कांग्रेसको कलह – News Polar

कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
काठमाडौं । नेपाली कांग्रेसमा लामो समयदेखि जारी रहेको आन्तरिक विवादपछि अकस्मात पार्टीको महाधिवेशनमा सहमति जुटेको छ । कांग्रेसको असन्न १५ औँ महाधिवेशनका विषयमा पार्टीभित्र खासमा तीन धार देखिएका थिए । ती तीन धार एकै ठाउँमा आउन सहमत भएपछि पुसको अन्तिम साता महाधिवेशन गर्ने सहमति जुटेको हो ।

एकथरि फागुनमा प्रस्तावित आमनिर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने रायमा थिए भने अर्काथरिले जसरी पनि चुनावअघि नै गर्नुपर्ने मतमा । त्यस्तै पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले भने पार्टीको नियमित नभएर विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा थिए । उनीहरु जतिसक्दो चाँडै विशेष महाधिवेशन गर्नुपर्छ भन्नेमा थिए ।

अघिल्लो शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा भएको लामो छलफलपछि निर्वाचनअघि अर्थात आगामी पुस महिनामै गर्नेमा सहमित जुटेको थियो । यसअघि कुनै पनि हालतमा चुनावअघि महाधिवेशन गर्न नहुने अडानमा रहेका नेताहरु पनि एकाएक यसमा तयार भएपछि सहमति जुटेको हो ।

त्यसपछि विशेष महाधिवेशनको मागमा रहेका महामन्त्रीहरु पनि सहमत भए र केन्द्रीय समितिको बैठकबाट सर्वसम्मत निर्णय गरियो । अहिले कांग्रेस महाधिवेशनमा जुटि पनि सकेको छ ।

तर पनि कुनै न कुनै संशय भने बाँकी नै रहेको पार्टीका नेताहरु बताउने गरेका छन् । किनभने सर्वसम्मत निर्णयको एउटा बुँदामा भनिएको छ– नेपाली कांग्रेसको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि २०८२ मंसिर २४ गतेदेखि लागु हुने गरी २०८२ माघ मसान्तसम्मका लागि थप गर्ने निर्णय गर्दछ र यो निर्णय निर्वाचन आयोगलाई जानकारी दिने ।

खासमा यो प्रावधानका कारण पार्टीको आागमी महाधिवेशनका बारेमा संशयहरु उब्जिएका हुन् । एकातिर कांग्रेसले पुस १६ गतेदेखि २६ गतेसम्म महाधिवेशनको कार्यतालिका पारित गरेको छ र पुस २६ देखि २८ सम्म महाधिवेशन नै हुने सर्वसम्मत निर्णय पनि गरेको छ । त्यसो भए किन यो निर्णय गरिएको भन्ने पक्षमा पनि केही नेताहरु रहेका छन् ।

विशेष गरी विशेष महाधिवेशन पक्षधरहरुले यो निर्णयमा संशय व्यक्त गर्ने गरेका छन् । उनीहरुले सोही निर्णय गरेको बेलुका नै एक विज्ञप्ति जारी गर्दै सो निर्णयप्रति प्रश्न गर्नुका साथै आफूहरुको विशेष महाधिवेशनको प्रस्ताव समेत जीवित रहेको बताएका छन् ।

विज्ञप्तिमा उनीहरुले माघको अन्तिमसम्म समयावधि थप्नुको औचित्य पुष्टि गर्न चुनौती पनि दिएका छन् । उनीहरुले पुसमा हुन लागेको महाधिवेशनको निर्णयमा त सहमति जनाएकै छन् । यदि समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन कसैले रोक्न नसक्ने तर्क अहिले पनि अघि सार्दै आएका छन् ।

निकै लामो रस्साकस्सीपछि सहमति त जुट्यो तर किन माघ मसान्तसम्म कार्यसमितिको म्याद थप गरियो भन्ने विषय पनि अहिले पार्टीमा उठेको छ ।

महाधिवेशनको कार्यतालिका सर्वसम्मतिले पारित गरिएको भए पनि संशय बाँकी देखिन्छ । किनभने महाधिवेशन निर्धारित समयमै भयो भने पुस मसान्तभित्रै नयाँ कार्यसमिति चयन भइसक्छ । त्यसपछिको माघ एक महिना केका लागि भन्ने प्रश्न आउने गर्दछ । त्यसैले नै यसको संशय बढाएको हो ।

यो महाधिवेशनको नतिजा त पुस अन्तिममा नै आइसक्छ । तर माघ मसान्तमा सम्म किन पुरानो कार्यसमितको म्याद थपियो भन्ने प्रश्न अहिले विशेष महाधिवेशनको प्रस्ताव गर्नेहरुले गरिरहेका छन् । उनीहरु पनि पुसको नियमित महाधिवेशनमा त सहमत भएकै हुन् ।

त्यसैले उनीहरुले विशेष महाधिवेशनको प्रस्तावबाट पछि हटेको भएपनि भोलि नियमित महाधिवेशन निर्धारित समयमा भएन भने विशेष महाधिवेशनको प्रस्ताव स्वतहः ब्युँतिने उनीहरुको दाबी छ ।

पुसको १६ गते विपी कोइरालाले मेलमिलापको नीति लिएको दिन पारेर सुरु हुने महाधिवेशन अन्तर्गत त्यही दिन सबै वडामा अधिवेशन हुनेछ । त्यसपछि जिल्ला, क्षेत्र र प्रदेश हुँदै सबै महाधिवेशन सकेपछि पुसको २६ देखि २८ गतेसम्म राष्ट्रिय महाधिवेशनको मिति तोकिएको छ ।

उता विशेष महाधिवेशनको माग गर्ने महामन्त्री थापाले केन्द्रीय कार्यालयमा दर्ता गराएको रायमा सही नियत नदेखिए विशेष महाधिवेशन कसैले रोक्न नसक्ने उल्लेख छ ।

उनले अहिलेसम्म महाधिवेशन सम्बन्धी कामहरु रोकिएका र रोक्न लगाइएको बताउँदै आएका छन् । महाधिवेशन गर्ने कुरा अब मूलतः नियतमा भर पर्ने र यदि निर्धारित समयमै महाधिवेशन गर्नेतरि संस्थापन पक्ष गएन भने विशेष महाधिवेशन आह्वान गरिने पनि उनले बताएका छन् ।

महामन्त्रीद्वय थापा र विश्वप्रकाशको विशेष महाधिवेशनको अडान तथ यसमा अन्य नेताहरुबाट पनि फाट्टफुट्ट आइरहेको विरोधका स्वरहरुका कारण एवं विभिन्न महाधिवेशनका लागि आवश्यक समयको अभाव जस्ता कारणहरुले पक्कै पनि कांग्रेसभित्र संसय चाहिँ बढाएकै छ ।