काभा महिला च्यालेन्ज कप – News Polar

काभा महिला भलिबल, नेपालले श्रीलङ्कालाई हरायो
काठमाडौँः आजदेखि राजधानीमा सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले श्रीलङ्कामाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै विजयी भयो ।

बिहीबारको खेलमा तीन अंक जोडेपछि नेपाली टोली उत्साहित छ । कप्तान अरुणा शाही भन्छिन्, ‘हामीले पछिल्लो पटक खेल्दा बेस्ट अफ ५ खेलेर जितेका थियौं, यो पालि सोझो सेट हराउँदा एमदमै खुसी छौं ।’

यसअघि सन् २०२१ मा बंगलादेशमा भएको काभा वुमन्स च्यालेन्ज कपमा श्रीलंकालाई नेपालले ३–२ को सेटमा पराजित गरेको थियो ।

कप्तान शाहीले आजको खेलको तेस्रो सेटमा सेटिङमा केही गल्ती भएका कारण श्रीलंकाले अग्रता लिएको बताइन् । ‘तेस्रो सेटमा मेरो सेटिङ मिस्टेक भयो । तेस्रो सेटमा मेरो हातबाट बल चिप्लिरहेको थियो । जम्प पास गर्दा पनि मिस्टेक भयो । पछि हामीले सेटर चेञ्ज गरेपछि खेलमा फर्कियौं’, उनले भनिन् ।

बिहीबारको खेलमा सुमित्रा रेग्मी र आरती सुवेदीले आधिकारिक रुपमा ठूलो प्रतियोगितामा डेब्यू गरे ।

पहिलो खेलमा नै उनीहरुले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक जगदिश भट्टले बताए ।

‘उनीहरु भनेको ५/७ वर्ष नेपाली महिला टिम हाँक्ने खेलाडी हुन् । उनीहरुले पहिलो पटक अन्तर्राष्ट्रिय एरेनामा आएर जुन प्रकारको प्रदर्शन गरे त्यो उत्कृष्ट छ’, उनले भने ।

यस प्रतियोगितामा नेपाल समेत भारत, माल्दिभ्स, श्रीलंका र इरान सहभागी छन् ।

सबैभन्दा बढी अंक हासिल गर्ने चार वटा टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

भारतले इरानलाई हरायो

काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा भारतले इरानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा भारतले इरानलाई ३-१ को सेटमा पराजित गरेको हो ।

खेलको पहिलो र दोस्रो सेट भारतले २५-२० र २५-१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा इरानले पुनरागमन गर्दै २५-१९ ले खेल जित्यो । त्यसपछिको सेटमा इरानलाई २५-१० ले पराजित गरेपछि भारतको जित पक्का भयो ।

यस जितसँगै नेपाल र भारतले समान तीन अङ्क जोडेका छन् । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।

काभा कपः नेपालको सुखद् शुरुवात
काठमाडौँ । सोमवारबाट नेपालमा शुरु भएको काभा महिला च्यालेन्ज कप प्रतियोगितामो नेपालले विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमवार भएको खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । घरेलु कोर्ट र समर्थकका साथ पाएको नेपालले शुरुवातबाट नै किर्गिस्तानलाई दबाबमा राख्दै खेलेको थियो । सो क्रममा नेपालले किर्गिस्तानमाथि पहिलो सेट २५–११ ले पक्षमा पारेको थियो ।

दोस्रो सेटमा केही सुधारिएको खेल देखाएपछि किर्गिस्तानमाथि नेपाल हाबी नै रह्यो । २५–१९ ले पक्षमा पार्दै २–० ले अगाडि बढेको नेपालले तेस्रो सेटमा २५–११ ले आफ्नो बनाउँदै पहिलो खेलमा सुखद् शुरुवात गरेको हो । जित सँगै समूह ए मा रहेको नेपालले स्पष्ट तीन अंक जोडेको छ । किर्गिस्तानले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । अब नेपालले दोस्रो खेलमा मंगलवार बंगलादेशको सामना गर्नेछ ।

यस्तै च्यालेन्ज कपको समूह ‘बी’ मा उज्वेकिस्तान र समूह ए अन्तर्गतको खेलमा भारतले विजयी शुरुवात गरेका छन् । कभर्डहलमा भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दा भारतले पनि बंगलादेशलाई सोझै सेटमा स्तब्ध बनायो ।

पहिलो सेटमा २७–२५ को प्रतिष्पर्धात्मक जित निकालेको उज्वेकिस्तानले दोस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो । पहिलो सेटमा कठिन चुनौति दिएर पनि जित्न नसकेको श्रीलंकाले त्यसपछि पुनरागमन गर्न असफल भएको थियो । श्रीलंकाबिरुद्ध हाबी बनेको उज्वेकिस्तानले तेस्रो सेटमा २५–१३ को सहज जित निकाल्दै प्रतियोगितामा राम्रो शुरुवात गरेको हो । यस्तै, भारतसामु निरीह बनेको बंगलादेश २५–३, २५–९ र २५–६ को सेटमा पराजित भयो ।