इन्दु बर्मा – News Polar

राम्रो खेलेपनि नतिजा आउन सकेनः कप्तान इन्दु
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले राम्रै क्रिकेट खेले पनि नतिजा आउन नसकेको बताउनुभएको छ ।

युगाण्डामा चार देश सम्मिलित टी ट्वान्टी वुमेन्स डे कपमा खराब प्रदर्शनसहित नेपाली टोली बुधवार स्वदेश फर्किएको छ । उपाधि जित्ने लक्ष्यसहित युगाण्डा गएको नेपालले कुल ६ मध्ये दुई जित र चार हार सामना गरेको थियो ।

बुधवार स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकी कप्तान इन्दुले आफ्नो टोलीले खराब क्रिकेट नभइ राम्रो क्रिकेट खेले पनि दुर्भाग्यवश राम्रो नतिजा नआएको बताउनु भयो यद्यपि, उहाँले युगान्डा भ्रमणका क्रममा आफ्नो टोलीले राम्रो अनुभव बटुलेको विश्वास व्यक्त गर्नुभयो । युगाण्डा, नामिबिया र हङकङ राम्रा टिम रहेको र ती टोलीसँग खेल्न पाउनु नेपालका लागि एक्सपोजर मिलेको उनले बताउनु भयो । तर नतिजाका रूपमा श्रृंखलामा भने हाम्रो राम्रो नभएको बताउनु भयो । नेपालको जस्तै पिच कन्डिसन भए पनि नतिजा आउन नसकेको उनले स्वीकार गर्नुभयो । श्रृंखला ससाना गल्ती भइरहेको र त्यसमा आफूले नै भुमिका खेल्नुपर्ने भएपनि व्यक्तिगत रूपमा आफूबाट पनि राम्रो प्रदर्शन नभएको उहाँको भनाइ छ । आफूले पनि अझ राम्रो खेलेको भए केही खेलमा जित सम्भव रहेको कप्तान इन्दुले बताउनु भयो ।

कप्तान इन्दुले युवा खेलाडीले यस शृंखलामा राम्रो प्रदर्शन गरेको उल्लेख गर्नुभयो । ती खेलाडीले यसरी नै एक्सपोजरमा पाएमा अभैm राम्रो क्रिकेट खेल्ने विश्वास कप्तान इन्दुको छ । कप्तान इन्दुले उत्कृष्ट टोलीसँग क्रिकेट खेलेकाले एसिया क्वालिफायरका लागि तयारी प्रभावकारी भएको बताउनु भयो । नतिजा नआए पनि पहिलेको क्रिकेट शैली र अहिलेमा धेरै पक्षमा सुधार आएको उहाँको विश्वास छ । महिला क्रिकेटलाई जतिसक्दो धेरै एक्सपोजर दियो त्यति नै राम्रो नतिजा आउने सम्भावना रहेको उनी बताउनु भयो ।

कप्तान इन्दुले नतिजा आउन समय लागे पनि नेपाली महिला टोलीको भविष्य राम्रो रहेको विश्वास व्यक्त गर्नुभयो ।

युगाण्डामा राम्रो क्रिकेट खेलेर फर्कन्छौं– कप्तान इन्दु बर्मा
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले युगान्डामा हुने अन्तर्राष्ट्रिय वुमन्स डे कपमा उत्कृष्ट क्रिकेट खेल्ने बताएकी छन् ।

आगामी मार्च ८ देखि १६ सम्म नेपालले घरेलु टोली युगाण्डा, हङकङ र नामिबिया सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । सोही अन्तर्राष्ट्रिय वुमन्स डे कप खेल्न जाने नेपाली टोलीको सोमवार बिदाइ गरिएको थियो । सो अवसरमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले घरेलु मैदानमा नै भएको त्रिकोणात्मक शृंखलामा पनि राम्रो खेलेको उल्लेख गर्दै यसपल्ट पनि प्रभावकारी तयारी भएकाले युगान्डामा राम्रो क्रिकेट खेल्ने बताएकी हुन् ।

पछिल्लो श्रृंखलामा केही पक्षहरूमा कमी भएको र अहिले त्यसमा सुधार गरिएको उनको भनाइ छ । घरेलु मैदानमा भएको श्रृंखलामा नेपाली टोलीमा फिटनेसको समस्या देखिएको थियो । कप्तान इन्दुले युगाण्डा भ्रमणको तयारीका क्रममा नेपाली टोलीकी फिटनेस ट्रेनर मोनिकाले धेरै पक्षमा सुधार गरेको बताइन् । अहिले अनुभवी र यु–१९ का प्रतिभावान् खेलाडीसहित बलियो टोलीको बनेको उनको भनाइ छ । त्यसैले युगान्डामा राम्रो क्रिकेट खेलेर फर्कने उनको विश्वास छ ।

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले पनि क्याम्पमा फिल्डिङ र फिटनेस विशेष ध्यान दिएको र फिटनेस ट्रेनरले पनि धेरै मेहनत गरेको बताए । यसबाहेक ब्याटिङ र बलिङमा पनि राम्रो तयारी भएकाले सुखद् नतिजा आउने उनको विश्वास छ । ६ वटै खेल हारे पनि त्रिकोणात्मक शृंखलामा राम्रो प्रदर्शन भएको उल्लेख गर्दै प्रशिक्षक कटुवालले युगाण्डा भ्रमणमा जितेर आउने आशा व्यक्त गरेका छन् ।

मूलपानीमा आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्का र प्रवक्ता छुम्बी लामालगायतले नेपाली टोलीलाई बिदाइ गरेका थिए । सो अवसरमा क्यानका सचिव पारस खड्काले विश्वकपको तयारी अनुरूप यो भ्रमण राखिएको उल्लेख गर्दै खेलाडीका लागि धेरैभन्दा धेरै म्याच एक्सपोजर दिने प्रयाय क्यानले गरिरहेको बताए । पछिल्ला समयमा नेपाली महिला क्रिकेटको नतिजामा पनि समर्थकले धेरै चासो दिन थालेकाले सोहीअनुरूप राम्रो प्रदर्शन गर्न पनि उनले सुझाव दिएका छन् । उनले जित हारको मूल्यांकन भैरहेकाले देशलाई जिताउने गरी खेल्न आग्रह गरेका छन् ।

सबैले एक अर्कासँग दुईपल्ट प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । नेपालले आगामी मार्च ८ मा नामिबयासँग खेल्दै युगाण्डा श्रृंखलाको शुरुवात गर्नेछ । त्यसपछि नेपालल मार्च ९ मा युगान्डा मार्च १० मा हङकङसँग, मार्च १२ मा नामिबियासँग, मार्च १३ मा युगान्डा र मार्च १४ मा हङकङसँग फेरि खेल्ने तालिका छ । क्यानले यसै वुमेन्स डे कपका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ ।

यसमा सना प्रविन र रिया शर्माले पहिलोपल्ट सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यी दुईले यु–१९ विश्वकपसमेत खेलेका थिए । इन्दुको कप्तानमा रहेको नेपाली टोलीमा सना र रियासहित रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झनाकुमारी खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट र अलिशाकुमारी यादव ९विकेटकिपर० छन् ।

काठमाडौं गुर्खाजको ब्राण्ड एम्बासडरमा इन्दु बर्मा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजले आफ्नो ब्राण्ड एम्बासडरमा नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई घोषणा गरेको छ ।

काठमाडौंमा आईतवार एक भव्य समारोहका बीच काठमाडौं गुर्खाजले ब्राण्ड एम्बासडरमा इन्दुलाई घोषणा गरेको हो । सोही अवसरमा काठमाडौंले आफ्नो जर्सी पनि सार्वजनिक गरेको थियो ।

मार्की खेलाडी करण केसी नयाँ जर्सीमा उपस्थित भए । काठमाडौं गुर्खाजले बाजागाजासहित काठमाठौंको संस्कृति र पहिचान झल्कने किसिमको प्रश्तुतीहरू देखाएको थियो । नेवारी भेष नृत्य र लाखे नाच पनि प्रश्तुत गरिएको थियो । अक्सनबाट समावेश खेलाडीलाई सुटसहित स्टेज उपस्थिति गराउँदै काठमाडौं गुर्खाजले आफ्नो तयारी विशेष रहेको सन्देश दियो ।

सोही कार्यक्रमका बीच काठमाडौंको आफ्नो मुख्य प्रायोजकमा बिवाइडीलाई घोषणा गरेको छ । उक्त कार्यक्रममा काठमाडौं गुर्खाजका अध्यक्ष उपेन्द्र महतो, नेपाल क्रिकट संघ (क्यान)का सचिव पारस, खड्का, टिम मालिक श्रृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थिए ।

काठमाडौंको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी छन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहयाक प्रशिक्षकसमेत हुन् । काठमाडौं गुर्खाजका अन्य खेलाडी साहव आलम, भीम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठ छन् ।

काठमाडौं गुर्खाजले विदेशी खेलाडीमा नेदरल्याण्ड्सका माइकल लेभिट, नामिबियाका कप्तान जेरार्ड इरासमस, इङ्ल्याण्डका क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुवन्ध गरिसकेको छ ।

धेरै पक्षमा सुधार आवश्यक छ–कप्तान इन्दु
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले एशिया कपजस्तो ठूला प्रतियोगिता खेल्न धेरै पक्ष सुधार गर्नुपर्ने बताउनुभएको छ ।

श्रीलंकामा जारी महिला एसिया कपमा खेलेर स्वदेश फर्कने क्रममा कप्तान इन्दु भारत र पाकिस्तानजस्तो बलिया टोलीसँग खेल्न धेरै पक्षमा सुधार आवश्यकता रहेको औंल्याउनुभएको हो ।

एशिया कपमा ऐतिहासिक सफलता निकाले पनि ठूला टोलीविरुद्ध जित निकाल्न ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गरे भारत र पाकिस्तानसँग जित्न सकिने बताउनु भयो । महिला ट्वान्टी–२० एसिया कपमा सहभागिता जनाएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का कार्यवाहक सदस्यसचिव अञ्जन धमला र सदस्य प्रकाशकुमार कुसारीले स्वागत गर्नुभएको थियो । प्रतियोगितामा तीन खेल खेलेको नेपालले एक जित र दुई हारको नतिजा निकाल्यो । पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो ।

एशिया कप इतिहासमा नेपालको यो पहिलो जित हो । जसरी नै युएइसँग जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको र सफल पनि भएको नेपालकी कप्तान इन्दुले बताउनु भयो । पाकिस्तानसँग पनि राम्रो खेल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य राखे पनि सोचेअनरूप हुन नसकेको उनको भनाइ छ । तर टेस्ट राष्ट्रसँग खेल्दा नेपालसँग पनि सम्भावना छ भन्ने प्रमाणित भएको कप्तान इन्दुको विश्वास छ ।

नेपालले पाकिस्तानसँग नौ विकेट र भारतसँग ८२ रनको हार व्यहोरेको थियो । नेपालले फ्लड लाइटमा खेल्दा फिल्डिङ केही गल्ती गरेको थियो । तर फ्लड लाइटका कारण धेरै समस्या नभएको नेपाली टोलीकी कप्तान इन्दुले बताउनु भयो । भारत र पाकिस्तानजस्तो राम्रो टोलीसँग खेल्दा दबाबका बीच कसरी खेल्ने लगायत धेरै कुरा पनि सिकेर आएको उहाँले बताउनुभएको छ ।

तेस्रो पटक एशिया कप खेलेको नेपालले ऐतिहासिक सफलता निकाले पनि समूहचरण पार गर्न सकेन । एशिया कपको इतिहासमा आफ्नो कुल ११ खेलमा एक जितसहित नेपाल फर्किएको हो ।

ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौं: कप्तान बर्मा
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन् ।

नेपालले आगामी कात्तिक २९ गतेदेखि हङकङमा चार देश सम्मिलित ट्वान्टी–२० श्रृंखला खेल्दैछ । त्यसका लागि नेपाली महिला क्रिकेट टोलीले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छोटो तयारी गरेको थियो । नेपाली टोली आईतवार त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई बिदाई गर्‍यो । सो अवसरमा पत्रकारसँगको कुुराकानीमा नवनियुक्त कप्तान इन्दुले आफ्नो लागि समेत अवसरका रूपमा लिएको यस श्रृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका हुन् ।

११ वर्षदेखि नेपालको कप्तानी समाल्दै आएकी रुबिनालाई हटाउँदै क्यानले यसै हप्ता मात्र इन्दुलाई नेतृत्वको जिम्मेवारी दिएको हो । त्यसैले इन्दुका लागि यो पहिलो परीक्षासमेत हुनेछ । कप्तान इन्दुले पनि यसलाई चुनौतिको रूपमा लिएको बताएकी छिन् । पछिल्ला समय कमजोर पक्षमा ध्यान दिएको उनले उल्लेख गरिन् । कप्तन इन्दुले विशेष फिल्डिङ र फिटनेसमा काम गरेको बताएकी छन् ।

नेपालले अन्तिम समयमा मात्र प्रशिक्षक नियुक्त गरेको हो । पारस खड्का निकट मानिएका झापाका मनोज कटुवालले महिला क्रिकेट टोलीको प्रशिक्षण जिम्मेवारी पाएका हुन् । नवनियुक्त प्रशिक्षक मनोज कटवालले पनि ६/७ दिनको तयारीबाट चुनौती धेरै भए पनि च्याम्पियन भएर फर्किने आशा व्यक्त गरेका छन् ।

शनिवार क्यानले मुलपानीस्थित मुख्यालयमा टोलीको बिदाई गरेको हो । क्यानका सचिव पारस खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदीप शर्माले टोलीलाई बिदाई गरेका थिए । क्यानका सचिव खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिए । साथै उनले पुरुष टोलीले झैँ शानदार प्रदर्शन गरेर च्याम्पियन हुन आग्रह गरे । क्यानले उपकप्तानको जिम्मेवारी भने बिन्दु रावललाई दिएको छ । नेपाली टोलीमा पूर्वकप्तान रुविना क्षेत्री, सीता रानामगर, खुशी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ,, सम्झना खड्का र रुबी पोदार परेका छन् । कात्तिक २९ देखि मंसिर ३ सम्म हुने श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लवको मैदानमा हुनेछन् ।

शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिष्पर्धा गर्नेछन् । श्रृंखलाको पहिलो खेलमा तान्जेनियाको सामना गर्ने भएको छ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ मा हुनेछ । नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर दुई गते जापानको सामना गर्नेछ । तान्जेनिया र जापान नेपालको लागि नयाँ प्रतिद्वन्द्वी हुन् ।