कृषि क्षेत्र – News Polar

कृषि क्षेत्रको आमूल सुधारका लागि ऐन संशोधन र लगानी वृद्धिमा सांसदहरूको जोड
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले मुलुकको कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र उत्पादनमुखी बनाउन तत्काल नीतिगत तथा कानुनी सुधार आवश्यक रहेकोमा जोड दिएका छन्।

बैठकमा विभिन्न दलका सांसदहरूले दशकौँ पुराना ऐन–कानूनका कारण कृषि क्षेत्र अपेक्षित रूपमा विकसित हुन नसकेको भन्दै राज्यको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले युवा पलायन रोक्न, किसानलाई प्रत्यक्ष अनुदान उपलब्ध गराउन, विचौलिया प्रथाको अन्त्य गर्न तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई स्वायत्त र प्रभावकारी बनाउने विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अलि भाटले कृषि क्षेत्रमा रोजगारीका अवसर विस्तार गरी युवा पलायन रोक्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक रूपमा विकास गर्न सके मासिक ३० देखि ५० हजार रुपैयाँसम्म आम्दानी सम्भव रहेको उल्लेख गर्दै त्यसका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो।

सांसद भाटले फलफूल खेती, धान खेती, पशुपालन, माछापालन र अलैँची खेतीजस्ता क्षेत्रलाई व्यवस्थित र व्यवसायिक बनाउन सके युवाहरूलाई स्वदेशमै रोक्न सकिने धारणा राख्नुभयो। उहाँले पुराना ऐन–कानूनहरू वर्तमान आवश्यकतासँग मेल नखाने भएकाले तत्काल संशोधन गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर बयकले स्पष्ट कृषि नीति र दीर्घकालीन योजनाको अभावका कारण किसानहरू समस्यामा परेको बताउनुभयो। उहाँले कृषि प्रधान देश भनिए पनि व्यवहारिक रूपमा राज्यको लगानी र प्राथमिकता कमजोर रहेको टिप्पणी गर्नुभयो।

उहाँले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यशैली, कर्मचारीतन्त्रको जटिलता र राजनीतिक प्रभावका कारण अनुसन्धानदेखि उत्पादन तहसम्म समस्या देखिएको उल्लेख गर्नुभयो। साथै, किसानले समयमै मल, बीउ र तालिम नपाउँदा कृषि क्षेत्र संकटमा परेको उहाँको भनाइ थियो।

सांसद बयकले वि.सं. २०४८ सालको पुरानो ऐनलाई आधार बनाएर सामान्य सुधारले मात्र वर्तमान आवश्यकता पूरा गर्न नसकिने बताउँदै कृषि शिक्षालाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले अनुदान वास्तविक किसानसम्म नपुग्ने अवस्था अन्त्य गर्न कडा अनुगमन आवश्यक रहेको उल्लेख गर्नुभयो।

नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले तीन दशक पुरानो कृषि ऐन तत्काल संशोधन गरी कृषि क्षेत्रको विकासलाई गति दिनुपर्नेमा जोड दिनुभयो। उहाँले कृषि अनुसन्धान प्रणालीलाई सुदृढ बनाउन कानुनी सुधार अनिवार्य रहेको बताउनुभयो।

सांसद पोखरेलले कृषि क्षेत्रमा न्यून लगानी रहेकोप्रति असन्तुष्टि जनाउँदै लगानी वृद्धि गर्न सरकारलाई आग्रह गर्नुभयो। उहाँले कृषि वैज्ञानिकहरूको पलायन रोक्न विशेष प्रोत्साहन कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले कृषि मल उत्पादन, सहुलियतपूर्ण कृषि ऋण, गाउँ–गाउँमा कृषि प्राविधिकको व्यवस्था तथा स्थानीय तहमा कृषि कार्यालय स्थापना गर्नुपर्ने सुझाव दिनुभयो। उहाँका अनुसार यी सुधारहरू कार्यान्वयन भएमा कृषि क्षेत्र आत्मनिर्भरतातर्फ अघि बढ्न सक्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुजाता तामाङले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पूर्ण स्वायत्त बनाएर पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले प्रशासनिक जटिलता र राजनीतिक हस्तक्षेपका कारण कृषि अनुसन्धान अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको बताउनुभयो।

उहाँले विश्वविद्यालयस्तरको अनुसन्धान र किसानको व्यवहारिक अभ्यासलाई जोडेर ‘दोहोरो सिकाइ’ प्रणाली विकास गर्नुपर्ने सुझाव दिनुभयो। साथै, नार्कलाई परिणाममुखी बनाउन संस्थागत सुधार अपरिहार्य रहेको उहाँको भनाइ थियो।

बैठकमा सांसदहरूले कृषि क्षेत्रलाई दीर्घकालीन रूपमा सबलीकरण गर्न नीतिगत स्पष्टता, लगानी वृद्धि, प्रविधि विस्तार र संस्थागत सुधार अनिवार्य रहेको निष्कर्ष निकाल्दै सरकारलाई आवश्यक निर्देशन दिने सहमति गरेका छन्।

कृषिउपजले बजार नपाउँदा किसान समस्यामा
इलाम: बजार अभावले कृषि क्षेत्र सङ्कटमा पुगेको जनाउँदै इलामका किसानले गुनासो गरेका छन् । उनीहरुले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका हुन् । प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्दै आउनुभएका सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराइले पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू छुर्पी देख्दा चिन्तित हुन थालेको बताउनुभयो ।

उत्पादित कृषिउपजले बजार नपाउँदा किसानले हातमुख जोड्न समस्या भएको बताएपछि किसानसम्बद्ध सङ्घसंस्थाले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । किसानलाई प्रोत्साहन कम भएको जनाउँदै सूर्योदय उद्योग वाणिज्य सङ्घ, नगरस्थित राष्ट्रिय कृषक समूह महासङ्घ, एलाइन्स फर एग्रो इन्टरप्रेसनर्स र हिमालयन चिज उत्पादक सङ्घले सूर्योदय नगरप्रमुख रणबहादुर राईलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

सूर्योदय नगरमा दिनहुँ उत्पादन हुने करिब ६० हजार लिटर दूधको बिक्री र मूल्य भुक्तानीको व्यवस्था सहज गर्न, हाल ‘स्टक’ रहेको ३७ हजार किलो घ्यू र ४८ हजार किलो छुर्पी र ९३ हजार किलो चिज ९इलाम जिल्ला भरको० बिक्रीका लागि व्यवस्था गर्न माग गरिएको नगरस्थित राष्ट्रिय कृषक समूह महासङ्घका सचिव मदन पौड्यालले बताउनुभएको छ ।

इलाम कृषि तथा पशुपालन उद्योगबाटै ख्याति कमाएको जिल्ला भए पनि जीवनयापनको आधार सङ्कटग्रस्त भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । भारतबाट आयात हुने दुग्ध पदार्थभन्दा सस्तोमा यहाँको दुग्ध परिकार उत्पादन गर्ने वातावरण बनाउन, लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरेको अवस्थामा त्यसलाई तीव्र गतिमा अघि बढाउन पनि माग राखिएको हिमालयन चिज उत्पादक सङ्घ सूर्योदयका सचिव तोयानाथ महतले बताउनुभयो । उहाँका अनुसार, लम्पीस्किन रोगको खोप कार्डबिना किसानले गाईको बीमासमेत नगर्ने भएकाले पशु बिमा सहज बनाउन आवश्यक समन्वय गरिदिन र खोरेतमुक्त क्षेत्र निर्माणका लागि आवश्यक पहल गर्न माग गरिएको छ ।

“कृषकले थालेको दूध र दुग्ध व्यवसाय करिब एक वर्षदेखि बजारमा आएको उत्तारचढावका कारण अप्ठ्यारामा छ । खेतबारी मासेर लगाएको चियाको हरियोपत्तीको मूल्य महिनौँदेखि कृषकले पाएका छैनन्”, सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले भन्नुभयो, “जिल्लाभर अलैँचीको ७५ प्रतिशत बगान मासिएको छ । अब किसानको बाँच्ने जग कमजोर बन्दै गएको छ ।”

उनीहरूले स्थानीय सरकारमार्फत् तीनै तहका सरकारले समस्या समाधानका लागि तत्काल पहल थाल्न ध्यानाकर्षण गरेका हुन् । सूर्योदय–११ का गोपाल भट्टराइले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्नुहुन्छ । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहनुभएका उहाँले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री गर्नुहुुन्छ । तर, पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू छुर्पी देख्दा उहाँको मनमा चिसो पस्न थालेको छ । “हाम्रो ठाउँमा आशलाग्दो बनेको गाईपालन नै मासिएलाजस्तो छ”, उहाँ भन्नुहुन्छ, “दूध बिकेन भने किसानले हातमुख कसरी जोड्ने रु घरघरमा अभाव छिर्ने खतरा बढ्यो ।”

दुग्ध पदार्थ बिक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ सुरु हुने त्रास बढेको छ । घ्यू र छुर्पी बिक्री नभएपछि विराटनगर दुग्ध वितरण आयोजनाले मात्र होइन निजी क्षेत्रका डेरीले किसानको दूधको भुक्तानी दिन सकेका छैनन् । यसका कारण कृषक अप्ठ्यारोमा परेका छन् । “यसअघि गुणस्तरको आधारमा प्रतिलिटर रु ७० सम्म दूधको मूल्य पाएका किसानले अहिले ४०–५० मा चित्त बुझाउनुपरेको छ ।” सूर्योदय –१ मकरजुङका किसान जीवन पोखरेल भन्नुहुन्छ, “न समयमा पेमेन्ड हुन्छ, सबै उद्योगमा सामान स्टक देखिन्छ । यो पाराले त मिल्क हालिडे होलाजस्तो भइसक्यो”, इलाममा दुग्ध विकास संस्थान ९डिडिसी०र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब चार हजार परिवार कृषकको यस्तै ब्यथा छ ।

सूर्योदयका दुग्ध व्यवसायी अमृत पाण्डेले घ्यू छुर्पी बिक्री नभएपछि निजी डेरीले दूधको मूल्य घटाउन बाध्य हुनुपरेको बताउनुभयो । सन्राइज डेरी उद्योगमा दैनिक दुग्ध सङ्कलन गर्दै आउनुभएका पाण्डेसँग हाल घ्यू छुर्पी स्टक रहेको छ । उहाँ भन्नुहुन्छ, “सकेसम्म ऋण लिएर पनि किसानको भक्तानी समयमा गरिरहेको थिएँ तर, अब अवस्था जटिल भइसक्यो ।”

आयोजनाले पनि घ्यू, पाउडर दूधको बिक्री सहज नभएसम्म किसानको दूधको मूल्य भुक्तानी सहज नहुने जनाएको छ । विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले अहिले घ्यू र पाउडर गरेर एक सय ३३ टन दुग्ध पदार्थ स्टकमा रहेको जानकारी दिनुभयो । “भण्डारण कक्ष कुनै खाली छैनन्”, उहाँले भन्नुभयो, “बिक्री ठप्प भएपछि आयोजनालाई दैनिक सङ्कलन हुने दुग्ध व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै गएको छ ।”

पशुलाई दाना खुवाउन पनि ऋण काँड्नुपर्ने अवस्था आएको गुनासो पोख्दै कृषक राजन भट्टराईले निजी डेरीले दूध लिनै छोड्छन् की भन्ने डर सुरु भएको बताउनुभयो । उहाँलाई आयोजनाले दूध थेग्न नसकेपछि मिल्क होलिडे सुरु हुने आशङ्का छ । सूर्योदय नगरपालिका–१२ का अर्का कृषक भूपेन्द्र गड्तौला आयोजनाले कृषकको दूध खरिद गर्दिन भन्न नमिल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “डिडिसी सरकारको निकाय हो, उसले किसानको दूध अस्विकार गर्न मिल्दैन ।”

आयोजना प्रमुख चौधरीले क्षमताले धान्न नसक्ने अवस्था आउन लागेको बताउनुभयो । “आयोजनालाई छोडेर निजी डेरीसँग कारोबार गर्न थालेका दुग्ध कारोबार गर्ने सहकारीले आयोजनामै दूध पठाउन थालेपछि आयाजनाको क्षमताले थाम्न मुस्किल भएको छ ।” उहाँले भन्नुभयो । गत जेठ महिनादेखि आयोजनामा दूध बिक्रीको चाप बढ्न थालेको हो ।

दुग्ध पदार्थ बिक्री नभएपछि आयोजनाले कृषकलाई पुस महिनादेखिको दूधको रु ३० करोड भुक्तानी दिन नसकेको चौधरीले स्वीकार गर्नुभयो । उहाँका अनुसार, आयोजनाले इलाम, झापा, धनकुटा, तेह्रथुम र विराटनगरका स्थानीय कृषकबाट दैनिक २२ हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ भने अन्य आयोजनाबाट १५ हजार लिटर खरिद गरेर दैनिक ३७ हजार लिटर दूध जम्मा गर्ने गरेको छ । जम्मा भएको दूधमध्ये दैनिक पाँच हजार लिटर स्थानीय बजारमा खपत भए पनि अरू प्रशोधन गरेर घ्यू र पाउडर दूध बनाउने गरिएको छ ।

आयोजनाले इलामबाट दैनिक आठ हजार लिटर, झापाबाट पाँच हजार लिटर, धनकुटाबाट छ हजार लिटर, तेह्रथुमबाट दुई हजार लिटर, आयोजना आसपासका कृषकबाट एक हजार लिटर र अन्य आयोजनाबाट १५ हजार लिटर दूध खरिद गर्दै आएको छ । विसं २०३० देखि दुग्ध सङ्कलन गर्दै आएको छ । पाँच बिघा क्षेत्रमा फैलिएको आयोजनाको दुग्ध स्टोर गर्ने क्षमता एक लाख लिटर छ भने प्रतिघण्टा पाँच हजार लिटर प्रशोधन गर्न सक्छ ।

विराटनगर आयोजनाले इलामको शान्ति डाँडा, पूवाखोला, बिब्ल्याटे, लक्ष्मीपुर, तीनघरे, फिक्कल, कुटी डाँडा, झापाको गरामनी, धनकुटाको हिले र चित्रेमा चिलिङ सेन्टर स्थापना गरेर कृषकको दुग्ध सङ्कलन गर्दै आए पनि दुग्ध सहकारीले आयोजनालाई दुग्ध दिन बन्द गरेपछि पुवाखोला, लक्ष्मीपुर, कुटी डाँडाको चिलिङ सेन्टर बन्द गरेको छ ।

इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ । निजी डेरीमा मात्रै एक हजारभन्दा बढी कृषकले दुग्ध बिक्री गर्दै आएका छन् । इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दुग्ध सङ्कलन गर्ने आएका छन् । स्थानीय बजार क्षेत्रमा दैनिक पाँच हजार लिटर दुग्ध बिक्री हुने गरेको छ । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेको छ । ललिपप, बम्बैसनजस्ता मिठाई बनाउने उद्योगले तीन हजार लिटर र भारतका बजारमा तीन हजार लिटर दुग्ध बिक्री हुने गरेको दुग्ध व्यवसायमा संलग्न व्यवसायी बताउँछन् । इलाममा १८ चिज कारखाना, एक सय ५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ ।

इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ । गाईपालनमा किसानको लगानी भए पनि अनिश्चित बजार र सरकारको बेवास्थाको कारण दुग्ध व्यवसाय सङ्कटमा पर्दै गएको राष्ट्रिय कृषक समूह महासङ्घ इलाम अध्यक्ष विष्णु दुलालले बताउनुभयो ।

मनोज अधिकारी / रासस

भोटेचौरमा २५ युवाको व्यावसायिक अग्र्यानिक कृषि फार्म
भोटेचौर । पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन् । कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरिरहेका छन् ।

राजधानी काठमाडौँसँगै जोडिएको मेलम्ची नगरपालिका भोटेचौरमा सिन्धु एकीकृत अग्र्यानिक कृषि फार्म तथा फार्मस्टे सञ्चालनमा छ । ८० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा फलफूल, मौसमी तथा बेमौसमी तरकारीका साथै गाई, बाख्रा र स्थानीय जातका कुखुरा पालिएको छ ।

सो समूहले रु तीन करोड लगानीबाट सुरु गरेको फार्ममा हाल रु सात करोड बढी लगानी पुगेको छ । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचेर कृषि कर्मबाट पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण बन्ने लक्ष्य लिएको फार्मका सञ्चालक झलक सुवेदीले बताउनुभयो । फार्ममा उत्पादन भएको तरकारी, फलफूल, कुखुरा, अण्डा, बाख्रालगायत कृषि उपज राजधानीसम्म ढुवानी हुने गरेको छ । करिब सात वर्ष विदेशमा कृषि क्षेत्रमा गरेको कामको अनुभवलाई थोरै लगानीमै स्वदेशमै केही गरेर जीविकोपार्जन र आम्दानी गर्ने उद्देश्यले सामूहिक रुपमा कृषि कर्ममा अग्रसर भएको अर्का सञ्चालक रमा श्रेष्ठको भनाइ छ ।

बहुउद्देश्यीय रुपमा सञ्चालित फार्ममा कृषि उद्यमसँगै पाहुनाका लागि रोजे अनुसारको खाने बस्ने सुविधाको फार्मस्टे पनि सञ्चालनमा छ । अहिले ३५ जनाले फार्म भित्रका विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आफ्नै गाउँठाउँमा रोजगारी पाउँदा स्थानीय शुक्रराज र विमला विश्वकर्माको दम्पत्ति पनि खुसी हुनुहुन्छ । उहाँहरुले आफ्नै ठाउँमा काम गर्न पाउँदा सन्तुष्ट रहेको बताउनुभयो ।रासस