आहा ! रारा – News Polar

आहा रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई
पोखरा । पोखरामा सञ्चालन भएको २४औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न फाइनल खेलमा नेपालको विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै पाहुना टोली ब्ल्याक बुल्स च्याम्पियन बनेको हो ।

नेपालमा पहिलोपटक फुटबल खेल्न आएको उज्वेकिस्तानी टोली पहिलो सहभागितामा नै च्याम्पियन बनेको हो । ब्ल्याक बुल्सले पहिलो हाफमा एक गोल गर्दै अग्रता बनाएको थियो भने दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।

खेलको ४२औँ मिनेटमा उज्वेकिस्तानका कप्तान जाकोन्गिर आक्मादोभले गोल गर्दै टोलीलाई अग्रता बनाए । उनले फ्री किकमा गोल गर्न सफल भएका हुन् । खेलको ५९औँ मिनेटमा असिलवेक ओरिफजोनोभले गोल गर्दै अग्रता दोब्बर बनाएकामा ६६औँ मिनेटमा साप्कातजोन सातारोभले गोल गर्दै टोलीको विजय सुनिश्चित गरे ।

खेलको ७४औँ मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल भएपछि पुलिसको एक गोल भएको थियो । प्रतियोगितामा च्याम्पियन बनेको ब्ल्याक बुल्सले नगद रु १२ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको पुलिस क्लबले रु छ लाख एक हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार पायो ।

एमभिपी अवार्ड ब्ल्याक बुल्स एफसीका साभकातजोन सात्तोरोभले पाएका छन् । उनी सर्वाधिक गोलकर्तासमेत बनेका हुन् । उनले टेलजी स्कुटर प्राप्त गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर ब्ल्याक बुल्सका जासुरबेक राजाबोभ, उत्कृष्ट डिफेन्डर, अलिजोन अलिजोनोभ, उत्कृष्ट मिडफिल्डर पुलिसका राम वाजी, फरवार्ड ब्ल्याक बुल्सका अजिजवेक खुर्सोनबोएभ र प्रशिक्षक अब्दुलअजिज निशोनबाएभ घोषित हुँदै जनही नगद रु २५ हजार र मेडल पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको च्याम्पियन टोली र विधातगत रूपमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उपसभामुख विनाकुमारी थापा, मुख्य प्रायोजकका तर्फबाट हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसी, निर्देशक किरण केसीलगायतले पुरस्कार वितरण गर्नुभयो ।

गत माघ २२ गतेदेखि सुरु भएको प्रतियोगितामा विदेशी तीन र नेपालका चर्चित नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

पुलिसलाई हराउँदै चर्च ब्वाइज आहा राराको सेमिफाइनलमा
कास्की । चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो । चर्च ब्वाइजका लागि खेलको ७३औँ मिनेटमा समिर तामाङले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच भएका उनले रु १० हजार पुरस्कार पाए ।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलका थिए । दोस्रो हाफमा भने चर्च ब्वाइजले आक्रामक खेल खेल्यो । पुलिस क्लबले भने पाएको अवसरको फाइदा उठाउन सकेन । चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

पुलिस क्लब र चर्च ब्वाइज अघिल्लो संस्करणदेखी आहा रारामा सहभागी भएका हुन् । अघिल्लो पटक प्रिक्वाटर फाइनलमा यी दुवै टोली भिडेका थिए । त्यसबेला पनि चर्च ब्वाइजले २–१ गोलले खेल जितेको थियो । चर्च ब्वाइज अघिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । पुलिस क्लबले भने क्याराभान गोल्डकपसहित हालसम्म पाँच पटक प्रतियोगिताको उपाधि जितेको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल थ्रिस्टार क्लब र जावालखेल क्लबकाबीच हुने आयोजक सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार तथा उपविजेताले रु छ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्ने छ ।

जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा, मनाङ सडन डेथमा स्तब्ध
पोखरा । जावलाखेल युथ क्लबले आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको हो ।

टाइब्रेकरमा मनाङका लागि रणदिप पौडेलले प्रहार गरेको नवौं पेनाल्टी जावलाखेलका गोलरक्षक युनेश चौधरीले बचाउँदै टोलीलाई सेमिफाइनल पुर्‍याए ।

यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएको थियो । साथै, थपिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्किन सकेन र खेल टाइब्रेकरमा पुगेको थियो ।

खेलमा जावलाखेलले पहिले अग्रता लिएको थियो । खेलको ५५ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको अन्तिमतिर मनाङका राजेश परियारले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले ८९ औं मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिन पुग्यो ।

आहा रारा गोल्डकपमा आजदेखि क्वाटरफाइनलका खेल हुँदै
गण्डकी । पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल सुरु हुँदैछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल आज अपराह्न २ः३० बजे थ्रीस्टार क्लब र भूटानको पारो एफसीबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

पोखरा रङ्गशालामा भइरहेको प्रतियोगितामा भूटानको पारो एफसीसहित साविक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, जावलाखेल युथक्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबले सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने उहाँले बताउनुभयो । प्रि–क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ३०/३० हजार र सेमिफाइनल विजेता तथा पराजित दुवै टोलीलाई रु ५०/५० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

आहा ! रारा पोखरा गोल्डकपः थ्रिस्टार विजयी
कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा १ रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु भएको छ ।

पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहाराको टोली थ्रिस्टार क्लबसँग पराजित भएको छ । थ्रिस्टारले घरेलु टोलीलाई २–१ गोलले पराजित गरेको हो । पहिलो हाफमा एक÷एक गोलको बराबरी खेलेपछि दोस्रो हाफमा थ्रिस्टारले थप एक गोल ग¥यो ।

खेलको पाँचौँ मिनेटमा कप्तान योगेश गुरुङले फ्रिकिकमा आएको बल पेनाल्टी एरियामा नियन्त्रणमा लिँदै गोल गरेपछि थ्रिस्टारले अग्रता बनायो । तर २३औँ मिनेटमा सहाराका आशिष गुरुङले बराबरी गोल गरे । गुरुङले हेडमार्फत गोल गरे ।

खेलको ५९औँ मिनेटमा सहाराका अनिश तामाङले बल नियन्त्रण गर्ने क्रममा आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि थ्रिस्टार अघिल्लो चरण प्रवेश गर्न सफल भयो । खेलमा थ्रिस्टारका कप्तान योगेश गुरुङले ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार पुरस्कार पाए । थ्रिस्टारले अब क्वाटरफाइनलमा भुटानको पारो एफसीसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रतियोगिता उद्घाटनका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिएको थियो । उनलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यले रु ५० हजार पाँच र सम्मानपत्रबाट सम्मान गरेका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको सहाराका अध्यक्ष केशवराज बरालले बताए ।

विसं २०७४ देखि खेलाडीलाई सम्मान गर्न थालिएको हो । हालसम्म भरत खवास, किरणकुमार लिम्बू, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन् । आगामी माघ २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेतालाई रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगितामा आयोजक सहारासहित थ्रिस्टार क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, सङ्कटा क्लब, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, पारो फुटबल क्लब, भुटान र नेपाल एपिएफ क्लब सहभागी छन् ।

आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटालाई
पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि संकटा फुटबल क्लबले जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो ।

खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गर्दै संकटालाई उपाधि जिताए । संकटाको यो दोस्रो आहा ! रारा पोखरा गोल्डकपको उपाधि हो ।

खेल अतिरिक्त समयमा जानुअघि खेलको आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए ।

खेलको ३७ औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दै भुटनीजलाई २–१ को अवस्थामामा ल्याए । पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै भुटनीजलाई २–२ गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको ११७ औं मिनेटमा सुनिलले गोल गर्दै संकटालाई च्याम्पियन बनाए । उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाख हात पार्यो ।

आहा ! राराको उपाधि भीडन्त आज, सङ्कटा र भुटनिज युथ स्पोर्टस् भिड्दै
पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन् । २२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ः३० बजेदेखि पोखरा रङ्शालामा सुरु हुनेछ ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता सशत्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सङ्कटाले फाइनलमा स्थान पक्का बनाएको थियो । बिहीबारको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग १–० को जित निकाल्दै भुटनिज युथ स्पोर्टस् फाइनलमा पुगेको हो ।

साविक विजेता एपीएफलाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको सङ्कटालाई विदेशी खेलाडीको भर छ । सङ्कटामा रहेका दुई क्यामरुनी फरवार्डरले एपीएफविरुद्ध समान दुई/दुई गोल गरेका थिए । सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमले उपाधि जित्ने दाबी गरे । उनले फाइनल खेलमा रणनीति परिवर्तन हुन सक्ने बताए ।

भुटनिज क्लब पनि उपाधि चुम्ने दाउसहित फाइनलमा उत्रदैँछ । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै आएका दुवै टिमको फाइनल स्पर्धा रोचक हुने ठानिएको छ । गत १४ गतेदेखि सुरु भएको प्रतियोगितामा दस टिमको सहभागिता छ । प्रतियोगितका विजेताले रु। १२ लाख र उपविजेताले रु। छ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक विद्युतीय स्कुटर, उत्कृष्ट डिफेन्डर, फरवार्डर, गोलकिपर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही रु। २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको २२ औँ संस्करणका अवसरमा रु। ५० हजार पाँचको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

आहा ! रारा गोल्डकप: चर्च ब्वाइजलाई हराउँदै भुटनीज फाइनलमा
पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसए फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १-० गोलको अन्तरले हराउँदै भुटनीजले फाइनलमा पुगेको हो ।

भुटनीजको जितको लागि रोजिन प्रजापतिले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

उपाधिका लागि भुटनीजले फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । एपीएफलाई हराउँदै संकटा यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

आहा ! रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फको उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

आहा ! रारा गोल्डकप: चर्च ब्वाइज र भुटनिज युथ फाइनलको लागि भिड्दै
पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपअन्तर्गतको दोस्रो सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र भुटनिज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुँदैछ ।

चर्च ब्वाइज र भुटनिजबीचको खेल पोखरा रंगशालामा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

आजको खेलको विजेताले फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

आहा ! रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फको उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

एपीएफलाई हराउँदै संकटा फाइनलमा
काठमाडौँ । संकटा फुटबल क्लब पोखरामा जारी २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै संकटाले फाइनलमा स्थान बनाएको हो ।

संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले समान दुई–दुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काए ।

अब संकटाले उपाधिका लागि चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लबबीचको विजेतासँग खेल्नेछ ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

आहा ! रारा गोल्डकपः मनाङलाई हराउँदै भुटनीज सेमिफाइनलमा
पोखरा । अमेरिकाको भुटनीज युथ सकर क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै भुटनीजले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

भुटनीजको जितमा प्रविन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको १८ औं मिनेटमा गोल गरेका थिए ।

१० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

आहा ! रारा गोल्डकपः आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा
पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल अन्तर्गत संकटा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।

संकटाको जितमा स्टेफेन बिनोङ, मेसुकी र सुरजज्यु ठकुरीले एक–एक गोल गरे । आर्मीका लागि एक मात्र गोल नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गरे । अब संकटाले सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफको सामना गर्नेछ ।

जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।