएका कलामा भेटिन्छन्”, उहाँले भन्नुभयो ।

आफूले कोरेका चित्रमा बारम्बार प्रयोग हुने गोलाकार आकृतिहरू यही ब्रह्माण्डीय सम्बन्धको प्रतीक रुपमा लिन सकिने उहाँको भनाइ छ । उहाँ कहिलेकाही दिन रात नभनी कलामा डुबेर काम गर्नुहुन्छ । कुनै चित्र दुई÷चार दिनमै तयार भएका छन् भने कुनै चित्र महिनौँ समय खर्चिर पनि बनेका छन् ।

कृपाले आजसम्म औपचारिक एकल कला प्रदर्शनी गर्नुभएको छैन । यद्यपि विभिन्न आर्ट प्रर्दशनीमा उहाँको कलाले कलापारखीहरूको मन जित्न सफल भएको छ । उहाँको पहिलो चित्र, ‘सेभेन चक्र अफ लाइफ’ थिममा बनेको बुद्धको डट मण्डला, सात हजार रुपैयाँमा बिक्री भयो । त्यसपछि उहाँको कलाको माग बढ्दै गयो र व्यावसायिक यात्राको बाटो खुल्यो ।

अक्रेलिक रङमा रमाउने उहाँले अहिलेसम्म दुई सयभन्दा बढी चित्र सिर्जना गरिसक्नुभएको छ भने उहाँले ५० भन्दा बढी चित्र बिक्री गरिसक्नुभएको छ । उहाँका चित्रकला रु ७० हजारसम्ममा बिक्री भएका छन् ।

उहाँलाई १७ वर्षीय छोरीले कलायात्रालाई लाग्न प्रेरित गरिरहेको उहाँको भनाइ छ । त्यसबाहेक आभ्या क्लब र यसका प्रबन्ध निर्देशक निरोज लामाको भूमिकालाई उहाँ विशेष सम्झनुहुन्छ । आभ्या क्लबमा कार्यक्रम संयोजकको रूपमा काम गरिरहँदा एउटा कला सिर्जनाका लागि खुला वातावरण मैत्रीपूर्ण साथ र हौसलाले उहाँलाई आफ्नो जिम्मेवारीको अलावा कार्यक्षेत्रमै कला कोर्न वातावरण बनाइदिएको छ ।

सन् २०२३ मा आभ्याले एउटा आर्टवर्क सप ग¥यो जसले उहाँलाई थप हौसला मिल्यो । अहिले क्लबका भित्तामा सजिएका उहाँका चित्रले आगन्तुकहरूको ध्यान खिच्छ र बिक्रीमा सहजता मिलेको छ ।

कृपा आफूलाई एक सिकारु कलाकार नै मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ “कलाको यात्रा कहिल्यै सकिँदैन, म अझै सिक्दैछु ।” हाल उहाँ समसामयिक विषयवस्तु र सांस्कृतिक मौलिकतालाई आफ्नो कलामा उतार्न अध्ययन अनुसन्धान गरिरहनुभएको छ ।

कृपा पोखराका कलाकारहरू बात्सायन, यादवचन्द्र भूर्तेल र हरेराम जोजिजुबाट प्रेरित हुनुहुन्छ । साथै, एरिका ताम्राकारको कला उहाँलाई मनपर्छ । श्रेष्ठ अहिले पोखराको एक वेलनेस स्टुडियोका लागि विशाल क्यानभासमा काम गरिरहनुभएको छ । जसमा उहाँले गुरुङ संस्कृतिको पहिरनमा सजिएकी एक आधुनिक युवतीको चित्रमार्फत संस्कृति र आधुनिकताको सुन्दर संयोजन प्रस्तुत गर्दै हुनुहुन्छ ।

उहाँको धैर्य, दर्शन र समर्पणले उहाँलाई एक कलाकार मात्र होइन, अरूका लागि प्रेरणाको स्रोतसमेत बनाएको छ । उहाँ भन्नुहुन्छ, “मलाई लाग्छ, म सही समयमा, सही काम, सही तरिकाले गरिरहेको छु ।”

कलामा आफू अझै पनि अनुसन्धान र सिकाइकै चरणमै रहेको बताउनुहुने श्रेष्ठले समसामयिक विषयलाई आफ्नो कलामा उतार्न थप मेहनत गरिहनुभएको छ । “हतार गरेर हिँड्दा धेरै कुरा पछाडि छुट्छन्, म अहिलेस्थिर भएर आफ्नो समय आफू र आफ्नो पेन्टिङमा दिइरहेको छु, म अझै सिक्दै छु”, उहाँले भन्नुभयो । रासस

जनकपुरमा व्यापार: सयभन्दा बढी पसल बन्द, लिलाम सकार्नेहरु पनि भेटिँदैनन्
जनकपुरधाम । जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आउनुभएको छ । कुनै बेला उहाँको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०/१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो । अहिले ग्राहक पाउनै मुस्किल भएको ठाकुरले बताउनुभयो । रु डेढ दुई लाखको व्यापार गर्न पनि ‘विशेष समय कहिले आउला’ भनेर पर्खिनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।

जनकपुरमा ४५ वर्षदेखि कपडा व्यापार गर्दै आउनुभएका रामबाबु गुप्ताले पहिले पाँच–सात जनालाई रोजगारी दिनुभएको थियो । केही वर्षयता व्यापार खस्किँदो अवस्थामा रहेकाले आधा कर्मचारी कटौती गरेर व्यापार चलिरहेको गुप्ताले बताउनुभयो । पहिलेको जस्तो व्यापार नहुने, सजिलै ऋण नपाइनेलगायत कारणले व्यापारीहरु मर्कामा परेको उहाँले बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित रामपरी स्टोरका सञ्चालक शेखर साहको पनि यस्तै गुनासो छ । विगत १८ वर्षदेखि खाद्यान्न व्यापार गर्दै आउनुभएका उहाँले दैनिक उपभोग्य वस्तुको व्यापारमा समस्या होला भनेर सोच्नुभएको थिएन । अहिले व्यापारमा ७५ प्रतिशतले कमि आएको साहको भनाइ थियो । “पहिले सामान लिन पालो पर्खिनुपथ्र्यो तर अहिले ग्राहक नै आउँदैनन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय २५ प्रतिशतमा व्यापार झरेको छ । खै केको मन्दी भएर हो वा अरूको व्यापार बढेर हो रु बुझ्नै सकिरहेको छैन ।”

“ठाकुर, गुप्ता र साहको मात्रै होइन जनकपुरका अधिकांश व्यवसायीको समस्या यस्तै छ”, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले भन्नुभयो । विलासिताका वस्तुको व्यापार गर्नेहरु मात्र नभई दैनिक उपभोग्य सामान बेच्ने पनि समस्यामा पर्नु गम्भीर चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।

महासेठका अनुसार जनकपुर बजार क्षेत्रमा व्यापार व्यवसाय निरन्तर ओरालो लागेपछि हालसम्म एक सयभन्दा बढी व्यापारीले सटर बन्द गरिसकेका छन् भने यो सङ्ख्या निरन्तर बढ्दो क्रममा छ । आधा दर्जनभन्दा बढी ठूला व्यापारी बैंक तथा साहुको ब्याज तिर्न नसकेर जायजेथा छाडेर भागिसकेका उहाँले जानकारी दिनुभयो ।

“जनकपुरधाममा कुनै बेला व्यापार गर्नका लागि सटर नै पाउँदैनथे । अहिले मुख्य बजारमै एक सयभन्दा बढी सटर बन्द अवस्थामा छन् । सटर खोल्नेहरुको व्यापार पनि निराशाजनक छ”, महासेठले भन्नुभयो, “यसको कारण र परिणामका विषयमा न राज्यका निकाय न त राजनीतिक नेतृत्व गम्भीर छन् । अर्थतन्त्र झन्झन् जटिल अवस्थातर्फ धकेलिँदैछ ।”

‘लिलाम गर्दा पनि सकार्ने भेटिँदैनन्’

व्यापारमा सुधार नहुँदा पसलहरु बन्द हुने मात्रै होइन यहाँ बैंकको ऋण तिर्न नसक्दा असुल उपरका लागि बैंकले लिलामको सूचना गर्दा लिलाम सकार्ने (बोलकबोल गर्ने) मान्छेसमेत भेटिँदैनन् । आफ्नो पसल अगाडि वर्षौंदेखि फार्मेसी सञ्चालन गर्दै आएका व्यापारीको घर लिलाम हुने अवस्था आएपछि वाणिज्य सङ्घको नेतृत्वमा रहेका पदाधिकारीले सस्तो मूल्यमा घर खरिद गरिदिएको चेम्बर अफ कमर्स मधेस प्रदेशका अध्यक्षसमेत रहेका सुनचाँदी व्यवसायी ठाकुरले जानकारी दिनुभयो । “वर्षौंदेखि फार्मेसी पसल सञ्चालन गर्दै आएका व्यवसायी रातारात पलायन भएका छन् । बैंकको ब्याज तथा अन्य साहुमहाजनबाट लिएको ऋण तिर्न नसकेपछि उहाँ तनावमा हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “सङ्घका एक पदाधिकारीले आफूलाई तिनुपर्ने ऋण कटाएर बाँकी केही रकम थपेर घर लिएको सुन्नमा आयो । त्यसैगरी अरू धेरै व्यापारी पलायन हुँदैछन् ।”

विगत केही महिनामा १०/१२ लिलामी सूचना प्रकाशित भएको भन्दै लिलाम सकार्ने मान्छे नभेट्दा सङ्घको रोहवरमा समस्या समाधान गरिएको उद्योग वाणिज्य सङघका अध्यक्ष महासेठले जानकारी दिनुभयो । “व्यापारीले ऋण तिर्न नसक्ने र लिलाम गर्दा किन्ने मान्छे नभेटिने अवस्थाले यहाँको विकराल अवस्थालाई प्रष्ट्याउँछ”, उहाँले भन्नुभयो, “अब व्यापार/व्यवसाय सुरु गर्नुभन्दा पहिला सबैले सोच्ने बेला आएको छ ।”

सङ्घका वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले यहाँको अर्थतन्त्र र व्यापार व्यवसाय ‘स्लिपिङ मोड’ मा रहेको धारणा राख्नुभयो । तत्काल समाधानको उचित उपाय ननिस्किए समस्या झन् भयावह हुँदै जाने उहाँको भनाइ थियो ।

यसरी निम्तियो सङ्कट

कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव, आर्थिक शिथिलता, कारोबारमा आएको मन्दीलगायत कारण सिङ्गो देशले समस्या भोगिरहेको छ ।

मधेस प्रदेश तथा राजधानी जनकपुरमा कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलतालगायत अरू कारणले पनि अर्थतन्त्रमा समस्या थपिँदै गएको यहाँका व्यवसायीको बुझाइ छ । मधेस जनविद्रोह, भूकम्प, स्थानीय सरकार आएपछि बाटो विस्तारका क्रममा भएका अवरोध, कोरोना महामारीपछिको लकडाउनले पारेको नकारात्मक प्रभावलगायत कारणले यहाँको व्यवसाय थिलथिलो भएको व्यवसायी जीवनाथ चौधरीले बताउनुभयो । एकपछि अर्को समस्या थपिएपछि व्यवसायीले टाउको उठाउनै नसक्ने गरी समस्यामा परेका उहाँले गुनासो गर्नुभयो ।

“यहाँको मुख्य आधार भनेको धार्मिक पर्यटन हो । केही वर्षसम्म पर्यटकीय गतिविधि भएका छैनन्”, चौधरीले भन्नुभयो, “आन्दोलन, हडताल, बन्दाबन्दीले लामो समयसम्म सटर बन्द गर्नुपर्‍यो । खर्च गर्न सक्नेहरु यहाँबाट पलायनको अवस्थामा पुगे । आम्दानी नै नभएपछि खर्च कसरी हुन्छ रु  सोही कारणले यहाँ व्यापारले गति लिन सकेन् ।”

सङ्घका अध्यक्ष महासेठले पछिल्लो आठ/दश वर्षको अवधिमा दुई/तीन वर्ष व्यापार बन्द गर्नुपरेकाले समस्या झन् बढेको बताउनुभयो । “मधेस आन्दोलन, भूकम्पको प्रभाव त छँदैथियो । विसं २०७४/७५ मा जनकपुरमा सडक विस्तारका साथै ढल निर्माणका बेला करिब छ/सात महिना व्यापार ठप्प भयो”, उहाँले भन्नुभयो, “लगत्तै कोरोना महामारीका समयमा भएको बन्दाबन्दीले व्यवसायलाई थप सङ्कटग्रस्त बनायो ।” पटकपटक व्यापार बन्द हुने, घरभाडा र बैंकको ब्याज निरन्तर बढ्ने भएकाले यस्तो अवस्था आएको उहाँको भनाइ थियो ।

समस्याबाटै सुधारको सुरुआत हुने हुँदा भएकाले राज्यले औद्योगिक क्रान्तिको जग बसाल्ने, आन्तरिक उत्पादन र उपभोक्ताको आम्दानी बढाउनेतर्फ ध्यान दिनुपर्नेमा व्यापारीले जोड दिएका छन् ।

“उत्पादनमूलक उद्योग छैनन् । घरजग्गामा लगानी गर्ने परिपाटी निरन्तर बढ्दो छ । यसले दीर्घकालमा अर्थतन्त्र धराशयी हुने देखिन्छ”, सङ्घका उपाध्यक्ष साहले भन्नुभयो, “राज्यले अनुत्पादक क्षेत्रमा लगानी गर्ने कर्र्जा नीतिलाई निरुत्साहित गर्दै उत्पादनमूलक उद्योगमा सहुलियतमा कर्जाको व्यवस्था गर्नुपर्छ ।” यहाँका व्यापारीको मनोबल उचो बनाउन र तत्काल समस्या समाधानका लागि रणनीतिक पहलकदमी लिनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिलेकै अवस्थामा यहाँका व्यापारी व्यापार/व्यवसाय छोडेर पलायन हुनुपर्ने भन्दै समस्या समाधानका लागि राज्यका साथै सरोकारवाला निकायले रणनीतिक पहलकदमी लिनुपर्ने उनीहरुको भनाइ थियो ।

टीकाराम सुनार र निरञ्जनकुमार साह / रासस

बैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने (भिडियोसहित)
काठमाडौं । कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवद्र्धधन गर्न बैशाख १ गते १७ औं फेवा नववर्ष सडक महोत्सव हुने भएको छ ।

नेपाली संस्कृतिको संरक्षण र खानाको प्रबद्र्धन गर्ने उद्देश्यले ‘पर्यटन,संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गते देखि बैशाख १ गतेसम्म १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको हो । कोरोना महामारीको कारण दुई वर्ष रोकिएको सडक महोत्सव पोखराको पर्यटन पुनत्र्थानको लागि सडक महोत्सन।व गर्न लागेको होटल संघ पोखराका अध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताउनु भयो ।

उहाँले पछिल्लो समय नेपाली नयाँ वर्ष पनि उत्साहका साथ मनाउन थालिएकाले पोखरा सडक महोत्सवमा १ लाख भन्दा बढी आन्तरिक पर्यटन आउने अनुमान रहेको बताउनु भयो । संयोजक सुवेदीले महोत्सवमा ३५ लाख खर्च हुने बताउनु भयो । उहाँले भन्नुभयो,‘पछिल्लो समय नेपाली नयाँ वर्ष मनाउने प्रचलन बढेकाले आन्तरिक पर्यटक नै १७ औं फेवा नव वर्ष महोत्सवमा १ लाख भन्दा बढी कट्ने अनुमान लगाएका छौं । कारोबारको हिसावमा व्यापार भन्दा पनि पोखराको पर्यटन प्रवद्र्धधन गर्ने उद्देश्य रहेको छ । संस्थाले घाटा नै खाएर भए पनि महोत्सव भए पनि ३५ लाख रुपैयाँ खर्च हुन्छ । ३० लाख रुपैयाँ उठि सकेको छ । बाँकी ५ लाख घाटा रहेको छ । पोखराको सबै होटल गरेर पर्यटकको लागि बेड क्षमता ४० हजार रहेका छन् । अहिले थग्न सक्ने अवस्थामा छौं ।’

त्यस्तै,होटल संघ नेपालमा वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन प्रवद्र्धन गर्न सरकारले बजेट मार्फत केही नीति ल्याए पनि कार्यान्वयन। नगरेको बताउनु भयो । सरकारले नीति ल्याउने तर काम नगर्ने भएकाले पर्यटन व्यवसायीहरु आफै पोखराको पर्यटन प्रवद्र्धधन गर्न पोखरा सडक महोत्सव गर्न लागिएको शाहले बताउनु भयो । उहाँले पछिल्लो समय नेपालमा भारत लगायत अन्य देशका पर्यटन बढ्दै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ पर्यटन प्रवद्र्धधनको लागि सरकारले बजेट मार्फत व्यवस्था गरेका नीतीहरु लागू गर्न सकेको छैन । सरकारले घोषणा गरेको १० दिने पर्यटन काँज एक महिनाको निशुल्क पर्यटन भिसा केही पनि लागू भएको छैन । तर चालु आर्थिक वर्ष सकिन लागेको छ । सरकारले बोलेका कुरा पूरा मात्रै गरे पनि हुनी हो। बोल्ने तर चुप लागेर बस्ने काम भएको छ । देशको पर्यटकिय राजधानी पोखरामा पर्यटन प्रवद्र्धधन गर्ने हामी लागि परेका छौं । यो महोत्सव आयोजना गरेर राम्रो काम गरेको छ । भारतबाट पनि धेरै पर्यटक आउन थालेका छन । काठमाडौं आए पछि पोखरा जाने गरेका छन्।’’

महोत्सवमा विभिन्न प्रकारका खानाका परिकार, विभिन्न सांस्कति झाँकी प्रस्तुती,ख्याती प्राप्त कलाकार प्रस्तुती र हास्यव्यग्य समेत हुने छ ।