कुञ्जन घिमिरे – News Polar

धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
काठमाडौँ । हास्य कलाकार तथा सामाजिक अभियन्ता कुञ्जना घिमिरेले आफ्नो भावनात्मक सामाजिक सञ्जाल अभिव्यक्तिमार्फत धुर्मुस (सीताराम कट्टेल)  को अवस्था र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनासँग जोडिएको ऋण तथा न्याय खोजको विषयमा सार्वजनिक अपिल गरेकी छन् ।

सामाजिक सञ्जालमा उनले “भागेको होइन, पलपल मर्न नसकेर, सास फेर्न गाह्रो भएर निसास्सिएर बाँच्न सकिन, मरेर न्याय पाइँदैन, जसरी हुन्छ जिउनुपर्छ भनेर सबैसँग चित्त दुखेर हिँडेको” भन्दै भावनात्मक टिप्पणी गरेकी छन् । उनले पुराना तस्बिरहरू हेर्दा अझै पनि आफू भावुक हुने गरेको उल्लेख गर्दै धुर्मुस न्याय खोज्दै आफ्नै देश फर्किएको बताएकी छन् ।

कुँजनाले सामाजिक सञ्जालमार्फत धुर्मुसलाई साथ दिन र उनलाई ‘खेद्न छोड्न’ समेत आग्रह गरेकी छन् । उनको भनाइमा धुर्मुसले अहिले न्यायको खोजीका लागि प्रयास गरिरहेको र उनलाई सहयोग तथा समर्थन आवश्यक रहेको भाव व्यक्त गरिएको छ ।

यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत चितवनमा निर्माण थालिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनाका क्रममा लागेको ऋण फर्स्योटको विषय लामो समयदेखि उठ्दै आएको छ । निर्माणका क्रममा विभिन्न व्यक्ति तथा संस्थासँग लिइएको ऋण अझै पूर्ण रूपमा तिर्न नसकिएको विषय सार्वजनिक हुँदै आएको छ ।

रंगशाला निर्माणसँग सम्बन्धित आर्थिक दायित्व र समाधानका लागि धुर्मुस (सीताराम कट्टेल) ले लामो समयदेखि सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग पहल गर्दै आएका छन् । उनले परियोजनाका क्रममा भोग्नुपरेका आर्थिक चुनौती र कठिनाइबारे पनि सार्वजनिक रूपमा पटक–पटक धारणा राख्दै आएका छन् ।

यसैबीच कुञ्जना घिमिरेको पछिल्लो अभिव्यक्तिलाई पनि उक्त परियोजनासँग जोडिएको आर्थिक दायित्व समाधान र न्याय खोजीको सन्दर्भमा महत्त्वपूर्ण प्रतिक्रियाका रूपमा हेरिएको छ ।