काभ्रे – News Polar

काभ्रेपलाञ्चोकमा सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन
काठमाडाैँ । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनिधि सम्मिलित सोमबारको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा त्यससम्बन्धी नेपाल सरकारको कानुनी व्यवस्था कडाइका साथ लागू गर्न उक्त निर्देशन दिइएको हो ।

समितिले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका सार्वजनिकस्थलको तत्कालै अनुगमन गरी तोकिएको स्थानभन्दा १०० मिटर वरिपरि सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन बन्द गराउन भनेको हो । तोकिएको स्थानमा सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन बन्द गराउने कार्य कडाईका साथ लागू गर्न जिल्लास्थित १३ वटै स्थानीय तहलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा नेपाल सरकारले तोकेका सार्वजनिकस्थलको वरिपरि सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने कानुनी व्यवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई त्यससम्बन्धी कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न पत्राचारसमेत गरिसकेको प्रजिअ अधिकारीको भनाइ छ ।

जिल्लाको बेथानचोक गाउँपालिकाले सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा कडाइ गर्ने भएको छ । गाउँपालिकाद्वारा जारी सार्वजनिक सूचनामा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय धुलिखेलबाट प्राप्त परिपत्रका आधारमा उक्त निर्णय कार्यान्वयनमा ल्याउन लागिएको सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सार्वजनिक तथा संवेदनशील क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री–वितरण र प्रयोग नगर्न व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गर्दै सूचनाको अवज्ञा गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा भनिएको छ ।

काभ्रेपलान्चोकमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । काभ्रेपलान्चोमा आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु भएको छ।

बनेपा नगरपालिका–३ तीनघरेमा बसको ठक्करबाट एक युवक तथा सोही नगरपालिका– ८ मा जिपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार बसको ठक्करबाट बनेपाका १६ वर्षीय राजेश तामाङ र जिपले ठक्कर दिँदा बनेपा–१० पुलबजारका ८० वर्षका गङ्गालाल मानन्धरको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
काठमाडाैँ । काभ्रे जिल्ला अदालतमा नौ ‘आपाराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दर्ता भएका ती मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता भएको हुन् ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनमा संलग्न भएकाविरुद्ध परेको किटानी जाहेरीका आधारमा प्रहरीले निरन्तर अनुसन्धान गरी नौ मुद्दा दर्ता गरेको जनाइएको छ । यसअघि इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पाँचखाल र पनौती नगरपालिका ३ कुशादेवीस्थित गोपी थापाले दर्ता गरेको आपाराधिक उपद्रवविरुद्धको अभियोग दर्ता भएको थियो भने पछिल्ला महिनामा छ मुद्दा प्रहरीमा दर्ता गरिएका थिए ।

जिल्लास्थित सहायक जिल्ला न्यायाधिक्ता निष्ठा कर्माचार्यका अनुसार पनौतीका तत्कालीन नेपाली कांग्रेसका केन्दीय सदस्य शिवप्रसाद हुमागार्इं, पनौती नगर उपप्रमुख गीता बञ्जारा, पनौती नगर पूर्वप्रमुख भीम न्यौपाने तथा उहाँको छोरा दीपक न्यौपाने र २ नं वडाका अध्यक्ष पुरुषोतम अधिकारी तथा धुलिखेलका तत्कालीन नगरप्रमुख अशोक ब्याञ्जूलगायतले दिएको जाहेरीका आधारमा दर्जनौँ व्यक्तिविरुद्ध आपाराधिक उपद्रव मुद्दा दर्ता गरिएको हो ।

हुमागार्इंको जाहेरीमा ६ जनाविरुद्ध, अधिकारीले १४ जनाविरुद्ध, जाहेरीमा ११ जनाविरुद्ध, न्यौपानेद्वयले २०÷२० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । यस्तै नगरप्रमुख रामशरण भण्डारीले दिएको जाहेरी भने तामेलीमा राखिएको जनाइएको छ । यसअघि आरोप लागी पक्राउ गरिएका अधिकांश धरौटीमा छुटेका छन् । निर्वाचनअघि सरकारले परिपत्र गरेपछि हिरासतमा रहेकलाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

पूर्व नगरप्रमुख न्यौपानेले गत भदौ २४ गते घरमा भएको आगलागीका कारण रु ९४ लाख ९३ हजार ५१० क्षति भएको जाहेरीमा उल्लेख गर्नुभएको छ । यस्तै दीपक न्यौपानेको जाहेरीमा रु ६० लाख ६२ हजार २८५, बञ्जाराको जाहेरीमा रु ८४ लाख १३ हजार क्षति भएको उल्लेख गरिएको छ । त्यस्तै अधिकारीले रु ६ लाख ५६ हजार, हुमागार्इंको रु ३६ लाख ७४ हजारको क्षति भएको उल्लेख छ ।

यसैगरी ब्याञ्जूको किटानी जाहेरीमा करिब रु ६० लाख क्षति भएको उल्लेख गरिएको छ । किटानी जाहेरी दर्ता गर्नेले आफ्नो घरमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको उल्लेख गरेका छन् । जिल्ला प्रहरी प्रमुख कोमल शाहले दर्ता भएका मुद्दामा संलग्न भएकाको खोजीकार्य एवं थप अनुसन्धान भइरहेको बताए।

जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलनका क्रममा जिल्लाका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति प¥याइएको थियो । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पु¥याइएको थियो । उक्त आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार जनाले काठमाडौँमा ज्यान गुमाएका थिए ।

प्रतिनिधिसभा निर्वाचनः काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै
काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट एक पुराना उम्मेदवारसहित २४ जनाबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचनमा १६ दल र आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा पुराना र नयाँ दलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । यस पटकको निर्वाचनमा यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन(२०७९ मा प्रत्यक्षतर्फ एमालेका गोकुल बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर विजयी हुनुभएको थियो । सोही निर्वाचनको समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, रास्वपा तेस्रो र नेकपा (तात्कलीन माओवादी केन्द्र)चौथो पार्टीका रूपमा रहेका थिए ।

यसपटक एमालेका ५४ वर्षीय केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जू, कांग्रेसका तर्फबाट ६१ वर्षीय केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, रास्वपाबाट ३३ वर्षीय बदनकुमार भण्डारी र नेकपाबाट ५५ वर्षीय बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गराउनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धुलिखेल नगरपालिकाका नगरप्रमुखसमेत रहनुभएका ब्याञ्जूले समाजले परिकल्पना गरेको र आजको आवश्यकता अनुसारको राजनीतिक प्रणालीलाई सुधार गर्दै समृद्धमुलुक निर्माणमा योगदान पु¥याउने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभयो ।

कांग्रेसका उम्मेदवार आचार्यले युवाहरूको भावनाअनुसार मुलुकमा सुशासनसहित भ्रष्टचारमुक्त समाज निर्माण गर्ने तथा दलीयकरणको अन्त्य गरी जनतालाई प्रत्यक्ष सेवा पु¥याउन आफूले उम्मेदवारी दिएको बताउनुभयो । यस क्षेत्रमा भने कांग्रेस पनौतीका नेता राजेशकुमार श्रेष्ठले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै रास्वपाले भण्डारीलाई उम्मेदवार बनाएर युवा पुस्ताको नेतृत्व लिने उद्देश्य बनाएको छ । भण्डारीको पनि मुलुकमा सुशासन कायम गर्न, भ्रष्टचारको नीतिगत अन्त्य गर्दै जेनजीको माग सम्बोधन गर्न उम्मेदवारी दिएको उल्लेख गर्नुभयो ।

नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका हुमागाईं यसअघि बागमती प्रदेशको कृषि मन्त्रीका रूपमा काम गरिसक्नुभएको छ । उहाँले भन्नुभयो, “देशमा सुशासन, समृद्ध राष्ट्रः सुखी नेपाली, नागरिकले खोजेको परिवर्तन तथा नयाँ पुस्ताको माग सम्बोधन गर्न, किसान, मजदुर र सर्वहारा वर्गको पक्षमा काम गर्न मैले उम्मेदवारी दिएको हुँ ।”

निर्वाचन कार्यालयका अनुसार २४ मध्ये दुई दल र एक स्वतन्त्र गरी तीन जना महिला उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटक पनि दलित उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छैनन् भने जनजातिका तर्फबाट २५ जनाको उम्मेदवारी परेको छ । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता छन् । कार्यालयका अनुसार क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० र क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम छन् । रासस

काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि पक्की
काभ्रेपलाञ्चोक । जिल्लाको कोशीपूर्व क्षेत्रको एक सडकखण्ड १५ वर्षपछि पक्की बनाइएको छ । विसं २०६६ मा बाटो खोलिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–बाफल करिब चार किलोमिटर सडक स्तरोन्नति गरी पक्की बनाइएको हो ।

ठेकेदार कम्पनीले सम्झौता अवधिभन्दा आठ महिनाअघि कालोपत्र सम्पन्न गरेको छ । गत साल मङ्सिर ३ गते जिल्लास्थित पूर्वाधार विकास कार्यालय धुलिखेल र निर्माण व्यवसायी पिएसके÷एभरेष्ट जेभीबीच ठेक्का सम्झौता गरेको थियो । आगामी मङ्सिर २ गतेसम्म ठेक्काको समयसीमा रहे पनि निर्माण कम्पनीले यही वैशाख पहिलो साता कालोपत्र सम्पन्न गरेको हो ।

उक्त सडकखण्ड बागमती प्रदेश सरकारको रु नौ करोड ३२ लाख ६५ हजार ५०० मा ठेक्का सम्झौता भएको थियो । कम्पनीका व्यवस्थापक प्रदीप गौतमका अनुसार पहिलो चरणमा तीन हजार ८०० मिटर ‘आसफाल्ट’ सम्पन्न भएको छ । अब यही ठेक्काअन्तर्गत थप ४०० मिटर ढलान भइरहेको गौतमले बताउनुभयो ।

यसैबीच सोही क्षेत्रअन्तर्गत अरनिको राजमार्गसँग जोडिएर दोलालघाट–फलाँटे–कोलाँती–पोखरीचौरी–गुराँसे सडकअन्तर्गत दोलालघाट–फलाँटे–कोलाँती सडकखण्डमा स्तरोन्नति भइरहेको छ । बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना–‘ए–एफ’ आयोजना कार्यान्वयन इकाइ भक्तपुरमार्फत साढे छ किलोमिटर सडक विस्तार भइरहेको जनाएको छ । यसमध्ये गत असोजको बाढीपहिरोले करिब डेढ किलोमिटर सडक क्षतिग्रस्त बनाएपछि आयोजनाले त्यस क्षेत्रमा थप नयाँ डिजाइन गर्नुपर्ने जनाएको छ । अर्को डिजाइन नहुँदासम्म यो क्षेत्रमा हाल काम नहुने आयोजनाका कार्यक्रम व्यवस्थापक उषेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विस्तारित सडकखण्डमा हाल नाली, टेवा पर्खाल, ग्याबिन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

एसियाली विकास बैङ्क (एडिबी)को लगानीमा बन्धन–भगवती निर्माण कम्पनीले रु १२ करोड (भ्याटबाहेक)मा ठेक्का सम्झौता गरेको थियो । २०८० साल चैत १३ गते ठेक्का सम्झौता गरी दुई वर्षमा सक्ने समयसीमा छ । हालसम्म योजनाको २५ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम
धुलिखेल । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ ।

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको समन्वयमा ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई तालिम दिइएको हो ।

बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा महाभारत र खानीखोला गाउँपालिका, मण्डदेउपुर नगरपालिका र कोशीपारिका भुम्लु र चौँरीदेउराली गाउँपालिका कफी उत्पादनका निम्ति सम्भावनायुक्त भएकाले स्थानीय तहसँगको साझेदारीमा ती क्षेत्रलाई कफी पकेट इलाकाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कृषिलाई उद्यमका रूपमा विकास गर्न सर्वप्रथम बाटो र बिजुलीलगायत पूर्वाधार निर्माण आवश्यक भएकाले पालिकाले त्यसलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षदेखि सामुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन हुँदै आएकामा यस वर्ष कफी उत्पादन वृद्धिका लागि तालिमको व्यवस्था गरिरहेको बताउनुभयो ।

कृषि विकास कार्यालयले यस वर्ष ४० हजार कफीका बिरुवा वितरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । यस वर्ष सो वडामा प्रदेश सरकारको रु ३० लाख, गाउँपालिका र किसानको रु १०–१० लाख गरी रु ५० लाख लागत साझेदारीमा कफी प्रशोधनमा प्रविधि भित्र्याइने जनाएको छ ।

महाभारत साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले नवीन प्रविधि भित्रिएपछि उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । त्रिदिवसीय तालिममा ९० जना किसान सहभागी थिए ।

काभ्रेमा बस दुर्घटना हुँदा १७ जना घाइते
काभ्रे। जिल्लाको काभ्रे भन्ज्याङमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३००१–००५ख ९९४२ नम्बरको बस मंगलबार बिहान काभ्रे भन्ज्याङमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

२४ जना यात्रु सवार रहेको बस सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा चालक र सह–चालकसहित १७ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

छ महिनामा काभ्रेमा दुई सय ५२ अभियुक्त पक्राउ
काभ्रेपलाञ्चोक । यहाँ छ महिनाको अवधिमा विभिन्न अपराधिक घटनामा सम्लग्न दुई सय ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयद्वारा सार्वजनिक गरिएको चालु आर्थिक बर्षको अर्धबार्षिक प्रतिवेदनमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी यूनिटद्वारा उक्त सङ्ख्याका अभियुक्त पक्राउ भएको जनाइएको हो ।

प्रतिवेदन अनुसार गत साउन महिनादेखि पौष मसान्तसम्म जिल्लामा घटेका ३ सय १ अपराधिक घटनामा २ सय ५२ जना अभियुक्त पक्राउ परेका हुन् । यस्तै प्रतिवेदनमा शान्ति–सुरक्षा अपराध नियन्त्रण र विपद् ब्यवस्थापनअन्र्तगत भएका विभिन्न घटनाको विश्लेषण सहितको तथ्याङ्क सार्वजनिक गरेको जनाइएको छ । विश्लेषणात्मक रुपमा सार्वजनिक गरिएको प्रतिवेदनमा अपराधको प्रकृति तथा संलग्न व्यक्ति, सुरक्षा–अवस्था तथा चुनौतिलगायतबारे आम नागरिकलाई जानकारी रहोस् भन्ने उद्देश्य राखिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । “सुरक्षा ब्यवस्था कडा बनाउने हाम्रो जिम्मेवारी त छँदैछ, थर सुरक्षा अवस्था र घटनाको विश्लेषणबाट आम नागरिक र सरोकारवालाबाट थप सुझाव आओस् भन्ने उद्देश्य पनि हो”, प्रजिअ ढकालले भन्नुभयो । उहाँका अनुसार जिल्लामा घटनाहरुको प्रकृति विष्लेषण गर्दा प्रविधिमैत्री सुरक्षामा थप कडाई गर्नुपर्ने देखिएको छ । ढकालले भन्नुभयो, “प्रविधिको विकाससँगै विकृत शैलीमा घटना भएको देखिएका छन्, यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।”

कार्यालयको तथ्याङ्क अनुसार यही अवधिमा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी ७८ जना घाईते भए । जिल्लामा तीन जनाको हत्या भएको तथ्याङ्कले देखिएको छ । ५७ जनाले आत्महत्या गरेको तथा प्राकृतिक प्रकोपका ४९ घटनामा ८१ ज्नाले ज्यान गुमाउनुप¥यो । यस्तो घटनामा ९७ जना घाईते भएका थिए ।

यस्तै यही अवधिमा एक सय ३ जना विशिष्ठ ब्यक्तिले काभ्रेपलाञ्चोक भ्रमण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ३ सय २५ पसल तथा व्यापारिक संस्थाको अनुगमन गर्दा ६ फर्मलाई जरिवाना गरिएको छ भने १ सय ३२ वटा पसलबाट सामान जफत गरी ५५ हजार जरिवाना गराईएको जनाइएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धुलिखेलमा चालु आर्थिक वर्षको ६ महिनामा रु १० करोड ८३ लाख राजश्व सङ्कलन भएको छ । यसबीचमा सहिद परिवारलाई रु ७६ लाख ८० हजार भुक्तानि गरिएको छ । रु २३ करोड ८० लाख विपद्मा प्रभावित परिवारलाई राहत वितरण गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउसो २ बजेबाट वनको भिर क्षेत्रबाट आगलागी सुरु भएको हो । हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न एक टोली त्यसतर्फ पठाइएको वन कार्यलयका प्रमुख कृष्णबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार वनमा आगो फैलिरहेकाले त्यसको नियन्त्रणका लागि आज जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट उपाय खोजिनेछ ।

आगलागी नियन्त्रणका लागि अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताउनुभयो । आगलागी भएको स्थानबाट मानवबस्ती करिव तीन किलोमिटरको दुरीमा रहेको जनाइएको छ । प्रहरीले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ । रासस

बाढीपहिरोले काभ्रेपलाञ्चोकका तीन हजार तीन सय निजी आवासमा क्षति
काभ्रेपलाञ्चोक । भीषण बाढीपहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार जिल्लाका तीन हजार तीन सय ३८ निजी आवासमा क्षति पुगको छ ।

कूल क्षति पुगेको निजी आवासमध्ये दुई हजार पाँच सय ७७ घर पूर्णरुपमा क्षति भएका छन् । सात सय ५१ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरि ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् । कार्यालय प्रमुख भूमिनन्द ढकालका अनुसार १२ सरकारी भवनमा पूर्णरुपमा क्षति पुगेको छ भने एक सय ३५ वटामा आंशिक क्षति पुगेको छ ।

आठ सार्वजनिक भवन पूर्णक्षति भएका छन् भने एक सय ३४ वटामा आंशिक क्षति पुगेको जनाइएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये पनौती नगरपालिका तथा रोशी र बेथानचोक गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन् । घर पूर्णरुपमा क्षति भएकामध्ये बेथानचोक गाउँपालिकामा छ सय २९, नमोबुद्ध नगरमा चार सय ८९, रोशीमा तीन सय ५० र तेमालमा चार सय ३९ घर छन् ।

त्यसैगरी चौरीदेउराली गाउँपालिकामा एक सय ३४, भुम्लुमा एक सय २२, धुलिखेल नगरमा ८०, पाँचखाल नगरमा ७६, पनौती नगरमा ५९, बनेपा नगरमा ४७, मण्डनदेउपुर नगरपालिकामा ८४ तथा खानीखोला गाउँपालिकामा ४५ र महाभारतमा २३ घर पूर्णरुपमा क्षति भएको कार्यालयले जनाएको छ । जिल्लामा स्थानान्तरण गर्नुपर्ने घरपरिवारमध्ये चौरीदेउरालीमा २३, मण्डनदेउपुरमा १३, पाँचखालमा १३, रोशीमा नौ, खानिखोलामा र बेथान्चोकमा ५र५ घरपरिवार छन् ।

बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो भने ७८ घाइते तथा छ जना बेपत्ता छन् । जिल्लाका स्थानीय तहबाट प्राप्त क्षतिको विविरण अनुसार पुनःनिर्माण तथा पुनःस्थापनाका लागि बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहितको विवरण पठाइएको कार्यालय प्रमुख ढकालले बताउनुभयो ।

उहाँका अनुसार २० वटा सरकारी तथा सार्वजनिक भवन पुनःनिर्माण गर्नुपर्ने देखिएको छ्र । “केही स्थानमा बस्ती तहसनहस भएकाले सुरक्षित क्षेत्रमा एकीकृत बस्ती विकास गर्नुपर्ने देखिएको छ, सरोकारवाला निकायलाई यसैअनुसार सुझाव प्रस्तुत गरेका छौँ”, ढकालले भन्नुभयो ।

बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन
काभ्रेपलाञ्चोक । बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ ।

घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको छैन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् । जिल्लाका १३ स्थानीय तहमध्ये रोशी र बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिका अतिप्रभावित क्षेत्रमा पर्छन् । बनेपा र धुलिखेल नगर सङ्कटग्रस्त क्षेत्रमा घोषणा नगरे पनि प्रारम्भिक मूल्याङ्कनका आधारमा जनधनको क्षतिसहित रु एक अर्बभन्दा बढीको क्षति हुने तहमा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति तथा नगरका बैठकमार्फत सरकारलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गर्दै आएका छन् ।

प्रारम्भिक विवरणहरू आइरहेको र पूर्ण विवरण भने केही हप्तामै आउने प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक उमेश ढकालले बताउनुभयो । उहाँका अनुसार पीडितलाई थप आर्थिक सहयोग तथा राहतका लागि गत हप्तादेखि नै स्थानीयस्तरमा क्षतिको यकिन विवरण सङ्कलनकार्य सुरु गरिएको छ । धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूसहित जनप्रतिनिधिको टोलीले उपप्रधान एवं सहरी विकासमन्त्री तथा गृहमन्त्रीसमेतलाई भेटेर सङ्कटग्रस्त क्षेत्रमा समावेश गर्न ध्यानाकर्षण गराएका छन्भने धुलिखेल खानेपानीको क्षतिमा सहयोग पुर्याउन जर्मन सरकारसँग राजदूतमार्फत सहयोगका लागि अनुरोध गरिएको छ । हालैको विपद्ले नगरभित्र पुर्याएको सम्पूर्ण क्षतिको पूर्ण विवरण केही दिनमै सार्वजनिक गरिने नगरप्रमुख ब्याञ्जूले बताउनुभयो ।

काभ्रेपमा गत असोजको बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो । छ जना अझै बेपत्ताको अवस्थामा रहेका छभने ७९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार बाढीपहिरोका कारण आठ सय ६७ जनालाई हेलिकप्टरबाट तथा तीन हजार दुई सय ९९ जनाको अन्य माध्यमबाट उद्धार गरिएको थियो । जिल्लामा हालसम्म प्राप्त प्रारम्भिक विवरणानुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार पूर्ण क्षति भएको छभने सात हजार घरमा आंशिक क्षति पुगेको अनुमान गरिएको छ । तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका छन् ।

यस्तै बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको विभिन्न सडकखण्डमा आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएपछि अस्थायी डाइभर्सन गरी एकतर्फी यातायात सञ्चालन गरिएको छभने १९ प्रमुख ग्रामीण सडकको अधिकांश खण्डमा पहिरो गई करिब छ सय ५५ किमी सडक अवरुद्ध भएको जनाइएको छ । हाल खानीखोला गाउँपालिकाबाहेक सबै सडक सञ्चालनमा आएको छ ।

यसैगरी ४८ पुलमा क्षति पुगेमध्ये सात पूर्ण रूपमा र तीन आंशिक क्षति भएको छभने ३८ वटाको सामान्य मर्मत गरिएको छ । सिँचाइका ९६ वटा आयोजनामा रु २१ करोड ५० लाखको क्षति भएको अनुमान गरिएको छभने ३६ तटबन्धको योजनामा रु २० करोडको क्षति भएको छ ।

यस्तै खानेपानी तथा सरसफाइका आयोजनामा सबैभन्दा बढी क्षति भएको पाइएको छ । प्रारम्भिक क्षतिको विवरणानुसार तीन नगर समेटिएका काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको दुई किलोमिटर पाइप बगाएको छ । यस अयोजनामा रु १० करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । धुलिखेल खानेपानी उपभोक्ता समितिको तीन किमी पाइप बगेको तथा अन्य संरचनामा क्षतिसमेत गरी रु चार करोड बराबरको क्षति भएको छ । तेमाल बृहत् खानेपानी आयोजनामा रु आठ करोडको क्षति तथा जिल्लामा सञ्चालित करिब एक सय खानेपानी आयोजना गरी करिब रु एक अर्बको क्षति पुगेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

चार स्वास्थ्य संस्था, नेपाल टेलिकमका करिब दुई दर्जन टावर तथा अप्टिकल फाइबर, टेलिफोन पोल, तारमा क्षति भएको छ । दश तहमा सात सय ७४ विद्युत्का एचटी लाइनका ११ मिटर अग्ला पोल र नौ मिटर अग्ला एमटी लाइन भएको एक हजार एक सय ४९ पोल पूर्ण रूपमा क्षति भएका छन् । ४४ मध्ये २२ ट्रान्सफर्मरमा पूर्ण क्षति पुगेको जनाइएको छ ।

जिल्ला कृषि कार्यालयका अनुसार बाढीपहिराले सात हजार एक सय ३० परिवार प्रभावित भएका छन् । दुई हजार नौ मेट्रिक टन धान, ८४ मेट्रिक टन मकै, चार हजार दुई ७८ मेट्रिक टन तरकारी तथा अन्य बाली गरी छ हजार तीन सय ७१ मेट्रिक टन उत्पादनमा क्षति पुगेको छ । कुल उत्पादनमा रु ४२ करोड ६३ लाख क्षति पुगेको जनाइएको छ । रु १२ करोड ८४ लाख ५१ हजार बराबरको पशुपक्षी क्षति भएको अनुमान गरिएको छ । एक सय ७० वटा विद्यालयमा क्षति भएको जनाइएको छ । रासस

बाढीपहिरोः काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ । हालसम्म प्राप्त क्षतिको विवरणअनुसार जिल्लामा मात्र रु एक अर्बको क्षति पुगेको खानेपानी तथा सरसफाइ ३ नं डिभिजन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

कार्यालयका अनुसार बाढीपहिरोले एक सयभन्दा बढी निर्माणाधीनलगायत खानेपानी आयोजनामा क्षति पुगेको हो । जिल्लामा सञ्चालनमा रहेका दुई र निर्माणाधीन अवस्थाका सात योजनामा क्षति पुगेको जनाइएको छ । कार्यालयका निमित्त प्रमुख इन्जिनियर दिलीप कुमारका अनुसार बाढीपहिरोले लिफ्ट तथा ग्राभिटी खानेपानी आयोजनामा क्षति पुगेको छ । “बाढीपहिरोका कारण क्षति पुगेका खानेपानी आयोजनाको तथ्याङ्क आउने क्रम जारी छ, काभ्रेमा एक सयभन्दा बढी आयोजनामा क्षति पुगेको अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सबै स्थानीय तहलाई खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण पठाउन टेलिफोन तथा पत्रको माध्यमबाट अनुरोध गरिएको छ ।

कार्यालयले काभ्रेको भुम्लु बृहत् खानेपानी, कटुन्जे लिफ्टिङ, सीताघारी खानेपानी, रोशी औद्योगिक ग्राम र कालढुङ्गा बजार व्यवस्थित खानेपानी आयोजना, भूमिडाँडा बृहत् खानेपानी आयोजना, भदौरेछाप–फेट्टार–मुकुटार–सिहाले, बकुलछार–फलाङ्गे बृहत् खानेपानी, इन्द्रावती कोलाचौर लिफ्ट खानेपानी, भुम्लु सापिङ खानेपानीलगायतका योजनाको क्षतिको विवरण प्राप्त भएको जनाएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले बाढीपहिरोबाट काभ्रेको सञ्चालनमा रहेको तिमाल बृहत् ९सुक्खा क्षेत्र० खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुग्दा आठ हजार तीन सय ७३ घरपरिवार र चौँरीखोला–ढोकेडाँडा खानेपानी आयोजनामा क्षति हुँदा एक हजार नौ सय तीन घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित भएको जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोबाट जिल्लामा निर्माणाधीन भकुन्डेबेँसी–खनालथोक–खाक्सी–दाप्चा क्षेत्र बृहत् खानेपानी, काशीखण्ड बृहत् खानेपानी, नमोबुद्ध बृहत् खानेपानी, पनौती बसपार्क गुणस्तर खानेपानी, सुनकोशी कोशीदेखा खानेपानी गुणस्तर सुधार आयोजना, साँगा बृहत् खानेपानी आयोजना र पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजनामा क्षति पुगेको छ  ।

यसैगरी, बाढीपहिरोबाट खानेपानी आयोजनाको पाइपलाइन, सम्पवेल, विद्युत् ट्रान्सफर्मर, पाइपलाइन, पानी सङ्कलन ट्याङ्कीलगायतमा क्षति भएको बिवरण प्राप्त भएको कार्यालयले जनाएको छ । बाढीपहिरोका कारण सञ्चालनमा रहेको धुलिखेल खानेपानी, निर्माणाधीन पाँचखाल बृहत् खानेपानी आयोजना तथा सञ्चालनको अन्तिम तयारीमा पुगेको काभ्रे उपत्यका (तीन नगर समेटिएको)एकीकृत खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ  । उक्त एकीकृत खानेपानीको मात्रै रु १० करोडभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ ।

पाँचखाल बृहत् खानेपानी आयोजनाका आयोजना प्रमुख इन्द्रमानसिं बस्नेतका अनुसार बाढीपहिरोबाट सुनकोशी नदीमा रहेको इन्टेकमा लेदो जमेको, करिब दुई किलोमिटर खानेपानीको पाइपलाइन, १२ वटा बिजुली पोल, खानेपानीको करिब दुई किलोमिटर हाइटेन्सन तार, खानेपानीको ट्याङ्की, इन्टेकको कम्पाउन्ड पर्खाल, तारबार र ग्याबिन पर्खालमा क्षति पुगेको छ । उहाँले उक्त निर्माणाधीन खानेपानी आयोजनाको मर्मत एवं बाँकी काम सम्पन्न गर्न छ महिनाभन्दा बढी समय लाग्ने बताउनुभयो ।

यसैबीच, काभ्रे सदरमुकाम धुलिखेलमा खानेपानीको समस्या हुन थालेको छ । बाढीपहिरोले धुलिखेलमा सञ्चालित खानेपानीको मुहानमा क्षति पु¥याउँदा स्थानीय बासिन्दालगायत काठमाडौँ विश्वविद्यालय, धुलिखेल अस्पताल, ७५ भन्दा धेरै होटल तथा रेस्टुरेन्ट, करिब चार दर्जन सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरीको ब्यारेक तथा प्रदेश एवं क्षेत्रीयस्तरका सुरक्षाका कार्यालयका खानेपानीको अभाव हुन थालेको बताइएको छ । धुलिखेल खानेपानी आयोजनाको करिब चार किलोमिटर क्षेत्रमा पाइप बगाउनाका साथै पानी ट्याङ्की र इन्टेकहरुमा समेत क्षति पुगेको उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार आयोजनामा रु दुई करोड चार लाखको क्षति भएको छ । रासस

बाढीपहिरो क्षति: काभ्रेमा छ जना बेपत्ता, ७८ को मृत्यु
काभ्रेपलाञ्चोक। गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छभने छजना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

बाढीपहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ छन् । उनीहरु पहिरोले घर पुरिँदा बेपत्ता भएका हुन् । त्यस्तै, चौँरीदेउराली गाउँपालिका–६ का ४० वर्षीया शान्ता रिमाल बेपत्ता छिन् । एक हप्तासम्म खोजी गर्दा उनी फेला नपरेको प्रहरीले जनाएको छ ।

धुलिखेल नगरपालिका–८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ पनि अझै बेपत्ता रहेको जनाइएको छ । बेथान्चोक गाउँपालिका–४ की ३८ वर्षीया ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ की ३७ वर्षीया देवीमाया सिंतान अझै बेपत्ता छन् । बेपत्ताको खोजतलास गरिए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काले बताउनुभयो । उहाँका अनुसार बाढीपहिरोमा परी ७५ जना घाइते भएका थिए ।

बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १८ जना छन् । रोशी गाउँपालिकाका १३, तेमालका १२, बेथान्चोकका १२, मण्डनदेउपुर र नमोबुद्ध नगरका सात/सात तथा बनेपा र भुम्लुका तीन/तीनजनाले ज्यान गुमाए । धुलिखेल नपाका दुई र चौँरीदेउरालीका एकजनाले बाढीपहिरोमा ज्यान गुमाए । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।

काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । यसमध्ये २१ विद्यार्थी हुन् ।

सरकारद्वारा बाढीपहिरो र डुबानबाट अतिप्रभावित स्थानीय तह घोषित गरेकामध्ये ‘विपद् सङ्कटग्रस्त क्षेत्र’अन्तर्गत यहाँको रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् ।

सरकारले बाढीपहिरोमा मृतक परिवारलाई तत्काल उपलब्ध गराउने रु दुई लाख जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालकाअनुसार मृतक परिवारलाई सरकारद्वारा उपलब्ध रकम दसैँअघि बुझाइएको हो । बेपत्ताको हकमा कुनै निर्णय भएको छैन ।

बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए
काभ्रेपलाञ्चोक । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छभने ७५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन् । हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । पनौती नगरपालिकामा आठ महिलासहित १८ जनाले ज्यान गुमाएका छन् । तेमाल गाउँपालिकामा आठ महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा छ महिला, दुई पुरुष, एक बालक र तीन बालिका, बेथानचोकमा आठ पुरुष, तीन महिला र एक बालक, मण्डनदेउपुरमा तीन महिलासहित सात जनाको मृत्यु भएको छ ।

यसैबीच, हराएकाहरूको खोजी तथा प्रभावित परिवारलाई राहत रामग्री वितरण जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो ।

बाढीपहिरो: काभ्रेमा ६२ को मृत्यु, चार जना बेपत्ता
काभ्रेपलाञ्चोक । केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् । मृतकमध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो ।

घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन् । घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पनौती नगरपालिका–११ बल्थलीमा पहिरोमा एकै परिवारका चार जना अझै बेपत्ता रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन् । मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ । यस्तै तेमाल गाउँपालिकामा सात महिला, एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।

यसैगरी, मण्डनदेउपुरमा चार महिलासहित आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई पुरुष, एक बालक तथा एक बालिका रहेको कार्यालयले जनाएको छ । बेथानचोक गाउँपालिकामा मृतक सातमध्ये चार पुरुष, दुई महिला र एक बालक, रोशीमा चार महिला, एक बालक र एक बालिका, नमोबुद्ध नगरमा पाँचमध्ये दुई महिला तथा पुरुष, बालक र बालिका एक–एक, बनेपा नगरमा एक पुरुष, एक बालक र एक बालिका, धुलिखेलमा एक पुरुष र एक बालकको मृत्यु भएको छ ।

भुम्लु गाउँपालिकामा एक महिला, एक पुरुष र एक बालक तथा चौँरीदेउरालीमा एक महिलाको मृत्यु भएको हो । पाँचखाल नगर तथा खानीखोला र महाभारत गाउँपालिकामा भने कुनै मानवीय क्षति भएको छैन । बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरणकार्य जारी नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो ।

बाढीपहिरोले खानेपानी आपूर्तिमा समस्या

अविरल वर्षाका कारण बाढीपहिरोले खानेपानीका मुहान पूर्ण रूपमा अवरुद्ध हुँदा काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल, बनेपा र पनौती नगरमा खानेपानी आपूर्तिमा कठिनाइ भएको छ । खानेपानी आयोजनाका मुहान तथा पाइप लाइन क्षतिग्रस्त हुँदा खानेपानी पानी नियमित हुन नसकेको नेपाल खानेपानी संस्थान बनेपा शाखाले जनाएको छ ।

धुलिखेल र बनेपा नगरमा सञ्चालित एकीकृत खानेपानीको मुहान पनौतीको रोशी तथा बनेपाको शशिपानीमा खानेपानीको मुहानमा बाढीका कारण क्षति पुगेको हो । संस्थानका सूचना अधिकारी होमप्रसाद चौलागाईँका अनुसार बनेपामा ल्याइरहेको दुवै मुहान तथा ‘मिनरल’ आयोजनासमेत बन्द भएको छ ।

दुवै नगरको मुहान र पाइप लाइनमा क्षति भएका कारण खानेपानीको आपूर्तिमा समस्या भएको चौलागाईँले बताउनुभयो । उहाँका अनुसार क्षतिग्रस्त मुहान तथा पाइप लाइनको अनुगमन निरीक्षण भइरहेको र क्षतिको विस्तृत विवरणपछि पुन:निर्माणबारे प्रक्रिया थालिने छ । आवश्यक मर्मतकार्य सम्पन्न नहुञ्जेल खानेपानी आपूर्तिमा समस्या भएको संस्थानले जानकारी गराएको छ ।

एकीकृत खानेपानी आयोजनाको करिब दुई किलोमिटर पाइप बगाएको बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । उहाँले क्षतिग्रस्त एकीकृत खानेपानी आयोजना पुन:निर्माण गर्न समय लाग्ने भएकाले केही दिनमै विकल्पमा खानेपानी उपलब्ध गराउन प्रक्रिया थालिएको बताउनुभयो ।

धुलिखेल नगरमा विसं २०४७ देखि सञ्चालित खानेपानी आयोजनाको खारखोलास्थित मुहान–इन्टेकमा बाढीपहिरोले क्षति पुर्याउँदा तीन दिनदेखि खानेपानी वितरण रोकिएको छ । पनौतीमा गएको पहिरोका कारण विभिन्न स्थानमा पाइपमा क्षति पुगेकाले खानेपानी वितरण अवरुद्ध भएको आयोजनाले सूचनामार्फत जानकारी गराएको छ ।

स्थानीय तहद्वारा राहत घोषणा

विपद्पछि खोज, उद्धार तथा राहतका लागि धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिकाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने तयारी गरेका छन् । धुलिखेल नगरले नगर क्षेत्रभित्र बाढीपहिरोबाट क्षति पुगेका परिवारलाई राहत उपलब्ध गराउन रु एक करोडको कोष स्थापना गर्ने निर्णय गरेको हो । यसका लागि नगरले मानवीयलगायत क्षतिको विस्तृत विवरण सङ्कलन गर्न प्रत्येक वडामा प्राविधिकसहितको टोली परिचालन गरेको छ ।

यसैगरी मण्डनदेउपुर नगरले मृतक परिवारलाई रु ५० हजारका दरले आर्थिक सहयता गर्ने निर्णय गरेको छ । नगरले घाइतेलाई नि:शुल्क उपचार गरिरहेको छ ।

बनेपा नगरले तत्काल वडामा विपद् व्यवस्थापन समितिमार्फत क्षतिको विवरण सङ्कलन गरी सोही विवरणका आधारमा विपद्मा परी मृत्यु हुनेका परिवारलाई जनही रु ३० हजार, घाइतेलाई रु २० हजार, पूर्ण क्षति भएको घरलाई रु १० हजार, गोठलाई रु पाँच हजार, उच्च जोखिममा परेका घरलाई रु पाँच हजार, पूर्ण रूपमा घर क्षति भई अन्यत्र बसोबास गर्ने परिवारलाई रु १० हजार, दुहुनो गाई वा भैँसी मरेकाको परिवारलाई रु १० हजार र बाछाबाछी बाख्राको हकमा भने प्रतिगोटा रु पाँच हजारका दरले उपलब्ध गराउने निर्णय गरेको छ । रासस

पर्यटकको रोजाइमा ‘तीनधारे झरना’
काफलडाँडा । काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

यहाँ पर्यटकको सहजताका लागि शौचालय, कपडा फेर्ने कोठा, माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल, रेलिङलगायत संरचना निर्माण गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो ।

रोशिखोलाको तिरबाट उकालो चड्दै गर्दा मन फुरुङ्ग हुन्छ । बादलुको घुम्टोले घरिघरी महाभारतलाई छोपिदिन्छ । केही क्षणमा कपास जस्तै बादल फाटेर महाभारतबाट बगिरहेको तीनधारे झरनाको घुम्टो उघार्दा देखिने मनमोहक दृश्यले सबैलाई मन्त्रमुग्ध बनाउने गर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक झरनाको अवलोकन गर्दा जो कोहीलाई मोहित तुल्याउछ ।

छिनभरमा बदलिरहने मौसम र बादलको लुकामारीको दृश्यले पुल्कित बनाउँछ । “मनमोहक झरनालाई नजिकबाट साक्षात्कार गर्न पाउँदा आनन्द आइरहेको छ”, झरनासँग डुबुल्की मार्दै धरानका नवीन किरातीले भन्नुभयो, “सामाजिक सञ्जालबाट थाहा पाएर आएको हुँ । यो ठाउँ सुन्दर र आकर्षित रहेछ, यहाँसम्मको यात्राका क्रममा भएको थकानलाई बिर्सायो ।” सल्लाको सुसेली, चराचुरुङ्गीको चिरबिर सुमधुर आवाजले यात्रालाई थप रोमाञ्चक बनाइदिने उहाँको बुझाइ छ ।

अग्लो महाभारत, वरिपरि हरियाली पहाडका थुम्काले झरनाको सौन्र्दयतालाई बेहुली झैँ सिँगारको छ । प्राकृतिक विविधतासँग भौतिक पूर्वाधारले झरनाको सुन्दरतालाई निखारपन ल्याएको छ । काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रुपमा विस्तार हुन्दै गएको छ ।

“उचाइ बढ्दै गयो मौसम बदलिन्छ । बादलुको घुम्टो उघार्दा झरनाको रङ्गीविरङ्गी दृश्यावलोकनले जो कोहीलाई मोहित तुल्याउँछ । झरनाको चिसो पानीमा खेल्दा थप मन आनन्दित हुन्छ”, काठमाडौँको कागेश्वरी मनोहरा–७ का प्रमेश थापाले भन्नुभयो, “मनै फुरुङ्ग भएको छ, सारा दु:ख, कष्ट बिर्साएर मन हलुङ्गो भएको छ । झरनाको थेरापीले शारीरिक आनन्दको वर्ण गर्न सकिदैन ।” प्रकृतिको अनुपम उपहारका रुपमा रहेको झरनाको प्रचारप्रसार गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

थापाले टिकटकमा भाइरल भएको बाहुबली झरनाको रुपमा चिनिने तीन धारे झरना अवलोकन गर्न आएको बताउँदै प्रकृतिको सुन्दर उपहारका रुपमा रहेको यस झरनाले मानिसका दु:ख र पीडाका भारी बिसाउने उत्कृष्ट गन्तव्य बन्न सक्ने उल्लेख गर्नुभयो । “झरनाको स्पर्शले सबै कष्ट बिर्साउँछ । कञ्चन कलकल बहने पानीले रोमाञ्चकारी दृश्यलाई कैद गर्न/गराउँन बाध्य गराउँछ । अझ पानीमा खेल्दै छाँगाबाट झरना चढ्नुको आनन्द बेग्लै हुन्छ । मानिसका तृप्तिलाई झरनाले दुर गराइदिन्छ”, उहाँले भन्नुभयो ।

काभ्रेपलाञ्चोकको तीनधारे झरना अवलोकन गर्न जाने जो कोहीलाई उल्लेखित दृश्यले मोहित तुल्याउँछ । समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाइमा रहेको यो झरना अहिले आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको छ । यो झरना अहिले सामाजिक सञ्चालमा पनि चर्चामा छ ।

दक्षिण भारतीय फिल्म बाहुबलीमा देखाइएको झरनासँग मिल्दोजुल्दो भएकाले यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बाहुबली झरना नाम दिएका छन् । काफलडाँडासम्म सडक पहुँच विस्तार भएको छ । सडकबाटो सकिएपछि मुख्य केन्द्रबाट करिब आधा घण्टाको पैदल यात्रापछि तीनधारे झरना पुगिन्छ । यहाँ पुग्न एक हजार ८० मिटर दूरीको यात्रा गर्नुपर्दछ ।

नेपालका प्रसिद्ध झरनामध्ये तेह्रथुम जिल्लामा रहेको सबैभन्दा अग्लो ह्यात्रुङ झरना र म्याग्दीको चर्चित रुप्से झरना पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेका गन्तव्य हुन् । ती क्षेत्रमा उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने गरेका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पोखराको पातले छाँगोलगायत चर्चित गन्तव्यले पर्यटक लोभ्याइरहेका छन् । राजधानी नजिकैको तीनधारे झरनाको आनन्द लिन छोटो समय र कम खर्चमा पुगिने उपयुक्त गन्तव्य हो । नेपालमा झरना पर्यटन बढिरहेकाले यसको आवश्यक प्रचारप्रसारमा पर्यटन बोर्डले सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायसँग समन्वय र सहकार्य बढाएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जिल्लाको महत्वपूर्ण पर्यटकीयस्थल तीनधारे झरनाको संरक्षण र प्रवर्द्धनमा पालिका लागिपरेको बताउनुभयो । “गाउँपालिकाभित्रको सम्भावित पर्यटकीयस्थलको पहिचान गरी संरक्षण र प्रवर्द्धनमार्फत आन्दानीको स्रोत बढाउन गाउँपालिकाले येजनाबद्ध रुपमा काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “झरनाको संरक्षण, प्रवर्द्धन गरी आर्थिक आम्दानीसँग जोड्ने उद्देश्यले वार्षिक नीति र कार्यक्रममा समावेश गरेर अगाडि बढेका छौँ ।”

तीनधारे झरनालाई स्थानीयले कोरोनाको बेला फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि चर्चामा आएको अध्यक्ष लामाले जानकारी दिनुभयो । पछिल्लो तीनवर्षयता झरना पुग्ने पहुँच मार्गमा आवश्यक पूर्वाधार निर्माण गरी थप व्यवस्थित गरिएको उहाँको भनाइ छ ।

अध्यक्ष लामाले झरनालाई बाह्रैमहिना सञ्चालनका लागि व्यवस्थापकीय काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले पदमार्गमा सिँडी निर्माण, शौचालय, फोहर व्यवस्थापन, खानेपानीको व्यवस्थापनलगायत क्षेत्रलाई थप व्यवस्थित बनाएर लैजाने योजनामा पालिका रहेको जानकारी दिनुभयो ।

“झरनालाई प्रवर्द्धन गर्नका लागि आसपासका बासिन्दालाई होमस्टे (घरबास) सम्बन्धी तालिम दिएका छौँ । अहिले चार/पाँच वटा होमस्टे बनिसकेका छन्”, अध्यक्ष लामाले भन्नुभयो, “पर्यटक वृद्धि भएसँगै होमस्टे बढाउने, पदमार्गलाई व्यवस्थित बनाउने, ठाउँठाउँमा विश्रामस्थल, झरनामा पोखरी निर्माणलगायत कार्यक्रमलाई आगामी दिनमा प्राथमिकता दिने छाँै ।” उहाँका अनुसार तीन/चार वर्षको अवधिमा उल्लेख्य सङ्ख्यामा झरना अवलोकन गर्न पर्यटक पुगेका छन् ।

होमस्टेमा फापरको ढिँडो, हरियो मकै, गुन्द्रुकको अचार, काँक्रोलगायत स्थानीय परिकारको स्वाद लिन पाइन्छ । ‘रोशीको दृष्टि पर्यटन र कृषि’ भन्ने नाराका साथ गाउँपालिकाले पर्यटकीय गन्तव्यको विकासलाई प्राथमिकता दिएको छ । चालु आर्थिक वर्षमा झरना स्थलमा स्वागतद्वार निर्माण गर्ने, बाटोमा रेलिङ र ढुङ्गा विछ््याउने योजना छ । भविष्यमा निश्चित शुल्क तोकेर आम्दानीको स्रोत बनाउने गाउँपालिकाको योजना छ । नमोबुद्ध आउने पर्यटकलाई तीनधारे झरनामा आकर्षण गर्ने र झरनाबाट माथितिर ताराखसे तालभएर पदमार्ग विस्तार गर्ने योजना छ ।

सङ्घीय राजधानी काठमाडौँ नजिक रहेको यो गन्तव्यमा पछिल्लो समय पर्यटक बाक्लो सङ्ख्यामा जाने गरेका छन् । तीनधारे झरनाको उद्गम स्थान महाभारत पर्वत शृङ्खला हो । काभ्रेको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दूरीमा झरना स्थल पुगिन्छ । महाभारत लेकबाट तीनवटा धारा झरेकाले यसलाई तीनधारे झरना भनिएको स्थानीय बताउँछन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण झरना हेर्न सो ठाउँमा सिजनमा दैनिक पाँच छ सय आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका घरबास कार्यक्रम ‘होमस्टे’ एण्ड फम हाउसका सञ्चालक सुनिल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य समयमा भन्दा साउनदेखि असोजसम्म उल्लेख्य सङ्ख्यामा पर्यटक आउँछन् । शुक्रबार र बिदाको दिन आन्तरिक पर्यटकको उल्लेख्य उपस्सित हुने उहाँले बताउनुभयो ।

विसं २०८० मा स्थापना भएको होमस्टेमा अहिले पाहुनाको भीड लाग्ने गर्दछ । उक्त स्थानबाट सूर्य उदाएको र अस्ताएको देख्न पाइन्छ । हिउँदमा यहाँबाट सर्वोच्च शिखर सगरमाथा पनि अवलोकन गर्न सकिन्छ ।

काठमाडौँ नजिकको गन्तव्य भएर पनि धेरै सङ्ख्यामा पर्यटक आउन नसकेका घरबास सञ्चालक बताउँछन् । सडक बाटो राम्रो भइदिए अगामी दिनमा पर्यटकको आगमन बढ्ने पर्यटन व्यवसायीको विश्वास छ । झरना अवलोकनमा जाने पर्यटकलाई रोशी किनारका हरियाली फाँटले झनै मोहित बनाउँछ । रैथाने बस्ती, आकर्षक घर, स्थानीय बालीनाली र परिकारको आनन्द यहाँका विशेषता हो ।

कसरी पुग्ने झरनामा

विसं २०२८ मा पत्ता लागेको यो झरनाको उचित प्रचारप्रसार हुन नसक्दा राजधानी नजिक रहेर पनि ओझेलमा परेको छ । पछिल्लो सयम सामाजिक सञ्जाल, सञ्चारमाध्यमलगायतमा झरनाको चर्चा चुलिएपछि अहिले स्थानीय तहले उक्त गन्तव्यको पूर्वाधार विकासका क्षेत्रमा काम गरिरहेका छन् । विस्तारै पर्यटक बढ्न थालेपछि पर्यटक व्यवस्थापनका लागि होटल तथा होमस्टे सञ्चालन गरिएका छन् ।

तीनधारे झरनामा काठमाडौँबाट सडक मार्गबाट धुलिखेल, नमोबुद्ध दाप्चा हुँदै जान सकिन्छ । पहाडी भूगोलको आकर्षक झरना, रमणीय र मनमोहक ठाउँ र हरियाली शान्त वातावरण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटकले व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकारलाई सुझाव दिएपछि मोटरबाटो, पैदलमार्ग र झरना क्षेत्रमा थप पूर्वाधार निर्माण भइरहेको रोशी गाउँपालिकाले जनाएको छ ।

रोशी गाउँपालिकाका प्राविधिक हिमाल जिसीले पदमार्ग संरक्षण र व्यवस्थित बनाउन प्राथमिकता दिइएको बताउनुभयो । चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरिएको जनाउँदै उहाँले जानकारी दिनुभयो । शौचालय, कपडा फेर्ने कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संरचना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

वर्षातको समयमा हरियाली र झरना हेर्न आन्तरिक र विदेशी पर्यटक लालायित हुने गरेका छन् । गर्मी छल्नका लागि चिसो पानीमा नुहाउने र फोटो खिच्दै रमाउने युवायुवतीको सङ्ख्या पनि बढ्दै गएको छ । नेपालका पहाडी जिल्लामा मनमोहक, आकर्षक र सुन्दर झरनाहरू छन् । वर्षायाममा झरनासँगै हरियाली अवलोकन गर्न आउने पर्यटक लालायित हुने गरेका स्थानीय बताउछन् ।

दूधमा आत्मनिर्भर बन्यो काभ्रे
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ ख्याकुस्थित सावित्री थापाको घरमा २०७७ सालमा नगपालिकाले दिएको पाडा ल्याएपछि हाल लैनो भैँसी भएको छ । त्यतिबेला पनि घरमा भएको भैँसी पहिलो बेत सुत्केरी हुँदा स्याहारेको अवस्थामा नगरले नै रु पाँच हजार ‘सुत्केरी भत्ता’ गोठमै पुगेर दिएको थियो । “पहिलो बेतको पाडी हुर्कियो, अहिले दोस्रो बेतमा राम्रो भएको छ, मैले बुझाएको रु सात हजारमध्ये पुन: रु पाँच हजार अनुदानमा ल्याएकको पाडी सुत्केरी भत्तामा फिर्ता आयो”, थापाले भन्नुभयो ।

थापाले रु दुई हजार नगरलाई दिएको ‘बोट’मा अहिले रु दुई लाख फलेको भन्दै थापा खुसी व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिलो बेतमा घरमा खाएर रु दुई लाखको दूध बेचेँ, अब पनि त्यही हुने अपेक्षा गरेको छु ।” ख्याकुकै माधव थापाको घरमा पनि भैँसीले खुसी थपेको छ । एक वर्षदेखि दैनिक पाँच लिटर दूध बेच्ने गर्नु भएको छ । नगरले अनुदानमा दिएकौ पाडी ठूलो भई ब्याएर ठूलो गुन लगाएको उहाँको भनाइ छ । उहाँले सो भैँसीबाट पहिलो बेतमा रु एक लाख ८० हजारको दूध विक्री गरेको सुनाउनुभयो ।

यस्तै नगरबाट पाडी अनुदान पाउनुभएकी स्थानीय शोभा थापाले एक वर्ष नपाल्दै ब्याएपछि घर खर्च चलाउने आधार बनेको बताउनुभयो । “भैँसीले दैनिक आठ लिटर दूध दिन्छ, यसमध्ये पाँच लिटर बेच्न लैजान्छु, यसबाटै घरखर्च चलेको छ”, उहाँले सुनाउनुभयो । पनौती नगरपालिकाले तीन वर्षको अवधिमा नौ सय १९ वटा पाडी वितरण गरेको थियो । यसमध्ये हाल तीन सय ११ भैँसी ब्याइसकेको नगरको कृषि तथा पशुपक्षी शाखाको विबरणमा उल्लेख गरिएको छ ।

वर्षौंदेखि गाई पाल्दै आउनुभएकी पनौती–३ को विमला सापकोटाले तीन वर्षअघि गोठमा एउटा भैँसी थप्नुभएको थियो । नगरले ल्याएको अनुदानपछि भैँसी थपेर दूध विक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आउनुभएको बताउनुहुन्छ । “गाई र भैँसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु, यसका लागि नगरको अनुदान वीमा र सुत्केरी प्रोत्सहानले अहिले अर्को भैँसी थप्ने सोचाइमा छु” सापकोटाले भन्नुभयो ।

वषौँदखि भैँसीपालन गर्दै आए पनि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसी पाल्न छोडेको बताउने पनौती नपा–१२ का यज्ञ खत्री नगरले भैँसी पालनमा ल्याएको अनुदान, वीमा र सुत्केरी प्रोत्साहनले पुन: व्यवसायिक भैँसीपालनमा लाग्नुभएको छ । उहाँ भन्नुहुन्छ “विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैं घाटामा भैँसी पाल्न नसकिने भएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेको थिएँ, अहिले पुन: भैँसी पाल्न जाँगर चलाएको छु, अहिले मेरो गोठमा सात भैँसी छन् ।”

पनौती नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमबाट सहयोग मिल्नुका साथै थप आत्मबल बढेको उहाँको भनाइ छ । “भैँसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुन्थ्थो अब त्यो समस्या हटेको छ, भैसीको वीमा पनि हुने अनुदान रकम पनि पाइने हामी किसानलाई ठूलो राहत मिलेको छ” पनौती–१२ कै भावना थापा भन्नुहुन्छ, “अब थप दुई भैँसी थपेर पाडापाडी पनि हुर्काउँछु ।” पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले फार्म नै स्थापना गरी १७ वटा भैँसी पाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, “नगरले भत्तासँगै भ्याक्सिन र औषधि नि:शुल्क गर्दा यसप्रति आकर्षण पनि थपिएको छ ।”

पनौती नगरले आर्थिक वर्ष २०७४/७५ देखि नै ‘भैँसी संरक्षण–सम्बद्र्धन अभियान’ अन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको थियो । जननिर्वाचित जनप्रतिनिधिले नेतृत्वमा नगरको कार्यसम्पादनको कार्यभार सम्हालेपछि सुरु गरिएको सुत्केरी भैँसी भत्ता कार्यक्रम मुलुकभर चर्चाको विषयसमेत बन्न पुग्यो । अभियान सञ्चालनताका पनौतीमा उत्पादित दूधको परिमाणभन्दा हाल दोब्बर उत्पादन हुने गरेको नगरको तथ्याङ्कले देखाएको छ । त्यस आर्थिक वर्षको तथ्याङक अनुसार पनौती नगरमा चार हजार सात ४७ वटा भैँसीपालन गरिएको थियो । त्यस समयमा वार्षिक रुपमा करिब पाँच सय वटा भंैसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रन्थे । करिब ६ करोड रुपैयाँ भैँसी खरिदमा बाहिर रकम बाहिर जाने गरेको थियो । त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुनेगरेको थियो । उत्पादितमध्ये १५ हजार लिटर यहीँ खपत हुने गरेको र २५ हजार काठमाडौँ उपत्यका लैजाने गरिन्थ्यो । यस अभियान सुरु गरेपछि भैँसीको सङ्ख्या पनि हाल झण्डै दोब्बर पुगेको छ ।

पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको शाखाले जनाएको छ । उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य वीमा गर्नुपर्ने नियम राखिएको थियो । वीमा गरेवापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था भयो । भैँसीलाई खोप, घाँसका बीउ नि:शुल्क उपलब्ध गराइदै आएको जनाइएको छ । कार्यक्रम लागू गर्दाका बखत दुई सय १७ भैसीलाई सुत्केरी भत्ता दिएको कृषि तथा पशुपंक्षी शाखा प्रमुख लिलानाथ सापकोटाले बताउनुभयो । उहाँका अनुसार करिब एक हजार पाँच सय भैँसी–भत्ता किसानलाई वितरण गरिएको थियो । शाखाका अनुसार हाल करिब आठ हजार भैँसी पनौतीमा छन् । हाल दूधको उत्पादन दैनिक करिब ७५ हजार लिटर हाराहारीमा उत्पादन हुन्छ । यसमध्ये ५० हजार लिटर काठमाडौ विक्रीका लागि पठाइन्छ ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पनौतीले पशुपालन क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन गर्दा यस नगरमा मात्रै भैँसीको सङ्ख्या दोब्बर भई दोब्बर परिमाणमा दूध उत्पादन भएको हो । जिल्लाको अधिकांश क्षेत्रका बासिन्दा पशुपालनमै छन् । पछिल्लो केही वर्षदेखि व्यावसायिक रुपमा दुग्ध उत्पादन एवं मासुका लागि पशुपालन क्षेत्रमा लागेको पाइन्छ ।

काभ्रेपलान्चोक दुग्ध उत्पादन तथा प्रशोधन उद्योग नेपालमै पहिलो २००९ सालमा नै सुरु भएको जिल्ला हो । जिल्लाबाट हाल उत्पादित दैनिक चार लाख लिटर दूध स्थानीय बजारसहित काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा खपत भैरहेको जिल्ला दुग्ध उत्पादक सङ्घका अध्यक्ष नारायणप्रसाद बडालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्ला वर्ष जिल्लामा पशुपालन व्यावसायिक हुँदै गएको र निरन्तर दूध उत्पादन बढिरहेको छ । “हाम्रै अध्ययनले पनि काभ्रेबाट दैनिक दुई लाख लिटरको हाराहारीमा अप्रशोधित मात्र दूध काठमाडौंँ उपत्यका जाने गरेको देखाएको छ, यसलाई केही बढाउने लक्ष्य लिएका छौँ”, अध्यक्ष बडालले भन्नुभयो । उहाँका अनुसार दैनिक जिल्लाबाट दुई लाख ५० हजार लिटर दूध काठमाडौ उपत्यका निर्यात हुने गरेको छ । निर्यातित सो परिमाणको दूध उपत्यकाको बजारमा २० प्रतिशतको हाराहारीमा रहेको बडालको भनाइ छ । विवरणका अनुसार उपत्यकामा दैनिक छ लाख लिटर दूध खपत हुन्छ ।

विश्व खाद्य सङ्गठनको सन् २०१० मा प्रकाशित तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकको दुई सय ६७ दुग्ध उत्पादक सहकारी संस्थाले सो वर्ष ७२ हजार एक सय मेट्रिक टन अप्रशोधित दूध उत्पादन गरेका थिए । यो मुलुकमै सबैभन्दा बढी उत्पादन रेकर्ड हो । काभ्रेपलाञ्चोक २०६७ सालमै दूधमा आत्मनिर्भर जिल्ला घोषणा भैसकेको हो । हाल जिल्लामा एक लाख ५५ हजार भैँसी एक लाख गाईपालन भइरहेको छ ।  यहाँ उत्पादित दूध जिल्लाको अलावा काठमाडाँै, भक्तपुर र ललितपुरमा खपत हुँदै आएको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पका कारण जिल्लामा झण्डै १० प्रतिशतले दूधको उत्पादनमा कमी आएको थियो । पशु, चौपायाका लागि गोठ व्यवस्थापनको अभाव, दाना तथा आहारको कमी र दुधालु पशु, चौपाया भूकम्पका कारण मरेकाले भूकम्प गएको एक वर्षसम्ममा पनि दूधको उत्पादन पहिलेकै अवस्थामा फर्कन सकेको थिएन । भूकम्पका कारण काभ्रेपलाञ्चोकमा उत्पादनशील २ हजार ५ सय पशुचौपाया मरेका थिए ।

जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका अनुसार भने जिल्लामा भूकम्पअघि दैनिक चार लाख लिटर दूध उत्पादन हुने गरेको थियो । उत्पादित दूधमध्ये दुई लाख १० हजार लिटर दूध काठमाडौं निर्यात भई त्यसबाट काभ्रेपलाञ्चोकमा दैनिक रु। एक करोड ५० लाख भित्रिने गरेको थियो । कार्यालयका अनुसार उत्पादनशील पशुबाट दूधको उत्पादन बढाउन समयसमयमा पशुपालनको पकेट क्षेत्रका किसानलाई पशु भिटामिन, मिनरललगायत राहत प्याकेज वितरण गर्दै आइएको छ ।

हाल दुग्ध विकास संस्थान ९डिडिसी० तथा निजी डेरीले दूधको विगत दुईदेखि चार महिनाको भुक्तानी रकम रोकिँदा किसानलाई समस्या निम्तिएको छ । दूध विक्रीबाट प्राप्त हुने भुक्तानी रकम नपाउनाले किसानलाई पशु आहारा जस्तै: घाँस, पराल, भुसा, दाना, चोकर, ब्रान्ड, खरिद गरी खुवाउन नसक्ने अवस्था सिर्जना भएको किसान सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष गोपालबहादुर तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार किसानको दूध विक्रीको पैसा रोकिँदा बैंक तथा वित्तिय संस्थाबाट पशुपालनका लागि लिएको कर्जाको किस्ता तिर्न धौ–धौ परेको छ । यसका लागि केन्द्रीय दुग्ध सहकारी सङ्घ तथा जिल्ला दुग्ध सहकारी सङ्घ २०८० मङ्सिर २६ गते कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा भएको सहमति अनुसार कृषकलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम पौष मसान्तभित्रै गरिसक्ने, कृषकहरुबाट लिइरहेको दूधको परिमाण नघटाई सङ्कलन गर्नेलगायतको कार्य हुनुपर्ने जनाउँदै आन्दोलित भएका छन् ।

यस्तै ‘मिल्क होलिडे’ बन्द गरी जिल्लामा बाँकी रहेको करिब रु ५० करोड यथाशीघ्र भुक्तानी गर्न, आयातित दूध तथा दुधजन्य पदार्थलाई पूर्ण रुपमा बन्द गर्न, दूध किसानलाई जोगाई राख्न अनुदानका कार्यक्रमहरुलाई निरन्तरता दिन, उत्पादन लागत मूल्य घटाउने कार्यक्रमहरु सबै पालिकामा लागू गर्न, वीमा कार्यक्रमलाई प्राथमिकतामा राखी क्षतिपूर्ति भुक्तानी सहज बनाउन, दूध तथा दुग्धजन्य पदार्थ निर्यातको लागि खोरेत, लम्कीजस्ता रोगमुक्त जिल्ला घोषणा गर्न प्रत्येक स्थानीय तहमा खोप अभियान सञ्चालन, निर्यात गर्ने दुग्ध पदार्थमा अनुदानको व्यवस्था गर्न, विगतमा पाइराखेको दूध चिस्यानको विद्युत् महसुल ५० प्रतिशत कायम गर्न, लम्की रोग लागेर क्षति भएका पशुहरुको अबिलम्ब क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गर्दै आएका हुन् । रासस

पाँचखालमा रुखमा बाँधेर जलाएको अवस्थामा एक पुरुषको शव फेला
काठमाडौं । काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव फेला परेको छ ।

पाँचखाल नगरपालिका वडा नं ४ मा एक जना पुरुषको शव रुखमा बाँधेर जलाइएको अवस्थामा फेला परेको हो ।

तारले रुखमा बाँधेर जलाइएको अवस्थामा २५ वर्षभन्दा कम उमेरको देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

शवको पहिचान हुन सकेको छैन । घटनास्थलमा कुकुर सहितको अनुसन्धान टोली परिचालन श्रेष्ठले बताए ।

काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम
काभ्रेपलाञ्चोक । आफू जन्मे हुर्केको घर एकाएक खरानी भएको देख्दा सत्यमान लामा रिङ्गटा लागेर भूइँमा पछारिए । धेरैबेरसम्म होश खुलेन । होस खुल्दा घर सम्पूर्ण रुपमा भष्म भइसकेको थियो । पचास वर्षिय लामाको जीवनमा ठूलै बज्रपात लागेको थियो ।

लामा जलेको घर नियाल्न तेस्रो दिनसम्म पनि सामूहिक टेण्टको बसाईबाट चियाइरहनुहुन्थ्यो । अब कसरी परिवारलाई कहाँ लगेर राख्ने भन्ने चिन्ताले उहाँलाई सताएको छ । उहाँ भन्नुहुन्छ, ‘‘बर्खा लागिसक्यो । भएको अन्तपात र लत्ताकपडा जलेर खरानी भयो । यो पीडा कसलाई पोखुँ रु’’

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ सानो पोटा गाउँमा वैशाख १८ गते मङ्गलबार गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हावाहुरीका कारण बस्तीमा आएपछि उहाँको सँगै गाउँका १५ घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । घरमा वनको आगो सल्किएपछि आगोले ‘वितण्डा’ मच्चाउँदा गाउँका पीडितले घरका सरसामान निकाल्न सकेनन् र घण्टामै केही पशुचौपायासहित सम्पूर्ण सामग्री जलेर खरानी भयो । अग्नि प्रभावित १५ घरका बृद्धबृद्धा, महिला तथा बालबालिका गरी करिव ६० व्यक्ति खुल्ला आकाशमुनि त्रासमै रात बिताउन बाध्य हुनुपर्‍यो । अहिले उनीहरुलाई सामूहिक टेण्टमा बस्ने व्यवस्था मिलाइएको छ ।

आगलागीबाट गाउँमा खानेपानीको पाइप पनि जलेपछि आनेपानी आपूर्ति हुन सकेको छैन । जिल्ला विपद् ब्यवस्थापन समिति, रेडक्रसलगायत विभिन्न सङ्घसंसथा र राजनीतिक दलका नेता एवं भातृ सङ्गठन राहत र पाल बोकेर सानो पोटा गाउँ जान थाले । खानेपानीका लागि नजिक मूलबाट ल्याइएको पानीले गाउँलेलाई दैनिक पर्याप्त छैन ।

आगलागी पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत वितरण गरिएको छ । बितरित राहतअन्तर्गत गाउँपालिकाले प्रतिपरिवार दुई बोरा चामल, त्रिपाल, नुन, तेल र दाल, रेडक्रसले भाडाँकुडा, त्रिपाल, कम्बललगायतका सामग्री रहेका छन् । विभिन्न राजनीतिक पार्टीका नेता, सांसदहरुले पनि खाद्यान्न सहयोग गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारबाट पाउने राहतमध्ये हाललाई रु पाँच हजार दिइएको र बाँकी रु दश हजार केही दिनमै उपलब्ध गराइने बताउनुभयो । साथै, क्षतिग्रस्त घर पुन:निर्माण गर्न स्थानीय तह, प्रदेश तथा संघीय सरकारको समन्वयमा प्रक्रिया अघि बढाउन पहल गरिने शर्माले बताउनुभयो ।

एक हप्तामा आगलागीमा परेर सानु पोटागाउँमा १५ घर, डाँडागाउँमा एक घर र माटेमा दुई घर नष्ट भएको थियो । आगलागीमा परी १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । आगलागीबाट १५ घर, सात गोठ र चार शौचालय नष्ट भएको थियो । आगलागी नेपाली सेना, प्रहरी टोली तथा स्थानीयले नियन्त्रणमा लिएका थिए ।

गर्मीयाम लागेसँगै खडेरीका कारण जिल्लाका धेरै ठाउँमा आगलागीका घटना भइरहेका छन् । गत शुक्रबार राति धुलिखेल नगरपालिका–३ को एउटा सिङो बस्तरुी आगलागीको ठूलो जोखिमबाट जोगिएको छ । साँझबाट बस्ती नजिकसँगैको नयाँगाउँ सामुदायिक वनमा लागेको आगो सुरक्षाकर्मी र स्थानीयको रातभरको पहल तथा भक्तपुरबाट दमकल ल्याई १० घण्टाको प्रयासपछि शनिबार बिहान नियन्त्रणमा ल्याइएको वडाध्यक्ष गणेश आचार्यले बताउनुभयो ।

यस्तै बनेपा नगरपालिका–११ स्थित देवीस्थान सिनागाल जङ्गलमा लागेको आगो एक हप्तापछि नियन्त्रयामा ल्याइएको छ । आगलागी हुँदा दैनिकजसो हावाहुरी पनि चलिरहेकाले वन नजिक बस्ती भएका कारण निकै जोखिममा रहेका थिए । सुरक्षाकर्मी र स्थानीय तथा युवा सङ्घको विशेष पहलमा सो आगो नियन्त्रणमा ल्याइएको वडाध्यक्ष शिवकुमार थापाले बताउनुभयो । “एक हप्ता निकै त्रासपूर्णरुपमा बिताइयो, अन्यत्रझैँ बस्तीमा आगो पस्लाकि भन्ने ठूलो डर थियो”, उहाँले भन्नुभयो ।

यसैगरी बिहीबार दिउँसो पाँचखाल नपा–५ स्थित जंगलमा आगो लाग्दा करिव दुई घण्टा अरनिको राजमार्गसमेत अबरुद्ध हुन पुग्यो । उक्त वडाको केराघारीस्थित ठूलो वन क्षेत्रमा आगलाग्दा हावाहुरिले विद्यालय र बस्ती निकै जोखिममा भएका कारण सुरक्षाकर्मी र स्थानीयले नजिकको बस्तीका केही घरबाट सामग्री तथा गाईवस्तुलाई निकालिएको थियो । करिब चार घण्टामा आगो नियन्त्रणमा लिँदा जनधनको क्षतिबाट जोगिएको थियो । यही हप्ता नमोबुद्ध नपा–१ स्थित फुलबारीको वनमा आगलागी हुँदा समयमै नियन्त्रणमा लिँदा बस्तीमा क्षति हुनबाट जोगाइएको स्थानीय श्रीकृष्ण धितालले बताउनुभयो । उहाँका अनुसार बुधबार साँझ लागेको आगो करिब तीन घण्टामा नियन्त्रणमा लिइएको हो ।

काभ्रेपलाञ्चोकका अधिकांश बस्ती जङ्गल क्षेत्र नजिक अवस्थित रहेका छन् । गत चैत पहिलो साता काभ्रेपलाञ्चोकको अठार स्थानमा आगलागी हुँदा जनधानको क्षति हुन पुग्यो । करिब एक हप्तामा दैनिक जसोको आगलागीका कारण छ घर र सात गोठ जलेका थिए भने सात जना घाइते भएका थिए । ती आगलागीमा रु १२ लाख ५० हजार क्षति भएको प्रहरीले जनायो । उक्त समय विभिन्न स्थानका आगलागी नियन्त्रणका लागि एक सय प्रहरीलाई झण्डै ४४ घण्टासम्म खटाइएको थियो ।

चैतको १ गते एकैदिन काभ्रेपलाञ्चोकमा आगलागीका सात घटना भएका थिए । महाभारत गाउँपालिका–२ मुलडाँडाका सञ्चार घिसिङको कच्ची एकतल्ले घरमा अचानक आगलागी हुँदा लत्ताकपडा, अन्नपात, फर्निचर सामान, भाडाकुडा र नगत एक लाख पाँच हजारसमेत गरी तीन लाख क्षति भयो भने घरका सामान झिक्न जाने क्रममा घिसिङ जलेर घाईते हुनु भएको थियो । पनौती नगरपालिका–३ बडारेस्थित पाखोबारीमा झाडी जलाउने क्रममा अचानक सामुदायिक जङ्गलमा आगो लाग्यो । स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

यस्तै भुम्लु–१ कात्तिके वनटोलस्थित सामुदायिक वन क्षेत्रमा आगलागी हुँदा सात रोपनी सामुदायिक वनमा क्षति पुग्यो । सोही स्थानमा रहेको गोठमासमेत आगो लागेर नष्ट भयो । खानिखोला–७ मोरङवेशीस्थित पाखामा आगलागी हुँदा कुमार भ्लोनको काठ–जस्ता बनेको टहरो जल्यो । सोही दिन बेथानचोक–४ मा बेथानखोला सामुदायिक बनमा आगलागी भयो । बनेपा–१४ मगरगाउँस्थित सामुदायिक वनमा आगलागी तथा पाँचखाल–३ स्थित सर्वमंगला माध्यमिक विद्यालयको हाताभित्रको पाँच रोपनी जङ्गलमा आगलागी हुँदा स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रहरीका अनुसार त्यसअघि जिल्लामा ११ वटा आगलागीका घटना भएका थिए । घटना विवरणअनुसार गत फागुन २६ गते पनौती नगरपालिका–५ स्थिल छलेश्वर ठूलढुङ्गे सामुदायिक वनमा आगलागी भयो । भोलिपल्ट बनेपा नपा–१० थापागाउँमा भगवान थापाको जस्ताको छानो भएको गोठमा आगलागी हुँदा गोठ र नजिकै रहेको तीन कुन्यु परालसमेत जल्यो । यस्तै पर्सिपल्ट अर्थात् फागुन २८ गते तेमाल गाउँपालिका–७ स्थित सात रोपनी लेखपाखा सामुदायिक वनमा लागेको आगो दुई दिनमा नियन्त्रणमा आयो । प्रहरीका अनुसार फागुन २९ गते चौंरीदेउराली गाउँपालिका–५ को छ रोपन िदेउपोखरे सामुदायिक वनमा आगलागी भयो भने सोही वडास्थित बरारे सामुदायिक वनमा आगलागीबाट स्थानीय भक्तबहादुर गौतमको खाली रहेको घर जली पूर्णरुपमा नष्ट हुँदा करिब रु ५० हजार क्षति भएको थियो ।

यसैगरी फागुन ३० गते बनेपा–१३ भवानीथुम्कास्थित स्यालय गैरा सामुदायिक वनमा आगलागीबाट ७ रोपनी सामुयदायिक वन जल्यो । चैत पहिलोसाता नमोबुद्ध नपा–८ कुश्मती जङ्गलमा भएको आगलागीबाट करिब सात रोपनी सामुदायिक वन क्षति भयो । सोही दिन भुम्लु गाउँपालिका–८ को जङ्गलमा आगलागी हुँदा स्थानीय, प्रहरी, ससस्त्र प्रहरी तथा पाँचखाल नगरको दमकलबाट आगो नियन्त्रणमा लिइएको काभ्रेपलाञ्चोक प्रहरीले जनायो । सोही साता नमोवुद्ध–५ लासकोटस्थित विद्युत् ट्रान्सफरमा अचानक भएको आगलागीबाट गोठे चिउरानी सामुदायिक वनमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा ल्याइएको थियो । महाभारत–७ आलेबासपुर गुजेपानीस्थित पाखोबारिमा फोहोर जलाउने क्रममा हावाहुरी चल्दा नजिकको काठबाट बनेको जस्ता र खरले छाएको दुई वटा गाईगोठमा आगलागीबाट पूर्णरुपमा क्षती भयो भने सँगैको अर्को कुलुङ सामुदायिक वनमा समेत आगो लाग्यो ।

डढेँलोबाट विशेषगरी जङ्गलमा रहेका साना बोट–बिरुवाका साथै वन्यजन्तु विस्थापनमा परेको अनुमान गरिएको छ । आगलागी भएका केही जंगलमा स्थानीयबासी तथा सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा ल्याइएको थियो भने कतिपय जङ्गलको डढेलो आफैं नियन्त्रणमा आएका पनि थिए । विगतका वर्षको तुलनामा यसवर्ष लामो खडेरी परेका कारण पनि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

करिब चार महिनाको अवधिमा काभ्रेपलाञ्चोकको ४८ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय ३० हेक्टर वन जलेर नष्ट भइसकेको छ । हाल रोशीको डाँडागाउँ र बनेपाको धनेश्वर जङ्गलमा लागेको आगो नियन्त्रणमा आएको छैन । उक्त क्षेत्रत्रफलमा आगलागी भएको र जिल्लाका निजी वन–पाखा, घर तथा टहरामा समेत पनि आगलागी भएको घटना भई क्षति पुगेको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लास्थित सब–डिभिजन वन कार्यालयअन्र्तगतका केही सामुदायिक र राष्ट्रिय वनमा आगलागी भइरहेको छ । केही स्थानमा आगलागी नियन्त्रणमा आए पनि थप केही स्थानमा आगलागी भइरहेको कार्यालयको सूचना अधिकारी सरिता लामाले बताउनुभयो । उहाँका अनुसार वैशाख तेस्रो सातासम्म सब–डिभिजन वन कार्यालय चौवासअन्तर्गत १० स्थानमा आगलागी हुँदा चार सय २२ हेक्टर वनमा क्षति पुगेको छ ।

यस्तै सब–डिभिजन जनागालअन्र्तगत चार स्थानको ३२ हेक्टर, सब–डिभिजन महादेवस्थानअन्तर्गत पाँच स्थानमा १५ दशमलव ५ हेक्टर, सव–डिभिजन कटुन्जेअन्र्तगत दुई स्थानमा एक सय ८२ हेक्टरमा आगलागी भएको थियो । त्यस्तै सब–डिभिजन खोपासीअन्र्तगत आठ स्थानमा ४३ हेक्टर, सब–डिभिजन नमोबुद्धअन्र्तगत १३ स्थानमा एक सय २३ हेक्टरमा आगलागी भएको जनाइएको छ ।

आगलागीका क्रममा मानवीय क्षेत्र पनि भएको छ । तेमालमा एक जनाको आगो निभाउन जाने क्रममा निधन भएको छ भने आगलागीका क्रममा नौ जना घाइते भएका छन् । वन–पाखा, घर–टहरा तथा जङ्गलमा आगलागी हुँदा स्थानीय, प्रहरी, ससस्त्र प्रहरी तथा केही स्थानमो दमकलबाट सहायताबाट आगो नियन्त्रणमा लिने गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यलय प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार वनमा आगलागी गर्ने केही व्यक्तिको पहिचान गरी नियन्त्रणमा लिएर कारवाही पनि गरिएको बताउनुभयो । “जिल्लाका थप स्थानमा आगलागीका घटना भइरहेको छन्, आगो लगाउनेको पहिचान गर्ने क्रममा छौँ”, उहाँले भन्नुभयो ।

आगलागीका कारण काभ्रेपलाञ्चोकमा वन्यजन्तु, पंक्षी, बोटविरुवा र लोपोन्मुख वनस्पतिसमेत नष्ट भएको जनाइएको छ । डिभिजन वन कार्यालयले केही वन्यजन्तुको उद्धार गरेको लामाले बताउनुभयो । उहाँका अनुसार उद्धार गरिएकामध्ये सुन कछुवा जिउँदै उद्धार भएको छ भने तीन वटा भाले चितुवा, एक पोथी चितुवा तथा एक रतुवा मृग, एक दुम्सी मृत अवस्थामा फेला पारिएको थियो भने मृगको एक बच्चा जिउँदै अवस्थामा फेला पारिएको हो ।

वन कर्मचारीप्रति बदलाको भावना, जङ्गलमा घाँस पलाउने र वनमा रहेका बोटबिरुवामा राम्रो फल फल्ने गलत धारणा,  चोरी शिकारीले जङ्गलीजन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको बताइन्छ । सामुदायिक वनमा डढेलो लाग्न नदिन जिल्ला वन डिभिजन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक सूचना पाटी राख्नुका साथै डढेलोबाट हुने बेफाइदा, हानी–नोक्सानी र कानूनी व्यवस्थाका बारेमा प्रचारप्रसार गर्दै आएको जनाएको छ । रासस

बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो ।

फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताउनुभयो । उहाँका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो ।

मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौँको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ ।

प्रहरीका अनुसार रुखधनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निस्क्रिय पारेको थियो । घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्नुभएको छ । उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुनसक्ने प्रहरीको अनुमान छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्व छ ।