केएल राहुल – News Polar

केएल राहुललाई दिल्लीले १४ करोडमा किन्यो
काठमाडौँ । केएल राहुल दिल्ली क्यापिटल्समा अनुबन्धित भएका छन् ।

साउदी अरेबियामा जारी आईपीएलको मेगा अक्सनमा उनलाई दिल्लीले १४ करोडमा टोलिमा भित्र्याएको हो ।

केएल राहुलको बचाउ गर्दै गौतम गम्भीरले भने – सामाजिक सञ्जालले प्लेइङ–११ तय गर्दैन
एजेन्सी । भारतीय प्रशिक्षक गौतम गम्भीरले केएल राहुलको बचाउ गर्दै टोलीको प्लेइङ–११ सामाजिक सञ्जालबाट तय नहुने बताएका छन् ।

सामाजिक सञ्जाल विशेषज्ञहरूले के सोच्छन् त्यो महत्त्वपूर्ण नरहेको भन्दै व्यवस्थापनले के सोचेको छ त्यो महत्त्वपूर्ण हुने उनको भनाई छ । मुख्य प्रशिक्षकले यो पनि भने कि व्यवस्थापनले केएल राहुललाई समर्थन गर्नेछ ।

अक्टोबर २४ देखि पुणेमा हुने दोस्रो टेष्टअघि गम्भीरले मिडियासँग कुरा गर्दै थिए । उनलाई केएल राहुलको चयनको बारेमा सोधिएको थियो । बेंगलुरु टेस्टको २ इनिङ्समा राहुलले १२ रन मात्र बनाउन सके ।

पहिलो इनिङ्समा उनी शून्य रनमा आउट भएका थिए र भारतीय टोलीले त्यो खेल ८ विकेटले गुमाएको थियो ।

यसपछि सामाजिक सञ्जालमा केएल राहुलको आलोचना भइरहेको छ ।

ऋषभ पन्तको फिटनेसको बारेमा सोधिएको प्रश्नमा गम्भीरले उनी एकदम ठिक रहेको र भोलि विकेटकिपिङ गर्ने बताएका छन् ।

बेंगलुरु टेस्टका क्रममा पन्तको दाहिने घुँडामा बल लागेपछि उनले मैदान छाड्नुपरेको थियो । पन्तको स्थानमा ध्रुव जुरेलले विकेटकिपिङ गरेका थिए ।

न्यूजिल्याण्डसँगको ३ टेस्टको शृङ्खलामा भारतीय टोली १–० ले पछि छ । अक्टोबर १६ यता बेंगलुरुमा भएको पहिलो खेलमा टोली ८ विकेटले पराजित भएको थियो ।

केएल राहुलले सेन्चुरियनमा छक्का प्रहार गर्दै शतक पूरा गरे, बनाए विश्व कीर्तिमान
एजेन्सी । भारतीय टोलीका ब्याट्सम्यान केएल राहुलले सेन्चुरियनमा बुधबार भएको बक्सिङ डे टेस्टको दोस्रो दिन दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा शतक बनाए । राहुलले १३३ बलमा १४ चौका र ४ छक्का प्रहार गर्दै शतक पुरा गरे ।

राहुलको यो इनिङ्सको प्रशंसा गर्न लायक रह्यो । किनभने भारतीय टोली धेरै दबाबमा थियो र राहुलले एक छेउमा प्रोटिस बलरहरूविरुद्ध साहसपूर्वक लडे र टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए ।

राहुल मिडल अर्डरमा ब्याटिङ गर्न आए र अर्को छेउबाट नियमित अन्तरालमा विकेटहरू झर्न थाल्यो । राहुलले आफ्नो एकाग्रता र आत्मविश्वासलाई तोड्न दिएनन् र शतक बनाएर विश्व कीर्तिमान बनाए । राहुलले आफ्नो नाममा धेरै कीर्तिमान बनाएका छन् ।

राहुल सेन्चुरियनमा दुई शतक प्रहार गर्ने विश्वकै पहिलो ब्याट्सम्यान बने । योसँगै राहुल सेन्चुरियनमा सर्वाधिक रन बनाउने अतिथि ब्याट्सम्यान पनि बनेका छन् । राहुल आउट हुने अन्तिम ब्याट्सम्यान बने । उनले १३७ बलमा १४ चौका र चार छक्का प्रहार गर्दै १०१ रन बनाए ।

केएल राहुल भारतका लागि अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने दोस्रो विकेटकिपर ब्याट्सम्यान बनेका छन् । राहुल भन्दा पहिले ऋषभ पन्तले यो कीर्तिमान गरेका थिए । गेराल्ड कोएत्जीले बोल्ड गरेको इनिङ्सको ६६ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गरेर राहुलले आफ्नो शतक पूरा गरे । राहुलको इनिङ्सका कारण भारतको पहिलो इनिङ्स ६७.४ ओभरमा २४५ रनमा अलआउट भयो ।

राहुल तीनै फर्म्याटमा विकेटकिपर ब्याट्सम्यानको भूमिका खेल्दै पहिलो खेलमा ५० भन्दा बढी रन बनाउने एकमात्र खेलाडी बने । राहुलले जनवरी २०२० मा अस्ट्रेलियाविरुद्धको राजकोट एकदिवसीयमा ८० रन बनाएका थिए । त्यसपछि जनवरी २०२० मा अकल्यान्डमा न्युजिल्यान्डविरुद्ध खेलिएको टी–२० अन्तर्राष्ट्रिय खेलमा राहुलले ५६ रन बनाएका थिए । अब राहुलले सेन्चुरियनमा दक्षिण अफ्रिकाविरुद्ध १०१ रन बनाएका छन् ।

केएल राहुलले कप्तानको रुपमा विराट कोहलीको ऐतिहासिक कीर्तिमान बराबरी गरे
एजेन्सी । केएल राहुलको नेतृत्वमा रहेको भारतीय टोलीले पार्लको बोल्याण्ड पार्कमा खेलिएको निर्णायक एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई ७८ रनले पराजित गर्यो ।

यो जितसँगै भारतले सिरिज २–१ ले जितेको छ । केएल राहुलले कप्तानको रुपमा यो खेल जितेर ठूलो उपलब्धि हासिल गरेका छन् । पहिलो खेलमा भारत ८ विकेटले विजयी भएको थियो ।

दोस्रो खेलमा दक्षिण अफ्रिकाले शानदार पुनरागमन गर्दै ८ विकेटले जित हात पारेको थियो । भारतले तेस्रो एकदिवसीय खेल जित्यो र केएल राहुल भारतका दोस्रो कप्तान बने जसले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा एकदिवसीय शृंखलामा हराए । यसअघि २०१८ मा विराट कोहलीको कप्तानीमा भारतले दक्षिण अफ्रिकालाई घरमै एकदिवसीय सिरिजमा पराजित गरेको थियो ।

तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिका टोलीका कप्तान एडेन मार्करामले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ ओभरमा ८ विकेट गुमाएर २९६ रन बनाएको थियो । सन्जु सामसन (१०८ रन) ले आफ्नो अन्तर्राष्ट्रिय करियरको पहिलो शतक प्रहार गरे । योसँगै तिलक वर्माले आफ्नो एकदिवसीय करियरको पहिलो अर्धशतक बनाए । रिंकु सिंहको ब्याटबाट ३८ रन आयो ।

जवाफमा दक्षिण अफ्रिकी टोली ४५.५ ओभरमा २१८ रनमा अलआउट भयो । टोलीका तर्फबाट टोनी डी जर्जीले ८१ रनको इनिङ्स खेले । उनी बाहेक कप्तान एडेन मार्करामको ब्याटबाट ३१ रन आयो । निर्णायक खेलमा अर्शदिप सिंहले ४ विकेट लिए भने आवेश–सुन्दरले २–२ को सफलता हात पारे । मुकेश र अक्षरले १–१ विकेट लिए । यसरी भारतले तेस्रो एकदिवसीय खेल ७८ रनले जित्यो ।

केएल राहुलले तोडे रोहित शर्माको कीर्तिमान
एजेन्सी । भारतले आइतबार २०२३ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा सानदार प्रदर्शन गर्‍यो । नेदरल्याण्ड्सका बलरले भारतीय ब्याट्सम्यानविरुद्ध कुनै सफलता पाउन सकेनन् ।

पहिले ब्याटिङ गरेको भारतले ४१०र४ रनको ठूलो स्कोर बनायो । खेलमा केएल राहुलले रोहित शर्माले विश्वकपमा बनाएको शतकको कीर्तिमान भंग गरे ।

रोहित शर्माको टोलीले विश्वकपमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । भारतका शीर्ष ३ ब्याट्सम्यानले नेदरल्याण्डविरुद्ध ५० प्लस रन बनाएका छन् । जहाँ श्रेयस अय्यर (१२८ अविजित) र केएल राहुल (१०२)ले शतकीय पारी खेले । दुवैले यो विश्वकपमा पहिलो शतक बनाए ।

अय्यर र राहुलको जोडीले चौथो विकेटका लागि २०८ रनको साझेदारी गरे । दुईको शानदार प्रदर्शनका कारण भारतले खेलको अन्तिम ओभरमा ४ सय रनको अंक पार गर्यो । केएल राहुलले तीव्र ब्याटिङ गर्दै ६२ बलमा शतक बनाए । यो विश्वकपमा भारतीयले बनाएको सबैभन्दा छिटो शतक हो ।

यसअघि यो कीर्तिमान रोहित शर्माको नाममा थियो । रोहितले अफगानिस्तानविरुद्ध ६३ बलमा शतक बनाएका थिए । रोहित भन्दा पहिले वीरेन्द्र सहवागले सन् २००७ मा ८१ बलमा शतक बनाएका थिए । विराट कोहलीले सन् २०११ मा बंगलादेशविरुद्ध ८३ बलमा शतक बनाएका थिए ।

चौका भनेर हानेको बल छक्का लागेपछि राहुललाई लागेन विश्वास
एजेन्सी । भारतीय ब्याट्सम्यान/विकेटकिपर केएल राहुलले चेन्नईमा आफ्नो उत्कृष्ट ब्याटिङले सबैको मन जिते । दबाबले भरिएको खेलमा राहुलले शानदार ब्याटिङ गर्दै ९७ रनको यादगार इनिङ खेले ।

राहुलले कोहलीसँग चौथो विकेटका लागि १६५ रनको साझेदारी गरे र टीम इण्डियालाई २०२३ को विश्वकपमा पहिलो जितको स्वाद दिलाए । प्याट कमिन्सको बलमा छक्का प्रहार गर्दै राहुलले भारतलाई जित दिलाए । तर, छक्का प्रहार गरेपछि भारतीय ब्याट्सम्यानले पत्याउन सकेनन् र उनको प्रतिक्रिया हेर्न लायक थियो ।

केएल राहुलले ४२औँ ओभरको दोस्रो बलमा प्याट कमिन्सविरुद्ध कभरमा उत्कृष्ट छक्का प्रहार गरेर खेल समाप्त गरे । छक्का प्रहार गरेपछि राहुलको अनुहारको भाव अचानक परिवर्तन भयो र उनी ब्याट समातेर बसे ।

केही मिनेटपछि राहुलको अनुहारमा मुस्कान आयो । राहुललाई हेर्दा उनी चौकाको अपेक्षा गरिरहेका थिए, तर बल सिधै बाउन्ड्री लाइनमा पुग्यो । राहुलको यो प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

Winning Six by KI Rahul

Massive#TeamIndia#ViratKohli #KLRahul #INDVAUS #CWC23 #ICCWorldCup #CricketTwitter pic.twitter.com/T7sfIwTiPF

— पत्रकार मोहतरमा (@AbonitaMallick5) October 8, 2023

केएल राहुल क्रिजमा आउँदा भारतीय टोलीले मात्र २ रनको स्कोरमा तीन ठूला विकेट गुमाइसकेको थियो । यस्तो अवस्थामा राहुलले सुरुमा बुद्धिमानी ब्याटिङ गरे र एक वा दुई रनमा बढी आत्मविश्वास देखाए । क्रिजमा बसेपछि, भारतीय ब्याट्सम्यानले आफ्नो क्लासको उत्कृष्ट प्रमाण दिए र मैदानको चारै कुनामा धेरै सुन्दर शटहरू प्रहार गरे । राहुलले ११५ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ९७ रनको अविजित इनिङ खेले ।

केएल राहुलले नेपालविरुद्धको खेल नखेल्ने
एजेन्सी । भारतका विकेटकिपर तथा ब्याट्सम्यान केएल राहुलले चोटका कारण एशिया कप २०२३ को समूह चरणका खेल गुमाउने भएका छन् । भारतले समूह चरणमा दुई खेल खेल्नुपर्नेछ । पहिलो खेल सेप्टेम्बर २ मा पाकिस्तानसँग र दोस्रो खेल सेप्टेम्बर ४ मा नेपालसँग हुनेछ ।

भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडले मंगलबार पत्रकार सम्मेलनमा केएल राहुल अहिले बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)मा रहने बताएका छन् ।

एसिया कप सुपर–४ चरणअघि सेप्टेम्बर ४ मा टोलीमा उनको पुनरागमन हुनेबारे पुनः घोषणा गरिनेछ । राहुल एसिया कपका लागि घोषणा गरिएको १७ सदस्यीय टोलीमा परेका छन् ।

द्रविडका अनुसार एनसीएमा पछिल्लो एक सातामा राहुलले निकै राम्रो प्रदर्शन गरेका छन् । ‘राहुलमा प्रगति देखिन्छ । हामी राहुललाई पूर्ण रूपमा फिट हुन थप समय दिन चाहन्छौं । उसले पुनरागमन गर्नेमा म विश्वस्त छु । तत्कालका लागि राहुल टोलीसँग यात्रा गर्ने छैनन् ।’ उनले भने ।

कहिले विवाह गर्दैछन् क्रिकेटर केएल राहुल र अभिनेत्री आथिया शेट्टी ?
एजेन्सी । बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल आफ्ना प्रेम सम्बन्धका कारण प्रायः चर्चामा आउने गर्छन् ।

मिडिया रिपोर्टका अनुसार दुबैले छिट्टै विवाह गर्ने बताइएको भने विवाहको मिति पनि सार्वजनिक भएको छ ।

केएल राहुलका एक नजिकका साथीले भारतीय सञ्चारमाध्यम पिंकभिलालाई बताए कि आथिया र केएल राहुलले जनवरी २०२३ मा विवाह गर्नेछन् । दुवैको विवाह समारोह २१ देखि २३ जनवरीसम्म हुनेछ । बिहे आउन केही दिन मात्रै बाँकी रहेकाले दुबै परिवारमा बिहेको तयारी तिब्र रुपमा भइरहेको छ ।

स्रोतका अनुसार दुवैले दक्षिण भारतीय रीतिथिति अनुसार विवाह गर्ने छन् । हल्दी, मेहन्दी, संगीत लगायत अन्य धेरै अनुष्ठानहरू हुनेछन् । तर नजिकका साथीभाइ र परिवारका सदस्यहरू मात्र यसमा सहभागी हुनेछन् । यो जोडीको विवाहको निमन्त्रणा डिसेम्बरको अन्तिम दिनमा दिइनेछ ।

आथियाले सन् २०१५ मा सुरज पञ्चोलीसँग फिल्म ‘हिरो’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यससँगै उनले थप दुई फिल्ममा पनि काम गरिसकेका छन्, जसमा ‘मुबारकन’ र ‘मोतीचूर चकनाचूर’ फिल्म छन् ।

मुम्बईविरुद्धको जितपछि लखनउलाई झट्का, कप्तान केएल राहुललाई लाखौं रुपैयाँ जरिवाना
एजेन्सी ।आईपीएल २०२२ अन्तर्गत शनिबार (अप्रिल १६)को खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

ब्रेबोर्न स्टेडियममा भएको यो जितपछि पनि लखनउको टोली स्तब्ध बनेको छ । सो टिमका कप्तान केएल राहुललाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको हो । आईपीएलमा तेस्रो शतक प्रहार गर्ने राहुललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

आईपीएलको आचार संहिता अन्तर्गत न्यूनतम ओभर–रेटको अपराधसँग सम्बन्धित लखनउको यो सिजनको पहिलो अपराध हो, त्यसैले राहुललाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । राहुलअघि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई दुई पटक र दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई एक पटक जरिवाना गरिएको छ ।

ओभर रेट भनेको बलिङ पक्षले एक घण्टामा गरेको ओभरको औसत संख्या हो । आईसीसीको नियमअनुसार एकदिवसीय र टी–२० खेलमा एक घण्टामा १४.१ ओभर र टेस्टमा १४.२ ओभर बलिङ गर्नुपर्छ । एकदिवसीयमा, बलिङ पक्षलाई ५० ओभर बलिङ गर्न कुल ३.५ घण्टा दिइएको छ । त्यसैगरी, टी–२० खेलमा टोलीले एक घण्टा २५ मिनेटमा इनिङ्स पूरा गर्नुपर्ने हुन्छ अर्थात् २० ओभरको कोटा फाल्नुपर्छ ।

खेलको कुरा गर्दा मुम्बईका कप्तान रोहितले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । लखनउ सुपर जायन्ट्सले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो । त्यसका लागि कप्तान केएल राहुलले ६० बलमा अविजित १०३ रन बनाए । आईपीएलमा मुम्बईविरुद्धको यो उनको दोस्रो शतक हो । यसअघि सन् २०१९ मा उनले वानखेडे स्टेडियममा शतक बनाएका थिए ।