एमाले बैठक – News Polar

एमाले बैठक : राजनीतिक प्रतिवेदन सुझावसहित पारित
लतिलपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आज सम्पन्न दसौँ पूर्ण बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत मुलुकको राजनीतिक परिस्थिति र पार्टीको नीतिसम्बन्धी विशेष प्रस्ताव र समसामयिक २२ बुँदे प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

पारित प्रस्तावमा गत भदौ २३ गते आयोजित जेनजी प्रदर्शन, संसद् भवनमा आगजनी, गोली प्रहार, भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन, छानबिन आयोग, शान्ति सुरक्षा, सुशासन, निर्वाचन आदि विषय समेटिएको छ ।

बैठकले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ र उच्च बनाउँदै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन राजनीति दलहरू र आमनागरिकलाई आह्वान गरेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

तीनदिने बैठकमा केन्द्रीय कमिटीका दुई सय ३३, प्रदेश कमिटीका अध्यक्ष आठ, पोलिटब्युरोका ४६, स्थायी कमिटीका २१, केन्द्रीय निकायका तीन र पदाधिकारी १७ जना सदस्यले सुझावसहितको मन्तव्य राख्नुभएको थियो । बैठकमा चारवटै आयोगका अध्यक्ष क्रमशः अनुशासन आयोगका अध्यक्ष केशव वडाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, लेखा परीक्षण आयोगका अध्यक्ष डा पुष्प कँडेलले आफ्नो मन्तव्यसहित सुझाव राख्नुभएको थियो । बैठक समापन गर्दै अध्यक्ष ओलीले आफू सदैव पार्टी एकताको पक्षमा रहेको स्पष्ट गर्दै अहिलेको सङ्कटको समाधान र लोकतन्त्रको रक्षामा लाग्न आह्वान गर्नुभयो ।

मुलुकमा पछिल्लो अवधिमा विकसित असामान्य परिस्थितिका सम्बन्धमा एमाले संवेदनशील, चिन्तित र गम्भीर उल्लेख गर्दै पारित समसामयिक प्रस्तावमा राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, शान्ति, विकास र समृद्धिको बाटो नै अनिश्चित भविष्य एवं सङ्कटको दिशातिर उन्मुख भइरहेको वर्तमान अवस्थामा मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउन सक्रिय भूमिका खेल्ने सङ्कल्प गरिएको छ ।

सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासनलगायत विभिन्न माग राखेर जेनजी युवाहरूले गरेको गत भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट पार्टी स्तब्ध भएको जनाउँदै घटनामा परी जीवन गुमाउनुहुने युवाहरू एवं कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका सुरक्षाकर्मी र नागरिकप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

पारित प्रस्तावमा भनिएको छ, “तथ्यहरूले भदौ २३ गते कुनै न कुनै दुःखद् घटना घटाएर भदौ २४ गते देश दहन गर्ने सुनियोजित तयारी भइरहेको थियो भन्ने पुष्टि गर्छन् । यस घटनाको स्वतन्त्र, निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ, सबै तथ्यहरू बाहिर ल्याइनुपर्छ र संलग्न दोषीहरूलाई कारबाही गरिनुपर्छ भन्ने माग गर्दछ ।”

बैठकले आन्दोलनका क्रममा आफ्नै निवासमा आक्रमणमा पर्नुभएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन परराष्ट्रमन्त्री डा आरजु देउवा र निवासमै जलेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्रा रविलक्ष्मी चित्रकारलगायत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

मुलुकको विकास र समृद्धिका लागि नव युवाहरूसँग अझ सार्थक संवाद गर्न, उहाँहरूका सरोकारलाई ग्रहण गर्न, सहकार्यका साथ अगाडि बढ्न सदैव तत्पर रहेको प्रतिबद्धता जनाउँदै एमालेले तदनुरूप पार्टीका संरचनाहरूमा युवा सहभागिता अभिवृद्धि गर्न एवं सरकारमा रहँदा उद्यमशीलता, सीप विकास, उत्पादन र बजार शृङ्खलाको इकोसिस्टम निर्माण गर्न, स्टार्ट अप, नवप्रविधिमार्फत नवप्रवर्तनको विकासलगायत क्षेत्रमा विभिन्न चालिएका कदमको पुनः स्मरण गराएको छ । रासस

एमाले केन्द्रीय कमिटी बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक जारी छ । आज दोस्रो दिनको बैठक बिहान ८ बजेदेखि सुरु भएको हो ।

बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी छ ।

हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए ।

आज झन्डै एक सय जनाले धारणा राख्ने अनुमान छ । यही क्रममा सबै केन्द्रीय सदस्यले समय लिएमा बैठक लम्बिने संकेत देखिएको छ ।

बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने प्रबन्ध गरिएको छ । बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि वर्णानुक्रम अनुसार पालो मिलाइएको छ ।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्यका धारणा सुनेपछि पदाधिकारीले पनि आफ्ना धारणा राख्नेछन् । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिने तयारी छ ।

नेकपा एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने छ ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेन्डा तय गरेको थियो । पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए ।

नेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको हो ।

बैठकमा गत सोमबार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धी सहमतिबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

गत सोमबार एमाले र कांग्रेसबीच सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको छ ।