कल सेन्टर – News Polar

ललितपुरको कल सेन्टरमा रातारात सीआईबीको छापा, ५३ जना पक्राउ
काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरमा प्रहरीले छापा मारेर ५३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले गएराति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीले जनाएको छ ।

उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको छ । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।

विमान दुर्घटनाबारे जानकारी दिन कल सेन्टर स्थापना
काठमाडौँ । आज विहान पोखरामा भएको यती एयरलाइनसको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका बारेमा जानकारी लिन दुईवटा टेलिफोनमार्फत् कल सेन्टर स्थापना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विमान दुर्घटनाको बारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्यहरुका लागि सम्पर्क गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्न कल सेन्टर खोलिएको छ, आवश्यक जानकारी लिन कल सेन्टरमा फोन गर्दा हुन्छ ।”

उक्त कल सेन्टरमा यती एअरलाइन्सका तर्फबाट पेम्बा शेर्पा ९९८०१००७५३१० तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका तर्फबाट ०१(४११३१६३ नम्बरका फोनहरु राखिएका छन् । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको विषयमा आवश्यक सबै सूचना एकै ठाउँबाट दिने गरी कल सेन्टर स्थापना गर्ने निर्णय गरेसँगै विमानस्थलमा कल सेन्टर स्थापना गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । रासस

महानगरको कल सेन्टरमा दशैँका ९ दिनमा ६९५ जनाको टेलिफोन
काठमाडौँ । काठमाडौँ महानगरको कल सेन्टरमा दशैँभरि दिनमाभन्दा रातको समयमा टेलिफोनबाट धेरै सोधपुछ र सहयोगका माग भयो । असोज १४ गतेदेखि २२ गतेसम्म आएका ६९५ कलमध्ये दिनमा १५७ जनाले र रातको समयमा ५३८ जनाले टेलिफोन सम्पर्क गरेका थिए । १४ गते आएका ३० वटा कलमध्ये २९ वटा, १५ गते दिनमा आएका १९ वटा कलमध्ये १७ वटा डेङ्गीसँग सम्बन्धित सोधपुछ र सहयोगका लागि थिए । त्इसदिन राती १३४ जनाले कल गर्नुभएको थियो । यी सबै समस्या डेङ्गीसँग सम्बन्धित थिए । यही औसतमा डेङ्गीको सोधखोज देखिन्छ ।

असोज १६ गते सबैभन्दा धेरै व्यक्तिले फोन सम्पर्क गर्नुभयो । त्यसदिन दिउँसो ४२ जना र राती १६६ जनाको फोन आएको थियो । सबैभन्दा कम फोन आएको दिन २१ गते हो । यस दिन १० जनाको मात्र फोन आएको थियो ।

‘केही थोरै कल प्रशासनिक विषयसँग सम्बन्धित थिए । केही कल कुहिएको मासु बेचेको सम्बन्धी, केही कल मिठाईमा अखाद्यबस्तु मिसाइएको सम्बन्धी, केही कल मृत पशु व्यवस्थापन सम्बन्धी थिए । तर, धेरै कल डेङ्गीसँगै सम्बन्धित थिए ।’ कल सेन्टर स्वास्थ्यतर्फका फोकल पर्सन ऋषि भुषालकाअनुसार लक्षण सोध्ने, औषधिको नाम सोध्ने, सिटामोल पाइएन कहाँ पाइन्छ भनेर सोध्ने, खान हुने र नहुने खानेकुराको नाम सोध्ने, कति दिनमा रोग निको हुन्छरु सोध्ने जस्तो कल धेरै थिए ।

कल सेन्टरको रेकर्डअनुसार ‘ज्वरो आएको ५ दिन भइसक्यो, अझै घट्दैन । जीउ हल्लाउनै सकिएन । ज्वरो कम भयो तर जीउ चिलाउने धेरै छ । बच्चाहरुलाई सास फेर्नै गाह्रो भयो । झाडा पखाला छ के गर्नेरु गाह्रो हुँदा कुन अस्पताल जानेरु’ जस्ता जिज्ञासा धेरै देखिन्छन् ।

महानगरको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाले असोज १० गतेदेखि २२ गतेसम्म ७९ जना डेङ्गीका विरामीलाई अस्पताल पुर्यायो । एम्बुलेन्स सेवाका कार्यकारी प्रमुख अमीत जोशीकाअनुसार यसअवधिमा अस्पताल लगिएका २५३ विरामीमध्ये ७९ जना डेङ्गी संक्रमणका हुन् ।

काठमाडौँ महानगरले दशैँ विदाका बेला पर्न सक्ने समस्या समाधान गर्न ११८० टोल फ्रि नम्बरलाई २४ सै घण्टा सञ्चालन गरेको थियो । दिनमा कल सेन्टरबाट र रातको समयमा कल फरवार्ड गरेर प्रश्नकर्ताको प्रश्नको जवाफ दिइएको थियो ।

महानगरले संक्रमण रोकथाम र नियन्त्रणका कामलाई निरन्तरता दिँदै पर्वका अवधिमा महिला स्वास्थ्य स्वयमसेविकाबाट सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको थियो । महानगरमा ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका हुनुहुन्छ । माग गर्नेहरुलाई उहाँहरुले घरमै गएर सिटामोल र जीवनजल वितरण गर्नुभएको थियो ।

तीनकुने र गैह्रीगाउँका चिनियाँ कल सेन्टरमा प्रहरीद्वारा छापा
काठमाडौँ । काठमाडौंको तीनकुने र गैह्रीगाउँका तीन ठाउँमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले सो स्थानमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।

अहिले प्रहरी टोली कल सेन्टरमै रहेको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । २०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बुटवलको एक कल सेन्टरमा छापा, १५० जना पक्राउ
बुटवल । ठगी गरेको आरोपमा बुटवलको एक कल सेन्टरबाट १५० जनालाई पक्राउ गरिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा संचालित कल सेन्टरले ठगी कार्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सो कल सेन्टरबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको पाइएको छ ।

सो कल सेन्टरमा विदेशी नागरिक समेतको लगानी रहेको खुलेको छ ।

प्रभावकारी बन्दै महानगरको ‘कल सेन्टर’, दैनिक ३०० गुनासो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र(कल सेन्टर) प्रभावकारी बनेको छ ।

महानगरले गुनासो सुन्न र तत्काल सम्बोधन गर्न गत मङ्गलबारदेखि कल सेन्टर पुनःसञ्चालनमा ल्याएको थियो । महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते भएको पहिलो कार्यपालिका बैठकको निर्णयानुसार कल सेन्टर सञ्चालनमा ल्याइएको हो । हाल दैनिक ३०० गुनासो आउने गरेको बताइएको छ ।

महानगरको सूचना प्रविधि विभागका नमराज ढकालका अनुसार आएका गुनासामध्ये ९० प्रतिशत फोहर व्यवस्थापनसँग सम्बन्धित रहेका छन् ।

त्यसैगरी सडकका खाल्डाखुल्डी पुर्ने, सेवा प्रवाह जस्ता गुनासो नागरिकका रहेका छन् । गत मङ्गलबारदेखि गुनासो भए वा केही सोधपुछ गर्नुछ भने निःशुल्क टेलिफोन नं १६६००१०५५११ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको थियो ।

सूचना प्रविधि विभागका प्रमुख ढकाल भन्नुहुन्छ, “सेन्टरको क्षमता एकैपटक १५ टेलिफोन रिसिभ गर्न सकिने खालको छ ।” कामपाको सेवा प्रवाह, वडा, विभाग, आयोजना तथा एकाइसँग सम्बन्धित सोधपुछ तथा गुनासा, कामपाको सेवासुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षासम्बन्धी गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो ।

कल सेन्टरमा कसैले टेलिफोन गरेपछि गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरूको फोन नं, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् । त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालितरूपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत वा विभागीय प्रमुखलाई उक्त गुनोसो प्रवाह गरिन्छ ।

यसरी आएका गुनासोको प्रकृति हेरी सम्बन्धित विभागको अगुवाइमा जतिसक्दो छिटो सम्बोधन गरिनेछ । हालका लागि कार्यालय समयमा मात्रै सञ्चालन भएको उक्त सेन्टरमा अन्य समयमा भएका गुनासो रेकर्ड हुने व्यवस्था गरिएको छ ।

काठमाडौँ महानगरपालिकाद्वारा कल सेन्टर सञ्चालनमा
काठमाडौं । काठमाडौँ महानगरपालिकासँग केही गुनासो भए वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं १६६००१०५५११ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि यही जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले सात दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आजदेखि राष्ट्रिय सभागृहमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।

कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्नुहुन्छ, “सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ । कामपाको सेवा प्रवाह, वडा, विभाग, आयोजना तथा एकाइसँग सम्बन्धित सोधपुछ तथा गुनासा, महानगरीय सेवा तथा सुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षासम्बन्धी गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो ।

कार्यक्रममको उद्घाटन गर्दै कामपा प्रमुख बालेन्द्र साहले उत्तरदायी स्थानीय सरकारका रूपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको बताउनुभयो ।

कल सेन्टरमा कसैले टेलिफोन गरेपछि गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् । त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालितरूपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमएस र इमेल पठाउँछ ।

इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्बिर, भौगोलिक नक्सा तथा विवरण समावेश हुने बताइएको छ । सूचना प्रविधि विभागका प्रमुख ढकालका अनुसार अहिले यो प्रणाली कार्यालय समयमा सञ्चालन हुनेछ ।

निर्वाचन कल सेन्टर सञ्चालनमा
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ आजदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ ।

निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।

विगतमा ११ अङ्क नम्बर रहेको टोलफ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अङ्कको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा नौ जनाशक्ति खटाइएको छ । आगामी स्थानीय तहको निर्वाचनसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ ।

निःशुल्क टोल फ्रि नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गर्नुभयोे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले कल सेन्टरमा सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासालाई शिष्ट भाषामा सम्बोधन गर्न निर्देशन दिनुभयो । निर्वाचनसँग सरोकार राख्ने व्यक्ति वा संस्थाले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गर्न सकोस् भन्ने हेतुले आयोगले विगतदेखि नै निर्वाचनका बेला कल सेन्टर सञ्चालन गर्दैआएको हो ।

“सबै मतदाताले मतदानका विषयमा निःशुल्क र सरलरुपमा जानकारी प्राप्त गरुन र आफूले चाहेको उम्मेदवारलाई निर्भयपूर्वक मतदान गर्न सकुन भन्नेमा आयोगले विशेष ध्यान पुर्‍याउँदै आएको छ”, उहाँले भन्नुभयो,“कलसेन्टर मतदाताको आकर्षणको निम्ति हो । सेन्टरमा जवाफ दिने भूमिकामा रहनुभएकाले पनि सुझबुझका साथ विनम्र भएर जवाफ दिनु होला ।”

आयोगका प्रवक्ता शालिग्राम शर्माले कल सेन्टरमा खटिएका कर्मचारीलाइ सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासोलाई बुझिने भाषामा सरलरुपमा सम्बोधन गर्न सुझाव दिनुभयो ।